Tuesday, May 31, 2016

मनिषा मृत्यु प्रकरणः कसरी भयो मनिषाको मृत्यु ? घाँटी थिचेर नमारेको’’प्रहरी प्रतिवेदन’

काठमाडौं,जेठ १९ । फुटबलर विमल घर्ती मगरकी बहिनी मनिषाको शंकास्पद मृत्युको घटनाको सत्यतथ्य पत्ता लगाउन हत्या आरोपमा पक्राउ परेका उनका प्रेमी रुद्रनारायण (आशिष) चौधरी झुठो नबोलेको भेटिएको छ । योसँगै मनिषाले आत्महत्या गरेको तथ्य बनेको छ । इलाका प्रहरी कार्यालय सुनवलमा प्रहरीले चौधरीले बयानका क्रममा झुट बोलेको हो वा होईन भन्ने पत्ता लगाउन गरेको परिक्षणको बुधबार पत्रकार सम्मेलन गर्दै पोलिग्राफ परीक्षण सार्वजनिक गरेको हो । सार्वजनिक गरिएको रिपोर्टमा उनले बताएको कुरा झुठो नभएको प्रारम्भिक रिपोर्ट आएको प्रहरीले बताएको हो ।

अनुसन्धान अधिकृत प्रकाश सापकोटाले भने, ‘पोलिग्राफको प्रारम्भिक रिपोर्टमा आशिषले अहिलेसम्म बोलेको कुरा साँचो रहेको पाइयो ।’ उनले उत्तर दिँदा पोलिग्राफ मेसिनमा कुनै अस्वभाविक तरंग नआएको उनले बताए । तर, अनुसन्धान अझै नटुंगिएको बताउँदै उनले अनुसन्धान अझै जारी रहेको बताए । चौधरीलाई ५ घन्टा लगाए ११ वटा प्रश्न गरिएको थियो। प्रहरीको अनुसन्धानले दुईबीचको प्रेम सम्बन्ध र त्यसले ल्याएको विवादकै कारण घटना भएको देखाएको छ। मनिषा र आशिषबीच १२ गते राति साढे ८ बजेसम्म दुई-चार दिनमा २ सय १८ पटक दुईतर्फी फोन सम्पर्क भएको थियो।

प्रहरीलाई दिएको बयानमा बुधबार साँझतिर मनिषाले सिमकार्ड मागेपछि आफूले नदिएकाले झगडा भएको र त्यस क्रममा हात हालाहालसमेत भएको आशिषले बताएका थिए। त्यसपछि आफू एक बोतल बियर खाएर उनकै घरमा सुतेको र राति उठेर हेर्न जाँदा झुन्डिएको अवस्थामा देखेको उनको बयान छ।
यसअघि पोष्टमार्टम रिपोर्टमा पनि ‘ह्यांगिङ’ (झुण्डिएको) रिपोर्ट आएको थियो । १७ बर्षिय मनिषाको शव जेठ १३ गते नवलपरासीको बर्दघाट–८ स्थित आफ्नै घरमा फेला परेको थियो ।

युरोकप  २०१६ मा कसको भिडन्त को सँग (तालिका सहित)

काठमाडौं,जेठ १९ । १५ औं संस्करणको युरो कप फुटबल आगामी जुन १० देखि फ्रान्समा सुरु हुँदैछ। यसपटकको युरो कपमा २४ राष्ट्र सहभागी हुन लागेका छन् । ५ राष्ट्रले डेब्यु गर्दैछन् भने खेलमा ४ पूर्व विजेता देश मात्रै छानिएका छन्। ३ पूर्व विजेता डेनमार्क, नेदरल्याण्ड र ग्रीस भने यो पटक छनोट हुन असफल रहे। यस पटक इङ्गल्याण्डलाई उपाधि दाबेदारको रुपमा पनि हेरिएको छ।
को-को छन् टिमहरू
समूह ए
फ्रान्स, रोमानिया, अल्बानिया, स्वीजरल्याण्ड
समूह बी
इंल्याण्ड, रसिया, बेल्स र स्लोभाकिया
समूह सी
जर्मनी, युक्रेन, पोल्याण्ड र नर्दन आयरल्याण्ड
समूह डी
स्पेन, चेक रिपब्लिक, टर्की र क्रोएसिया
समूह ई
बेल्जियम, इटाली, आयरल्याण्ड ,स्वीडेन
समूह एफ
पोर्चुगल, आइसल्याण्ड, अष्ट्रिया, हंगेरी

निजामति कर्मचारीको देशभरि चुनाव हुँदै,६ संगठनवीच प्रतिस्पर्धा

काठमाडौं,जेठ १९ । निजामति कर्मचारीहरुको आज हुने आधिकारिक ट्रेड युनियन निर्वाचनको लागि सरकारले बिदा दिएको छ । इतिहासमा पहिलोपटक निजामती कर्मचारीहरुको आधिकारिक ट्रेड युनियनको निर्वाचन हुने लागेकोले मन्त्रिपरिषदको निर्णय अनुसार आज विदा दिइएको हो ।

काठमाडौंमा हरेक मन्त्रालयमा र अन्य जिल्लाहरुमा सरकारी वकिलको कार्यालय वा जिल्ला प्रशासन कार्यालयहरुमा मतदान हुनेछ । बिहान ९ बजेदेखि सुरु हुने मतदान साँझ ५ बजेसम्म चल्नेछ । निर्वाचन अधिकृत तिम्सिनाका अनुसार १६ सय ३ जना निजामति कर्मचारी र १२ सय १५ जना सुरक्षाकर्मि गरि २ हजार ८ सय १८ जना कर्मचारी निर्वाचनमा खटिने छन ।

निर्वाचनमा कांग्रेसनिकट नेपाल निजामती कर्मचारी युनियन -संघ), एमाले निकट नेपाल निजामती कर्मचारी संगठन, माओवादी केन्द्र निकट नेपाल राष्ट्रिय कर्मचारी संगठन, मधेस केन्दि्रत दलनिकट नेपाल मधेसी निजामती कर्मचारी मञ्च, कार्यालय सहयोगीहरुको संगठन ‘राष्ट्रिय स्वतन्त्र कर्मचारी मिलन केन्द्र’ र सवारी चालकहरुको संगठन ‘राष्ट्रसेवक कर्मचारी संगठन’ चुनावी प्रतिस्पर्धामा छन् ।

चुनावी प्रतिस्पर्धामा उत्रिएका छन् । अधिकृतसम्मका मतदाताको संख्या ५४ हजार ३ सय छ । उनीहरुले व्यक्ति होइन, संगठन रोज्नेछन् । अधिकृतभन्दा माथिल्लो तहका कर्मचारीहरुले भने निर्वाचनमा भाग लिन पाउँदैनन् ।

कांग्रेसमा भ्रातृ संगठन कब्जा गर्ने होडबाजी

काठमाडौं,जेठ १९ । आगामी भदौ अन्तिम सातादेखि हुन लागेको नेपाली कांग्रेसको भ्रातृ संगठनहरुको अधिवेशनमा हावी हुन संस्थापन पक्ष र अल्पमत पक्षबीच होडबाजी सुरु भएको छ । सभापति शेबहादुर देउवाले नेतृत्व गरेको संस्थापन पक्ष र वरिष्ठ नेता रामचन्द्र पौडेलले नेतृत्व गरेको अल्पमत पक्ष दुबैले भ्रातृ संगठनमा कव्जा गर्ने रणनीति बनाउन थालेका छन् ।

कांग्रेसेको १३ औं महाधिवेशनपछि पहिलोपटक यसलाई महत्व दिएका हुन् । भ्रातृ संगठन अधिवेशनको नतिजाले पार्टी राजनीतिमा प्रत्यक्ष प्रभाव पार्ने हुनाले कव्जा जमाउन दुवै पक्ष अहिलेदेखि नै जुटेका हुन् ।

पार्टीभित्र सबैभन्दा प्रभावशाली भातृ संगठन मानिने तरुण दलको अधिवेशन आगामी २४ देखि २६ भदौमा हुँदै छ । यस्तै २८ देखि ३० भदौमा महिला संघ र ४ देखि ६ असोजमा किसान संघको अधिवेशन हुँदै छ । नेविसंघको अधिवेशन मिति तय भइनसकेको भएपनि यथाशक्य चाँडो घोषणा गर्ने तयारी भइरहेको छ । राजधानी दैनिकमा समाचार छ।

पूर्वराजा वीरेन्द्र शाहको बंश नाश भएको १५ वर्ष, खुलेन अझै रहस्य

काठमाडौं,जेठ १९ । आज जेठ १९ गते । तत्कालिन राजा वीरेन्द्रको वंशनाश भएको १४ वर्ष पुरा भएर आजबाट १५ वर्ष लागेको छ । विश्वले नै बिर्सनै नसक्ने त्यो रात सम्झँदा जीउ सिरिङ हुन्छ । राजा वीरेन्द्रको परिवारको सम्झना आउँछ । तर विश्वमा नै चर्चित भनेको दरबार हत्याकाण्डको रहस्य अझै खुल्न सकेको छैन् । पारिवारिक जमघटका बेला भएको घटनामा राजा वीरेन्द्र,रानी एश्वर्य, युवराज दीपेन्द्र, राजकुमार निराजन, राजकुमारी श्रुति, राजकुमार धिरेन्द्र , राजकुमारी जयन्ती , राजकुमारी शान्ती ,राजकुमारी शारदा, कुमार खड्ग र अन्य राजपरिवारका सदस्यहरूको हत्या भएको थियो ।

प्रधानमन्त्री भएको बेलामा स्वर्गीय गिरिजाप्रसाद कोइराला, पुष्पकमल दाहाल, माधवकुमार नेपाल लगायतकाले दरबार हत्याकाण्डको छानबिन गरेरै छाड्ने प्रतिबद्धता जनाएको वर्षौ भइसकेको छ। सो घटनामा केही पनि भएको छैन् । तत्कालिन युवरनज दीपेन्द्रले हत्या गरेको भन्ने कुरा छानबिनपछि बनाइएको प्रतिबेदनले जनाएपनि त्यसमा अझै ठूलो जनसमूहलाई आंशका रहेको छ । हत्याकाण्डपछि तत्कालीन सभामुख तारानाथ रानाभाटको संयोजकत्वमा गठित उच्चस्तरीय छानबिन समितिले जेठ १९ को घटनाका लागि युवराज दीपेन्द्रलाई दोषी देखाइएको प्रतिवेदन सार्वजनिक गरेको थियो । तर त्यसलाई आम नेपालीले विशवास गरिरहेका छैनन ।

माओवादी केन्द्र : गति लिने कि अल्मलिने ?

काठमाडौं,जेठ १९ । माओवादी केन्द्रको नाममा क्रान्तिकारी कम्युनिष्टहरु एकीकृत भएपछि राष्ट्रिय राजनीतिक माहौलमा ठूलो फेरबदल हुन थालेको छ । शक्तिशाली माओवादी केन्द्रको गठनपछि नयाँ अवस्थामा यसभित्र अन्तरविरोध सिर्जना हुनु स्वाभाविक हो भने प्रतिक्रियावादी खेमा आत्तिनु पनि स्वाभाविक हो । माओवादी केन्द्रको उदयपछि खासगरी एमाले हच्किएको छ भने कांग्रेस पनि तर्सिएको छ ।
आजको समयबद्व साप्ताहिकमा खबर छ । माओवादी केन्द्र गठन भए पनि यसले पूर्ण गति लिएको छैन, गति नलिँदै दुर्गति सुरु होस् भन्ने तत्वहरु पनि सल्बलाउन थालेका छन् । माओवादी केन्द्रमा नसमेटिएका मोहन वैद्य र नेत्रविक्रम चन्द विप्लवका समूहहरु माओवादी केन्द्रप्रति आक्रामक हुनुलाई स्वाभाविक लिइएको छ तर माओवादी केन्द्रभित्रको अन्तरविरोध व्यवस्थापन चुनौतीपूर्ण बनेको छ । माओवादी केन्द्रभित्र खासै ठूलो वैचारिक अन्तरविरोध देखिएको छैन तर संगठनात्मक अन्तरविरोधलाई वैचारिक अन्तरविरोधको खोल हालिदिने चलन भने पुरानो हो । संगठन व्यवस्थापन साधारण विषय हो र हुन पनि पर्छ तर यही विषय माओवादी आन्दोलनमा सधै समस्याका रुपमा देखिने गरेको छ । संगठनात्मक अन्तरविरोधलाई समातेर प्रतिक्रियावादी तत्वहरुले पनि खेल्ने गरेको इतिहास माओवादी आन्दोलनले भोगिसकेको छ ।

माओवादी केन्द्र सिर्जना भएपछि जनतामा व्यापक उत्साह छाएको छ । माओवादी आन्दोलन छिन्नभिन्न हुन खोजेकोमा दुखी भएका जनता अहिले उत्साहित छन् । तर, त्यही रफ्तारको उत्साह केन्द्रभित्र पैदा हुन सकेको छ कि छैन भन्ने महत्वपूर्ण प्रश्न बन्न थालेको छ । खासगरी सत्ताको शिविर वरिपरि घुम्ने, जनयुद्धमा यो र त्यो गरेको थिएँ भनेर त्यसकै मात्र व्याज खान खोज्ने प्रवृत्ति माओवादी केन्द्रभित्र अहिले पनि कमजोर छैन । एकतामा भन्दा द्वन्द्वमा लाभ देख्ने, कृत्रिम अन्तरविरोध सिर्जना गरेर त्यसैको वरिपरि खेलेर बस्ने प्रवृत्ति कम्युनिष्ट आन्दोलनका लागि नयाँ होइन । अहिले झन देशीविदेशी शक्ति केन्द्रको प्यारो बनेकाहरुले हरेक राजनीतिक दलहरुभित्र हाइहुकुम चलाउन खोजिरहेको अवस्था छ । यस्तो प्रवृत्ति माओवादी केन्द्रभित्र पनि नफस्टाओस् भनेर नेतृत्व र कार्यकर्ता पंक्ति दुवै सचेत हुनुपर्ने अवस्था आएको छ ।

हिजो भारतको सत्तोसराप गरेर राष्ट्रवादको नारा दिनेहरु आज अचानक किन दक्षिण मुख फर्काइरहेका छन् ? यस्तो प्रश्न माओवादी केन्द्रका कतिपय नेताहरुलाई पनि सोधिने गरेको छ । कुनै पनि दस्तावेजमा भारतीय विस्तारवाद लेखिनु हुन्न, लेखे पनि त्यसलाई ठूलो स्वरमा वाचन गर्नु हुन्न भारतीय शासकलाई नाकाबन्दी लगाउनुपर्छ भन्दै भारतीय दूतावासमा धाउने एउटा प्रवृत्ति वैद्य र विप्लव दुवै समूहमा रहेका छन् । ती समूहसँग यही विषयमा हिमचिम गर्नेहरु विगत एमाओवादीमा पनि थिए । यो प्रवृत्तिले भिन्नभिन्न शिविरमा बसेर एकीकृत रुपमा माओवादी केन्द्रभित्र पनि खेल्छ कि भन्ने चिन्ता कार्यकर्ता पंक्तिमा देखिएको छ । यस्तो चिन्ता नाजायज होइन पनि ।

जुन उत्साह साथ माओवादी केन्द्र गठन भएको थियो, त्यो उत्साहलाई कायम राखेर अब कसरी अगाडि बढ्ने भन्ने प्रश्न माओवादी केन्द्र समक्ष रहेको छ । एकीकृत पार्टी संगठनात्मक रुपमा गतिहीन, दिशाहीन हुन थाल्यो भने कार्यकर्ता पंक्तिले सहँदैन भन्ने निश्चित छ । देशी विदेशी प्रतिक्रियावादी षडयन्त्रबाट छिन्नभिन्न हुन खोजेको माओवादी आन्दोलन एकीकृत भएपछि अब जनतालाई के नयाँ सन्देश दिने ? केन्द्रका नेताहरु समक्ष चुनौती आएको छ । नेताहरुलाई जस्तै चुनौती गाउँगाउँका कार्यकर्ताहरुलाई पनि छ, एकीकृत पार्टीले जनताका लागि के गर्छ र के फरक हुन्छ भन्ने सन्देश कार्यकर्ताले जनस्तरमा पु¥याउनु परेको छ ।

माओवादी केन्द्रले अब स्पष्ट रुपमा दुइटा मोर्चामा आफूलाई खरो सावित गर्नुपर्ने भएको छ,– संसदीय मोर्चा र सडकको मोर्चा । यी दुवै मोर्चालाई समन्वय गरेर अगाडि बढ्ने कौशल देखाउन सकिएन भने पार्टी कि संसदीय भासमा फस्ने छ, कि अन्त्यहीन आन्दोलनको गोलचक्करमा फस्ने छ । हिजो जनयुद्धको मोर्चामा रहेको माओवादीसँग जनताले संघर्षको अपेक्षा गर्थे, आजको माओवादी केन्द्रसँग जनताले सबैथोकको अपेक्षा गर्छन् । महंगी र मूल्यवृद्धि नियन्त्रणदेखि राज्यका दैनिक यावत समस्यामा माओवादी केन्द्रले हस्तक्षेप गरेको हेर्न चाहन्छन् जनता । जनताका यी सबै चाहना पूरा गर्न माओवादी केन्द्रले नयाँ उत्साह, नयाँ गति र नयाँ कार्यशैलीले अगाडि नबढी सुखै छैन ।

निगमको नाफा १५ दिनमै २३ करोड घट्ने

काठमाडौं,जेठ १९ । बजेटले पेट्रोलियम पदार्थमा पूर्वाधार कर लाग्ने घोषणा गरेपछि नेपाल आयल निगमलाई निगमको अर्धमासिक नाफ २३ करोड रुपैयाँ घट्ने भएको छ । निगमले मंगलबार सार्वजनिक गरेको अनुमानित अर्धमासिक वित्तीय प्रतिवेदनमा नाफा ४३ करोड ३० लाख रुपैयाँबाट घटेर १९ करोड ९५ लख रुपैयाँमा सीमित हुने आजको कारोबार दैनिकले जनाएको छ ।

बूढीगण्डकी जलविद्युत आयोजना निर्माणका लागि सरकारले पेट्रोलियम पदार्थमा प्रतिलिटर ५ रुपैयाँ पूर्वाधार कर लगाउने भएपछि निमगको नाफ घट्ने भएको हो । पेट्रोलियम पदार्थमा यस्तो कर लिएपछि बूढीगण्डकीलाई वार्षिक ७ अर्ब रुपैयाँ लगानी जुट्ने छ । शनिबार संसदमा अर्थमन्त्री विष्णुप्रसाद पौडेलले प्रस्तुत गरेको आर्थिक वर्ष २०७३/७४ को बजेटमा पेट्रोल, डिजेल, र हवाई इन्धनमा भन्सार विन्दुमै प्रतिलिटर ५ रुपैयाँका दरले पूर्वाधार कर लगाउने घोषणा गरेका थिए ।

प्रधानन्यायाधीसकोे ‘नक्कली बेटा’ बालुवाटारमा

काठमाडौं,जेठ १९ । ‘हाँ, वो मेरी माँ है । मैँ उनका इकलौता बेटा हुँ । मेरी माँ नेपालके सुप्रिम कोर्टमे चिफ जस्टिस है ! सद्दे हुन् वा दिमागी सन्तुलन विग्रिएका, तर यी ठिटा १५ दिनअघि बालुवाटारमा गनगन गर्दै रहेको अवस्थामा भेटिए । दावी थियो, मुलुकको प्रथम महिला प्रधानन्यायाधिश सुशीला कार्की आफ्नाी आमा भएको ।

देशवासीको जानकारी रहेअनुसार नेपालकी प्रधानन्यायाधीसका एकमात्र छोरा छन्, प्रशान्त सुवेदी । प्रशान्त त्यसदिन विहानै बालुवाटारस्थित आमाको सरकारी निवासबाट निस्किएर सिनामंगलस्थित काठमाडौं मेडिकल कलेज पुगेका थिए । तर, जब डाक्टरी शिक्षा पढ्न थाले, तब आमाको सरकारी निवास पुगेर अर्कै भारतीय युवक सुशिलालाई आमा दावी गर्दै थिए । आजको जनआस्था साप्ताहिकमा खबर छ ।

उनी, थिए, भारतको फारविसगञ्जनजिकै घर भएका २७–२८ वर्षजस्ता देखिने अर्जुनकुमार । मूलगेटमा सुरक्षार्थ तैनाथ नेपाल प्रहरीका एकजना हवल्दारले भेन, ‘आप उनकी बेटा नहीँ है । और, उनसे मिल्नेके लिए आपने कोही अपोइन्टमेन्ट भी नहिँ लिया है , तर, जिद्दी स्वभावको ठिटोले जसो भन्दा पनि मान्दै मानेन । भन्यो, ‘नहीँ साप, मै अभि–अभि फारविसगञ्जले विराटनगर और बिराटनगरसे काठमाडौं आया हुँ । वो मेरी माँ है । एकबार उनसे मिल्ने दिजिए। वे मेरेको अच्छेसे पहचान्ती है ।’ प्रहरीले कुरा पत्याउने कुरै थिएन । ड्यूटिवाल प्रहरीले माथिल्लो दर्जाका हाकिमलाई फोन गरेर सोधे । हाकिमले भने, ‘परिवारको कोही सदस्यलाई त्यो केटो देखाउनु । उनीहरुले आफन्त नै हो भन्छन् भने भेटाउदिनु । यदि होइन भने, सर्वोच्च अदालतको मूलगेटमा पठाइदिनु ।

प्रहरीले त्यसै अनुसार परिवारका सबै सदस्य चिन्ने कामदारले बोलाएर देखाए । उनले युवकलाई नचिनेपछि उनलाई सवोच्च अदालतको प्रहरी सहायता कक्षमा पठाए ।

सरकार परिवर्तनमा देउवा फेरि सक्रिय, क–कसलाई हात लिए ?

