Tuesday, May 31, 2016

मनिषा मृत्यु प्रकरणः कसरी भयो मनिषाको मृत्यु ? घाँटी थिचेर नमारेको’’प्रहरी प्रतिवेदन’

काठमाडौं,जेठ १९ । फुटबलर विमल घर्ती मगरकी बहिनी मनिषाको शंकास्पद मृत्युको घटनाको सत्यतथ्य पत्ता लगाउन हत्या आरोपमा पक्राउ परेका उनका प्रेमी रुद्रनारायण (आशिष) चौधरी झुठो नबोलेको भेटिएको छ । योसँगै मनिषाले आत्महत्या गरेको तथ्य बनेको छ । इलाका प्रहरी कार्यालय सुनवलमा प्रहरीले चौधरीले बयानका क्रममा झुट बोलेको हो वा होईन भन्ने पत्ता लगाउन गरेको परिक्षणको बुधबार पत्रकार सम्मेलन गर्दै पोलिग्राफ परीक्षण सार्वजनिक गरेको हो । सार्वजनिक गरिएको रिपोर्टमा उनले बताएको कुरा झुठो नभएको प्रारम्भिक रिपोर्ट आएको प्रहरीले बताएको हो ।

अनुसन्धान अधिकृत प्रकाश सापकोटाले भने, ‘पोलिग्राफको प्रारम्भिक रिपोर्टमा आशिषले अहिलेसम्म बोलेको कुरा साँचो रहेको पाइयो ।’ उनले उत्तर दिँदा पोलिग्राफ मेसिनमा कुनै अस्वभाविक तरंग नआएको उनले बताए । तर, अनुसन्धान अझै नटुंगिएको बताउँदै उनले अनुसन्धान अझै जारी रहेको बताए । चौधरीलाई ५ घन्टा लगाए ११ वटा प्रश्न गरिएको थियो। प्रहरीको अनुसन्धानले दुईबीचको प्रेम सम्बन्ध र त्यसले ल्याएको विवादकै कारण घटना भएको देखाएको छ। मनिषा र आशिषबीच १२ गते राति साढे ८ बजेसम्म दुई-चार दिनमा २ सय १८ पटक दुईतर्फी फोन सम्पर्क भएको थियो।

प्रहरीलाई दिएको बयानमा बुधबार साँझतिर मनिषाले सिमकार्ड मागेपछि आफूले नदिएकाले झगडा भएको र त्यस क्रममा हात हालाहालसमेत भएको आशिषले बताएका थिए। त्यसपछि आफू एक बोतल बियर खाएर उनकै घरमा सुतेको र राति उठेर हेर्न जाँदा झुन्डिएको अवस्थामा देखेको उनको बयान छ।
यसअघि पोष्टमार्टम रिपोर्टमा पनि ‘ह्यांगिङ’ (झुण्डिएको) रिपोर्ट आएको थियो । १७ बर्षिय मनिषाको शव जेठ १३ गते नवलपरासीको बर्दघाट–८ स्थित आफ्नै घरमा फेला परेको थियो ।

No comments:

Post a Comment

Featured Post

माओवादी केन्द्रका तीन मन्त्रीमा महरालाई अर्थ, दुई नयाँ अनुहार

काठमाडौं,साउन २० । माओवादी केन्द्रका अध्यक्ष तथा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड नेतृत्वको सरकारमा पहिलो चरणमा तीन जना मन्त्री पठाउने भ...

Popular Posts