Monday, November 30, 2015

राजिनामा दिएका लोकेन्द्र विष्ट पुरानै जिम्मेवारीमा फर्किए

काठमाडौं,मंसिर १५ । पार्टीका सबै जिम्मेवारीबाट राजिनामा दिएर खेतीपातीमा लागेका एकिकृत माओवादीका नेता लोकेन्द्र विष्ट मगर मंगलबार दिउसोबाट सुरु हुने केन्द्रिय समितिको पूर्ण बैठकमा फर्केका छन् । पार्टी संचालन विधि तथा प्रक्रियामा असहमति राख्दै राजिनामा दिएका विष्टलाई पार्टीले पुरानै जिम्मेवारी दिएर फर्काउन लागेको हो ।

झण्डै एकवर्षदेखि राजिनामा दिएर काभ्रेको भकुण्डेबेसीमा खेति किसानीमा लागेका थिए । आजदेखि शुरु हुने केन्द्रीय समिति बैठकमा पनि सहभागि हुने बताएका छन् । विष्टले राजिनामा दिएपनि उनको राजिनामा भने स्विकृत भएको थिएन । लोकेन्द्र विष्टमगर काभ्रेको भकुण्डेमा गएर कालो धान खेति गरी बसेका थिए ।

साफ च्याम्पियनसिपको फितलो तयारी

काठमाडौं,मंसिर १५ । नेपाली फुटबलका लागि सर्वाधिक महत्वको प्रतियोगिता साफ च्याम्पियनसिप सुरु हुन तीन सातामात्र बाँकी छ। तर नेपाली टोलीको तयारी भने औपचारिकतामा सीमित बनेको छ। प्रशिक्षक प्याट्रिक एसम्सको प्रशिक्षणमा नेपाली टोली अहिले बिहान र बेलुका दुईपटक प्रशिक्षण गरिरहेको छ। दसैंअघि तयारी सुरु गरेको नेपाली टोलीले अहिलेसम्म कुनै पनि बलियो टोलीसँग अभ्यास खेल खेल्ने अवसरसमेत पाएको छैन।
एन्फा कम्प्लेक्स मैदानमा आफैं तयारी गरिरहेको राष्ट्रिय टोलीका लागि अखिल नेपाल फुटबल संघ (एन्फा) ले भारत जानुअघि नेपालकै ‘ए’ डिभिजन क्लबसँग केही अभ्यास खेल खेलाउने तयारी गरेको छ।यसअघिका संस्करणमा सहभागी हुनुअघि विभिन्न वैदेशिक प्रशिक्षण र बलिया टोलीसँग अन्तर्राष्ट्रिय मैत्रीपूर्ण खेल खेलेको नेपालका लागि यस पटकको तयारी आफैंमा कमजोर देखिएको अन्नपूर्ण पोष्टमा समाचार छापिएको छ ।

राष्ट्रिय टोलीको प्रशिक्षण सुरु हुनासाथ टोलीका कप्तान सागर थापा र उपकप्तान सन्दीप राईसँगै पाँचजना खेलाडी खेल मिलेमतोको आरोपमा पक्राउ पर्नु र एन्फाका अध्यक्ष गणेश थापामाथि विश्व फुटबल महासंघ (फिफा) को अनुशासन समितिले १० वर्षे प्रतिबन्ध र करिब २० लाख रुपैयाँ जरिबाना गरेपछि पछिल्लो समय नेपाली फुटबल विवादै विवादमा घेरिएको छ । नेपाली टोलीको तयारीमा समेत यी विवादले प्रत्यक्ष असर पारेको छ।

नेपाली फुटबल टोलीले यसअघिका संस्करणमा पाएको तयारी र सुविधाका हिसाबले यसपटकको तयारीमा निकै कमजोरी रहेको एन्फाकै पदाधिकारी बताउँ छन्। ‘हामीले खेलाडीलाई सक्दो अभ्यास गराउँदै आएका छौं। विगतको जस्तो वैदेशिक प्रशिक्षण र मैत्रीपूर्ण खेल नभए पनि आन्तरिक रूपमा खेलाडीको तयारी भइरहेको छ।

साफको एक साताअघि नेपाली टोलीलाई भारतमै लगेर स्थानीय क्लबसँग अभ्यास गराउनेछौं। तर वैदेशिक खेल खेल्ने नखेल्ने विषयमा तय भइसकेको छैन’, एन्फाका प्रमुख कार्यकारी अधिकृत इन्द्रमान तुलाधरले भने।

तुलाधरले हाल एन्फाका कार्यवाहक अध्यक्ष नरेन्द्र श्रेष्ठ र महासचिव धीरेन्द्र प्रधान ‘एएफसी वार्षिक अवार्ड’ का लागि भारतमै रहेकाले उनीहरू फर्किएपछि भारतमा हुने तयारीका बारेमा निर्णय लिइने बताए। च्याम्पियनसिपको तयारीमा अहिले २६ जना खेलाडी बन्द प्रशिक्षणमा छन्।

टोलीमा पहिलो पटक युवा खेलाडीको वर्चस्व रहेको छ। टोलीका प्रभावशाली स्ट्राइकर भरत खवास चोटका कारण खेल्न नसक्ने भएका छन् । अर्का स्ट्राइकर विमल घर्तीमगरसमेत सामान्य घाइते छन्। खेल मिलेमतोको आरोपमा धरौटीमा छुटेका सागर र सन्दीपलाई एन्फाले मुद्दाको किनारा नलागेसम्म निलम्बन गरेको छ। यसको असर नेपालको रक्षापंक्तिमा समेत पर्नेछ। प्रशिक्षक प्याट्रिकले अन्तिम टोलीको घोषणा भारत जानुअघि गर्ने बताइएको छ। साफ च्याम्पियनसिप भारतको केरलामा डिसेम्बर २३ देखि जनवरी ३ तारिखसम्म आोजना हुँदैछ। प्रतियोगितामा नेपाल समूह ‘ए’ मा परेको छ।

नेपालकै समूहमा रहेको पाकिस्तानले एक साताअघि मात्र च्याम्पियनसिपमा भाग नलिने निर्णय गरेको छ। समूह ‘ए’मा अब नेपालसँगै भारत र श्रीलंकाबीच प्रतिस्पर्धा हुनेछ।समूह ‘बी’ बाट भने बंगलादेश, माल्दिभ्स, साबिक विजेता अफगानिस्तान र भुटानले प्रतिस्पर्धा गर्नेछन्।

समूहका शीर्ष दुई टोली प्रतियोगिताको सेमिफाइनलमा प्रवेश गर्नेछन्। नेपालले समूहको पहिलो खेल डिसेम्बर २३ तारिखमा श्रीलंकासँग खेल्नेछ। खेल तालिकामा नेपालको दोस्रो खेल डिसेम्बर २५ मा पाकिस्तानसँग परेको थियो। नेपालले समूहको अन्तिम खेल भने २७ तारिखमा भारतसँग खेल्नेछ। च्याम्पियनसिपमा उपाधिविहीन बनेको नेपाल यसअघिका दुवै संस्करणमा सेमिफाइनलसम्म पुगेको थियो।

चीनलाई रुष्ट बनाएर इन्धन सम्झौता रोक्ने खेलमा खड्का

काठमाडौं,मंसिर १५ । चीन सरकारलाई रुष्ट बनाएर नेपाल र चीनबीच हुनलागेको इन्धन सम्झौता रोक्ने खेल सुरु भएको छ । निकट भविष्यमा चीनको सरकारी पेट्रोलियम कम्पनी पेट्रो चाइना कर्पोरेसन र नेपाल आयल निगमबीच हुनलागेको सम्झौता भाँड्न नेपाल आयल निगमका कार्यकारी निर्देशक गोपाल बहादुर खड्काले नै गोप्य चलखेल गरेको स्रोतले जनाएको छ । गत ३ गते नेपाल आयल निगमको पश्चिमाञ्चल क्षेत्रीय कार्यालयअन्तर्गतको भलबारी रुपन्देही डिपोबाट काठमाडौंमा चक्रपथ विस्तार आयोजनाको चिनियाँ निर्माण कम्पनी संघाई कन्स्ट्रक्सनको प्रयोजनको लागि काठमाडौंको हामा आयलको नाममा ‘बिलिङ’ भएर काठमाडौं आउँदै गरेको ना४ख ७१४५ नम्बरको ट्यांकर कार्यकारी निर्देशक खड्काको ग्राण्ड डिजाइनमा पक्राउ गराइएको निगम उच्च स्रोतले जानकारी दिएको छ ।

चक्रपथ विस्तारको काम गरिरहेको चिनियाँ निर्माण कम्पनी संघाई कन्स्ट्रक्सन र स्वयम्भू काठमाडौंको हामा आयल प्रालिबीच २०७० साल मंसिर ३० गते भएको इन्धन सम्झौताअनुसार उक्त कम्पनीलाई डिजेल उपलब्ध गराउने प्रयोजनका लागि हामा आयल प्रालिले गत कात्तिक ९ गते निगमको केन्द्रीय कार्यालयमा थानकोट डिपोमा पर्याप्त डिजेल नभएको कारण आफूहरुले संघाई कन्स्ट्रक्सनलाई डिजेल दिन नसकेको र सो कारण चक्रपथ विस्तार कार्य प्रभावित भएकोले निगमको भैरहवा डिपोबाट डिजेल उपलब्ध गराइदिन अनुरोध गर्दै निवेदन पेस गरेको थियो । डिजेल माग गर्दै लाइनमा बसेको हामा आयल प्रालिको उक्त निवेदनमा निगमका कार्यकारी निर्देशक खड्काले कात्तिक १५ गते तोक लगाउँदै भैरहवा डिपोलाई १२ हजार लिटर डिजेल उपलब्ध गराइदिन निर्देशन दिएका थिए ।

निगमबाट निवेदनमा तोक लागिसकेपछि हामा आयलले संघाई कन्स्ट्रक्सनलाई डेलिभरी दिने प्रयोजनको लागि १२ हजार लिटर डिजेल काठमाडौं ल्याउन रुपन्देहीको भलबारी डिपोमा ना४ख ७१४५ नम्बरको ट्यांकर पठाएको थियो । भलबारी डिपोमा करिब १९ दिन पालो कुरेर बसेको उक्त ट्यांकर गत ३ गतेमात्र १२ हजार लिटर डिजेल लिएर काठमाडौंको लागि हिँडेको अवस्थामा नवलपरासीको बर्दघाटबाट प्रहरीले पक्राउ गरेको थियो ।

स्रोतका अनुसार भलबारी डिपोमा डिजेलको रकम भुक्तानीलगायतका सम्पूर्ण कानुनी प्रक्रिया पूरा गरेर काठमाडौं हिँडेको उक्त ट्यांकर पक्राउ गराएर कालोबजारीको झूठो प्रचार गरेर चिनियाँ कम्पनी संघाई कन्स्ट्रक्सन र चीन सरकारको बदनाम गराएर चीनसँग निकट भविष्यमा हुने इन्धन सम्झौता रोक्न कार्यकारी निर्देशक खड्काले योजना बुनेको निगम उच्च स्रोतको दाबी छ ।

उक्त ट्यांकर पक्राउकाण्डमा कार्यकारी निर्देशक ‘आफैँ धामी आफैँ बोक्सी’को भूमिकामा देखिएको निगमका एक निर्देशक बताउँछन् । स्रोतका अनुसार चीनसँग इन्धन आपूर्ति सम्झौता नगरी निजी कम्पनीलाई चर्को मूल्यमा पेट्रोलियम पदार्थको आपूर्ति गरेर अर्बौँ कुम्ल्याउने योजनामा रहेका खड्काले रुपन्देहीका केही पेट्रोलियम व्यवसायीहरुलार्ई परिचालन गरेर चिनियाँ कम्पनीविरुद्ध अफवाह फैलाउने र आफ्नो स्वार्थपूर्ति गर्ने योजनाका साथ उक्त ट्यांकर पक्राउ गराएका हुन् ।मदन भण्डारीले आजको आर्थिक दैनिकमा खबर लेखेका छन् ।

गच्छदारको आँखैमा घुस

काठमाडौं,मंसिर १५ । काठमाडौं । मधेसी जनअधिकार फोरम (लोकतान्त्रिक)का नेता विजयकुमार गच्छदारर भौतिक योजना तथा यातायात मन्त्री नियुक्ति भएलगत्तै डिजिटल प्रविधिको इम्बोस प्लेट छपाईको टेण्डर अघि बढेको छ । यातायात व्यवस्था विभागले मंसिर १ गते इम्बोस नम्बर प्लेट छपाईंका लागि अन्तर्राष्ट्रिय टेण्डर आह्वान गरेको छ । आजको दृष्टि साप्ताहिकमा खबर छ ।

कमिसनको लोभमा मन्त्री गच्छदारले टेण्डर प्रक्रिया अघि बढाएका हुन् । दुई वर्षदेखि त्यससम्बन्धी टेण्डर रोकिंदै आएको थियो । तर, इम्बोस नम्बर प्लेट छपाईको काम गर्ने कम्पनीका नेपाली एजेन्टहरुले मन्त्री गच्छदारलाई भेटेर प्रलोभनमा पारेपछि टेण्डर अघि बढाइएको हो । गच्छदार अघिल्लो पटक भौतिक योजना मन्त्री हुँदा नै त्यससम्बन्धी टेण्डर निकाल्न खोजेका थिए । तर, त्यसबेला नभ्याएको काम यतिबेला अघि बढाएका छन् ।

आयल निगमका कारण प्रहरीको ग्यास प्लान्ट योजना अलपत्र

काठमाडौं,मंसिर १५ । नेपाल प्रहरीले राजधानी तथा आसपासका जिल्लाका उपभोक्तालाई लक्षित गरी संचालन गर्न लागेको ग्यास प्लान्ट योजना नेपाल आयल निगमले स्वीकृति नदिँदा अलपत्र परेको छ । मन्त्रिपरिषद् कार्यालय र वाणिज्य तथा आपूर्ति मन्त्रालयबाट ग्यास प्लान्ट संचालन अनुमतिका लागि निगममा पत्र गए पनि अन्तिम निर्णय नहुँदा १ वर्षदेखिको योजना अघि बढ्न सकेको छैन।

मन्त्रालयबाट सैद्धान्तिक सहमति पाएपछि प्रहरीको कल्याण कोषले करिव ४ सय मेट्रिक टन क्षमताको ग्यास प्लान्ट संचालन प्रक्रिया अघि बढाएको थियो । निगमले परिपत्रअनुसार स्वीकृति नदिएको भन्द्र प्रहरी मुख्यालयले असन्तुष्टि जनाएको छ । आजको कारोबार दैनिकमा खबर छ ।

नाकाबन्दीको बिरोध गर्दै भारतको संसद् अवरुद्द गर्ने तयारी

काठमाडौं,मंसिर १५ । नाकाबन्दीको विरोध गर्दै भारतको राज्यसभाका विपक्षी दलका सांसदले संसद् अवरुद्ध गर्ने भएका छन् । उनीहरूले संसद्को बैठक अवरुद्ध गरेर सरकारलाई दबाब दिन लागेका हुन् । भारत सरकारले नेपालको स्वतन्त्रतामाथि धावा बोलेको विपक्षी दलका सांसदको भनाइ छ । ‘हामी अब छिट्टै संसद्का कारबाही अवरुद्ध गरेर नाकाबन्दी हटाउन दबाब दिन्छौँ,’ राज्यसभाका सांसद देवीप्रसाद (डिपी) त्रिपाठीले भने, ‘नोभेम्बर २१ मा विदेशमन्त्रीसहितको बैठकमा पनि यो चेतावनी दिइसकेका छौँ, अब छाड्नेवाला छैनौँ ।’

कंग्रेससहितका सबै विपक्षी एकजुट

विदेशमन्त्रीसहितको बैठकमा कंग्रेस नेता डा. करण सिंह, माक्र्सवादी कम्युनिस्ट पार्टीका महासचिव सीताराम येंचुरी, सिपिआईका सांसद डी. राजालगायत सहभागी थिए । बैठकमा सबैजसो सांसदले नेपालमाथि अघोषित नाकाबन्दी लगाएर भारतले ठूलो गल्ती गरेको टिप्पणी गरेका थिए । उनीहरूले एक सातासम्म नाका नखुले संसद् अवरुद्ध गर्ने चेतावनी दिएका थिए । आजको नयाँ पत्रिका दैनिकमा खबर छ ।

विदेश मन्त्रालयले गनेर थोरैमात्रै तेलका ट्याकंर पठाउने गरेको खुलासा

काठमाडौं,मंसिर १५ । काठमाडौं । भारतले नेपालमाथि नाकाबन्दी नलगाएको दाबी गरे पनि नाकाबाट कतिवटा तेलका ट्याकंर नेपाल छिर्न दिने भन्ने निर्देशन दिएपछि मात्र एसएसबीले त्यति नै गाडी छोड्ने गरेको खुलासा भएको छ । भारतीय विदेश मन्त्रालयको प्रष्ट निर्देशनमा गनेरै दुईचारवटा गाडी नेपाल छोड्ने गरिएको छ ।
भारतीय विदेश मन्त्रालयको नर्थ डिभिजन (भारत र भुटान हेर्ने निकाय) का अधिकारीले केही दिनयता नेपालसँग सरोकार राख्ने भारतीय नेता र बुद्धिजीवीलाई भेटेर मधेस मामिलामा लिएको अडानबारे ब्रिफिङ गरेका छन् । विदेश मन्त्रालयका नेपाल हेर्ने सहसचिव अभय ठाकुरसहितले शुक्रबार जनता दल युनाइटेड (जेडियू)का अध्यक्ष शरद यादवकहाँ गएर ब्रिफिङ गरेका थिए । बिहार सरकारको नेतृत्वकर्ता जेडियूका अध्यक्षलाई उनीहरूले गरेको ब्रिफिङपछि यादवले आफू नेपालका विषयमा विस्तृतमा धारणा राख्ने अवस्थामा नरहेको बताएका आजको नयाँ पत्रिका दैनिकमा खबर छ ।

‘मलाई अधिकारीहरूले घरमा आएर नेपाल मामिलाका विषयमा ब्रिफिङ गरे, कतिपय विषयमा म आफैँ पनि जानकार छु, त्यसकारण मैले अहिले नेपालबारे विस्तृतमा बताउन सक्ने अवस्था छैन,’ यादवले तुगलग रोडस्थित निवासमा भने, ‘नेपालका दलहरू मिलेर समस्या समाधान गरून्, मैले भन्ने यत्ति हो ।’

स्रोतका अनुसार नेपाल मामिलामा साउथब्लक यति धेरै हाबी छ कि भन्सार नाकाबाट कति कन्टेनर सामान र कति ट्यांकर तेल नेपाल पठाउने भन्ने अन्तिम निर्णय उसैले लिन्छ, त्यहीअनुसार एसएसबीले गाडी छाडिदिन्छ । ‘विदेश मन्त्रालयले तोकेभन्दा बढी एउटा पनि गाडी नेपाल छिर्दैन, तर मन्त्रालयका कर्मचारीले नेपाललाई सहज पार्न हामी सहजीकरण गरिदिन्छौँ भन्छन्, रेस्पोन्सचाहिँ पछिल्लो दिनमा राम्रो गरिरहेका छन्,’ नेपाली कूटनीतिक स्रोतले भन्यो ।

एनसेलमा खुल्यो कांग्रेसी सरकारका संचारमन्त्री रिजालको सनसनीपूर्ण घुस काण्ड

काठमाडौं,मंसिर १५ । निजी क्षेत्रको मोबाइल सेवा प्रदायक कम्पनी एनसेलको लगानीकर्ता टेलियासोनेराले मुनाफाको रकम विदेश लैजान कानुनी अड्चन देखाएपछि जलविद्युत क्षेत्रमा लगानी गर्ने योजना बनाएको समाचार सार्वजनिक भएको थियो । विदेशी लगानी भित्र्याउन दिने तर, मुनाफा लैजानको लागि अनुमति माग्दा तत्कालीन संचारमन्त्री मिनेन्द्र रिजाल लगायत दुरसंचार प्राधिकरणका पदाधिकारीले रोकेको भन्दै नेपालमा विदेशी लगानीको वातावरण नभएकोले सेयर बिक्री गर्न लागेको समाचार आजको दृष्टि साप्ताहिकमा खबर छ ।

पूर्वमन्त्री रिजालले मुनाफा विदेश लैजानको लागि घुस मागेको तर, एनसेलले दिन अस्वीकार गरेकाले अनुमति नदिएकै कारण रोकिएपछि कम्पनीको सेयर बिक्री गर्न बाध्य भएको एक सूत्रले बताएको छ ।
एनसेलको सेयर बिक्रीका लागि मलेसियन कम्पनीसँग पटकपटक वार्ता भइसकेको बुझिएको छ । एनसेलले आर्थिक वर्ष २०६८-६९ मा ११ अर्ब रुपैयाँ मुनाफा आर्जन गरेको थियो ।

आर्थिक वर्ष २०६८/६९ को रु ११ अर्बमा नेपाली सेयरधनी निरजगोविन्द श्रेष्ठको मुनाफा कटाएर बाँकी आठ अर्ब विदेश कटाउन खोज्दा संचार मन्त्रालयले दुरसंचार प्राधिकरणले राष्ट्र बैंक र राष्ट्र बैंकले उद्योग विभागबाट स्वीकृति चाहिने भनि रोकेका थिए । तर, मन्त्री रिजालले भने घुस नदिएकै कारण मुनाफा लान नदिएपछि टेलियासोनेरा मुनाफासहित कम्पनीको सेयर बिक्री गरेर देशर छाड्ने तरखरमा छ ।