काठमाडौं,जेठ १९ । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका सभापति शेरवहादुर देउवा फेरि सत्ता समिकरण परिवर्तनको खेलमा जुटेका छन् । वर्तमान सत्ताको मुख्य घटक एमाओवादीलाई वाहिर निकालेर नयाँ सत्ता समिकरण निर्माण गर्ने प्रयासमा असफलता हात लागेपछि केही दिन कांग्रेस सभापति देउवा सुस्ताएका थिए । पहिलो प्रयास असफल भएपछि पार्टी वाहिरवाट मात्रै होइन भित्रैबाट समेत अलोचना बेहोरिरहेका देउवाको यो दोस्रो कदम अत्यन्त गोप्य ढंगले चालेका छन् ।

आजको समयबद्व साप्ताहिकमा खबर छ । एमाले र माओवादी केन्द्र बाहेकै बहुमत जुटाउने अभियानमा देउवा छन् । गैरकम्युनिष्टहरुलाई एकै ठाउँमा जुटाएर नयाँ सत्ता समिकरण निर्माण गर्ने अभियानअन्तर्गत कांग्रेस सभापति देउवाले गोप्य रुपमा विभिन्न प्रभावशाली नेताहरुलाई जिम्मेवारी दिएका छन् । समाचार स्रोतका अनुसार सर्वप्रथम पुर्वपञ्चहरुका पार्टी राप्रपा र राप्रपा नेपाललाई एकीकरण गराउने रणनीति रहेको छ । दुई राप्रपाको संसदमा ३८ सिट छ । यो जिम्मेवारीका लागि देउवाले आफ्ना निकटस्थ अर्जुन नरसिंह केसी, पशुपति शमशेर राणालाई जिम्मा दिएका छन् ।

पूर्वराजा ज्ञानेन्द्र शाहका निकट सहयोगी प्रभाकर शमशेर राणा दुई राप्रपा एकीकरणका लागि घनिभूत रुपमा लागेका छन् । यही अभियानअन्तर्गत उनी पूर्व युवराज्ञी हिमानी शाहलाई लिएर चीन भ्रमण गएका छन् । सत्ता समिकरण परिवर्तनको अघिल्लो प्रयास चीनका कारण असफल भएको बुझाई देउवाको छ । त्यसैले उनले चीनलाई आफ्नो पक्षमा लिनका लागि प्रभाकर शमशेर कार्ड प्रयोग गरेको समाचार स्रोतले जनाएको छ । यसैगरी विभिन्न मधेसी दलहरुको एउटै मोर्चा निर्माण गर्ने रणनीति अनुरुप कांग्रेस सभापति देउवाले संवाद अघि बढाएका छन् । यसको संयोजन अमरेशकुमार सिंह, डा. शेखर कोइराला, कृष्णप्रसाद सिटौला, विमलेन्द्र निधि, शरतसिंह भण्डारी, संघीय समाजवादी फोरमका नेता राजेन्द्र श्रेष्ठ लगायतले लिएका छन् । नयाँ शक्तिका नेता डा. बाबुराम भट्टराईसँग संवाद अघि बढाउनका लागि प्रदीप गिरिलाई जिम्मेवारी दिइएको छ ।

अध्यक्ष प्रचण्डले धोका दिएका कारण माओवादी केन्द्र फुटाउने रणनीतिमा देउवाको किचन क्याविनेट छ । जसका लागि बाबुराम भट्टराईसँग परामर्श गर्न प्रदीप गिरिलाई जिम्मेवारी दिइएको हो । संविधान निर्माणका क्रममा बाबुराम र देउवाबीच दूरी बढेको थियो । यो दुरीलाई नघटाएसम्म मधेसीदलहरुको समर्थन प्राप्त गर्न सजिलो नहुने सल्लाह सभापति देउवालाई प्रदीप गिरिले दिएका थिए । संविधान जारी हुना साथ मधेसी आन्दोलनका पक्षमा जुन नारा दिएर डा भट्टराई एमाओवादीबाट अलग भई स्वतन्त्र अभियानमा लागेका थिए, त्यही नारा यतिबेला कांग्रेसले बोकेको छ । यसलाई संयोग मात्रै मानिएको छैन ।

संसदमा सबै मधेसीदलहरुको सिट संख्या ५२ रहेको छ । दुई राप्रपाको ३८ र सबै मधेसीदलको ५२ गरी संसदमा ९० सिट छ भने नेपाली कांग्रेस एक्लैको दुई सय छ सिट छ । यो मिलाउँदा करिवकरिव बहुमत पुग्छ । आगामी असार मसान्तभित्र यो काम फत्ते गरिसक्ने रणनीति देउवाको छ । यो रणनीति अन्तर्गत यतिबेला पशुपतिशमशेर राणा भारतमा र प्रभाकर शमशेर राणा चीनमा छन् ।

समाचार स्रोतका अनुसार साना पार्टीहरुको भ्यागुताको धार्नी पु¥याएर प्रधानमन्त्री बन्न देउवा इच्छुक थिएनन् । उनी फेरि एकपल्ट माओवादी केन्द्रलाई वा एमालेकै माधव नेपाल पक्षलाई प्रयोग गर्ने रणनीतिमा थिए । तर, यो रणनीति फेरि पनि असफल हुने सूचना उनले भारतीय दूतावासबाटै पाए । केपी शर्मा ओलीले निकट भविष्यमै माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलाई सरकारको नेतृत्व हस्तान्तरण गर्ने कुरा आएपछि गैरकम्युनिष्टहरुको मोर्चा बनाएर बहुमत जुटाउन कांग्रेस सभापति देउवालाई नेपाली सेना र भारतबाट दवाव आएको थियो । गत बुधबार एउटा जमघटमा नेपाली कांग्रेसका पूर्व महामन्त्री कृष्णप्रसाद सिटौलाले आफ्ना निकटस्थहरुसँग भने–‘प्रधानमन्त्री ओली नेपाली सेनाद्वारा जति रुचाइएका नेता हुन्, माओवादी केन्द्रका अध्यक्ष प्रचण्ड त्यति नै नरुचाइएका नेता हुन् । त्यसैले देउवाले गरेको सत्ता समिकरण परिवर्तनको पहिलो प्रयास असफल भएको हो, अब विकल्प खोज्नुपर्छ, त्यो विकल्प माधव नेपाल हुनसक्छन् । ’

सत्ता समिकरण परिवर्तन जस्तो महत्वपूर्ण अभियानमा समेत सभापति देउवाले आफूहरुलाई सुइँकोसम्म नदिएको र दरवारियाहरुको मात्रै भरपरेको भन्दै नेपाली कांग्रेसभित्र असन्तुष्टि शुरु भएको छ । देउवा पक्षकै नेताहरु खुमबहादुर खड्का, गोपालमान सिंह लगायतका नेताहरु असन्तुष्ट बनेका छन् । यो असन्तुष्टिका कारण वरिष्ठ नेता रामचन्द्र पौडेल पक्ष केही बलियो हुँदै गएको छ । सभापति देउवा प्रमुख अतिथि रहेको कार्यक्रममा भन्दा वरिष्ठ नेता पौडेल प्रमुख अतिथि रहेको कार्याक्रममा कार्यकर्ताहरुको भीड बढ्न थालेको छ । गत महाधिबेशन, संसदीय दलको निर्वाचनमा देउवालाई साथ दिएका सांसदहरु समेत पौडलकहाँ आउजाउ गर्न थालेका छन् । यसरी पौडेल कहाँ जानेहरुमा खुमबहादुर निकटस्थ साँसदहरु धेरै छन् । देउवासँग वार्गेनिङका लागि खुमबहादुरले यो ट्रिक खेलेका हुन् या साँच्चै पौडेल शक्तिशाली बन्दै गइरहेका हुन् यकिन गर्न नसकिने एक नेताले बताए ।

यता विधान बमोजिम पार्टी संगठनलाई पूर्णता दिन असफल भएका सभापति देउवा भ्रातृ संस्थाको अधिबेशन गराउन पनि असफल हुने संकेत देखिएको छ । दुई महिनाअघि सम्पन्न केन्द्र्रीय समितिको बैठकले छ महिनाभित्र नेवि संघ, नेपाल तरुण दल र नेपाल महिला संघको महाधिबेशन गराउने निर्णय गरेको थियो । यी तीन वटा संगठनको महाधिबेशन २०६४ साल यता भएको छैन । तर, महाधिबेशसनका लागि कुनै तयारी भएको छैन । सभापति देउवाले खासै चासो लिएका छैनन् । फेरि पनि पूर्व सभापति सुशील कोइरालाले जस्तै मनोनित गरे भातृ संगठनको केन्द्रीय तदर्थ समिति परिवर्तन गर्ने रणनीतिमा सभापति देउवाको किचेन क्याविनेट रहेको समाचार स्रोतले जनाएको छ । देउवाको किचन क्याविनेटमा अराजनीतिक पृष्ठभूमिका राणा ठकुरीहरुको हालीमुहाली रहेका कारण खासै सूचना बाहिर आउने गरेको छैन ।

मनिषको पोष्टमार्टमको रिर्पोट : हत्या कि आत्महत्या अझै अन्योल

काठमाडौं,जेठ १८ । जेठ १३ गते बिहान नवलपरासी बर्दघाट ८ भुतास्थित आफ्नै घरमा मृत भेटिएकी नेपालका राष्ट्रिय फुटबलर विमल घर्ती मगरकी बहिनी मनिषा घर्तिमगरको शवको पोष्टमार्टमको रिर्पोट आएको छ ।त्रि.वि. शिक्षण अस्पतालले पोष्टमार्टमको रिर्पोट मंगलबार प्रहरीलाई बुझाएको हो । रिर्पोट आएपनि हत्या कि आत्महत्या भन्ने अझै प्रष्ट हुन सकेको छैन । रिर्पोटमा घाँटीमा भएको प्रेसरको कारण मनिषको मृत्यु भएको देखाईएको छ ।

शिक्षण अस्पताल फोरेन्सिक विभाग प्रमुख डा. हरिहर वस्तीका अनुसार मनिषाको गालामा सामान्य चोट छ भने घाँटीमा २५ सेन्टिमिटरको डाम रहेको छ र जुन झुन्डिएको सलको अकारसँग मिल्दोजुल्दो रहेको छ ।
वस्तीले पोष्टमार्टमबाट ह्याङगिङबाट मृत्यु भएको देखिएको तर यस्को अर्थ आफै झुण्डिएको वा अरुले झुण्ड्याएर हत्या गरेको भन्ने कुरा भन्न नसकिने हुँदा प्रहरीले अनुुसन्धान गरि पत्ता लगाउनु पर्ने बताए ।
तसर्थ प्रहरीको थप अनुसन्धान बिना पोष्टमार्टमको रिर्पोट आएपनि मनिषा घर्ति मगरको हत्या हो या अत्महत्या हो अझै खुल्न सकेको छैन ।

मनिषाको हत्यामा संलग्न भएको आशंकामा प्रहरीले उनका प्रेमी अशिष चौधरीलाई नियन्त्रणमा लिएको छ । र, उनले घटना भएको राति मनिषासँग आफ्नो झगडा भएको तर, हत्या नगरेको दाबी गरेका छन् ।

मनिषा मृत्यु प्रकरणः प्रेमीको पोलिग्राफ जाँच,झुट पत्ता लगाउने मेसिनसँग के के भने आशिषले ?

काठमाडौं,जेठ १८ । फुटबलर विमल घर्ती मगरकी बहिनी मनिषाको मनिषाको शंकास्पद मृत्युको घटनाको सत्यतथ्य पत्ता लगाउन हत्या आरोपमा पक्राउ परेका उनका प्रेमी रुद्रनारायण (आशिष) चौधरीको पोलिग्राफ गरिएको छ । मृत्युको कारण पत्ता लगाउन प्रहरीले आज ५ घण्टा लगाएर प्रेमीको पोलिग्राफ जाँच गरेको हो । इलाका प्रहरी कार्यालय सुनवलमा प्रहरीले चौधरीले बयानका क्रममा झुट बोलेको हो वा होईन भन्ने पत्ता लगाउन परिक्षण गरेका थिए ।

पोलिग्राफ टेस्टको निष्कर्ष भने सार्बजनिक गरिएको छैन । उक्त जाँचलाई काठमाडौं पठाइने र त्यसपछि मात्रै सार्बजनिक गरिने नवलपरासीले जनाएको छ । सोमबार मध्यान्ह पोलिग्राफ गर्ने भनिएपनि आशिषले आफूलाई टाउको दुखेको भनेपछि रोकिएको थियो । १७ बर्षिय मनिषाको शव जेठ १३ गते नवलपरासीको बर्दघाट–८ स्थित आफ्नै घरमा फेला परेको थियो ।

Monday, May 30, 2016

नेपाली युवतीको कोलकातामा गाडीभित्र सामूहिक बलात्कार

एजेन्सी । तीन वर्षदेखि कोलकातामा बसिरहेकी एक नेपाली युवती कोलकोत्तामा गाडीभित्र सामुहिक बलत्कारको शिकार भएकी छिन् । आइतबार राति त्यहाँको साल्ट लेक एरियाबाट राति ११ बजे उबर क्याब ९ट्याक्सी० चढेर कफी सप जान निस्किेकी नेपाली युवती बलात्कृत भएकी हुन् । सेक्टर भिको कलेज मोर नजिकै उनी झरिन् तर कहाँबाट जाने हो अलमलमा परिन्। नजिकै एक युवक उभिएका थिए। उनले सहयोग मागिन्।

केटाले आफूलाई त्यो पसल कहाँ हो थाहा नभएको तर साथीहरुलाई बोलाएर बताउन सक्ने जवाफ दिए। प्रहरीलाई ती नेपाली युवतीले दिएको बयानलाई उद्धृँत गर्दै इन्डियन एक्सप्रेस र इन्डिया टुडेले जनाए अनुसार त्यसपछि त्यो युवकले कसैलाई फोन गरेर बोलाए।

एकैछिनमा एसयुभी चढेर तीन जना केटाहरु बए। उनीहरुले कफी पसलसम्म जान लिफ्ट दिने बताए।

युवती र फोन गर्ने युवक चढ्ने बित्तिकै गाडी हुँइकियो। गुडिरहेको कारमा उनीहरुले सामूहिक बलात्कार गरे र साल्ट लेकको वैशाखी मोरमा पुर्यातएर सोमबार बिहान ३ बजेतिर गाडीबाट फ्याँकिदिए।

एक अर्कै ट्याक्सी ड्राइभरले उनलाई देखेपछि नजिकैको विधाननगर नर्थ पुलिस स्टेसनमा पुर्योइदिए। त्यहाँ उनले उजुरी दर्ता गराइन्।
पत्रिकाका अनुसार अहिले प्रहरी सिसिटिभी क्यामेरा फुटेज हेर्दै गाडी पहिचान गर्ने कोशिश गरिरहेको छ। नेपाली युवतीलाई विधाननगर सब डिभिजन अस्पतालमा भर्ती गरिएको छ। चिकित्सकहरुले बलात्कार भएको पुष्टि गरेका छन्।

कांग्रेसको अडानमा झुक्यो सरकार,कांग्रेसले सदन अवरोध नगर्ने

काठमाडौं,जेठ १८ । प्रमुख विपक्षी दल नेपाली कांग्रेसले बजेटबारे छलफल गर्न सोमवार बोलाइएको बैठक चार पटकसम्म अबरोध गरेपछि कांग्रेसको माग सम्बोधन गर्न सरकार तयार भएको छ । ब्यवस्थापिका संसदमा बजेट पेश गर्नुअघि नै सार्वजनिक भएको बारेमा अर्थमन्त्री विष्णु पौडेलले स्पष्टिकरण दिने भएका छन् ।

बजेटबारे छलफल गर्न सोमवार बोलाइएको बैठक कांग्रेसको कारण सञ्चालन हुन सकेन् । अर्थमन्त्रीले संसदमा बजेट प्रस्तुत गर्नु अघि नै सूचना चुहिएको भन्दै कांग्रेसले पटक पटक संसद अवरुद्ध परेको थियो ।
प्रधानमन्त्री केपी ओलीले भने बजेट सार्बजनिक नहुँदै यसअघि पनि पत्रपत्रिकामा आउने गरेको दाबी गर्दै छानबिन गर्न इन्कार गरेका थिए । तर कांग्रेसले सदन चल्न नदिने देखिएपछि सत्तारुढ दलहरुको मंगलबार विहान बसेको बैठकले छानविन गर्न समिति बनाउने निर्णय गरेका हुन् ।

बालुवाटारमा बिहान बसेको सत्तारुढ दलहरूको बैठकले विपक्षी दलको मागअनुसार छानिवन समिति बनाउने निर्णय भएको बैठकपछि राप्रपा नेपालका मुख्य सचेतक दिलनाथ गिरीले जानकारी दिए । संसद वैठक आज बोलाईएको छ ।

हैट ! हनुमाने र मंगलीको बिहे नै भो त ? (भिडियो सहित)

काठमाडौं । चर्चित टेलिफिल्म मेरी बास्सैमा हैट भन्दै चर्चित भएका हनुमाने र मंगलीले बिहे गरेको फोटोले सामाजिक सञ्जालमा तहल्का मच्चाएको थियो । कतिले साँच्चीकै जस्तो माने र बधाईको ओहिरो लाग्यो । कतिले अभिनयको लागि मात्र होला भन्ने अनुमान गरे । यथार्थमा त्यो इक म्यूजिक भिडियोमा रहेको दृश्यको फोटो थियो ।

फोटो पत्रकार नबिन बाबु गुरुङ्ले निर्देशन गरेको भिडियोमा बुद्दी तामाङ् ‘हनुमाने’ र रजनी गुरुङ ‘मंगली’को अभिनय छ । विकास उप्रेतीको स्वरमा रहेको ‘हामी जाउँला है र्‍याफ्टिङ् चढेर’ बोलको यस गीतकोभिडियोको एक दृश्यमा रजनी र बुद्धिलाई बेहुला-बेहुली भएर बेहुलाको घर सम्म पुगेको देखाईएको छ । यस गीतलाई किरण भण्डारीले रमाइलो शैलीमा लेख्ने र संगीत भर्ने काम गरेका छन् । जिवन थापाले सम्पादन गरेका छन् भने निर्देशक नबिनसँगै राजु तामाङ् र विकास पौडेलले खिचेका छन् ।

सिमलटारीमा एम्बुलेन्स सञ्चालनको लागि सहयोग जुटाउँदै युवा

सिमलटारी,जेठ १८ । व्यवसायिकरणको बाटोमा लम्किरहेको गुल्मी जिल्लास्थित मर्भुङ गाविसको सिमलटारीलाई आधार बनाएर एम्बुलेन्स संचालन गर्न पहल थालिएको छ । सडक यातायातको पहुँच पुगेपनि स्तरीय स्वास्थ्य संस्था तथा एम्बुलेन्सको अभावमा यहाँका बासिन्दा आकस्मिक उपचारबाट बन्चित छन् । एम्बुलेन्स खरीद गर्न अहिले यूवाहरु आर्थिक सहयोग जुटाउने अभियानमा छन् ।

सिमलटारी फ्रेन्ड्स क्लवले यस अभियानको नेतृत्व गरिरहेको छ । क्लवले एम्बुलेन्स संचालन गर्ने अभियानमा सहयोग गर्न सरोकारवाला सबैमा आग्रह गरेको छ । ‘हामी मानिसलाई अकाल मृत्युबाट जोगाउने अभियानमा छौं’, सिमलटारी ढावका स्थानीय यूवा (हाल कोरिया) भोजेन्द्र थापाले भने, ‘यस कार्यमा सबैको सहयोगको अपेक्षा गरेका छौं ।’

सिमलटारी गुल्मी जिल्ला क्षेत्र नम्बर तीनको केन्द्र हो । यहाँ आकस्मिक उपचारको व्यवस्था छैन । सिमलटारीलाई केन्द्र बनाएर एम्बुलेन्स सञ्चालन गर्दा मर्भुङ, सिर्सेनी, घमिर, अर्जे, अर्खाबाङ, महभिर, धुर्कोटलगायत एक दर्जन गाविस प्रत्यक्ष लाभान्वित हुनेछन् । एम्बुलेन्स खरिदका लागि आर्थिक सहयोग गर्न चाहाने दाताहरुले साइन रेसुङ्गा विकास बैंकमा खोलिएको खाता नम्बर ०१४ ००४ ००१ ००४ ५३० ००००१ मा रकम जम्मा गर्न सक्ने क्लबको भनाई छ ।

तमघास_सिमलटारी_पूकोटदह सडक पिच आयोजना चलिरहेको सिमलटारीमा पछिल्लो समय सुस्त गतिमा भएपनि व्यवसायक गतिविधि प्रारम्भ भइसकेका छन् । निकै लामो समयदेखि सडक यातायातले जोडिएपनि अदुरदर्शी स्थानिय राजनैतिक नेतृत्वका कारण सिमलटारीले अझै पनि विकासको गति समाउन सकेको छैन ।

-अच्युत पुरीको ब्लगवाट

आइपिएल २०१६ को उत्कृष्ट ११ खेलाडीको सूचीमा को को परे ?

