Sunday, January 31, 2016

नेपालद्वारा भारतसामू १७० रनको लक्ष्य प्रस्तुत

काठमाडौं,माघ १८ । बंगलादेशमा जारी यू-१९ विश्वकप क्रिकेटको समूह चरणको अन्तिम खेलमा नेपालले तीन पटकको विश्वविजेता भारतसामू १७० रनको लक्ष्य प्रस्तुत गरेको छ । टस हारेर ब्याटिङको निम्तो पाएको नेपालले ४८ ओभरमा ८ विकेट गुमाएर १६९ रन बनायो । नेपालका लागि नेपालका लागि ओपनर सन्दीप सुनारले ७३ बलमा ३७ रन जोडेर आउट भए । राजवीर सिंहले ६८ बलको सामना गर्दै ३५ रनको योगदान दिए । त्यसैगरी अरिफ सेखले ४४ बलमा २६ रन जोडे ।

नेपालका लागि नटआउट रहेका प्रेम तामाङले ४० बलमा २९ रन बनाए । त्यसैगरी सुशील कँडेल ३ रनमा नटआउट रहे । सुनिल धमला शून्यमै पेभेलियन फर्के भने योगेन्द्रसिंह कार्की ७ र राजु रिजाल ६ रनमै आउट भए । त्यसैगरी मध्यक्रमका दीपेन्द्रसिंह एेरी १ रनमै रन आउट हुन पुगे । नेपालका कुशल भुर्तेल पनि ६ रन बनाउँदै आउट भए । नेपालले दिएको १ सय ७० रनको मध्यम लक्ष्य पछ्याउँदै अहिले भारत नेपाल बिरुद्ध ब्याटिगंमा उत्रेको छ ।

राष्ट्रिय अनुसन्धान बिभागमा अधिकृत र सहायकमा ७५ जना माग

काठमाडौं,माघ १८ । गृह मन्त्रालय मातहतको राष्ट्रिय अनुसन्धान विभागमा राष्ट्रिय अनुसन्धान बिभागले ७५ जना कर्मचारी माग गरेको छ । सोमबार सूचना प्रकाशित गरी बिभागले अनुसन्धान अधिकृतमा २७ र अनुसन्धान सहायकमा ४८ जना माग गरेको हो। अधिकृतमा खुलातर्फ १५ जना र समावेशीतर्फ १२ माग गरिएको छ भने सहायकमा खुलातर्फ २६ र समावेशीतर्फ २२ जना माग गरिएको छ। अनुसन्धान अधिकृतमा स्नातक उतीर्णले दरखास्त दिन सक्नेछन् ।

सहायकका लागि प्रविणता प्रमाणपत्र तह उतीर्णले दरखास्त दिन सक्नेछन्। त्यस्तै अधिकृत तहमा २१ वर्षदेखि २५ वर्षसम्मका र सहायक पदमा १८ देखि २५ वर्षसम्मकाले दरखास्त दिन पाउनेछन्। महिलाहरु भने ३० वर्षसम्मकाले पाउनेछन्। विभागले प्रकाशित गरेको सूचना अनुसार आगामी ३० दिनभित्र साधारण दस्तुरमा र त्यसको सात दिनसम्म दोब्बर दस्तुर तिरेर दरखास्त दिन सकिने जनाएको छ । इच्छुक नेपाली नागरिकले अनुसन्धान अधिकृतका लागि १ हजार रुपैयाँ र सहायकका लागि ३ सय रुपैयाँ तिरेर दरखास्त दिन सक्नेछन्।

यौन शोषण: हाकिम रिहा, चालक जेल

काठमाडौं,माघ  १८ ।  एक महिलालाई यौनशोषण गरेको आरोपमा पक्राउ परेका कृषि विकास बैँकका तीन कर्मचारी धरौटीमा छुटेका छन्। चालक भने जेल चलाउन भएका छन्। कृषि विकास बैँक पुतलीसडक शाखाका कर्मचारीहरु गेहनाथ पौडेल, स्थानेश्वर पन्थी र रमेशकुमार भट्टराई ४५–४५ हजार धरौटी राखेर छुटेका नयाँ पत्रिका दैनिकमा समाचार छ। चालक भाइचा महर्जनलाई भने काठमाडौ जिल्ला अदालतले थुनामा पठाउन आदेश दिएको छ।

एक ऋणी महिलालाई विभिन्न प्रलोभनमा पारी यौनशोषण गरेको जाहेरी परेपछि महानगरीय प्रहरी परिसर काठमाडौंले चारैजनालाई पक्राउ गरी मानव बेचविखनविरुद्ध मुद्दा चलाएको थियो । महिलाले जबर्जस्ती करणी मुद्दा चलाउन खाजेपनि हदम्याद नाघेकाले प्रहरीले मानब बेचविखन मुद्दा चलाएको हो।
सोही मुद्दामा अदालतले गत शुक्रवार बैँकका ठूला कर्मचारीलाई धरौटीमा रिहा गरेको हो भने चालक महर्जनलाई थुनामा पठाएको हो।

चिनियाँ जहाजका १४ पाइलटको लाइसेन्स फेल

काठमाडौं,माघ १८ । चिनियाँ वाई १२ ई ‘कोइली’ नामक १८ सिट क्षमताको विमान उडाउने सबै पाइलटको लाइसेन्स फेल भएको छ । यसमा आबद्ध १४ जना पाइलटको उडान अनुमति पत्र दुई महिनादेखि नवीकरण भएको छैन । वाई १२ ई जहाज उडाउने चार जना क्याप्टेन र १० जना कोपाइलटले नियमित उडान गर्न नपाउँदा लाइसेन्स फेल भएको अन्नपूर्ण पोष्ट दैनिकमा समाचार छ ।

लाइसेन्स नवीकरणका लागि तोकिएको मापदण्डअनुसार नियमित उडान गर्नुपर्छ । प्रशिक्षक पाइलटको अभावमा दुई महिनाभन्दा लामो समयदेखि जहाज उडान नहुँदा सबैको लाइसेन्स फेल भएको नेपाल वायु सेवा निगमले जानकारी दिएको छ ।

२० लाखमै तालिम दिन चीन तयार

चीनले यसअघि एक जना प्रशिक्षक पाइलट आईपी लाई तालिम दिन ९० हजार डलर मागेको भए पनि पर्यटन मन्त्रीले यो शुल्क अधिक भएकाले घटाउन गरेको आग्रहअनुसार १९ हजार डलरमा तालिम दिन चीन सहमत भएको हो ।

नेपाल टस हारेर भारतविरुद्व ब्याटिङ गर्दै

काठमाडौं,माघ १८ । यू-१९ विश्वकप क्रिकेटमा नेपाल भारत बिरुद्ध ब्याटिङ गर्दैछ ।  नेपालले तीन पटकको विजेता राष्ट्र भारतसँग टस हारेर ब्याटिङको निम्ता पाएको हो । नेपालको समूह चरणको अन्तिम खेल हो । टेष्ट मान्यता प्राप्त न्युजिल्याण्डलाई पहिलो र दोस्रो खेलमा आयरल्याण्डलाई हराएको नेपाली टोली तेस्रो खेलमा भारत बिरुद्ध उत्रने भएको हो । विश्वकप क्रिकेटमा १५ बर्षपछि क्वाटर फाइनलमा स्थान बनाएको नेपाली टोलीले न्युजिल्याण्डलाई ३२ रन र नेदरल्याण्डलाई ८ विकेटको फराकिलो अन्तरले पराजित गरेको थियो ।
सन् २००० मा पहिलो पटक विश्वकप खेलेको बेलामा सुपर लिगमा पुगेको नेपाली टोली अब आज भारतलाई हराउन सके अर्को नयाँ ईतिहाँस रच्न सफल हुने छ ।

विश्वकप क्रिकेट इतिहाँसमा नेपालले अहिलेसम्म भारतलाई हराउन सकेको छैन । भारतले नेपालमाथि लगाइरहेको नाकाबन्दीको समयमा आज भारत बिरुद्ध हुने खेललाई अधिकाशं नेपालीले भारतसँग नाकाबन्दीको बदला लिने फरक मौकाको रुपमा समेत हेरेका छन् । त्यसैले पनि आजको खेल अझ रोमाञ्चक हुने देखिएको छ ।

लोडसेडिङको फेरि बढ्यो,आजदेखि हप्तामा ९३ घण्टा (तालिकासहित)

काठमाडौं,माघ १८ । नेपाल विद्युत प्राधिकरणले लोडसेडिङको समय फेरि बढाएको छ। प्राधिकरणका अनुसार आजदेखि लागू हुने गरी हप्तामा ९३ घण्टासम्म लोडसेडिङ हुनेछ । प्राधिकरणका अनुसार हप्तामा बढीमा ५ देखि १३ घण्टासम्म र २ देखि १४ घण्टासम्म लोडसेडिङ हुनेछ । यसअघि दैनिक १२ घण्टा लोडसेडिङ हुँदै आएको थियो । सुख्यायाम नदीमा पानीको बहाव कम भएकाले लोडसेडिङको समय बढाउनु परेको प्राधिकरणले जनाएको छ।

Saturday, January 30, 2016

मेस्सी र स्वारेजको गोलले एथ्लेटिको मड्रिड पराजित

एजेन्सी,माघ १७ । स्पेनिस ला लिगा फुटबलको शीर्ष स्थानमा रहेको बार्सिलोनाले दोस्रो स्थानको एथ्लेटिको मड्रिडलाई पराजित गरेको छ। शनिबार राति भएको खेलमा शीर्ष स्थानको दौडमा रहेको ९ खेलाडीमा सीमित एथ्लेटिको मड्रिडलाई २–१ ले हराएर बार्सिलोनाले तीन अंकको अग्रता कायम गरेको हो । जितसँगै बार्सिलोनाले लिगमा अंक दूरीमात्रै बढाएन, उपाधि होडलाई समेत बलियो बनाएको छ। खेलमा अग्रता भने एथ्लेटिकोले खेलको १० औँ मिनेटमै कोकेको गोलबाट लिएको थियो। तर खेलको ३० औं मिनेटमा बार्सिलोनाका लियोनल मेसीले गोल गर्दै खेललाई बराबरीमा ल्याए। मेसीले गोल गरेको ८ मिनेटपछि नै लुइस स्वारेजले गोल गर्दै बार्सिलोनालाई पहिलो हाफमै २–१ के अग्रता दिलाएका थिए।

दुई खेलाडी रातो कार्ड खाँदै मैदान बाहिरएपछि झनै दबाबमा परेको एथ्लेटिको मड्रिडले गोल गर्ने केही मौका पाएपनि सदुपयोग गर्न सकने। फिलिप लुइस र गोडिन दोहोरो पहेलो कार्ड खाँदै मैदानबाट बाहिरिएका थिए। बार्सिलोनको २१ खेलबाट ५१ अंकका साथ शीर्ष स्थानमा छ भने दोस्रो स्थानमै कायम रहेको एथ्लेटिको मड्रिडको ४८ अंक छ। तेस्रो स्थानमा रहेको रियल मड्रिडको २१ खेलबाट ४४ अंक छ ।

गोरुगाडाबाट सामान भित्रियो,एकै दिन ५० लाख राजश्व

काठमाडौं,माघ १७ । लामो समयदेखि रक्सौल नाकामा अड्किएका सामान व्यापारीहरूले ठेलागाडाबाटै भित्र्याएका छन् । यसरी भित्रिएको सामानका कारण वीरगन्ज भन्सार कार्यालयका कर्मचारी शनिबार व्यस्त थिए । कार्यालयका अनुसार शनिबार मात्र ५० लाखभन्दा बढी राजस्व संकलन भएको छ ।

आजको नयाँ पत्रिका दैनिकमा खबर छ– सामान्य अवस्थामा यो कार्यालयबाट औसतमा दैनिक ३५ करोड राजस्व संकलन हुने गरेको कार्यालयका सूचना अधिकृत सुशील शर्माले बताए ।

पुलमुनिबाट सामान आयात

रक्सौल नाका शुक्रबार बिहान केहीबेर खुले पनि मधेसी मोर्चामा आबद्ध दलका नेता–कार्यकर्ताले ठप्प पारे । भारतबाट नेपाल पाँच ट्रक र नेपालबाट सात सवारीसाधन भारत गएपछि शुक्रबार बिहान १० बजेदेखि ठप्प वीरगन्ज नाकामा ठूला सवारीसाधन शनिबार पनि चलेनन् ।

शनिबार दिनभर नेपाल–भारत सीमाको मितेरी पुलमा आन्दोलनकारीको धर्नाका कारण नाका भने बन्द नै रह्यो । तर, मितेरी पुलमुनिको बाटो प्रयोग गरी ठेला र रिक्सामा सामान भित्र्याउन भने आन्दोलनकारीले अवरोध गरेका छैनन् ।

सरकारले घोषणा गरेरकाे ‘फ्रि भिसा, फ्रि टिकट’ अधिकांश कामदार बञ्चित

काठमाडौं,माघ १७ । सरकारले घोषणा गरेको ‘फ्रि भिसा, फ्रि टिकट’ योजनाबाट अधिकांश कामदार बञ्चित भएको भेटिएको छ। अख्तियार दुरुपयोग अनुसन्धान आयोगले गत महिना त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा गरेको अनुगमनका क्रममा कामदारहरुले उक्त सेवा सुविधान लिन नपाएको देखिएको हो।
कान्तिपुर दैनिकमा समाचार छ-‘उनीहरु स्थानीय एजेन्ट र म्यानपावरबाट ठगिएको देखिन्छ,’ अख्तियारको अनुगमन प्रतिवेदनमा भनिएको छ। तर म्यानपावर र एजेन्टले रसिदविनै ठग्नेमाथि कानुनी कारबाही गर्न कठिनाई देखा परेको छ।

बैदेशिक रोजगारमा जान अभिमुखीकरणमा सहभागी नभई प्रमाणपत्र मात्रै दिने, उपस्थित मात्रा गराएर प्रमाणपत्र दिने प्रबृत्ति म्यानपावर कम्पनीहरुमा छ। सरकारले अभिमुखीकरणलाई बाध्यकारी बनाए पनि म्यानपावर कम्पनीहरुले त्यसको पालना गर्दैनन्।

सरकारको आशै आशले अन्योलमा भूकम्पपीडित

काठमाडौं,माघ १७ । महिनौ बित्दा पनि सरकारी सहयोग पाउने छाँट नदेखेपछि पीडितहरु अहिले घर बनाउने कि नबनाउने अन्योलमा छन्। केहीले आफ्नै नक्सा र डिजाइनमा घर बनाउन थालेका छन्। अधिकांश भने सरकारी अनुदानकै आशा गरिरहेका छन्। भूकम्पपछि अर्को वर्षात सुरु हुन लाग्दा पनि सरकारले घर बनाउने नम्सा र अनुदान नदिएको गुनासो पीडितको छ।

कान्तिपुर दैनिकमा समाचार छ-सरकारले भूकम्पपीडितको घर निर्माणको सर्वेक्षण गर्न हाल करिब ६ सय इन्जिनियर दोलखा लगायत जिल्लामा पुगेको जानकारी दिएको छ।पुनर्निर्माण प्राधिकरणका कार्यकारी अधिकृत सुशील ज्ञवालीले थप इन्जिनियर नियुक्त भएपछि बढी प्रभावित जिल्लामा खटाइने बताए।

ओलीको अभिब्यक्तिले प्रचण्डलाई तनाव

काठमाडौं,माघ १७ । उच्चस्तरीय राजनीतिक संयन्त्रका संयोजक एवं सत्तासीन दल एमाओवादीका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले प्रधानमन्त्री केपी शर्मा ओलीलाई एकल मान्यताबाट निर्देशित भई सरकार नचलाउन र संयन्त्रको विचार र निर्णयलाई सम्मान गर्दै अघि बढ्न आग्रह गरेका छन् ।

आजको अन्नपूर्ण पोष्टमा खबर छ– ओलीलाई भेट्न शनिबार प्रधानमन्त्री निवास बालुवाटार पुगेका प्रचण्डले केही दिनयता ओलीका अभिव्यक्ति र केही कार्यबाट आफूले समेत असहजता भोग्नुपरेकाले अब महत्वपूर्ण विषयमा संयन्त्रमार्फत् अगाडि बढ्न आग्रह गरेका छन् ।

प्रधानमन्त्री ओलीले कहिले भारत त कहिले चीन जाने कुरा र त्यसका पूर्वसर्तबारे फरक(फरक टिप्पणी गरेपछि आफैलाई त्यसबारे आधिकारिक तथ्य के हो भन्ने स्पष्ट नभएको गुनासो उनले गरेका थिए ।

प्रचण्डले सरकारको काम कारबाही, आसन्न भारत भ्रमण, साढे चार महिनादेखिको निरन्तर नाकाबन्दी र त्यसबाट सर्वसाधारण दैनिक लगायतको विषयमा केही नीति तय गर्ने गरी उच्च स्तरीय संयन्त्रको बैठक आइतबार बस्ने बताएका थिए ।

केन्द्रीय सभापतिको जिल्लामा पुर्व जिल्ला सभापति नै पराजित

काठमाडौं,माघ १७ । जिल्ला विकास समिति बाँकेमा दुई कार्यकाल सभापति बनिसकेका कांग्रेस पूर्वसभापति ओमजंग राणा शुक्रबार पार्टीको इकाइ बुथ निर्वाचनमा क्षेत्रीय प्रतिनिधिमा पराजित भए। नेपालगन्ज उपमहानगरपालिका वडानम्बर २८ को निर्वाचनमा उनले तीन मत मात्रै पाए। महिला संघ बाँकेकी सभापति नारायणी रुपाखेती पनि शुक्रबार पार्टीको इकाइको निर्वाचनमा नेपालगन्ज उपमहानगरपालिका वडानम्बर २ बाट क्षेत्रीय प्रतिनिधिमा पराजित भएकी छन्।

विवाद मिलाउन कसरत
संस्थापन पक्षकै नेताबीच जिल्ला तहमा प्रतिस्पर्धाको स्थिति बनेपछि सभापति सुशील कोइरालासहितका नेता आफ्नो पक्षको बिवाद मिलाउन सक्रिय छन्। वरिष्ठ नेता शेरबहादुर देउवा पक्षले फाइदा लिनसक्ने भन्दै संस्थापन पक्ष विवाद मिलाउन लागिपरेको हो। आन्तरिक विवाद र प्रतिस्पर्धाले महाधिवेशन प्रतिनिधि छनोटमा असर पार्ने देखिएका जिल्लामा सभापति कोइरालाले निकट नेतालाई टेलिफोन गरी मिलेर अधिवेशन सम्पन्न गर्न आग्रह गरिरहेको निकट स्रोतको दाबी छ।

आफ्नो बेमेलको फाइदा अर्को पक्षलाई नपुगोस्, मिल्न उहाँ(सभापति कोइराला)ले आग्रह गरिरहनु भएको छ,’ कोइराला निकट स्रोतले भन्यो,‘राम्रो गर्न भनिरहनु भएको छ।’ कोइरालाले सोमबार संस्थापन पक्षका केन्द्रीय नेतासँग समेत भेटेर जिल्लाको अवस्था बुझेका थिए। त्यसपछि उनी निरन्तर जिल्ला नेतासँग सम्पर्कमा रहेको निकट स्रोतको दावी छ। नागरिक दैनिकमा समाचार छ – निकट नेताबीच प्रतिस्पर्धाले शुक्रवारबाट सुरु भएको गाउँ, नगर अधिवेशनमा मात्रै होइन क्षेत्र जिल्ला हुँदै केन्द्रीय नेतृत्व चयनसम्मै असर पार्ने संस्थापन पक्षको बुझाई छ।

सरकारी सेवा सुविधा नलिने यस्ता पनि कर्मचारी

काठमाडौं,माघ १७ । उनी कार्यालय आउँदा दिनहुँ घरबाटै दिनभरिलाई पुग्ने पानी र खाजा बोकेर आउँछन् । कार्यालयले उपलब्ध गराएको सवारीसाधन सुविधा पनि प्रयोग गरेका छैनन् भने उनले तलबभत्ता लिने कुरै भएन । स्थायी सरकार भनेर चिनिने सरकारी कर्मचारी वृत्त भ्रष्टाचारको स्रोत भनेर कहलिएका बेला यी सरकारी अफिसर भने नितान्त अनौठो आचरण देखाइरहेका छन् । आजको नागरिक दैनिकमा खबर छ ।