‘धर्म खोसियो, चुल्हो खोसियो नेपाली किन चुप ?’ पूर्वयुवाराज पारस

काठमाडौं,मंसिर १४ । राजनीतिक बिषयमा लामो समयपछि पूर्वयुवाराज पारस शाहाले मुख खोलेका छन् । भारतीय नाकाबन्दीका कारण तीन महिनादेखि इन्धन र ग्यास नहुँदासमेत नेपाली समाज चुप लागेर बसेकोमा शाहले मुख खोलेका हुन् । सामाजिक संजाल फेसवुकमा आइतबार स्टायटस लेख्दै उनले नेपाली समाज तिब्‍बती समाज जस्तै चेतनाको उपल्लो स्तरमा पुगिसकेको हो र भन्ने प्रश्न पनि गरेका छन्।

parash-230x130

नेपाललाई हिन्दु राष्ट्रबाट धर्म निरपेक्ष बनाइएकोमा समेत असन्तुष्टि राख्दै उनले लेखेका छन्, ‘उनीहरुले हाम्रो धर्म खोस्दा पनि हामी चुप रह्यौँ र ठीकै छ भन्यौँ, किन ?’ उनले अगाडि लेखेका छन्, ‘तीन महिनादेखि इन्धन र ग्यास नभएर दाउरा बालेर खाना पकाइरहँदासमेत हामी ठीकै छ भनिरहेका छौँ। किन ?’
उनले आफुले टिप्पनी गरेर आगोमा घ्यु थप्न नखोजेको स्पष्ट पार्दै लेखेका छन्, ‘म त मेरो समाजलाई बुझ्ने कोशिश गरिरहेको छु।’

मोर्चाको आन्दोलन झन् कडा,रानी भन्सार नाकामा पनि ठप्प पार्ने निर्णय

काठमाडौं,मंसिर १४ । संयुक्त लोकतान्त्रिक मधेसी मोर्चाले आन्दोलन झन् कडा पार्ने निर्णय गरेको छ । सरकार वार्तामा गम्भीर नभएको आरोप लगाउँदै मधेसी मोर्चा सहितको गठबन्धनले आन्दोलनका बारेमा थप गृहकार्य गरी मोर्चाले अबदेखि विराटनगरस्थित रानी भन्सार नाकामा पनि धर्ना बसेर आवत–जावत ठप्प पार्ने निर्णय गरेको छ ।

पर्साको वीरगञ्जस्थित भन्सार नाकामा धर्ना जारी राखेको मोर्चा रानी भन्सार नाका पनि धर्ना दिने तयारी गरेका हुन् । संघीय समाजवादी फोरमका अध्यक्ष उपेन्द्र यादवले अबको आन्दोलनलाई अनुशासित बनाइने बताउनु भएको छ । सोमबार विराटनगरमा कार्यकर्ता प्रशिक्षण पछि पत्रकारसँग कुरा गर्दै उहाँले आन्दोलनलाई व्यवस्थित, मर्यादित र अनुशासित बनाएर लैजाने बताउनु भएको हो । पछिल्लो राजनीतिक अवस्थाबारे छलफल गर्न मोरङको विराटनगरस्थित संघीय समाजवादी फोरम नेपालका अध्यक्ष उपेन्द्र यादवको निवासमा मोर्चाका नेताहरुको बैठक बसेको थियो ।

मोर्चाले विरगन्ज लगायतका पश्चिमका नाकामा धर्ना भईरहेका बेला पुर्वी नाका खुकुलो भएको भन्दै कडाई गर्ने निर्णय गरेको हो । रानीनाकामा धर्ना दिनका लागि सुनसरी, मोरङ लगायतका जिल्लाहरुबाट जनसहभागिता जुटाउने मोर्चाले निर्णय गरेको छ ।

कागजको लाइसेन्स बन्द, अबदेखि स्मार्ट लाइसेन्स

काठमाडौं,मंसिर १४ । सरकारले कागजी सवारी साधन अनुमत्री पत्रलार्ई विस्थापित गर्दै आजदेखि स्मार्टको सुरुवात गरेको छ । सोमबार एक कार्यक्रमका बिच भौतिक भौतिक पूर्वाधार तथा यातायात मन्त्री बिजयकुमार गच्छदारले सोमावार यातायात व्यवस्था विभागका महानिर्देशक चन्द्रमान श्रेष्ठलाई स्मार्ट लाइसेन्स हस्तान्तरण गर्दै औपचारीक शुरुवात गरेका छन् ।

एसियाली विकास बैंकको सहकार्यमा प्रचलनमा ल्याइएको स्मार्ट लाइसेन्स पहिलो चरणमा १ लाख ६० हजार छपाई गरिएको हो। एडिबीले यसका लागि १५ करोड रुपैयाँ सहयोग गरेको छ। स्मार्ट लाइसेन्स सर्वसाधारणले आगामि २० गतेबाट प्राप्त गर्नेछन् । हाललाई स्मार्ट लाइसेन्स बागमतीमा मात्र वितरण गरिने जनाइएको छ ।

नाकाबन्दीविरुद्ध आयरल्याण्डमा प्रदर्शन

आयरल्याण्ड : भारतीय नाकाबन्दी विरुद्ध आयरल्याण्डवासी नेपालीले पनि विरोध प्रदर्शन गरेका छन् ।
गैरआवसीय नेपाली संघ आयरल्याण्डले आयोजना गरेको विरोध प्रदर्शनमा सयौं नेपालीको सहभागिता रहेको थियो ।
आयरल्याण्डको डब्लिन सहरमा आयोजना गरिएको विरोध प्रदर्शनलाई सम्वोधन गर्दै एनआरएन आयरल्याण्डका अध्यक्ष राजन काफलेले भारत सरकारको हस्तक्षेप विश्वलाई जानकारी दिन विरोध प्रदर्शन आयोजना गरिएको बताए।

नेपालको पारवहन अधिकार कुण्ठित गर्ने दुष्प्रयास नर्गन आग्रह गर्दै काफलेले नाकाबन्दीले नेपालीको मानवअधिकार हनन भएको बताए । अध्यक्ष काफलेले तत्काल कुटनीतिक तबरवाट समस्या हल गर्न पनि सरकारलाई आग्रह गरे।

यस्तै एनआरएनका पुर्वअध्यक्ष गणेश प्रसाईले एउटा स्वतन्त्र मुलुकका लागि भारतको हेपाहा प्रवृत्ति स्विकार्य नभएको बताए । विश्वभर रहेका नेपाली गरेको प्रदर्शनले भारतीय नाकाबन्दी विश्वव्यापीकरण भएको प्रसाईको भनाई थियो । एनआरएनएका उपाध्यक्ष वसन्त न्यौपाने, पुर्वउपाध्यक्ष नवराज कोइरालाले प्रदर्शनमा उल्लेख्य नेपालीको सहभागिता रहेको जानकारी दिए ।

विरोध प्रदर्शनमा नेपाल आयरल्याण्ड सोसाइटी, विद्यार्थीका साथै सन्चारकर्मीको समेत उल्लेख्य सहभागिता रहेको थियो। पारवहन अधिकार कुण्ठित गर्न पाईदैन, नाकाबन्दी तत्काल खोल, नेपालमाथिको हस्तक्षेप बन्द गर जस्ता नारा लेखिएका प्लेकार्ड र व्यानर वोकेर नेपालीहरु सडकमा ओर्लिएका थिए ।

भारतीय नाकाबन्दी विरुद्ध गैर आवसीय नेपाली संघ लगायत विभिन्न संघ संस्थाले विरोध प्रदर्शनका साथै भारतीय दुतावासमा ज्ञापन पत्र वुझाउँदै आएका छन् । नेपालीले निरन्तर विरोध गर्न थालेपछि भारतीय दुतावासहरुले नेपाली संघ संस्थाको ज्ञापन पत्र समेत वुझन छोडेका छन्।

-अन्नपूर्ण पोष्ट

बाहिरबाट पेट्रोलियम पदार्थ ल्याए बंगलादेशले ट्रान्जिट दिने

काठमाडौं,मंसिर १४ । नेपालको लागि बंगलादेशी राजदुत मास्फी बिन्ते साम्सले नेपालले बाहिरबाट आवश्यक ईन्धन र ग्यासँ ल्याउने भए आफूहरु ट्रान्जिटको रुपमा बन्दरगाह उपलब्ध गराउन तयार रहेको बताएकी छिन । राजधानीमा आयोजित साक्षात्कारमा उनले भनिन,‘ नेपालको संकट बारे हामी जानकार छौ तर ईन्धन र एलपी ग्यासँ हामी आफै उत्पादन गर्दैनौ । हामी पनि उत्पादक मुलुकहरुबाट खरिद गर्छौ । त्यसैले नेपालले तेस्रो मुलुकबाट ल्याउने हो भने हामी ट्रान्जिटको रुपमा बन्दरगाह प्रयोग गर्न दिन्छौ ।’

राजदुत साम्सले नेपाललाई मंगला र चिटगाँउ बन्दरगाह प्रयोग गर्न भनिसकेको जानकारी दिदै नेपाल सरकारले हवाई ईन्धनको कारोवारको लागि आग्रह गरिसकेको र त्यसमा आफूहरु सकारात्मक रहेको स्पष्ट पारिन । नेपाली ढुवानी साधनहरु निर्वाध रुपमा बंगलादेश जान पाउने भए पनि बंगलादेशी ट्रकहरु नेपाल आउन नपाउने भन्दै तत्काल मोटर भेईकल एग्रिमेन्ट गर्नु पर्ने आवश्यकता औल्याईन । उनले बंगलादेश छिमेकीसँगको सम्बन्ध क्षेत्रीय रुपमै राम्रो बनाउन चाहना राखेको भन्दै सार्क मुलुकका राष्ट्रहरुवीचको सम्बन्ध सुमधुर बनाउनु पर्ने बताईन । उनले रोहनपुर सिहबाद र राधिकापुरसम्म रेल सेवा समेत रहेकोले त्यहाँबाट पनि आयात निर्यातको काम गर्न सकिने भन्दै नेपालबाट बंगलादेश निर्यात गर्न २०८ बस्तुमा शुन्य भन्सार गर्ने प्रस्तावलाई तत्काल नेपाल सरकारले अनुमोदन गरेर अघि बढाउने विश्वास ब्यक्त गरिन । राजदुत साम्सले नेपाल र बंगलादेशको ब्यापार बर्षेनि १२ देखि १५ प्रतिसतले बढीरहेको भन्दै यो वर्ष बंगलादेशबाट नेपालमा ४० वटा बस्तुको आयात कारोवार भएको जानकारी दिईन ।

सन् १९७१को बंगलादेश स्वतन्त्रता आन्दोलनमा नेपालले नैतिक र भौतिक सहयोग गरेको स्मरण गर्दै बंगलादेशले पनि नेपालमा महाभुकम्पपछि तत्कालै खाद्यान्न, मेडिकल टिम, औषधीसहित १२ मिलियन डलरको सहयोग गरेको जानकारी दिईन ।

नेपाल र बंगलादेशवीच ऐतिहासिक सम्बन्ध भएको उल्लेख गर्दै नेपालको ठमेलमा आएर बौद्ध धर्म प्रचार गरेका दिपंकर बंगलादेशको बिक्रम पुरमा जन्मेको बताईन । साम्सले बंगलादेश ससरकै पाँचौ धान उत्पादक , चौथो माछा उत्पादक र रेडिमेट गार्मेन्ट, छाला र ईलेक्ट्रोनिक बस्तुको उत्पादक भएकोले नेपालले बंगलादेशसँगको ब्यापारबाट लाभ लिन सक्ने विश्वास ब्यक्त गरिन । उनले नेपालको उर्जा विकासकोलागि साझेदारी गर्न बंगलादेश तयार रहेको भन्दै त्यससँगै जारी छात्रबृत्तिले कालान्तरमा दुई मुलुकका जनतावीचको सम्बन्धलाई अझै जनस्तरबाटै बलियो बनाउने विश्वास गरिन ।

बालुवाटारमा भएको त्रिपक्षीय वार्ता निश्कर्षविहिन

काठमाडौं,मंसिर १४ । काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीको पहलमा बालुवाटारमा भएको त्रिपक्षीय वार्ता निश्कर्ष विहिन सकिएको छ । तराई आन्दोलन र संविधान संशोधनका विषयमा छलफल गर्न सोमबार प्रमुख तीनदल र मधेसी मोर्चाको संयुक्त बैठकले कुनै ठोस निष्कर्ष निकाल्न सकेन् । मधेशी मोर्चाले वार्ताको वातावरण बनाउन नसकेको र चरम दमन गरेको आरोप आरोप बैठकमा लगाएको थिए।

वार्तामा प्रधानमन्त्री एवम् नेकपा एमालेका अध्यक्ष ओलीसहित एमाले वरिष्ठ नेता झलनाथ खनाल, नेता माधवकुमार नेपाल, नेपाली कांग्रेसका सभापति सुशील कोइराला, वरिष्ठ नेता शेरबहादुर देउवा, उपसभापति रामचन्द्र पौडेल तथा एकीकृत नेकपा माओवादीका अध्यक्ष पुष्पकमल दाहाल र उपाध्यक्ष नारायणकाजी श्रेष्ठ सहभागी थिए।

यस्तै आन्दोलनकारी दलहरुका तर्फबाट तमलोपाका अध्यक्ष महन्त ठाकुर, उपाध्यक्ष हृदयेश त्रिपाठी, सद्भावना पार्टीका सहअध्यक्ष लक्ष्मणलाल कर्ण, संघीय समाजवादी फोरम नेपालका उपाध्यक्ष लालबाबु राउत र तराई मधेश सद्भावना पार्टीका वरिष्ठ नेता रामनरेश राय वार्तामा सहभागी थिए। अर्को वार्ता बुधबार साँझ ६ बजे बस्ने तय भएको छ।

Sunday, November 29, 2015

प्रधानमन्त्री ओलीको पहलमा बालुवाटारमा आज त्रिपक्षीय वार्ता

काठमाडौं,मंसिर १४ । प्रधानमन्त्री केपी शर्मा ओलीको पहलमा आज दिउँसो प्रधानमन्त्री निवास बालुवाटारमा त्रिपक्षीय वार्ता बस्दैछ । तराई आन्दोलन र संविधान संशोधनका विषयमा छलफल गर्न सोमबार प्रमुख तीनदल र मधेसी मोर्चाको संयुक्त बैठक बोलाइएको छ ।

वार्तामा कांग्रेस नेतृत्वको सरकारले संसद्मा पेस गरेको दुईबुँदे संविधान संशोधन प्रस्तावका विषयमा मोर्चासँग छलफल हुनेछ । त्यसैगरी तराईका माग सम्बोधनका विषयमा पनि छलफल हुनेछ । प्रधानमन्त्री ओली मधेसी मोर्चासँग आमुन्नेसामुन्ने हुनेगरी वार्तामा वस्न लागेको यो पहिलो पटक हो । कांग्रेसले तराईका माग सम्बोधन गर्न संविधान संशोधन प्रस्ताव पेस गरे पनि एमाले त्यसमा सहमत छैन ।

कांग्रेसका प्रभावशाली नेताहरुले गुट फेर्न थाले,सुशील र देउवालाई क–कसले छाड्दै ?

काठमाडौं,मंसिर १४ । महाधिवेशन नजिकिँदै गर्दा कांग्रेसका प्रभावशाली नेताहरुले गुट अदल बदल गर्ने क्रम सुरु हुन थालेको छ । अहिलेसम्म सभापतिका लागि शेरबहादुर देउवा र रामचन्द्र पौडेलले औपचारिक अभियान थाले पनि सुशील कोइरालाले मुख खोलेका छैनन् । तर, कोइराला पक्षले सुशीललाई नै अघि सार्ने निश्चित छ । त्यो अवस्थामा रामचन्द्र पौडेल  सुशीलको मतियार बन्ने वा तेस्रो टिम बनाउने बाहेक अन्य विकल्प हुने छैनन् । यद्यपि, पौडेलले अनामनगरमा पार्टी कार्यालय खोलेर ताउर माउर गर्न थालेका छन् ।

रामचन्द्रले सुशील कोइराला अहिले पार्टीभित्र र बाहिर पनि अलोकप्रिय भएको भन्दै आफूलाई अघि सार्न माग गरेका छन् । पौडेलले पाउने चान्स एकदमै कम छ । सुशील आफैंले निकटस्थहरुलाई बोलाएर एक कार्यकाल पुनः सभापति हुने चाहना व्यक्त गरेको स्रोतले बतायो ।

पछिल्लोपटक देउवा निकटका विमलेन्द्र निधि र चित्रलेखा यादवलाई कोइराला पक्षले आफूतिर तान्न खोजेको छ । त्यस्तै कोइराला पक्षका कृष्णप्रसाद सिटौला र प्रकाशमान सिंहलाई देउवाले तान्न खोजेका छन् । देउवाले महामन्त्रीको उम्मेदवार कोइराला पक्षबाट आउने नेतालाई बनाउने चर्चा चलेको छ । सिटौलाले यसपटक देउवालाई साथ दिने भने पनि उनी अहिलेसम्म मौन छन् ।

देउवा यसपटक हार्ने चुनाव लड्दैनन् । उनी सबैतिरबाट जित्ने आँकलन भएपछि मात्रै उम्मेदवार बन्ने छन् । महाधिवेशन प्रतिनिधिहरुको छनोट भइसकेपछि हार्ने संख्या देखिएमा देउवा उम्मेदवार नबन्ने चर्चा कांग्रेसमा चलेको छ । त्यो अवस्थामा कांग्रेसको राजनीति अर्कै बाटोमा जान सक्छ । यद्यपि देउवाले अहिलेसम्म हार्ने कल्पनै नगरेको उनीनिकटका नेताहरु बताउँछन् । आजको साँघु साप्ताहिकमा खबर छ ।

देउवाले खुमबहादुर, चित्रलेखा, विमलेन्द्रलाई आफूबाट कुनै पनि बेला छुट्टिने सम्भावित सूचीमा राखेका छन् । त्यस्तै, कोइरालाबाट अलग्गिने सूचीमा कृष्ण सिटौला, प्रकाशमान सिंह, अर्जुननरसिंह केसीलगायत छन् । सभापतिको उम्मेदवार बन्न नपाएको खण्डमा रामचन्द्र पनि सुशीलसँग नरहन सक्छन् । किनकि यसपछि उनको सभापति र प्रधानमन्त्री दुवै पदमा पुग्ने सम्भावना सकिनेछ ।

एमालेबाट फेरि मन्त्री थपिने,को–को हुने भए मन्त्री ?

काठमाडौं,मंसिर १४ । एमाले अध्यक्ष केपी शर्मा ओली नेतृत्वको गठबन्धन सरकार चौथो चरणमा विस्तार हुने भएको छ । राप्रपाको विवादका कारण मन्त्रिपरिषद् विस्तारमा ढिलाइ भए पनि अब केही मन्त्री र राज्यमन्त्री थपिने स्रोतले जनाएको छ । दीपक बोहराले शहरी विकास मन्त्रालय आफ्नो लागि छुट्याएर राखिएको दाबी गरे पनि ओलीले शहरी विकास मन्त्री एमालेकै युवा नेता रविन्द्र अधिकारीलाई बनाउन लागेको स्रोतले जनाएको छ ।

संसद्को विकास समितिको सभापति अधिकारी विकास मामिलामा विज्ञ समेत हुन् । उनलाई शहरी विकास मन्त्री बनाउने तयारी भित्रभित्रै भइरहेको स्रोतले जनाएको छ । अधिकारीलाई मन्त्री बनाउन वामदेव गौतमले पनि दबाब दिएको बताइन्छ ।
त्यस्तै शहरी विकास राज्यमन्त्री रसुवाका सांसद् जनार्दन ढकाललाई बनाउने चर्चा पनि छ । ढकाल निर्माण व्यवसायमा समेत रहेकाले शहरी विकासमा उपयुक्त मानिएका छन् । त्यस्तै एमालेबाट थप कम्तीमा २ राज्यमन्त्री हुनेछन् ।

एमालेले सधैं जित्दै आएको र यसपटक दुवै क्षेत्र जितेका कारण दैलेखलाई राज्यमन्त्री दिँदा अमरबहादुर थापको नाम अघि सारिएको छ । मुगुका मोहन बानिया पनि राज्यमन्त्रीको चर्चामा छन् । त्यस्तै महिला र थारुको प्रतिनिधित्व गराउँदै मञ्जु चौधरीलाई राज्यमन्त्री बनाइने सम्भावना छ । राज्यमन्त्रीमा डोटी २ का प्रेम आले र ताप्लेजुङका डम्बर तुम्बाहम्फेको पनि चर्चा छ । आजको साँघु साप्ताहिकमा खबर छ ।

श्रीमान् किरण जोशीसँग पारपाचुके गर्नु अघि नै धेरै पुरुषसँग नाम जोडिए पनि उनले रोज्ने बेलामा चाहिँ डिएसपी ढकाल नै रोजेको चर्चा पनि बिहेमा चल्यो । सन्दर रुप र आकर्षक जीउडालका कारण ओमदेवी कांग्रेसका केही सभासद्को आँखामा पर्न सफल सांसद् हुन् । त्यही कारण उनी सांसद् सम्म बनिन् ।

पहिले छोरीको बिहे,त्यसपछि आमाको बिहे !