एजेन्सी,जेठ १८ । इन्डियन प्रिमियर लिग आइपिएलको नवौं संस्करण आइतबार राति सनराइजर्स हैदरावादले उपाधि उचालेसँगै सकिएको छ । यो आइपिएलमा पनि धेरै खेलाडीले आफ्नो प्रदर्शनले क्रिकेट प्रेमिको मन जिते । त्यसमा सबै भन्दा अघि रहे रोयल च्यालेन्जर्स बैंग्लोरका कप्तान विराट कोहली । बैंग्लोर फाइनलमा हैदरावादसँग ८ रनले पराजित भएपनि विराट भने विजयी रहे । क्रिकेट सम्बन्धी वेबसाइट इएसपिएन क्रिकइन्फोले यो आइपिएलमा राम्रो प्रदर्शन गरेका विभिन्न टिमका खेलाडी समेटेर आइपिएल २०१६ को उत्कृष्ट ११ खेलाडीको टिम बनाएको छ ।
को को परे ?
विराट कोहली (रोयल च्यालेन्जर्स बैंग्लोर): ९७३ रन, १५२.०३ को स्ट्राइक रेट
डेविड वार्नर (सनराइजर्स हैदरावाद): ८४८ रन, १५१.४२ को स्ट्राइक रेट
एबी डी भिल्लिएर्स (रोयल च्यालेन्जर्स बैंग्लोर): ६८७ रन, १६८.७९ को स्ट्राइक रेट
केएल राहुल (रोयल च्यालेन्जर्स बैंग्लोर): ३९७ रन, १४६.४९ को स्ट्राइक रेट, पाँच क्याट, चार स्टम्पिङ
युसुफ पठान (कोलकाता नाइट राइडर्स): ३६१ रन, १४५.५६ को स्ट्राइक रेट
क्रिस मोरिस (दिल्ली डेयर डेभिल्स): १९५ रन, १७८.८९ को स्ट्राइक रेट, १३ विकेट
क्रनल पाण्ड्या (मुम्बई इन्डियन्स): २३७ रन, १९१.१२ को स्ट्राइक रेट, ६ विकेट
भुवनेश्वर कुमार (सनराइजर्स हैदरावाद): २३ विकेट
युजवेन्द्र चहल (रोयल च्यालेन्जर्स बैंग्लोर): २१ विकेट
धवल कुलकर्णी (गुजरात लाइन्स): १८ विकेट
मुस्तफिजुर रहमान (सनराइजर्स हैदरावाद): १७ विकेट
unn.com.np

भारतको जोड– सीमांकन कि हिन्दूधर्म ?

काठमाडौं,जेठ १८ । प्रदेश सीमांकनको मुद्दा सम्बोधन गरेर शान्ति आएपछि सम्बन्ध आफौ सुदृढ हुने भारतीय अधिकारीहरूको तर्क छ । कस्तो संविधान बनाउने, कस्तो संघीयता बनाउने भन्ने नेपालको आन्तरिक मामिला भए पनि दुई देशको सम्बन्ध सुधार गर्न मधेसी दलले राखेको सीमांकनको मुद्दा सम्बोधन गर्नुको विकल्प नभएको उनीहरू बताउँछन् ।

नेपालमा ‘मोडरेट’ राजनीतिक शक्तिहरूबीच सहकार्यको वातावरण बन्नुपर्ने र राजनीतिक मुद्दाको राजनीतिक समाधान खोजी सबैलाई समेटेर अघि जानुपर्नेमा भारतको जोड छ । तर, भारतीय संस्थापन सीमांकनमा भन्दा हिन्दूधर्मको विषयमा बढी कठोर देखिएको छ ।

औपचारिक प्रतिक्रियाहरूमा हिन्दूधर्मको प्रसंग निकालिएको छैन । तर, नेपाललाई हिन्दू राष्ट्र बनाउन सके मोदी सरकार सफल भएको मान्न सकिने भारतीय जनता पार्टीका नेताहरूको विश्वास छ । नयाँ पत्रिका दैनिकमा समाचार छ।

ओली र दाहालबीच फेरी खटपट

काठमाडौं,जेठ १८ । वैशाख अन्तिम साता सरकार फेर्ने रणनीति सतहमा आएसँगै चिसिएको प्रधानमन्त्री केपी ओली र माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालबीच थप दूरी बढ्दै गएको छ। उनीहरुबीच सोमबार विहान बालुवाटारमा भएको पौने घन्टाको चिया गफ पनि सोहार्द बन्न सकेन् ।

दाहालले माओवादी केन्द्रको संसदीय दल र हेडक्वार्टर नेता सम्मिलित बैठकमा आइतबार बजेट र ओली कार्यशैलीको चर्को विरोध गरेका थिए । ओलीले भेटमा त्यसबारे जिज्ञासा राखे । कान्तिपुर दैनिकमा समाचार छ – स्रोतका अनुसार दाहालले बजेटपछि आफूलाई नेतृत्व हस्तान्तरण गर्ने सर्तमा बालुवाटारमै अनौपचारिक सहमति भएअनुरुप अब बाटो खोल्नुपर्ने अडान राखे ।

पूर्वराजा ज्ञानेन्द्रको चलखेल,किन बोलाए तीन हस्ती ?

काठमाडौं,जेठ १८ । दुई साताअघिदेखि झापाको हिमालयन टि स्टेटमा बस्दै आएका पूर्वराजा ज्ञानेन्द्रले आफ्ना तीन निकटस्थ भरतकेशर सिंह, प्रभाकर शमशेर र प्रभुशमशेर राणालाई पनि बोलाएका छन् । उनीहरु गएको शुक्रबार नै त्यता पुगेका आजको समाचारपत्र दैनिकले जनाएको छ ।
पूर्वका केही जिल्लामा धार्मिक भ्रमण गर्न लागेका उनले देशको अवस्थाबारे जानकारी लिन र आफ्नो धारणा साटासाट गर्न तीन जनलाई बोलाएका बुझिएको छ । उनले अवको दिनमा कसरी अघि बढ्ने भनेर परामर्श गर्न तीन जनालाई बोलाएको स्रोतले बताएको छ । राजतन्त्र व्युँताउन भित्रभित्रै लागिपरेका तीन हस्तीलाई आफ्नो स्वामित्वमा रहेको टि स्टेटमा बोलाउनुलाई अर्थपूर्ण रुपमा हेरिएको छ ।

चीन र भारतसँग मिलेर १० हजार मेगावाटको कर्णाली चिसापानी बनाउँन प्रस्ताव

काठमाडौं,जेठ १८ । उपप्रधान तथा ऊर्जामन्त्री टोपबहादुर रायमाझीले १० हजार आठ सय मेगावाटको कर्णाली चिसापानी बहुउद्देश्यीय आयोजना दक्षिण एसियाकै लागि लाभप्रद भएकाले सरकारले चीन र भारतलाई सहकार्य गरेर बनाउन प्रस्ताव गरेको बताएका छन् । उनले बाढी नियन्त्रण, ऊर्जा उत्पादन, पर्यटन, सुख्खायामको नियन्त्रित पानी लगायतका लाभका आधारमा लगानीमा साझेदारी गर्न दुई छिमेकी देशलाई प्रस्ताव गर्ने निर्णय गरिएको बताएको आजको अन्नपूर्णमा समाचार छ ।

सरकारले बजेटमा ‘कर्णाली चिसापानी बहुउद्देश्यीय आयोजनालाई भारत, चीन र नेपालको त्रिपक्षीय मैत्री परियोजनाको रुपमा विकास गर्न पहल गरिने’ उल्लेख गरेको छ ।

ऊर्जा मन्त्री रायमाझीले सोमबार मन्त्रालयमा पत्रकार सम्मेलन गरी ठूलो आयोजना, ठूलो लागत र ठूलै लाभ भएकाले दक्षिण एसिया क्षेत्रमा साझेदारी गर्दा उपयुक्त हुने बताए । ‘यो एउटा प्रस्ताव हो, ठोस निर्णय भएर आएको होइन,’ उनले भने ।

कर्णाली चिसापानीको लाइसेन्स हात पार्न अमेरिकी बहुराष्ट्रिय कम्पनी एनरोन (पछि धराशायी भएको) ले २०५४ सालमा सक्दो प्रयास गरेको थियो ।

भारतसित तल्लो तटीय लाभका मुद्दाहरु छिनोफानो नगरी लाइसेन्स दिन खोजिएको भन्दै तत्कालीन सरकारको तीव्र विरोध भएपछि यो प्रकरण सेलाएको थियो । नेपाल र भारत मिलेर यो आयोजना बनाउन नेपाली विद्यार्थीहरुलाई भारतको रुड्की पढ्न पठाइएको थियो । रुड्कीबाट पहिलोपटक सन् १९८० मा ५० जना इन्जिनियर भएर आएका थिए ।

नेपाली भूभाग डुबानमा पारेर जम्मा भएको हिउँदको नियन्त्रित पानीको मूल्य र बर्खायामको बाढी नियन्त्रणको मूल्य दिन भारतले नचाहेपछि यो आयोजना अघि बढ्न नसकेको पूर्व जलस्रोत मन्त्री एवं जलस्रोतविद् दीपक ज्ञवालीले बताए । ‘यी लाभको मूल्य नदिने हो भने यो आयोजना अघि बढाउनुको अर्थ छैन,’ ज्ञवालीले सोमबार अन्नपूर्ण पोस्टसँग भने, ‘खडेरीमा सिंचाइका लागि नियन्त्रित पानी अमृतसरह हो, भारतमा पेट्रोल हालेर सिंचाइ हुँदैन ।’

यता ऊर्जा मन्त्री रायमाझीले भने यसका लाभ र लागतका आधारमा हामी छिमेकीहरुसित छलफल गरेर यसलाई अघि बढाउने बताए । उपप्रधानमन्त्री रायमाझीले आगामी वर्षको बजेटमै ऊर्जा संकटकाल निवारण र विद्युत विकास दशक परेकाले ऐनका रुपमा ढुक्क भएर लागू हुने बताए ।

 सरकार फेर्न विषयमा कुनै गोप्य सम्झौता भएको छैन : ओली

काठमाडौं,जेठ १८ । बजेट सार्वजनिक गरेर वाहवाही कमाएका प्रधानमन्त्री केपी शर्मा ओलीले आइतबार संसद भवन नयाँ बानेश्वरमा भएको संसदीय दलको बैठकमा भने, ‘ बजेटपछि सरकार फेर्न विषयमा कुनै गोप्य सम्झौता भएको छैन । व्यवस्थापिका संसदको अर्को निर्वाचन नभएसम्म यो सरकारलाई कसैले हल्लाउन सक्दैन, दृढतापूर्वक बजेट कार्यान्यवनमा लाग्नुस् ।’

आजको दृष्टि साप्ताहिकमा खबर छ – बजेट सार्वजनिक भएको २४ घन्टा नबित्दै प्रधानमन्त्रीले आफ्नै नेतृत्वको सरकारको आयुका विषयमा आफ्नो दलका सांसदहरुलाई स्पष्टिकरण दिनुपर्नाको कारण थियो, केही दिनअघि प्रमुख सत्तासाझेदार दलका अध्यक्षले प्रचण्डले सत्ता परिवर्तन सम्बन्धि धारणा सार्वजनिक भएपछि प्रधानमन्त्री ओलीले यस्तो धारणा राखेका हुन् ।
सोही क्रममा प्रधानमन्त्रीले एमाओवादीसँग कुनै गोप्य सहमति भएको छैन भनि स्पष्टिकरण दिएका हुन् ।
उनका अनुसार प्रधानमन्त्री ओलीले सरकार छाड्दा वामपन्थीलाई नै छाड्ने र अरूलाई नछाड्ने पनि प्रस्ट पारेका थिए । सरकार परिवर्तनका लागि तीनबुँदे गोप्य सम्झौताको मस्यौदा तयार भएपछि प्रधानमन्त्रीले आफूमाथि अविश्वास भएको भन्दै गुनासो गरेपछि भद्र सहमति भएको उनको भनाइ छ । आजको नयाँ पत्रिका दैनिकमा समाचार छ ।

बजेटपछि काँध फेर्ने सहमति भएकै हो: झलनाथ

काठमाडौं,जेठ १८ । पूर्वप्रधानमन्त्री तथा एमाले वरिष्ठ नेता झलनाथ खनालले नीति तथा कार्यक्रम र बजेटपछि सरकार परिवर्तन गर्न माओवादीसँग सहमति भएको पुष्टि गरेका छन् । धर्मराएको सरकार बचाउन वैशाख तेस्रो साता दुई वामपन्थी दलबीच सहमति भएको उनको भनाइ छ । एमाले र माओवादीबीच २३ वैशाखमा बालुवाटारमा भद्रसहमति भएको जनाइएको छ ।

खनालले बजेटपछि सरकारको काँध फेर्ने सहमति भएको प्रस्ट पारेका हुन् । ‘सरकारले बजेट पेस गर्ने र पारित भएपछि काँध फेर्ने अनौपचारिक सहमति भएकै हो’ खनालले भनेका छन् ।बहुमतीय सरकारका लागि कि सहमतीय सकारका लागि भन्ने प्रश्नमा खनालले भनेका छन्, ‘पहिले काँध फेरेपछि सहमति गर्दै जाने कुरा भएको हो ।’ कृषिमन्त्री हरिबोल गजुरेलफे पनि सरकार फेर्रने विषयमा सहमति भएको जनाउँदै भने ‘अहिले तुरुन्त सरकार परिवर्तन गर्दा राम्रो हुन्न, बजेटपछि प्रचण्डजीको नेतृत्वमा सरकार बनाउने भन्ने सहमति त्यत्रा नेताहरूका बीचमा भएको हो,’ उनको भनाइ छ ।

उनका अनुसार प्रधानमन्त्री ओलीले सरकार छाड्दा वामपन्थीलाई नै छाड्ने र अरूलाई नछाड्ने पनि प्रस्ट पारेका थिए । सरकार परिवर्तनका लागि तीनबुँदे गोप्य सम्झौताको मस्यौदा तयार भएपछि प्रधानमन्त्रीले आफूमाथि अविश्वास भएको भन्दै गुनासो गरेपछि भद्र सहमति भएको उनको भनाइ छ । आजको नयाँ पत्रिका दैनिकमा समाचार छ ।

गरिब घरको तथ्यांकको सूचीमा सरकारी कर्मचारी पनि !

काठमाडौं,जेठ १८ । सरकारले गरिब घर पहिचानको नामावली संकलन थाले पनि पहिलो चरणमा मुगुका २४ गाविसमा सरकारी कर्मचारीका परिवार नै गरिबको सूचीमा परेका छन् । गरिबी निवारण मन्त्रालयले गरिब घर पहिचान समन्वय समिति अन्र्गत गरिब पहिचान समन्वय समितिको बोर्डले पहिलो चरणको नामावली संकलनमा सरकारी कर्मचारीको नाम राखेर पठाएको छ । २०६९ बाट सुरु गरिएको गरिब घर पहिचान सर्वेक्षण तथा नामावली संकलनमा गैरसरकारी संस्था कार्यरत कर्मचारीहरुको नाम प्रकाशित गरिएको हो । जिल्लाका २४ गाविसमा ५ हजार ४ सय ८८ घरधुरी छन् ।

स्थानीय शासन तथा सामुदायिक विकास कार्यक्रम एलजीसीडीपीका २४ गाविसकै सामाजिक परिचालकमार्फत संकलन गरिएको तथ्यांक दाबी विरोधका लागि सूचना प्रकाशन गरिएको नामावलीमा ३६ सय ५७ घरधुरी गरिब घरको तथ्यांकमा परेका छन् । यस्तै १८ सय ३१ घरधुरी पहिचान हुन बाँकी छ । यसमध्ये ३१ घरधुरीमा सरकारी कर्मचारी, शिक्षक र गैरसरकारी संस्थाका कर्मचारी नामावलीमा परेका छन् आजको अन्नपूर्ण पोस्टमा समाचार छ ।

शेष घलेका कारण ठमेलमा आतंक,महानगरपालिकामा समेत उजुरी

काठमाडौं,जेठ १८ । भूकम्पले कही नभएको ठमेलका घरहरु अहिले धमाधम चर्किन थालेका छन् । एउटा मात्र हाइन, दजनौं घरहरु बस्नै नहुने गरी चर्किन थालेपछि स्थानीयवासीहरु आतंकित भएका हुन् । अर्वपति व्यवसायी शेष घलेका कारण ठमेलमा यस्तो आतंक फैलिएको हो ।

उनले आठ अर्ब रुपैयाँको लगानीमा निमार्ण गर्न लागको शेराटन होटल निमार्णको कारण आसपासका घरहरु भास्सिन थालेका हुन् । होटल निमार्णका लागि धेरै जमिन खनिएको हो । जसकाकारण घलेविरुद्ध स्थानीयहरु आन्दोलित भएका छन् । उनीहरुले महानगरपालिकामा समेत उजुरी हालेका छन् । आजको दृष्टि साप्ताहिकमा खबर छ ।

निजामती कर्मचारी संगठनको स्पष्ट योजना, कार्यदिशा र लक्ष्यहरु रहेको छ

१) नेपाल निजामती कर्मचारी संगठनको बारेमा केही बताउनुपर्दा ?
नेपाल निजामती कर्मचारी संगठनको स्थापना वि.स. २०४७ सालको प्रजातन्त्रको स्थापनासगै कर्मचारीहरुको हकहित र अधिकार स्थापनाका लागी आन्दोलन बाट निर्मित शक्ति , कर्मचारी ट्रेड यूनियनकोपहिलो र अग्रणी संगठनका रुपमा स्थापित संगठन हो । देशभर विभिन्न १२६ वटा जिल्ला र विभागीय कार्यसमिती सहित ३७००० भन्दा बढि कर्मचारीहरु आबद्ध यस संगठनको स्पष्ट योजना, कार्यदिशा र लक्ष्यहरु रहेका छन । कर्मचारीहरुमा सृजनशिलताको बिकास गर्दै उच्चमनोवल युक्त जनशक्तिले मात्र राज्यको घोषित लक्ष्यहरु प्राप्तगर्न सकिन्छ भन्ने धारणाको शिरोपर गर्दछ ।
कर्मचारीहरुमा समयानुसारको ज्ञान, सीप र क्षमताको बिकासगर्न उचितकार्य वातावरण, उच्चमनोवल, सृजनशिलता र निरन्तर तालिमको महत्वलाई उजागरगर्दै कर्मचारीहरु बिचको विभेदको अन्तको लागी कृयाशिल एकमात्र संगठननै नेपाल निजामती कर्मचारी संगठन हो ।

) निजामती कर्मचारीहरुको आधिकारिक ट्रेड युनियनको निर्वाचन हुन्छ त ?
निजामती कर्मचारीहरुको आधिकारिक ट्रेड युनियनको निर्वाचन बिगतदुई पटक सम्म हुन सकेन र सरकार मितिसार्न बाध्यभयो । यसमाहाम्राअन्य संगठनका ब्यवस्थापकीय कमि कमजोरीहरु कारकका रुपमा रहेका थिए। ऋब निजामती कर्मचारीहरुको आधिकारिक ट्रेड युनियनको निर्वाचन हुने सवालमा शंका गर्नुपर्ने कुनै पनि बिषयहरु बाँकी रहेनन् त्यसै कारणले अब आधिकारीक ट्रेड युनियनको निवार्चन हुने बिश्वस्त आधारहरु तयार भएका छन ।