आफ्नो दैनिक आवश्यकताका निम्ति सरकारको सुविधा लिनु नपर्ने भएकाले सेवा मात्र गर्न प्रण लिएर काम गरिरहेका यी हुन्, गोविन्द टण्डन, सदस्य सचिव पशुपति क्षेत्र विकास कोष । त्यसो त उनले पदबहाली गर्दा नै कोषबाट केही पनि नलिने, निःस्वार्थ भावले सेवा गर्ने कसम खाएका थिए । सोहीअनुसार पदबहाली गर्नासाथ टण्डनले तलबभत्ता नलिने घोषणा गरे । कोषले सुविधाका लागि उपलब्ध गराएको बाहन सुविधा पनि इन्कार गरिदिए ।

उनी निजी सवारीसाधनमा कार्यालय आउँछन् । इन्धन र सवारीचालकको तलबभत्ता पनि कोषबाट लिँदैनन् । २०७० असार २५ गते तत्कालीन सँस्कृतिमन्त्री रामकुमार श्रेष्ठले अनुरोध गरेपछि टण्डन चारवर्षे कार्यकालका लागि दोस्रोपटक पशुपति क्षेत्र विकास कोषको सदस्यसचिव नियुक्त भएका हुन् ।

मुख्य सचिव सरह अर्थात कुल करिब ४८ हजार रकम उनले पदभार ग्रहण गरेदेखि नै कोषमा दाखिला हुँदै आएको छ । ६१ वर्षीय टण्डनले पशुपति क्षेत्र विकासकै विषयमा विद्यावारिधि गरेका छन् ।

नेपाल क्वाटर फाइनलमा,योगेन्द्रको अर्धसतक सन्दीपको ह्याट्रिक

काठमाडौं,माघ १६ । नेपालले एसिसी अण्डर १९ विश्वकप क्रिकेटको दोस्रो खेलमा आयरल्याण्डमाथि किर्तिमानी जित निकाल्दै  क्वाटर फाइनलमा पुगेको छ । जारी विश्वकपको पहिलो खेलमा न्युजिल्याण्ड र दोश्रो खेलमा शनिबार आयरल्याण्डलाई हराएर ४ अंक बटुलेको नेपाल शनिबार नै भएको अर्को खेलमा भारतले न्युजिल्याण्डलाई १ सय २० रनले हराएपछि एक खेलअघि नै क्वाटर फाइनलमा पुगेको हो ।  नेपालले दोस्रो खेलमा आयरल्याण्डलाई ८ विकेटले पराजित गरेको छ ।

५० ओभर पुरै खेल्दै १ सय ३१ रनमा समेटिएको आयरल्याण्डले खेलको सुरुवातीमै नेपाललाई झड्का दिएपनि त्यसपछि खासै नेपाली टोलिलाई दबावमा राख्न सकेन । नेपालको जितका लागि योगेन्द्र सिंह कार्कीले अर्धसतक पुरा गरे । कार्कीले  ७९ बलमा ८ चौका प्रहार गर्दै ६१ रन जोड्न सफल भए । त्यस्तै, नेपालका लागि आरिफ सेखले ३१ रन जोडे । आरिफले ३६ बलमा ५ चौका प्रहार गरे ।

टस जिटेर व्याटिङ गरेको आयरल्याण्डले नेपालसामु १३२ रनको सामान्य स्कोरको चुनौती पेस गरेको  थियो । बङ्गलादेशस्थित फतुल्लाह रङ्गशालामा टस जितेर ब्याटिङ गरेको आयरल्यान्डले पुरै ओभर खेल्दै ९ विकेटको क्षतिमा १३१ रन मात्र बनाउन सक्यो । आयरल्यान्डका सस्तैमा समेट्न नेपालका लागि सन्दीप लामिछानेले ह्याट्रिकसहित ५ विकेट लिए । त्यस्तै, दीपेन्द्र ऐरीले २ तथा सुनिल धमला र सुशील कँडेलले १÷१ विकेट झारे । नेपाल १९ वर्षमुनिको विश्वकप क्रिकेटको समूह चरण पार गरेको यो दोश्रो पटक हो । यसअघि सन् २००० मा पहिलो पल्ट विश्वकप खेलेको बेलामा पनि नेपाल सुपर लिगमा पुगेको थियो ।

यो समूहमा आफ्ना दुवै खेल हारेका आयरल्याण्ड र न्युजिल्याण्ड प्रतियोगिताबाट बाहिरिएका छन् । यद्यपी यी दुई बीच सोमबार समूह चरणको अन्तिम खेल हुने छ ।

अष्ट्रेलियाले सुरक्षाको कारण देखाउँदै बंगलादेश जान अस्वीकार गरेपछि आइसिसीले उसको सट्टा आयरल्याण्डलाई यो प्रतियोगितामा मौका दिएको थियो ।  अब नेपालले अर्को खेलमा आगामी सोमबार भारतको सामना गर्नेछ ।

मलेसियामा गैरकानुनी कामदारलार्इ पुनः रोजगारी अबसर

काठमाडौं,माघ १६ ।  मलेसियाले गैरकानुनी हैसियतमा रहेका विदेशी कामदारलाई वैध गराई पुन: रोजगारी दिने भएको छ। गैरकानुनी आप्रवासी कामदारलाई वैधता (श्रम स्वीकृति) पछि पुन: रोजगारी दिने कार्यक्रम लागू गरिने प्रधानमन्त्री नाजिबले बताएका छन्। सरकारी संचारमाध्यम बर्नामाका अनुसार बिहीबार सन् २०१६ को संशोधित बजेट भाषणमा बोल्दै अर्थमन्त्री समेत रहेका प्रधानमन्त्री नाजिबले औद्योगिक क्षेत्रमा भएको माग पूर्ति गर्न र सुरक्षाका हिसाबले पनि गैरकानुनी कामदारको खोजी गर्नका लागि अवसर दिन लागिएको उल्लेख गरे। यो कार्यक्रम लागू भएमा यहाँ गैरकानुनी अवस्थामा रहेका रहेका हजारौं नेपालीले वैधानिकता लिएर रोजगारी गर्न पाउनेछन् कान्तिपुर दैनिकमा समाचार छ ।

गैरकानुनी कामदारका लागि सुवर्ण अवसर मानिएको यो कार्यक्रम कहिलेदेखि सुरु हुने हो भन्ने बारे भने केही खुलाइएको छैन। तर सरकारद्वारा गैरकानुनी कामदार व्यवस्थापनको जिम्मेवारी पाएका कतिपय कम्पनीहरुले भने वैधता कार्यक्रमको आन्तरिक तयारी गरीरहेका छन्। कामदार वैध हुन पूरा गर्नुपर्ने प्रक्रिया एवं शुल्क र समयावधिबारे हालसम्म केहीपनि खुलाइसकेको छैन।

मलेसियाले यसअघि पनि पटकपटक आममाफी एवं बैधानिकता लिने अवसर दिएको थियो। यद्यपी अझैपनि लाखौं विदेशी कामदार गैरकानुनी अवस्थामा रहेको हुनसक्ने अनुमान छ। मुलुकभित्र रहेका गैरकानुनी कामदारको संख्या घटाउन उसले यस्तो कार्यक्रम ल्याएको हो।

भूकम्प पिडितको नाममा सकियो १० अर्ब, पीडितको अवस्था उस्तै

काठमाडौं,माघ १६ । भूकम्पपछि सिन्धुपाल्चोकमा गैरसरकारी संस्थाहरुले पीडितको नाममा कति रकम भित्र्याए होला अनुमान लगाउन सक्नुहुन्छ? दिनहुँ गाडीमा ओहोरदोहोर गरिरहेका हुन्छन्, संघसंस्थाका प्रतिनिधि। सबैको काम एउटै र उस्तै छ अनि व्यस्तता हेर्दा लाग्छ यो ९ महिनामा जिल्लामा भित्रिएको बजेट र कर्मचारीको संख्या अनि व्यस्तता हेर्दा भूकम्पले उजाड बस्ती पुनर्निर्माण हुन धेरै समय नै लाग्दैन। राजधानी दैनिकमा समाचार छ- सुरुसुरुमा सबै जिल्लाबासीले यस्तो सोचेका थिए। तर भूकम्प गएको ९ महिना हुँदासम्म पनि जिल्लाका भूकम्पपीडितको अवस्थामा केही सुधार हुन सकेको छैन। उही जस्ताको टहरो, अझ कतै त पालमुनी नै बास।

विश्व खाद्य कार्यक्रले भूकम्पपीडितका नाममा आएको चामल नष्ट गरेको खबर सुनेका इर्खु र पीपलडाँडाका पीडित भन्दै थिए, बरु हामीलाई दिएको भए पनि हुने थियो, किन गाडेको होला? भूकम्पपछिको यो ९ महिनाको अबधिमा विभिन्न गैरसरकारी संघसंस्थाले जिल्लाका १० अर्ब रुपैयाँ भन्दा बढी रकम सकिसकेका छन्। आकस्मिक उद्धार तथा राहतका लागि जिल्लामा धेरै संघसंस्था भित्रिएका १ सय संघसंस्थामध्ये ६५ संघसंस्था फर्किइसकेका छन् भने ३५ संघसंस्थाले काम गरिरहेका छन्।

Friday, January 29, 2016

भारतबाट थप ८० मेगावाट विद्युत आयात

काठमाडौं,माघ १६ । आगामी फागुनदेखि भारतबाट नेपालमा थप ८० मेगावाट विद्युत आयात गर्ने निश्चित भएको छ । नेपाल र भारतबीच भएको बहुचर्चित ऊर्जा व्यापार सम्झौता (पिटीए) कार्यान्वयन प्रयोजनका लागि गठित द्विपक्षीय सचिव र सहसचिवस्तरीय बैठकले थप ८० मेगावाट विद्युत ल्याउने सुनिश्चित गरेको ऊर्जा मन्त्रालयका सचिव सुमनप्रसाद शर्माले जानकारी दिएको राजधानी दैनिकमा समाचार छ ।

नेपाल र भारतबीच भएको पीटीए कार्यान्वयनका लागि गठित सचिवस्तरीय संयुक्त स्टेरिङ कमिटी ९जेएससी० र सहसचिवस्तरीय संयुक्त वर्किङ ग्रुप (जेडब्लुजी) को काठमाडौंमा शुक्रबार सम्पन्न बैठकले सो निर्णय गरेको हो ।

प्रधानमन्त्री अाेलीकाे भारत भ्रमण फागुन दोस्रो हप्ता

काठमाडौं, माघ १६। प्रधानमन्त्री केपी ओलीले ७ देखि ११ फागुनसम्म भारत भ्रमण गर्ने गरी सरकारले तयारी थालेको छ । ओलीलाई भारतीय समकक्षी नरेन्द्र मोदीले २४ असोज र १६ पुसमा टेलिफोनमार्फत भ्रमणको निम्तो दिएका थिए भने विदेश मन्त्रालयमार्फत लिखित निमन्त्रणा पनि पठाइसकेका छन् । प्रधानमन्त्री ओलीको भ्रमण तयारीका लागि अर्थमन्त्री विष्णु पौडेल २४ माघमा भारत भ्रमणमा जाँदै छन् । पौडेल भारतीय विदेशमन्त्री सुष्मा स्वराजको निमन्त्रणामा तीनदिने भ्रमणका लागि दिल्ली जान लागेका हुन् ।

पौडेलले २४ माघमा विदेशमन्त्री सुष्मा स्वराज र २५ माघमा भारतीय समकक्षी अरुण जेट्लीसँग भेट्ने तय भएको प्रधानमन्त्रीका विदेश मामिलाविज्ञ गोपाल खनालले जानकारी दिए । एजेन्डा तय गर्न प्रधानमन्त्रीको निर्देशन भारत भ्रमणको तयारी गर्न यसअघि प्रधानमन्त्री ओलीले २८ पुसमा उपप्रधानमन्त्री, मन्त्री तथा सचिवहरूलाई बालुवाटार बोलाएर भारतसँग छलफलको एजेन्डा तयार गर्न निर्देशन दिएका थिए । ‘प्रधानमन्त्रीले एजेन्डा तयारीका लागि सम्बद्ध मन्त्री र सचिवहरूलाई बोलाएर निर्देशन दिनुभएको थियो र यसमा प्रगति भएको छ,’ खनालले भने । आजको नयाँ पत्रिका दैनिकमा खबर छ ।

निगमका कर्मचारी बोनसका लागी सर्वोच्चको शरण

काठमाडौं,माघ १६ । सर्वसाधारणले पेट्रोलियम पदार्थ नपाई हाहाकार भइरहेका बेला नेपाल आयल निगमका कर्मचारीहरुले १ अर्ब ७६ करोड ४७ हजार ७ सय ५७ रुपैयाँ ८ पैसा बोनस पाउन माग गर्दै सर्वोच्च अदालत गुहारेका छन् । अख्तियार दुरुपयोग अनुसन्धान आयोग, अर्थ मन्त्रालय र आपूर्ति मन्त्रालयले कर्मचारीहरुलाई बोनस नबाँड्न पहिले नै पत्राचार गरिसकेको भएपनि निगमका कर्मचारीहरु ठूलो रकम बोनस दाबी गर्दै शुक्रवार सर्वोच्च अदालत पुगेका हुन् नेपाल समाचार पत्र दैनिकमा समाचार छ।
अन्तर्गतको कर्मचारी संघका उपाध्यक्ष चन्द्रप्रसाद निरौला महासचिव गोपालप्रसाद राई, नेपाल आयल निगम स्वतन्त्र कर्मचारी युनियनका महासचिव सन्दीप बराल तथा कर्मचारहिरु छविलाल अगस्ती, श्यामकृष्ण महर्जन, विकास बखती र देवेन्द्रप्रसाद ओझाले सर्वसाधारणले ग्यास, पेट्रोलियम, डिजेल लगायतका पदार्थ पाउन सास्ती भइरहेका बेला बोनस रकम पाउन सर्वोच्च अदालत पुहारेका हुन्। ती कर्मचारीले आर्थिक वर्ष २०७१-७२ मा पाउनु पर्ने ९० करोड २५ लाख २८ हजार २ सय ७० रुपैयाँ २० पैसा बोनसबापत पाउनु पर्ने भनी सर्वोच्च अदालतलाई उल्लेख गरेका छन्।

यु-१९ विश्वकपमा पहिलो पटक ह्याट्रिक गर्ने सन्दीप को हुन् ?

काठमाडौं,माघ १६ । १९ वर्षमुनिको विश्वकप क्रिकेट अन्तर्गत आयरल्याण्डसँगको खेलमा नेपालका युवा क्रिकेटर सन्दिप लामिछानेले ह्याट्रिक गरेका छन् । बंगलादेशको फतुल्लाहमा चलिरहेको खेलमा राष्ट्रिय टोलीमा यसै विश्वकपबाट डेब्यू गरेका उनले ३१ औँ ओभरको चौथो, पाँचौँ र छैटौँ बलमा लगातार विकेट लिँदै ह्याट्रिक  उनले उनले ३२ औं ओभरको चौंथो, पाँचौं र छैटौं बलमा लगातार विकेट लिएर ह्याट्रिक गरेका हुन् ।

लोर्केन टाकरलाई ३२ औं ओभरको चौंथो बल, एडम डेनिसनललाई पाँचौं बल र फाएक्रा टाकरलाई छटौं बलमा आउट गरेका हुन् । नवलपरासीका सन्दीप लामिछानेले यु १९ राष्ट्रिय टोलीमा पहिलो पटक स्थान पाएका हुन्। यु १९ विश्वकपको तयारीका लागि आयोजित सुपर लिग प्रतियोगितामा उनले सर्वाधिक १२ विकेट लिएका थिए। नेपाली टोलीका पूर्वप्रशिक्षक पुवुदु दासानायाके उनको खेलबाट प्रभावित भई उनलाई काठमाडौँ बोलाएर क्याम्पमा राखेका थिए।

आयरल्याण्ड १ सय ३१ रनमा समेटियो

काठमाडौं,माघ १६ । १९ बर्षमुनिको आइसिसी विश्वकप क्रिकेटको जारी दोस्रो खेलमा आयरल्याण्डले नेपाललाई १ सय ३२ रनको चुनौति पेश गरेको छ । नेपाली बलरसामु निरिह जस्तै देखिएका आयरल्याण्ड कुनै पनि ब्याट्सम्यानहरु खासै मैदानमा टिक्न सकेनन् । ५० ओभरको पुरा खेल सकिंदा ९ विकेट गुमाउँदै १ सय ३१ रनमा समेटिन पुगेको आयरल्याण्ड टोलि नेपाल बिरुद्ध बलिंगमा उत्रंदैछ ।

नेपालको लागि उत्कृष्ठ बलिंग गर्दै ह्याट्कि सहित सन्दिप लामिछानेले ५ विकेट लिएका छन् । यो स्तरको अन्र्तराष्टिय खेलमा ह्याट्कि लिने सन्दिप पहिलो नेपाली खेलाडी समेत बनेका छन् । यस्तै दिपेन्द्र सिंह ऐरिले २ विकेट लिए भने सुनिल धमला र शुसिल कँडेलले समान १ १ विकेट लिए । ५० ओभरको खेलमा आयरल्याण्डको लागि ह्यारि टेक्टरले सर्वाधिक ३० रन जोडे ।  यस्तै कप्तान ज्याक टेक्टरले २७ रन बटुल्नु बाहेक अन्यको खेल विर्सन लायक रह्यो ।

पाँच महिनापछि वीरगन्ज रक्सौल नाका खुल्यो

वीरगन्ज : मधेसी दलले पाँच महिनादेखि नाकाबन्दी गरेको वीरगन्ज–रक्सौल नाका शुक्रबार बिहानदेखि अघोषित रुपमा खुलेको छ ।
आन्दोलनकारीले धर्ना दिएको दगशजा क्षेत्रस्थित मितेरी पुलबाटै शुक्रबार बिहान पाँचवटा मालवाहक ट्रक रक्सौलबाट वीरगन्ज छिरेका छन् ।
भारतबाट मालसामान लिएर आएका नेपाली नम्बर प्लेटका पाँचवटा ट्रक शुक्रबार बिहान आठ बजे तिर आन्दोलनकारीले धर्ना दिएकै मितेरी पुलबाट वीरगन्ज प्रवेश गरेका हुन् ।
ना १ ख ९७३६ ,ना १ ख ६७२५, ना १ ख २८९४,ना २ ख २६१५ र ना २ ख ७३११ नम्बरका मालवाहक ट्रक बिहान रक्सौलबाट वीरगन्ज छिरेका हुन् । यस्तै शुक्रबार बिहान वीरगन्ज तर्फबाट पनि सातवटा भारतीय खाली ट्रक मितेरी पुलबाटै रक्सौल गएका छन् ।
नाकाबन्दीका कारण वीरगन्जमा लामो समयदेखि अलपत्र परेका एन एल ०१ डी ६८०८, एन एल ०१ डी ६८११ र एन एल ०१ डी ६८३८ नम्बरका भारतीय खाली ट्रकहरु रक्सौल गएका हुन् ।
बिहान देखि जीप, कार लगायतका चार पाङग्रे साना सवारी सधानका साथै टयाम्पो, रिक्सा र टाँगाहरु पनि धर्नास्थलबाटै निवर्धारुपमा वीरगन्ज रक्सौल ओहोर दोहोर गरिरहेका छन् ।
मितेरी पुलको धर्नास्थलमा दुईजना मात्र आन्दोलनकारी बसेका बेला मालवाहक ट्रकहरु रक्सौलबाट वीरगन्ज र वीरगन्जबाट रक्सौल छिरेका हुन् ।

