काठमाडौं,जेठ १९ । आज जेठ १९ गते । तत्कालिन राजा वीरेन्द्रको वंशनाश भएको १४ वर्ष पुरा भएर आजबाट १५ वर्ष लागेको छ । विश्वले नै बिर्सनै नसक्ने त्यो रात सम्झँदा जीउ सिरिङ हुन्छ । राजा वीरेन्द्रको परिवारको सम्झना आउँछ । तर विश्वमा नै चर्चित भनेको दरबार हत्याकाण्डको रहस्य अझै खुल्न सकेको छैन् । पारिवारिक जमघटका बेला भएको घटनामा राजा वीरेन्द्र,रानी एश्वर्य, युवराज दीपेन्द्र, राजकुमार निराजन, राजकुमारी श्रुति, राजकुमार धिरेन्द्र , राजकुमारी जयन्ती , राजकुमारी शान्ती ,राजकुमारी शारदा, कुमार खड्ग र अन्य राजपरिवारका सदस्यहरूको हत्या भएको थियो ।
प्रधानमन्त्री भएको बेलामा स्वर्गीय गिरिजाप्रसाद कोइराला, पुष्पकमल दाहाल, माधवकुमार नेपाल लगायतकाले दरबार हत्याकाण्डको छानबिन गरेरै छाड्ने प्रतिबद्धता जनाएको वर्षौ भइसकेको छ। सो घटनामा केही पनि भएको छैन् । तत्कालिन युवरनज दीपेन्द्रले हत्या गरेको भन्ने कुरा छानबिनपछि बनाइएको प्रतिबेदनले जनाएपनि त्यसमा अझै ठूलो जनसमूहलाई आंशका रहेको छ । हत्याकाण्डपछि तत्कालीन सभामुख तारानाथ रानाभाटको संयोजकत्वमा गठित उच्चस्तरीय छानबिन समितिले जेठ १९ को घटनाका लागि युवराज दीपेन्द्रलाई दोषी देखाइएको प्रतिवेदन सार्वजनिक गरेको थियो । तर त्यसलाई आम नेपालीले विशवास गरिरहेका छैनन ।
No comments:
Post a Comment