३) हिजो किन हुन सकेन, अब कसरी हुन्छ ?
हो,हिजोसम्म निजामती क्षेत्रमा कार्यरत केही ट्रेड युनियनहरुले निवार्चनको केही बिषय खासगरी थ्रेसहोल्डको बिषयमा असहमती रहेको थियो हालआएर यो बिषय सम्बोध नभईसकेको छ त्यस अर्थमाअब निर्वाचन हुने पक्का पक्की भएको छ ।

मोहनकुमार घिमिरे महासचिव नेपाल निजामती कर्मचारी संगठन

मोहनकुमार घिमिरे
महासचिव
नेपाल निजामती कर्मचारी संगठन

४) संगठनको चुनावी तयारी कस्तो छ ?
निजामती कर्मचारीहरुमा आधिकारीक ट्रेड युनियन हुनु पर्दछ भन्ने हाम्रो संगठनको माग हो । हामीले सातौ महाधिबेशन बाटै यो मागलाई बुलन्द बनाएका हौ । हाम्रो संगठनले देशका सबै जिल्लाहरु र मन्त्रालयतथा विभागहरुमा संगठनका केन्द्रिय पदाधिकारीको उपस्थितीमा विभिन्न चुनावी कृयाकलापहरु संचालनगर्दै प्रत्येक कर्मचारी मतदाता सम्मपुगेर संगठनका घोषणापत्र कार्यक्रम र संगठनले गरेका कृयाकलाप सहितप्राप्त उपलब्धि सम्बन्धमा अन्र्तकृया छलफल र गोष्ठिहरु सम्पन्न गरेका छौ । राष्ट्रसेवक कर्मचारी संगठन सम्पुर्ण रुपमा र स्वतन्त्रकर्मचारी मिलन केन्द्रको आधाभन्दा ठुलो हिस्सा संगठनमा जिम्मेवारीका साथ आबद्ध गराइएको छ । निर्वाचनमा मात्र नभएर जुन सुकै समयमा कर्मचारीका गुनासो सुनुवाई, पिरमर्कामा निजामती कर्मचारी संगठन दत्तचित्त साथ लागेको छ र प्रत्येक कर्मचारीलाई अनुभुत हुनेगरि आफ्ना कार्यक्रमहरु संचालन गरेका छौ,यि सबै हाम्रातयारी नै हुन ।

५) संगठन भित्र अनेकता छ, त्यसले चुनावमा असर पार्ने र फाईदा लिन सकिने विश्लेशण अरु संगठनहरुले गरेका छन नि ?
संगठन जिबन्तहुने भएकाले त्यहाबिचार र कार्य दिशामा बिचार बिमर्शहुनु तथा साझाधारणा तयारगर्न समुहिक छलफल हुनु स्वाभाबिक हुन्छ । त्यसमा पनियति ठुलो र लामो प्रजातान्त्रिक अभ्यास भएको एक ऐतीहासिक संगठन भएकाले संगठनमा बाहिर बाट हेर्नेहरुका लागी त्यस्तो लाग्नु स्वभाबि क हो तर संगठनको मुलक कार्यदिशार नीतिमा कुनै पनिमतान्तर रहेको छैन र रहदैन पनि । त्यसैले यो उहाँहरुको भ्रम हो उहाँहरुलाई यसैमा रम्नदिउ आत्मरतिमा सबैले रमाउन पाउनु पर्छ नि हैन ?

६) संगठनका जितकाआधारहरु के के छन ?
मैले अगाडि नै ब्यक्त गरिसके की हामीमात्र एक त्यस्तो संगठन हो,जसले यति लामो इतिहास बनाएको छ, स्पष्ट नीति र कार्यक्रम छ, सबै कर्मचारी सम्मपुग्न सफलभएको छ, सबै कर्मचारीहरुको गुनासो ब्यवस्थापनगर्न सफल भएको छ (चाहे त्यो संगठनको सदस्यहोस या नहोस) सुशासन र क्षतिपूर्ति सहितको सार्बजनिक सेवा प्रबाहको वकालत गर्दछ, सार्बजनिक प्रशासनका चाकडी, ढुलमुले, पछौटेपना र अन्य कमी कमजोरीको सुधारका लागीनिरन्तर कृयाशिल एकजिबन्त संगठन हो । सरकारी सेवामा कार्यरत कर्मचारीको मनोवल उच्च राख्दै सृजनशिलतामा जोड दिन्छ । सेवाप्रवाहलाई पहिलो प्राथमिकता राख्दछ, हाम्रो संगठन सबै जिल्ला र मन्त्रालयतथा विभागहरुमा शसक्त रुपमा रहनु र पारदर्शी संगठनका कृयाकलाप तथा हाम्रो काम कारबाही नै हाम्रा जित्ने आधार हुन ।
७) करिब ५५ हजार मतदाता ट्रेडयुनियनको चुनावमा भाग लिईरहेका छन, संगठनले कति मतल्याउला?
यहाँ लाईपुनःस्मरण गराऊँ कि हामी सबै जिल्ला र मन्त्रालयमा अग्र स्थानमा छौ । ६५ जिल्ला र २५ भन्दा बढि मन्त्रालय -विभागिय कार्य समितीमा हाम्रो एकछत्र संगठन कृयाशिल छ । देश भरि हाम्रा ३७हजार बढि सदस्यहरु हुनु हुन्छ यसैका आधारमा पनिदुई तिहाई मत संगठनले प्राप्तगर्नेछ ।

८) चुनावन हुदै आधिकारीक ट्रड युनियनको अध्यक्षको हुने भन्ने विवाद सृजना हुन थालेको कुरा बाहिर आएको छ, के हो ?
यो हुनै सक्दैन । हाम्रो संगठन लामो इतिहास भएको र धेरै योगदानभएका साथीहरुको संगठन भएकाले बाहिरी अडकलबाजी हुनु स्वभाविकहो । यहाँ धेरै साथिहरु नेतृत्व प्रदानगर्न सक्षम व्यक्तित्व हुनुहुन्छ तर त्यसको अर्थ यो होइनकि धेरै विवाद छ ।हाम्रा स्थापीतबिधि पद्धती र मापदण्डका आधारमा नेतृत्व छनोट गर्ने प्रजातान्त्रिक अभ्यास भएकाले नेतृत्वकसले प्रदान गर्ने भन्ने कुनै पनिविवाद संगठनमा छैन ।

९) आधिकारीक ट्रेडयुनियनको चुनाव पछि अहिले जस्तै पार्टीपिच्छेका संगठन हावी हुन्छन कि हुदैनन् ?
सिद्दान्ततःआधिकारीक ट्रेड युनियनको चुनावपछि सरकार संगको समुहिक सौदावाजी निर्वाचित आधिकारीक ट्रेड युनियनले नै गर्ने छ,यसलाई स्थापितगर्नेमा हामी केन्द्रित हुनेछौ । यसको मतलव यो होइनकी अन्य ट्रेड युनियनका कृयाकलापहरु बन्द हुनेछन, अन्य ट्रेड युनियनहरु आफ्ना सृजनात्मक कृयाकलापहरु संचालनगर्दै सांगठनिक कृयाकलापमा सिमित हुनेछन । आफ्ना काम रकारवाहीका आधारमा भावि चुनाबमा केन्द्रित रही सर्बश्रेष्ठता हासिलमा प्रयत्न रहनेछन भने आफ्ना माग तथा सिद्दान्त र नीतिलाई आधिकारिक ट्रेड युनियनमार्फत सरकार र ब्यवस्थापक सम्म पु¥याउने छ, त्यसैले चुनावपछि अहिले जस्तै पार्टीपिच्छेका संगठन हावी हुदैनन् भन्ने विश्वास लिन सकिन्छ ।

अभ्यास खेल: विश्व विजेता जर्मनी स्लोभाकियासँग स्तब्ध

एजेन्सी,जेठ १७ । फ्रान्समा जुन १० बाट सुरु हुने युरो कप फुटबल अघि विश्व विजेता जर्मनी स्लोभाकियासँग स्तब्ध बनेको छ। गए राती घरेलु मैदानमै भएको खेलमा एक गोलको अग्रता जोगाउन नसक्दा जर्मनी स्लोभाकियासँग ३–१ ले पराजित भएको हो।

खेलको १२ औं मिनेटमै मारियो गोमेजले गोल गर्दै जर्मनीलाई अग्रता दिलाएका थिए। तर जर्मनीको अग्रता लामो समय टिक्न सकेन। ४१ औं मिनेटमा स्लोभाकियाका मारेक हामसिकले गोल गर्दै खेल १–१ को बराबरीमा पुर्‍याए। त्यसको तीन मिनेटपछि नै माइकल डुरिसले गोल गर्दै स्लोभाकियलाई पहिलो हाफमै २–१ को अग्रता दिलाए।

दोस्रो हाफमा स्लोभाकियाले गोल थप्यो। ५२ औं मिनेटमा जुराज कुच्काले गोल गर्दै स्लोभाकियालाई ३–१ को अग्रता दिलाए। त्यसपछि खेलमा दुवैतर्फबाट गोल हुन सकेन र जर्मनी ३–१ ले पराजित भयो। पछिल्ला चार खेलमा जर्मनीको यो तेस्रो हार हो।

समूह सी मा रहेको जर्मनीले युरोकपमा उत्तरी आयरल्याण्ड, पोल्याण्ड र युक्रेनसँग प्रतिस्पर्धा गर्नेछ। स्लोभाकिया भने इंगल्याण्ड, रुस र वेल्स रहेको समुह बीमा छ।

गए राती नै भएको खेलमा स्पेनले बोस्निया हर्जगोभिनालाई ३–१ ले हराएको छ। स्पेनको जितमा नोलिटोले दुई तथा पेड्रोले एक गोल गरे। बोस्निका एमिर स्पाहिकले सान्त्वना गोल गरे। अन्य खेलमा युक्रेनले रोमानियालाई ४–३, टर्कीले मोन्टेनेग्रोलाई १–०, इटलीले स्कटल्याण्डलाई १-० र पोर्चुगलले नर्वेलाई ३–० ले हरायो।

गठबन्धनले सार्वजनिक गर्‍यो पुनः काठमाडौं केन्द्रित आन्दोलन (विज्ञप्ती)

काठमाडौं,जेठ १७ । राजधानी केन्द्रित आन्दोलन गर्दा पनि सरकारवाट औपचारिक रुपमा वर्ताको लागि पत्र नआएको भन्दै संघीय गठबन्धनले पुनः नयाँ आन्दोलनका कार्यक्रम घोषणा गरेको छ । राजधानी केन्द्रित आन्दोलन समाप्त भएकै दिन मोर्चाले आन्दोलनको नयाँ कार्यक्रम सार्वजनिक गरेको हो । मोर्चाले जेठ २५ देखि असार मसान्त सम्म शहीद मञ्चमा अनसन बस्ने लगायतका कर्यक्रम सार्वजनिक गरेको हो ।
यस्तो छ मोर्चाद्धारा जारी विज्ञप्ती
प्रेस विज्ञप्ति

सङ्घीय गठबन्धनको संयुक्त राष्ट्रिय आन्दोलनका कार्यक्रमहरू,
प्रतिगामी तथा विभेदकारी संविधान विरुद्धकोसंयुक्त राष्ट्रिय आन्दोलन निरन्तर जारी छ । २०७३ जेठ १ गतेबाट सुरु भएको राजधानी केन्द्रित आन्दोलनले राष्ट्रिय एकता र जनताको विजयको आधार निर्माणका साथै नयाँ इतिहासको सुरुआत गरेको छ । यसले सिंहदरवारको नश्लीय सत्ताको जग हल्लाइ सकेको छ । तर, सत्ता पक्ष अझै गम्भीर नदेखिएको मात्र होइन देशमा पटक पटक भएका क्रान्ति, विद्रोह र आन्दोलनका जनादेश, आन्दोलनकारीहरूसँग राज्यले गरेका सम्झौता र सहमतिहरूलाई समेत उल्ट्याएर एक पक्षीय रूपमा अगाडी बढ्यो र अहिले पनि बढिरहेको छ ।

हामीले उठाउँदै आएको सङ्घीयता, समानुपातिक प्रतिनिधित्व, समावेशी लोकतन्त्र, प्रादेशिक स्वायत्तता, स्वशासन, धर्म निरपेक्षता तथा सबै उत्पीडित समुदायहरूको पहिचान स्थापित हुने गरी सङ्घीय संरचना निर्माण तर्फ लाग्नु भन्दा सरकार आफ्नो सत्ता सुदृढ गर्न नै लागी परेको छ ।

त्यसैले, न्याय, समानता र उत्पीडनबाट मुक्तिका लागि हामी आदिवासी जनजाति, मधेशी, थारु, खस, शिल्पी÷दलित, मुश्लिम, पिछडावर्ग लगायत सबै उत्पीडित समुदायहरू अझै ठूलो सङ्घर्षको लागि अगाडि बढ्नु आवश्यक छ । सरकारी नीति तथा कार्यक्रम र बजेट भाषणमा उत्पीडित समुदायहरूको पहिचानलाई बेवास्ता गर्नु तथा स्थानीय निकायको पुनर्संरचना नै नगरी प्रदेशको क्षेत्राधिकारभित्र पर्ने स्थानीय निकायको निर्वाचन गर्ने घोषणा गर्नुले सङ्घीयता समाप्त गर्ने तिनीहरूको षड्यन्त्र स्पष्ट भएको छ । त्यसैले, वर्तमान प्रतिगामी तथा विभेदकारी संविधान पुुनर्लेखन र आन्दोलनरत दलहरूले उठाएका मागहरू सम्बोधन नगरुञ्जेल हाम्रो सङ्घर्ष निरन्तर रूपमा जारी नै रहने छ ।

संयुक्त राष्ट्रिय आन्दोलनका कार्यक्रमहरू निम्नानुसार तय गरिएको छः
१. २०७३ जेष्ठ २५ गतेदेखि असार मसान्तसम्म प्रत्येक दिन बिहान७ बजेदेखि बेलुका ७ बजेसम्म
काठमाडौँको शहीद मञ्चमा रिले अनसन ।
२. गठबन्धनका प्रत्येक घटकबाट आ–आफ्ना भातृ सङ्गठनहरूलाई पनि सहभागी गराएर प्रत्येक दिन
१÷१ जना अनसन बस्ने ।
३. आन्दोलनलाई प्रभावकारी बनाउन प्रत्येक दिन ३ बजे पश्चात् अनसन स्थलमा साहित्यिक कार्यक्रम,
सांस्कृतिक सभा र जनसभाको आयोजना गर्ने ।
४. प्रदेश तथा जिल्लाहरूले पनि गठबन्धनका घटक दलहरूको बैठक बसी यस्तै प्रकृतिका आन्दोलनका
कार्यक्रमहरू तय गर्न सकिने ।
५. अन्य कार्यक्रमहरू आवश्यकता अनुसार गठबन्धनले सार्वजनिक गर्ने ।

…………………..
उपेन्द्र यादव
संयोजक
सङ्घीय गठबन्धन

बजेटको विषयलाई लिएर कांग्रेसद्वारा संसद बैठक पुनः अबरोध

काठमाडौं,जेठ १७ । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले बजेटको विषयलाई लिएर व्यवस्थापिका संसदको बैठक फेरी अवरुद्ध गरेको छ । आधा घण्टाका लागि स्थगित भएको वैठक सुरु हुनासाथ फेरी अवरोध गरेको हो । आधा घण्टाको स्थगन पश्चात सोमबार बसेको संसदको दोस्रो बैठकमा सभामुख ओनसरी घर्तिमगरले पुन सदनको कारबाही शुरु गरेलगत्तै कांग्रेसका सांसद उभिएर विरोध गरे । उनिहरुले संसदीय मूल्य मान्यता विपरित सदनमा पेश गर्नु अगाडि नै सूचना बाहिर चुहाएको भन्दै बैठक अबरोध गरे।

त्यसपछि सभामुखले कांग्रेसका सांसद रमेश लेखकलाई बोल्न समय दिइन्। सदनमा बोल्दै लेखकले सरकारले पेश गरेको बजेट सदनमा पेश गर्नु पहिले नै बजेटसम्बन्धी महत्वपूर्ण तथ्यांक बाहिर लगेर शेयर बजारमा ठूलो असर परेको बताए।

प्रधानमन्त्रीको सिको गर्दै सिँचाइ मन्त्री-‘अब खेतमा सौर्य उर्जा जडान गरि सोलारबाटै सिँचाइ’

काठमाडौं,जेठ १७ । सिँचाइ मन्त्री उमेशकुमार यादवले चालू आर्थिक वर्षबाटै सौर्य ऊर्जामार्फत सिँचाइको व्यवस्था मिलाउने बताएका छन् । सिँचाइ विभागमा सोमबार आयोजित एक कार्यक्रममा बोल्दै उनले चालु आर्थिक वर्षबाट नै सौर्य उर्जाबाट सिचाइँको व्यवस्था गर्न मातहतका निकायलाई निर्देशन दिएका छन् ।

सिंचाई मन्त्रालयले दैनिक जस्तो लोडसेडिगंको समस्या, पेट्रोलियम पदार्थको महँगाइ तथा त्यो पनि समयमा उपलब्ध हुन नसकेको कारण किसान मार परेको र कृषिमा गरेको लगानी पनि नउठेका भएपनि त्यसलाई ध्यानमा राख्दै नयाँ व्यवस्था गर्न लागेको बताएका हुन् । ‘मधेसका विभिन्न १० ठाउँमा नमुनाका लागि सौर्य ऊर्जाबाट पम्प जडान गरौं, त्यो सफल भयो भने आउने आर्थिक वर्षमै अन्यत्र लागू गर्न सकिन्छ।’उनले भने ।

मुलुकमा हाल झन्डै ७ लाख हेक्टर जमिनमा मात्रै बाह्रैमास सिँचाइ सुविधा उपलब्ध रहेको भन्दै उनले सौर्य ऊर्जाबाट स्यालो र डिप ट्युबवेल जडान गर्दा थप ३ लाख हेक्टर जमिनमा सिँचाइ पुग्ने मन्त्री यादवले दावी गरे ।

Sunday, May 29, 2016

जंगली हात्ती र बाढीको निशानामा दोधारा चाँदनीको बडवाल,सरकार भने मौन

पप्पु गुरुङ्ग-कञ्चनपुर, १७ जेठ, महाकाली नदीपारिको दोधारा चाँदनी नगरपालिकाको बडवाल टोल अर्थात शिवनगर टोल भारतीय हात्ती र जोगबुडाको बाढीले बसेर्नी सताईरहेको छ । शिवनगरमा रात परेपछि गाउ संगै जोडिएको भारतीय जङ्गलबाट कुन बेला हात्तीको लस्कर आउने पत्तो नै हुदैन । स्थानीयवासी चन्द्र लोहार भन्छन् , “रात परे पछि भोलि सम्म बाँचिने हो कि होइन भन्ने चिन्ताले सताउछ, रात परे पछि हात्तीको समूह भारतीय जङ्गलबाट गाउमा आउछ, कहिले काही त बाघ, भालु, अर्ना समेत आउछ ।”

एक वर्ष अघि हात्तीको समूहले आक्रमण गर्दा स्थानीयवासी बल बहादुर थापाको मृत्यु भए पछि गाउँले थप आतङ्कित भएका हुन् । त्यस बेला हात्तीले आक्रमण गरी २६ घर समेत भत्काइदिएको थियो । एका तर्फ हात्तीबाट आतङ्कित भएका टोलवासी वर्षामा जोगबुढा नदीको बाढीबाट थप पीडित हुन्छन् । प्रत्येक वर्ष जस्तो वर्षायाममा बाढी यो टोलमा पस्छ । टोलको पारि पट्टिको भागमा जोगबुडामा जालीतार बाँधिए पनि गाउ तर्फका भागमा त्यो सुरु नगरिएको गाउलेको गुनासो छ । स्थानीयवासी बुद्धिदेवी सुनार भन्छिन्छ, “यताबाट हात्तीले सताउछ, उताबाट जोगबुढाको बाढीले सताउछ, हामी गाउले सधै भरि रोएरै बस्नुपर्ने भो ।” बडुवाल टोल समेत भनेर चिनिने यो गाउमा १२५ घरमा ६६९ जनाको बसोबास छ ।