काठमाडौं,मंसिर १४ । सेप्सन डिनर भनेर बोलाइएको कार्यक्रममा डिएसपी र सांसद बेहुलीका रुपमा सजिएर बसेको देखेपछि कांग्रेस नेताहरु नै चकित भए । ०७२ मंसिर १० गते शुक्रबार नयाँ बानेश्वरको आनन्द बैंक्वेटमा निम्ता गरिएका भीआइपी नेता र प्रहरी अधिकृतहरु कांग्रेस सभासद् ओमदेवी मल्ललाई बेहुली र डिएसपी केदार ढकाललाई बेहुलाका रुपमा देखेपछि आश्चर्यमा परे । यी दुईजनाको लिभिङ टुगेदर सम्बन्ध रहेको समाचार पहिले नै प्रकाशमा आएको आजको साँघु साप्ताहिकमा खबर छ ।

चार बजे अतिथिहरुलाई बोलाइए पनि बेहुला बेहुली साँढे चार बजेतिर बैंक्वेटमा पुगेको थिए । उमेरले ५० कटिसकेकी सांसद् र डिएसपी दुवैले दोस्रो बिहे गरेका हुन् । ओमदेवी मल्लकी छोरीको बिहे ०७२ वैशाख महिनामा भएको थियो । बिहेको पार्टीमा प्रायः कांग्रेसका वरिष्ठ नेताहरु र सांसदहरु सहभागी थिए । एमालेका केशव बडाल सहकारी संघको अध्यक्ष भएकाले निम्त्याइएका थिए । ओमदेवी बडाल अध्यक्ष रहेको संघको उपाध्यक्ष हुन् ।

श्रीमान् किरण जोशीसँग पारपाचुके गर्नु अघि नै धेरै पुरुषसँग नाम जोडिए पनि उनले रोज्ने बेलामा चाहिँ डिएसपी ढकाल नै रोजेको चर्चा पनि बिहेमा चल्यो । सन्दर रुप र आकर्षक जीउडालका कारण ओमदेवी कांग्रेसका केही सभासद्को आँखामा पर्न सफल सांसद् हुन् । त्यही कारण उनी सांसद् सम्म बनिन् ।

वंश विनाश गर्ने भन्दै चार सन्तानको हत्या

मुगु,मंसिर १४ । आमाबाबुको माया आफ्ना सन्तानमाथि कति हुन्छ त्यो भनिराख्नुपर्दैन । तर, मुगुमा भने यसको ठीक विपरीत निर्दयी बाबु फेला परेका छन्, जसले वंश विनाश हुने गरी आफ्ना चार सन्तानको हत्या गरेका छन् । वनमा पाइने फल खान आउ भनेर बोलाई हयाङ्लु ६ रिगा गाउँका नरबहादुर रोकायाले जंगलमा दुई छोरा र दुई छोरीको हत्या गरेको राजधानी दैनिकमा खबर छ । हत्यालगत्तै उनले गत ९ मंसिरमा छोराछोरी हराएको भन्दै सुकाढिक प्रहरी चौकीमा जाहेरीसमेत दिएका थिए । आफ्नी श्रीमती घाँस काट्न गएको र आफूले गाउँको भतेर खान गएको बेला आफ्ना चार बालबालिका हराएको भनी उनले प्रहरीलाई खबर गरेका हुन् ।

प्रहरीको खोजी, धामीझाँक्री लगाउँदा कतै पत्तो नपाएपछि स्थानीय छिमेकीकी छोरी ४ कक्षामा अध्ययनरत बालिकालाई प्रहरीले सोध्दा उनीहरुलाई आफूले बिहान घरबाट निस्कन लाग्दा देखेको र कहाँ जान लागेको भनी सोध्दा बाबुले खेतमा खरी नामक फल खान बोलाएको बताएको भनेपछि प्रहरीले बाबु रोकायालाई नियन्त्रणमा लिइ सोधपुछ गर्दा जिन्दगीबाट रिस उठेर सन्तानको हत्या गरी वंश नाश गरेको बयान दिएका छन् ।

उनको बयानपछि रोकायाकी नौ वर्षकी छोरी सुन्तली, ६ वर्षका छोरा युवराज, चार वर्षकी छोरी विपना र दुई वर्षका छोरा दीपको शव गाडिएको अवस्थामा भेटिएको थियो ।

भूकम्पपीडितका नाममा १४ अर्ब अपारदर्शी खर्च

काठमाडौं,मंसिर १४ । वैशाख १२ को भूकम्पपछि सरकारले पीडितहरूको राहत र उद्धारमा केन्द्रीय दैवीप्रकोप उद्धार समितिबाट १४ अर्ब रुपैयाँ खर्च गरेको छ । तर, खर्च अपारदर्शी रहेको अख्तियार दुरुपयोग अनुसन्धान आयोगको अध्ययनले देखाएको छ । आयोगले भूकम्पबाट अति प्रभावित जिल्ला मकवानपुर, ओखलढुंगा, रामेछाप, सिन्धुली, धादिङ, नुवाकोट, रसुवा, काभ्रेपलाञ्चोक, सिन्धुपाल्चोक, दोलखा, भक्तपुर, काठमाडांै, ललितपुर र गोरखामा खर्च रकमको अध्ययन गरेको थियो । अध्ययनमा केन्द्रीयस्तरमा रकम विनियोजन गर्दा स्थानीयस्तरको पहिचान गर्ने, पीडितको पहिचान गर्ने, आयोजनामा पुगेको क्षतिको पहिचान नगरेको उल्लेख छ ।

भूकम्पबाट भएको क्षति न्यूनीकरण गर्न सरकारले राष्ट्रिय–अन्तर्राष्ट्रिय समुदायलाई सहयोग गर्न अपिल गर्दै प्रधानमन्त्री दैवीप्रकोप उद्धार कोषमा रकम संकलन गरेको थियो । कोषमा विभिन्न संघ–संस्थाले ६ अर्ब ७४ करोड ९१ लाख ६१ हजार ३ सय ३३ रुपैयाँ ५१ पैसा जम्मा गरेका छन् । अर्थ मन्त्रालयबाट ९ अर्ब ५० करोड रुपैयाँ निकासा भई कोषमा कुल १६ अर्ब २४ करोड ९१ लाख ६१ हजार ३ सय ३३ रुपैयाँ ५१ पैसा जम्मा भएको थियो । त्यसमध्ये केन्द्रीय दैवीप्रकोप उद्धार समितिलाई १५ अर्ब रुपैयाँ निकासा भएकोमा १४ अर्ब रुपैयाँ खर्च भएको छ । कोषमा अहिले १ अर्ब २४ करोड ९१ लाख ६१ हजार ३ सय ३३ रुपैयाँ ५१ पैसा सञ्चित छ ।

जिल्ला दैवीप्रकोप उद्धार समितिहरूलाई कुल ११ अर्ब ८६ करोड २७ लाख २६ हजार २३ रुपैयाँ निकासा भएकोमा ११ अर्ब ४२ करोड ८९ लाख ५५ हजार ८ रुपैयाँ खर्च भएको अख्तियारले जनाएको छ । खर्च हुन नसकी ४३ करोड ३७ लाख ७१ हजार १५ रुपैयाँ मौज्दात छ ।आजको नयाँ पत्रिका दैनिकमा खबर छ ।

काठमाडौंलाई केन्द्रबिन्दु बनाएर भूकम्प गयो

काठमाडौंलाई केन्द्रबिन्दु बनाएर आज बिहान भूकम्प गएको छ । बिहान ६ बजेर १० मिनेटमा ४ दशमलव १ म्याग्नीच्युडको भूकम्प गएको राष्ट्रिय भूकम्प मापन केन्द्रले जनाएको छ । भूकम्पको सानो धक्का महसुस गरिएको थियो । गत वैशाख १२ गतेदेखि आएको भूकम्पका परकम्पन अझै रोकिएका छैनन् ।

-setopati

खड्काको कारबाही प्रक्रियाप्रति अख्तियार नै असन्तुष्ट

काठमाडौं,मंसिर १४ । वाणिज्य तथा आपूर्ति मन्त्रालयले आयल निगमका कार्यकारी निर्देशकमाथि थालेको कारबाही प्रक्रियाप्रति अख्तियारले औपचारिक रुपमै असन्तुष्टि जनाएको छ । कालोबजारी र बजार अनुगमनका विषयमा आइतबार आयोजित पत्रकार सम्मेलनमा अख्तियार प्रवक्ता कृष्णहरी पुष्करले मन्त्रालयले निगमका अधिकारीमाथि हचुवाको भरमा कारबाही थालेको बताए ।
त्यसप्रति पुष्कर निकै आक्रामक र आक्रोशित शैलीमा प्रस्तुत भए । कार्यकारी निर्दैशक गोपाल खड्काको पूर्णत बचाउ गर्दै कारबाही प्रक्रिया सच्चाउनु पर्नेसमेत उनले बताए । कान्तिपुर दैनिकमा समाचार छ ।

सेनाको सहयोगमा सीमानाकाको अवरोध खुलाउन सरकार असफल

काठमाडौं मंसिर १४ । सरकार तराइ मधेसका राजमार्ग र सीमानाकाको अवरोध खुलाउनलाई सेनाको सहयोग लिन असफल भएको छ । मंसिर ६ को केन्द्रीय सुरक्षा समिति बैठकले गृह मातहतका सुरक्षा संगठन परिचालित भएको ३ दिनभित्र नाका र राजमार्गको अवरोध नहटे सेनाको सहयोग लिने रणनीति बनाएको थियो । एकीकृत सुरक्षा योजना कार्यान्वयनमा आएको एक साता बिप्दासमेत राजमार्ग र नाकाको अवस्था उस्तै छ । नागरिक दैनिकमा समाचार छ ।

वार्तामार्फत मधेस समस्या समाधान गर्नुपर्ने सैनिक नेतृत्वको धारणा, सेना परिचालन प्रक्रियामा मतान्तर, सेना परिचालन भए वार्ता भंग गर्ने मोर्चाको चेतावनी, सेना परिचालन भए अवस्था विग्रने भारतीय राजदूतको सार्वजनिक टिप्पणी र विपक्षी दल कांग्रेसको असहमतिका कारण सरकारले आफैँले पारित गरेको रणनीति कार्यान्वयन गर्न सकेको छैन् ।

अनुदानमा थप इन्धन उपलब्ध गराइदिन चीनलाई पत्राचार

काठमाडौं मंसिर १४ । व्यापारिक सम्झौता हुन नसकेपछि सरकारले अनुदानमा थप इन्धन उपलब्ध गराइदिन पत्राचार गरेको छ । वाणिज्य तथा आपूर्ति मन्त्रालयले परराष्ट्रमार्फत चीनलाई थप ११ हजार टन इन्धन दिन पत्राचार गरेको हो ।

चीन सरकारकोे स्वामित्वमा रहेको पेट्रो चाइनासँग व्यापारिक सम्झौता नभएसम्म चीन सरकारको आर्थिक तथा प्राविधिक सहयोग अन्तर्गत केरुङ नाकाबाट इन्धन स्वरुप उपलब्ध गराइदिन पत्र पठाएका छौं मन्त्रालयका उपसचिव शिव त्रिपाठीले भने, परराष्ट्रले पनि चीनलाई पत्र पठाइसकेको छ । कान्तिपुर दैनिकमा समाचार छ ।

‘नाकाबन्दी नखुली भारत जान्नँ’

नयाँदिल्ली मंसिर १४ । भारतीय नाकाबन्दीका कारण नेपाली जनजीवनले नसोचेको संकट बेहोरिरहेका कारण ‘नाकाबन्दी तत्काल खुल्ने अवस्था नआई’ आफू दिल्ली भ्रमणमा नजाने स्पष्ट सन्देश प्रधानमन्त्री केपी शर्मा ओलीले दिएका छन् ।

भारतीय कम्युनिष्ट पार्टीको निम्तोमा एक अन्तर्राष्ट्रिय गोष्ठीमा सहभागी हुन आएका एमाले नेता प्रदीपकुमार ज्ञवालीले प्रधानमन्त्री ओलीलाई दिल्ली भ्रमणको औपचारिक निम्तो आइसके पनि ‘नाकाबन्दी समस्या हल नभई भ्रमणमा ननिस्कने सन्देश सुनाएको’ जानकारी गराए । कान्तिपुर दैनिकमा समाचार छ ।

‘यतिखेर प्रधानमन्त्री ओलीको मुख्य चासो भनेको नेपाली जनताले अनाहकमा बेहोर्नुपरेको पीडालाई सम्बोधन गर्नेतर्फ छ,’ प्रधानमन्त्री बन्नुअघि ओलीका विशेष–दूत बनेर दिल्ली आएका नेता ज्ञवालीले भने, ‘भारत भ्रमणको औपचारिक निम्तो लिएर आउने दूतलाई ओलीले स्पष्ट शब्दमा भन्नुभएको छ, ‘कि म भारत जानुअघि सबै नाकाबाट निर्वाध ढंगले दैनिक उपभोग्य बस्तु आपूर्ति भएको अवस्था हुनुपर्‍यो, होइन भने म दिल्ली पुगेको भोलिपल्ट नाकाबन्दी पूर्णत: खुल्न सक्ने पूर्वप्रतिबद्धता हुनुपर्‍यो ।’

छोरीको ब्वाइफ्रेन्डलाई आमाले उछिट्याएपछि…

म्यारी समर्स यस्ती आमा हुन् जसले आफ्नी छोरीको ब्वाइफ्रेन्ड खोसिन् र विवाह गर्न ठिक्क परेकी छिन् । यद्यपि, छोरीलाई देखाई-देखाई विहे गर्ने उनको इच्छा भने उनको पूरा हुने छैन ।

म्यारीकी छोरी डान्नीले आमाको विहेमा नजाने घोषणा गरिसकेकी छिन् । आफ्नो पूर्वप्रेमी एन्टोनी किलाई आमाले उछिट्याएको उनलाई कम्ति चित्त दुखेको छैन ।

यद्यपि, आमा र प्रेमी दुवैबाट प्राप्त यो धोकालाई उनले माफी गरिसकेकी छिन् ।  उनी भन्छिन्-‘मैले छातिमा ढुंगा राखेर उहाँहरु दुवैलाई माफी दिएकी छु । तर, म बिहेमा जान्न । किनकी हामी तीनै जनालाई अप्ठेरो हुन्छ ।’

आमा र प्रेमीबीच अफेयर सुरु भएको थाहा पाउँदा डान्नीलाई निकै ठूलो आघात परेको थियो । एन्टोनी आफैंले एक दिन उनकी आमासित सेक्स गरेको बताइदिएका थिए । उनले आमा र प्रेमी दुवैलाई सम्झाइन् । तर, दुवैजना टसमस भएनन् । अन्ततः उनले आफैं आमाबाट टाढिने विचार गरिन् र शहर छाडेर हिँडिन् ।

एक वर्षपछि फेरि मन बुझाएर घर फर्किन् र आमासँगै बस्न थालिन् । ‘मलाई पहिले त उनीहरुले अपर्झट सेक्स गरेका होलान् वा हल्काफुल्का अफेयर होला झैं लागेको थियो । तर, बुझ्दै जाँदा उनीहरु गहिरो प्रेममा परिसकेका रहेछन् । मेरी आमा मेरो प्रेमीलाई छाड्नै नसक्ने भइसकेकी रहिछन् ।’

‘आमा सबैको एकजना मात्र हुन्छ । आमाले नै यस्तो चोट देलिन् भन्ने कल्पना पनि थिएन । तर यसैको निहुँमा म आफ्नी आमालाई सँधैको लागि गुमाउन चाहन्न । त्यसैले सम्झौता गरेकी हुँ ।’

डान्नी र एन्टोनीबीच सन् २०११ को अक्टोबरमा प्रेम सुरु भएको थियो । त्यतिबेला उनी १७ वर्षकी थिइन् । एन्टोनीले उनलाई बच्चाजस्तो व्यवहार गर्थे । सिनेमा हेर्न लैजान्थे, गिफ्टहरु ल्याएर दिन्थे । औधी माया गरेझैं लाग्थ्यो डान्नीलाई । आमाले पनि एन्टोनीको खुब प्रशंसा गर्थिन् ।

पहिले सेक्स, पछि प्रेम

Marie-Summers-and-boyfriend-Anthony

डान्नीकी आमा म्यारीले छोरीको प्रेमीसित पहिले सेक्स र त्यसपछि प्रेम भएको बताएकी छिन् । डान्नीसित प्रेम सुरु भएको करिब ६ महिना पछि एन्टोनीलाई खुट्टामा चोट लागेर बेड रेस्ट गर्नुपर्ने भयो । त्यतिबेला उनी आफ्नी दिदीसित बस्दै आएका थिए । दिदीले स्याहार्न नभ्याउने भएपछि उनी डान्नीको घरमा बस्न आए ।

डान्नीको आमा छोरी तथा उनका दुई बहिनीहरु बस्थे । डान्नी आफ्नी बहिनीसित सुत्ने गर्थिन् भने म्यारी एक्लै सुत्थिन् । म्यारीका श्रीमान भने अर्की श्रीमती बिहे गरेर छुट्टै बस्दै आएका छन् ।

पहिलो रात एन्टोनी सोफामा सुतेका थिए । दोस्रो रात भने म्यारीले एन्टोनीलाई आफूसँगै सुत्न डाकेकी थिइन् जसलाई एन्टोनीले सजिलै स्वीकारे ।

‘मैले उनीसित सेक्स गर्ने नियतले बोलाएकी थिइनँ,’ म्यारी दावी गर्छिन्, ‘अर्को खाट नभएकाले वाध्य भएर बोलाएकी थिएँ ।’ त्यहि रात उनीहरुबीच सबथोक भएको थियो । त्यसपछिका हरेक रातहरुमा उनीहरुले सँगै सुत्थे । तर डान्नीले यसबारे कुने छनक पाइनन् किनकी बिहान हुने बेला एन्टोनी सोफामै आएर पसारिन्थे ।

सेक्ससँगै उनीहरुबीच प्रेम बढ्न थाल्यो । डान्नी नभएका बेला उनी लामो समय रोमान्समा लिप्त रहन थाले । यो सबै कुरा डान्नीलाई कसरी सुनाउने भन्ने सल्लाह भयो । र एकदिन रोएको अभिनय गर्दै एन्टोनीले डान्नीलाई सबै कुरा सुनाए ।

डान्नी स्तब्ध भइन् र तत्कालै आमालाई फोन गरिन् । आमाले पनि स्वीकार गरेपछि उनलाई खपिसक्नु भएन । त्यहि दिन उनी पोकापन्तुरा बाँधेर घर छाडेर हिँडिन् र बाबुसँग बस्न थालिन् । यद्यपि बाबुलाई यसबारे केहि जानकारी नदिएको उनी बताउछिन् । एक वर्षसम्म उनी आमासित सम्पर्कबिहिन रहिन् । बहिनीहरुसँग पनि । डान्नी हिँडेपछि उनीहरु झनै फुक्काफाल भए ।

अर्को प्रेम पनि असफल

बुवाको परिवारसित बस्ने क्रममा डान्नीको एक युवक ड्यामियोन अर्थ सित अफेयर सुरु भयो । उनी ड्यामियोनबाट गर्भवती समेत बनिन् । गर्भवती बनेको ६ महिनापछि ड्यामियोनसित उनको झगडा भयो र दुवै जना छुट्टएि । त्यसपछि उनले आफ्नी आमालाई सम्भिmन् र फोन गरिन् । आमाले उनलाई घर फर्किन आग्रह गरिन् र डान्नी पनि तयार भइन् ।

‘भेटमा हामी दुवैले विगतलाई विर्सेर एक अर्कालाई अंगाल्यौं र खुबै रोयौं,’ डान्नी भन्छिन् । अहिले आमा-छोरीबीच अहिले सुमधुर सम्वन्ध छ । एन्टोनीका विषयमा उनीहरुबीच ठट्टा पनि चल्छ । ‘तिमी यस्ती तरुनी हुँदाहुँदै मलाई रोज्ने कस्तो मुर्ख है’ भन्दै खित्खिताउछिन् म्यारी ।

म्यारी चाहिन्छन् आफूहरुको विहेमा छोरी पनि उपस्थित भएको हेर्न । तर डान्नी यसका लागि तयार छैनन् । ड्यामियोनसित प्रेम टुटेपछि उनलाई अर्को केटा साथी चाहिएको छ यति बेला । यद्यपी अहिले उनको प्राथमिकता भने पेटको बच्चालाई सुरक्षित जन्म दिनु हो ।

(मिररबाट अनुवादित)

-Onlinekhabar.com

कहाँबाट चलेको छ बाबुरामको ‘नयाँ शक्ति’ ?

