काठमाडौं,मंसिर १३ । नेपाल आयल निगमले इन्धन वितरणलाई व्यवस्थित गर्न नयाँ व्यवस्था लागू गरेको छ । इन्धन आपूर्ति सहज नभएपछि निगमले आइतबार सार्वजनिक सूची जारी गरेर कस्ता सवारी साधनलाई कुन कुन पेट्रोल पम्पहरुबाट तेल वितरण गरिने भन्ने सार्वजनिक गरेको छ। नयाँ नियम अनुसार लामो दुरीका गाडीलाई पनि छुट्टै पम्पको व्यवस्था गरिएको छ । पुर्व–पश्चिमको लामो दुरीमा चल्ने सवारीले नयाँबसपार्कको पायोनियर, बालाजुको सिटी ट्रेडिङ, बाफलको गणपती र ओमसत्य शाही तथा सशस्त्र प्रहरीको हल्चोकस्थित पेट्रोल पम्पबाट इन्धन वितरण गरिने छ । यसैगरी मध्यम दुरीका सार्वजनिक सवारीका लागि सामाखुसीको तेलेजु भवानी, धुम्बाराहीको एलाइट राजधानी, तिलगंगाको श्रेष्ठ, सिनामंगलको तपस्या र गैरीगाउँको भ्याली पेट्रोल पम्पलाई तेल वितरण गर्ने जिम्मा दिइएको छ ।
No comments:
Post a Comment