विद्युत्तको पहुच नभएको टोलमा अधिकांश दलित समुदायको बस्ती छ । न्यून आय भएका गाउँलेको मुख्य आय स्रोत भारतमा गएर मजदुरी गर्ने र गाउमा खेती किसानी गर्ने हो । गाउलेको कच्ची घर भएका कारण हात्ती आएर घर भत्काइदिन्छ, लगाएका अन्नबाली खाइदिन्छ, कुल्चिदिन्छ । यो टोलबाट प्रवेशिका उत्तीर्ण गर्ने कोही नहुनाले पनि गाउ आर्थिक र सामाजिक रुपमा पिछडिएको पुष्टि गर्छ । हात्तीले हानेर चालिस वर्षीय प्रेम क्षेत्रीको छ वटा करङ भाँचिदियो । भारतको पिलिभित लगेर उपचार गरिए पनि पूर्ण रुपमा निको नभए पछि अहिले उनी अपाङ्ग जीवन जिउदै पसल चलाएर गुजारा चलाइरहेका छन् । एउटा हात्ती आउदा सम्म त गाउलेले केही मान्दैनन् मिलेर लखेट्छन् तर कहिले काही ५०-६० को हुलका हुल हात्ती आउदा उनीहरु संग ज्यान जोगाउन भाग्नाको विकल्प हुदैन ।

एका तर्फ लगाइएका गहुँ, मकै, धान जस्ता सबै अन्नबाली हात्तीले कुल्चने र खाएर नष्ट गरिदिने, अर्का तर्फ बाढीले बगाइदिने समस्याले गाउलेको वर्ष भरिको मिहिनेत खेर जाने र खाद्यान्न किनेर खानुपर्ने बाध्यता सिर्जना गरिदिएको छ । केही समय अघि किसन थापाको घर पनि हात्तीले भत्काइदियो । अहिले भारत गई कमाएर ल्याएका पैसाले फेरि घर बनाउदै गरेका थापालाई फेरि कुन दिन आएर भत्काइदिने हो भन्ने चिन्ताले पिरोलिरहेको छ । बुद्धि सुनार र सीता सुनारको घर भत्काइदिए पछि कमाएर फेरि भत्काएको घर बनाउने भन्दै भारत तर्फ रोजगारीका लागि गएका छन् । सशस्त्र हिंसा न्यूनीकरण तथा सामुदायिक सुरक्षा सबलीकरण परियोजनाले हात्तीबाट बचाउन भन्दै केही महिना अघि तीन सायरन गाउलेलाई वितरण गर्यो । अहिले हात्ती आउदा सोलारबाट चल्ने सो सायरन गाउलेले बजाउछन् ।

यसले सबैलाई सतर्क बनाउछ र क्षति हुनबाट बचाएको छ । परियोजनाका सहजकर्ता अमिर तिरुवा भन्छन्छ, “हामीले सुरुमा सायरन बजेपछि गाउले सुरक्षित होऊन् र भाग्न सकून् भनेर जोडेका थियौ तर पछि हात्ती आउँदा सायरन बजाए पछि त्यसको आवाजले हात्ती भाग्न थालेपछि दोहोरो काम भयो ।” पहिलेको तुलनामा अहिले हात्ती आउन कमी भएको छ तर दात भाचिएको एउटा हात्ती अहिले पनि नियमित रुपमा गाउमा प्रवेश गर्ने गरेको गाउले बताउछन् ।

इलाका प्रहरी कार्यालय दोधारा चाँदनीका प्रमुख प्रहरी निरीक्षक वीरेन्द्र वीर विक आफू यस क्षेत्रमा आय पछि सुरुआती केही महिना प्रत्येक दिन रातभर शिवनगर गाउमा प्रहरी टोली गस्तीका लागि पठाउनुपर्ने बाध्यता रहेकामा अहिले केही घटेको बताए । उनले भने, “रात परेपछि हात्ती आयो आयो भनेर गाउलेको फोन आइहाल्थ्यो, प्रत्येक दिन जसो एउटा टोली छुट्टै यही गाउका लागि खटाउनु पर्ने बाध्यता थियो ।”

यी हुन् दरबार हत्याकाण्डका प्रत्यक्षदर्शीहरू,जसबाट खुल्न सक्छ रहस्य (नामावलीसहित)

काठमाडाैं । नेपाली राजनीतिको इतिहासमा एक रहस्यमय घटनाको रुपमा रहेको दरबार हत्याकाण्ड भएको १५ वर्ष पुरा हुँदैछ । यस विषयमा आजसम्म सत्यतथ्य खुल्न सकेको छैन । आम मानिसहरु आजपनि इतिहासको त्यो तितो क्षणलाई स्मरण गरिरहेका छन् । यसैविषयमा नेपाल साप्ताहिकले विशेष रिपोर्ट प्रस्तुत गरेको छ । नेपाल साप्ताहिकमा प्रकाशित आलेखका अनुसार लेखकहरूले पत्यारिलो निष्कर्ष सार्वजनिक गर्नुपर्ने धारणा व्यक्त गरेका छ्न् ।

यसै विषयमा नेपाल ल क्याम्पसका क्याम्पस प्रमुख, कर्णबहादुर थापाले राज्यले चाहेमा गर्न नसक्ने केही छैन भनेका छन् । उनले नेपालको राजनीतिक इतिहास नै हेरफेर गर्ने खालको घटना भएका कारण पनि यसको सही र पत्यारिलो निष्कर्ष सार्वजनिक गर्नुपर्ने धारणा व्यक्त गरेका छन् ।

प्रस्तुत छ नेपाल साप्ताहिकमा प्रकाशित नारायणहिटी राजदरबार हत्याकाण्डको प्रत्यक्षदर्शीहरुको नामावाली :

प्रत्यक्षदर्शीहरु

कोमल राज्यलक्ष्मी देवी शाह
शोभा शाही
पारस वीरविक्रम शाह
हिमानी राज्यलक्ष्मी देवी शाह
पूजा राज्यलक्ष्मी देवी शाही
शीताष्मा राज्यलक्ष्मी देवी शाह
दिलासा राज्यलक्ष्मी देवी शाह
प्रेरणा राज्यलक्ष्मी देवी शाह
गोरखशमशेर जबरा
महेश्वरकुमार सिंह
केतकी चेस्टर
डा राजीव शाही

शाही पाश्र्ववर्ती र ड्युटीमा खटिएका अन्य व्यक्ति

महासेनानी सुन्दरप्रताप राना
सेनानी अनन्तकेशर सिंह
सेनानी गजेन्द्र बोहरा
सह–सेनानी चक्र शाह
क्या पवन खत्री
सह–सेनानी प्रफुल्ल विक्रम शाह
प्यूट रामकृष्ण केसी
शाही अर्दली रामकृष्ण केसी
व्वाइज शान्तबहादुर खड्का
व्वाइज बच्चुराम केसी
द्वारेआमा जमुना अधिकारी
भान्से बाजे गोपाल देवकोटा
हुद्दा खेमराज आचार्य
सिपाही लीलाबहादुर गुरुङ
सेनानी राजुकुमार कार्की
महासेनानी केशवराज महत
सेनानी विष्णु खड्का
सह–सेनानी झमान सिंह थापा
सह–सेनानी टेकविक्रम मल्ल
सुबेदार लक्ष्मण खत्री
हुद्दा धु्रवराज आचार्य
अमल्दार देवीराम ज्ञवाली
अमल्दार विदुरकुमार बस्नेत
प्यूठ लक्ष्मण गौतम
सिपाही टंकबहादुर गोले
सिपाही अर्जुन पौडेल
सिपाही एकनारायण शर्मा
सिपाही केदार कार्की
सिपाही भवानीशंकर ढकाल
सिपाही मनबहादुर पराजुली
सिपाही परशुराम खत्री
सिपाही विष्णुबहादुर खत्री
सिपाही बालकृष्ण न्यौपाने
सिपाही राजेश
सिपाही वीरेन्द्रकुमार श्रेष्ठ
सिपाही इन्द्रप्रसाद देवकोटा
सिपाही गीताबहादुर खड्का
सिपाही कमलबहादुर रोका
सिपाही कपिल थापा
सिपाही देवनारायण पौडेल
सिपाही शालिकराम क्षत्री
सिपाही ठाकुरप्रसार न्यौपाने
उपसेनानी काले कार्की
हवल्दार मनबहादुर खत्री
हुद्दा नवराज सापकोटा
हवल्दार भरतबहादुर थापा मगर
छत्रध्वज बोगटी
अमल्दार लोकबहादुर कार्की
सिपाही कृष्णप्रसाद पोखरेल
सिपाही रामकुमार केसी
सिपाही रवीन्द्रविक्रम खाँड
सिपाही रामबहादुर पाण्डे
सिपाही रामचन्द्र शर्मा
सिपाही तीर्थ लुइँटेल
हवल्दार पदमबहादुर तामाङ

तत्कालीन अवस्थामा अन्य जिम्मेवार अधिकारी
ब्रिगेडियर टीका धमला
मुख्यसचिव तीर्थमान शाक्य
प्रमुखसचिव पशुपतिभक्त महर्जन
सैनिक सचिव उपरथी विवेक शाह
दीपेन्द्रका निजी सचिव सौजन्यकुमार सुल्प्य जोशी
गृहसचिव श्रीकान्त रेग्मी
प्रधानसेनापति प्रज्ज्वलशमशेर जबरा
सहसेनानी माधव भण्डारी
टेलिफोन सम्पर्कबाट जोडिएका
देवयानी राज्यलक्ष्मी राणा
सुप्रिया शाह

गिरिजाले राणाविरुद्ध लड्न लगेको बन्दुक अझै फिर्ता भएन

काठमाडौं,जेठ १७ । राणाविरुद्ध लड्न गिरिजाप्रसाद कोइरालाले तमसुक गरेर लिएको बन्दुक फिर्ता नआएपछि त्यसका धनी साढे ६ दशकदेखि खोजिमा छन् । २००३ सालमा जहानियाँ राणा शासनविरुद्ध नेपाली कांग्रेसले सशस्त्र आन्दोलनको घोषणा गर्‍यो । जनक्रान्तिकै लागि कांग्रेसले देशै भरिबाट हातहतियार र सेना एकट्ठा गर्न थाल्यो । क्रान्तिकै शिलशिलामा २५ पुस २००७ मा कांग्रेसका तत्कालिन पोलिटिकल कमिसनर गिरिजाप्रसाद कोइरालाले धरान जुद्धनगर (हालको नयाँबजार)का सूर्यनारायण श्रेष्ठको नाममा रहेको ‘एकनाले ५ फायर भाजर’ बन्दुक जनक्रान्ति सफल भएपछि फिर्ता दिने सर्तमा कवुलनामा गरी लिएर गए । त्यसको डेढ महिना नपुग्दै अर्थात ७ फागुन २००७ मा सशस्त्र क्रान्तिकै आडमा नेपालमा प्रजातन्त्र आयो ।

प्रजातन्त्र आएसँगै कांग्रेसले छेडेको सशस्त्र आन्दोलन थामियो । जनक्रान्ती सफल भएता पनि लडाइँका लागि लगिएको सूर्यनारायणको बन्दुक सर्तअनुसार फिर्ता आएन । आज ६५ वर्षपछि पनि गिरिजाप्रसादले लगेको उक्त बन्दुक पाउने आसमा उनका दरसन्तान छन् । त्यसबेला कोइरालाले सूर्यनारायणका जेठा दाइ जयनारायणबाट मोरङ गोस्वारामा दर्ता नम्बर ४० रहेको बन्दुक र त्यसको २५ ओटा गोली भर्पाइमा हस्ताक्षर गरी बुझेका थिए । सूर्यनारायणका नाति, अर्थात २०३० सालमा राजाको सवारीमा बम प्रहार गरेको आरोप लगाएर मृत्युदण्ड दिइएका सहिद भीमनारायण श्रेष्ठका जेठा छोरा मनोजनारायणले त्यो भर्पाइ उनको संग्रहालयमा सुरक्षित राखेका छन् । ‘बन्दुक फिर्ता पाउँ भन्दै बाजेले उतिबेलाका धेरै आईजीपीहरूलाई समेत पटक–पटक चिठी लेख्नु भयो, तर फिर्ता भएन ।’ त्यसरी लेखिएका पत्रका छाया प्रति देखाउँदै मनोजले भने ।

तत्कालिन आईजीपीहरूलाई लेखिएका पत्रमा सूर्यनारायणले बन्दुक फिर्ता नदिने हो भने, ‘परेको मोल’ २५ सय भारु दिनु, भर्पाइ चाहिए त्यो पनि देखाउँला‘ भनी उल्लेख गरेका छन् । बन्दुक लिएको ४४ वर्षपछि अर्थात २०५१ सालको मध्यावधि निर्वाचनका बेला तत्कालिन प्रधानमन्त्रीसमेत रहेका कोइराला सहिद भीमनारायणको परिवारलाई भेट्न धनकुटा सदरमुकामस्थित घरैमा पुगे । मनोजले भने, ‘त्यसबेला पनि बाजेले गिरिजाबाबुसँग भर्पाइ देखाएरै बन्दुक माग्नु भयो ।’ भर्पाइ पढेर रोमाञ्चित भएका कोइरालाले तत्कालिन क्रान्तिका डरलाग्दा, रहस्यमय र केही रमाइला किस्सा सुनाए ।तर, बन्दुकका बारेमा कुनै प्रतिक्रिया दिएनन् ।
सूर्यनारायणले ‘माल’ नभए अहिलेको हिसाबमा सात लाख रुपियाँ दिनु भने । ‘त्यसपछि भने गिरिजाबाबु मज्जैले हाँस्नु भयो’ मनोजले विगत सम्झे । गिरिजाप्रसादले लिनुअघि, अर्थात २५ वैशाख २००७ मा मोरङ गोस्वाराले २ वर्षका लागि उक्त बन्दुकको दर्ता इजाजत नविकरण गरेको थियो । २०६६ वैशाखमा बन्दुकका मालिक सूूर्यनारायणको निधन भयो । त्यसयता पनि उनका नाति (सभासद् मनोहरनारायण श्रेष्ठका दाजु) मनोजले भेटेजति कांग्रेसका ठूला नेतासँग ‘फिर्ता’ पाउने आसामा बन्दुकको प्रसंग उठाउन छाडेका छैनन् । २ वर्षअघि धनकुटा आएका कांग्रेस महामन्त्री प्रकाशमान सिंहसँग पनि मनोजले कुरा राखे । त्यसबेला प्रकाशमानले ‘भर्पाइ हेर्दै इतिहास सुरक्षित राख्नु भएको रैछ, राम्रो गर्नुभो’ मात्रै भने । मनोज भन्छन्, “भित्री मनबाट बन्दुक पाउने आसा मरिसकेको छैन् ।”

स्रोत : नेपाल साप्ताहिक

कुमारीघरमा विवाद चुलियो, आर्थिक अनियमितता गरेको आरोप

काठमाडौं,जेठ १७ । जीवित देवी कुमारीको हेरचाह गर्ने चिताइदारले आर्थिक अनियमितता गरेको आरोप लगाउँदै तलेजुका १० जना पुजारीले गुठी संस्थानमा निवेदन दिएका छन् । उनीहरुले हेरचाहको नाममा धर्मविपरीत कामबाट चिताइदार ज्ञानदेवी शाक्यको परिवारले महानगरक्षेत्रभित्र करोडौं मूल्यका तीनवटा घर बनाएका, ४ वटा मोटरसाइकल, नगद , सुन, चाँदी र गहना जोडी विदेशबाट समेत रकम लिएर आर्थिक अनियमितता गरेको निवेदनमा उल्लेख गरेको छ ।

मूल पुजारी उद्धव कर्माचार्यलगायतका पुजारीसँग सल्लाह नै नगरी मनपरी रुपमा कुमारीको पुजाआजा गर्ने गरेको आरेप निवेदनमा उल्लेख गरिएको छ । पुजारी परिवारले करिव दुई साताअघि गुठी संस्तानमा निवेदन दिएर कुमारीको समपूर्ण सम्पत्ति छानविन गर्न समेत माग गरेका छन् । चिताइदारले मनपरी रुपमा काम गरे नित्यलगायतका सम्पूर्ण पूजा रोक्न सक्ने मूल पुजारीले चेतावनी दिएका छन् । आजको नेपाल समाचार पत्र दैनिकमा खबर छ ।

एकताले पूर्णता नपाउँदै माओवादी केन्द्रमा भाँडभैलो,बिच्किए रायमाझी

काठमाडौं,जेठ १७ । २०७३ जेठ ६ गते भएको एकताले पूर्णता नपाउँदै माओवादी केन्द्रमा भाँडभैलो सुरु भएको खबर छ । पद बाँडफाँड तत्काल नमिलाउने हो भने भित्रभित्र भुसको आगो झैं सल्किएको असनतुष्टि बिस्फोट हुनसक्छ । बाबुराम भट्टराईबाट विद्रोह गरेर प्रचण्ड क्याम्पमा बसेका युवा नेता टोपबहादुर रायमाझी ‘हेप्नुको पनि हद हुन्छ, प्रचण्डलाई देखाइदिन्छु’ भन्दै असनतुष्टि पोख्दै हिँडेको खबर छ ।

सन्तुलन मिलाउने नाममा नारायणकाजी श्रेष्ठलाई बढी भाउ दिँदा बाबुराम बिच्किए, अहिले कुँडाकर्कटलाई लिएर कार्यालय बनाउँदा एउटा प्रवृति समेट्नु पर्दैन ? रायमाझीको असन्तुष्टि रहेको बताइन्छ । रायमाझीले आफूलाई पार्टीभित्रको बाबुराम प्रवृतिको नेतृत्व गरिरहेका छन् । रायमाझीमा केन्द्रीत हुन तार्किक नेता राम कार्की अझै सहमत भएका छैनन् । कार्कीसँग बाबुराम पक्षका अधिकांश नेताहरु रायमाझीसँगै छन् । आजको साँघु साप्ताहिकमा खबर छ ।

किन आयो दिल्लीको विशेष टोली काठमाडौं ?

काठमाडौं,जेठ १७ । कांग्रेस र मधेसवादी दलहरुलाई प्रयोग गरेर ओली सरकार गिराउने दाउ तुहिएपछि तिल्मिलाएको भारत यो कार्ड उपयोगहिन भएसँगै के सोच्दै होला ? नेपालमा अनेक दाउपेच रचेर अस्थिरता निम्त्याउँदै आएको भारत के अब चाहिँ थोककै हो त ? नेपाल मामलामा भारतको आगामी कदमबारे अनेक आशंका र प्रश्नहरु उब्जिरहेको बेला नयाँदिल्लीले गुप्त रुपमा काठमाडौंमा विशेषदूत पठाएर राजनीतिक चलखेल सुरु गरेको दावी स्रोतले गरेको छ ।
स्रोतका अनुसार, भारतको विगतको दबदबा चिर्न चिनियाँ पक्ष नेपालको हरेक मामलामा हावी हुन थालेपछि झस्किएको भारतले जसरी भएपनि ओली सरकार गिराउनु पर्ने निष्कर्श निकाल्दै केही विशेष दूतहरुलाई यसको जिम्मा दिएर नेपाल पठाएको चर्चा एकथरीले गरेका छन् । ‘अर्कोथरी स्रोत भन्छ– पूर्वराजा ज्ञानेन्द्र शाहको नयाँदिल्ली दौड र राजतन्त्र पुर्नस्थापनाको खेल सुरु भएको राजनीतिक हल्ला चलेपछि दलहरुलाई सचेत गराउँदै राजतन्त्र पुर्नस्थापनाको खेललाई तुहाउने विशेष मिसन बोकेर आलोक जोशीको विशेष टिम काठमाडौं आउको बताउँछन् ।’ आजको साँघु साप्ताहिकमा खबर छ ।

हिमपात नपरेपछि यार्चागुम्बा भेटिएनन् !

