Saturday, May 28, 2016

‘अहिलेको बजेटले देशको तीव्र आर्थिक विकासको आवश्यकता पूर्ति गर्दैन’- भट्टराई

काठमाडौं,जेठ १६ । नयाँ शक्ति नेपालका संयोजक बाबुराम भट्टराईले अर्थमन्त्री विष्णु पौडेलद्वारा पेस गरिएको बजेटले देशको तीव्र आर्थिक विकासको आवश्यकता पूर्ति नगर्ने बताउनु भएको छ । सामाजिक सञ्जाल मार्फत केही टिप्पणी दिदै उहाँले यस्तो बताउनु भएको हो । टिप्पणीमा भनिएको छ -‘संविधानसभाबाट संविधान निर्माण पछि आर्थिक क्रान्तिको प्रस्थानविन्दू बन्नु पर्ने बजेटले केही नयाँ कुरा गर्न खोजे पनि यो मूलत: परम्पराकै निरन्तरतामा छ! अर्थात् केही पपुलिष्ट केही विकासमुखीको खिचडी! शायद यो अस्थीर संसदीय राजनीतिको वाध्यता हो। यसले अमुक पार्टीलाई केही लाभ दिन सक्छ तर समग्र देशको तीव्र अार्थिक विकासको आवश्यकता पूर्ति गर्दैन।

२. बजेटको समग्र संरचनामा ६०% साधारण खर्च हुनु र ३०% मात्र विकास खर्च र वाँकी १०% ऋणभुक्तानीमा खर्च हुनुले यो बजेट परम्पराकै निरन्तरतामा छ र यसले आर्थिक क्रान्तिको उडान भर्न सक्दैन भन्ने स्पष्ट छ।
३. वृद्धि ( Growth ) र वितरण ( Distribution ) वीच सन्तुलन मिलाउनु नै अहिलेको नेपालको वजेट निर्माणको मुख्य चुनौति हो। दलीय र तत्कालीन चुनावी स्वार्थले वितरणमुखी बजेट माग्छ; तर दीर्घकालीन राष्ट्रिय हितले तीब्र वृद्धिमुखी बजेट माग्छ! यो बर्षको वजेट पनि यही द्विविधामा फसेको छ। अब दलीय राजनीतिक जोखिम उठाएर र स्टेट्सम्यान स्पिरिट देखएर केही बर्ष तीव्र वृद्धिमुखी र दीर्घकालीन आर्थिक आधार निर्माण गर्ने नीति अवलम्वन गर्न सक्ने दूरदृष्टियुक्त र साहसिक राजनीतिक नेतृत्वको खाँचो छ। विद्यमान पुराना राजनीतिक शक्तिहरूबाट त्यो अपेक्षा गर्नु शायद आशा गर्नेकै मूर्खता हुन्छ!
४. बजेटको रौंचिरा वहस विज्ञहरूबाट हुने नै छ! आखिर हामी नेपाली पनि अमर्त्य सेनको शब्द सापटी लिएर भन्नुपर्दा कम “Argumentative ” ( झगडालु ) छैनौं। विज्ञेषु किम् अधिकम्!

No comments:

Post a Comment

Featured Post

माओवादी केन्द्रका तीन मन्त्रीमा महरालाई अर्थ, दुई नयाँ अनुहार

काठमाडौं,साउन २० । माओवादी केन्द्रका अध्यक्ष तथा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड नेतृत्वको सरकारमा पहिलो चरणमा तीन जना मन्त्री पठाउने भ...

Popular Posts