मितेरी पुलबाट भारततर्फ जाँदै ट्रक । तस्बिर : क्रान्ति शाह
बिहान धर्नास्थलमा आन्दोलनकारीहरुको संख्या कम भएको बेला रक्सौलबाट मालवाहक ट्रकहरु वीरगन्ज छिरेको धर्नामा बसेका पर्सा रामनगरीका बृद्ध विक्रम साह तेलीले बताए ।
‘बिहान धर्नास्थलमा हामी दुइजना मात्रै थियौँ, धर्नामा बसेका युवक विजय राउतले भने, ‘रक्सौलबाट धमाधम ट्रकहरु आए, हामीले चाहेर पनि रोक्न सकेनौँ ।’ ।
बिहान साढे सात बजेतिर रक्सौल तर्फबाट करिब एक सयको संख्यामा आएका व्यापारी र कारोबारीहरुले धर्नाकारीले मितेरी पुलमा टाँगेको टेन्ट (अस्थायी छाप्रो) उखेलेर फाल्ने प्रयास गरेका
थिए ।
उनीहरुले टेण्टछेउमै आन्दोलनकारीले नाका अवरुद्ध पार्न तेस्र्याएको बाँसको ढाट हटाएर ट्रकहरु छिराएको धर्नामा बसका बृद्ध तेलीले बताए ।
‘रक्सौलबाट अचानक सय जनाको संख्यामा आएकाहरुले टेण्ट नै उखलेर फाल्ने कोशिश गरे, हामी दुईजना मात्रै भएकाले प्रतिवाद पनि गरेनौँ । पछि उनीहरुले बाँसको ढाट हटाएर ट्रक छिराए’, उनले भने, ‘अघिदेखि नै नेताहरुलाई मोबाइलबाट फोन गरिरहेका छौँ । तर कसैले पनि फोन उठाएका छैनन् ।’
शुक्रबार बिहान रक्सौलबाट छिरेका मालवाहक ट्रक वीरगन्ज भन्सार कार्यालयको यार्डमा रहेका छन् । प्रहरी चौकी इनर्वाका इन्चार्ज रुपेश झाले पनि रक्सौलबाट बिहान मितेरी पुल हुदै पाँचवटा ट्रक वीरगन्ज भित्रिएको र वीरगन्जबाट सातवटा खाली भारतीय ट्रकहरु रक्सौल गएको बताए ।
रक्सौलबाट हार्डवेयर, मेशीनरी पाटपूर्जा र कपडा बोेकेका ट्रक वीरगन्ज भित्रिएका ट्रकहरु अहिले वीरगन्ज भन्सार कार्यालयको यार्डमा रहेको प्रहरी नायव निरीक्षक झाले बताए ।
पर्साका प्रहरीले उपरिक्षक राजुबाबु श्रेष्ठले पनि शुक्रबार बिहान रक्सौलबाट पाँचवटा माल सामानसहितको ट्रक वीरगन्ज भित्रिएको र वीरगन्जबाट सातवटा खाली भारतीय ट्रक रक्सौलतर्फ गएको बताए ।
रक्सौलबाट धर्नास्थल मितेरीपुल हँदै मालसामान सहितका ट्रकहरु वीरगन्ज भित्रिएपनि आन्दोलनरत मधेसी दलका नेताहरुले भने वीरगन्ज रक्सौल नाका नखुलेको दाबी गरेका छन् ।

मितेरी पुलबाट नेपालतर्फ आएका ट्रक
उनीहरुले नाकाबन्दी जारी नै रहेको बताएका छन् । वीरगन्ज–रक्सौल नाकामा मधेसी दलको धर्ना र नाकाबन्दी जारी नै रहेको नेपाल सद्भावना पार्टीका महासचिव शिव पटेलले बताए ।
शुक्रबार बिहान केही तस्करहरुले रक्सौलबाट ठेला र रिक्सामा मालसामान वीरगन्ज छिराउने क्रममा आन्दोलनकारीहरुसँग झडप भएको भन्दै उनले नाकाबन्दी भने जारी नै रहेको बताए ।
सीमाङ्कन र संविधानप्रति असन्तुष्ट मधेसी दलले वीरगन्ज रक्सौल नाकाको मितेरी पुलमा गत असोज ७ गते देखि धर्ना दिएर नाका ठप्प पार्दै आएका हुन् ।
यस्तै मधेसी दलहरुले आन्दोलन थालेको शुक्रबार सय ६८ दिन पुगेको छ । सीमाङ्कन र संविधान प्रति असन्तुष्ट मधेसी दलले गत साउन ३० गते देखि आन्दोलन शुरु गरेका हुन् ।
मधेसी दलको आन्दोलन र बन्द हडतालको कार्यक्रम जारी रहेपनि वीरगन्जका बजार र पसलहरु खुल्ने गरेका छन् । सार्वजनिक सवारीका साधनहरु पनि निर्वाधरुपमा सञ्चालनमा रहेका छन् ।
यसअघि वीरगन्जबाट छोटो दुरीका साना सवारी साधन मात्र संचालनमा रहेकोमा केही दिनदेखि यता भने लामोदुरीका सार्वजनिक सवारी साधनहरु पनि सञ्चालनमा आएका छन् ।

source:annapurnapost

दुबईमा एक नेपालीलाई डेढ करोड जरिवाना

दुबई । साइबर क्राइमको मुद्दामा दुबईमा एकजना नेपाली यहाँको अहिलेसम्मकै ठूलो मुद्दामा दण्डित भएका छन् । एक भारतीयसँग मिलेर आफैंले काम गर्ने कम्पनी इलेक्ट्रोनिक सिस्टम ह्याक गरेको अभियोगमा उनलाई दुबई अदालतले पाँच लाख दिराम (करिब डेढ करोड रुपैयाँ) जरिवाना सुनाएको छ ।
प्रहरीले पक्राउ परेका दुवै जनाको स्पष्ट पहिचान खुलाएको छैन । पक्राउ पर्नेहरुको नेपालीलाई जि.एस. र भारतीयलाई सि.एन.को नाम दिएको छ । पक्राउ परेका नेपाली उक्त कम्पनीका पूर्वम्यानेजर हुन् भने भारतीय सेल्सम्यान हुन् । अदालतले दुवैलाई बराबरी जरिवाना तोकेको छ ।

स्थानीय सञ्चारमाध्यमहरुका अनुसार दुवैलाई जरिवानासहित एक एक वर्षको जेल सजायँ सुनाएको छ । जेल सजायँपछि उनीहरुलाई आ–आफ्नो देश फिर्ता पठाउने न्यायाधीशले जनाएका छन् । पीडित कम्पनीका प्रमुखले इलेक्ट्रोनिक सिस्टम ह्याक गरी सूचना चोर्दै कम्पनीको छबि धुमिल बनाएको आरोप लगाएका छन् ।
उनीहरुले कम्पनीको गोप्य तथ्यांकहरु चोरेर प्रतिस्पर्धी कम्पनीलाई पठाएको अदालतले ठहर गरेको साझापोष्टमा समाचार छ । स्थानीय कानुनअनुसार उनीहरुले फैसला चित्त नबुझेमा १५ दिनभित्र पुनरावेदन गर्न सक्छन् । स्थानीय सञ्चारमाध्यमहरुले गल्फ राष्ट्रहरुमा साइबर क्राइमको आरोपमा सुनाइएको यो नै सबैभन्दा ठूलो जरिवानाको रुपमा खबरहरु प्रकाशित गरेका छन् ।

सूर्य अस्ताउदै

पोखराको शान्ती स्तुपा पछाडिबाट बाट देखिएको सूर्य अस्ताउदै गरेको दृश्य । फोटो : खिम लामिछाने /पोखरा

रणविरको क्याट्रिनासँगकाे ब्रेकअपको मूल्य ३४ करोड !

मुम्बई । विगत ६ महिनादेखि रणवीर कपुर र क्याट्रिना कैफ ‘लिभ इन रिलेसनसिप’मा थिए । ‘अजब प्रेमकी गजब कहानी’ फिल्मको सुटिङबाट झ्यांगिएको यी दुईको प्रेम बिहेअघि एक–अर्कालाई बुझ्ने माध्यम ‘लिभ इन रिलेसनसिप’ सम्म पुगेको थियो । मात्र ६ महिनाको बसाईबाट, सायद यी दुईले सँगै जीवन बिताउन नसकिने बुझेछन् ! हालै उनीहरुको प्रेम टुंगिएको छ । ब्रेकअपका बारेमा कतैबाट आधिकारिक भनाई नआइसकेपनि ब्रेकअपको हल्लापछि यी दुईलाई पछ्याइरहेको भारतीय मिडियाले सार्वजनिक गरेको केही प्रमाणका आधारमा यी दुईबीच ब्रेकअप भएको पक्कापक्की हुन्छ ।

उनीहरुको ब्रेकअपको प्रमाण मात्र सार्वजनिक भएको छैन, ब्रेकअपले यी दुईलाई लगाएको ‘नाफाघाटा’ पनि सार्वजनिक भएको छ । हालै एक भारतीय सञ्चारमाध्यममा सम्प्रेषित खबरअनुसार ब्रेकअपका कारण रणवीरलाई करिब ३३.६ करोड रुपैयाँ अर्थात् २१ करोड भारु घाटा लागेको छ ।

विगत ६ महिनाअघि रणवीर–क्याट्रिनाले लिभ इन रिलेसनसिपमा रहन एउटा फ्ल्याट भाडामा लिएका थिए । जसको भाडा नै मासिक १५ लाख भारु पथ्र्यो । त्यसका अलावा उनीहरुले फ्ल्याट लिनुअघि २१ करोड डिपोजिट राखेका थिए । फ्ल्याट सुविधा उपलब्ध गराउने कम्पनिको सर्तअनुसार फ्ल्याटको म्याद नाघिसकेपछि मात्र डिपोजिट फिर्ता पाइन्थ्यो । अफसोस ! फ्ल्याटको म्याद नाघ्नुअघि नै उनीहरुको ब्रेकअप भइदियो । बताइएअनुसार अब रणवीरले डिपोजिटको २१ करोड भारु चुकाउनु पर्ने बाध्यता छ ।

http://ift.tt/1YH7iEv

कोइला बोकेको ट्रकभित्र लागुऔषध बरामद,चार पक्राउ

सिरहा, माघ १४ । सिरहाको गोलबजारमा आज प्रहरीले चेकजाँचकाक्रममा कोइला बोकेको ट्रकबाट लागुऔषध बरामद गरेको छ। कोइला बोकेर पश्चिमतर्फ जादै गरेको ना.५.ख.६००८ नम्बरको ट्रकमा सवार व्यक्तिहरुको साथबाट लागुऔषध बरामद भएपछि ट्रकका चालकसहित चार जनालाई प्रहरीले नियन्त्रणमा लिएको हो।
पक्राउ पर्नेमा जिल्ला मकवानपुर हेटौडा नगरपालिका ७ बस्ने बर्ष २३ को ट्रक चालक भेष बहादुर खड्का, सोही ठाउँ बस्ने बर्ष २३ को बिजय थिङ, जिल्ला बारा निजगढ ९ बस्ने बर्ष २० को सह-चालक बिकास लामा र बर्ष २३ को मिलन तामाङ रहेका छन्।
विशेष सुचना पाएपछि इलाका प्रहरी कार्यालय गोलबजारका प्रहरी निरीक्षक सन्तोष निरौलाको कमाण्डमा खटिएको प्रहरी टोलीले पूर्वबाट कोइला लिएर आउदै गरेको उक्त ट्रकलाई आज बिहान ६ बजे गोलबजार नगरपालिका ४ स्थित राजमार्गमा रोकेर चेकजाँच गरेको थियो।
चेकजाँचकाक्रममा ट्रकभित्र लुकाईएको अवस्थामा अवस्थामा १ ग्राम ४६० मिलिग्राम ब्राउन सुगर, आठ वटा स्पास्मोप्रोक्सिवन क्याप्सुल र १५० एम्पुल लुपिजेसिक, फेनारगन र डाइजेपाम नामक ईन्जेक्सन बरामद भएको इलाका प्रहरी कार्यलाय गोलबजारले जनाएको छ।
बरामद लागुऔषधसहित ट्रक र चारैजनालाई थप अनुसन्धानकालागि इलाका प्रहरी कार्यालय गोलबजारमा राखिएको छ।

Thursday, January 28, 2016

अघोषित रुपमा खुलेको वीरगञ्ज नाका एक घण्टा खुलेर फेरि बन्द

वीरगञ्ज,माघ १५ । लामो समयदेखि बन्द रहेको मुख्य नाका वीरगन्ज–रक्सौल नाका आज बिहानदेखि खुलेको छ । पूर्ण र घोषित रुपमा नाका नखुलेपनि अघोषित रुपमा नाका खुलेको छ । धर्नामा बसेको थोरै आन्दोलनकारीले कुनै अवरोध नगरेपछि बिहान मालवाहक ट्रक आहोर दोहोर गरेका छन् । मेशिनरी लगायत विभिन्न समानहरु लोड गरिएका ५ वटा ट्रक रक्सौलबाट नेपाल प्रवेश गरेका छन् भने महिनौंदेखि बीरगंज भन्सारमा रहेको ४ वटा भारतीय खाली ट्रक रक्सौल फिर्ता गएको छ ।

धर्नास्थलमा एकजना पनि आन्दोलनकारी नभएको अवस्थामा स्थानीय व्यापारीहरुले आज बिहान एक घन्टाको लागि नाका खुलाएका हुन् । यस्तै शुक्रबार बिहान वीरगन्ज तर्फबाट पनि सातवटा भारतीय खाली ट्रक मितेरी पुलबाटै रक्सौलतर्फ लागेका छन् । शुक्रबार बिहानदेखि जीप, कार लगायतका चार पाङग्रे साना सवारी सधानका साथै टयाम्पो, रिक्सा र टाँगाहरु पनि धर्नास्थलबाटै निर्वाधरुपमा भन्सारबाट आवतजावत गरेका छन् ।

मोर्चाले भने आफूहरु नभएको मौका पारि गाडीहरु छिरेको दाबी गरेका छन् । मोर्चाले आधिकारिक रुपमा नाकाको धर्नाबारे केही नबोले पनि आन्दोलनको स्वरुप बदल्ने भन्दै मोर्चाले तयारी गरेपछि कायकर्ताले नाकामा धर्ना छाडेका हुन् । युवा गठबन्धनका अध्यक्ष इश्वर यादवको नेतृत्वमा पुगेको टालीले पुनः नाका ठप्प पारेको छ ।

भट्टराईसँग भेट होला भनेर सोचेकी पनि थिइनँ : करिस्मा

लामो नेपाली रजतपटमा एकछत्र राज गरेकी अभिनेत्री करिस्मा मानन्धर बाबुराम भट्टराई नेतृत्वको नयाँ शक्ति प्रवेश गर्दा ठूलै तरङ्ग पैदा भयो। करिस्मा र नयाँ शक्तिको समग्र गतिविधिलाई फिल्मकै दर्जा दिँदै सामाजिक सञ्जालमा खिल्ली उडाउने काम भयो। तीन दशकभन्दा बढी कलाकारितामा बिताएर सम्मानित स्थान हासिल गरेकी करिस्माको राजनीतिक भविष्य कस्तो होला? यही सेरोफेरोमा रहेर नागरिकन्युजका लागि स्मृति ढुंगानाले गरेको अन्तर्वार्ताः

तपाइँको फिल्म फागु प्रदर्शनको तयारीमा छ, फिल्म प्रवर्द्धन गर्न छाडेर एक्कासि राजनीतितिर लाग्नु भयो नि?
राजनीति र फिल्म एक अर्कासँग मेल खाँदा रहेनछन्। दुवैको लागि समय मिलाइरहेकी छु । तराईको कथावस्तुमा आधारित ‘फागु’ रिलिजको तयारीमा छ। फिल्म निर्माताको हैसियतले फिल्म प्रवद्र्धनको लागि विभिन्न कार्यक्रममा सहभागी भइरहेकै छु। राजनीति प्रवेशको सही समय आएको हुँदा म त्यतातिर लागेकी हुँ। दुवैलाई मिलाएर लगिरहेकी छु ।

कलाकारितामा यति लामो समयको अनुभव भइसकेको र निकै सम्मानित स्थान पाइसकेपछि पनि किन राजनीतितिर जान आवश्यक पर्‍यो?
पछिल्लो समय म फिल्म करियरप्रति सन्तुष्ट छैन। एक किसिमको वितृष्णा उत्पन्न भएको छ। त्यसैले दुई वर्षदेखि फिल्ममा आएका भूमिका समेत नगरी यसै बसिरहेको छु। शुभचिन्तकको लागि केही म्युजिक भिडियो भने गरेँ। फागु फिल्मको टिमसँग आवद्ध भएपछि फेरि फिल्ममा देखिएको हुँ। नेपालमा राजनैतिक अस्थिरताका कारण सबै निरास छन्। त्यसैले अरुबाट आशा गर्नुभन्दा आफैँ राजनीतितिर लागेकी हुँ।

फिल्मतिर तपाइँको उपस्थिति पातलो बन्दै गएको र आफ्नो व्यापार पनि केही नभएकाले फुर्सदको समय उपयोग गर्न नयाँ शक्तितिर लाग्नुभएको हो?
ठ्याक्कै त्यस्तै भन्न नमिल्ला। राजनीतिले सबैतिर असर गरिरहेको छ। हामीमा नेतालाई गाली गर्ने प्रवृत्ति हाबी छ। म साँच्चै डा.भट्टराईको नयाँ शक्तिबाट प्रभावित छु। उहाँको नेतृत्वमा सहभागी भएर जनताको सेवा गर्न पाउनु ठूलो कुरो हो भन्ने ठानेकी छु। फेरि हामीले सबै नेताहरुलाई हेरिसकेका छौं। एकपटक आफँैले राजनीतिको केन्द्रमै रहेर काम गर्न इच्छा लागेर आएकी हुँ।

बाबुराम भट्टराई आफैँले तपाइँलाई फोन गरेर, भेटेर अफर गरेका हुन् कि तपाइँ आफैँ म पनि आउँछु भनेर जानुभएको हो?
डा.भट्टराई र उहाँको निकट व्यक्तिहरुसँग करिव एक वर्षदेखि नियमित सम्पर्कमा थिएँ। राजनीतिमा लाग्न उहाँले नै मलाई प्रोत्साहन गर्नु भएको हो। म उहाँको सोचबाट प्रभावित भएकाले निर्णय गर्न अझ ढिला पो भयो कि जस्तो लागेको छ। नयाँ शक्तिका एजेन्डालाई लिएर पछिल्लो समय करिव तीन पटकजति भेटघाट भयो। यसलाई अफर वा पछ्याएर भन्दा पनि यस्तै भेटघाट र कुराकानीको उपजको रुपमा म नयाँ शक्तितिर लागेको भनेर बुझ्दा सही हुन्छ होला।

सोह्र हजार मान्छेको ज्यान जानेगरी भएको जनयुद्धको मुख्य योजनाकार बाबुराम भट्टराईलाई पछ्याउँदै नेता बन्छु भन्ने निर्णयमा पुग्न तपाइँलाई कति समय लाग्यो ?
पछिल्लो चुनावपछि देशमा उत्पन्न स्थितिलाई लिएर निराश भएको थिएँ। युवा जुटेर केही गर्ने सोच थियो । करिव १ वर्षको अन्योलपछि सही ठाँउ र सही सोचाई आवश्यक छ भन्ने लागेर नयाँ शक्ति प्रवेश गरेकी हुँ। त्यही एक वर्ष राजनीति भनौं वा नयाँ शक्ति प्रवेशका लागि भनौं मैले चिन्तन मनन्मा बिताए। भटराईको टोलीमा बसेर काम गरौंला भनेर कहिलै सोचेकी थिइनँ। जीवनमा भेटघाट होला भन्ने पनि ठानेकी थिइनँ। अहिले मलाई उहाँको नेतृत्वमा जनताको सेवा गर्न सक्छु भन्ने लागेको छ ।

नेता बनेर तपाइँले गर्न चाहेका योजना वा सपना के छन्?