मुस्ताङ,जेठ १७ । हिमाली क्षेत्रका उच्च लेकहरुमा पाईने यार्चागुम्बा नामक बन्य जडिबुटिको कमि देखिएको छ । विश्वमा देखिदै गएको जलवायु परिवर्तनका कारण नेपालका उच्च हिमाली लेकहरुमा हिउँदमा हिमपात नहुदा जमिनको तापक्रम बढ्न गई यार्चामा खडेरी लाग्न थालेको हो । बिगत बर्षहरु झै पर्याप्त मात्रामा यो सिजन यार्चा नपाईने सकेत देखिए पछि टाढा टाढाबाट यार्चा खोज्न जानेहरु चिन्तित देखिएका छन् ।

विशेषतःहिमाली क्षेत्रहरु—मनाङ,डोल्पा,मुस्ताङ लगायतका उच्च लेकहरुमा यार्चागुम्बु पाईने गर्दछ।यार—वर्षा,चा—घाँस हो भने गुम्बुको अर्थ दैवि स्वरुप मानिन्छ।हिउँदको चिसो समय झुशिल्किरा आकारको किरा हुने र गर्मि याममा विकसित हुदै घासको रुपमा देखा पर्ने वनस्पति हो।यो सुक्ष्म रुपमा जमिनको चिसो सतहमा पाईने गर्दछ । पातलो आकार झलक्क हेर्दा खुर्सा्नि जस्तो देखिने यार्चागुम्बु नामक जडिबुटी अक्सर औषधिको रुपमा प्रयोग हुने गर्दछ ।

यार्चालाई दैनिक दुधमा मिसाएर खादा शारिरीक स्फुर्ति बढ्ने वताईन्छ । त्यस्तै यार्चालाई बिकसित देशहरुले आर्युवेदिक औषधि बनाउन केमिकलको रुपमा प्रयोग गर्ने गर्दछन् । चीन, जापान, हङकङ्ग र थाईल्याण्ड आदी देशमा यार्चा जडिबुटिको ठूलो मात्रामा निकासी हुँदै आएको छ ।

बर्षेनी मुस्ताङ, मनाङ र डोल्पा जिल्लाका लेकहरुमा यार्चा खोज्नका लागी रुकुम, रोल्पा, जाजरकोट, धादिङ र बाग्लुङ जिल्लाका मानिसहरु पुग्ने गरेको पाईन्छ। उनीहरु खाने, बस्ने लगायतका प्रबन्ध मिलाएर जाने गर्दछन् । बर्षेनी यार्चाको खरिद बिक्रिमा मुल्य सन्तुलित देखिएको छैन । प्रति गोटा यार्चा दुई सय देखि पन्ध्र सय सम्म पर्दछ भने प्रति केजि यार्चा बिस देखि तिस लाख सम्म पर्ने गर्दछ।गत बर्ष भुकम्पका कारण यार्चा खरिद बिक्रि सन्तोषजनक नभएको स्थानिय जेबिल गुरुङले बताए ।

बर्षेनी उनले दुई लाख सम्मको यार्चा टिप्ने गरको उनको भनाई छ ।बिशेषतःहिमाली लेकहरु अन्नपुर्ण संरक्षण एक्यापको मातहतमा रहने भएता पनि यार्चागुम्बुको फुकुवा स्थानिय तहमा गाउँ समाजले गर्दे आएको छ ।यार्चा खोज्नका लागि गाउँको नियम अनुसार तोकिएको शुल्क तिरेर पुर्जि लिनुपर्ने हुन्छ ।

पुर्जि लिएकाहरु दुई महिना सम्म लेकमा बसेर यार्चा खोज्न जुट्दछन् । जोमसोममा पुर्जिका लागि पाच हजार र डोल्पा र मनाङमा बिस हजार सम्मको पुर्जि काट्नु पर्ने हुन्छ । मुस्ताङ जिल्ला अन्तरगत जोमसोम, मुक्तिनाथ, लुप्रा, झोङ, छुसाङ, टुकुचे र कोवाङका लेकहरुमा धमाधम पुर्जि फुकुवा गरिए लगत्तै सयौको सख्यामा मानिसहरु लेक तर्फ प्रस्थान गरेका छन्।यार्चा सङ्कलनका लागि व्यापारीहरु बर्षेनी लेकमा नै पुग्ने गर्छन् ।

बिकटका मुगुवासी भोकै, खाद्यमा चामल फालाफाल्

मुगु,जेठ १७ । मुगु लगायत कर्णाली अञ्चलका ५वटै जिल्लाहरुमा खडेरीले हिँउदे र बर्षे बाली उत्पादनमा भारी गिरावट आए पछि खेती पातीको भरले जिवन गुजारा गर्दै आएका दुर दराजका जनताहरु हाल भोकै बस्नु पर्ने बाध्यता देखिएको छ । मुगु जिल्लामा रहेको नेपाल खाद्यासंस्थानको गोदाम्मा भने हाल ६ हजार ७ सय क्वीन्टल चामल मौज्दात रहेको नेपाल खाद्यासंस्थान शाखा कार्यालय मुगुका प्रमुख टेक प्रसाद रेग्मीले बताउनु भयो ।

कुनै बेला ५ केजी चामलको लागी जिल्ला प्रशासन कार्यालय धाउने गरेका मुगुका जनताहरु मुगुमा गाडी पुगे यता सदरमुकाम लगायत आसपासका गाउँका मानिसहरु गमगढी बजारमा रोजेर चामल लगायतका खाद्य प्रदार्थहरु खरिद गर्ने गरेका छन् भने खेतीको भरमा मात्र जिबन यापन गर्ने ग्रामिण भेगमा बसोबास गर्ने जनताहरुलाई भोगमरीले छाक टार्न समेत मुस्किल भैरहेको बताईएको छ । बेरोजगारी समस्या झेली रहेका गाँउका युवाहरु झनै भोगमरी शुरु भए पछि जिल्लाका सयौं युवा शक्ति भारत पलायन भएकाछन् ।

जंगली च्याउ खाएर पाँच जनाको मृत्यु

पाँचथर,जेठ १७ । जिल्लाको आङनामा गाविस १ मा सोमबार जंगली च्याउ खाएर सिकिस्त बिरामी भएका मध्ये उपचारको क्रममा आज पनि एक जनाको मृत्यु भएको छ । बिराटनगरको नोबल अस्पतालमा उपचार गर्ने क्रममा आङना –१ की ३९ बर्षीय मनकुमारी माङलाकको आज मृत्यु भएको हो। यसअघि हिजो ४५ पदममाया माङलाक र उनका १३ बर्षीय छोरी कबिता माङलाक र ५ बर्षीय छोरी सोनी माङलाकको उपचार गर्न लैजाने उपचारको क्रममा बाटो मै मृत्यु भएको थियो ।

जंगली बिसालु च्याउ खाएर पाँचथरमा सोमबार यता तीन परिवारका पाँचको मृत्यु भएको हो ।

यसैगरी पाँचथर थर्पु –६ मा जंगली च्याउ खादाँ शनिबार एक बालिकाको मृत्यु भएको छ भने अन्य चार जना सिकिस्त बिरामी रहेका छन् ।
च्याउ खाएर मृत्यु हुनेमा थर्पु –६ का धनबहादुर माबोकी ११ बर्षीय छोरी एलिजा माबो रहेकी छन् ।

त्यस्तै १६ बषीर्य छोरी पुष्पा माबो, ९ बर्षिय छोरी सुलोचना माबो र ६ बर्षीय प्रशान्त माबो सिकिस्त बिरामी रहेका छन् । उनीहरुको थप उपचार धरानस्थित बिपी कोइराला स्वास्थ्य बिज्ञान प्रतिष्ठानमा भइरहेको छ ।
उनीहरुले शुक्रबार राती जंगलबाट ल्याएको जंगली च्याउ खाएको बताइएको छ ।

जितको खुशी

इन्डियन प्रिमियर लिग आइपिएल क्रिकेटको च्याम्पियनबनेपछि रमाउँदै सनराइजर्स हैदरावादका खेलाडी । फाइनलमा रोयल च्यालेन्जर्स बैंग्लोरलाई ८ रनले हराएर हैदरावादले आइपिएलको नवौं संस्करणको उपाधि जितेको हो ।

सरकारको नेतृत्वका विषयमा एमाओवादीसँग सम्झौता भएको छैनः प्रधानमन्त्री

काठमाडौं,जेठ १७ । प्रधानमन्त्री केपी ओलीले वर्तमान सरकारले बजेट कार्यान्वयन गर्ने दाबी गर्दै सरकारको नेतृत्व परिवर्तन गर्ने विषयमा एमाओवादीसँग कुनै पनि प्रकारको गोप्य सम्झौता नभएको स्पष्ट पारेका छन् । संसद् भवन नयाँ बानेश्वरमा आइतबार बसेको एमाले संसदीय दलको बैठकलाई सम्बोधन गर्दै ओलीले नयाँ सरकार गठनका विषयमा कुनै सहमति नभएको प्रस्टीकरण दिएका छन् ।

द्विविधा नराख्नुस्, कुनै सम्झौता भा’छैन यो बजेटपछि सरकार फेरिन्छ भन्ने हल्ला चलाइएको छ, तपाईंहरू कोही पनि त्यो भ्रममा नपर्नुस् । सरकारको नेतृत्वका विषयमा एमाओवादीसँग कुनै गोप्य सम्झौता भएको छैन । आजको नयाँ पत्रिका दैनिकमा बर छ ।

माओवादी केन्द्रमा हजार केन्द्रीय सदस्य

काठमाडौं,जेठ १७ । ६ सय ९९ सदस्यीय केन्द्रीय समिति बनाएर आलोचित नेकपा (माओवादी केन्द्र) ले ३ सय केन्द्रीय सदस्य थप्दै हजार बनाउने तयारी गरेको छ । केन्द्रको सोमबार बस्ने बैठकले त्यसको निर्णय लिनेछ । माओवादी केन्द्रको संगठनात्मक विधि र नेतृत्व प्रणालीबारे टुंगो लगाउन वर्षमान पुनको नेतृत्वमा गठित उच्चस्तरीय कार्यदलले यसको तयारी गरेको हो ।

जेठ ६ गते १० माओवादी समूह मिलेर बनेको माओवादी केन्द्रको केन्द्रीय समितिमा पर्नेमा अधिकांश कनिष्ठ नेता रहेको भन्दै एकीकृत माओवादीबाट आएको पक्षले आक्रोश पोखेपछि पुनको कार्यदल दबाबमा परेको हो । आजको कान्तिपुर दैनिकमा खबर छ ।

बजेटमा एमालेको एकलौटी

काठमाडौं,जेठ १७ । माओवादी केन्द्रले बजेटमा आफ्ना सुझाव नपरेको भन्दै आलोचना गरेको छ । सिंहदरबारस्थित संसदीय दलमा बसेको माओवादी हेडक्वार्टरका ९ सदस्यसहितको संसदीय दल बैठकले प्रधानमन्त्री ओलीसँग अध्यक्ष पुष्पकमल दाहालले गरेको ९ बुँदे सहमतिको प्रतिविम्ब बजेटमा नआएको, शान्ति प्रक्रियाका बाँकी कार्यभार पुरा गर्ने, युद्धकालका सहिदका परिवार, घाइते र बेपत्ता परिवारलाई १० लाख दिने आश्वासन दिइए पनि बजेटमा त्यो नआएको भन्दै नेताहरुले आलोचना गरे । कान्तिपुर दैनिकमा समाचार छ।

बैठकमा बोल्दै दाहालले सहमतिको भावनाअनुरुप सरकारले चल्न नखोजेको, प्रधानमन्त्री र अर्थमन्त्री विष्णु पौडेलले एमालेकै मात्र सरकार बनेको जस्तो शैली देखाएको भन्दै आपत्ति जनाएका थिए । ‘माओवादीले पाएका कृषि, ऊर्जा, शिक्षा मन्त्रालय अन्तर्गत योजना पारिएका छैनन, परेका मध्येमा पनि बजेट कम छ,’ दाहाललाई उद्धृत गर्दै बैठक स्रोतले भन्यो, ‘समग्रमा बजेट सकारात्मक त छ, तर उहाहरुको शैली ठिक हुँदै भएन । यो त पूरै एकलौटी भयो ।’

दीक्षित परिवारले लुकाएको जग्गा सरकारको नाममा ल्याउन अख्तियारको निर्देशन

काठमाडौं,जेठ १७ । साझा यातायातका अध्यक्ष कनकमणि दीक्षित र उनको परिवारको नाममा रहेको १८ रोपनी गैरकानुनी जग्गा सरकारको नाममा ल्याउन अख्तियारले भूमिसुधार तथा व्यवस्था मन्त्रालयलाई निर्देशन दिएको छ । रानी जगदम्बाकुमारी राणाबाट सरकारको नाममा आउनुपर्ने जग्गा दीक्षित परिवारले आफ्नो नाममा सारेको प्रमाणसहित अख्तियारले आइतबार मन्त्रालयलाई निर्देशन दिएको स्रोतले जनाएको छ ।
मदन पुरस्कार पुस्तकालय र जगदम्बा प्रेसका नाममा रहेको जग्गा मात्र होइन, पाटन क्याम्पसको नाममा रहेको जग्गा पनि दीक्षित परिवारले आफ्नो नाममा सारेको अख्तियारको दाबी छ । पुल्चोकस्थित अत्यन्तै महँगो क्षेत्रमा रहेको सरकारी जग्गा व्यक्तिले लुकाएर राखेको भेटिएपछि तत्काल फिर्ता गराउन निर्णय गरिएको अख्तियारको दाबी छ ।
दीक्षित परिवारको स्वदेश तथा विदेशमा रहेको थप अकुत सम्पत्तिमाथि छानबिन भइरहेको स्रोतले जनाएको छ ।
जगदम्बाले सरकारलाई दिएको जग्गा पुल्चोकस्थित श्रीदरबार, श्रीमहल परिसर र उपत्यकाको विभिन्न स्थानमा रहेका पाँच सय ९८ रोपनी जग्गामध्ये ५८ रोपनी जग्गा आफूले राखेर रानी जगदम्बाले बाँकी सम्पूर्ण जग्गा सरकारका नाममा कायम गरिदिन स्वेच्छिक घोषणा गरेकी थिइन् ।
०२१ मा भूमिसुधार ऐन लागू भएपछि हदबन्दीभन्दा माथि रहेको जग्गा सरकारको नाममा कायम गरिदिन रानी जगदम्बाले घोषणा गरेकी थिइन् । नयाँ पत्रिका दैनिकमा समाचार छ।

 नेपाल आफैँले गर्ने निर्माण भारतलाई अस्वीकार्य

काठमाडौं,जेठ १७ । नेपाल-भारत संयुक्त प्राविधिक समिति (जेएसटीसी) को गत शुक्रबार नयाँदिल्लीमा सम्पन्न पाँचौं बैठकमा सुनकोसी-कमला डाइभर्सनलाई सप्तकोसी उच्च बाँधको संयुक्त अध्ययनबाट अलग गर्न भारतले अस्वीकार गरेको छ।

नेपालले सप्तकोसी उच्च बाँधको प्याकेजबाट सुनकोसी कमलालाई हटाई आफैले अध्ययन गरी निर्माण सुरु गर्न भारतलाई प्रस्ताव गरेको थियो। भारतीय पक्षले दुई देशका प्रधानमन्त्रीबीच भएको समझदारीअनुसार सुनकोसी कमलाको अध्ययन भइरहेको विषय जेएसटीसीको कार्यादेश (म्यान्डेट) भित्र नपर्ने भएकाले अस्वीकार गरेको बैठकमा नेपाली पक्षको नेतृत्व गरेका सिँचाइ मन्त्रालयका सहसचिव माधव बेलबासेले बताएको आजको अन्नपूर्णमा समाचार छ ।

उनले नेपाल भारत सप्तकोसी उच्च बाँध अध्ययनसम्बन्धी गठित संयुक्त आयोजना कार्यालय (जेपीओ) को म्याद आगामी फेब्रुअरीसम्म रहेको र त्यस अवधिभित्र भारतीय पक्षबाट सुनकोसी कमलाको प्रतिवेदन आउनसक्ने सम्भावना रहेकाले पनि जेएसटीसीको बैठकमा घनीभूत छलफल भए पनि निर्णय नभएको बताए।

बेलबासेका अनुसार आगामी फेब्रुअरीसम्म सुनकोसी कमलाको भारतीय पक्षबाट अध्ययन प्रतिवेदन प्राप्त भए नेपाललाई अध्ययन गर्न लाग्ने समय र लागत बचत हुने बताए। ‘प्रतिवेदन आउने सम्भावना छ, नआए हामी आफैं गर्न सरकारले बजेट वक्तव्यमार्फत बन्दोबस्ती गरिसकेको छ,’ बेलबासेले आइतबार अन्नपूर्णसँग भने।

भारतको उच्च प्राथमिकतामा रहेको सप्तकोसी उच्च बाँधको अध्ययन गर्दा सुनकोसी-कमला डाइभर्सनको पनि अध्ययन हुनुपर्ने नेपाली पक्षले नै आग्रह गरेपछि यो विषय भारतीय पोल्टामा परेको सिँचाइका अधिकारी बताउँछन्। त्यतिबेला नेपालले नदी डाइभर्सन (एक नदीको पानी अर्को नदीमा लगेर मिसाउने) सम्बन्धी कुनै अध्ययन गरेको अनुभव नभएका कारण भारतलाई जिम्मा दिएको थियो।

हाल नेपालले भेरी-बबई डाइभर्सन अध्ययन पूरा गरी निर्माणका क्रममा पुर्‍याएको छ भने कालीगण्डकी-तिनाउ, सुनकोसी-मरिन र राप्ती-कपिलवस्तुजस्ता नदी बेसिन स्थानान्तरणसम्बन्धी आयोजना अध्ययनलाई तीव्रता दिएको छ।

सरकारले आगामी आर्थिक वर्षको बजेट वक्तव्यमा समेत सुनकोसी-कमला डाइभर्सनलाई नेपाल सरकार आफैंले अध्ययन गरी विस्तृत आयोजना प्रतिवेदन (डीपीआर) गर्ने र निर्माण कार्य सुरु गर्ने उल्लेख गरेको छ। सुनकोसीको ७२ घनमिटर प्रतिसेकेन्ड पानीलाई कमलामा मिसाउँदा एक लाख ३८ हजार क्षेत्रमा वर्षभरि सिँचाइ सुविधा उपलब्ध हुने अध्ययनले देखाएको छ।

यसबाट पूर्वको सप्तरीदेखि पश्चिमको सर्लाही र महोत्तरीसम्म सिँचाइ सुविधा उपलब्ध भएमा कृषि उत्पादनमा व्यापक वृद्धि हुने भएकाले नेपाल सरकारले यसलाई उच्च प्राथमिकतामा राख्दै आएको हो । सिन्धुलीको खुर्कोटमा ब्यारेज बनाई १६.९ किलोमिटर सुरुङ खनेर ६१ मेगावाट विद्युत् उत्पादन गर्नेसमेत योजना छ।

नेपाल र भारतले संयुक्त रूपमा सन् १९९७ देखि कोसी उच्च बाँधको अध्ययनसँगै सुनकोसी कमला डाइभर्सनलाई पनि एउटै प्याकेजमा राखिएको हो । तीन सय मिटर लामो र एक सय ९५ वर्गकिलोमिटरको जलाशय निर्माण हुने गरी भारतले उच्चबाँध अध्ययन सुरु गरेपछि स्थानीय राजनीतिक दलका कार्यकर्ताको विरोधका कारण ठप्प छ । यही घानमा सुनकोसी कमला डाइभर्सन परेपछि नेपाल आफैंले बनाउन चाहेको हो।

यसबाहेक जेएसटीसीको बैठकमा कोसी-गण्डकका समस्या समाधान गर्न संयुक्त प्राविधिक संयन्त्र बनाउने सहमति भएको छ । टोली नेता बेलबासेका अनुसार नेपालले कोशी र गण्डक संरचना निर्माण गर्दा अझैसम्म क्षतिपूर्ति (बालीको समेत) नपाएको, भारतले एकपक्षीय रूपमा संरचनाका मर्मत गर्दा गुणस्तर नियन्त्रण नभएको, नेपालले सम्झौताअनुसार पानी नपाएको विषय बैठकमा राखेको थियो।

नेपाली पक्षको आग्रह स्वीकार गर्दै भारतले कोसी-गण्डकका सबालमा संयुक्त संयन्त्र (नेपाली प्राविधिकको समेत संलग्नता) बनाउन सहमत भएको हो । यसअघि कोसी-गण्डकका मामिलामा भारत आफैले मात्र काम गर्दै आएको थियो।

आईपिएलको उपाधि हैदारावादलाई, बैंगलोर ८ रनले पराजित

काठमाडौं,जेठ १६ । इन्डियन प्रिमियर लिग (आईपिएल) को उपाधि सनराइज हैदारावादले जितेको छ । बैंगलोरको घरेलु मैदान चिन्नास्वामी स्टेडियममामा आईतवार भएको फाईनलमा रोयल च्यालेन्जर्स बैंलोरलाई ८ रनले हराँउदै उपाधि हात पारेको हो । टस जितेर व्याटिङ गर्दै हैदरावादले दिएको २ सय ९ रनको लक्ष्य पछ्याएको बैंगलोर २ सय रनमा समेटिदै उपाधि गुमाउन पुग्यो । बैंगलोरको लागि पहिलो विकेटका लागि विराट र गेलले ११४ रनको साझेदारी गरेपनि उपाधि दिलाउन सकेनन् ।

तेस्रो नम्बरमा आएका एबिडि ब्लेयर्सले ५ रन बनाएर आउट भए। यस्तै टिमका लागि के एल राहुल र शेन वाट्सनले समान ११-११ रन बनाए। हैदारावादका लागि बेन कटिङले २ तथा विपुल शर्मा,रहमान र विरेन्द्र शरणले समान १-१ विकेट लिए। यसअघि टस जितेर पहिले ब्याटिङ गरेको हैदारावादका लागि डेभिड वार्नरले सर्वाधिक ६९ रन बनाए। यस्तै बेन कटिङले बिस्फोटक ब्याटिङ गर्दै १५ बलमा ३८ रनको नटआउट पारी खेले। यस्तै युवराज सिंहले ३८ रन बनाए। शिखर धवनले २८,युवराज सिंहले ३८ रन,बेनले नट आउट ३९ बनाउनु बाहेका अन्नले राम्रो प्रदर्शन गर्न सकेनन् ।बैलोरका लागि क्रिश जोर्डनले सर्वाधिक ३ विकेट लिए। यस्तै अर्बिन्दले २ तथा चहलले १ विकेट लिए।

