काठमाडौं,जेठ १९ । नारायणहिटी राजदरबार हत्याकाण्ड भएको बुधबार १५ पूरा भएको छ । सो हत्याकाण्ड नेपाली इतिहासमा कहाली लाग्दो रुपमा रहेको छ । उक्त हत्याकाण्डको दोषी तत्कालीन युवराज दीपेन्द्रलाई छानबिन समितिले देखाएको थियो । सोही छानबिन समितिले राजदरबार हत्याकाण्डका विषयमा शाही अर्दली रामकृष्ण के.सीसँग लिएको बयान :
समिति : रामकृष्ण के.सी.जी तपाईंलाई हामीले किन बोलाएको भने अलिकति केही कुरा बाँकी भयो । ८ बजेर १९ मिनेट जाँदा तपाईंलाई युवराजधिराज सरकारलाई चुरोट लगिदिनका लागि अह्राइएको थियो । त्यो चुरोट त बैठकमा पनि देखिन्छ त, किन चुरोट लान पर्यो ? चुरोट किन लानु पथ्र्यो र चुरोट लिएर कहाँ जानुभयो ?
जवाफ : म चुरोट अब त्यसमा खास ……माल भएको चुरोट ।
समिति : माल भनेको के ?
जवाफ : गाँजा । गाँजा भरेको चुरोट ल्याऊ भन्नु भएको रहेछ । अनि म बिलियर्ड हलको त्यो मेन ढोकामा पुगेपछि पारस सरकारलाई टक्र्याएँ । भित्रचाहिँ म चाहिँ छिरिन ।
समिति : कुन चाहिँ ढोका ? पूर्वको ? कतिवटा लगिदिनु भयो ?
जवाफ : त्यही ठूलो ढोका । त्यसमा ५÷६ वटा जति थियो ।
समिति : कसले गराउने गथ्र्याे ? के के हाल्ने गथ्र्याे त्यसमा ?
जवाफ : त्यो हामीहरुले नै बनाउने हो । त्यो गाँजा र सुर्ती मिसाएर बनाउने हो ।
समिति : त्यो ५÷६ वटा पारस सरकारलाई बुझाइयो ? अनि …..के भनेर……?
जवाफ : सरकारले हुकुम भएको भनेर….. सावले भनिबक्सियो । अनि त्यहाँ गएको पारस सवारी भयो । त्यहाँ टक्र्याएँ । ….पारस सरकारले हाँस्दै सवार भयो । अनि म हातमा लिएर गएको थिएँ । मैले दिएँ । टक्र्याइबक्सियो ।
समिति : त्यो चुरोटमा गाँजा मात्रै भरिएको थियो भन्ने तपाईंलाई एकिन छ ?
जवाफ : त्यसमा गाँजा र अर्काे कालो के हुन्थ्यो त्यो ल्याउँथे, त्यो मिसाएर भरिदिनु पथ्र्याे ।
समिति : कहाँबाट कस्ले ल्याउँथ्यो ?
जवाफ : त्यहीँ नै हुन्थ्यो।
समिति : त्यहीँ भनेको खोपीमै हुन्थ्यो कि ?
जवाफ : त्यहीँ नै हुन्थ्यो, खोपी मै हुन्थ्यो ।
समिति : गाँजा तपाईंले चिन्नुहुन्थ्यो ? कालो तपाईंले चिनिदैनथ्यो, कालो कति राख्नुपथ्र्यो ?
जवाफ : त्यो अब हेरेर, त्यस्तै चुरोट हेरेर ।
समिति : एउटा चुरोटको खिलीमा गाँजा कति, त्यो कालो कति राखिन्थ्यो ?
जवाफ : त्यो त अब ….बक्सेको थियो पहिलाचाहिँ । …..त्यो सुर्ती र उ सबै एउटामा मिलाएर हालिदिने ।
समिति : त्यो कालोको रंग अहिले देख्यो भने चिनिन्छ ? पूरा कालो थियो कि अलिअलि कलेजी कलेजी थियो ?
जवाफ : पूरा उ त थाहा छैन । त्यो त्यही पनि सधैं होइन , कहिलेकाहीँ त्यस्तै उ भएको बेलामा ।
समिति : त्यो दिन कुन पर्यो ? कालो मिसिएको उ पर्यो कि अर्काे परेको थियो ?
जवाफ : त्यसमा कालो मिसिएको र अर्काे दुवैथरी थियो ।
समिति : लगेर पारस सरकारलाई दिनुभयो । पारस सरकारलाई बुझाउँदा युवराजधिराज सरकारले मागिबक्सेको हुनाले लिएर आएको । उहाँलाई पुर्याइदिने तपाईंले भनेको हो कि होइन ?
जवाफ : मैलो त्यो जाहेर गर्न मिल्दैन । म त्यो उसमा गएर बसें । म सरासर जान लागेको थिएँ, पारस सरकार हाँस्दै सवारी भयो । मैले हातमा लिएको थिएँ । मैले टक्र्याएँ । अनि पारस सरकारले लिएर सवारी भयो ।
समिति : अनि के खबर गरेर माथि खोपीमा पुग्नुभएको थियो त ? चुरोट ….पछि युवराजधिराज सरकार माथि …. मा पुगिसकेको, कहाँबाट के खबर आएर ?
जवाफ : सरकार सवारी भएको थियो । …..सवारी भएको छ ….जानु भनेर अनि …
समिति : त्यो कहाँ छ, त्यो खोपीमा ?
जवाफ : त्यो खोपीमा हुन्थ्यो । सरकारले ल बनाउ भनेर बक्सिन्थ्यो अनि…
समिति : त्यसदिन तपाईंले कहाँबाट कति बनाएर ल्याउनु भयो ?