पछिल्लो समय मैले गर्दै आएको काम अर्थात् कलाकारिताप्रति रुचि कम हुँदै गएको थियो। म सन्तुष्ट थिइनँ। फिल्म निर्देशनमा हात हालौं कि भनेर सोच्दै गर्दा फागु टिमसँग आवद्ध भएँ। अब समाजका लागि केही गर्नुपर्छ, देशका लागि केही गर्नुपर्छ भन्दा राजनीति आइहाल्दो रहेछ। हाम्रो देशमा धेरै कुराहरु राजनीति केन्द्रित छन्। त्यसैले जनताको सेवा गर्न राजनीतितिर लागेकी हुँ।

राजनीतिमा तपाइँको लक्ष्य कहाँसम्म पुग्छु भन्ने हो ? मन्त्री, प्रधानमन्त्री, राष्ट्रपति त्यस्तो केही छ?
जनताको सेवा गर्न राजनीति यात्रा सुरु गरेको हुँ। पदको लोभले राजनीतिमा नआएको हुँदा सेवा गर्न उत्साहित छु । पदको लोभ हुन्थ्यो भने धेरैअघि राजनीति सुरु गरिसक्थेँ होला। म नितान्त जनताको सेवा गर्न राजनीतिमा लागेकी हुँ।

तपाइँ नयाँ शक्तिमा प्रवेश गरेपछि फ्यानहरुले रिसाएर पोष्टर नै डिजाइन गरेर सामाजिक सञ्जालमा राखेको सम्म भेटियो। उनीहरुलाई के भन्नुहुन्छ?
त्यसरी गाली गर्नेहरु मेरा फ्यान होइनन् जस्तो लाग्छ। मेरो फ्यानहरुले मलाई गरेको प्रतिक्रिया त्यो होइन जस्तो लाग्छ। नेपाली राजनीतिमा जोडिने बित्तिकै कोही नराम्रो भयो भन्ने मिल्दैन। पछिल्लो समय नेपाली राजनीतिले सबै जनतालाई निराश बनाएको छ। सामाजिक सञ्जालमा पनि त्यही वितृष्णा देखिएको हुनुपर्छ। विस्तारै उहाँहरुले नेपाली राजनीतिलाई सम्मान गर्नुहुनेछ भन्नेमा म आशावादी छु।

अनि तपाइँको परिवार त कांग्रेस समर्थक हुन् तपाइँ बाबुरामको पार्टीको ठुलै नेताको रुपमा देखिनुभएको छ। परिवार सबै खुशी छन् त ?
घरपरिवारको साथ नभएको भए मैलेमात्र एक्लै राजनीतिमा लागेर समाज र जनताको सेवा गर्नु भनेर निर्णय गर्न सक्ने थिइन्। अहिले देशमा जातियता, संघियता र अखण्डताका विषय उठिरहेका छन्। मलाई लाग्छ हामी सबैजना सर्वप्रथम नेपाली हुनुपर्छ। म यही सोचका साथ नयाँ शक्ति प्रवेश गरेकी हुँ। मेरो यही सोचले गर्दा परिवारले समेत साथ दिएको छ। आगामी दिनमा मेरो परिवारमा राजनीतिलाई लिएर समस्या उत्पन्न हुनेछैन्। मेरो निर्णयमा श्रीमानको समर्थन पाएकी छु। मेरी आमा समेत अचेल राजनीतिक गतिविधिबारे धेरै जानकारी राख्नुहुन्छ। उहाँ आफैँ मेरो प्रिय नेता डा.भट्टराई हुनुहुन्छ। मेरो राजनीतिमा प्रवेशको खबरले आमा समेत उत्साही छिन्।

पार्टीहरुले हिरोइनलाई एउटा सो पिसको रुपमा देखाएर जनतालाई भुलभुलाईमा पार्ने प्रचलन पनि देखिएको छ । तपाइँको भूमिका चाहिँ पार्टीभित्र के हो?
अहिलेसम्म पार्टीको सिद्धान्त बुझ्नै लागिपरेको छु। नयाँ शक्तिमा लागेका मध्ये म आफ्नो भूमिकाबारे अनविज्ञ नै छु। त्यसैले पार्टीको सबै कुराहरु थाहा पाउन मलाई केही समय लाग्छ। अहिले म नयाँ नै छु। मुद्दाहरु बुझ्न, पार्टीको नीति र रणनीतिहरु थाहा पाउन गृहकार्य गर्दैछु।
-nagariknews.com/

भ्यालेन्सिया र सेभिया ‘कोपा डेल रे’को सेमिफाइनलमा

एजेन्सी,माघ १५ । भ्यालेन्सिया र सेभिल्ला स्पेनिस कोपा डेल रे फुटबलको सेमिफाइलमा प्रवेश गरेका छन् । बिहीबार राति भएको क्वाटरफाइनलको दोस्रो लेगमा लास पाल्मासलाई १–० ले हराउँदै भ्यालेन्सिया समग्रमा २–१ को जितसहित सेमिफाइनलमा प्रवेश गरेको हो । पहिलो लेगमा भ्यालेसिन्या र लास पाल्मासले १–१ गोलको बराबरी खेलेका थिए । गएराति भएको अर्को खेलमा मिरान्डेसलाई ३–० ले हराएको सेभिया समग्रमा ५–० को जितसहित सेमिफाइलनमा प्रवेश गरेको छ । क्वाटरफाइनलको पहिलो लेगमा सेभिल्ला २–० ले विजयी भएको थियो ।

भ्यालेन्सियाले सन् २००८ मा कोपा डेल रेको उपाधि जितेको थियो । यस्तै बिहीबार राति नै भएको अर्को खेलमा मिरान्डेसलाइृ ३–० ले हराएको सेभिल्ला समग्रमा ५–० को जितसहित सेमिफाइलनमा प्रवेश गरेको छ । क्वाटरफाइनलको पहिलो लेगमा सेभिल्ला २–० ले विजयी भएको थियो । बार्सिलोना र सेल्टा डी भिगो यस अघि नै अन्तिम चारमा प्रवेश गरिसकेका छन् । शुक्रबार सेमिफाइनलको ड्र सार्वजनिक हुनेछ ।

पहिरोका कारण मुग्लिन–नारायणगढ सडक खण्ड अवरुद्ध

काठमाडौं,माघ १५ । मुग्लिन–नारायणगढ सडक खण्ड अवरुद्ध भएको छ । अचानक खसेको सुख्खा पहिरोले गएरातीदेखि सडक अवरुद्ध बनेको हो । पहिरोको कारण पूर्वपश्चिम राजमार्गअन्तर्गत पूर्वबाट आएका लामो दूरीका यातायात साधन शुक्रवार बिहानदेखि हेटौँडा त्रिभुवन राजपथ हुँदै काठमाडौँतर्फ पठाउन थालिएको छ। चितवनको मुग्लिन र अन्य स्थानमा गएको पहिरोबाट बन्द भएको कारण त्रिभुवन राजपथ हुँदै काठमाडौँतर्फ प्रस्थान गर्न थालेको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ।

गएराति ९ बजे खसेको पहिरोका कारण अति व्यस्त सडक अवरुद्ध हुँदा हजारौ यात्रु अलपत्र परेका छन् । धादिङ र चितवनसम्म गाडीको जाम भएको छ । प्रहरीका अनुसार राति अबेरसम्म पनि पहिरो खस्ने क्रम जारी रहेकाले बाटो खुलाउने प्रयास भएपनि खुल्न सकेको छैन ।

अहिले डोजर पहिलो नजिक पुगेपनि बाटो खोल्ने काम गर्न सकिएको छैन । सडक अवरुद्ध हुँदा चितवनबाट पोखरा–काठमाडौं जाने र आउने सवारी साधन बीच बाटोमै अलपत्रमा परेका छन् ।

नयाँ शक्तिका अनुहार : ग्रीन कार्ड होल्डरदेखि थाकेका र राज्यकोष लुटेकाहरुसम्म

काठमाडौं,माघ १५ । डा. बाबुराम भट्टराईले नयाँ शक्तिको अन्तरिम परिषद्मा राखेका अधिकांश व्यक्ति विगतमा विभिन्न उच्च सरकारी निकायमा रहेर मुलुकको ढुकटी दोहन गरेका व्यक्ति नै हुन् । उनीहरु विभिन्न दल चाहर्दै थाकेका, अघाएका व्यक्ति भन्दै सार्वजनिक रुमपा नै आलोचना सुरु भएको छ ।
नयाँ शक्तिका मूल अभियन्ता नै रहेका डा. भट्टराई आफैं परिक्षण भइसकेका व्यक्ति हुन् । उनले विगतमा केही राम्रा काम गरे भन्ने आधारमा उनलाई नयाँ मान्न सकिँदैन । काठमाडौं उपत्यकाको सडक विस्तारको विषयमा उनलाई निमित्त कारण मान्न सकिन्छ, त्योबाहेक सबै विभाग र निकायले त्यसमा भूमिका निभाएका थिए । भौतिक पूर्वाधार तथा यातायात मन्त्री रहेका टोपबहादुर रायमाझी र हृदयेश त्रिपाठीको भूमिका मासेर डा. भट्टराईले मात्रै सबै थोक गरेका थिए भन्ने मान्न नसकिने भन्दै धेरैले नयाँ शक्तिको उठान नै गलत र तर्क संगत नभएको बताएका छन् ।
डा. भट्टराईले गत आइतबार नयाँ शक्तिको अन्तरिम परिषद् घोषणा गरेका छन् । त्यसमा राखिएका नाम र उनीहरुको विगत र वर्तमान हेर्दा उनीहरु कुनै नयाँ अनुहार होइनन् । २०४६ सालपछि राज्यका विभिन्न निकायमा बसेर राज्यकोष दोहन गरेका, गैरसरकारी संस्था चलाएर कमाउ धन्दा गरेका र जनताको नाममा ‘वरको सिन्को पर’ समेत नसारेका व्यक्तिहरु नै रहेका छन् ।
डिभी र पिआरधारी
डा. भट्टराईले अन्तरिम परिषद् भन्दै बनाएको नयाँ शक्तिमा रहेकाहरु डिभी र पिआरधारीदेखि भारतीय चलचित्रको व्यापार गर्नेहरु रहेका छन् । यस्तै, गैरसकारी संस्था चलाउनेदेखि राज्यका विभिन्न निकायमा बसेर कमाउ धन्दा चलाएकाहरु कालो धनलाई सेतो बनाउन राजनीतिक आवरण खोजेका व्यक्ति छन् । अशोक शर्मा नेपालमा भारतीय चलचित्रको खुलाबजार विस्तार गर्न लागेका व्यक्ति हुन् । उनले नेपाली निर्मातालाई डुबाएर भारतीयहरुको ताबेदारी गर्ने गर्दछन् । काठमाडौँका ठूला भनिएका चलचित्र घरमा नेपाली चलचित्र लाग्न नदिने र लगाई हालेपनि नचलेको भन्दै उतार्न लगाउने विशेष योग्यता उनको रहेको छ ।
नायिका करिश्मा मानन्धर अमेरिकाको ग्रीन कार्ड होल्डर हुन् । उनलाई नेपालको चिन्ताभन्दा पनि अमेरिकाको नै बढी चिन्ता हुने गर्दछ । अमेरिकी नागरिकले नेपालको हितमा काम गर्छ भन्ने कुरा पत्याउन नसकिने भन्दै आलोचना सुरु भएको छ । ‘बाबुसाहेव’ नामक चलचित्रमा नराम्ररी डुबेपछि पति विनोद मानन्धरलाई रुवाएर उनी अमेरिका भासिएकी थिइन् । यस्तै, नयाँ शक्तिका अर्का अभियन्ता भनिएका सरोज खनाल पनि अमेरिकाको ग्रीन कार्ड होल्डर व्यक्ति हुन् । अमेरिकाको बेकरी पसलमा काम गर्दा गर्दै ग्रीन कार्ड लिएका खनालले नेपालको हित नगर्ने भन्दै चलचित्र क्षेत्रमा नै उनको आलोचना भएको छ ।
राज्यकोषमा दोहन गर्नेहरु पनि
नयाँ शक्तिको अन्तरिम परिषद्मा रहेका रामेश्वर खनाल नक्कली भ्याट बिलमा फसेका व्यापारी तथा अवैध धन्दा गर्नेलाई चोख्याउने मध्येका एक हुन् । कृष्णहरि बास्कोटा र खनालले नक्कली धन्दा गर्ने र फर्जी भ्याट बिल बनाउनेलाई छुट दिएर करोडौं कमाएको भन्दै अहिलेसम्म पनि अर्थ मन्त्रालयमा चर्चा हुने गरेको छ । खनालले तीन हाजर बढी व्यापारीलाई नक्कली भ्याट बिल प्रकरणमा उन्मुक्ति दिएका थिए । सधैं नेपाली काँग्रेसको नजिक रहेर राज्यकोषबाट तर मारेका खनालसँग कुन विचार छ, कुन योजना र कुन सिद्धान्त छ त ? चौतर्फी प्रश्न गर्न थाविलएको छ । अर्थमन्त्रायका एक उच्च अधिकारी कालोलाई सेतो र सेतोलाई कालो बनाउने क्षमता मात्रै उनीसँग रहेको बताउँछन् ।

यस्तै, हरेराम कोइराला ऊर्जा मन्त्रालयमा बसेर ऊर्जा दलालको भलाइमा काम गरेका व्यक्ति हुन् । माथिल्लो ‘त्रिशुली थ्री ए’को क्षमता बढाउन उनले राम्रै जोडबल गरेका थिए । त्यसबापत रु पाँच अर्ब लिने उनको योजना थियो । उनी ऊर्जा सचिव हुँदा ऊर्जा क्षेत्रमा सबैभन्दा बढी वेथिति भित्रिएको थियो । भारतीय दलाल र कमिसनखोरहरुलाई नेपालको जलस्रोत सुम्पनमा उनको ठूलो हात रहेको ऊर्जा मन्त्रालयका उच्च अधिकारी आज पनि स्मरण गर्छन् ।
यस्तै, प्रवीण मिश्र स्वास्थ्य तथा जनसंख्या मन्त्रालयमा रहँदा उनले गरेको भ्रष्टाचार र अनियमितताको खात हेर्न टंगालमा रहेको अख्तियार दुरुपयोग अनुसन्धान आयोग पुगे हुन्छ । नक्कली औषधिको बिल बनाउनेदेखि नेपाली औषधि उद्योगलाई डुबाउने योग्यता नै उनको प्रमुख सम्पति हो ।
गणेशराज राई नेपाल प्रहरीका उच्च अधिकारी हुन् । उनले सडकमा बस्ने ट्राफिक प्रहरीसँग सेटिङ मिलाएर घुस खाने गरेको आरोप उतिबेलै लागेको थियो । यातायात मजदुर तथा व्यावसायीलाई रुवाएर कमाउ धन्दा गर्ने र आफूभन्दा माथि रहेकाको चाकडी गर्ने उनको राम्रो योग्यता नेपाल प्रहरीमा चर्चा हुने गरेको छ ।
कमला हेम्चुरी, चैतन्य सुब्बा, दुर्गा सोब, पासाङ शेर्पा यस्ता व्यक्ति हुन् जसमाथि गैरसकारी संस्था चलाएर मुलुकलाई खोक्रो बनाएको आरोप लाग्दै आएको छ । उनीहरु जनताभन्दा पनि दातालाई रिझाउन सक्ने काममा विशेष दक्षता राख्छन् ।
दुई मुलुकको नागरिकता धारी पनि
दुईवटा नागरिकता बोकेको भन्दै एमालेभित्रै आलोचना भएपछि एमाओवादी छिरेका र हाल भट्टराईको मधेस कमाण्डर भनिएका रामचन्द्र झाको बारेमा थप जान्न चाहँदा रघुवीर महासेठलाई सोध्दा हुने धनुषावासीको धारणा छ । भारत र नेपालको दुई वटै नागरिकता बोकेर हिँड्ने उनको योग्यताका बारेमा प्रचण्डलाई भन्दा बढी डा. भट्टराई नै जानकार रहेको धनुषाका माओवादीको तर्क छ ।
मोहनी महर्जन, ऋषवदेव भट्टराईको कुनै राजनीतिक क्षमता छैन भने कमला हेम्चुरीको एनजिओ चलाएको राम्रो अनुभव छ । केशव दाहाल, टीका गौचनलाई समाजले राम्रो नमान्ने बताइन्छ । डम्बर खतिवडा पूर्व माले हुन् । एमालेमा नअटाएका खतिवडा पछिल्लो समय ब्लग लेखेर बसेका थिए ।
तिलक थापामगर, दलमर्दन कामी, नत्थुप्रसाद चौधरीलाई कसैले चिन्दैन भने पूर्वमाओवादी देवेन्द्र पौडलले युद्धकालमा सुन लुकाएको आरोपबाट आजसम्म सफाई पाएका छैनन् । नयाँ शक्तिको अन्तरिम परिषद्मा राखिएका नारायण पाण्डे, मदन राई, मनप्रसाद सुनुवार, वज्रकिशोर यादव विसन राई, डा. सुरेन्द्र चौधरीको कुनै योग्यता र क्षमता नभएको स्वयं रामेश्वर खनालको भनाइ छ । आजको जनआह्वान साप्ताहिकमा खबर छ ।

परियोजना छनोट गर्न नसक्दा अनुदान कटौती

काठमाडौ‌,माघ १५ । नेपालले पूर्वाधार निर्माणका परियोजना प्रस्ताव गर्न नसक्दा चीन सरकारले यसअघि घोषित अनुदान रकमबाटै पेट्रोल अनुदानको हिसाबकिताब मिलाउने भएको छ।  चीनले यसअघि पूर्वाधार निर्माणमा खर्च गर्ने गरी नेपाललाई १२ अर्ब ८० करोड रुपैयाँ अनुदान घोषणा गरेको थियो।

उक्त रकम यी यी परियोजनामा खर्चने भनी नेपालले चीनसमक्ष प्रस्ताव गर्न नसक्दा यस्तो परिस्थिति आएको हो।  भारतीय नाकाबन्दीका बेला चीनले अनुदानबापत दिएको १३ लाख लितटर तेलको रकम पूर्वघोषित अनुदानबाट कटौती गर्ने चीनले जानकारी दिएको हो। भारतको अघोषित नाकाबन्दीपछि तेल अभाव हुँदा सरकारी पहलमा चीनले नेपाललाई १३ लाख लिटर पेट्रोल दिएको थियो नागरिक दैनिकमा समाचार छ।

पति–पत्नी झगडा गरे जरिवाना!