नेपाल र लाओसबिचको मैत्रीपूर्ण फुटबल बराबरीमा सकियो

काठमाडौं, जेठ १६ । नेपाल र लाओसबिचको मैत्रीपूर्ण फुटबल बराबरीमा सकिएको छ । लाओसको भियनतानस्थित राष्ट्रिय रंगशालामा नेपाली समय अनुसार साँझ सवा ५ बजे खेल सुरु खेल १-१ को बराबरी सकिएको हो । लाओसमा भएको खेलमा नेपालले पहिलो अग्रता लिए पनि त्यसलाई जोगाउन नसक्दा बरीबरीमा चित्त बुझाउनु पर्‍यो । ७७ औं मिनेटमा विशाल राईले गोल गरेको भएपनि त्यसको २ मिनेट पनि नवित्तै लाओसले बराबरी गोल फर्काएको थियो । जापानी प्रशिक्षक ग्योतोकु कोजीले नेपाली टोलीको जिम्मेवारी सम्हालेयता नेपालको यो पहिलो औपचारिक खेल हो । यसअघि उनको नेतृत्वमा नेपालले मलेसियाको २१ वर्ष मुनिको टोलीसँग मैत्रिपुर्ण खेल खेलेको थियो । यसैगरी चर्चित खेलाडीहरु भरत खवास, किरण चेम्जोङ लगायतले पनि राष्ट्रिय टोलीमा पुनरागमन गरेका छन् । लामो समयसम्म नेपाली राष्ट्रिय फुटबल टोलीले खेल्ने औपचारिक प्रतियोगिता नभएकाले अखिल नेपाल फुटबल संघएन्फा ले मैत्रिपूर्ण खेललाई प्राथमिकता दिएको हो ।

नेपालले एक महिनाअघि मलेसियाको २३ वर्षमुनिको टोलीसँगको खेल पनि १–१ को बराबरी गरेको थियो । त्यसअघि नेपालले भारतमा भएको सागको फुटबलको फाइनलमा भारतलाई हराएर स्वर्ण जितेको थियो भने बंगलादेशमा भएको बंगबन्धु गोल्डकपको फाइनल पनि जितेको थियो ।

भारतको मोतिहारीबाट व्यापारी सुरेश केडियाको सकुशल उद्दार

काठमाडौं,जेठ १६ । बाराबाट अपहरणमा परेका व्यापारी सुरेश केडिया अपहरणमुक्त भएका छन् । बिहीबार साँझ अपहरणमा परेका केडियालाई नेपाल प्रहरी र भारतीय प्रहरीको संयुक्त टोलीले बिहारको मोतिहारीबाट सकुशल अपहरण मुक्त गरेको छ। व्यापारिक कामले बाराको बरियारपुर जाँदा उनलाई भारतीय नम्बर प्लेटको गाडीमा आएका व्यक्तिले चालकलाई गोली हानि अपहरण गरेका थिए ।

भारतीय सञ्चारमाध्यमहरुले पनि केडियालाई अपहरणमुक्त गरिएको बताएका छन् । पर्साका प्रमुख जिल्ला अधिकारी केशव घिमिरेले पनि व्यापारी केडिया अपहरणमुक्त भएको सुनिएपनि यसबारे थप प्रष्ट हुन बाँकी रहेको बताए ।

कांग्रेसको धम्की -‘आर्थिक अनुशासन तोडेर ल्याइएको बजेट कार्यान्वयन हुँदैन’

काठमाडौं,जेठ १६ । नेपाली काँग्रेस संसदीय दल र केन्द्रीय समितिको संयुक्त ‘आर्थिक अनुशासन तोडेर ल्याइएको आव २०७३-७४ बजेट कार्यान्वयन हुन नसक्ने निष्कर्ष निकालेको छ ।व्यवस्थापिका–संसद् भवन नयाँ बानेश्वरमा आइतबार बिहान बसेको बैठकले बजेटमा कार्यान्वयनका लागि नीतिगत एवम् संरचनागत व्यवस्था नभएकाले कोरा कल्पनामा सीमित हुने ठहर गरेको छ ।

छलफलमा नेताहरु विमलेन्द्र निधि, डा रामशरण महत, महेश आचार्य, डा मीनेन्द्र रिजाल, डा प्रकाशशरण महत, भरतबहादुर खड्का लगायतले बजेटले मुद्रास्फीति बढाई अर्थतन्त्रलाई डाँवाडोल बनाउने बताए । बैठकपछि सञ्चाकर्मीसँग कुरा गर्दै नेता डा प्रकाशशरणले ‘आकार ठूलो भएको वितरणमुखी बजेटले उल्लेख गरे अनुसारको स्रोत जुटाउन नसक्ने भएकाले’ बजेट कार्यान्वयनमा चुनौती आउने बताए । कर्मचारीको तलब वृद्धि र सांसदको कोठा भाडा वृद्धिलगायत विषय राम्रै भए पनि यसले साधारण खर्च बढाउने एवम् महँगी बढ्ने नेताको भनाई छ । बजेटमा महंगी नियन्त्रण र उत्पादकत्व बढाउने ठोस आधार नभएकाले चुनावमुखी, पार्टीगत नारा एवम् सस्तो लोकप्रियताका लागि बजेटमा कार्यक्रम ल्याइएको उनीहरुले बताए ।
चालु आवमा पूर्वाधार र पुँजीगत खर्चका लागि छुट्याइएको बजेट अहिलेसम्म २० प्रतिशत पनि खर्च नभएकाले पनि आगामी आवको महत्वाकाङ्क्षी बजेट कार्यान्वयन नहुने धारणा बैठकमा नेताहरुले राखेको नेता रमेश लेखकले बताए । “आर्थिक वृद्धि खस्कँदो भएका बेला बजेटको आकार बढेकाले स्रोत जुटाउन गाह्रो छ, यसैले यसको कार्यान्वयन चुनौतीपूर्ण देखिन्छ, लोकप्रियताका लागि बजेटलाई अनावश्यक रुपमा ठूलो बनाइएको छ”–उनले बताए।

बजेटको आकार र प्राथमिकताको सूचना अघिल्लै दिन सञ्चारमाध्यमबाट सार्वजनिक भएकाले अर्थमन्त्री विष्णुप्रसाद पौडेलले नैतिक रुपमा राजीनामा दिनुपर्ने काँग्रेसको माग छ । पुँजीगत खर्चको क्षमता नबढाई यो बजेट कार्यान्वयन कोरा कल्पना हुने काँग्रेसको निष्कर्ष छ ।

Saturday, May 28, 2016

‘अहिलेको बजेटले देशको तीव्र आर्थिक विकासको आवश्यकता पूर्ति गर्दैन’- भट्टराई

काठमाडौं,जेठ १६ । नयाँ शक्ति नेपालका संयोजक बाबुराम भट्टराईले अर्थमन्त्री विष्णु पौडेलद्वारा पेस गरिएको बजेटले देशको तीव्र आर्थिक विकासको आवश्यकता पूर्ति नगर्ने बताउनु भएको छ । सामाजिक सञ्जाल मार्फत केही टिप्पणी दिदै उहाँले यस्तो बताउनु भएको हो । टिप्पणीमा भनिएको छ -‘संविधानसभाबाट संविधान निर्माण पछि आर्थिक क्रान्तिको प्रस्थानविन्दू बन्नु पर्ने बजेटले केही नयाँ कुरा गर्न खोजे पनि यो मूलत: परम्पराकै निरन्तरतामा छ! अर्थात् केही पपुलिष्ट केही विकासमुखीको खिचडी! शायद यो अस्थीर संसदीय राजनीतिको वाध्यता हो। यसले अमुक पार्टीलाई केही लाभ दिन सक्छ तर समग्र देशको तीव्र अार्थिक विकासको आवश्यकता पूर्ति गर्दैन।

२. बजेटको समग्र संरचनामा ६०% साधारण खर्च हुनु र ३०% मात्र विकास खर्च र वाँकी १०% ऋणभुक्तानीमा खर्च हुनुले यो बजेट परम्पराकै निरन्तरतामा छ र यसले आर्थिक क्रान्तिको उडान भर्न सक्दैन भन्ने स्पष्ट छ।
३. वृद्धि ( Growth ) र वितरण ( Distribution ) वीच सन्तुलन मिलाउनु नै अहिलेको नेपालको वजेट निर्माणको मुख्य चुनौति हो। दलीय र तत्कालीन चुनावी स्वार्थले वितरणमुखी बजेट माग्छ; तर दीर्घकालीन राष्ट्रिय हितले तीब्र वृद्धिमुखी बजेट माग्छ! यो बर्षको वजेट पनि यही द्विविधामा फसेको छ। अब दलीय राजनीतिक जोखिम उठाएर र स्टेट्सम्यान स्पिरिट देखएर केही बर्ष तीव्र वृद्धिमुखी र दीर्घकालीन आर्थिक आधार निर्माण गर्ने नीति अवलम्वन गर्न सक्ने दूरदृष्टियुक्त र साहसिक राजनीतिक नेतृत्वको खाँचो छ। विद्यमान पुराना राजनीतिक शक्तिहरूबाट त्यो अपेक्षा गर्नु शायद आशा गर्नेकै मूर्खता हुन्छ!
४. बजेटको रौंचिरा वहस विज्ञहरूबाट हुने नै छ! आखिर हामी नेपाली पनि अमर्त्य सेनको शब्द सापटी लिएर भन्नुपर्दा कम “Argumentative ” ( झगडालु ) छैनौं। विज्ञेषु किम् अधिकम्!

कुन क्षेत्रमा कति बजेट ?

काठमाडौं,जेठ १६ । काठमाडौं । सरकारले व्यवस्थापिका–संसदमा प्रस्तुत गरेको आर्थिक वर्ष २०७३- ७४ को आयव्ययको अनुमानमा सबैभन्दा बढी बजेट शिक्षा क्षेत्रमा विनियोजन गरिएको छ ।
बजेटअनुसार शिक्षामा एक खर्ब, १६ अर्ब, ३६ करोड, छ लाख ४९ हजार रुपैयाँ विनियोजन गरिएको छ । अन्य मन्त्रालय तथा निकायलाई विनियोजन गरिएको बजेट यस प्रकार छ । आजको गोरखापत्र दैनिकमा खबर छ ।

क्रसं मन्त्रालय/ निकाय रकम
१. राष्ट्रप्रमुख रु.३२,१६,५०,०००
२. राष्ट्रपति रु.२८,६१,१७,०००
३.उपराष्ट्रपति रु.३, ५४,३३,०००
४. व्यवस्थापिका संसद रु.१,४२,०५,५६,०००
५. अदालत रु.४, १४,४५,९४,०००
६. अख्तियार दुरुपयोग अनुसन्धान आयोग रु.१,११,१७,९६,०००
७. महालेखा परीक्षकको कार्यालय रु.५२,१८,८१,०००
८. लोकसेवा आयोग रु.५८,८६,५१,०००
९. निर्वाचन आयोग रु.५९,१५, २४,०००
१०. राष्ट्रिय मानवअधिकार आयोग रु.१६,७६,९६,०००
११. महान्यायाधीवक्ताको कार्यालय रु.७५,९१,९८,०००
१२. न्याय परिषद् रु.५,१४,३९,०००
१३.प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय रु.८९,७४,०९,४८,०००
१४. अर्थमन्त्रालय रु.११,४९,५०,२०,०००
१५. आपूर्ती मन्त्रालय रु.९२,५१,५७,०००
१६. उद्योग मन्त्रालय रु.७,०५,५६,६७,०००
१७. ऊर्जा मन्त्रालय रु.१३,२०,०७,२७,०००
१८. कानुन, न्याय, तथा संसदीय मामिला मन्त्रालय रु.२१,४३,५७,०००
१९. कृषि विकास मन्त्रालय रु.२७,४३,८२,६१,०००
२०. खानेपानी तथा सरसफाई मन्त्रालय रु.२२,०७,४३,८०,०००
२१. गृह मन्त्रालय रु.४४,३९,८१,३१,०००
२२.सस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय रु.५,९१,२९,७८,०००
२३. परराष्ट्र मन्त्रालय रु.५,६४,२९,७१,०००
२४. पशुपंक्षी विकास मन्त्रालय रु.८,४६,५५,६१,०००
२५. वन तथा भू–संरक्षण मन्त्रालय रु.१३,७७,२१,९६,०००
२६.वाणिज्य मन्त्रालय रु.१,३३,९३,८५,०००
२७. जनसङ्ख्या तथा वातावरण मन्त्रालय रु.८,३३,३९,७२,०००
२८. विज्ञान तथा प्रविधि मन्त्रालय रु.८५,४२,३८,०००
२९. भूमि सुधार तथा व्यवस्था मन्त्रालय रु.५,८१,५१,००,०००
३०. भौतिक पूर्वाधार तथा यातायात व्यवस्था मन्त्रालय रु.७९,१८,६८,४८,०००
३१. महिला, बालबालिका तथा समाजकल्याण मन्त्रालय रु.२,२२,०६,५५,०००
३२. युवा तथा खेलकूल मन्त्रालय रु.२,४०,०४,२८,०००
३३. रक्षा मन्त्रालय रु.२६,०१,८०,०५,०००
३४. सहरी विकास मन्त्राय रु.२३,५०,५२,३७,०००
३५. शान्ति तथा पुनःनिर्माण मन्त्रालय रु.३,१३,६४,४६,०००
३६. शिक्षा मन्त्रालय रु.१,१६,३६,०६,४९,०००
३७. सहकारी तथा गरिबी निवारण मन्त्रालय रु.१,६७,९०,६६,०००
३८. सामान्य प्रशासन मन्त्रालय रु. ९५,७८,४३,०००
३९. सिँचाइ मन्त्रालय रु.२४,४६,२१,०५,०००
४०.सूचना तथा सञ्चार रु.४,१४,१७,२४,०००
४१. सङ्घीय मामिला तथा स्थानीय विकास मन्त्रालय रु.१,१६,७३,७९,०८,०००
४२. स्वास्थ्य मन्त्रालय रु.४०,५६,३०,२७,०००
४३. श्रम तथा रोजगार मन्त्रालय रु.१,०७,५७,३२,०००
४४. राष्ट्रिय योजना आयोगको सचिवालय रु.१,१०,४४,८५,०००

पहाडिया मण्डलेका कारण मुलुक विखण्डनको खतरामा : मातृका यादव

राजविराज,जेठ १६ । पहाडिया मण्डले शासकहरुका कारण मुलुक विखण्डनको खतरामा रहेको धारणा नेकपा माओवादी केन्द्र, हेटक्वार्टर सदस्य मातृकाप्रसाद यादवले राखेका छन् । आसन्न आधिकारिक ट्रेड युनियन निर्वाचनको सन्दर्भमा राष्ट्रिय कर्मचारी संगठनले शनिबार राजविराजमा आयोजना गरेको अन्र्तक्रियामा उनले सो धारणा राखेका हुन् ।

पहाडी शासकले नै अहिले सिके राउतलाई उक्साएको मधेसीलाई दास बनाउन खोजेको आरोप लगाउँदै यादवले भने, ‘ तर अब मधेसी जनता दास बन्न चाहँदैन, विद्रोह गरेर आफ्ना अधिकार लिएरै छाड्छ ।’ मधेसको समस्या केवल मधेसको मात्र नभई देशकै समस्या हो ।’ उनले भने आजको राजधानी दैनिकमा खबर छ ।

वृद्ध भत्तादेखि पानी जहाजसम्म

काठमाडौं,जेठ १६ ।
१. वृद्ध भत्ता वृद्धिः ७० वर्षभन्दा माथि उमेरका जेष्ठ नागरिकहरुले अब २ हजारका दरले प्राप्त गर्ने छन्। योसँगै एकल महिला, अपांगता भएका व्यक्ति, लोपोन्मुख जातिलगायतलाई दिइंदै आएको भत्ता रकम पनि दोब्बर पाउनेछन्।

२. कर्मचारीको तलब २५ प्रतिशतले वृद्धिः आर्थिक वर्ष २०७३-७४ को बजेटमा सरकारले सरकारी कर्मचारीको तलब २५ प्रतिशतले वृद्धि गरेको छ। यस अनुसार २५ हजार ४ सय रुपैयाँ तलब बुझ्दै आएको अधिकृत स्तरका कर्मचारीले अब मासिक तलब अब ३१ हजार ५ सय प्राप्त गर्नेछन्।

३. सबै नेपालीको स्वास्थ्य विमाः सरकारले ३ वर्षभित्र सबै नेपालीको र आगामी आर्थिक वर्षभित्र २५ जिल्लाका सबै नेपाली नागरिकको स्वास्थ्य बिमा गर्ने कार्यक्रम ल्याउने जनाएको छ।

४. सबै नेपालीको बैंक खाता र सामाजिक सुरक्षा भत्ता लिन अनिवार्य बैंक खाताः सरकारले सबै नेपालीले बैंक खाता खोल्ने व्यवस्था मिलाउने भएको छ। भने सामाजिक सुरक्षा भत्ता बापत सरकारले उपलब्ध गराउने रकम पनि बैंक खातामार्फत नै अनिवार्य रुपमा दिनु पर्ने व्यवस्था गर्ने भएको छ।

५. अायकर छूटः सरकारले आयमा लाग्ने करको सीमा बढाएर व्यक्तिको आयमा ३ लाख ५० हजार र दम्पत्तीको आयमा ४ लाखसम्म कर छूट हुने व्यवस्था गर्ने भएको छ।

६. स्वदेशी पूँजीमै द्रूत मार्ग बनाउने तत्परताः निजगढ–काठमाडौं द्रूत मार्ग(फास्ट ट्रयाक) स्वदेशी पूँजीमै बनाउने तत्परता स्वरुप सरकारले १० अर्ब रुपैयाँ विनियोजन गरेको छ। यो आयोजना स्वदेशी लगानीमै बनाउनु नहुने भन्दै प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले संसदमा नै बोलेका थिए।

७. अखबारी कागजमा भन्सार छूट र पत्रकारलाई उपचार छूटः सञ्चार माध्यमहरुले अखबार छाप्नका लागि भिœयाउने गरेको कागजमा सरकारले १ प्रतिशत मात्र भन्सार महशुल लाग्ने व्यवस्था गरेको छ। त्यस्तै पत्रकारलाई सरकारी अस्पताल तथा स्वास्थ्य चौकीहरुमा ५० स्वास्थ्य शुल्कमा ५० प्रतिशत छूट दिने घोषणा गरेको छ।

८. संघीय प्रदेशहरुमा समावेशी एक एक पूर्वाधारः संविधानले अवलम्बन गरेको संघीय संरचना अनुसार सरकारले सातै प्रदेशमा एक एक ओटा ठूला जलाशययुक्त जलविद्युत् आयोजना, ३ महिनालाई पुग्ने पेट्रोलियम भण्डारण केन्द्र, १ हजार विगाहा क्षेत्रफलमाथिका औद्योगिक क्षेत्र, खेलकुद मैदानलगायतका पूर्वाधारको विकास गर्ने योजना बजेटमार्फत घोषणा गरेको छ।

९. घरघरमा विजुली, जनजनमा शेयर र पूर्वाधार करः सरकारको बहुमत शेयर(५१ प्रतिशत) र आम इच्छुक नेपाली नागरिकको ४९ प्रतिशत शेयर स्वामित्व रहने गरी जलविद्युत् आयोजनाको विकास गर्ने ।

१०. रेल मार्ग र पानी जहाजः पूर्वपश्चिम विद्युतीय रेलमार्गको विस्तृत अध्ययन प्रतिवेदन(डिपिआर) तयार गरी निर्माण शुरु गर्ने, बर्दीबास–सिमरा रेलमार्गमा ट्रयाक बिच्छ्याउने कार्य शुरु गरिने, सुवागढी–काठमाडौं–पोखरा–लुम्बीनी रेलमार्ग र काठमाडौं उपत्यकामा मेट्रो रेलमार्गको विस्तृत परियोजना प्रतिवेदन तयार पार्ने र भूपरिवेष्ठित राष्ट्रको अधिकारअनुसार समुद्रमा नेपाली झण्डासहितको पानी जहाज सञ्चालनको कानूनी तथा संरचनागत तयारी गर्ने पनि उल्लेख छ। नागरिक दैनिकमा समाचार छ।

काठमाडौंमा जिउँदो राँगा-भैंसी ल्याउन रोकिने

काठमाडौं,जेठ १६ । काठमाडौं महानगरपालिकाले उपत्यकाभित्र राँगा–भैँसी भित्र्याउन निषेध गर्ने प्रक्रिया अघि बढाएको छ । महानगरपालिकाका अनुसार अबको तीन वर्षभित्र उपत्यकाभित्र राँगा–भैँसी निषेध भइसक्नेछ । उपत्यकामा मासु खाने उद्देश्यले दैनिक सात सयभन्दा धेरै राँगा तथा भैँसी भित्रिने गरेका छन् । उपत्यकाभित्रका वधशाला सुधार हुन नसकेपछि महानगरपालिकाले राँगा–भैँसी भित्रिने प्रक्रिया नै बन्द गर्न लागेको आजको नयाँ पत्रिका दैनिकमा समाचार छ ।

महानगरपालिका सहरी स्वास्थ्य महाशाखाका प्रमुख हरिकुमार श्रेष्ठले अबको तीन वर्षभित्र उपत्यकाभित्र राँगा–भैँसी भित्रिन निषेध हुने बताए । उनले भने, ‘उपत्यकाभित्र राँगा–भैँसी ल्याउने प्रक्रिया निषेध गर्ने काम सुरु भएको छ । यसका लागि उपत्यकाभित्रका मासु व्यवसायीसँग पनि छलफल भएको छ । अबको तीन वर्षभित्र उपत्यकामा जिउँदो राँगा–भैँसी ल्याउन बन्द हुनेछ ।’ महानगरपालिकाका अनुसार उपत्यकामा जिउँदो राँगा–भैँसीको सट्टा मासु नै आयात हुनेछ ।

मासु ताजा र स्वास्थ्यबद्र्धक हुनेछ । उपत्यकाबाहिरका वधशालाबाट उपत्यकामा ताजा मासु भित्रिनेछ । उपयुक्त तापक्रममा चिस्यान गरिएपछि उपत्यकामा मासु भित्रिनेछ । महाशाखा प्रमुख श्रेष्ठले भने, ‘जिउँदो राँगा–भैँसीको सट्टा ताजा मासु आउनेछ । आवश्यक तापक्रममा राखिएपछि मात्रै मासु उपत्यकामा आउनेछ । यसो हुँदा उपत्यकाभित्रका वधशाला स्वतस् हट्नेछन् ।’

महानगरपालिकाका अनुसार जिउँदो राँगा–भैँसीभन्दा मासु भित्र्याउनु आर्थिक रूपले सस्तो पर्न जान्छ । ‘एउटा राँगा तीन सय केजीको हुन्छ । त्यसबाट सय केजी मात्रै मासु निस्कन्छ । बाँकी हड्डी, छाला र फोहोर हुन् । ती खेर जाने पदार्थ हुन् । त्यसको सट्टा तीन सय केजी ताजा मासु ल्याउँदा आर्थिक रूपमा सस्तो पर्छ । यसले व्यापारीलाई पनि फाइदा पुग्छ,’ महाशाखा प्रमुख श्रेष्ठले भने ।

बजेट कार्यान्वयन कसरी ?

