Sunday, May 29, 2016

जंगली च्याउ खाएर पाँच जनाको मृत्यु

पाँचथर,जेठ १७ । जिल्लाको आङनामा गाविस १ मा सोमबार जंगली च्याउ खाएर सिकिस्त बिरामी भएका मध्ये उपचारको क्रममा आज पनि एक जनाको मृत्यु भएको छ । बिराटनगरको नोबल अस्पतालमा उपचार गर्ने क्रममा आङना –१ की ३९ बर्षीय मनकुमारी माङलाकको आज मृत्यु भएको हो। यसअघि हिजो ४५ पदममाया माङलाक र उनका १३ बर्षीय छोरी कबिता माङलाक र ५ बर्षीय छोरी सोनी माङलाकको उपचार गर्न लैजाने उपचारको क्रममा बाटो मै मृत्यु भएको थियो ।

जंगली बिसालु च्याउ खाएर पाँचथरमा सोमबार यता तीन परिवारका पाँचको मृत्यु भएको हो ।

यसैगरी पाँचथर थर्पु –६ मा जंगली च्याउ खादाँ शनिबार एक बालिकाको मृत्यु भएको छ भने अन्य चार जना सिकिस्त बिरामी रहेका छन् ।
च्याउ खाएर मृत्यु हुनेमा थर्पु –६ का धनबहादुर माबोकी ११ बर्षीय छोरी एलिजा माबो रहेकी छन् ।

त्यस्तै १६ बषीर्य छोरी पुष्पा माबो, ९ बर्षिय छोरी सुलोचना माबो र ६ बर्षीय प्रशान्त माबो सिकिस्त बिरामी रहेका छन् । उनीहरुको थप उपचार धरानस्थित बिपी कोइराला स्वास्थ्य बिज्ञान प्रतिष्ठानमा भइरहेको छ ।
उनीहरुले शुक्रबार राती जंगलबाट ल्याएको जंगली च्याउ खाएको बताइएको छ ।

No comments:

Post a Comment

Featured Post

माओवादी केन्द्रका तीन मन्त्रीमा महरालाई अर्थ, दुई नयाँ अनुहार

काठमाडौं,साउन २० । माओवादी केन्द्रका अध्यक्ष तथा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड नेतृत्वको सरकारमा पहिलो चरणमा तीन जना मन्त्री पठाउने भ...

Popular Posts