जवाफ : सरकारले बक्सेको थियो ।
समिति : त्यही दिन कि बिहान ?
जवाफ : त्यो सरकारले बक्सेर पहिले बनाएर राख भन्नुभएको थियो, बनाएर राखेको थिएँ ।
समिति : बनाएर खोपीमा राख्नु भएको थियो ?
जवाफ : बनाएर आफ्नै साथमा थियो ।
समिति : त्यो बनाउन दिएको कति बेला हो ?
जवाफ : दिउँसो २÷३ बजेतिर ।
समिति : होइन, त्यो ….जान भन्दा पहिले कि ?
जवाफ : पहिले नै ।
समिति : त्यो दिन कति खिली बनाउनु भनिबक्सेको थियो ?
जवाफ : त्यो बक्सेको थियो ५÷६ बनाइदिने हुकुम भएको थियो । ५,६वटा
समिति : कुन चुरोट ?
जवाफ : शिखर चुरोट ।
समिति : त्यो खाने कसले खाए भन्ने देख्नु भएन ? त्यो चिज तपाईंसँग छैन ?
जवाफ : छैन । जति बक्सिन्छ त्यही बनाएर टक्र्याउने हो ।
समिति : जति बक्स्यो ५÷६ वटा बनाएर दिइहाल्नुहुन्थ्यो ? त्यो भन्दा अगाडि पनि ….कति चोटी भएको थियो ? कहिले एक वर्षदेखि, ६ महिनादेखि चुरोटमा गाँजा हालेर बनाउनुस् भनेर…कहिले सुरु गर्नुभएको थियो ?
जवाफ : मैले त त्यस्तै हाम्रो चाहिँ अल्टरनेट ड्युडी हुन्छ । कहिलेकाहिँ आफ्नो ड्युटी परेको बेलामा मैले त्यस्तै २÷३ पटक बनाएँ होला ।
समिति : …..कति पटक ?
जवाफ : महिना भन्दा पनि झण्डै एक वर्ष जति भयो होला । एक वर्षदेखि पहिला बनाएको थिएँ । अहिले तीनपाली जति बनाएँ मैले, आफ्नो ड्यटीमा ।
समिति : कस्तो बेला माग्ने गरिबक्सिन्थ्यो ?
जवाफ : त्यही पार्टी भएको बेलामा बनाऊ भनिबक्सिन्थ्यो ।
समिति : अस्ति तपाईंले हामीलाई जानकारी दिँदा खेरी सरकार खोपीबाट निस्केपछि मैले इमर्जेन्सी व्याग पनि लानपर्छ कि सरकार भनेर भनें भन्नु भयो तपाई)ले । त्यो इमर्जेन्सी व्यागमा के के हुन्छ ?
जवाफ : त्यसमा अब सरकार बाहिर सवारी हुँदा त्यो वेदरप्रुफ ज्याकेट, ….चिपिस्टिक, …स्प्रे अनि त्यो एक्स्ट्रा ब्याट्रीहरु त्यस्तै नै हुन्थ्यो । पानी ज्युनार हुन्छ ।
समिति : अनि तपाईं खोपीमा जाँदाखेरी युवराजधिराज सरकार तल उभिरहेको देख्नुभयो कि बसिरहेको देख्नुभयो ?
जवाफ : ढलेको अवस्थामा ।
समिति : त्यो बेला त्यस्तो किसिमले तपाईंले बनाइसकेको …..
जवाफ : केही पनि देखिन ।
समिति : के राखेको थियो ?
जवाफ : त्यो सरकारको बट्टामा, चुरोट …
समिति : तपाईंलाई बट्टाको रङ याद छ , कलर ?
जवाफ : त्यो चाहिँ याद भएन । त्यो दिन मैले त्यही चुरोटको बट्टामा नै टक्र्याएको हो । तर सरकारले अर्कै बोकिबक्सेको हो बट्टा । अब कालो पोशाक भएको बेलामा कालै बट्टा, खैरो भएको बेलामा खैरो बट्टा लिइबक्सिन्थ्यो चुरोटको ।
समिति : अब फेरि चाहियो भने बोलाउँदा है ।
(तत्कालीन राजा ज्ञानेन्द्र शाहले राजदरबार हत्याकाण्डको छानबिनका लागि गठित तत्कालीन प्रधानन्यायाधीश केशव प्रसाद उपाध्याय, सभामुख तारानाथ रानाभाट सम्मिलित उच्चस्तरीय समितिले तयार पारेको प्रतिवेदनबाट )
Wednesday, June 1, 2016
राजदरबार हत्याकाण्ड : ‘गाँजा र कालो पदार्थ भरिएको चुरोट पारसलाई दिएँ’
Subscribe to:
Post Comments (Atom)
Featured Post
माओवादी केन्द्रका तीन मन्त्रीमा महरालाई अर्थ, दुई नयाँ अनुहार
काठमाडौं,साउन २० । माओवादी केन्द्रका अध्यक्ष तथा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड नेतृत्वको सरकारमा पहिलो चरणमा तीन जना मन्त्री पठाउने भ...
Popular Posts
-
काठमाडौं,मंसिर १५ । एमाओवादी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले केन्द्रिय समितिको वैठकमा पार्टीलाई एक नम्बर बनाउने भन्दै राजनितिक प्रतिवेदन ...
-
The incredible Nepali musical group Sur Sudha will be visiting the US in August on an “Empower Nepal Tour” sponsored by the Soarway Foundat...
-
काठमाडौं,साउन १९ । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड नेतृत्वको नयाँ सरकारमा नेपाली कांग्रेसका तर्फबाट नेता विमलेन्द्र न...
No comments:
Post a Comment