Tuesday, December 1, 2015

भारतीय राजदुतलाई फिर्ता पठाउन माग गर्दै संसद्‌मा नाराबाजी

काठमाडौं, मंसिर १५ । व्यवस्थापिका संसदको बैठक आज पनि अवरुद्ध भएको छ । मंगलबार बसेको बैठकमा सांसद्हरुले भारतीय हस्तक्षेपविरुद्ध नाराबाजी गर्नका साथै भारतीय राजदूत रञ्जित रेलाई फिर्ता पठाउन माग गर्दै नाराबाजी गरेपछि संसद बैठक अवरुद्ध भएको हो । बैठक सुरु हुनसाथ मधेसी मोर्चाका सांसदहरुले रोष्‍ट्र घेराउ गरेर नाराबाजी सुरु गरेका थिए।

मधेसी मोर्चाले अवरोध गरेर बैठक चल्न नदिएको अवस्थामा नेपाल मजदुर किसान पार्टीका सांसदहरु आफ्नै स्थानमा उठेर नाकाबन्दी र भारतीय हस्तक्षेपविरुद्ध नाराबाजी थालेका थिए। संसद्को आजको बैठकका लागि सभामुखले प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयबाट प्राप्त पत्र पढेर सुनाउने मात्र कार्यसूची थियो । व्यवस्थापिका–संसद्को अर्को बैठक यही मङ्सिर २० गते अपराह्न १ बजे बस्नेछ ।

No comments:

Post a Comment

Featured Post

माओवादी केन्द्रका तीन मन्त्रीमा महरालाई अर्थ, दुई नयाँ अनुहार

काठमाडौं,साउन २० । माओवादी केन्द्रका अध्यक्ष तथा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड नेतृत्वको सरकारमा पहिलो चरणमा तीन जना मन्त्री पठाउने भ...

Popular Posts