Sunday, May 29, 2016

हिमपात नपरेपछि यार्चागुम्बा भेटिएनन् !

मुस्ताङ,जेठ १७ । हिमाली क्षेत्रका उच्च लेकहरुमा पाईने यार्चागुम्बा नामक बन्य जडिबुटिको कमि देखिएको छ । विश्वमा देखिदै गएको जलवायु परिवर्तनका कारण नेपालका उच्च हिमाली लेकहरुमा हिउँदमा हिमपात नहुदा जमिनको तापक्रम बढ्न गई यार्चामा खडेरी लाग्न थालेको हो । बिगत बर्षहरु झै पर्याप्त मात्रामा यो सिजन यार्चा नपाईने सकेत देखिए पछि टाढा टाढाबाट यार्चा खोज्न जानेहरु चिन्तित देखिएका छन् ।

विशेषतःहिमाली क्षेत्रहरु—मनाङ,डोल्पा,मुस्ताङ लगायतका उच्च लेकहरुमा यार्चागुम्बु पाईने गर्दछ।यार—वर्षा,चा—घाँस हो भने गुम्बुको अर्थ दैवि स्वरुप मानिन्छ।हिउँदको चिसो समय झुशिल्किरा आकारको किरा हुने र गर्मि याममा विकसित हुदै घासको रुपमा देखा पर्ने वनस्पति हो।यो सुक्ष्म रुपमा जमिनको चिसो सतहमा पाईने गर्दछ । पातलो आकार झलक्क हेर्दा खुर्सा्नि जस्तो देखिने यार्चागुम्बु नामक जडिबुटी अक्सर औषधिको रुपमा प्रयोग हुने गर्दछ ।

यार्चालाई दैनिक दुधमा मिसाएर खादा शारिरीक स्फुर्ति बढ्ने वताईन्छ । त्यस्तै यार्चालाई बिकसित देशहरुले आर्युवेदिक औषधि बनाउन केमिकलको रुपमा प्रयोग गर्ने गर्दछन् । चीन, जापान, हङकङ्ग र थाईल्याण्ड आदी देशमा यार्चा जडिबुटिको ठूलो मात्रामा निकासी हुँदै आएको छ ।

बर्षेनी मुस्ताङ, मनाङ र डोल्पा जिल्लाका लेकहरुमा यार्चा खोज्नका लागी रुकुम, रोल्पा, जाजरकोट, धादिङ र बाग्लुङ जिल्लाका मानिसहरु पुग्ने गरेको पाईन्छ। उनीहरु खाने, बस्ने लगायतका प्रबन्ध मिलाएर जाने गर्दछन् । बर्षेनी यार्चाको खरिद बिक्रिमा मुल्य सन्तुलित देखिएको छैन । प्रति गोटा यार्चा दुई सय देखि पन्ध्र सय सम्म पर्दछ भने प्रति केजि यार्चा बिस देखि तिस लाख सम्म पर्ने गर्दछ।गत बर्ष भुकम्पका कारण यार्चा खरिद बिक्रि सन्तोषजनक नभएको स्थानिय जेबिल गुरुङले बताए ।

बर्षेनी उनले दुई लाख सम्मको यार्चा टिप्ने गरको उनको भनाई छ ।बिशेषतःहिमाली लेकहरु अन्नपुर्ण संरक्षण एक्यापको मातहतमा रहने भएता पनि यार्चागुम्बुको फुकुवा स्थानिय तहमा गाउँ समाजले गर्दे आएको छ ।यार्चा खोज्नका लागि गाउँको नियम अनुसार तोकिएको शुल्क तिरेर पुर्जि लिनुपर्ने हुन्छ ।

पुर्जि लिएकाहरु दुई महिना सम्म लेकमा बसेर यार्चा खोज्न जुट्दछन् । जोमसोममा पुर्जिका लागि पाच हजार र डोल्पा र मनाङमा बिस हजार सम्मको पुर्जि काट्नु पर्ने हुन्छ । मुस्ताङ जिल्ला अन्तरगत जोमसोम, मुक्तिनाथ, लुप्रा, झोङ, छुसाङ, टुकुचे र कोवाङका लेकहरुमा धमाधम पुर्जि फुकुवा गरिए लगत्तै सयौको सख्यामा मानिसहरु लेक तर्फ प्रस्थान गरेका छन्।यार्चा सङ्कलनका लागि व्यापारीहरु बर्षेनी लेकमा नै पुग्ने गर्छन् ।

No comments:

Post a Comment

Featured Post

माओवादी केन्द्रका तीन मन्त्रीमा महरालाई अर्थ, दुई नयाँ अनुहार

काठमाडौं,साउन २० । माओवादी केन्द्रका अध्यक्ष तथा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड नेतृत्वको सरकारमा पहिलो चरणमा तीन जना मन्त्री पठाउने भ...

Popular Posts