काठमाडौ,माघ १५ । नेपालले पूर्वाधार निर्माणका परियोजना प्रस्ताव गर्न नसक्दा चीन सरकारले यसअघि घोषित अनुदान रकमबाटै पेट्रोल अनुदानको हिसाबकिताब मिलाउने भएको छ। चीनले यसअघि पूर्वाधार निर्माणमा खर्च गर्ने गरी नेपाललाई १२ अर्ब ८० करोड रुपैयाँ अनुदान घोषणा गरेको थियो।
उक्त रकम यी यी परियोजनामा खर्चने भनी नेपालले चीनसमक्ष प्रस्ताव गर्न नसक्दा यस्तो परिस्थिति आएको हो। भारतीय नाकाबन्दीका बेला चीनले अनुदानबापत दिएको १३ लाख लितटर तेलको रकम पूर्वघोषित अनुदानबाट कटौती गर्ने चीनले जानकारी दिएको हो। भारतको अघोषित नाकाबन्दीपछि तेल अभाव हुँदा सरकारी पहलमा चीनले नेपाललाई १३ लाख लिटर पेट्रोल दिएको थियो नागरिक दैनिकमा समाचार छ।
No comments:
Post a Comment