काठमाडौं,मंसिर १४ । राजनीतिक बिषयमा लामो समयपछि पूर्वयुवाराज पारस शाहाले मुख खोलेका छन् । भारतीय नाकाबन्दीका कारण तीन महिनादेखि इन्धन र ग्यास नहुँदासमेत नेपाली समाज चुप लागेर बसेकोमा शाहले मुख खोलेका हुन् । सामाजिक संजाल फेसवुकमा आइतबार स्टायटस लेख्दै उनले नेपाली समाज तिब्बती समाज जस्तै चेतनाको उपल्लो स्तरमा पुगिसकेको हो र भन्ने प्रश्न पनि गरेका छन्।
नेपाललाई हिन्दु राष्ट्रबाट धर्म निरपेक्ष बनाइएकोमा समेत असन्तुष्टि राख्दै उनले लेखेका छन्, ‘उनीहरुले हाम्रो धर्म खोस्दा पनि हामी चुप रह्यौँ र ठीकै छ भन्यौँ, किन ?’ उनले अगाडि लेखेका छन्, ‘तीन महिनादेखि इन्धन र ग्यास नभएर दाउरा बालेर खाना पकाइरहँदासमेत हामी ठीकै छ भनिरहेका छौँ। किन ?’
उनले आफुले टिप्पनी गरेर आगोमा घ्यु थप्न नखोजेको स्पष्ट पार्दै लेखेका छन्, ‘म त मेरो समाजलाई बुझ्ने कोशिश गरिरहेको छु।’
No comments:
Post a Comment