काठमाडौं,माघ १५ । भारतले नेपालमा पृथक्तावादी आन्दोलन गरिरहेका केही व्यक्तिलाई आन्दोलन निमन्त्रणा गरेर नेपालमा विरोधाभास सन्देश दिन नखोजेको स्पष्ट पारेको छ। नेपालका सबै राजनीतिक दलका नेतासँग कुनै एकको पक्ष नलिएको समेत दाबी गरेको छ । बिहीवार भारतीय विदेशमन्त्रालयमा आयोजित साप्ताहिक पत्रकार सम्मेलनमा प्रवक्ता विकास स्वरुपले भने,‘हामीले कुनै विरोधाभासपूर्ण सन्देश दिएका छैनौँ, नेपालमा कुनै एकको पक्ष लिएका पनि छैनौँ।’
पत्रकार सम्मेलनमा तपाईले नेपालमा भएको संविधान संशोधनको स्वागत गर्नुभयो र केही नेपाली नेतालाई भारतमा स्वागत गर्नु भयो जसमा पृथक्तावादी आन्दोलन गरिरहेका व्यक्तिसमेत छन्, किन कन्फ्लिक्टिङ म्यासेज दिन खोजिएको? भन्ने प्रश्न गर्दा प्रवक्ता स्वरुप चलाखीपूर्ण उत्तर दिएर पन्छिए।
उनले नेपालमा पृथक्तावादी, आन्दोलन गरिरहेका व्यक्ति र तिनको भारत भ्रमणका सवालमा झन् एक शब्द बोलेनन् । नागरिक दैनिकमा समाचार छ।
No comments:
Post a Comment