ओखलढुंगा, माघ १५ ।  पतिपत्नीबीच बादविवाद भइरहन्छ। घरायसी विषयमा प्राय ठाकठुक पर्छ। त्यसो हुँदा छिमेकीलाई डिस्टर्व त हुँदैन? त्यस्तो हो भने ओखलढुंगाको मोली–८, नेपानेको आमा समूहले भने जरिवाना गर्न थालेको छ। कान्तिपुर दैनिकमा समाचार छ।

आपसी झगडाले छिमेकीलाई असर ग¥यो भने १५ सय जरिवाना लिने गरेका हुन्। १ वर्ष अघिदेखि जरिवानाको नियम बनाइएको हो। हालसम्म ५ जनाले कारबाही भोगिसकेका छन्। लालीगुराँस आमा समूहमा ३० भन्दा बढी सदस्य आबद्ध छन्।

‘यी महिलाले हामीलाई जरिवाना गरेर के नै गर्न सक्छन् र भनेर कतिपयले खिल्ली पनि उडाउने गरेका छन्, समूहकी पुष्पकला राईले भनिन्,‘तर केही न केही सुधार हुने र महिलाले पनि आफ्नो अधिकारको कुरा बुझ्न थालेका छन्।’
समूहले सुरुमा मासिक ५ रुपैयाँबाट थालेको बचत कार्यक्रम हाल ५० रुपैयाँ पुगेको छ।

सोनिसलार्इ संसारले चिन्यो, सरकारले चिनेन

काठमाडौं, माघ १५ ।  भूकम्पको २२ घन्टापछि आफ्नै घरको भग्नावशेषबाट निकालिएका चार महिनाका सोनिस अवाल विश्वप्रसिद्ध भए। तर, नक्कली भूकम्पपीडितलाई रकम दिने सरकारले अवाल परिवारसँग घर भत्किएको प्रमाण मागिरहेको छ। प्रमाण नपुग्दा अवाल परिवारले राहत पाउन सकेको छैन। नयाँ पत्रिका दैनिकमा समाचार छ।

सरकारी राहत लिन योग्यता पुगेन

१२ वैशाख ०७२ मा बारपाक केन्द्र बनाएर आएको भुइँचालोले भक्तपुर दरबार क्षेत्र ध्वस्त बनायो । मूलढोकाछेउमै रहेको श्याम अवालको घर छिनमै धुलो भयो । ट्रकड्राइभर श्याम ड्युटीमै थिए, श्रीमती रश्मिला पसल गएकी थिइन्। नौ वर्षकी सोनिया र चार महिनाका सोनिस भग्नावशेषमा पुरिए। दुई घन्टापछि सोनियाको उद्धार भयो, तर २२ घन्टासम्म घरको भग्नावशेषभित्र पुरिएका सोनिसको जीवितै उद्धार भयो।

अवाल परिवारको खुसीमा विश्व नै चकित भयो। तर, दुर्भाग्य १ नक्कली भूकम्पपीडितलाई रकम दिने सरकारले अवाल परिवारसाग घर भत्किएको प्रमाण मागिरहेको छ। प्रमाण जुटाउन नसक्दा अवाल परिवारले राहत पाउन सकेको छैन । ‘भूकम्पले घर ध्वस्तै भयो। बनाउन पैसा छैन। डेरामा छौँ। तर, खर्च कसरी चलाउने रु भूकम्पपीडितका नाममा सबैले राहत पाए । तर, हामीले पाएनौँ,’ भक्तपुर ब्यासीको महाकालीस्थानस्थित साँघुरो कोठामा भेटिएकी सोनिसकी आमा रश्मिलाले भनिन्।

सरकारले माग्यो लालपुर्जा, तर अवाल परिवारसँग छैन

सरकारले लालपुर्जाकै आधारमा भूकम्पपीडित परिचयपत्र दिने गरेको छ। लालपुर्जा नभएपछि उनीहरूको घर थियो भन्ने नै प्रमाण जुटेन। घर थियो भन्ने प्रमाण नभएपछि भत्कियो भनेर राहत दिन नमिल्ने स्थानीय प्रशासनको जिकिर छ । यत्रो प्राकृतिक विपत्तिमा परेको परिवारको घर भत्किएको देख्दादेख्दै पनि सरकारले लालपुर्जालाई मात्र आधार बनाउन खोजेको छ । ‘लालपुर्जा भएकालाई मात्रै परिचयपत्र दिने रहेछ । हामीसँग पुर्जा नै छैन । पुस्तौँ बित्यो यही ठाउँमा बसेको । तर, बाउबाजे कसैले पनि पुर्जा बनाएका थिएनन् । त्यसको मारमा हामी पर्‍यौँ । अब के गर्ने केही थाहा छैन,’ रश्मिलाले भनिन् ।

नक्कली पीडितले पाए, सक्कलीको बेहाल

सरकारले भूकम्पपीडित परिचयपत्रका आधारमा प्रत्येक परिवारलाई पहिलो चरणमा १५–१५ हजार वितरण गरिसकेको छ भने न्यानो राहत भन्दै दोस्रो चरणमा १०–१० हजार बााडिरहेको छ । तर, भूकम्पपीडितको परिचयपत्र नभएकाले अवाल परिवारले राहत पाएन । वास्तविक पीडितभन्दा पनि नक्कली पीडितहरूले सरकारी राहत पाएको भेटिएको छ ।

तर, अवाल परिवार भने वञ्चित छ । ‘भूकम्प गएको १० महिना बितिसक्यो । तर, हामीसँग परिचयपत्र छैन । परिचयपत्र भएकालाई मात्रै राहत दिने रहेछ। हामीसँग नभएकाले पाएनौँ । नक्कली भूकम्पपीडितले समेत राहत लिएको मैले देखेँ । हामी वास्तविक पीडितले नपाउँदा साह्रै दुस्ख लागेको छ,’ रश्मिलाले भनिन् ।

स्थानीय निर्वाचनको तयारी शून्य, हल्ला बढी

काठमाडौं,माघ १५  ।  काठमाडौं । सरकार स्थानीय निर्वाचन गराउन राजनीतिक सहमति जुटाउने पक्षमा क्रियाशिल देखिएको छैन । सत्तारुढ दलबीच सामान्य छलफल भए पनि ठोस निर्णय लिन सकेको छैन । ‘स्थानीय निर्वाचनका लागि सत्तारुढ दलबीच अहिलेसम्म तीनपटक जति छलफल भएको छ, तर ठोस निर्णय आएको छैन’, स्थानीय विकासमन्त्री थापाले भनेको समाचार नयाँ पत्रिकाले छापेको छ ।

सरकार स्थानीय निकाय निर्वाचन गर्ने कि धारा २९५ अनुसार आयोग गठन गरेर जाने भन्नेमा प्रष्ट हुन सकेको छैन । ‘अहिले स्थानीय निकाय निर्वाचन पहिला कि संघीयता कार्यान्वयन पहिला भन्ने प्रश्न उठेको छ, तर स्थानीय निकायको निर्वाचन संक्रमणकालीन व्यवस्थाअनुसार अहिलेकै संरचनामा गर्नुपर्छ, सरकार त्यसैको तयारीमा छ’, मन्त्री थापाले भने ।

संविधानको संक्रमणकालीन व्यवस्थाको आधार ३०३ अनुसार अहिलेकै संरचनामा दुई बर्षका लागि अन्तरिमकालीन निर्वाचन गर्ने सोच सरकारले बनाएको छ ।

निर्वाचन आयोगलाई स्थानीय निर्वाचनका लागि निर्वाचन मिति तय भएपछि जम्माजम्मी १ सय २० दिन आवश्यक हुन्छ । त्यस्तो अवस्थामा दलहरुबीच भएको अनौपचारिक सहमतिअनुसार संविधान जारी भएको ६ महिनाभित्र स्थानीय निर्वाचन हुन सम्भव छैन । संविधान जारी भएको ६ महिना पुग्न दुई महिना बाँकी हुँदा संविधानको कुन धाराअनुसार निर्वाचन गर्ने ? प्रष्ट हुन सकेको छैन ।

प्रधानमन्त्रीको भारत भ्रमण तीन साताभित्रै

काठमाडौं,माघ १५ ।  भारतले प्रधानमन्त्री केपी शर्मा ओलीको दिल्ली भ्रमण तय भएको जनाएको छ । नाकाबन्दी नहटेसम्म भ्रमणमा नजाने प्रधानमन्त्री ओलीको भनाई सार्वजनिक भइरहेका बेला भारतीय विदेश मन्त्रालयले ओली भारत भ्रमणमा आउने खबर पाएको बताएको समाचार राजधानी दैनिकले छापेको छ ।

भारतीय विदेश मन्त्रालयमा बिहीबार आयोजित नियमित पत्रकार सम्मेलनमा प्रवक्ता विकास स्वरुपले प्रधानमन्त्री ओलीको भारत भ्रमण तय भएको जानकारी दिएको भारतीय सञ्चार माध्यम इन्डियन एक्सप्रेसले जनाएको छ । ‘तपाईँहरुलाई थाहा नै छ, भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले ओली प्रधानमन्त्री बन्दा पनि निम्तो दिइएको हो । अब हामीलाई बताइएको छ कि नेपालका प्रधानमन्त्री भारतको भ्रमणमा आउनुहुनेछ’, भारतीय विदेश मन्त्रालयका प्रवक्ता स्वरुपले भने, ‘मिति भने कुटनीतिक माध्यममार्फत तय गरिनेछ ।’

दिल्लीलाई प्रश्नः नेपालका विखण्डनकारीलाई किन स्वागत गरेको ?

काठमाडौं,माघ १५ ।  भारतले नेपालमा पृथक्तावादी आन्दोलन गरिरहेका केही व्यक्तिलाई आन्दोलन निमन्त्रणा गरेर नेपालमा विरोधाभास सन्देश दिन नखोजेको स्पष्ट पारेको छ। नेपालका सबै राजनीतिक दलका नेतासँग कुनै एकको पक्ष नलिएको समेत दाबी गरेको छ । बिहीवार भारतीय विदेशमन्त्रालयमा आयोजित साप्ताहिक पत्रकार सम्मेलनमा प्रवक्ता विकास स्वरुपले भने,‘हामीले कुनै विरोधाभासपूर्ण सन्देश दिएका छैनौँ, नेपालमा कुनै एकको पक्ष लिएका पनि छैनौँ।’

पत्रकार सम्मेलनमा तपाईले नेपालमा भएको संविधान संशोधनको स्वागत गर्नुभयो र केही नेपाली नेतालाई भारतमा स्वागत गर्नु भयो जसमा पृथक्तावादी आन्दोलन गरिरहेका व्यक्तिसमेत छन्, किन कन्फ्लिक्टिङ म्यासेज दिन खोजिएको? भन्ने प्रश्न गर्दा प्रवक्ता स्वरुप चलाखीपूर्ण उत्तर दिएर पन्छिए।

उनले नेपालमा पृथक्तावादी, आन्दोलन गरिरहेका व्यक्ति र तिनको भारत भ्रमणका सवालमा झन् एक शब्द बोलेनन् । नागरिक दैनिकमा समाचार छ।

नेपालको विजयी सुरुवात, न्युजिल्याण्ड ३२ रनले पराजित

काठमाडौं,माघ १४  । बंगालदेशमा जारी आईसीसी यु १९ विश्वकप क्रिकेट प्रतियोगितामा नेपालले विजयी सुरुवात गरेको छ ।  बिहीबार भएको पहिलो खेलमा नेपालले बलियो प्रतिद्वन्द्वी न्यूजिल्यान्डलाई ३२ रनले पराजित  गरेको छ ।  पहिले ब्याटिङ गर्दै नेपालले दिएको २३९ रनको चुनौती पछ्याएको न्यूजिल्यान्ड सबै विकेट गुमाउँदै ४७.१ ओभरमा २०६ रनमै सीमित भएपछि नेपालले सहज जित दर्ता गरेको हो ।  नेपालका स्पिनरहरु चम्केपछि न्यूजिल्याण्डको ब्याटिङ धराशयी बन्यो । नेपालका दीपेन्द्र सिंह ऐरीले ३ विकेट, प्रेम तामाङले २ तथा सुनिल धमला, सन्दीप लामिछानेले एक–१ विकेट लिएका थिए ।

नेपालका लागि पहिलो विकेट सन्दिप लामिछानेले रचिन रविन्द्रलाई रन आउट बनाएका थिए । दोस्रो विकेट धमलाले लिएका थिए । उनले फिन एलेनलाई ११ रनमै आउट बनाएका हुन् । नेपालका लागि प्रेम तामाङले तेस्रो र चौंथो विकेट लिएका थिए । उनले ६० बलमा ३७ रन बनाएका जोश फिन्नी र ६८ बलमा ५२ रन बनाएका फिलिप्सलाई आउट बनाएका हुन् ।

पाचौं विकेटमा कुशल भुर्तेलले क्रिश्टियन लियोपार्डलाई रन आउट बनाएका हुन् । यस्तै छैठौं विकेटमा सन्दिप लामिछानेले ४४ बलमा १५ रन बनाएका जोश क्लाकर्शनलाई, सातौं आठौं र नवौं विकेट दिपेन्द्र सिंह ऐरीले लिए । अन्तिम विकेट आरिफ शेखले लिए । यसअघि नेपालले निर्धारित ओभरमा सात विकेट गुमाएर २ सय ३८ रन बनाएको थियो ।

नेपालका नेपालका नेपालका लागि कप्तान राजु रिजालले सर्वाधिक ४८ रनको योगदान दिए । उनले ६५ बल खेल्दा ६ चौका प्रहार गरेका थिए । आरिफ सेखले ६० बलमा ३९ बनाए । उनको इनिङमा ३ चौका सामेल थियो । राजविर सिंह ३८ बलमा २४ रन बनाएर आउट भए । सुनिल धमला १५, योगेन्द्र सिंह कार्की ६ आउट भए । राजवीर सिंह, दिपेन्द्र ऐरी र कुशल भुर्तेलले पनि महत्वपूर्ण रन बटुले । उनीहरुले क्रमशः २४, १६ र ३५ को योगदान दिए ।

क्रान्तिकारी भाषण ठोक्ने‘सर्वाहारा’ नेता विप्लवकी छोरीको लाखौं खर्चर विहे

काठमाडौं,माघ १४ । नेपाली कम्युनिष्ट आन्दोलनमा आफूलाई सबैभन्दा ‘क्रान्तिकारी’ ठान्ने एक नेताले आफ्नो छोरीको विहेमा लाखौंको खर्च गरेका छन् । विप्लबले आफ्नो छोरीलाई सुनैसुनले छपक्कै बनाएर सम्पन्नशाली परिवार भन्दा पनि ठूला देखिने विवाह गरेका छन् । विप्लवले छोरी सन्जु चन्दको सुनसरी निवासी विनोद लुईंलेटसँग छोरीको विवाह गराएका छन् । लुईंटेल नेकपा माओवादीसम्बद्ध अखिल क्रान्तिकारी अस्कलका अध्यक्ष हुन् । विप्लवका परिवार तथा नजिकका आफन्तहरुको उपस्थितिमा विवाह भएको थियो ।

नारायणकाजीको राजिनामा अस्वीकृत,प्रचण्डको थाइल्याण्ड भ्रमण स्थगित

काठमाडौं,माघ १४ । एमाओवादीले गठन गरेको सरकार सञ्चालन समन्वय तथा सहयोग समितिको संयोजकबाट उपाध्यक्ष नारायणकाजी श्रेष्ठले बुझाएको राजिनामा स्थायी समितिले अस्वीकृत गरेको छ । अध्यक्ष प्रचण्ड निवास लाजिम्पाटमा बिहिबार बिहान पार्टी बसेको स्थायी समिति तथा पार्टीका मन्त्रीहरुको संयुक्त बैठकले श्रेष्ठको राजीनामा अस्वीकृत गरेको हो ।

स्थायी समितिको आग्रहमा श्रेष्ठले राजीनामा फिर्ता लिएको जानकारी दिँदै अब सरकार सञ्चालनको काम प्रभावकारी ढंगले गर्ने प्रतिबद्धता व्यक्त गरे । त्यस्तै अध्यक्ष प्रचण्डको थाइल्याण्ड भ्रमण स्थगित भएको छ । पार्टी संगठनको कामको व्यस्तता र मधेसमा आन्दोलनरत पक्षहरुसँग थप छलफल गर्नुपर्ने भएकाले अध्यक्षको भ्रमण स्थगित भएको हो ।

अध्यक्ष प्रचण्डले बैंककमा उपचाररत पार्टीका सचिव वर्षमान पुन अनन्तको स्वास्थ्यको बारेमा थप जानकारी लिन र उहाँलाई नेपाल ल्याउने बिषयमा त्याहाँस्थित चिकित्सकहरुसँग छलफल गर्न बैंकक जाने कार्यक्रम रहेको थियो ।

Wednesday, January 27, 2016

नेपालद्वारा न्युजिल्याण्डसामू २ सय ३९ रनको चुनौती

काठमाडौं,माघ १४ । बंगलादेशमा चलिरहेको १९ वर्षमुनिको आइसिसी विश्वकप क्रिकेटमा समूह डी मा रहेको नेपालले न्युजिल्याण्डसामू २ सय ३९ रनको लक्ष्य दिएको छ । बंगलादशेको फतुल्लाहमा रहेको खान साहेब ओसमान अली रंगशालामा टस हारेर पहिलो ब्याटिङ गरेको नेपालले निर्धारित ५० ओभर खेलेर सात विकेट गुमाउदै २३८ रन बटुलेको हो ।

नेपालका लागि कप्तान राजु रिजालले सर्वाधिक ४८ रनको योगदान दिए । उनले ६५ बल खेल्दा ६ चौका प्रहार गरेका थिए । आरिफ सेखले ६० बलमा ३९ बनाए । उनको इनिङमा ३ चौका सामेल थियो । राजविर सिंह ३८ बलमा २४ रन बनाएर आउट भए । सुनिल धमला १५, योगेन्द्र सिंह कार्की ६ आउट भए । राजवीर सिंह, दिपेन्द्र ऐरी र कुशल भुर्तेलले पनि महत्वपूर्ण रन बटुले । उनीहरुले क्रमशः २४, १६ र ३५ को योगदान दिएका छन् । न्युजिल्याण्डका नाथन स्मिथले तीन, क्रिष्टियन लियोपार्ड, अनिकेट पारिख, रचिन रविन्द्र तथा जोस फिन्नीले समान एक एक विकेट लिए ।

सामाजिक सुरक्षा कोषको नाममा संकलन गरिएको १५ अर्ब विनाकाम झ्वाम

काठमाडौं,माघ १४ । सामाजिक सुरक्षा कोषको नाममा संकलन गरिएको झन्डै १५ अर्ब रुपैयाँ विनाकाम सकिएको छ। सञ्चालनमा आएको ६ वर्षभन्दा बढी समय बितिसक्दा पनि कोषको रकम लक्ष्यअनुसार नभई आफूखुसी खर्च गरिँदै आएको हो।

राजधानी दैनिकमा समाचार छ-कोषका कार्यकारी निर्देशक राजु थापाले कोष सञ्चालनमा आएको आधा दशकभन्दा बढी समय बितिसके पनि हालसम्म कोषको रकम परिचालन सम्बन्धी कुनै पनि काम आफैले गर्न नपाएको बताए। कोष सञ्चालनमा आएपनि त्यससम्बन्धी ऐन÷नियमको व्यवस्था नहुँदा त्यस्तो समस्या आएको उनको भनाई छ।

सरकारले आर्थिक वर्ष २०६६-६७ देखि सामाजिक सुरक्षा कोषको नाममा रोजगारीबाट पारिश्रमिक प्राप्त गर्ने कर्मचारी तथा कामदारबाट मासिक पारिश्रमिक भुम्तानीमा १ प्रतिशतका दरले समाजिक सुरक्षा कर कट्टी गर्दै आएको छ।
रोजगारी गर्ने व्यक्तिलाई कुनै अप्ठ्यारो परे त्यस्ता व्यक्तिको सहयोगका लागि कोषको अबधारणाा आएको हो।

बार्सिलोना सेमिफाइनलमा,एथ्लेटिको बाहिरियो

एजेन्सी,माघ १४ । एथ्लेटिक बिल्बाओलाई पराजित गर्दै बार्सिलोना स्पेनिस कोपा डेल रे फुटबल प्रतियोगिताको सेमिफाइलमा प्रवेश गरेको छ । बुधबार राति भएको क्वाटरफाइलनको दोस्रो लेगमा एथ्लेटिको बिल्बाओलाई ३–१ ले हराएको बार्सिलोना समग्रमा ५–२ को जितसहित सेमिफाइलमा प्रवेश गरेको हो । पहिलो लेगमा बार्सिलोना २–१ ले विजयी भएको थियो ।

बुधबार रातिको खेलमा १२ औं मिनेटमा इनाकी विलियम्सले दिलाएको सुरुवाती अग्रता जोगाउन नसक्दा एथ्लेटिको बिल्बाओ पराजित भयो । खेलको दोस्रो हाफमा लुइस सुवारेजले गोल गर्दै बार्सिलोनालाई खेलमा बराबरीमा ल्याए । त्यसपछि जेरार्ड पिके र नेयमारले एक–एक गोल थप्दै बार्सिलोनाको जीत सुनिश्चित गरे । उता, सन् २०१३ को विजेता एथ्लेटिको म्याड्रिड भने सेल्टाभिगोसँग ३–२ ले पराजित हुँदै प्रतियोगिताबाट बाहिरिन पुग्यो ।

पहिलो लेगमा यी दुई टिमले गोल रहित बराबरी खेलेका थिए । सेल्टा भिगोका लागि पाब्लो हर्नान्डेजले दुई तथा जोन गाइडेटीले एक गोल गरे । एथ्लेटिको मड्रिडका लागि एन्टोनी ग्रिजम्यान र एन्जेल कोरियाले एक एक गोल गरे । बिहिबार भ्यालेन्सियाले लास पाल्मास र सेभियाले मिरान्डेजसँग खेल्नेछ ।

अख्तियारले दिँदै दिएन लाउडाको फाइल

काठमाडौं,माघ १४ । कुनै बेला निकै चर्चित रहेको लाउडा घोटाला काण्डसँग सम्वन्धित एउटा विवरण सर्बोच्च अदालत पठाउन अख्तियार दुरुपयोग अनुसन्धान आयोगले अटेर गरेको पाइएको छ। त्यस्तो विवरण पठाउन दिइएको आदेश महिनौं बितिसक्दा पनि अख्तियारले अटेर गरिरहँदा मुद्दा किनारा लगाउन ढिलाइ भइरहेको सर्बोच्च अदालतका कर्मचारीहरुले बताएका छन् ।

अष्ट्रियाको लाउडा कम्पनीसँग जहाज भाडामा लिन गरेको विषयलाई लिएर नेपाली कांग्रेसका नेता गिरिजाप्रसाद कोइराला नेतृत्वको सरकारले ठूलो भ्रष्टाचार गरेको आरोप लगाइएको थियो । सोबमोजिम अख्तियार दुरुपयोग अनुसन्धान आयोगले तत्कालीन नागरिक उड्डयनमन्त्री तारिणीदत्त चटौत, वायु सेवा निगमका तत्कालीन कार्यवाहक अध्यक्ष हरिभक्त श्रेष्ठ, सञ्चालक सदस्यहरु तीर्थलाल श्रेष्ठ, सिद्धराज जोशी, गौरीनाथ शर्मा, विभागका कामु निर्देशक रामराज उपाध्यायसहितलाई प्रतिवादी बनाई भ्रष्टाचारको मुद्दा दायर गरेको थियो ।

