Tuesday, December 1, 2015

सरकारलाई दबाव दिन कांग्रेसले भोलि काठमाडौंमा शक्ति प्रदर्शन गर्ने

काठमाडौं, मंसिर १५ । मुलुकमा बढेको कालाबजारी नियन्त्रण र मधेस आन्दोलन समाधानकोलागि दवाव दिन नेपाली काग्रेस काठमाडौले भोली राजधानीमा बृहद दवाव र्‍याली गर्ने भएको छ । अधिकार, न्याय र शान्तिको लागि दबाब नाम दिईरहेको र्‍याली मार्फत मधेस समस्या तत्काल संबाद मार्फत हल गर्न र सरकारबाट संरक्षित कालोबजारीलाई तत्काल नियन्त्रण गर्न दवाव दिने उद्देश्य रहेको काठमाडौ काग्रेस सभापति एवम सभासद भीमसेन दास प्रधानले मंगलबार रिपोर्टर्स क्लब नेपालमा आयोजित पत्रकार सम्मेलनमा जानकारी दिए । दवाब र्‍यालीभोली अपरान्ह १ बजे शान्ति बाटीकाबाट सुरु हुने छ ।

प्रधानले मधेस आन्दोलनलाई समर्थन गर्दै समर्थन गरेर नेपालमा अघोषित नाकाबन्दी गरेको भारत र समस्या समाधानमा गंभिर नदेखिएको सरकारको ध्यान आर्कषित गर्न र्याली गर्न लागिएको भन्दै सरकारलाई नेपाली काग्रेसको सरकारले दर्ता गरेको संविधान संसोधन प्रस्ताव अगाडि बढाउन आग्रह गरे । पत्रकार सम्मेलनमा काठमाडौका सभासद र केन्द्रीय सदस्यहरु गगन थापा, ध्यान गोविन्द रञ्जित, दिपक कुईकेल र तिर्थराम डंगोल लगायतकाले मधेसको समस्या समाधानमा सरकार उदासिन भएको भन्दै तत्काल अघिल्लो सरकारले दर्ता गरेको संविधान संसोधनलाई अगाडि बढाए मधेसको आधारभुत मागहरु पुरा हुने दावी गरे ।उनीहरुले भुकम्पबाट ध्वस्त संरचनाको नवनिर्माणकोलागि पुर्ननिर्माण प्राधिकरण विद्येयकलाई समेत अगाडि बढाउन माग गरे ।

No comments:

Post a Comment

Featured Post

माओवादी केन्द्रका तीन मन्त्रीमा महरालाई अर्थ, दुई नयाँ अनुहार

काठमाडौं,साउन २० । माओवादी केन्द्रका अध्यक्ष तथा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड नेतृत्वको सरकारमा पहिलो चरणमा तीन जना मन्त्री पठाउने भ...

Popular Posts