श्यामसुन्दर पुडासैनी- काठमाडौं, मंसिर १३ । एकीकृत नेकपा माओवादीका पूर्वनेता एवं पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईले आफ्नै निजी निवासलाई ‘हेडक्वाटर’ बनाएर ‘नयाँ शक्ति अभियान’ चलाइरहेका छन् । भट्टराईले तत्काल ललितपुरको सानेपास्थित आफ्नै निजी निवासबाटै नयाँ शक्तिको काम अगाडि बढाइरहेका छन् ।

दुई महिनासम्म देशैभर ‘नयाँ शक्ति’ को बहस चलाउने र नयाँ पार्टी गठन गर्ने भनिएकोमा नयाँ पार्टी गठनपछि मात्र केन्द्रीय कार्यालय खोल्ने अभियानको योजना छ । नयाँ शक्तिका राजनीतिक दस्तावेज विभिन्न महत्पुर्र्ण कागजात भट्टराई निवासमै रहेको र बैठकहरू त्यहीँ हुने गरेको एक अभियन्ताले बताए । ‘अहिलेसम्म हामी नयाँ शक्तिको बहस देशैभर चलाउने अभियानमा छौं, पार्टी गठन भएपछिमात्र छुट्टै कार्यालय खोल्नेछौं’, एक अभियन्ताले हिमालय टाइम्ससँग भने, ‘त्यसबेलासम्म बाबुरामजीकै निवासबाटै काम हुनेछ ।’
भट्टराईका स्वकीय सचिव विश्वदीप पाण्डेका अनुसार अहिले भट्टराई निवासमा बिहानैदेखि राति अबेरसम्म भेटघाट र छलफलका लागि नेता÷कार्यकर्ता आउने गरेका छन् । छुट्टै कार्यालय नखोल्ने तर औपचारिकता निर्वाहका लागि राजधानीमै सम्पर्क कार्यालय खोल्ने जनाइएको छ ।
नयाँ शक्तिका अर्का अभियन्ता गंगानारायण श्रेष्ठले कोटेश्वरस्थित ‘रातो झिल्को’ मासिक पत्रिकाको कार्यालयलाई सम्पर्क कार्यालयका रूपमा प्रयोग गर्दै आएका छन् । भट्टराईकी छोरी मानुषीको सम्पादनमा प्रकाशित हुँदै आएको रातो झिल्को मासिकको कार्यालयमा श्रेष्ठले कार्यकर्ता तथा अन्य नेताहरूसँग भेटघाट गर्ने गरेको कार्यकर्ता बताउँछन् ।
सोही स्थानबाट उनले देशभर कार्यकर्तालाई अभियान चलाउन निर्देशन दिने तथा अभियानको रिपोर्टिङ गर्ने गरेका छन् । श्रेष्ठले अहिल्यै कार्यालयको जरुरी नपरेको भन्दै केही समयपछि सम्पर्क कार्यालय भने खोल्न सक्ने बताए । उनले हिमालय टाइम्ससँग भने, ‘यो अभियानमा सबै नागरिक स्वतस्फूर्त रूपमा लागेका छन्, यसैले अन्य राजनीतिक पार्टीको जस्तो ठूलोे कार्यालय स्थापना गर्न जरुरी छैन, अब कुनै एक ठाउँमा सम्पर्क कार्यालय खोल्नेछौं ।’
अभियान चलाउने खर्चबारे कार्यकर्तालाई केही जानकारी गराइएको छैन । केन्द्रीय नेताहरूबाट र शुभचिन्तकबाट ऋण सहयोग गरेर खर्च चलाइरहेको श्रेष्ठको भनाइ छ । केही दिनअघि देशैभरका कार्यकर्ता राजधानीमा ल्याएर अभियान घोषणा गरिएको थियो । देशैभरबाट १ हजार तीन सय ७० प्रतिनिधि उपस्थित उक्त कार्यक्रममा जम्मा ८ लाख रुपैयाँमात्र खर्च भएको श्रेष्ठले बताए । दुई दिनसम्म खान बस्न र कार्यक्रम गर्न जम्मा ८ लाखले नपुग्ने कार्यकर्ता नै बताउँछन् । ‘खर्च अभावमा हामीले थोरै रकमबाटै गुजारा चलाउँदै आएका छौं, कार्यकर्तालाई स्वावलम्बन हुन निर्देशित गरेका छौं’, श्रेष्ठले हिमालय टाइम्ससँग भने, ‘यसैले अभियानमा लाग्नेले आफंै पनि खर्च गर्नुपर्नेछ ।’
देशैभर दुई महिने अभियान चलाउन अभियानका प्रमुख भट्टराईलगायत अन्य अभियन्ताले व्यक्तिगत रकम खर्च गर्ने गरेको र शुभचिन्तकसँग सहयोग मागिने नेताहरूले बताएका छन् । अभियानको नाममा हालसम्म बैंक खाता नभएको र कसैसँग जबर्जस्ती चन्दा असुल नगर्ने अभियानको नीति रहेको श्रेष्ठले बताए ।
नेपालमा ठूला राजनीतिक शक्तिहरूको आम्दानीको स्रोतको विषयमा पटकपटक प्रश्न उठ्ने गरेको छ । खर्चको पारदर्शितामा प्रश्न उठ्ने गरेपनि प्रमुख दलहरूले औपचारिक रूपमा आम्दानीको खास स्रोत बताउने गरेका छैनन् । सदाचार र पारदर्शिताको वकालत गरेका पूर्वप्रधानमन्त्री भट्टराईको कार्यशैलीले उनको भनाइ र गराइबीचको भिन्नता प्रष्ट पार्ला ।

दोधारा चाँदनी छात्रा फुटबल:शारदा उच्च माबिको पोष्टमा सनराईजको ६ गोल

पप्पु गुरुङ्, दोधारा चाँदनी,मंसिर १३ । कञ्चनपुरको दोधारा चाँदनीमा जारी छात्रा फुटबल प्रतियोगितामा आज सनराईज उच्च माबि बिजय भएको छ । लैगिंक हिंसा बिरुद्धको १६ दिने अभियानको सन्दर्भमा लैगिंक हिंसा न्युनिकरणका लागि छात्रा फुटवल प्रतियोगिता दोधारा चाँदनीको आजको खेलमा बिरुद्ध ० का विरुद्ध ६ गोलले शारदा उच्च माबि दोधारा चाँदनीलाई पराजित गर्दै युनिक सनराई उच्च माबिले जित हासिल गरेको छ ।

निकै प्रतिस्पर्धात्मक खेलमा शारदा उच्च माबि दोधारा चाँदनी र युनिक सनराईज उच्च माबिले खेल संचालनको १० मिनेट नबित्दै पहिलो गोल गरेर अग्रता हासिल गरेको थियो । मध्यान्तर सम्म ३ गोल र मध्यान्तर पछि ३ गोल गरेर युनिक सनराईज उच्च माबिले बिजय हासिल गरेको थियो । ८ टिमको सहभागिता रहेको प्रतियोगितामा भोली सामुदायिक सुरक्षा समिति दोधारा चाँदनी र अम्बिका उच्च माबि दोधारा चाँदनीको का विच खेल हुने आयोजक समितीले जनाएको छ् । सशस्त्र हिंसा न्युनीकरण तथा सामुदायिक सुरक्षा सवलीकरण परियोजनाको सहयोगमा युनिक सनराई उच्च मावि, सामुदायिक सुरक्षा समिति दोधारा चाँदनी र युवा अभियानको संयुक्त अयोजनामा छात्रा फुटवल प्रतियोगिताको आयोजना गरेको हो ।

हिजो भएको उदघाटन समारोहमा ओमपुष्पाञ्ली ईगंलिस स्कुल र आयोजक टिम युनिक सनराईज उच्च मावि को छात्रा टिम बिच सदभाव खेल खेलिएको थियो । युनिक सनराईज बिद्यलायका ब्यवस्थापन समितिका अध्यक्ष टोप बहादुर खत्रीको सभापतित्वमा तथा सशस्त्र प्रहरी सिमा सुरक्षा बल मझगाँउका सशस्त्र प्रहरी उपरिक्षक तारादत्त पन्तको प्रमुख आथित्वमा सम्पन्न भएको हिजोको उद्धघाटन कार्यक्रममा महिला अधिकारकर्मी भगवती थापा, जिल्ला फुटवल संघ जिल्ला अध्यक्ष भीमबहादुर थापा, एभिआएससिएस परियोजनाका परियोजना अधिकृत धनबहादुर थारु लगायत बिभिन्न राजनैतिक दल, स्थानिय संघ संस्थाका पदाधिकारीहरुको सयुक्त उपस्थितिमा फुटवल प्रतियोगिताको उद्धघाटन गरिएको थियो । यहि मंसिर १८ गते सम्म सञ्चालन हुने आयोजक संस्थाहरुले जनाएको छ् ।

अवरोध नहटे हामी चुप लागेर बस्दैनौं

दुई महिनादेखि भारतको नाकाबन्दी र तीन महिनाभन्दा बढी समयदेखि जारी मधेस आन्दोलनका कारण मुलुक गम्भीर संकटमा परेको छ । भारतबाट लामो समयदेखि सामान आपूर्ति हुन नसक्दा मुलुकभर इन्धन मात्र होइन, औषधि र खाद्यान्नलगायतका अत्यावश्यक सामग्रीको चरम अभाव हुन थालेको छ । मुलुकमा गम्भीर मानवीय संकट उत्पन्न हुने खतरा बढेको छ । मुलुकमा आपूर्ति व्यवस्था सहज बनाउन सरकार र प्रमुख दलहरूले मिलेर मधेस आन्दोलनलाई सम्बोधन गर्नु जति जरुरी छ, भारतसित कूटनीतिक पहल गरी असमझदारी हटाउनु त्यत्ति नै जरुरी छ । दुवैसित वार्ता र संवाद गर्ने भूमिकामा छन् राजनीतिका चतुर खेलाडीका रूपमा चिनिने कमल थापा । उपप्रधान तथा परराष्ट्रमन्त्री थापा मधेसी मोर्चासित वार्ता गर्ने समितिका संयोजक छन् भने भारतसित नाकबन्दी खुलाउने कूटनीतिक भूमिकामा समेत छन् । मधेस आन्दोलनलाई सम्बोधन गर्न र भारतसितको असमझदारी हटाउन सरकार र वार्ता टोलीले के पहल गरिरहेको छ, कहिलेसम्म समस्या समाधान होला भनेर कान्तिपुरका बलराम बानियाँ र चन्द्रशेखर अधिकारीले थापासित गरेको कुराकानीको सम्पादित अंश :

नेपाली जनताको आफ्नै पहलमा संविधानसभाबाट संविधान जारी भएपछि मुलुक किन यति ठूला संकट भोग्न बाध्य भयो ?

हो, नेपालको इतिहासमा हामी अत्यन्त कठिन र चुनौतीपूर्ण अवस्था छौं । मैले यसलाई दुई पक्षबाट हेर्ने गरेको छु । भारतीय राजधानी नयाँ दिल्लीमा तत्कालीन भारतीय शासक वर्गको प्रत्यक्ष सहयोग र प्रयोजनमा दुई विपरीत ध्रुवमा रहेका राजनीतिक शक्ति (संसद्वादी र माओवादी) बीच जुन खालको समझदारी गरियो, त्यो पहिलो कारणका रूपमा अहिले देखा परेको छ । त्यसपछि आन्दोलनबाट प्राप्त उपलब्धिलाई संस्थागत गर्ने क्रममा मुलुकलाई जुन ढंगले अघि बढाउन खोजियो, त्यो त्रुटिपूर्ण रह्यो । त्यही जगडिएको कारणबाट मुलुकमा अहिले असहज स्थिति आएको हो । १२ बुँदे समझदारी गराउने क्रममा तत्कालीन भारतीय शासक वर्गको सहयोग, संलग्नता र प्रायोजन कायम गरियो, जसले मुलुकमा बाह्य शक्तिको चलखेल, प्रभाव र हस्तक्षेत्र भित्रियो । त्यही भित्र्याइएको बाह्य शक्तिको चलखेलको परिणाम अहिले हामी भोगिरहेका छौं । यो दोस्रो पक्ष हो । प्राप्त उपलब्धि संस्थागत गर्ने क्रममा हामीले अपनाएको प्रक्रिया आफैंमा सोचनीय छ । जस्तो संघयता मुलुकका निम्ति आवश्यक छ कि छैन त्यसको बारेमा पर्याप्त बहस नै नगरी राज्य प्रणालीको एउटा अभिन्न अंगका रूपमा स्वीकार गरियो । त्यो बेलाको अति उत्साहको क्रममा संघीयता जातीय, क्षेत्रीय र साम्प्रदायिक ढंगबाट अगाडि बढाउने प्रयास गरियो । त्यसको ल्याप्सेस अहिले आएर देखिएको छ ।

त्यसो भए १२ बुँदे समझदारी गर्दा भएको कमजोरीका कारण अहिले आएर मुलुक र जनताले यस्तो संकट बेहोर्नुपरेको हो ?

यो कतै छिपेको जस्तो लाग्दैन । संविधान निर्माणका क्रममा जुन विधि र प्रक्रिया अवलम्बन गरियो, त्यो पर्याप्त र परिपक्व थिएन । यद्यपि संविधान निर्माणमा संख्याको महत्त्व राख्छ । तर त्यो केही राजनीतिक दलहरूको स्वार्थको भागबन्डा र वैचारिक आइडोलोजीलाई मात्र समेटेर संविधान बनाउने होइन । तर यहाँ केही दलले आन्दोलनमै संलग्न रहेका मधेस केन्द्रित दलहरूलाई संविधान निर्माण प्रक्रियामा सहमत गराई सहभागी गराउन नसक्दा समस्या आएको हो र अरूले पनि त्यसैलाई देखाएर खेल्ने मौका पाएका हुन् ।

भारतले संविधान घोषणाको दिन केही दिन पछि सार्न आग्रह गरेको र नसार्दा समस्या आएको हो भनिन्छ । तपाईं परराष्ट्रमन्त्री भएलगत्तै भारतमा जानुभएको थियो, के पाउनुभयो ?

हाे, भारतको केही गुनासो रहेको छ । मैले प्रत्यक्ष रूपमा भेट्दा भारतीय नेताहरूमा नेपाली नेताप्रति केही गुनासा थिए । नेपाली नेताले पहिलो जे कुरा गरे । हामीसँग जेजस्ता वाचा गरेका थिए । त्यसलाई सम्मान गरिएन भन्ने भारतीय नेताको गुनासो छ । दोस्रो भारतलाई बदनाम गर्नेतर्फ नियोजित कार्य भए । तेस्रो नियोजित ढंगबाट भारत विरोधी भावना बढाइएको गुनासो भारतीय नेतामा रहेको मैले पाएँ । मेरो भ्रमणका क्रममा मैले भारतीय गुनासा निराकरण गराउनेतर्फ म सफल भएजस्तो लग्छ ।

नेताहरूले भारतीय नेतासित के प्रतिबद्धता गरेका रहेछन् त ?

नेपालमा संघीयता र सिमांकनलाई थाती राखेर संविधान जारी गर्ने प्रयास भएको थियो । भारत नेताबाट सीमांकन टुंगो लगाएर नै संविधान जारी गर्दा उपयुक्त हुन्छ भन्ने धारणा आएको हो । थप के कस्ता कुरा भएका थिए, त्यसबारेमा मैले पूर्ण जानकारी पाइनँ । तर भारत र नेपालका दलहरूबीच बुझाइमा असझदारी रहेको मैले पाएँ । भारतीय बुझाइ एक पक्षीय ढंगबाट सीमांकन टुंगोमा पुर्‍याऊ भनेको होइन । अर्को पक्ष (मधेसी दल) सँगको सहमतिमा सीमांकन टुंगोमा पुुर्‍याउनुपथ्र्यो भन्ने भारतीय धारणा हो । तर हामीले चाहिँ सीमांकन हाम्रो आन्तरिक कुरा हो भन्दै टुंगो लगाइयो । सीमांकनसहितको संविधान बन्नुपर्छ भन्ने मात्र भारतीय आग्रह हो भन्ने बुझाइ हाम्रा नेताहरूको रह्यो । संघीयता कुन किसिमको आवश्यक पर्छ, नितान्त रूपमा नेपाली जनताले गर्ने हो भन्दै निर्णय गरियो । यसैमा भारतसित ‘कम्युनिकेसन ग्याप’ हुन पुग्यो ।

आन्तरिक मामिलामा किन भारत आउन खोज्यो ? संविधान निर्माण र सीमांकन हाम्रो आन्तरिक मामिला होइन र ?

१२ बुँदे समझदारी गर्ने क्रममा बाह्य शक्तिको संलग्नतालाई कायम गरियो । यो त्यसकै प्रतिफल हो । अहिले मात्र होइन, नेपालको परराष्ट्र नीतिको सञ्चालनमा छाडापन छ । मेरो पहिलो चुनौती भनेकै परराष्ट्र मामिलामा नीतिगत र संस्थागत रूपमा जुन अन्योल अनिश्चितता र अस्थिरता हो । परराष्ट्र मन्त्रीको नाताले म परराष्ट्र नीतिको सञ्चालनलाई ट्रयाकमा ल्याउने पहलमा लाग्ने छु ।

किन भारत नाकाबन्दी नै लगाउने अप्रिय अवस्थामा पुगेको हो ?

यसमा म पनि आश्चर्यमा छु । यो बडो दुर्भाग्यपूर्ण छ । यसबारेमा अध्ययन गर्न जरुरी छ । भारतले पनि यसबारेमा अध्ययन गर्न जरुरी छ । भारतमा निर्वाचनपछि बनेको भारतीय जनता पार्टीको नेतृत्व सरकार आएपछि नेपाल–भारत सम्बन्ध उचाइमा पुगेको थियो । नयाँ आयाम नै खडा भएको थियो । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले नेपालको भ्रमण गर्दै करिब १७ वर्षदेखिको सम्बन्धमा देखिएको एकपक्षीय भ्रमणका अन्त्य गराएका थिए । उनले नेपालमा आएर संसद्मा गरेको सम्बोधन, सडकमा जनतासँग गरेको अन्तक्र्रियाले नेपाल–भारत सम्बन्ध उचाइमा पुगेको थियो । उनको त्यो व्यवहार र बोलीबाट विगतमा भारतका सम्बन्धमा रहेका सम्पूर्ण असझदारी अन्त्य भएको थियो । त्यसपछि सार्क शिखर सम्मेलनमा सहभागी हुन मोदीको नेपाल भ्रमण, नेपालमा आएको महाभूकम्पपछि स्वयं प्रधानमन्त्री मोदीको सक्रियतामा तत्काल उद्धार टोली आई गरेको सहयोग र उदारताले नेपाल–भारत सम्बन्ध सुदृढ र परिपक्व तवरले अघि बढेको देखिएको थियो । महाभूकम्पपछि पुनर्निर्माणका लागि सहयोग जुटाउन नेपालले गरेको दाता सम्मेलनमा भारतीय विदेशमन्त्री सुष्मा स्वराज आफैं आएर भारतका तर्फबाट सबभन्दा ठूलो सहयोग दिने प्रतिबद्धता व्यक्त गर्नुसमेत ऐतिहासिक थियो । त्यसले पनि भारतसितको सम्बन्धमा आत्मीयता बढाएको थियो । हामीले पनि मोदीले सोचेको ‘छिमेकी पहिलो’ भन्ने नीति अख्तियार भएको महसुस गरेका थियौं । हामीले सोचेका थियौं नेपालमा अब चाँडै संविधान बन्छ र समस्या समाधान गर्दै अघि बढ्दै विकास लक्ष्यमा लम्कने छौं । मुुलुकमा अब आर्थिक विकास गर्न कुनैखालको अवरोध नहुने भन्नेमा हामी सबै दंग थियौं । तर अप्रत्याशित रूपमा यो (भारतको अघोषित) आइलाग्यो ।

त्यस्तो ऐतिहासिक मोडमा सम्बन्ध पुगेका बेला नेपालको संविधानसभाले प्रक्रियासम्मत ढंगले संविधान जारी गर्दा संसारकै सबभन्दा ठूलो लोकतान्त्रिक मुलुक भारतलाई किन चित्त बुझेन र नाकाबन्दी लगाउनेसम्मको स्थितिमा पुग्यो ?

यो अप्रत्यासित रूपमा आइलागेको समस्याप्रति हामी पनि उत्तिकै गम्भीर भएका छौं । भारतजस्तो ठूलो लोकतान्त्रिक मुलुुक यो हदसम्म जान्छ होला भन्ने लागेको थिएन । हामी भारत–चीन लगायतका मुलुकको सहयोगमा अघि बढ्न सक्छौं भनेको अवस्थामा यो (नाकाबन्दी) अप्रत्यासित छ । हाम्रो सामाजिक, संस्कृतिक, आर्थिक र राजनीतिक निकटता भएको विश्वको सबभन्दा ठूलो प्रजातान्त्रिक मुलुक भारतले नेपालले लामो प्रयासमा संविधान जारी गर्दा सामान्य जानकारी मात्र लिएको भन्दै चिसो प्रतिक्रिया दिन पुग्यो । त्यसको लगत्तै पारवहन र आपूर्ति व्यवस्थामा एकपक्षीय ढंगले अवरोध पुर्‍याउन थाल्यो । नेपालले भारतबाट यस्तो अपेक्षा गरेको थिएन । नेपालले भारतलाई पर्दा ठूलो सहयोग गरेको छ । स्वयं मोदीले नेपालीले भारतको राष्ट्रिय सुरक्षाका लागि नेपाली रगत बगाएर ठूलो सहयोग गरेका छन् भनेर प्रशंसा गरेका थिए । पारवहन र आपूर्ति व्यवस्थामा अवरोध पुर्‍याउनुभन्दा भारतले चित्त नबुझेको विषय राजनीतिक स्तरमा खुला रूपमा छलफल गर्दा हुने थियो । तर त्यसो गर्न चाहेको पाइँदैन । उसले आम जनतालाई दु:ख दिने कार्य गर्नु कुनै पनि अर्थमा ठीक होइन । जुनसुकै कारण भए पनि अघोषित नाकाबन्दीलाई जस्टिफाइ गर्न सकिँदैन ।

भारतले नाकाबन्दी गर्नुको मुख्य कारण के रहेछ ?