अख्तियारले लाउडा कम्पनीसँग जहाज भाडामा लिँदा ३८ करोड ९७ लाख ६७ हजार ३१ रुपैयाँ निगमलाई हानी–नोक्सानी भएको दाबी गर्दै सो रकम उनीहरुबाट उठाउनुपर्ने अभियोग–पत्रमा माग गरिएको थियो । आजको नेपाल समाचारपत्रमा दैनिकमा खबर छ ।

कानुनविना झलनाथ प्रतिष्ठानलाई एक करोड

काठमाडौं,माघ १४ । बिपी कोइरालादेखि मनमोहन अधिकारीसम्म सामान्यतया दिवंगत नेताका नाममा प्रतिष्ठानहरू छन् । तर, झलनाथ खनाल प्रतिष्ठान जीवित नेताको नाममा रहेको एउटा उदाहरणीय प्रतिष्ठान हो । त्यो प्रतिष्ठानका लागि निर्देशिका बनाएरै दिन सकिने भए पनि स्वास्थ्य मन्त्रालयले कानुन मिचेर पैसा दिन थालेको छ ।
एक वर्षअघि झलनाथ खनाल स्वास्थ्य विज्ञान प्रतिष्ठान स्थापना भएको थियो । सर्पदंशको औषधि अनुसन्धान र प्रचारप्रसारका लागि सो प्रतिष्ठानलाई एक करोड ८४ हजार दिने टुंगो लागेको स्रोतले बतायो । प्रतिष्ठानले कर्मचारीको तलब, मसलन्द, घरभाडा, फर्निसिङलगायतमा खर्च गर्न मागेअनुसार तत्काल १० लाख दिने तयारी भएको छ ।

पहुँच हुनेले मात्र अनुदान लगेको भन्दै सरोकारवालाले निर्देशिका बनाउन सरकारलाई दबाब दिएका थिए । नीति तथा कार्यक्रम घोषणापछि स्वास्थ्य मन्त्रालयले अनुदान वितरण निर्देशिका बनाउन आन्तरिक प्रशासन महाशाखाका प्रमुखको संयोजकत्वमा साउनमा कार्यदल गठन गरेको थियो । कार्यदल बनेको ६ महिना भएको छ । यसबीचमा एउटा मात्र बैठक बसेको एक सदस्यले बताए । ‘आन्तरिक प्रशासनलाई ड्राफ्ट तयार गर्न अधिकार दिएको थियो,’ ती सदस्यले भने, ‘त्यसपछि के भएको छ मलाई थाहा छैन, अर्को बैठक पनि बसेको छैन ।’ आजको नयाँ पत्रिका दैनिकमा खबर छ ।

राहतमा दुरुपयोग गर्ने आईएनजीओलाई कारबाही नगर्न ‘एमालेको दबाब’

काठमाडौं,माघ १४ । भूकम्पपीडितको नाममा अर्बौ रकम उठाएर दुरुपयोग गर्ने अन्तराष्ट्रिय गैरसरकारी संस्था (आईएनजीओ)लाई कुनै कारबाही नगर्न सत्ताधारी एमालेले नै दबाब दिइरहेको खुलेको छ। एमालेले प्रधानमन्त्री तथा मन्त्रीपरिषद्को कार्यालयमार्फत नै आईएनजीओलाई कुनै कारबाही नगर्न दबाब दिएको सरकारी अधिकारीले दावी छ।

आईएनजीओको नियमन अघि बढाउन खोजेका समाजकल्याण मन्त्रालयका एक अधिकारीले भने, ‘आईएनजीओलाई सहायता दुरुपयोगबारे छलफल गर्न बोलाउनै नहुने अवस्था छ, प्रधानमन्त्रीनिकट र एमालेका उच्च तहका नेताको फोन आइहाल्छ’, नाम उल्लेख नगरिदिन आग्रह गर्दै उनले भने, ‘आईएनजीओका राष्ट्रिय निर्देशकलाई फोन गर्नासाथ माथिबाट कुनै प्रक्रिया अघि नबढाउन दबाब आउछ, पीडितलाई आएको सहायता दुरुपयोग हुदा पनि टुलुटुलु हेरेर बस्नुपर्ने अवस्था आयो।’

मन्त्रिपरिषद्को बैठकले नै नियमबिपरीत काम गर्ने आईएनजीओको आवद्धता खारेज गर्नुपर्नेमा उल्टो भइरहेको गुनासो उनले गरे। राहतमा रजाइँ गर्ने आइएनजीओको कारबाही प्रक्रियामा सत्ताधारी एमालेको संलग्नताबारे जिज्ञासा राख्दा एमाले सचिव योगेश भट्टराईले भने,‘पार्टीको संलग्नता भए÷नभएकोबारे म यकिन गर्न सक्दिनँ तर नियम मिचेर काम गर्ने संस्थालाई कारबाही गर्न सरकारले ढिलाई गरेको प्रतिक्रिया दिए। कारोबार दैनिकमा समाचार छ।

नेपाल टस हारेर न्युजिल्याण्ड विरुद्ध नेपाल ब्याटिङ गर्दै (लाईभ अपडेट)

काठमाडौं,माघ १४ । बंगलादेशमा चलिरहेको १९ वर्षमुनिको आइसिसी विश्वकप क्रिकेटमा समूह डी मा रहेको नेपालले न्युजिल्याण्डसँग प्रतिस्पर्धा गरिरहेको छ ।बंगलादशेको फतुल्लाहमा रहेको खान साहेब ओसमान अली रंगशालामा जारी खेलमा टस हारेर नेपाल व्याटिंग गरिरहेको छ । नेपालका सुनिल धमला १५ तथा योगेन्द्र सिंह कार्की ६ रन बनाएर आउट भएका हुन् । धमलाले तीन वटा चौका प्रहार गरेका थिए । धमलालाई न्युजिल्याण्डका स्कट बि लियोपार्डले क्याच आउट गरेका हुन् । राजु रिजाल पनि ६ रन बनाउदै आउट भएका छन् ।

यस्तै कार्कीलाई फिलिप्स पारिखले क्याच आउट गरेका हुन् । यस अघि, सन् २००६ मा भएको खेलमा नेपालले न्युजिल्यान्डलाई पराजित गर्दै प्लेट च्यापियन उपाधि जितेको थियो । त्यसैगरी नेपालले दोस्रो खेलमा शनिबार आयरल्यान्डसँग र तेस्रोमा सोमबार भारतसँग प्रतिस्पर्धा गर्नेछ ।

मलेसियामा गत अक्टोबरमा भएको आइसिसी उन्नाइस वर्षमुनिको विश्वकप छनोट प्रतियोगिताको राउन्ड रोबिन र फाइनल खेलमा नेपालले आयरल्यान्डलाई पराजित गर्दै छनोट भएको थियो । विश्वकपमा प्रत्येक समूहको शीर्ष दुईमा रहने टोली अघिल्लो चरणका लागि छनोट हुनेछन् । विश्वकपमा सहभागी हुन नेपाली टोली यही माघ ६ गते नै बङ्गलादेश प्रस्थान गरेको थियो । उक्त प्रतियोगिताको तयारीमा रहेको नेपालले यही माघ ९ र ११ गते श्रीलङ्का र पाकिस्तानसँग अभ्यास खेल खेलको थियो ।
नेपाली टोलीमा राजु रिजालले कप्तानको भूमिका निर्वाह गरेका छन् भने अरिफ शेख उपकप्तान छन् । त्यसैगरी, दिपेन्द्र ऐरी, सुशील कँडेल, सुनिल धमला, सन्दिप सुनार, सौरभ खनाल, प्रेम तामाङ, दिपेश श्रेष्ठ, राजवीर सिंह, इशान पाण्डे, योगेन्द्र कार्की, सन्दिप लामिछाने, हिमांशु दत्त, र शङ्कर राना छन् । वैकल्पिक खेलाडीमा भने इर्साद अहमद, नन्दन यादव, ललितनारायण राजवंशी र कुशल भुर्तेल छन् ।
नेपालसहित विभिन्न १६ राष्ट्रले भाग लिएको उक्त प्रतियोगितामा सहभागी टोलीलाई विभिन्न चार समूहमा विभाजन गरिएको छ । नेपाल भने समूह ‘डी’ मा परेको छ । समूह डी मा भारत, आयरल्याण्ड र न्युजिल्यान्ड छन् ।त्यस्तै समूह ए मा बङ्गलादेश, नामिबिया, स्कटल्यान्ड र दक्षिण अफ्रिका छन् भने समूह ‘बी’मा अफगानिस्तान, क्यानडा, पाकिस्तान र श्रीलङ्का छन् । समूह सी मा इङ्ग्ल्यान्ड, फिजी, वेष्ट इन्डिज र जिम्बावे छन् ।
यो प्रतियोगितामा नेपालसहित १६ टोली सहभागी छन् । चार समूहमा रहेका टोली मध्ये प्रत्येक समूहको शीर्ष दुईमा रहने टोली अघिल्लो चरणका लागि छनौट हुनेछन् । नेपालले यो खेल जिते अघिल्लो चरण प्रवेशका लागि सम्भावना बलियो बनाउने छ ।
लाईभ अपडेटको लागि यहाँ क्लिक गर्नुहोस् ।

एमाओवादीभित्र चर्काचर्की,समितिबाट नारायणकाजी श्रेष्ठको राजीनामा

काठमाडौं,माघ १४ । पार्टीबाट सरकारमा सहभागी मन्त्रीहरुको कार्यशैलीप्रति असन्तुष्टि जनाउदै एमाओवादी उपाध्यक्ष नारायणकाजी श्रेष्ठले सरकार सञ्चालन सहयोग तथा समन्वय समितिको संयोजकबाट राजीनामा दिएका छन् । उपाध्यक्ष श्रेष्ठको राजीनामा स्थायी समिति बैठकले स्वीकृतसमेत गरेको छ ।
आजको राजधानी दैनिकमा खबर छ–बैठकमा उपाध्यक्ष श्रेष्ठले मन्त्रीहरुको कार्यशैली तथा कार्य सम्पादनप्रति असन्तुष्टि जनाउदै समन्वय समितिको संयोजकबाट राजीनामा दिएको र त्यसको स्वीकृतसमेत भएको बैठकमा सहभागी एक नेताले जानकारी दिए ।
खराब काम गर्ने मन्त्रीहरुको समेत निगरानी गर्न मन्त्रीहरुले गर्ने सरुवा, बढुवालगायतका काम कारबाहीदेखि उनीहरुका दैनिक गतिविधिसमेतलाई अनुगमन गर्न एमाओवादीले समिति बनाएको थियो ।
मंगलबारदेखि जारी स्थायी समितिको बैठकमा संयोजक श्रेष्ठ र मन्त्रीहरुबिच आरोपपत्यारोप नै भएको थियो । समितिले भनेको मन्त्रीहरुले नटेरेको र श्रेष्ठको आरोप थियो भने मन्त्रीहरुले समन्वयको नाममा समितिले अनावश्यक हस्तक्षेप गर्न खोजेको दावी गरेका थिए ।

Tuesday, January 26, 2016

स्टोक सिटीलाई हराउँदै लिभरपुल लिग कपको फाइनमा

एजेन्सी,माघ १३ । स्टोक सिटीलाई हराउँदै लिभरपुल लिग कप फुटबलको फाइनलमा प्रवेश गरेको छ। गएराति भएको सेमिफाइनलको दोस्रो लेगमा लिभरपुललाई स्टोक सिटीले १–० ले पराजित गरेपछि लेग १–१ को बराबरीमा सकिएपछि ट्राइबेकरमा स्टोक सिटीलाई ६–५ गोल अन्तरले पराजित गर्दै लिभरपुल लिग कप फुटबलको फाइनल प्रवेश गरेको हो।

पहिलो लेगमा लिभरपुल १–० ले भएको थियो र दोस्रो लेगमा स्टोक सिटीले लिभरपुलमाथि १–० कै जित निकालेपछि ट्राइबेकरबाट निर्णय लिइएको थियो। टाइब्रेकरमा स्टोक सिटीका मार्स मनुएसा गोल गर्न चुकेपछि लिभरपुलका लागि जो एलनले निर्णायक गोल गर्दै टोलीलाई फाइनल पुर्‍याएका हुन्। अब उपाधिका लागि लिभरपुलले म्यानचेस्टर सिटी र एभर्टनबिचको खेलको विजेतासँग खेल्ने छ।

सिराहालाई केन्द्रबिन्दु बनाएर नयाँ भूकम्प

काठमाडौं,माघ १३ । सिराहालाई केन्द्रबिन्दु बनाएर नयाँ भूकम्प गएको छ।राष्ट्रिय भूकम्प मापन केन्द्रका बुधवार बिहान ६ बजेर १७ मिनेट जाँदा ४.२ रेक्टर स्केलको भूकम्प गएको हो । हक्परा र अर्नामालल्पुरको बीचमा पारेर भूकम्पको केन्द्रविन्दु रहेको जनाईएको छ ।

३५ डिपोबाट २८ सय सिलिण्डर नेपाल ग्याँस बाँडिदै,कहाँ कति ? (सूची सहित)

काठमाडौं,माघ १३ । नेपाल ग्यासले बुधवार उपत्यकाका विभिन्न ३५ वटा डिलरमार्फत २८ सय सिलिण्डर आधा भरिएका ग्याँस वितरण गर्दैछ । भारतिय नाकावन्दीको कारण मारमा पर्दै आएको आफ्ना उपभोक्ताका लागि राजधानीको विभिन्न ३५ वटा डिलरमार्फत २८ सय सिलिण्डर वितरणका लागि पठाइएको नेपाल ग्यास कम्पनीले जनाएको छ। नेपाल ग्याँस आजकाल प्रत्येक दिन ग्याँस वितरण गर्दै आएको छ ।

nepal gas

सुशील, देउवा र रामचन्द्रको टिममा को– को ?

काठमाडौं,माघ १३ ।नेपाली कांग्रेसको तेह्रौं महाधिवेशनमा सभापति पदका सम्भावित प्रमुख उम्मेद्वारहरु शेरबहादुर देउवा, रामचन्द्र पौडेल र सुशील कोइरालाले आफ्नो महामन्त्री, उपसभापति, कोषाध्यक्ष र सहमहामन्त्रीमा कसलाई चयन गर्लान् भन्ने जिज्ञासा सर्वज्ञ पैदा भएको छ । उपसभापति र महामन्त्री बन्ने योग्यता पुगेका कुल एक दर्जन नेतामध्ये कसको कोसँग गठबन्धन बन्ने हो अहिले नै भन्न सकिने स्थिति छैन । तथापि अहिलेको अवस्थामा निम्नानुसारको टिम बन्न सक्ने सम्भावना प्रबल छ ।

शेरबहादुर देउवाले आफू सभापतिमा उठेर खुमबहादुर खड्कालाई उपसभापति, अर्जुननरसिंह महामन्त्री, विमलेन्द्र निधिलाई महामन्त्री र लक्ष्मण घिमिरे वा पुष्पा भुसालमध्ये एकलाई कोषाध्यक्ष बनाउने सम्भावना छ । सहमहामन्त्रीमा भने घिमिरे र पूर्णबहादुर मध्ये एकलाई बनाउन सक्ने आकलन गरिएको छ ।

रामचन्द्र पौडेल सभापतिमा लडेमा उनको प्यानलबाट डा. रामशरण महत उपसभापति वा महामन्त्री लड्ने छन् । शेखर कोइराला र नरहरि आचार्य दुईमध्ये एक महामन्त्री उम्मेदवार बन्ने सम्भावना छ । नवीन्दराज जोशीलाई पौडेलले कोषाध्यक्ष बनाउने पौडेल क्याम्पमा चर्चा छ ।

सुशील कोइरालाको प्यानलबाट डा. शशांक कोइराला उपसभापति र प्रकाशमान सिंह महामन्त्रीको उम्मेदवार बनाउने सम्भावना देखिन्छ । सुजाता जोस्ट लाई महामन्त्री र फर्मुल्लाह मन्सुर वा महेश आचार्यमध्ये एक कोषाध्यक्षमा उठ्न सक्छन् । दिलेन्द्र बडु र पद्यमनारायण चौधरीमध्ये एक सहमहामन्त्री उम्मेदवार बन्ने आकलन छ । आजको घटना र विचार साप्ताहिकमा खबर छ ।

कता बस्दै छन् हिजोआज पारस,किन भएन निर्मल निवासको ढोका खुल्ला ?

काठमाडौं,माघ १३ । बैंककबाट आएपछि महाराजगंजस्थित कुण्डलनी क्लबमा बस्दै आएका पूर्वयुवराज पारस अहिले बहिनीहरुसँग जीवनकुञ्जमा बस्न थालेका छन् । जीवनकुञ्ज पूर्वराजा ज्ञानेन्द्रका कान्छा भाइ धीरेन्द्रको निवास हो । बैंककबाट फर्किएपछि आनीबानीमा सुधार आएको बताइए पनि पारसलाई निर्मल निवासको ढोका भने खुला गरिएको छैन ।

प्राप्त जानकारीअनुसार बैंककमा गरेका अनेक हर्कतका कारण बाबुआमाले चित्त दुखाएर उनको खासै वास्ता गरेका छैनन् । तथापि अस्प्तालमा रहँदा भने बाबुआमासँग उनको पटकपटक भेट भएको थियो । पूर्वयुवराज्ञी पत्नी हिमानीसँग यसबीचमा एकपटक पनि भेट नभएको बुझिएको छ । छोराछोरीसँग खेलेर अहिले उनको लामै समय बित्ने गरेको छ ।

धीरेन्द्र शाह र उनकी पन्ती प्रक्षा दुवैको मृत्य भएपछि जीवनकुञ्जमा अहिले छोरीहरु मात्रै छन् । दिदीबहिनी तथा नातेदारलाई अत्यन्तै माया तथा आदर गर्ने भनेर चिनिएका पारसलाई दिदी बहिनीको भने दह्रिलो साथ रहँदै आएको छ । आफन्त तथा साथी भाइहरुसँगको भेटघाटमा पारसले मुलुकबारे चिन्ता गर्ने गरेको र राजसंस्था फर्किने या फर्काउनु पर्ने कुरामा आफ्नो कुनै रुचि र भनाइ नरहेको बताउने गरेका छन् । आजको घटना र विचार साप्ताहिकमा खबर छ ।

मधेस आन्दोलनको मूख्य वाहक उपेन्द्र र राजेन्द्र किन दुईतिर

काठमाडौं,माघ १३ । ६ महिनायता जारी मधेस आन्दोलनको मूख्य वाहक मधेसी मोर्चाभित्र असमझदारी चुलिएको छ । संयुक्त लोकतान्त्रिक मधेसी मोर्चामा आबद्ध चार दलमध्ये संघीय समाजवादी फोरम अध्यक्ष उपेन्द्र यादव ‘संघीय गठबन्धन’को वकालत गर्दैछन्, सद्‍भावना अध्यक्ष राजेन्द्र महतो भने ‘मधेसी महागठबन्धन’को।

दुई दिनअघि राजधानीमा सकिएको फोरम केन्द्रीय कार्यसमिति बैठकमा अध्यक्ष यादवले राजनीतिक प्रतिवेदनमै मधेस(पहाड जोड्ने गरी संघीय गठबन्धन बिस्तार गर्नुपर्ने प्रस्ताव गरे। अघिल्लो वर्ष निर्मित संघीय गठबन्धनमा यसअघि नै चार मधेसी र पाँच पहाडी जनजाति पार्टी आबद्ध छन्।

यादवले संघीयता पक्षधरको गठबन्धनमार्फत् आन्दोलन अघि बढाउने जानकारी दिए। यादवद्वारा प्रस्तावित गठबन्धनमा मधेसी मोर्चाका चार दलसहित पहाडकेन्द्रित लिम्बुवान पार्टी, भर्खरै नयाँ शक्तिमा आबद्ध नेपा: राष्ट्रिय पार्टी, पासाङ शेर्पाको सामाजिक लोकतान्त्रिक पार्टी, परशुराम तामाङ नेतृत्वको संघीय गणतान्त्रिक जनमुक्ति पार्टीलगायत छन् ।

