काठमाडौं,जेठ १९ । निजामति कर्मचारीहरुको आज हुने आधिकारिक ट्रेड युनियन निर्वाचनको लागि सरकारले बिदा दिएको छ । इतिहासमा पहिलोपटक निजामती कर्मचारीहरुको आधिकारिक ट्रेड युनियनको निर्वाचन हुने लागेकोले मन्त्रिपरिषदको निर्णय अनुसार आज विदा दिइएको हो ।
काठमाडौंमा हरेक मन्त्रालयमा र अन्य जिल्लाहरुमा सरकारी वकिलको कार्यालय वा जिल्ला प्रशासन कार्यालयहरुमा मतदान हुनेछ । बिहान ९ बजेदेखि सुरु हुने मतदान साँझ ५ बजेसम्म चल्नेछ । निर्वाचन अधिकृत तिम्सिनाका अनुसार १६ सय ३ जना निजामति कर्मचारी र १२ सय १५ जना सुरक्षाकर्मि गरि २ हजार ८ सय १८ जना कर्मचारी निर्वाचनमा खटिने छन ।
निर्वाचनमा कांग्रेसनिकट नेपाल निजामती कर्मचारी युनियन -संघ), एमाले निकट नेपाल निजामती कर्मचारी संगठन, माओवादी केन्द्र निकट नेपाल राष्ट्रिय कर्मचारी संगठन, मधेस केन्दि्रत दलनिकट नेपाल मधेसी निजामती कर्मचारी मञ्च, कार्यालय सहयोगीहरुको संगठन ‘राष्ट्रिय स्वतन्त्र कर्मचारी मिलन केन्द्र’ र सवारी चालकहरुको संगठन ‘राष्ट्रसेवक कर्मचारी संगठन’ चुनावी प्रतिस्पर्धामा छन् ।
चुनावी प्रतिस्पर्धामा उत्रिएका छन् । अधिकृतसम्मका मतदाताको संख्या ५४ हजार ३ सय छ । उनीहरुले व्यक्ति होइन, संगठन रोज्नेछन् । अधिकृतभन्दा माथिल्लो तहका कर्मचारीहरुले भने निर्वाचनमा भाग लिन पाउँदैनन् ।
No comments:
Post a Comment