कारण अमूर्त छ । नेपालले भारतको हितविपरीत हुने गरी यो अवधिमा कुनै काम गरेको छैन । नेपालले भारतको सुरक्षामा आघात हुनेखालको कुनै काम गरेको छैन । यो (नाकाबन्दी) किन भयो भन्नेबारेमा पनि हामीले बुझ्न सकेको छैनौं । म आफैं त्यहाँ (नयाँ दिल्ली) गएँ । असझदारीहरूलाई निराकरण गर्ने प्रयास पनि गरें । भारतीय नेताहरूले प्रस्ट रूपमा आश्वासन दिनुभएको थियो । खुला रहेका (अवरोध नरहेका) नाकाबाट इन्धनलगायतका सामग्री पठाउन सहजीकरण गर्छौं । वीरगन्ज नाकामा रोकिएका सामान रिरुटिङ गरेर पठाउने विश्वाससमेत दिलाएका थिए । त्यो स्तरबाट भएको प्रतिबद्धता पूरा हुने विश्वास गर्छ । केही असमmभदारी छन् भने खुला रूपमा खुला हृदयका साथ छलफल गर्न नेपाल तयार छ । वास्तवमा भारतको केही चित्त दुखेको छ भने निराकरण गर्न नेपाल तयार छ । म भारतसँग के आग्रह गर्छु भने नेपालको आन्तरिक राजनीतिक विषय र नेपाल–भारत सम्बन्धलाई एकै स्थानमा राखेर व्यवहार गर्नु हुन्न ।
अहिले आएर भारतले मधेसीको आँखाबाट मात्र नेपाललाई हेर्न लागेको हो कि ?

नरेन्द्र मोदीजीले नेपाली संसद्मा सम्बोधन गर्ने क्रममा जुन ढंगबाट हिमाल, पहाड र तराई भनेर मधेस शब्दसमेत प्रयोग नगरी त्यो नै एउटा समग्र नेपाल हो भनेका थिए । तर ७५ जिल्लामध्ये केही सीमित जिल्लालाई आधार बनाएर भारतले पारवहन र आपूर्ति व्यवस्थामा अवरोध गरेको होला भेनर सोच्न पनि सकिन्न । मोदीजीले नेपालसँगको सम्बन्धलाई मधेसमा केन्द्रित गर्नुहुन्छ भन्ने मलाई लाग्दैन । बाहिर यस्ता अड्कल भएको पढ्न पाइन्छ, तर त्यस्तो हो जस्तो लाग्दैन । विश्वास गर्न समेत सकिँदैन ।

भारतीय नाकाबन्दीले नेपालमा परेको मानवीय संकटबारे नेपालले अन्तर्राष्ट्रिय समुदायलाई किन बुझाउन नसकेको हो ?

हामीलाई देशभित्र यो समस्या अन्तर्राष्ट्रियकरण गर्नुपर्ने तीव्र दबाब छ । नेपाल–भारतबीचको सदियौंदेखिको सम्बन्धलाई दृष्टिगत गर्दै हामीले भूगोल र छिमेकी फेर्न नसक्ने यथार्थलाई आत्मसात् गरी पारवहन र आपूर्ति व्यवस्थामा भएको अवरोधलाई अन्तर्राष्ट्रियकरण नगरी हामीले नेपाली जनताले दु:खकष्ट भोगेको अवस्थाका बारेमा मात्र मित्रराष्ट्रहरूलाई जानकारी गराएका छौं । अन्तर्राष्ट्रिय मञ्चमा पनि कूटनीतिक मर्यादामा रहेर नेपालले भोगेको समस्या राखेका छौं । चीन, बंगलादेशलगायत कतिपय मुलुक हामीलाई सहयोग गर्न तयार भएका छन् । बिना न्यायोचित आधार अवरोध सिर्जना भएका कारण ढिलोचाँडो यो (नाकाबन्दी) अन्त हुन्छ । भारतीय प्रधानमन्त्रीले नेपालमा आउँदा भनेको ‘ऋषिमन’ लाई त्यहाँका नेताहरूले मनन गर्दै अहिले देखिएको अवरोध खुल्ने स्पष्ट छ । भारतले अवरोध खोल्छ र खोल्नुपर्छ ।
भारतीय नाकाबन्दीले मुलुकमा इन्धन, औषधि र खाद्यान्नको चरम अभाव सिर्जना भएको छ । जनता निराश छन् । सरकारले समस्या समाधान गर्न भारतसित मात्र होइन, अर्को छिमेकी चीनसित समेत खासै

पहल गरेको देखिएको छैन । इन्धन, औषधि, खाद्यान्नलगायतको आपूर्तिलाई कसरी सहज बनाउने सोचमा हुनुहुन्छ ?

हामीले शान्त कूटनीतिलाई प्रोत्साहन गरेका छौं । सार्वजनिक नभए पनि प्रत्यक्ष परोक्ष रूपमा हामी संवादमा छांै । यो समस्या समाधान दुई पक्षीय वार्ताबाटै समाधान हुने छ । यो अघोषित नाकाबन्दीले अत्यन्त कठिन अवस्था भोग्नुपरेको छ । ठूलो मानवीय संकट खडा हुने देखिएको छ । विद्यालय, औद्योगिक कलकारखाना बन्द भएको अवस्था छ । यसले नेपालको अर्थतन्त्रमा अत्यन्तै ठूलो नकारात्मक असर परेको छ । महाभूकम्पबाट करिब ७ अर्ब अमेरिकी डलर क्षति भएको अनुमान गरेका थियौं । अहिले भारतीय अघोषित नाकाबन्दीले त्यही स्तरको क्षति भएको अनुमान छ । नेपालको आर्थिक वृद्धिदर नकारात्मक हुने स्थिति उत्पन्न भएको छ । भारतसँग फेरि पनि कुरा गर्छौं । भारतबाट अबरोध हटाउने काम भएन भने स्वाभाविक रूपमा सरकार चुप लागेर बस्दैन, हामी जनताप्रति जवाफदेहितामा गम्भीर भएर वैकल्पिक उपाय अवलम्बन गर्नेतर्फ समेत अघि बढ्ने छौं ।

मुलुकमा आपूर्ति सहज बनाउन सरकारले विकल्प खोज्नसमेत नसकिरहेको महसुस भइरहेको छ नि ?

सरकार जनताप्रति जवाफदेही हुनैपर्छ । हामी जिम्मेवार भएर काम गरेका छांै । पहल सुरु भएको छ । त्यसमा कुनै कमी हुन दिँदैनौँ । विभिन्न विकल्प सरकारले सोचेको छ । चीनबाट इन्धनलगायतका सामान ल्याउने योजना अघि बढेको छ ।

तर, चीनसँग भारतको कूटनीतिक दबाबका कारण इन्धन ल्याउने व्यापारिक सम्झौता हुन नसकेको चर्चा छ नि ?

सबै भ्रमबाट मुक्त हुन जरुरी छ । चीनसँग पनि धेरै कुरा अघि बढेको छ । जटिल अवस्था भएकाले यसको अन्त्य गर्न हामी लागिपरेका छौं । एउटा टोली चीन गएको छ । काम गरिरहेको छ । जतिसक्दो छिटो सहमति गरेर ल्याउन आवश्यक छ । व्यापारिक आपूर्ति सुदृढ गर्न अलिक समय लाग्छ । केही दिनमा सम्झौता हुन्छ र नियमित रूपमा चीनबाट सामान आपूर्ति हुन्छ । चीनबाट आउन सक्दैन भन्ने जुन हल्ला छ, त्यो बिल्कुल होइन । सबै भ्रमबाट मुक्त हुनपर्छ । चीनसँग हाम्रो आफ्नैखालको सम्बन्ध छ ।

चीनबाट अत्यन्त उदारताका साथ सहयोग भइरहेको छ । व्यापारलाई उदारताका रूपमा अघि बढाउन चीन तयार छ । आखिर व्यापार हो, त्यसमा सबै अघि बढ्छ । चीनसित व्यापारिक सम्झौता गर्ने कार्यमा परराष्ट्र मन्त्रालयबाट रोकिएको भन्ने म आफैंले सुनेको छु । त्यसमा सत्यता छैन । चीनसित व्यापारिक सम्झौता गर्ने कार्यको अगुवाइ परराष्ट्रबाट नै भएको छ । हामीले दुई दुईपटक नाकाबन्दीको पीडा भोगेका थियौं । त्यसबाट पाठ सिकेनौं । व्यापार विविधीकरणमा आमूल सुधार गर्न आवश्यक छ । एउटै मात्र देश र एउटै कम्पनीसँगको निर्भरतामा नीतिगत रूपमा पनि परिवर्तन गर्न लागका छौं । यो कुनै मुलुकको विरुद्धमा होइन । कुनै प्रतिवाद र प्रतिक्रियाका रूपमा व्यापार गर्न लागेका होइनांै । आफ्नै मुलुकको हित र स्वार्थका लागि त्यो गर्न आवश्यक छ । नेपालजस्तो भूपरिवेष्ठित मुलुकले कम्तीमा ३ महिनाका लागि उपभोग्य सामग्री भण्डारण गर्न सक्ने क्षमता बनाउनका लागि सरकारले प्रक्रिया अघि बढाएको छ । यो आवश्यक छ ।

यहाँ मधेसी दल र भारत दुवैसितको वार्तामा सक्रिय रहनुभएको थियो, किन मिलाउन सक्नुभएन ?

वार्ता अत्यन्त सकारात्मक ढंगबाट अघि बढेको थियो । असोज १५ गतेको वार्तामा सहमतिको निकै नजिक पुगेका थियौं । १५ गते मधेसी दलसित एक किसिमको समझदारी भएको थियो । त्यसमा फ्रेमवर्क बनेको थियो– पहिलो, निर्वाचन क्षेत्र निर्धारण जनसंख्याको आधार, समानुपातिक समावेशी सिद्धान्त संविधानमा स्पष्ट हुनुपर्ने, नागरिकताको भ्रम स्पष्ट पार्नुपर्ने, सीमांकनको टुंगो लाग्नुपर्ने । कांग्रेस नेतृत्वको सरकारको पालामा संसद्मा प्रस्तुत भएको संविधान संशोधन विषयलाई आधार मानेर समाधान खोज्ने । सीमांकनको विषयमा राजनीतिक सहमति कायम गर्ने र संवैधानिक प्रक्रियाबाट सम्बोधन गर्ने टुंगोमा पुगेका थियौं । सबै राजनीतिक दलका शीर्ष नेता बसेर टुंगोमा पुर्‍याउने कुरा भएको हो ।

त्यति हुँदा पनि के कारणले सहमति हुन सकेन ?

एक महिनाको घटनाक्रमबाट तीनवटा अत्यन्त चिन्ता गर्नुपर्ने अवस्था देखिरहेको छु । आन्दोलनरत मधेसी मोर्चाका नेताहरूको नियन्त्रणबाट आन्दोलन बाहिर गएको देखिएको छ । आन्दोलनमा मुलुकलाई विखण्डन गर्नुपर्छ भन्ने तहसम्मको सोचाइ राख्ने अतिवादीहरू हावी भएका छन् । त्यसको समग्र पक्षमा बाह्य शक्ति (भारत होइन) को चलखेल रहेको छ । तीनवटा पक्षलाई राखेर हेर्दा म अत्यन्त खतरनाक अवस्थाबाट मुलुक गुज्रिन लागेको हो कि भन्नेतर्फ सोच्नसमेत हामी बाध्य हुनुपरेको छ । मधेसमा जारी आन्दोलन मोडरेट पोलिटिकल फोर्स (मधेसी मोर्चा) को नियन्त्रणबाट बाहिर जाने, अतिवादी हावी हुने र बाह्य शक्तिको चलखेलमा पर्ने हो कि भन्ने खतरा देखिराखेको छु ।
विखण्डनको खतराबाट मुलुकलाई बचाउन मधेसी मोर्चासितको वार्तामा थप गम्भीर भएर लाग्नुपर्ने होइन ?
सबै राजनीतिक दल सचेत भएर अघि बढ्नुपर्ने देखिएको छ । सरकारमा भएका दल र प्रमुख प्रतिपक्ष कांग्रेसले पनि यसमा भूमिका निर्वाह गर्दै समस्या समाधानतर्फ जानुको विकल्प छैन । मधेस आन्दोलनलाई सम्बोधन गर्न सबै प्रमुख दल मिलेर स्पष्ट र साझा अवधारणा तय गरेर अघि बढ्नु आवश्यक छ । प्रमुख दल र मधेसी मोर्चाबीच सहमति गरी त्यसलाई कार्यावन्यन गरेर अघि बढ्नुपर्छ ।

मधेस आन्दोलनमा भारतभन्दा पनि बाह्य शक्ति हावी भए भन्न खोज्नुभएको हो ?

हामीलाई प्राप्त सूचनाबाट स्पष्ट छ कि तराईमा भारत मात्र होइन, त्यहाँको र्‍याडिकल इलिमेन्टलाई प्रोत्साहन गर्न बाह्य शक्ति लागिपरिरहेको देखिन्छ । राष्ट्रिय तथा अन्तर्राष्ट्रिय गैरसरकारी संस्थाहरू यसमा विखण्डनकारी शक्तिलाई सहयोग गरिरहेको पाइन्छ । भारतबाहेकका केही शक्ति मुलुक पनि त्यसमा लागेको सूचना प्राप्त भएका छन् । यसलाई सरकारले गम्भीर रूपमा लिएर अघि बढेको छ । यो मुलुकको समग्र विकास प्रक्रियामा राम्रो संकेत होइन ।

त्यस्तो विखण्डनकारी तत्त्वलाई सरकारले कसरी नियन्त्रण गर्छ ?

मधेस समस्यामा प्रमुख दलहरूबीच साझा अवधारणा बनाएर अघि बढ्न आवश्यक छ । संविधान निर्माण गर्ने प्रमुख दलहरूले त्यस्तो साझा अवधारणा बनाउन सकेनन् भने संविधानको औचित्यसमेत समाप्त हुने खतरासमेत देखिएको छ । यसको कार्यावन्यनमा शंका उत्पन्न भएको छ । यसमा हामी लागि पर्न आवश्यक छ । मेरो आफ्नो दलको पनि फरक धारणा थियो । तर पनि सरकारमा रहेर हामीले पनि संविधानलाई सफल बनाउने काम गरेका छौँ । त्यसैले कांग्रेस, एमाले, एमाओवादीलगायत सबै दल मिलेर अघि बढाउन आवश्यक छ ।

मधेस समस्या समाधान गर्न प्रमुख दलहरूबीच साझा धारणा बनाउन पहल भएको छ ?

पहल भएको छ । अब यसमा ढिलो गर्नु हँुदैन । त्यसपछि पनि समस्या समाधान भएन भने राष्ट्रिय अखण्डताका लागि एकजुट हुन जरुरी छ । भारतसँगको सम्बन्ध र मधेसमा भएको आन्दोलनलाई फरक रूपमा हेरेर समस्या समाधानका लागि दलहरू गम्भीर भएर लाग्नु आवश्यक छ । भारतसँगको देखिएको अविश्वासलाई हटाउन समेत सरकार र दलहरू लाग्नु आवश्यक छ ।

हामीले नेपाललाई परेको संकटका बारेमा अन्तर्राष्ट्रिय समुदायलाई बुझाउन नसकेका हौं ?

त्यस्तो होइन । ढिलो भयो होल, तर बुझाउने कार्य भएको छ । नेपालप्रति अन्तर्राष्ट्रिय समुदायको सहानभूति छ । नेपालको नियोग भएका मुलुकहरूबाट पनि पहल भएकै कारण कतिपय मुलुकले हामीलाई सहयोग गर्ने तत्परता देखाएका छन् । चीन, बेलायत, बंगलादेश, युरोपेली युनियन, राष्ट्रसंघलगायतले नेपालको पक्षमा बोल्न थालेका छन् । हामीले अन्तर्राष्ट्रिय समुदायको स्वार्थरहित सहयोग मात्र स्वीकार गर्छौं । हामी मुलुकको स्वाधीनताका विषयमा कुनै प्रकारको सम्झौता गर्दैनौं । यहाँका विद्वान्हरूको कुरा पनि सुनेको छु । आवश्यक परे म फेरि पनि भारत जान सक्छु ।

अन्य विभिन्न प्रयास जारी राखेका छौं ।
कतिपय मुलुकमा हाम्रा राजदूत नै छैनन्, भएका पनि चुस्त छैनन्, कसरी प्रभावकारी हुन सक्छ ?
हो, हाम्रो विभिन्न कारणले गर्दा दूतावासमा समयमा पोस्टिङ नहुने र राजदूत नियुक्त नहुने अवस्था छ । त्यसलाई सुधार गर्दै अघि बढाउनुपर्ने हुन्छ । कूटनीतिक आचारसंहितासँगै राजदूतको कार्यक्षमता, क्राइट एरिया तय गरेर राजदूत नियुक्त गर्न ढिला भइसकेको छ । राजनीतिक भागबन्डा त होला तर त्यो भागबन्डामा पनि सक्षम व्यक्तिको माग गर्ने छु । राजदूतावासहरूलाई पुनर्संरचना गरिने, मन्त्रालयको भित्रैदेखिको सुधार गरिने लगायत रहेको छ । अब चुस्त सूचना प्रवाह र
ट्याक टु डिप्लोम्यासीका लागि छुट्टै युनिटसमेत तय गरेर अघि बढ्ने छु । यसको सुधारको काम भएको छ । यसमा योजनासमेत बनाएर अघि बढ्ने छु ।

साभार: कान्तिपुर दैनिक

निर्देशक बन्दै जेनिफर लरेन्स

एजेन्सी । ओस्कार विजेता हलिउड फिल्म ‘हंगर गेम्स’ अभिनेत्री जेनिफर लरेन्स निर्देशक बन्ने भएकी छन्। उनले अमेरिकी सेनामा हुने औषधी परिक्षणका बारेमा फिल्म बनाउन लागेकी हुन्। फिल्मका कलाकारहरुको चयन हुन बाँकी रहेको छ। ‘प्रोजेक्ट डेलिरियम’ नाम रहने फिल्म सन् २०१२ को डिसेम्बरमा सोही शीर्षकमा प्रकाशित एक लेखमा आधारित हुनेछ। उक्त लेखमा सन् १९६० भएको त्रृटिपूर्ण एसिड अनुसन्धानको बारेमा लेखिएको थियो।
फिल्मले अमेरिकी सेनाले कसरी आफ्नो जवानमाथि कसरी एलएसडी जस्तो लागुपदार्थको प्रयोग गर्छ भनेर देखाउने छ। जेनिफरले फिल्ममा को को कलाकारले अभिनय गर्नेछन् भन्ने बारेमा केहि नखोले पनि पर्दा पछाडी रहेर काम गर्ने चाहाना अनुसार निर्देशक बनेको बताइन्। यस फिल्मपछि उनको हाँस्यप्रधान फिल्म निर्देशन गर्ने इच्छा रहेको छ।
-सेतोपाटी

नाकाबन्दी खोल्न भारतले ‘कोशी, कर्णाली र फास्ट–ट्रयाक मागेको’ खुलासा

काठमाडौं, मंसिर १३ । तराई–मधेसमा जारी आन्दोलनको बहाना बनाएर भारतले नेपालमाथि नाकाबन्दी लादेको महिनौं भईसकेको छ । नाकाबन्दीका कारण देश नै अस्तव्यस्त भइसकेको छ भने जनता मर्नु न बाँच्नुको अवस्थामा पुगिसकेका छन् । पेट्रोल, डिजेल लगायत खानापकाउने ग्यासको अभावमा जनताको चुलो बल्न सकेको छैन् भने अत्यावश्यकीय वस्तुको अभावमा सर्वसाधारणको जनजीवन निकै कष्ठकर बन्दै गएको छ ।

यस्तैमा नाकाबन्दी खोल्न नेपालले ठूलो मूल्य चुकाउनुपर्ने अवस्था आएको बताइएको छ । नाकाबन्दी खुलाउन अनेकथरी सर्त तेर्साउँदै आएको भारतले पछिल्लो समय नेपालको कोशी र कर्णाली माग गरेको प्रधानमन्त्री ओलीका सहयोगी मध्येका एक एमाले जनाए । उनका अनुसार भारतले पुर्ण स्वामित्व सहित सदाका लागी कोशी र कर्णाली नदी मागेको छ । यतिमात्र होईन भारतले नेपालसामु फास्ट्रयाक निमार्णको यस अघिको प्रक्रियालाई अघि बढाई भारतिय कम्पनी आईएल एण्ड एफएसलाई दिनुपर्ने माग गरेको उनले बताएका हुन । उनका अनुसार पुर्व मन्त्री बिमलेन्द्र निधीले सारेको प्रस्ताव बमोजिम नै फाष्ट–ट्रयाक अघि बढाउनु पर्ने उनीहरुको माग छ ।

