Tuesday, December 1, 2015

सक्लान त ? पार्टीलाई एक नम्बर बनाउने प्रचण्डको राजनीतिक प्रतिवेदन

काठमाडौं,मंसिर १५ । एमाओवादी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले केन्द्रिय समितिको वैठकमा पार्टीलाई एक नम्बर बनाउने भन्दै राजनितिक प्रतिवेदन पेश गरेका छन् । वरिष्ठ नेता डा। बाबुराम भट्टराई पक्षधर झण्डै दुई दर्जन नेताहरु पार्टीबाट बाहिरिएपछि पहिलो पटक बसेको वैठकमा उक्त प्रतिवेदन पेश गरेका हुन् । प्रचण्डले बैठकमा राजनीतिक र संगठनात्म विषयमा लिखित प्रतिवेदन पेश गरेका छन् । प्रचण्डले नयाँ संविधान कार्यान्वयन, मधेस आन्दोनलको समाधान, मोहन वैद्यसंग पार्टी एकताको प्रक्रिया र पार्टीलाई पुर्नसंरचना गर्ने विषयमा केन्द्रीत भएर प्रतिवेदन पेश गरेका छन् ।

अध्यक्षले प्रतिवेदन पेश गरेपछि छलफल सुरु भएको एक केन्द्रीय सदस्यले भने, प्रचण्डले प्रत्येक बैठकमा पेश गर्ने राजनीतिक र सांगठनानिक प्रतिवेदन निकै राम्रो भएपनि कार्यान्वयन पक्ष फितलो भएको बताए ।

No comments:

Post a Comment

Featured Post

माओवादी केन्द्रका तीन मन्त्रीमा महरालाई अर्थ, दुई नयाँ अनुहार

काठमाडौं,साउन २० । माओवादी केन्द्रका अध्यक्ष तथा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड नेतृत्वको सरकारमा पहिलो चरणमा तीन जना मन्त्री पठाउने भ...

Popular Posts