उता सद्भावना अध्यक्ष महतोले मंगलबार बिहान विराटनगर शान्तिचोकस्थित आफ्ना एक कार्यकर्ताको घरमा तराई मधेस राष्ट्रिय अभियानका संयोजक जयप्रकाशप्रसाद गुप्तालाई भेटदै प्रस्तावित महागठबन्धनमा आउन आग्रह गरे। कान्तिपुर दैनिकमा समाचार छ – मोर्चाआबद्ध दलहरुले संघीय गठबन्धनमै अरु शक्तिलाई समेट्न सकिने अडानविपरीत महतोले छुट्टै महागठबन्धन बनाउने प्रस्ताव गरेका हुन्।

महागठबन्धनमा गुप्तासहित शरतसिंह भण्डारी नेतृत्वको राष्ट्रिय मधेस समाजवादी पार्टी, अनिलकुमार झा नेतृत्वको नेपाल सद्भावना पार्टी र राजकिशोर यादव नेतृत्वको मधेसी जनअधिकार फोरम गणतान्त्रिकसमेत समेट्ने महतोको योजना छ।

भट्टराईको नयाँ शक्ति नजन्मिदै बबन्डर,डेरामा संसाँझै बबाल

काठमाडौं,माघ १३ । पार्टी गठन भइनसक्दै बाबुराम भट्टराईको नयाँ शक्ति नेपालमा विवाद चर्किएको छ । आइतबार केन्द्रीय परिषद्का नाममा सेलिब्रेटिज , डाक्टर र गैरसरकारी संस्थानका मानिसलाई मात्र समेटेर पार्टी सार्वजनिक गरेपछि तिमी र हामी भन्दै चर्काचर्की परेको हो । सो दिन बिहानै रामेश्वर खनालसहित केही नयाँ अनुहारका मानिससँग बसी बाबुरामले ३५ सदस्यीय केन्द्रीय परिषद् छनोट गरेका थिए । छनोटका क्रममा एमाओवादी केद्रीय समितिलाई छाडेर उनैलाई सर्वेसर्वा मानेर आएको पूर्वमाओवादी नेतालाई सहभागी गराइएको थिएन । तर, उनीसँगै सुरु देखिनै नयाँ शक्ति निर्माण संलग्न २९ जना पूर्वमाओवादी केन्द्रीय सदस्यलाई भने दर्शकदीर्घामा समेटिएको थियो ।

पार्टीको नामसहित केन्द्रीय परिषद् घोषणा हुनासाथ दर्शकदीर्घामा बसेर आफूहरु पनि समेटिने आशामा टोलाइरहेका पूर्वमाओवादी केन्द्रीय सदस्यहरुको नाम आएन । यसपछि त त्यहाँ बितण्डा नै सुरु भयो । उनीहरुले एकापसमा चरम असन्तुष्टि र निराशा व्यक्त गर्न थाले । उनीहरुकै पहलमा साँझ ४ बजे एमाओवादी केन्द्रीय समितिबाट छुट्टिएका २९ भाइको भट्टराई निवास सानेपामै आकस्मिक बैठक बोलाइयो । बैठकको सुरुदेखि नै केन्द्रीय परिषद्मा नसमेटिएकाले आक्रामक ढंगले बाबुरामलाई गाली गर्दै भनाइ राखे । उनको यस्तो शैलीले राजनीतिक पार्टी होइन, फिल्म निर्माण उद्योग बन्ने धारणा आयो । आजको जनआस्था साप्ताहिकमा खबर छ ।

बहालवालामाथि नै अख्तियार आक्रमक, को-को परे छानबिनमा ? (सूचीसहित)

काठमाडौं,माघ १३ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले अकुत सम्पत्ति कमाएको आरोपमा ६३ उच्च कर्मचारीमाथि छानविन थालेको छ। नेपाल सरकारका ५ सचिवसहित विशिष्ट श्रेणीका १५ जना, सात महानिर्देशकसहित प्रथम श्रेणीका २० जना र द्वितिय श्रेणीका २८ जना उच्च पदस्थ कर्मचारीले अकुत सम्पत्ति कमाएको आरोपमा छानबिन थालिएको हो।

एकैपटक यति ठूलो संख्यामा बहालवाला कर्मचारीमाथि अख्तियारले छानबिन थालेको यो पहिलो पटक हो।
अख्तियारले छानबिनमा परेका सबै कर्मचारीको बैँक खाता तथथा लकर रोक्का गर्न नेपाल राष्ट्र बैँकलाई पत्राचार गरेको छ। राष्ट्र बैँक स्रातका अनुसार अख्तियारको पत्रपछि देशभरका बैँक, फाइनान्स कम्पनी तथा सहकारीमा रहेका सबै खाता र लकर रोक्का गरिएको र गर्ने क्रम जारी रहेको छ।

1-8(1)

नयाँ पत्रिका दैनिकमा छ – अख्तियारले यी सबै ६३ जना कर्मचारीलाई झन्डै एक महिना अघि अकुत सम्पत्ति कमाएको आरोपमा छानबिनको निर्णय गरेको थियो।

अख्तियारले गृह मन्त्रालयका सचिव नारायण गोपाल मलेगो, भूमिसुधार सचिव मोहनकृष्ण सापकोटा, प्रधानमन्त्री कार्यालयका सचिव महेश दाहाल, पशुपंक्षी विकास मन्त्रालयका सचिव डा। कृष्णचन्द्र पौडेल, राष्ट्रिय सतर्कता केन्द्रका सचिव सुनीलबहादुर मल्ल, पुनर्निर्माण प्राधिकरणका कामु सचिव मधुसुदन अधिकारी, सशस्त्रका एआइजी कृष्णकुमार तामाङ लगायत बहालवाला कर्मचारीको बैँक खाता रोक्का गरिएको छ।

प्रधानमन्त्री भन्छन्-‘नाकाबन्दी आफै लाग्यो,एक दुई दिन भित्रमै आफै खुल्छ’

काठमाडौं,माघ १२ । प्रधानमन्त्री केपी शर्मा ओलीले एकदुई दिन भित्रमै नाकाबन्दी खुल्ने बताएका छन्। प्रधानमन्त्री निवास बालुवाटारमा दैनिक पत्रिकाका सम्पादक तथा बरिष्ठ पत्रकारहरुसँग छलफल गर्दै ओलीले मधेसी मोर्चाले राखेका अधिकांश मागहरु पुरा भइसकेकोले अब आन्दोलन गरिरहन आवश्यक नरहेको बताउँदै केहीदिनमै नाकाबन्दी खुल्ने दाबी गरेका हुन्। तराई–मधेशमा आन्दोलनरत दलप्रति संकेत गर्दै ओलीले भने, ‘नाकाबन्दी आफै लाग्यो, आफै खुल्छ ।

केही दिनभित्र खुल्छ ।’ संविधान संशोधनपछि अब विस्तारै मुलुक सहज अवस्थामा फर्किन लागेको बताए । ओलीले भने, ‘म मित्रहरुको मित्रतामा विश्वास गर्छु। राजनीतिक दलहंरुको इमान्दारीतामा विश्वास गर्छु। मलाई पनि नाकाबन्दी खुल्नेबारे जुन विश्वास दिलाइएको थियो। विगतमा त्यसमा ठेस लागेकै हो।’ उनले मुलुकको अवस्था सामान्य भएपछि मात्रै आफू भारत जाने उनले बताए।

जियोनिको पी फाइभ डब्लु ११ हजार ९ सय ९९ मा

काठमाडौं । जियोनिले नेपालमा जियोनि पी फाइभ डब्लु ल्याएको छ । यो मोडेल ५ भिन्दाभिन्नै आकर्षक रंगहरुमा उपलब्ध छ । कालो, निलो, गोल्ड, रोज र सेतो । पी फाइभ डब्लु मा ५“ को एच डी स्क्रिन, १६ जी बि इन्टरनल स्टोरेज र २ जी बि ¥याम रहेको छ । अन्तर्रा्ष्ट्रिय बजारमा १ जी बि -याममा उपलब्ध पी फाइभ डब्लु नेपाली बजारमा भने २ जी बि ¥याम भएको मोडेलमा उपलब्ध हुनेछ । यो डुअल सिम फोनमा १.३ गिगाहर्जको क्वाड(कोर प्रोसेसर छ र यसमा एन्ड्रोइड ५.१ मा आधारित जियोनिको आफ्नै सफ्टवेर अमिगो ३.१ रहेको छ । फोनमा युएसबि ओटिजी सपोर्ट पनि छ ।

साथै जियोनिले आफ्नो फेसबुक पेज, जियोनि नेपालमा कलर योर लाइफ प्रतियोगिता पनि हाल सञ्चालन गरिरहेको छ । यस प्रतियोगिता मार्फत सहभागीहरुले आफूलाई मनपर्ने रंग पी फाइभ डब्लुको भिडियोमा कमेन्ट गरेर र सो भिडियो फेसबुकमा शेयर गरेर माघ ८ गते देखि ७ दिन अर्थात माघ १४ गतेसम्म ७ ओटा पी फाइभ डब्लु जित्न सक्नेछन् । जियोनिले हालै मात्र आफ्नो फेसबुक पेजमा गेस एण्ड विन प्रतियोगिता पनि सफलतापूर्वक समापन गरेको थियो ।

यस प्रतियोगिता अन्तर्गत पी फाइभ डब्लुको सहि मूल्य अनुमान गर्ने सहभागीहरु मध्येबाट माघ ६ गतेसम्म हरेक दिन एक–एकजना गरी जम्मा दश जनाले पी फाइभ डब्लु जितेका थिए । सो प्रतियोगीतामा जियोनिले कुल १६००० भन्दा बढी अनुमान प्राप्त ग¥यो जसमध्ये २००० भन्दा बढि सहि अनुमान थिए । विजेताहरुको नाम जियोनि नेपालको फेसबुक पेजमा माघ ८ गते घोषणा गरिएको थियो ।

Monday, January 25, 2016

कहाँ-कहाँवाट पाउँछन् चार पाङग्रे निजी सवारी साधनलाई बुधबार पेट्रोल (सूची सहित)

काठमाडौं,माघ १२ । नेपाल आयल निगमका चार पाङग्रे निजी सवारी साधनलाई बुधबार पेट्रोल वितरण गर्ने भएको छ । निगमले सुचना प्रकाशित गर्दै १ देखि ६ लटसम्मका निजी कार तथा जिपलाई बुधबार पेट्रोल वितरण गर्न लागेको जनाएको छ । अन्य लटका सवारी साधनको हकमा पेट्रोल वितरणको सूचना पछि प्रकाशित गरिने पनि जनाएको छ । सवारी साधनले १५ लिटरका दरले पेट्रोल पाउने निगमले जनाएको छ। पेट्रोल लिनका लागि सवारी साधनकने ब्लु बुक अनिवार्य आवश्यक पर्ने निगमले जनाएको छ। तोकिएको लट नम्बर अनुसार लाईनमा बसे नबसेकोर विक्रि वितरण सम्बन्धमा वाणिज्य विभाग, नेपाल आयल निगम तथा नेपाल प्रहरीबाट अनुगमन गर्ने सुचनामा उल्लेख गरिएको छ ।

petrol

petrol1 petrol

दक्षिण अफ्रिकाका क्रिकेटर बोदीलाई २० वर्षको प्रतिबन्ध

एजेन्सी,माघ १२ । दक्षिण अफ्रिकी क्रिकेट टोलीका पूर्व स्पिनर गुलाम महोम्मद बोदीमाथि २० वर्षको प्रतिबन्ध लगाइएको छ । घरेलु ट्वेन्टी–ट्वेन्टी क्रिकेट प्रतियोगिताका विभिन्न खेलमा म्याचफिक्सिङ अर्थात खेल मिलेमतो गरेको आरोपमा बोदीमाथि प्रतिबन्ध लागेको हो ।

उनी अब कुनै पनि किसिमका क्रिकेट गतिविधिमा संलग्न हुन पाउने छैनन् । सन् २०१५ को राम स्लाम ट्वान्टी ट्वान्टी क्रिकेटका विभिन्न खेलमा बोदीले म्याच फिक्सिङ गरेको आरोपमा प्रतिबन्ध लगाइएको बीबीसीले जनाएको छ। भारतमा जन्मिएका ३७ वर्षीय बोदीले सन् २००७ मा दक्षिण अफ्रिकाका लागि दुईवटा एक दिवसीय र एउटा ट्वान्टी ट्वान्टी क्रिकेट प्रतियोगिता खेलेका थिए। उनले अहिलेसम्म कुनै प्रतिक्रिया दिएका छैनन्।

भट्टराईको नयाँ शक्तिमा माओवादीका २२ जना थपिए(सूचीसहित)

काठमाडौं,माघ १२ । एमाओवादी परित्याग गरी नयाँ शक्ति अभियानमा लागेका डा.बाबुराम भट्टराईको नयाँ शक्तिमा माओवादीका २२ जना थपिएका छन् । राजधानीको अल्फबिटा हाउसमा पत्रकार सम्मेलनको आयोजना गरि ३५ सदस्यीय अन्तरिम केन्द्रीय परिषद् घोषणा गरिएको दुई दिन पछि सदस्य थप भएका छन् ।

नयाँ शक्ति नेपाल पार्टीको अन्तरिम केन्द्रीय परिषदको पहिलो चरणको ३५ सदस्यीय समितिमा पूर्व प्रशाशक र कलाकारहरु समेटिएका थिए । यो सहित केन्द्रीय परिषद्को संख्या ५७ पुगेको छ । थप भएका अधिकांश पूर्व माओवादी रहेका छन् । परिषदले पूर्णता पाउँदासम्म २ सय ६५ सदस्य हुने बताएका भट्टराईले दोस्रो पटक थप गरेको २२ सदस्य सबै आफूसँगै माओवादी छाडेर आउनेहरु रहेका छन् ।

थप गरिएका २२ सदस्यमा विप्लव माओवादी छाडेर आएका नेता ठाकुर चापागार्इँसमेत परेका छन् । चपागाइँ विप्लवका कार्यालय टिमकै सदस्य थिए । भट्टराईले दोस्रो पटक थपेको अन्तरिम केन्द्रीय परिषदमा पनि आफ्नी पत्नी हिसिला यमीलाई भने समेटेका छैनन् ।
१. कर्णध्वज केसी – प्यूठान
२ कलामुद्दीन राइन् – महोत्तरी
३ कल्पना धमला – धादिङ
४ कुमार पौडेल – सप्तरी
५ कृष्ण शर्मा – काठमाडौं
६ खिमलाल देवकोटा – कास्की
७ गंगा श्रेष्ठ – सिन्धुली
८ चिनक कुर्मी – नवलपरासी
९ ठाकुर चापागाईं – नवलपरासी
१० देवेन्द्र पराजुली – लम्जुङ
११ नवराज सुवेदी – प्यूठान
१२ भक्तबहादुर शाह – जाजरकोट
१३ डा. भोगेन्द्र झा – धनुषा
१४ महेन्द्र पासवान – सिराहा
१५ राजेन्द्र किराती – संखुवासभा
१६ रामकुमार शर्मा – महोत्तरी
१७ रामरिजन यादव – सिराहा
१८ लिला भण्डारी – कैलाली
१९ वलावती शर्मा – बाग्लुङ
२० वामदेव क्षेत्री – रुपन्देही
२१ सुशीला सिरपाइली – अर्घाखाँची
२२ सोनामसिंह स्याङतान – मकवानपुर

वन्तको टेन्डर दुर्जद्वारा रद्द

काठमाडौं, माघ १२ । सशस्त्र प्रहरी बलभित्र यतिबेला अख्तियारको भुतले सबै त्रस्त छन् । एक बहालवाला र तीन पूर्व आइजिपी भ्रष्टाचार आरोपमा पक्राउ परी अनुसन्धान अघि बढाएपछि सशस्त्रका भ्राष्ट अधिकारीहरुको सातो गएको छ । सशस्त्रका हरेक खरिदमा ठूलो भ्रष्टाचार हुँदै आएको थियो । छानबिन गर्न निकायहरुलाई समेतद आर्थिक प्रभावमा पारी संस्थागत भ्रष्टाचार हुने सशस्त्रमा अहिले सानोतिनो खरिदमा पनि फसिएला भन्ने त्रास छ । त्यही त्रासले तत्कालीन आइजिपी कोषराज वन्तले अगाडि बढाएको टेण्डर प्रक्रिया कामु आइजिपी दुर्जकुमार राईले रद्द गरिदिएका छन् ।

सशस्त्र प्रहरीले गत मंसिर ९ गते सूचना निकाली १० हजार थान पार्कर ज्याकेट र ४० हजारवटा वेभ बेल्ट खरिद प्रक्रिया अघि बढाएको थियो । पूर्ववत सेटिङअनुसार नै उक्त टेन्डर प्रक्रिया अघि बढाएकोमा त्यसमा आफू फस्न सक्ने देखेपछि राईले टेन्डर रद्द गरिदिएका छन् । आजको दृष्टि साप्ताहिकमा खबर छ ।