उनका अनुसार भारतिय जनता पाटीका नेता बिजय जोली आउँदा समेत यस बिषयलाई उनीहरुले घुमाउरो पारामा अघि बढाएका थिए । प्रधानमन्त्री ओलीसँग राम्रो सम्बन्ध रहेका जोलीले प्रधानमन्त्रीसँग पनि यो बिषयमा कुरा गरेको स्रोत जनाउँछ यद्यपी यो बिषयमा उनले हाम्रा सहकर्मीलाई प्रष्ट बताउन चाहेनन् । स्मरण रहोस् कर्णालीमा मात्र १४ हजार १ सय ५० दशमलव ८० मेगावट जलबिद्युत्त क्षमता रहेको छ र जुन पुर्ण क्षमतामा उत्पादन भएमा भारतको पुरै उर्जाको माग पुरा हुनेछ । भारत कर्णाली नदिलाई पुर्ण स्वामित्वमा दिर्घकालिन रुपमा आफ्नो बनाउन चाहन्छ ।

भारतमा तीव्र आर्थिक वृद्धिको लक्ष्य राखेका मोदीले उर्जा विना विकासको संभावना नहुने प्रस्ट बुझेको हुनाले आफ्नो देशमा आर्थिक वृद्धिको अभिष्ट पूरा गर्न नेपालमाथि अघोषित नाकाबन्दी लगाएर जर्बजस्त नेपालको नदीनाला कब्जा गर्न खोजेको जानकारहरुले यस अघि देखी नै बताउँदै आएको कुरा हो ।

भारतमा दिनानुदिनु उर्जाको माग बढ्दै जानु र आफ्नो देशमा उपलब्ध स्रोतले उर्जाको मागलाई धान्न नसक्नुले मोदीको आँखा नेपालको नदीनालामा देखिएको प्रस्ट देख्न सकिन्छ । मोदीले केही समय अघि नेपालको संसदमा भाषण गर्दा समेत नेपालको नदीनालाबाट बिद्युत्त उत्पादन गरी भारतको बढ्दो उर्जा मागको सम्बोधन गर्न सकिने जनाएका थिए । कोइला र पेट्रोलियम पदार्थमा निर्भर रहेको भारतको उर्जा उत्पादनले आगामी मागलाई धान्न नसक्ने र भारतीय कतिपय भूभागमा नेपालको पानीबाट नै सिंचाई गर्नुपर्ने भएकोले तराईमा जारी आन्दोलनको बहाना बनाएर मोदीले आफ्नो भित्रि चाहना पुरा गर्न खाजेको कतिपय बिश्लेषकहरु बताउँछन ।

के अब प्रधानमन्त्री ओलीले गोप्य रुपमा कर्णाली, कोशी र फाष्ट–ट्रयाक भारतकै माग बमोजिम सुम्पन्छन त भन्ने प्रश्नमा उनले भने ‘बरु हामी सरकार छाड्छौं तर यी भारतिय चाहना हामी पुरा हुन दिँदैनौं’ । उनले थपे ‘यदी यी माग केपी ओलीले पुरा गरेको भए पहिले नै नाकाबन्दी खुलिसक्थ्यो’ । उनका अनुसार सरकारले भारतको बिकल्पमा चिनसँग अहिले सम्मकै ठुलो र दिर्घकालिन सम्झौताको तयारी भईरहेको र केही दिन पछि आकस्मिक रुपमा घोषणा हुनेछ ।

उनले चिनसँग पाईप लाईन बिस्तार, काठमाण्डौ हुँदै लुम्बिनीसँग सिधा रेल्वे, पेट्रोलियम, चिनिया नाकासम्म पुग्ने शडक बिस्तार लगाएतका सम्झौताको तयारी अन्तिम चरणमा पुगेको बताए ।

नेपालमा सबै भारतीय समाचार च्यानलहरु बन्द

काठमाडौं, मंसिर १३ । नेपालमा फेरी भारतिय न्युज च्यानल बन्द भएको छ । भारतले नाकाबन्दी गरेर दुःख दिइरहँदा भारतीय समाचार च्यानलहरुले भने अनर्गल प्रचार गर्न थालेपछि नेपालमा सबै भारतीय समाचार च्यानलहरु बन्द गरिएका छन् । राजनीतिक दबाबका कारण केबल सञ्चालकहरुले आइतबारदेखि भारतीय समाचार च्यानलहरु बन्द गरेका हुन् । राजनीतिक दबाबकै कारण डीटीएच सञ्चालकले भारतीय न्यूज च्यानलहरु बन्द गरिदिएका हुन् ।

नेपाल केवल टेलिभिजन ब्यवसायी महासंंघ, नेपाल केवल टेलिभिजन संघ, डिस होम प्रालि तथा सिम्पल मिडिया प्रालिले एक विज्ञप्ति जारी गरी असहज परिरिस्थतिको कारण जनाउँदै भारतीय न्यूज च्यानलहरु बन्द गरिएको जानकारी दिएका हुन् । भारतविरुद्ध संघर्षमा उत्रिएको नेत्र विक्रम चन्द ‘विप्लव’ माओवादीले आफुहरुले भारतीय न्यूज च्यानल पनि बन्द गराएको बताएको छ । भारतीय मिडियाले भने सरकारी निर्देशनमा नै नेपालमा भारतीय न्युज च्यानल बन्द भएको दाबी गरेका छन् । नेपाल–सम्बन्धमा चिसोपन आएको र भारतीय मिडियाले मधेसबारे सही सूचना सम्प्रेषण नगरेको भन्दै भारतीय न्युज च्यानल बन्द गरिएको उनीहरुको दाबी छ ।

यसअघि नाकाबन्दी लगत्तै केबल सञ्चालकहरुले स्वतःस्फूर्त रुपमा भारतीय च्यानल बन्द गरिदिएकोमा तत्कालिन सञ्चारमन्त्री मिनेन्द्र रिजालको दबाबमा पुनः प्रतिबन्ध फुकुवा गरिएको थियो ।

किन पाइँदैन काठमाडौंमा ग्यास ?

काठमाडौं,मंसिर १३ । नाकाबन्दीका बेलामा पनि वीरगञ्जबाहेक अन्य नाकाबाट ग्यासका बुलेटहरु फाट्टफुट्ट भित्रिइरहेका छन् । ती बुलेटहरु राजधानीमा समेत आइरहेका छन् । तैपनि उपत्यकाका सर्वसाधारणले अहिलेसम्म ग्यास पाउन सकेका छैनन् । आखिर किन नपाइएको होला काठमाडौंमा ग्यास ?
यसबारे आइतबार अख्तियार दुरुपयोग अनुसन्धान आयोगको केन्द्रीय कार्यालयमा सरकारी अधिकारीहरुवीच छलफल भएको छ ।
ललितपुरका प्रमुख जिल्ला अधिकारी यादवप्रसाद कोइरालाको गुनासो छ, ग्यास डीपो आफैंले २०/२५ वटासम्म सिलिण्डरहरु नक्कली नाममा राख्ने गरेका छन् । यसले गर्दा सर्वसाधारण जनताले अहिलेसम्म ग्यास पाउन सकेका छैनन् ।
ग्यासमा हुने कालोबजारी नियन्त्रणका लागि ‘बिग हाउस’हरुमा छापा मार्नुपर्ने प्रजिअ कोइरालाको सुझाव छ ।
अहिले निजी क्षेत्रले पनि तेल किन्न पाइरहेकाले उनीहरुले त्यस्तो तेल नबेच्दा र आफैंले प्रयोग गर्दासम्म कारवाही गर्न सकिने प्रजिअ कोइरालाको भनाइ छ ।
५० लिटरभन्दा बढी तेल ल्याउन पाइन्न : एसएसपी थापा
काठमाडौंका प्रहरी प्रमुख एसएसपी विक्रमसिंह थापाले भने निजी प्रयोजनका लागि थानकोट र फर्पिङबाट ५० लिटरसम्म मात्रै तेल ल्याउने अनुमति दिइएको स्पष्ट पारे ।
तर, सरकारले तेल नदिएपछि आफूहरुले ५/६ सय लिटरसम्म किन्न पाउनुपर्ने जनस्तरबाट आवाज उठिरहेको थापाले जानकारी गराए ।
अख्तियारको छलफलमा थापाले भने- ‘यस्तो अवस्थालाई संयोजन गर्न सरकारी तहमा एउटा समन्वय समिति जरुरी भयो, नत्र विवाद हुने खतरा छ ।’
तेल धनी छैन र बेबारिसे अवस्थामा ल्याउन लागिएको पाइए त्यस्तालाई कारवाही हुने थापाले जानकारी दिए ।
सरकारी निकायवीच समन्वय भएन : प्रजिअ अर्याल
काठमाडौंका प्रमुख जिल्ला अधिकारी एकनारायण अर्यालले कालोबजारी नियन्त्रण हुन नसकेको स्वीकार गर्दै सरकारका निकायहरुवीच आपसमा तालमेल हुन नसक्दा कालोबजारी नियन्त्रणमा कठिनाइ भइहरहेको बताए ।
‘सरकारका निकायवीच आपसमा संयोजन र सूचनाको आदान-प्रदानमा हुन सकेको छैन,’ उनले भने ।
नाकाबन्दीको निहुँ बनाएर राजधानीमा कालोबजारी मौलाउँदै गएपछि अख्तियार दुरुपयोग अनुसन्धान आयोगले सरोकारवाला सरकारी निकायलाई बोलाएर आइतबार ध्यानाकर्षण गराएको हो ।
-www.onlinekhabar.com

सप्तरीमा सिलिन्डर बम भेटियो,राजमार्ग ठप्प, सर्वसाधारणलाई रोक

सप्तरी,मंसिर १३ । सप्तरीमा सिलिन्डर बम भेटिएपछि पूर्वपश्चिम राजमार्गमा अवरुद्ध भएको छ । राजमार्गमै पर्ने सो पक्की पुल ध्वस्त पार्ने उद्देश्यले पूर्वपश्चिम राजमार्गअन्र्तगत पोर्ताहा र बरमझियाका बीचमा पर्ने मोहली पुलमुनि दुई शक्तिशाली सिलिन्डर बम आइतबार बिहान फेला परेको छ ।

अज्ञात समूहले राखेको सो बमलाई निष्क्रिय पार्न राजविराजस्थित कृष्ण दलगढबाट नेपाली सेनाको बम निष्क्रिय टोली घटनास्थल पठाइएको जिल्ला प्रहरी कर्यालयका प्रहरी नायब उपरीक्षक नारायण चिमरियाले जानकारी दिए । घटनास्थलदेखि ५०० मि नजिकमा सशस्त्र प्रहरी बल दन्तकाली गण रहेको छ । अहिले राजमार्गमा चल्ने यातायात र सर्वसाधारणलाई रोक लगाइएको छ ।

टर्कीमाथि रुसले लगायो नाकाबन्दी

एजेन्सी,मंसिर १३ । रुसी विमान खसालेको घटनाबाट चिसिएको टर्की र रुसबीचको सम्बन्ध झन् खराब हुँदै गएपछि रुसले टर्कीमाथि नाकाबन्दीको घोषणा गरेको छ । जसअनुसार टर्कीबाट आयातमा रोक लगाउनुका साथै रुसमा रहेका टर्कीको कम्पनीमाथि प्रतिबन्ध लगाउने साथै रुसमा कार्यरत टर्कीसलाई कामबाट निकालिने घोषणा रुसले गरेको छ । रुसी राष्ट्रपति भ्लादिमीर पुटिनले नाकाबन्दीको घोषणा गरेका हुन् ।

नाकाबनदीको घोषणा सँगै दुई देशबीच हुँदै आएको चार्टर उडान पनि नहुने भएको छ । रुसमा टर्कीका ९० हजार नागरिक कुनै न कुनै ब्यबसायमा आवद्ध छन् भने तीनका परिवारको संख्या दुई लाख रहेको बताइन्छ । यसैबीच टर्कीका राष्ट्रपति तायीप एर्दोगानले रुसले लगाएको नाकाबन्दी अमानवीय भन्दै दुःख ब्यक्त गरेका छन् । उनले रुससँग नझुक्ने अडान लिएका छन् ।

यो नाकाबन्दीको असर टर्कीमा मात्रै नभएर रुसमा पनि पर्नेछ । रुसमा २० प्रतिशत तरकारी टर्कीबाट आउने गरेको छ । टर्कीले यो बर्ष मात्रै रुसलाई एक अर्ब पाउण्ड बराबरको खाद्य सामग्री उपलब्ध गराएको थियो । टर्कीको हवाई क्षेत्रमा रहेको रुसी बिमान टर्कीले खसालेपछी टर्की र रुसबीचको सम्बन्ध चिसिएको बताइदैं आएको छ ।

बन्दलाई तोडफोड नगरिने बताएको विप्लब माओवादीले धादिङमा ट्रक जलाए

धादिङ, मंसिर १३ । नेकपा माओवादी विप्लव समूहका कार्यकर्ताले बन्दको अवज्ञा गरेको भन्दै धादिङमा एक ट्रकम आगजनी गरेका छन् । विप्लवका कार्यकर्ताले मलेखु–धादिङबेसी (कालु पाण्डे) राजमार्ग अन्गर्तगत नलाङको कालिदहनजिक सिक्रेखोलामा ट्रक जलाएका हुन् । मलेखुबाट इट्टा बोकेर धादिङबेसी जाँदै गरेको ना ४ ख ७१३० नम्बरको ट्रक आगजनीबाट पूर्ण रुपमा क्षति भएको छ । शनिबार बन्दको चौतर्फी आलोचना भएपछि विप्लव माओवादीका प्रवक्ता प्रकाण्डले आजको बन्दलाई तोडफोड नगरिने मौलिक बन्दको संज्ञा दिएको थिए । तर माओवादी कार्यकर्ताहरुले एकाबिहानै ट्रकमा आगजनी गरेका हुन् ।

हतियार सहित नेपाल छिरेका १३ एसएसबीलाई पाँच घण्टापछि छोडियो

झापा,मंसिर १३ । दक्षिणी झापाको केचना गाविसको सीमा नाकाबाट हतियार सहित नेपाल प्रवेश गरेका १३ जना भारतीय सीमा सुरक्षा बल एसएसबी०का सुरक्षाकर्मी छोडिएका छन्। सशस्त्र प्रहरीको टोलीले नियन्त्रणमा लिएको उनिहरुलाई दुई पक्षबीचको छलफलपछि आइतबार दिउसो १ बजे छोडिएका हो । अनुसन्धानपछि उनीहरुलाई भारतीय पक्षको जिम्मा लगाइएको छ । आइतबार बिहान साढे ६ बजेतिर नेपाली भूभागमा छिरेका उनीहरुलाई केचनास्थित सशस्त्र प्रहरीको बोर्डर आउट पोस्टका सशस्त्र प्रहरी टोलीले नियन्त्रणमा लिएको थियो ।

Saturday, November 28, 2015

नेपाल प्रवेश गरेका १३ जना भारतीय सुरक्षाकर्मी सशस्त्र प्रहरीको नियन्त्रणमा

झापा,मंसिर १३ । दक्षिणी झापाको केचना गाविसको सीमा नाकाबाट हतियार सहित नेपाल प्रवेश गरेका १३ जना भारतीय सीमा सुरक्षा बल (एसएसबी)का सुरक्षाकर्मीलाई सशस्त्र प्रहरीको टोलीले नियन्त्रणमा लिएको छ । आइतबार बिहान साढे ६ बजेतिर नेपाली भूभागमा छिरेका उनीहरुलाई केचनास्थित सशस्त्र प्रहरीको बोर्डर आउट पोस्टका सशस्त्र प्रहरी टोलीले नियन्त्रणमा लिएको हो ।

भारतको बिहारसँग सीमा जोडिएको झापाको केचनास्थित नेपाली भूभाग प्रवेश गरेर स्थानीयवासीलाई आतंकित बनाइरहेको अवस्थामा उनीहरुलाई नियन्त्रणमा लिएको जनाइएको छ । पक्राउ परेका मध्ये चार जनासँग अत्याधुनिक राइफल समेत छ ।

तस्करलाई लखेट्दै गर्दा नेपाल प्रवेश गरेको उनीहरुले बताएका छन् । दुई दिन अघि सो नाकाबाट तस्करहरूले ४२ बोरा सुपारी भारततर्फ लैजाने क्रममा भएको झडपमा प्रहरीले १३ राउन्ड फायरिङ गरेको थियो । पक्राउ परेका सबैलार्ई केचना नाकामा रहेको सशस्त्र प्रहरीको बेसक्याम्पमा राखिएको छ ।

इन्धन वितरणमा निगमको नयाँ व्यवस्था, कुन बार कसलाई ? (सूची सहित)

काठमाडौं,मंसिर १३ । नेपाल आयल निगमले इन्धन वितरणलाई व्यवस्थित गर्न नयाँ व्यवस्था लागू गरेको छ । इन्धन आपूर्ति सहज नभएपछि निगमले  आइतबार सार्वजनिक सूची जारी गरेर कस्ता सवारी साधनलाई कुन कुन पेट्रोल पम्पहरुबाट तेल वितरण गरिने भन्ने सार्वजनिक गरेको छ। नयाँ नियम अनुसार लामो दुरीका गाडीलाई पनि छुट्टै पम्पको व्यवस्था गरिएको छ । पुर्व–पश्चिमको लामो दुरीमा चल्ने सवारीले नयाँबसपार्कको पायोनियर, बालाजुको सिटी ट्रेडिङ, बाफलको गणपती र ओमसत्य शाही तथा सशस्त्र प्रहरीको हल्चोकस्थित पेट्रोल पम्पबाट इन्धन वितरण गरिने छ । यसैगरी मध्यम दुरीका सार्वजनिक सवारीका लागि सामाखुसीको तेलेजु भवानी, धुम्बाराहीको एलाइट राजधानी, तिलगंगाको श्रेष्ठ, सिनामंगलको तपस्या र गैरीगाउँको भ्याली पेट्रोल पम्पलाई तेल वितरण गर्ने जिम्मा दिइएको छ ।

 

 

म्यान्चेस्टर सिटी शिर्ष स्थानमा उक्लियो

एजेन्सी,मंसिर १३ । म्यान्चेस्टर सिटी इङ्गलिस प्रिमियर लिग फुटबल प्रतियोगिताको शिर्ष स्थानमा उक्लिएको छ । शनिबार राति आफ्नै घरेलु मैदानमा भएको खेलमा साउथह्याम्पटनलाई ३-१ ले हराँउदै सिटी शिर्ष स्थानमा उक्लिएको हो । जितसँगै म्यान्चेस्टर सिटीले १४ खेलबाट २९ अंक जोडेको छ ।
शनिबार राति भएको खेलमा लेष्टरले म्यान्चेस्टर युनाईटेडँग १-१ गोलको बराबरी खेलेको हो ।

यो खेलमा गोल गरेका लेष्टरका स्ट्राईकर जेमी भार्डीले इङ्गलिस प्रिमियर लिग फुटबलको इतिहाँसमै लगातार ११ खेलमा गोल गर्ने किर्तीमान बनाएका छन् । म्यान्चेस्टर युनाइटेड विरुद्ध गोल गर्दै भार्डीले म्यान्चेस्टर युनाईटेडकै पुर्व खेलाडी रुड भान निस्टलरोयले राखेको लगातार १० खेलमा गोल गर्ने किर्तीमान तोडेका हुन् ।

यसैगरी शनिबार राति नै भएका लिग अन्तर्गतका अन्य खेलहरुमा बार्यनमाउथ र एभर्टन ३-३ गोलको बराबरी खलेका छन् भने वार्टफोर्डसँग एष्टनभिल्लाले ३–२ को पराजय बेहोर्दै आफ्नो खराव खेलको निरन्तरतामा रह्यो । स्टोक सिटीलाई २–० ले हराएको सण्डरल्याण्ड रेलिगेशनबाट बाहिर निस्कन सफल भयो ।

छात्रा फुटबल:युनिक सनराईज र शारदा सरस्वती उच्च माबि भिड्दै

पप्पु गुरुङ्ग-दोधारा चाँदनी,मंसिर १३ । कञ्चनपुरको दोधारा चाँदनीमा जारी छात्रा फुटबल प्रतियोगितामा आज युनिक सनराईज र शारदा सरस्वती उच्च माबि बिच प्रतिष्स्प्रधा हुने भएको छन् । लैगिंक हिंसा बिरुद्धको १६ दिने अभियानको सन्दर्भमा लैगिंक हिंसा न्युनिकरणका लागि छात्रा फुटवल प्रतियोगिता दोधारा चाँदनीमा हिजोबाट श्री लक्ष्मी उच्च माबि दोधारा चाँदनीको खेल मैदानमा सुरु भएको हो ।

आजको खेल ठिक ३ बजे संचालन गरिने आयोजक समितिले जनाएको छ् । सशस्त्र हिंसा न्युनीकरण तथा सामुदायिक सुरक्षा सवलीकरण परियोजनाको सहयोगमा युनिक सनराई उच्च मावि, सामुदायिक सुरक्षा समिति दोधारा चाँदनी र युवा अभियानको संयुक्त अयोजनामा छात्रा फुटवल प्रतियोगिताको आयोजना गरिएको हो । हिजो भएको उदघाटन समारोहमा ओमपुष्पाञ्ली ईगंलिस स्कुल र आयोजक टिम युनिक सनराईज उच्च मावि को छात्रा टिम बिच सदभाव खेल खेलिएको थियो ।