काठमाडौं,जेठ १६ । सरकारले पुर्व अनुमान अनुरुप नै पपुलिष्ट बजेट ल्याएको छ । अधिकांश बजेट कार्यक्रम लोकप्रिय हुने खालका भएता पनि त्यतिसाह्रो वितरमूखी भने छैन्। नेताका नाममा खुलेका स्मृति प्रतिष्ठान, सांसद विकास कोष, लडाकुको राहतका नामम गएका बजेटबाहेक अन्य शीर्षक कार्यक्रम देखिन्न्न । अर्थविद तथा योजना विदहरुका अनुसार बजेटमा उल्लेख गरिएका करिव ५० प्रतिशत कार्यक्रम कार्यान्वयन हुन सक्ने किसिमका छन् भने ५० प्रतिशत कार्यन्वयन हुन कठिन । अन्नपूर्ण पोस्ट दैनिकमा समाचार छ।

अहिलेको बजेट सत्ता टिकाउने खेलः बाबुराम

काठमाडौं,जेठ १६ ।  नयाँ शक्ति नेपालका संयोजक बाबुराम भट्टराईले अर्थमन्त्री विष्णु पौडेलद्वारा पेस गरिएको बजेज केही सकारात्मक र केही नकारात्मक भनी टिप्पणी गरेका छन् । उनले सामाजिक सुरक्षा भत्ता बढाउनु सकारात्मक रहेको तर सांसद कोषको रकम बढाउनु दःखद भएको बताएको आजको अन्नपूर्ण पोस्टमा समाचार छ ।

सरकार परिवर्तन भए पनि राम्रो सुरुवात गरेको थियौं भन्ने ढंगले केही कार्यक्रम राम्रौ र महत्वकांक्षी पनि ल्याइएको छ । केही अन्तरविरोधी प्रकृतिका पनि छन्, पूर्वप्रधानमन्त्री समते रहेका उनले भने, मसँग परामर्श लिँदा मैले भनेको थिएँ पूर्वाधारमा जोड दिनुपर्छ भनेर । पूर्वाधारका क्षेत्रमा रहेका कार्यक्रमहरु सकारात्मक नै छन् । सामाजिक भत्ता बढाउनु पनि सकारात्मक नै छ ।

तर सांसदको रकम बढाइएको छ जुन अधिल्ला वर्षमा पनि दुरुपयोग भइरहको छ । त्यो चाँहि सांसदलाई खुसी पार्न र सरकार टिकाउने खेल हो । त्यो बेठीक भयो उनले भने । पूर्वलडाकुलार्य निद बाँकी रहेको पैसा दिने कार्यक्रमको पनि उनले स्वागत गरे ।

बिना रकम प्रधानमन्त्रीका घोषणा पछ्याउँदै बजेट भाषण

काठमाडौं,जेठ १६ ।
घोषणा :

दुई वर्षभित्र तुइन विस्थापन, बजेट : एक अर्ब सरकारले मुलुकभर रहेका एक सय ५५ तुइनलाई झोलुंगेपुलद्वारा विस्थापित गर्न एक अर्ब रुपैयाँ छुट्याएको छ । ०७४ भदौभित्रमा तुइन विस्थापित गर्ने कार्यक्रमसहित सरकारले रकम विनियोजन गरेको हो ।

घोषणा :

लोडसेडिङ अन्त्य, बूढीगण्डकीलाई आवश्यक : २५५ अर्ब, बजेट : १२ अर्ब लोडसेडिङ अन्त्यका लागि एक मात्र विकल्प मानिएको १२ सय मेगावाटको बुढीगण्डकी जलाशय जलविद्युत् आयोजना आगामी आवबाट सुरु गर्ने बजेटमा भाषणमा उल्लेख छ ।

घोषणा :

हावाबाट बिजुली, बजेट : मौन प्रधानमन्त्रीको अर्को महत्त्वकांक्षी योजना थियो हावाबाट तीन हजार मेगावाट बिजुली । तर, यसबारे बजेट मौन छ ।

घोषणा :

पाइपमार्फत घरघरमा ग्यास, बजेट : मौन प्रधानमन्त्री ओलीले २४ पुसमा एमाले राजधानी विशेष समन्वय कमिटीको भेलामा सम्बोधन गर्दै पाइपलाइनबाट घरघरमा ग्यास पुर्‍याइदिने घोषणा गरे । तर, यसबारेमा बजेट मौन छ ।

घोषणा :

काठमाडौंमा मेट्रो रेल, बजेट : अध्ययन हुने बजेटमा मेट्रो रेलमार्गको विस्तृत परियोजना प्रतिवेदन (डिपिआर) तयार गरी निर्माणका लागि स्रोतको व्यवस्थापन गरिने उल्लेख छ । यस्तै, रसुवागढी–काठमाडौं–पोखरा–लुम्बिनी रेलमार्गको डिपिआर दुई वर्षभित्र तयार गरी निर्माण गर्ने घोषणा गरिएको छ । आजको नयाँ पत्रिका दैनिकमा खबर छ ।

रियल मड्रिडलाई ११ औं पटक च्याम्पियन्स लिगको उपाधि

एजेन्सी,जेठ १६ । रियल मड्रिडले च्याम्पियन्स लिग फुटबलको उपाधि जितेको छ । शनिबार राति भएको फाइनलमा छिमेकी क्लब एथ्लेटिको मड्रिडलाई पेनाल्टीमा ५–३ ले हराउँदै रियल मड्रिडले च्याम्पियन्स लिग फुटबलको उपाधि उचालेको हो ।यो सँगै रियल मड्रिडले अहिलेसम्म ११ पटक च्याम्पियन्स लिगको उपाधि जितेको छ । मिलानमा भएको फाइनलको निर्धारित ९० मिनेट र थपिएको ३० मिनेटको खेल १-१ को बराबरीमा सकिएपछि निर्णय टाइब्रेकरबाट लिइएको थियो । जसमा रियलले बाजी मार्यो । रियल मड्रिडका लागि क्रिष्टियानो रोनाल्डोले विजयी पेनाल्टी गोल गरे ।
रियल मड्रिडले पहिलो हाफमा निकै राम्रो प्रदर्शन गरेको थियो । सुरुका सात पेनाल्टीमा लगातार गोल भएको थियो । त्यसमा रियल मड्रिडले चार गोल गरेको थियो भने एथ्लेटिको तीन गोल थियो । एथ्लेटिकोका लागि चौंथो पेनाल्टी प्रहार गर्न आएका वानफ्रान चुके । त्यसपछि रोनाल्डोले निर्णायक पेनाल्टीमा गोल गर्दै रियलको जित सुनिश्चित गरे । स्पेनिस ला लिगामा बार्सिलोना भन्दा एक अंकले पछि पर्दै उपविजेतामा सीमित भएको रियल मड्रिडले यो सिजन युरोपको प्रतिष्ठित च्याम्पियन्स लिगको उपाधि उचाल्यो । यसअघि सन् २०१४ मा पनि रियलले एथ्लेटिको मड्रिडलाई नै हराएर उपाधि जितेको थियो । एथ्लेटिको मड्रिड भने अहिलेसम्म तीन पटक च्याम्पियन्स लिगको फाइनलमा पुगेर पनि उपाधि जित्न सकेको छैन । उपाधिसँगै रियलका प्रशिक्षक जिनेदिन जिदान खेलाडी र प्रशिक्षकका रुपमा च्याम्पियन्स लिग जित्नेहरुको सिमित सूचीमा थपिएका छन् । उनले सन् २००२ मा रियलबाटै खेल्दै च्याम्पिन्स लिग जितेका थिए ।

१० खर्ब ४८ अर्ब ९२ करोड १३ लाख रुपैयाँको बजेट प्रस्तुत

काठमाडौं,जेठ १५ । एमाले अध्यक्ष केपी शर्मा ओली नेतृत्वको सरकारले १० खर्ब ४८ अर्ब ९२ करोड १३ लाख रुपैयाँको बजेट सार्वजनिक गरेको छ । आर्थिक वर्ष २०७३- ०७४ को बजेट अर्थमन्त्री बिष्णु पौडेलले प्रस्तुत गरेका हुन् । अघिल्लो आर्थिक वर्षमा ८ खर्ब ८ अर्ब १९ करोड रुपियाँको बजेट प्रस्तुत भएको थियो । आगामी र्आर्थिक वर्षका लागि सरकारले पुँजीगत अर्थात विकास बजेट ३ खर्ब ११ अर्ब रूपैयाँ बजेट छुट्याएको छ ।

चालु आवमा यस्तो बजेट २ खर्ब ८ अर्ब ८७ करोड ४२ लाख ४२ हजार रुपैयाँको बजेट थियो । आर्थिक वर्ष वित्न डेढ महिना बाँकी हुँदा विकासका लागि जम्मा ४७ अर्ब रुपैयाँ मात्रै खर्च भएको छ । असार मसान्तसम्ममा पुँजीगत तर्फ १ खर्ब ६९ अर्ब अर्थात ७६ प्रतिशत खर्च हुने संसोधित अनुमान रहेको अर्थमन्त्रीले बताएका छन् ।

सांसदलाई ३ करोड ५० लाख, सरकारी कर्मचारीको तलब २५ प्रतिशतले बढ्यो

काठमाडौं,जेठ १५ । सरकारले निजामति कर्मचारीहरुको तलबमा २५ प्रतिशत बृद्धि गरेको छ । संसदमा आर्थिक वर्ष २०७३-०७४को बजेट प्रस्तुत गर्दै अर्थमन्त्री बिष्णु पौडेलले यसको घोषणा गरिएको हो । साथै योगदानमा आधारित निवृत्तिभरणको व्यवस्था गरिने भएको छ । त्यस्तै आगामी वर्षदेखि सांसदलाई निर्वाचन क्षेत्रमा विकास निर्माणका काम गर्न ३ करोड ५० लाख रुपैयाँ दिने भएको छ।

निर्वाचन क्षेत्र विकास कार्यक्रमका लागि ५० लाख र निर्वाचन क्षेत्र पूर्वाधार विकास विशेष कार्यक्रमका लागि ३ करोड दिइने बताए। यसअघि निर्वाचन क्षेत्र विकास कार्यक्रममा २० लाख र पूर्वाधार विकास विशेष कार्यक्रमका लागि १ करोड ५० लाख रुपैयाँ दिने गरिएको थियो।

पत्रकारलाई सरकारी अस्पतालमा ५० प्रतिशत छूट,वृद्ध भत्तामा दोब्बर बृद्धि ‪

काठमाडौं,जेठ १५ । सरकारले पत्रकारलाई सरकारी अस्पतालमा ५० प्रतिशत छूट दिने घोषणा गरेको छ । आर्थिक वर्ष २०७३/७४ को बजेट वक्तव्यमा अर्थमन्त्री बिष्णु पौडेलले यो घोषणा गरेका हुन्। त्यस्तै सरकारले पेश गरेको आगामी आर्थिक वर्ष २०७३र७४ वजेट मार्फत वृद्ध भत्ता १ हजार रुपैयाँ बढाएको छ। सरकारले यस अघिसम्म वृद्धहरुलाई दिँदै सामाजिक सुरक्षा भत्ता वापतको १ हजार रुपैयाँबाट बढाएर २ हजार रुपैयाँ बनाएको हो। गत वर्ष पनि सरकारले ५ सय रुपैयाँबाट बढाएर वृद्ध भत्ता १ हजार रुपैयाँ बनाएको थियो।

पेट्रोलियम पदार्थको मूल्य बढ्ने,पानी जहाज किन्न बजेटमै व्यवस्था

काठमाडौं,जेठ १५ । सरकारले भवन निर्माण आचारसंहिताबिना बनेका घरलाई सरकारले पानी, विद्युत र फोनको सुविधा नदिने भएको छ । आर्थिक वर्ष २०७३/७४ को बजेट वक्तव्यमा अर्थमन्त्री बिष्णु पौडेलले यो घोषणा गरेका हुन्। त्यस्तै सरकारले भारतबाट आयात हुने पेट्रोलियम पदार्थको मूल्य ५ रूपैयाँ बढाएको छ। बढाइएको मूल्यबाट संकलन हुने रकम बूढीगण्डकी जलविद्युत आयोजनामा लगानी गरिने अर्थ मन्त्रीले शनिबार पेश गरेको बजेटमा भनिएको छ।

बुढीगण्डकी जलविद्युत आयोजना निर्माणका लागि भन्सार विन्दुमै सरकारले डिजेल, पेट्रोलसहित हवाइ इन्धन र मट्टीतेलमा ५ प्रतिशत पूर्वाधार कर लगाउने भएको हो। यो मूल्यवृद्धिबाट सरकारलाई ७ अर्ब रुपैयाँ प्राप्त हुने अर्थमन्त्री विष्णु पौडेलको भनाइ छ। सरकारले पानीजहाज सञ्चालनका लागि तयारी गर्ने जनाएको छ। अर्थमन्त्री विष्णु पौडेलले आर्थिक वर्ष २०७३/०६४ को बजेट सार्वजनिक गर्दै पानीजहाज सञ्चालनको व्यवस्था मिलाइने जनाए।

ठूला औधोगिक क्षेत्रमा २४ सै घण्टा बिजुली,जग्गा बाँझो राख्नेलाई जरिवाना

काठमाडौं,जेठ १५ । अर्थ मन्त्री विष्णु पौडेलले शनिबार आर्थिक वर्ष२०७३/७४को बजेट प्रस्तुत गरिरहेका छन् । ससदमा पेश भएको बजेटमा जग्गाको वर्गिकरण गर्दै जग्गा बाझो राख्नेलाई सम्भावित उत्पादनको २५ प्रतिशत जरिवाना लाग्ने बताएका छन् । यसको अभिलेख जिल्ला मालपोत कार्यालयले राख्नेछ।
पौडेलले जनताको जीवनस्तर सुधार्न घरघरमा बिजुली, जनजनमा शेयर नामक कार्यक्रम समेत सार्वजजिक गरेका छन् । ठूला औधोगिक क्षेत्रलाई विशेष फिडरमार्फत २४ सै घण्टा विद्युत दिइने भएको छ। अर्थमन्त्री विष्णु पौडेलले बजेट भाषणमार्फत ठूला औधोगिक क्षेत्रमा फिडरमार्फत विद्युत दिइने घोषणा गरेका हुन्।

राष्ट्रपतिबाट बाँडिने पदवीमा मदन भण्डारीलाई नेपाल रत्न,जीवराज आश्रित सूचिमा परेनन् (नामावलीसहित)

काठमाडौं,जेठ १५ । गणतन्त्र दिवसको अवसरमा राष्ट्रपतिबाट सामाजका विभिन्न क्षेत्रका दिग्गजहरुलाई मानपदवी, अलंकार र पदकद्वारा विभूषित गर्ने घोषणा गरिएको छ । नेपाल रत्न मानपदवी मदनकुमार भण्डारी(परणोपरान्त), राष्ट्रगौरव मानपदवीबाट शुशिल कोइराला(मरणोपरान्त), नरबहादुर कर्माचार्य(मरणोपरान्त), रामहरी जोशी, निर्मल लामा(मरोणोपरान्त), पोष्टबहादुर बोगटी(मरणेपरान्त)लाई प्रदान गर्ने घोषण गरिएको छ । त्यस्तै, प्रसिद्ध प्रवल जनसेवाश्री मनवपदवीबाट डा. युवराज खतिवडा, वर्षमान पुन ‘अनन्त’, जनर्दन शर्मा ‘प्रभाकर’, बैद्यनाथ उपाध्याय र भानुप्रसाद आचार्यलाई प्रदान गर्ने घोषणा गरिएको छ । त्यस्तै, सुकीर्तिमय राष्ट्रदीप मानपदवी ६ जनालाई प्रदान गर्ने भएको छ ।

जसमा डा.सोमलाल सुवेदी, राजेन्द्र क्षेत्री, लोकदर्शन रेग्मी, उपेन्द्रकान्त अर्याल, दुर्जकुमार राई र दीलिपराज रेग्मी रहेका छन् । यसैगरी, सुप्रबल जनसेवाश्री मानपदवी ८२ जना, प्रबल जनसेवाश्री मानपदवी एक सय ३५ जना र जनसेवाश्री मानपदवी ५१ जना गरी कुल दुई सय ८७ जनालाई प्रदान गर्ने घोषणा गरिएको छ । त्यस्तै, १६ जनालाई अलंकार र ६५ जनालाई पदक प्रदान गर्ने घोषणा गरिएको छ ।

यसैगरी, प्राकृतिक प्रकोपबाट पीडित व्यक्तिहरुको उद्दार एवं व्यवस्थापन र प्रकोपको जोखिम न्यूनिकरण गर्ने कार्यमा प्रशंसनीय रुपमा योगदान गर्ने वा सहयोग पु¥याउने ५६ हजार दुई सय ७९ जनालाई विभूषण ऐन, २०६४ को दफा ५ अनुरुप प्राकृतिक प्रकोप पीडितोद्वारा पदक, १८ औँ सार्क शिखर सम्मेलनलाई सफलतापूर्वक सम्पन्न गर्न योगदान गर्ने २५ हजार एक सय २२ जना नेपाल सरकारको तर्फबाट खटिएका कर्मचारी एवं सुरक्षाकर्मी र अन्य महानुभावहरुलाई प्रशंसा स्वरुप कदरपत्र प्रदान गर्ने र विमान चालक क्याप्टेन दिनेश न्योपाने(डोल्पा) र सह चालक क्या. सन्तोष राना –पाल्पा)लाई मरोपरान्त वीरता पदक प्रदान गर्ने घोषणा गरिएको छ ।
-नयाँ पत्रिका दैनिक

Featured Post

माओवादी केन्द्रका तीन मन्त्रीमा महरालाई अर्थ, दुई नयाँ अनुहार

काठमाडौं,साउन २० । माओवादी केन्द्रका अध्यक्ष तथा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड नेतृत्वको सरकारमा पहिलो चरणमा तीन जना मन्त्री पठाउने भ...

Popular Posts