काठमाडौं । चर्चित टेलिफिल्म मेरी बास्सैमा हैट भन्दै चर्चित भएका हनुमाने र मंगलीले बिहे गरेको फोटोले सामाजिक सञ्जालमा तहल्का मच्चाएको थियो । कतिले साँच्चीकै जस्तो माने र बधाईको ओहिरो लाग्यो । कतिले अभिनयको लागि मात्र होला भन्ने अनुमान गरे । यथार्थमा त्यो इक म्यूजिक भिडियोमा रहेको दृश्यको फोटो थियो ।
फोटो पत्रकार नबिन बाबु गुरुङ्ले निर्देशन गरेको भिडियोमा बुद्दी तामाङ् ‘हनुमाने’ र रजनी गुरुङ ‘मंगली’को अभिनय छ । विकास उप्रेतीको स्वरमा रहेको ‘हामी जाउँला है र्याफ्टिङ् चढेर’ बोलको यस गीतकोभिडियोको एक दृश्यमा रजनी र बुद्धिलाई बेहुला-बेहुली भएर बेहुलाको घर सम्म पुगेको देखाईएको छ । यस गीतलाई किरण भण्डारीले रमाइलो शैलीमा लेख्ने र संगीत भर्ने काम गरेका छन् । जिवन थापाले सम्पादन गरेका छन् भने निर्देशक नबिनसँगै राजु तामाङ् र विकास पौडेलले खिचेका छन् ।
No comments:
Post a Comment