युनिक सनराईज बिद्यलायका ब्यवस्थापन समितिका अध्यक्ष टोप बहादुर खत्रीको सभापतित्वमा तथा सशस्त्र प्रहरी सिमा सुरक्षा बल मझगा“उका सशस्त्र प्रहरी उपरिक्षक तारादत्त पन्तको प्रमुख आथित्वमा सम्पन्न भएको हिजोको उद्धघाटन कार्यक्रममा महिला अधिकारकर्मी भगवती थापा, जिल्ला फुटवल संघ जिल्ला अध्यक्ष भीमबहादुर थापा, एभिआएससिएस परियोेजनाका परियोजना अधिकृत धनबहादुर थारु लगायत बिभिन्न राजनैतिक दल, स्थानिय संघ संस्थाका पदाधिकारीहरुको सयुक्त उपस्थितिमा फुटवल प्रतियोगिता सुरु भएको हो ।

मंसिर १२ देखि १८ गते सम्म सञ्चालन हुने छात्रा फुटवल प्रतियोगितामा दोधारा चाँदनी नगरपालिकाका ८ वटा बिद्यालयको सहभागिता रहको छ । कार्यक्रममा सहभागिता जनाउने ८ ओटा बिद्यालय मध्ये ४ ओटा बिद्यालयमा सशस्त्र हिंसा न्युनीकरण तथा सामुदायिक सुरक्षा सवलीकरण परियोजना अन्तरगत प्रहरीसंग एक दिन कार्यक्रम सञ्चालन गरिएका बिद्यालय रहेका छन् ।

नेपाल सरकार गृह मन्त्रालय र युएनडिपीको सहकार्यमा सञ्चालन भएको सशस्त्र हिंसा न्युनीकरण तथा सामुदायिक सुरक्षा सवलीकरण परियोजनाको सहयोगमा स्थानिय स्तरमा गठित सामुदायिक सुरक्षा समितिको आयोजनामा महिला हिंसा न्युनिकरण, सामाजिक सदभाव अभिबृद्धि, सामुदायिक सुरक्षा सचेतना अभिबृद्धि, लगायत लागुऔषध दुब्र्यशनी तथा अवैध मदिराको रोकथामका लागि स्थानिय जनसमुदायलाई सचेत र जागरुक बनाउदै सामुदायिक सुरक्षा अभिबृद्धि गर्दै जनता र प्रहरी को सम्वन्ध सुधारका कार्य गर्दै आईरहेको छ ।

दोधारा चाँदनीमा पहिलो पटक आयोजना गरिएको छात्रा फुटवल प्रतियोगिताले यस क्षेत्रका महिलाहरु उत्साहित भएका छन । भोलीको खेल सामुदायिक सुरक्षा समिति दोधारा र अम्बिका उच्च माध्यमिक दोधारा चाँदनी बिच हुने आयोजक समितिका सदस्य किशोर कुमार लिम्बुले जानकारी दिएका छन् ।

उपत्यकाको ३२ ठाउँबाट मट्टितेल वितरण गरिदै (सूची सहित)

काठमाडौं,मंसिर १३ । नेपाल आयल निगमले आईतवार उपत्यकाको ३२ ठाउँबाट ९६ हजार लिटर मट्टितेल वितरण गर्दैछ । भारतिय नाकाबन्दीका कारण मारमा परिरहेका सर्वसाधारणहरुको परिस्थितीलाई ध्यानमा राखेर आईतवार ३२ ठाउँबाट मट्टितेल वितरण गर्ने लागेको निगमले सूचना जारी गरेको छ । एक व्यक्तिले ५ लिटरसम्म मट्टितेल पाउने बताइएको छ ।

डीएसपी रेवती ढकालको ग्यास कोटाको उर्दीले काठमाडौँका प्रहरी हैरान

काठमाडौं,मंसिर १३ । महानगरीय प्रहरीपरिसर काठमाडौंको अपरेसन इन्चार्ज डीएसपी रेवती ढकालले आफ्नो अख्तियारीको दुरुपयोग गर्दै काठमाडौँ परिसर मातहतका प्रहरी युनिटहरुबाट ग्यासमा आफ्नो कोटा माग्ने गरेको रहस्य सार्वजनिक भएको छ । स्रोतका अनुसार डीएसपी ढकालले काठमाडौँ परिसरमातहतका प्रहरी वृत्त, प्रभाग तथा प्रहरीबिटका इन्चार्जहरुलाई उर्दी जारी गर्दै तिमीहरुको एरियामा ग्यास आयो भने मलाई २÷३ वटा ग्यास जसरी भए पनि राखिदिनु भन्दै उर्दी जारी गर्ने गरेकाले इन्चार्जहरु आतंकित भएको स्रोतको दाबी छ । आजको जनमञ्च साप्ताहिकमा खबर छ ।

डीएसपी ढकालको ग्यास कोटाले हैरान काठमाडौँको एक प्रभागका इन्चार्जले नाम नछाप्ने शर्तमा भने, “मैले एक महिनाको अवधिमा आठवटा ग्यास दिइसकेँ, तैपनि उहाँले अझै ४÷५ वटा जसरी भए पनि मिलाइदे भन्दै दबाब दिइरहनुभएको छ, ग्यास हामीले उत्पादन गर्ने होइन, सर्वसाधारणलाई वितरण गर्नको लागि आएको ग्यासमध्ये सबैलाई कन्भिन्स गरेर मिलाइदियो, जति मिलाइदियो त्यति माग बढ्दै गएको छ, अपरेसन इन्चार्ज हुन् ग्यास मिलाउन सक्दिनँ भन्यो भने भोलिदेखि पेल्न सुरु गर्छन्, कसरी जागिर खानु र ?’

स्रोतका अनुसार पछिल्लो एक महिनाको अवधिमा उर्दी जारी गरेर काठमाडौंका विभिन्न ठाउँबाट करिब ५० सिलिन्डर ग्यास लगिसकेका छन् । स्रोतका अनुसार ग्यास लिन उनी आफू जाँदैनन्, उनले आफ्ना सहयोगीहरुमार्फत विभिन्न उच्च ओहोदाका व्यक्तिहरुको घरमा ग्यास पठाएर चाकडी गर्ने गरेको काठमाडौं प्रहरीपरिसर स्रोतको दाबी छ । महानगरीय प्रहरी वृत्त दरबारमार्गका डीएसपी रमेश बस्नेतको सरुवाको समय भइसकेको कारण उक्त वृत्तको इन्चार्ज हुने दाउ रच्दै उनले गृहमन्त्री शक्ति बहादुर बस्नेतको आफन्तहरुकोमा ग्यास पु¥याएर चाकडी गरेको समेत स्रोतको दाबी छ । २०५१ भदौ १६ मा प्रहरी सहायक निरीक्षकबाट सेवा प्रवेश गरेका उनी २०५४ चैत १८ मा प्रहरी निरीक्षकमा नाम निकाल्न सफल भएका थिए । करिब तीन वर्ष प्रहरी सहायक निरीक्षकमा जागिर खाएका उनले पछिल्लो समय आफ्नो जागिरमा प्रहरी सहायक निरीक्षकमा खाएको अवधि जोड्न नपाइने हास्यास्पद तर्क गर्दै एआईजी गणेश राईसँगै जागिर अवधि लम्ब्याउन सर्वोच्च अदालतमा रीट दर्ता गराएका छन् ।

आयल निगमका गोपाल खड्कालाई हटाउने तयारी

काठमाडौं,मंसिर १३ ।  आयल निगमका प्रवन्ध निर्देशक गोपालबहादुर खड्काले चित्तबुझ्दो जवाफ नदिए वाणिज्य तथा आपूर्ति मन्त्रालयले कारबाही गर्ने भएको छ । निगम सञ्चालक समितिले सोधेको स्पष्टीकरणको पत्र बुझ्न अस्वीकार गरेका खड्कालाई बोल्ड डिसिजन गरेर कारबाही गर्ने मन्त्रालयको तयारी छ ।

इन्धन वितरणमा अनियमितता र कालोबजारी प्रोत्साहन गरेको भन्दै निगम सञ्चालक समितिले शुक्रबारै स्पष्टीकरणका लागि पत्र पठाइसकेको छ । वाणिज्य मन्त्रालय स्रोतका अनुसार दुई दिनभित्र चित्तबुझ्दो जवाफ नआए कारबाही हुनेछ ।

भारतको नाकाबन्दीपश्चात इन्धन आयातमा कटौती हुँदा प्रवन्ध निर्देशकले कालोबजारीलाई प्रोत्साहन गरेको, इन्धन वितरणमा अनियमितता गरेको, नीतिगत रुपमा विराट पेट्रोलियमलाई महँगोमा पेट्रोलियम पदार्थ ल्याउने अधिकार दिँदै १८ करोड रुपैयाँ निकासी गरेको आरोपसमेत छ । आजको कान्तिपुर दैनिकमा खबर छ ।

सुन्धारामा गोली चल्यो, भूमीगत समूहका छोटेलाल घाईते

काठमाडौं,मंसिर १३ । राजधानीको सुन्धारामा आइतबार बिहानै गोली चलेको छ । सुन्धाराको लुम्बिनी पाहुना घरमा हतियारसहित बसेका बारा बरियारपुरका भगौडा प्रहरी छोटेलाल ठाकुरमाथि प्रहरीले गोली चलाएको हो ।भूमीगत समूहका छोटेलाल ठाकुरलाई प्रहरीले नियन्त्रणमा लिन खोज्दा प्रहरीमाथि नै फायरिङ गर्न खोजेपछि प्रहरीले ठाकुरलाई गोली हानेर नियन्त्रणमा लिएको हो ।

ठाकुरले गोली हान्ने प्रयास गरेपछि प्रहरीले हानेको गोली लागेर घाइते भएका ठाकुरको अहिले वीर अस्पतालमा उपचार भइरहेको महानगरीय अपराध महाशाखाले जनाएको छ । ठाकुरको घुँडामुनि दुई गोली लागेको छ । प्रहरीले ठाकुरबाट नेपाल प्रहरीको लोगो टाँस भएको एउटा चाइनिज पेस्तोल र अर्को एक थान कटुवा बन्दुक बरामद भएको जनाएको छ । उनी सुटर समेत हुन्। भारतमा पनि उनले आतंक मच्याउँदै आउका थिए । २०६७ सालमा हतियार लिएर फरार भएका उनले १ वर्षजति घरमै लुकाएर राखेको र पछि भारतीय नागरिक सुनिल जैसवाललाई बेचेका थिए । जैसवाल भने यसअघि बारामा पक्राउ परिसकेका छन् ।

दैनिक ४० लाख गुमाउँदै जनक शिक्षा

काठमाडौं,मंसिर १३ । कहिले कर्मचारी विवाद त कहिले कागज खरिदमा कुरा नमिल्दा जनक शिक्षा सामग्री लिमिटेडले गत साउनयता दैनिक ४० लाख रुपैयाँ गुमाउँदै आएको छ । सामुदायिक विद्यालय अध्ययन गर्ने विद्यार्थीलाई आवश्यक पर्ने पाठ्यपुस्तक छाप्ने जिम्मेवारी पाएको जनक शिक्षाले चुस्त, दुरुस्त काम गर्न नसक्दा एकातिर दैनिक ४० लाख रुपैयाँभन्दा बढी गुमाइरहेको छ भने अर्कोतिर सरकारी विद्यालयमा अध्ययन गर्ने विद्यार्थीलाई कसरी पाठ्यपुस्तक पुर्‍याउने भन्ने समस्या सिर्जना भएको नागरिक दैनिकमा खबर छ ।

गोलाप्रथाबाट ग्यास वितरण

म्याग्दी,मंसिर १३ । जिल्ला प्रशासन कार्यालय म्याग्दीनजिकै ठूला वरपीपलका रुख छन् । त्यहाँ चारैतर्फ फैलिएको खुला चौतारो पनि छ । चौताराअगाडिको खुला चौरभरि सर्वसाधारण व्यग्र प्रतीक्षा गरिरहेका छन् । उनीहरुमा कौतुहुलसँगै अनुहारमा अभावको पीडा पनि स्पष्ट झल्किएको देखिन्छ ।

बेनीबजारको वीरेन्द्रचोकमा शनिबार दिउँसो देखिएको यो दृश्य अरु केही नभएर तराई आन्दोलन र भारतीय नाकाबन्दीका कारण करिब तीन महिनापछि जिल्लामा भित्रिएको खाना पकाउने ग्यास गोलाप्रथा प्रणालीबाट वितरण गर्न आयोजित कार्यक्रमको हो ।

जिल्ला प्रशासन कार्यालयको संयोजनमा भएको सर्वपक्षीय बैठकको निर्णयबमोजिम जिल्लामा भित्रिएको खाना पकाउने ग्यास पारदर्शी तरिकाले वितरण गर्न गोलाप्रथा प्रणाली अपनाइएको प्रमुख जिल्ला अधिकारी सागरमणि पाठकले बताए । आजको अन्नपूर्ण पोस्ट दैनिकमा खबर छ ।

मधेसमा जारी आन्दोलनलाई सम्बोधन गर्न त्रिपक्षीय बैठक बस्ने

काठमाडौं,मंसिर १३ । लामो समयदेखि तराई मधेसमा जारी आन्दोलनलाई सम्बोधन गर्न त्रिपक्षीय बैठक बस्ने भएको छ । प्रधानमन्त्री केपी शर्मा ओलीले केही दिनमै सरकार, प्रमुख प्रतिपक्ष कांग्रेस र आन्दोलनरत मधेसी मोर्चाका नेताहरूको संयुक्त बैठक बोलाउने भएका छन् । तर, कुन दिन बैठक बोलाउने भन्ने विषयमा ओली निर्णयमा पुग्न सकेका छैनन् ।

एमाओवादी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले शनिबार साँझ प्रधानमन्त्री ओली र कांग्रेस सभापति सुशील कोइरालासँग तराई मधेसको समस्या र नाकाबन्दीको समस्याबारे छुट्टाछुट्टै छलफल गरेपछि ओली त्रिपक्षीय बैठक बोलाउन सहमत भएका हुन् ।नयाँ पत्रिका दैनिकमा समाचार छ ।
‘प्रधानमन्त्री ओलीले छिटै सरकार, प्रमुख प्रतिपक्ष र मधेसी मोर्चाको बैठक बोलाउनुहुने भएको छ,’ ओली–प्रचण्ड भेटपछि एमाओवादी केन्द्रीय सदस्य तथा प्रचण्डका स्वकीय सचिव चूडामणि खड्काले भने ।

मधेस आन्दोलनले एसएलसी सर्नसक्ने शैक्षिक सत्र नसर्ने

काठमाडौं,मंसिर १३ । तराईमा जारी आन्दोलनका कारण एसएलसी दिने विद्यार्थी अन्यौलमा परेका छन् । जारी आन्दोलनका कारण पठनपाठन नहुँदा कोर्ष नसकिने सम्भावना बढेको छ भने परीक्षा तालिका सार्वजनिक गर्न सकएकिो छैन् ।

मधेस आन्दोलनबाट १३ लाख विद्यार्थी प्रभावित

मधेसी मोर्चाको जारी आन्दोलनका कारण बारा, पर्सा, रौतहट, धनुषा, महोत्तरी, सर्लाही, सप्तरी र सिरहामा गरी करिब १३ लाख विद्यार्थी प्रभावित बनेका छन् । मध्यमाञ्चल क्षेत्रीय शिक्षा निर्देशक कृष्ण काप्रीका अनुसार यी जिल्लाबाट झन्डै एक लाखको हाराहारीमा विद्यार्थी एसएलसी परीक्षामा सहभागी हुँदै छन् ।

तराई–मधेसमा एसएलसी सार्न सुझाब

तराईका आठ जिल्लाका सरोकारवालाले एसएलसी परीक्षा केही समय पछि सार्न सुझाब दिएका छन् । हालै महोत्तरीमा शिक्षामन्त्री गिरिराजमणि पोखरेलको उपस्थितिमा भएको शैक्षिक अन्तरक्रियामा धनुषा, महोत्तरी, सर्लाही, बारालगायतबाट उपस्थित शिक्षक संघ–संगठनका प्रतिनिधिले परीक्षा सार्न सुझाब दिएका हुन् ।

एसएलसीको तालिका तत्काल सार्वजनिक नहुने

शिक्षा मन्त्रालयले एसएलसी परीक्षासम्बन्धी सूचना केही समय प्रकाशित नगर्न परीक्षा नियन्त्रण कार्यालयलाई अनौपचारिक आग्रह गरेको छ । मन्त्रालयको आग्रहपछि परीक्षा नियन्त्रण कार्यालयले सूचना स्थगित गरेको छ । पनिकाले चैत पहिलो साता परीक्षा सञ्चालन गर्ने गरी तालिका सार्वजनिक गर्न लागेको थियो ।

अतिरिक्त समय पढाएर भए पनि परीक्षा

शिक्षा नियमावलीअनुसार एक शैक्षिक सत्रमा दुई सय २० दिन विद्यालय खुल्नुपर्ने र एक सय ९२ दिन पढाइ हुनुपर्ने व्यवस्था छ । भूकम्पका वेला अति प्रभावित जिल्लामा केही समय पढाइ प्रभावित भयो । तराईका जिल्लामा भने झन्डै तीन महिना पढाइ अवरुद्ध भयो । गत शुक्रबारदेखि बिहान साढे ६ देखि साढे ११ बजेसम्म कक्षा सञ्चालन भए पनि जाडोका कारण प्रभावित हुनेछ । अहिलेको परिस्थितिमा कक्षा सञ्चालनको दिन नपुगे अतिरिक्त समय पढाएर परीक्षा लिन सकिने सुझाब सरोकारवाला पक्षको छ । सरकार पनि बिदाको दिनमा पढाउने, रेडियो र टेलिभिजनबाट समेत एसएलसी सामग्री प्रसारण गर्ने, तर परीक्षा नसार्ने पक्षमा छ ।

चैत अन्तिम साता एसएलसी परीक्षाको तयारी

एसएलसी परीक्षा कहिले गर्ने भन्नेबारे शिक्षा मन्त्रालय र परीक्षा नियन्त्रण कार्यालयका अधिकारी छलफलमा छन् । परीक्षा सारेर नतिजा छिटो निकाल्दा शैक्षिक वर्ष नोक्सान नहुने तर्क मन्त्रालयको छ । अहिलेको भन्दा खराब परिस्थिति नआएमा शैक्षिक सत्र नोक्सान नगर्ने पक्षमा सरकार छ । आन्दोलन चाँडै टुंगिए चैतको अन्तिम साता परीक्षा गर्ने तयारी रहेको नयाँ पत्रिकामा खबर छ ।

शैक्षिक सत्र परिवर्तन हुन्न : शिक्षामन्त्री

शिक्षामन्त्री गिरिराजमणि पोखरेलले एक वर्षको शैक्षिक क्षति हुन नदिने बताएका छन् । ‘युवाहरूको भविष्यसँग गाँसिएको शैक्षिक सत्र परिवर्तन हुँदैन, आन्तरिक रूपमा छलफल गरेर एसएलसीको विषयमा निर्णय हुन्छ,’ उनले भने ।
‘प्रधानमन्त्री ओलीले छिटै सरकार, प्रमुख प्रतिपक्ष र मधेसी मोर्चाको बैठक बोलाउनुहुने भएको छ,’ ओली–प्रचण्ड भेटपछि एमाओवादी केन्द्रीय सदस्य तथा प्रचण्डका स्वकीय सचिव चूडामणि खड्काले भने ।

R.I.P….. India’s Influence in Nepal

By Vishal Arora

India’s “unofficial” blockade of goods on its side of the Nepal border has successfully shown New Delhi’s muscles to its neighbor. However, this act of punishing Nepal for not addressing India’s concerns in its new constitution appears to be the first act in a diplomatic suicide.

Nepal’s border with India has been blocked for more than two months, and is being referred to as another “disaster” following the April 25 earthquake, which killed more than 10,000 people and destroyed hundreds of thousands of houses. The blockade has choked imports of not only petroleum, but also medicines and earthquake relief material.

New Delhi has blamed violent protests by Nepal’s ethnic Madhesi activists over their displeasure with federal boundaries and representation in parliament and public office, as provided for in the new constitution. The Madhesh region in southern Nepal is home to people of Indian origin, many of whom still have relatives and friends across the border in India.

New Delhi had told Kathmandu, through a leaked document, that it wanted Nepal’s constitution to address the concerns of the Madhesi people. India was also hoping that Nepal would either be reinstated as a Hindu nation or drop the word “secular” from its charter. But Nepal’s lawmakers didn’t oblige, and believe they are now being “disciplined” by “big brother.”

The blockade is fuelling anti-India sentiment across the country, barring Madhesh. This growing aversion to India is not just a social phenomenon, it also becoming a political reality.

Friends, Foes 

Before the blockade, two of Nepal’s largest parties – the Nepali Congress and the Communist Party of Nepal (Unified Marxist–Leninist) – were widely seen as sympathetic to India’s interests. In the current Constituent Assembly, the two parties together have 371 of the 601 seats. Today, the two are not counted among India’s friends. Meanwhile, the Unified Communist Party of Nepal (Maoist), which has 80 parliamentary seats, was never pro-India. The Rashtriya Prajatantra Party-Nepal, a right-wing Hindu party with 24 seats, which unsuccessfully demanded that the country be reinstated as a Hindu nation – echoing the desire of India’s ruling Bharatiya Janata Party – has publicly criticized New Delhi after the blockade.

The math is simple, at least 475 of the 601 Nepal’s lawmakers agree with a hashtag that has trended in their country, “back off India.”

Parties in India’s favor include the Terai Madhes Democratic Party with 11 seats, the Federal Socialist Forum-Nepal with 15 seats, the Sadbhawana Party with 6 seats, and the Terai Madhes Sadbhawana Party-Nepal with 3 seats, among a few other small parties.