प्रतिशोधको हतियार बन्दै छ फेसबुक, ‘नक्कली प्रेम’मा फस्दा बर्बादी

काठमाडौं, माघ १२ । फेसबुकमा अश्लील कुरा– तीन साताअघि यमी श्रेष्ठ श्रीमाननकी पूर्वप्रेमिकाविरुद्ध फेसबुकमा जथाभावी लेख्दा पक्राउ परिन् । श्रीमानकी पूर्वप्रेमिकासँग झगडा भएपछि प्रतिशोध लिन उनले फेसबुकमा अश्लील कुराहरू लेख्न थालिन् । सोही आरोपमा प्रहरीले उनलाई पक्राउ गरी मुद्दा दायर गरेकोमा अदालतले धरौटीमा छाडेर मुद्दा प्रक्रिया अघि बढाएको छ ।
प्रतिशोध लिन नक्कली फेसबुक पेज– प्रहरीमा दैनिकजसो फेसबुकसम्बन्धी उजुरीहरू पर्न थालेका छन् । जसमध्ये धेरैजसोले प्रतिशोध लिन नक्कली फेसबुक पेज बनाएर जथाभावी लेख्ने र अश्लील फोटोहरू पोस्ट गर्ने प्रवृत्ति धेरै रहेको महानगरीय अपराध महाशाखाका प्रहरी निरीक्षक पशुपति राय बताउँछन् ।
जसमा धेरैजसोमा मिलापत्र हुने गरेको छ भने गम्भीर घटनामा प्रहरीले मुद्दा चलाउँदै आएको छ । फेसबुकको दुरुपयोग गर्दा हुने सजायबारे जानकारी नहुँदा पनि यस्तो प्रवृत्ति बढेको प्रहरीको भनाइ छ ।
फेसबुकको नक्कली प्रेमले बिचल्ली– क्यानाडामा सरकारी जागिरमा रहेका बंगलादेशी मूलका युवक डेआको फेसबुकबाट नेपाली युवतीसँग चिनजान भयो । फेसबुककै चिनजानबाट उनीहरू प्रेममा गाँसिए । भर्चुअल प्रेमलाई सफल बनाउन उनी केही महिनाअघि नेपाल आए । र, थाइल्यान्डसम्म घुम्न गए । यसबीचमा युवतीलाई उनले एक करोडभन्दा धेरै रकम सहयोग गरिसकेका छन् । बिहेको योजनासहित डेआ दोस्रोपटक नेपाल आए । तर, युवतीले बिहे गर्न नसक्ने बताइन् ।
परिवारले विदेशीसँग बिहे गर्न नमानेको उनको भनाइ थियो । आफ्नो पैसा लिन मात्र युवतीले प्रेमको नाटक गरेको उनलाई शंका लाग्यो । उनी प्रहरीमा पुगे । प्रहरीले युवतीलाई पक्राउ गर्‍यो । दुई पक्षबीच मिलापत्र भयो । युवतीले केही रकम फिर्ता गरिन् । तर, ठगिएको सबै रकम नपाएको भन्दै क्यानेडियन युवक यतिवेला फेरि प्रहरी कार्यालय धाइरहेका छन् । फेसबुकको प्रेमले उनले प्रेममा चोट त खाए नै पैसा पनि गुमाए ।
अश्लील फोटो जोड्ने प्रवृत्ति– दाङका प्रकाश लामिछाने पनि फेसबुकबाटै प्रतिशोध लिन खोज्दा यतिवेला प्रहरी हिरासतमा छन् । स्कुलको जागिरबाट निकालिएपछि उनले त्यसको प्रतिशोध फेसबुकबाट लिन खोजेका थिए ।
स्कुलमै काम गर्ने एक महिलाले राम्रोसँग पढाउन नसकेको भन्दै लामिछानेलाई जागिरबाट निकालेकी थिइन् । त्यसैको बदलामा ती महिलाको फोटोमा अरू अश्लील फोटोहरू जोडेर फेसबुकमा पोस्ट गरिदिए । सोही आरोपमा दाङ प्रहरीले लामिछानेलाई पक्राउ गरी कारबाहीका लागि काठमाडौंमा पठाएको हो ।
फेसबुकको प्रेमले रियालाई धोका– फेसबुककै प्रेमबाट रिया शर्मा नाम गरेकी युवतीले पनि धोका खान पुगिन् । खाडी मुुलुकमा काम गर्ने एक युवकसँग उनको फेसबुकमा चिनजान भयो । उनीहरू भर्चुअल प्रेममा गाँसिए । गत वर्ष युवक प्रेमिका रियालाई भेट्न नेपाल आए ।
दुवैजना एक महिनासम्म सँगै बसे । अर्कोचोटि आउने वाचासहित युवक खाडी मुलुक फर्किए । तर, अहिले ती युवकले फेसबुक बन्द गरेका छन् । रिया प्रहरीकहाँ पुगिन् । ‘तर, हामीले कसरी खोज्ने,’ महानगरीय अपराध महाशाखाका इन्स्पेक्टर पशुपति राय भन्छन्, ‘यस्तो अवस्थामा हामीसँग अनुसन्धान गर्ने उपाय नै हुँदैन ।’
नक्कली प्रेममा फस्दा चार लाख गुम्यो– न्युरोडमा कपडा पसल चलाउने रोशन गुप्ता पनि फेसबुकको नक्कली प्रेममा परेर ठगिए । सुवास्ना गौतमसँग उनको फेसबुकमा चिनजान भयो । सुवास्नालाई उनले एकतर्फी प्रेम मात्र गरेनन्, पटक–पटक गरेर चार लाख १७ हजार रुपैयाँ पनि पठाए ।
केही समयपछि धम्कीसहित सुवास्नाले फेरि दुई लाख माग गरिन् । उनी प्रेमिकाबाटै धम्की आएको भन्दै प्रहरीमा पुगे । प्रहरीले अनुसन्धान गर्दा दुई युवकले युवतीको नाममा फेसबुक खोलेर ठगी गरेको खुल्यो । फोन गर्दा कहिलेकाहीँ युवतीहरूलाई बोल्न लगाई विश्वासमा पारेर दैलेखका विक्रम ज्ञवाली र केविन केसीले उनलाई ठगी गरेका थिए । ज्ञवाली र केसी यतिवेला प्रहरी हिरासतमा छन् ।
फिलिपिनी युवतीको नक्कली प्रेममा फस्दै नेपाली युवा– अपरिचित युवतीहरू फेसबुकमा साथी बनेर च्याटमा प्रेमका कुरा गर्छन् भने सावधान हुनुहोस् । उनीहरू तपार्इंसँग आकर्षित भएका होइनन्, तपाईंको पैसासँग आकर्षित भएका हुन सक्छन् ।
फेसबुकबाट चिनजान भएका फिलिपिनी युवतीसँग प्रेमसम्बन्ध गाँसेका युवाहरू धमाधम नक्कली प्रेममा फस्न थालेका छन् । त्यस्ता ‘फेसबुके प्रेमिका’ले भिडियो च्याटमा यौनजन्य कुरा गरी रेकर्ड राखेर पनि ‘ब्ल्याकमेलिङ’ गर्छन् ।
हालसम्म यसरी आठ युवक फसिसकेको अपराध महाशाखाका इन्स्पेक्टर पशुपति रायले बताए । ठगिनेहरूमा प्रायः धनी बाबुका छोराहरू छन् । प्रहरीमा उजुरी गर्नेमध्ये सातजना इन्जिनियरिङका र एकजना एमबिबिएसका विद्यार्थी छन् । पैसा नदिए च्याट गरेको अश्लील भिडियो सार्वजनिक गरिदिने भन्दै ‘ब्ल्याकमेलिङ’ गर्ने गरेको उजुरी प्रहरीकोमा परेका छन् । नवराज मैनाली–नयाँ पत्रिका दैनिकबाट

६७औंं गणतन्त्र दिवसमा मोदीलाई ओलीको सन्देश-‘जायज माग सम्वोधन भए’

काठमाडौं,माघ १२ । भारतले आज आफ्नो ६७ औं गणतन्त्र दिवस मनाउँदैछ । नयाँ दिल्लीमा विशेष समारोहका बीच गणतन्त्र दिवस मनाउन लागेको हो । सन् १९५० जनवरी २६ का दिन भारतमा नयाँ संविधान लागु भएको स्मरणमा भारतले गणतन्त्र दिवस मनाउँदै आएको छ । राजधानी नयाँ दिल्लीलाई सात तहमा कडा सुरक्षाको व्यवस्थापन गरिएको छ । काठमाडौं पनि भारतीय दुतावासले विषेश कार्यक्रम गर्दैछ ।
गणतन्त्र दिवसको अवसरमा प्रधानमन्त्री केपी शर्मा ओलीले पहिलो संविधान संसोधनका विषयमा भारचीय प्रधानमन्त्री नरेन्द्र मोदीलाई मादीलाई सन्देश पठाउँदै प्रधानमन्त्री ओलीले जनताका जायज मागलाई संविधान संसोधन मार्फत सम्वोधन गरिएको जानकारी गराउनु भएको छ । बाँकी माग जायज नभएकोले सम्वोधन गर्न नसकिएको सन्देशमा संकेत गरिएको छ ।

सन्देशमा प्रधानमन्त्रीले भन्नु भएको छ “संविधानसभाबाट हालै नयाँ लोकतान्त्रिक र समावेशी संविधान जारी भएर संविधानसभामार्फत संविधान लेख्ने नेपाली जनताको धेरै समयअघिदेखिको चाहनाले मूर्त रुप लिएको भन्दै सन्देश तपाईंसामु भन्न पाउँदा म हर्षित छु ।’ केही दिन अघि मात्रै जनताको जायज मागलाई संविधान संशोधन मार्फत सम्बोधन गरिएको छ ।”

सरकारी कार्यालयमै काम गर्दै ठग,तर प्रहरीले फरार सुचीमा

काठमाडौं,माघ १२ । भ्रष्टाचार अभियोग पुष्टि गर्दै अदालतबाट कैदसजाय सुनाइएका सरकारी कर्मचारी गौरीमाया घिमिरेबारे फैसला कार्यान्वयन निर्देशनालयको फाइलमा रहेको यो विवरणले केन्द्रीय अनुसन्धान व्युरोको फरार खोजी टोलीको ध्यान तान्यो ।
नागरिक दैनिकले समाचार छापेको छ-नेपाल कृषि अनुसन्धान परिषदमा प्राविधिक तहमा कार्यरत ३५ वर्षीया गौरीमायालाई विशेष अदालतले जागिर लगाइदिने प्रलोभन दिएर ठगी गरेको अभियोग पुष्टि गर्दै कैद र जरिवाना फैसला गरेको छ ।
आर्थिक बर्ष २०६९/७० मा परिषदमा प्राविधिक सहायक टि-४ पदको आवेदन खुलेको थियो । सोही क्रममा दरखास्त दिन गएका नगेन्द्र घिमिरेसमेतका पाँच जनासँग जागिर लगाइदिने प्रलोभन दिएर ३ लाख ९७ हजार उठाएको आरोप लाग्यो गौरीमायालाई ।

उजुरीपछि अख्तियार दुरुपयोग अनुसन्धान आयोगले वयान लिई उनीविरुद्ध अदालतमा भ्रष्टाचार मुद्दा दर्ता गरेको थियो ।अख्तियारको मुद्दामाथि सुनवाइ गर्दै विशेषले असोज २२ गते उनलाई दोस्रो करार गर्दै ६ महिना कैद र ३ लाख ९७ हजार जरिवाना फैसला गरे पनि उनी जेलचलान नहुँदा फैसला कार्यान्वयन हुन सकेको थिएन ।

सम्पत्ति विवरण नबुझाउनेलाई अख्तियारले जरिवाना तिराउने

काठमाडौं,माघ १२ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले सम्पत्ति विवरण नबुझाउने मन्त्री, सांसद तथा कर्मचारीहरुलाई ५ हजार रुपैयाँ जरिवाना तिराउने निर्णय गरेको छ । आर्थिक बर्ष २०७१/७२ मा २२ हजारभन्दा बढी कर्मचारी तथा सार्वजनिक पदाधिकारीहरुले कानुनअनुसार प्रत्येक बर्ष बुझाउनैपर्ने सम्पत्ति विवरण नबुझाउनु आफैँमा खेदजनक भएको जनाउँदै अख्तियारले यसरी सम्पत्ति विवरण नबुझाउनेमा निजामती कर्मचारी, शिक्षक, सेना, प्रहरी, सांसदलगायत कतिपय वर्तमान मन्त्रीसमेत रहेको समाचार नेपाल समाचारपत्रले छापेको छ ।

यसरी सम्पत्ति विवरण बुझाउन छुट्नुको प्रमुख कारण यो नियमलाई हलुका ढंगले लिनु नै भएको जनाउँदै अख्तियारले ‘विधिको शासन कायम राख्न जिम्मेवार हुनुपर्ने कर्मचारी तथा सार्वजनिक पदाधिकारीहरु नै यस्तो महत्वपूर्ण भ्रष्टाचारविरुद्धको कानुन तोड्न अग्रसर रहन्छन् भने यसले आम सर्वसाधार

पुनः सभापति पदमा उम्मेदवारी दिने कि नदिने कोइराला अझै अन्योलमै

काठमाडौं,माघ १२ । नेपाली कांग्रेसका सभापति सुशील कोइराला फागुनमा हुने पार्टीको १३औँ महाधिवेशनमा पुनः सभापति पदमा उम्मेदवारी दिने कि नदिने विषयमा अलमलमा परेका छन् । कोइरालाले उम्मेदवारीको टुंगो नगरेपछि प्रचारका लागि जिल्ला पुगेका कोइरालानिकट नेताहरुले अझै आफूले उम्मेदवारी दिने पदका विषयमा कार्यकर्तासँग खुलेर भन्न सकिरहेका छैनन् । तर, संस्थापन पक्षबाट रामचन्द्र पौडेलले भने सभापतिमा दावी गर्दै प्रचार(प्रसारसमेत तीब्र बनाइसकेको छन् ।

राजधानी दैनिकले समाचार छापेको छ(संस्थापन पक्षका अर्का नेता कृष्णप्रसाद सिटौलाले पनि सभापतिमा उम्मेदवारी दिने गरी भित्रभित्रै तयारी शुरु गरेका छन् । उपसभापति पौडेलसँगै संस्थापन पक्षकै महामन्त्री सिटौलाले उम्मेदवारी दिन थालेपछि संस्थापन पक्षधर नेताहरु भने कोइरालाले चाँडै मुख खोल्नुपर्ने निष्कर्षमा पुगेका छन् । संस्थापन निकट एक नेता सभापति कोइरालाले मुख नखोलेकै कारण पौडेलले उम्मेदवारी घोषणा गरिसकेको र सिटौलाले घोषणा तयारी थालेको भन्दै अब आफ्नो रणनीति स्पष्ट पार्नुपर्ने बताउँछन् ।

करोडौंको राहत सामग्री सशस्त्रको गोदाममै

काठमाडौं,माघ १२ । भूकम्पपीडितलाई दिनलाइ भनेर ल्याएकाे करोडौंका राहत सामग्री सशस्त्रको गोदाममै थन्किएका छन्। टहरामा बस्दै आएका जिल्लाका भूकम्पपीडित अहिले चिसोको मारमा परेका छन्। भूकम्पपछि अन्तर्राष्ट्रिय संस्थाबाट संकलन गरिएको राहत सामग्री पीडितलाई वितरण नगरी खुमलटारस्थित सशस्त्र प्रहरीको दक्षिणकाली गणमा थुपारिएको छ।

कान्तिपुर दैनिकमा समाचार छ-नेपाल रेडक्रस सोसाइटीको पहलमा बेलायतस्थित एड संस्थाका आर्थिक सहयोगमा ल्याइएको ब्ल्यांकेट, सारी, धोती, ऊनी र रेडिमेडल कपडा, प्लेट, भाँडाकुँडठा, झोला लगायत सामग्री छन्। यी सामग्री करिब ३ सय साना र ७ ठूला कार्टुनमा राखिएका छन्।

कोइराला र देउवा मिलेर सानेपामा गरियो नाटक मञ्चन

काठमाडौं,माघ १२ । क्रियाशील सदस्यताको विवाद मिलाउने र जिल्ला सभापति कतिपटक हुन पाउने भन्ने टुंगो लगाउन कांग्रेस केन्द्रीय समितिको बैठक सोमबार बिहान ९ बजेलाई डाकिएको थियो । आकस्मिक भन्दै डाकिएको बैठकमा भाग लिन अधिकांश केन्द्रीय सदस्य समयमै केन्द्रीय कार्यालय सानेपा पुगे । केन्द्रीय सदस्यका लागि भित्र बैठक हलमा होइन, बाहिरै आागनमा प्लास्टिकका कुर्सी राखिएको थियो । उनीहरूलाई त्यहीा बस्न भनियो ।
केन्द्रीय सदस्यहरू बाहिर चिया खाएर घाम ताप्न थाले । सभापति सुशील कोइराला, नेता शेरबहादुर देउवा, उपसभापति रामचन्द्र पौडेल, महामन्त्रीद्वय प्रकाशमान सिंह र कृष्ण सिटौला, प्रवक्ता दिलेन्द्रप्रसाद बडूले भित्र बैठक सुरु गरे । भित्र नेताहरू छलफल गरिरहेका थिए, बाहिर कर्मचारीले केन्द्रीय सदस्यहरूलाई माइन्युटमा हस्ताक्षर गराइरहेका थिए । भित्रको बैठक नसकिएसम्म सबै केन्द्रीय सदस्यलाई बाहिर प्रतीक्षा गर्न भनिएको थियो । सुजाता कोइराला भने दिक्क मानेर बीचमै हिाडिन् । करिब अढाई घन्टापछि झन्डै पौने १२ बजे निर्णय भयो भन्दै शीर्ष नेता बाहिरिए ।

सभापति कोइरालाले महाधिवेशन पनि नजिकिएको र आकस्मिक रूपमा केही निर्णय गर्नुपरेकाले बैठक डाकिएको बताए । उनले केन्द्रीय समितिको निर्णय केन्द्रीय सदस्यलाई सुनाउन महामन्त्री कृष्ण सिटौलालाई निर्देशन दिए । बैठकको निर्णय जानकारी दिन केन्द्रीय सदस्यतिर फर्किएर ६ जना नेता बसेका थिए, आफूहरू सहभागी नभएको केन्द्रीय समितिले कस्तो निर्णय गरेछ भनेर केन्द्रीय सदस्यहरूले ध्यानपूर्वक सुनिरहेका थिए । कोही बसिरहेका थिए, पछाडिपट्टिका धेरै उभिएका थिए । भीडमा को पत्रकार हो, को कार्यकर्ता र को केन्द्रीय सदस्य हो भनेर छुट्याउन गाह्रो थियो ।

बैठकमा सहभागी नगराई पदाधिकारीले निर्णय गरेर आफूहरूलाई साक्षी मात्र राख्न खोजिएको भन्दै केन्द्रीय सदस्यहरूले पहिलेदेखि नै कुरा गरिरहेका थिए । सिटौलाले १० बुादे निर्णय सुनाउन थाल्दा केही सदस्यले होहल्ला गर्न थाले । चन्द्र भण्डारी, नवीन्द्रराज जोशी, गगन थापा, प्रदीप पौडेल र मीना पाण्डेले हात उठाए पनि नेताहरूले वास्तै गरेनन् । त्यतिन्जेलसम्म सिटौलाले १० बुादे निर्णय सुनाइसकेका थिए ।

ड्ड लगत्तै देउवाले माइक लिादै भने, ‘अब हामीसँग महाधिवेशनका लागि समय छैन । सदस्यता सम्बन्धमा मलाई पनि चित्त बुझेको छैन । हाम्रै सिको गरेर एमाले र एमाओवादीसमेत पाँच वर्षमा अधिवेशन गर्नतिर लागिसके । अब हामीले झमेला गर्ने वेला छैन ।’
देउवाले बोल्दाबोल्दै केन्द्रीय सदस्य गगन थापाले प्रश्न गरे, ‘क्रियाशील सदस्यतामा त्रुटि भयो भनिएको छ, त्यसको व्याख्या के हो ?’ तर, पदाधिकारीहरू सकेसम्म छिटो बैठक टुंग्याएर हिाड्न हतारिएका थिए । उनीहरूले जवाफ दिएनन् ।

अर्कोतिर केन्द्रीय सदस्य रामचन्द्र तिवारी एकोहोरो बोलिरहेका थिए । ‘महोत्तरीमा गाउँ, नगर, क्षेत्र र जिल्ला सबैतिरबाट विधि प्रक्रिया पुर्‍याएर वितरण गरिएका सदस्यता किन खारेज गरियो रु’ उनले चर्को रूपमा कारण दिन माग गरे, ‘छानबिन समितिले किन महोत्तरीका सबै सदस्यता रोक्यो रु’ अन्ततस् सभापति कोइराला पनि जंगिए ।

उनले सदस्यताको विषय प्राविधिक त्रुटि हो भनेर अघि बैठकले व्याख्या गरेको होइन भनेर चर्को स्वरमा प्रश्न गर्दै सिटौलातिर फर्किए । तर, सिटौला बोलेनन्, तिवारी रोकिएनन् । अन्य सदस्यहरू पनि बोलिरहेका थिए । विवाद चर्किंदै जान थालेपछि मिडियालाई त्यहाँबाट बाहिर निकालियो । यता प्रवक्ता बडूले मिडियालाई ब्रिफिङ गर्न थाले, उता सभापति कोइरालाले बैठक टुंग्याए ।
आजको नयाँ पत्रिका दैनिकमा समाचार छापिएको छ ।

सभापति बनेकाले पुनः सोही पदमा उम्मेदवारी दिन नपाउने कांग्रेसको निर्णय

काठमाडौं,माघ ११ । कांग्रेसले लगातार दुई कार्यकाल जिल्ला सभापति भएकालाई १३ औं महाधिवेशनमा सोही पदमा उम्मेदवार हुन नपाउने निर्णय गरेको छ । पार्टी केन्द्रिय कार्यालय सानेपामा मात्रै ३० मिनेट बसेको बैठकले उक्त बैठकले ११औं र १२औं महाधिवेशनमा सभापति बनेकाले पुनः सोही पदमा उम्मेदवारी दिन नपाउने निर्णय गरेको हो । यो निर्णयसँगै कांग्रेसका १८ जिल्ला सभापतिले आगामी महाधिवेशनका लागि सभापति पदमा उम्मेदवारी दिन नपाउने भएका छन ।

यस्तै चैतसम्म आफुहरु महाधिवेशनमा लाग्नु पर्ने भएकाले संसद बैठक स्थगित गर्न माग गर्दै बैठकले मोर्चालगायत सबैलाई महाधिवेशनमा सहयोग गर्न र सरकारसँग पनि आवश्यक सुरक्षाको ब्यवस्थापन गरिदिन माग गरेको छ ।

आसन्न १३औँ महाधिवेशनको संघारमा रहेको कांग्रेसको गाउँ, नगर र वडाको अधिवेशन माघ १५ मा हुँदैछ भने माघ २२ मा क्षेत्र र माघ २५ मा जिल्ला अधिवेशन हुँदैछ । पार्टीको १३औं महाधिवेशन भने फागुन २० गतेदेखि २३ गतेसम्म काठमाडौंमा हुँदैछ ।

Featured Post

माओवादी केन्द्रका तीन मन्त्रीमा महरालाई अर्थ, दुई नयाँ अनुहार

काठमाडौं,साउन २० । माओवादी केन्द्रका अध्यक्ष तथा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड नेतृत्वको सरकारमा पहिलो चरणमा तीन जना मन्त्री पठाउने भ...

Popular Posts