काठमाडौं,जेठ १६ ।
घोषणा :
दुई वर्षभित्र तुइन विस्थापन, बजेट : एक अर्ब सरकारले मुलुकभर रहेका एक सय ५५ तुइनलाई झोलुंगेपुलद्वारा विस्थापित गर्न एक अर्ब रुपैयाँ छुट्याएको छ । ०७४ भदौभित्रमा तुइन विस्थापित गर्ने कार्यक्रमसहित सरकारले रकम विनियोजन गरेको हो ।
घोषणा :
लोडसेडिङ अन्त्य, बूढीगण्डकीलाई आवश्यक : २५५ अर्ब, बजेट : १२ अर्ब लोडसेडिङ अन्त्यका लागि एक मात्र विकल्प मानिएको १२ सय मेगावाटको बुढीगण्डकी जलाशय जलविद्युत् आयोजना आगामी आवबाट सुरु गर्ने बजेटमा भाषणमा उल्लेख छ ।
घोषणा :
हावाबाट बिजुली, बजेट : मौन प्रधानमन्त्रीको अर्को महत्त्वकांक्षी योजना थियो हावाबाट तीन हजार मेगावाट बिजुली । तर, यसबारे बजेट मौन छ ।
घोषणा :
पाइपमार्फत घरघरमा ग्यास, बजेट : मौन प्रधानमन्त्री ओलीले २४ पुसमा एमाले राजधानी विशेष समन्वय कमिटीको भेलामा सम्बोधन गर्दै पाइपलाइनबाट घरघरमा ग्यास पुर्याइदिने घोषणा गरे । तर, यसबारेमा बजेट मौन छ ।
घोषणा :
काठमाडौंमा मेट्रो रेल, बजेट : अध्ययन हुने बजेटमा मेट्रो रेलमार्गको विस्तृत परियोजना प्रतिवेदन (डिपिआर) तयार गरी निर्माणका लागि स्रोतको व्यवस्थापन गरिने उल्लेख छ । यस्तै, रसुवागढी–काठमाडौं–पोखरा–लुम्बिनी रेलमार्गको डिपिआर दुई वर्षभित्र तयार गरी निर्माण गर्ने घोषणा गरिएको छ । आजको नयाँ पत्रिका दैनिकमा खबर छ ।
No comments:
Post a Comment