This should be a serious concern for India.

India’s Role

New Delhi has long enjoyed tremendous influence in Nepal, not just because of the latter’s economic dependence, but more importantly because of the numerous influential local friends New Delhi had cultivated over the last few decades. It was said – until recently and privately – that Nepal doesn’t take any significant political decision without India’s approval.

Like regional powers elsewhere in the world, India apparently exploited local disputes to achieve its diplomatic goals with the help of its local friends, who do not necessarily hurt their own nation’s interests but willingly receive foreign help in matters that can be of mutual gain.

It was no coincidence that whoever – be it King Gyanendra or Maoist leader Prachanda –  sought to counterbalance India’s influence in Nepal with that of China, lost power.

It’s common knowledge that Nepal’s political parties, including the Maoists, had Indian help in abolishing the monarchy in 2006. King Gyanendra allegedly sought China’s help in taking in fighting the Maoist, who waged a civil war against the monarchy. It is also widely believed that Prachanda had to resign as prime minister in May 2009 because then President Dr. Ram Baran Yadav, a leader of the Nepali Congress, took a stand against Prachanda in his conflict with the then army chief. Prachanda’s mistake was that he visited Beijing before paying a visit to New Delhi.

A more suitable example could be the 1989 blockade imposed by then Indian Prime Minister Rajiv Gandhi, supposedly due to Kathmandu’s growing closeness with China, as was seen in Nepal’s procurement of Chinese anti-aircraft guns at the time. As a result, New Delhi managed to persuade Nepal to drop the party-less panchayat system, paving the way for political parties-led governance, though still under the monarchy. The people of Nepal were also against the  panchayat system, and, more importantly, the Nepali Congress led the movement for the new political system, which was more reassuring to New Delhi.

A New Policy?

However, the political circumstances in Nepal have now changed. The sense of sovereignty among the people and political leaders has naturally increased, now that Nepal has a constitution.

Moreover, it’s only Madhesi leaders who are calling for a constitutional amendment. The Nepali Congress and the Marxist-Leninist party – both of which were seen as pro-India until the blockade – agreed to the provisions of the constitution, or perhaps they had no other option given that there were deep ideological divisions in the Constituent Assembly and the new charter emerged from trade-offs between parties.

If we give the benefit of the doubt to the Indian government led by Prime Minister Narendra Modi, New Delhi may have had reason to react. Perhaps Modi’s government kept its promise, namely that it would not seek to micro-manage Nepal’s internal affairs. However, Modi remains as adamant in achieving India’s diplomatic goals as his predecessors. So the message that the blockade has sent to Nepal is, “We won’t interfere as long as you do what we say.” It is a message that hasn’t gone well with Nepal’s leaders.

India now may revert to its older ways of seeking to play a behind-the-scenes role in securing its interests in Nepal. But the problem is, New Delhi has few friends left to help with the meddling.

Courtesy: The Diplomat (http://ift.tt/1HmHtXG)

 

भारतीय नाकाबन्दीबिरुद्ध क्यानडामा प्रर्दशन

क्यानडा । भारतीय नाकाबन्दीविरुद्ध क्यानडामा प्रर्दशन गरिएको छ । एनआरएन क्यानडाले भारतले गरेको नेपालमाथीको नाकाबन्दीको बिरोध गरेका छन् । नाकाबन्दी खुल्ला गर, ब्याक अफ इन्डीया, भूपरिबेष्ठित मुलुकको पारवहान अधिकार सुनिश्चित गर जस्ता प्लेकार्ड बोकेर क्यानडाबासी नेपालीहरुले प्रर्दशन गरेका छन् ।
क्यानडामा बस्ने नेपालीहरुले नेपालीमाथीको नाकाबन्दी अन्तराष्ट्रियकरण भएको त्यसका लागि अन्तराष्ट्रियरुपमै समाधान खोज्न माग पनि गरेका छन् । विश्वका शक्तिशाली राष्ट्रहरुलाई नाकाबन्दी बारे स्पष्ट धारणा बनाउन र भारतलाई दवाव दिन पनि एनआरएन क्यानडाले माग गरेको छ ।

विप्लप माओवादीले भारतीय दूतावासको गाडी जलाए

काठमाडौँ, मंसिर १२। लाजिम्पाटमा विप्लव माओवादीका कार्यकर्ताले भारतीय दूतावासको गाडीमा आगजनी गरेका छन् । भारतीय काउन्सीलरले चढ्ने गरेको २२ सि डी नम्बरको गाडीमा शनिबार बिहान नेकपा माओवादीको कार्यकर्ताले आगो लगाएको दाबी गरेका छन्। आगजनीबाट गाडीको भित्री भाग जलेको छ भने केही सीसाहरू फुटेका छन्।

अन्य कुनै मानविय क्षति भएको छैन। भारतले लगाएको नाकाबन्दीको बिरोधमा आन्दोलनमा उत्रिएको विप्लब माओवादीले भारतीय दूतावासको गाडीमा आगजनी गरेको दाबी गरेको हो। उसले आइतबार बन्द आव्हान गरेको छ। यता प्रहरीले भने गाडीमा विद्युत तार सट भएर आगो सल्केकोले आगजनी भएको जनाएको छ।

महिलाहरुका लागि ३ दिने आधारभुत मातृशिशु तालिम कार्यक्रम सम्पन्न

कँग्रेस सभासद भीमसेन दास महर्जनद्धारा सहभागी महिलाहरुलाई प्रमाण पत्र प्रदान

  • साधना बस्नेत/मनमैजु,काठमाडौ

सुरक्षित मातृत्व र कुपोषणमुक्त वाल समाज निर्माणको चेतनामुलक मातृशिशु स्वास्थ्य तालिम कार्यक्रममा नेपाली कँग्रेसका क्षेत्र नं ६ का सभासद् भीमसेन दास महर्जनले मनमैजुका स्थानीय नेवार समुदायका महिलाहरुलाई नेवारी भाषामा नै मातृशिशु स्वास्थ्यको बारेमा प्रशिक्षणात्मक शैलीमा जानकारी शेयर गर्नुभयो । आमा र बच्चाको स्वास्थ्यको ख्याल पुर्याउन बढी जिम्मेवार महिलाहरु हुने भएकोले सामाजिक संस्थामार्फत मातृशिशु स्वास्थ्यका कार्यक्रमहरु गाउँ टोल र समुदायसम्म निरन्तर सञ्चालन गर्नुपर्नेमा महर्जनको जोड थियो । मनमैजुको नेवारी समुदायमा मातृशिशु कार्यक्रम सञ्चालन गरेकोले कार्यक्रम लक्षित समुदाय केन्द्रित कार्यक्रम भएकोले सृजनशील प्रवद्र्धन केन्द्रको यस किसिमको सामाजिक कार्यक्रमको सभासद् भीमसेन दासले प्रशंशा समेत गर्नुभयो । कार्यक्रममा सहभागी ६५ जना महिलाहरुलाई सभासद् महर्जनले मिति २०७२ मंसीर १२ गते काठमाडौंको तारकेश्वर न पा को मनमैजु वाक्चापाखामा प्रमाण पत्र समेत वितरण गर्नुभएको छ ।IMG_6204 IMG_6226

सृजनशील प्रवद्र्धन केन्द्र नेपालको आयोजनामा काठमाडौंको तारकेश्वर न.पा को मनमैजु वाक्चापाखामा महिलाहरुका लागि ३ दिने निःशुल्क मातृशिशु तालिम कार्यक्रम सम्पन्न भएको हो । नागरिक सचेतना केन्द्र र बसाइसरार्इ सञ्जालका महिला समूहका ६५ जना महिलाहरु मातृशिशु कार्यक्रमबाट लाभान्वित भएका छन् । मंसीर १०, ११ र १२ गते सञ्चालन भएको मातृशिुश तालिममा सुरक्षित मातृत्व र वाल स्वास्थ्य विषयमा महिला स्वास्थ्यकर्मीबाट चेतनामुलक ज्ञानका साथै प्राथमिक तवरबाट मातृशिशु मृत्युदर घटाउने उपायबारे तालिम दिइएको थियो । IMG_6209
स्वास्थ्य केन्द्र विभाग टेकुको तर्फबाट अनिता श्रेष्ठ र प्रणिता श्रेष्ठले आमा र बच्चाको स्वास्थ्यको ख्याल गर्भवती भएको अवस्थादेखि बच्चा ३ ४ वर्षको अवधिसम्म कस्ता कस्ता अवस्थाहरु आइपर्दछन र त्यसका लागि हामीले अपाउने सावधानीका उपायहरु र स्वास्थ्य संस्था सम्म किन पुग्नुपर्ने हुन्छ भन्ने कुराको बारेमा प्रशिक्षात्मक तालिम प्रदान गरेका थिए ।IMG_6288 IMG_6300
जिल्ला विकास समिति काठमाडौंको सहकार्यमा भएको निःशुल्क आधारभुत मातृशिशु स्वास्थ्य तालिम समापन कार्यक्रममा प्रxIMG_6257मुख अतिथि नेपाली कँग्रेसका सभासद् भीमसेनदास महर्जन, विशेष अतिथिमा तारकेश्वर नगरपालिका काठमाडौंका कार्यकारी अधिकृत कमलराज भण्डारी, अतिथिहरुमा नेपाली कँग्रेस मनमैजुका क्षेत्रीय सचीव इन्द्रमान महर्जन, कँग्रेस नेतृ यशोदा पौडेल, नेकपा एमालेका तर्फबाट लव कुमार बस्नेत, एकीकृत नेकपा माओवादीको तर्फबाट विना राना, तारकेश्वर वडा नं २० मनमैजुका वडा संयोजक अमृत थापा, राष्टिय प्रजातन्त्र पार्टीका तर्फबाट प्रदीप विक्रम थापा, नागरिक सचेतना केन्द्र मनमैजुको तर्फबाट मायादेवी महर्जन, तारकेश्वर न.पा मनमैजु वडाको सामाजिक परिचालिका सिर्जना महर्जन, स्वास्थ्य केन्द्र विभाग टेकुको तर्फबाट अनिता श्रेष्ठ र प्रणिता श्रेष्ठ, मनमैजु स्वास्थ्य केन्द्रको स्वाथ्स्थ्य स्वंयसेवीका मनसुन थापा मगरको उपस्थिति रहेको थियो ।
सहरी क्षेत्र अन्तर्गत पनि कतिपय क्षेत्रका समुदायहरुमा मातृशिशु स्वास्थ्य बारेको ज्ञान नहुदा परम्परागत तवरले सुत्केरी गराउने अवस्थाले आमा र बच्चाको ज्यान गएको घटनाहरु सुन्नमा आउने गरेको बताउदै यस्तो कार्यक्रमहरुलाई सरकारी स्तरबाट स्थानीय समुदाय र संघ संस्थाको सहकार्यमा कार्यक्रमको क्षेत्रको पहिचान गरी सञ्चालन गर्नुपर्नेमा तारकेश्वर नगरपालिका कार्यकारी प्रमुख कमलराज भण्डारीले जोड दिनभयो । यसका लागि सरकारी राजनीतिक गैरसरकारी र स्थानीय समुदायको तालमेल पनि उत्तिकै रुपमा हुनुपर्नेमा पनि भण्डारीले बताउनुभयो ।IMG_6148IMG_6056
कार्यक्रमका अतिथि तथा नेपाली कँग्रेस क्षेत्रीय सचीव मनमैजुका इन्द्रमान महर्जनले सहरी क्षेत्रभित्र रहेर पनि मनमैजुका कुना कुनाका महिलाहरुमा मातृशिशु स्वास्थ्य बारेका ज्ञान र चेतना प्रर्याप्त नहुदा आमा र वच्चाको स्वास्थ्यमा गम्भीर समस्याहरु आइपर्ने अवस्थाहरु रहेको बताउदै चेतनाको स्तर महिला समुदाय र घर परिवारसम्म पुर्याउनु नै आजको सामाजिक दायित्व भएकोले मातृशिशु स्वास्थ्य सम्बन्धी चेतना अभियानमा आ आफ्नो स्तरबाट जुट्न सबैलाई आव्हान समेत गर्नुभयो ।IMG_6112IMG_6089 IMG_6090
IMG_6126राप्रपा नेपालका प्रदीप विक्रम थापाले जनचेतनाका् स्तर प्रवाह गर्ने सिर्जनशील प्रवद्र्धन केन्द्र नेपालले गरेको यस्तो सामाजिक अभियानलाई सबैले साथ दिनुपर्ने बताए । सामाजिक चेतना र ज्ञानको सामाजिक अभियान राजनीतिकस्तरबाट पनि हुनुपर्नेमा राणाले जोड दिदै यसतर्फ आफ्नो ठाउँबाट गर्न सक्ने काममा हुनै कन्जुस्याई नगर्ने प्रतिबद्धता व्यक्त गरे ।IMG_6073
कार्यक्रमका अतिथि नेकपा माओवादीका विना रानाले गाउँमा अज्ञानताले मातृशिशु मृत्युदर बढिरहेको र सहरमा धेरै जानेर त्यसको वेवास्ता गर्दा आमा र शिशुको स्वास्थ्यमा समस्या आइरहेको अवस्था बिद्यमान रहेकोले यसतर्फ महिलाहरुमा सचेतना र जागरुकता ल्याउनु नै पहिलो सामाजिक दायित्व हामी सबैको भएको बताइन ।IMG_6078
तारकेश्वर नगरपालिका मनमैजु वडा नं २० का वडा नागरिक मञ्चका संयोजक अमृत थापाले सहरी क्षेत्रमा अहिले धुलो धुवाँ, फोहोरमैलाबाट उत्पन्न ग्याँसले मानव स्वास्थ्यमा असर गरिरहेको र यसले अझ बढी गर्भवती महिलाहरुको स्वास्थ्यमा गम्भीर असर पुर्याएको अवस्थामा यस्ता चेतनास्तरका कार्यक्रमहरु लागू गर्दै स्थानीयस्तरबाटै मानव स्वास्थ्य मातृशिशु स्वास्थ्यमा पुग्ने असरबारेको दीर्घकालीन समाधानको उपाय स्थानीयस्तरका महिला आफैबाट गर्न सक्षम गर्नु नै स्वस्थ मातृशिशुको अवधारणा बन्ने सक्छ । यसमा हामी सबैको एकसाथ हुनुपर्नेमा थापाले जोड दिए ।IMG_6063
नागरिक सचेतना केन्द्रकी प्रमुख मायादेवी महर्जनले मातृशिशु स्वास्थ्य बारे थप ज्ञान र चेतना दिने उद्देश्यअनरुप मनमैजुका स्थानीय नेवार समुदायका महिलाहरुका लागि यो मातृशिशु कार्यक्रम अहिलेको समय सापेक्ष रहेको बताउदै यस कुरालाई अन्य महिला दीदि बहिनीहरुमा पुर्याउन हामी आफै अग्रसर हुनुपर्ने महर्जनले बताइन् ।IMG_6235
तारकेश्वर नगरपालिका मनमैजु वडाको सामाजिक परचालिका सिर्जना महर्जनले सामाजिक सचेतनाका यस्ता कार्यक्रमहरु महिला समूहमार्फत महिलाहरुका लागि हुनुपर्नेमा जोड दिदै कार्यक्रमबाट सिकेका कुराहरुलाई व्यवहारमा लागू गर्न आजैदेखि सबै लागी परे सुरक्षित मातृत्व र कुपोणमुक्त वाल समाज निर्माणका लागि धेरै समय नलाग्ने सिर्जनाले बताइन् । मातृशिशु तालिम कार्यक्रम सञ्चालनका लागि नागरिक सचृतना केन्द्र र बसाइसराई सञ्जालकाका महिलाहरुलाई जुटाउने काममा सिर्जनाको प्रमुख भूमिका रहेको थियो । विविध सामाजिक क्रियाकलापमार्फत मनमैजुका स्थानीय महिलाहरुको सामाजिक जीवनस्तर माथि उकास्ने काममा सिर्जना महर्जनको अह्म भूमिका रहदै आएको छ ।IMG_5950
मातृशिशु स्वास्थ्य अर्थात आमा र शिशुको स्वास्थ्य स्वस्थ्य राख्ने ज्ञानले नै सुरक्षित मातृशशिु समाज निर्माण गर्न मद्दत गर्दछ । यौन तथा प्रजनन्को कारणबाट हुने मातृशिशु मृत्युदरमा घटाउनका लागि सामाजिक चेतनामुलक कार्यक्रमहरु बढी भन्दा बढी सञ्चालन हुनुपर्दछ ।
भौतिक साधन स्रोतले सम्पन्न सहरी क्षेत्र काठमाडौं भए पनि चेतनामुलक कार्यक्रम र विशेष स्वास्थ्य तालिमको अभावले प्रस्तावित क्षेत्रका महिलाहरु विभिन्न प्रकारका यौन तथा मातृशिशु स्वास्थ्यको बारे अझै अनभिज्ञ रहेकोले सहरी क्षेत्रमा नै यौन तथा मातृशिशु स्वास्थ्य सम्बन्धी चेतनामुलक कार्यक्रम तथा तालिमहरु सञ्चालन गर्नुपर्ने टड्कारो आवश्यकताको माग स्थानीय नागरिक सचेतना महिला समूह र बसाइ सराई सञ्जाल तारकेश्वर मनमैजुका महिला समूहका मागलाई मध्यनजर गरेर जिल्ला विकास समिति काठमाडौको सहकार्यमा सीपीसी नेपालले महिला लक्षित मातृशिशु स्वास्थ्य कार्यक्रम सञ्चालन गरेको जनाएको छ । महानगरपालिका सहरी क्षेत्रको सामन्ने रहेको तारकेश्वर न।पा। मनमैजुका सबै वडा क्षेत्रमा स्थानीय नेवार समुदायसँगै आदीवासी जनजाति महिलाहरुको बसोबास छ । सञ्चालित मातृशिशु स्वास्थ्य कार्यक्रम सहरी आवासीय सुबिधा सम्पन्न क्षेत्र सामन्ने भए पनि यहाँका महिलाहरुमा यौन तथा प्रजनन स्वास्थ्यको चेतनाको अभावका कारण आफ्ना समस्याहरु प्रिवार र समाजमा खुलेर राख्न सक्ने अवस्थामा छैनन् । जसले गर्दा अधिकांश महिलाहरु यौन तथा प्रजनन स्वास्थ्य समस्याबाट ग्रसित बनिरहेका छन् । यसका लागि महिलाहरुलाई मातृशिशु स्वास्थ्य तथा प्रजनन यौन शिक्षाको बारेमा खुलस्त भएर बोल्न सिकाउनका लागि पहिले उनीहरुलाई यस बारेको सामान्य ज्ञान दिनु उपयुक्त हुन्छ, सोही कुरालाई मध्यनजर गरेर संस्थाले महिला लक्षित मातृशिशु स्वास्थ्य कार्यक्रम सञ्चालन गरेको संस्थाकी अध्यक्ष सावित्री बस्नेतले बताइन् ।
चेतनास्तरको कमीले खुलेआम रुपमा समाजमा प्रस्तुत हुन नसक्दा उच्च एवं सम्पन्न स्तरका महिलाहरुले पनि सामान्य यौन, प्रजनन तथा मातृशिशु स्वास्थ्य सम्बन्धि समस्याहरुबाट पिडित भै रहदा आफ्नु उक्त पिडा परिवारमा सुनाउन सकेको अवस्था छैन । त्यसैले यौन, प्रजनन् तथा मातृशिशु स्वास्थ्यकोे हिसाबले सहरी स्तरबाटै महिलाहरु नै सचेत हुनु जरुरी छ भने अर्कोतर्फ स्थानीय महिला समुह तथा समुदायका महिलाहरुमा यौन तथा प्रजनन् स्वास्थ्य सम्बन्धि सचेतनाका कार्यक्रमहरु संचालन गर्न सके मातृशिशु मृत्युदरमा घट्नुको साथै कुपोषण मुक्त बाल समाज निर्माण हुने कुरामा मनग्य टेवा पुग्ने देखिन्छ । सृजनशील प्रवद्र्धन केन्द्र नेपालले गरेको यस सामाजिक कार्यलाई अरु महिला संघ-संस्थाले पनि गर्न सके पक्कै सुरक्षित मातृशिशु समाज बन्न सघाउ पुग्नेछ ।

काठमाडौंको तारकेश्वर न.पा को मनमैजु वाक्चापाखामा सञ्चालित महिलाहरुका लागि निःशुल्क मातृशिशु स्वास्थ्य कार्यक्रम सञ्चालनका फोटो झलकहरु :

IMG_5931IMG_6044

IMG_6112IMG_5980 IMG_5989 IMG_6068 IMG_6058 IMG_6078 IMG_6095 IMG_6105 IMG_6092 IMG_6154 IMG_6161 IMG_6133 IMG_6189 IMG_6224 IMG_6209 IMG_6232 IMG_6247 IMG_6210 IMG_6257 IMG_6251 IMG_6282 IMG_6277 IMG_6287 IMG_6288 IMG_6312 IMG_6303 IMG_6311 IMG_6294 IMG_6300 IMG_6235 IMG_6112

Featured Post

माओवादी केन्द्रका तीन मन्त्रीमा महरालाई अर्थ, दुई नयाँ अनुहार

काठमाडौं,साउन २० । माओवादी केन्द्रका अध्यक्ष तथा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड नेतृत्वको सरकारमा पहिलो चरणमा तीन जना मन्त्री पठाउने भ...

Popular Posts