Tuesday, May 31, 2016

निगमको नाफा १५ दिनमै २३ करोड घट्ने

काठमाडौं,जेठ १९ । बजेटले पेट्रोलियम पदार्थमा पूर्वाधार कर लाग्ने घोषणा गरेपछि नेपाल आयल निगमलाई निगमको अर्धमासिक नाफ २३ करोड रुपैयाँ घट्ने भएको छ । निगमले मंगलबार सार्वजनिक गरेको अनुमानित अर्धमासिक वित्तीय प्रतिवेदनमा नाफा ४३ करोड ३० लाख रुपैयाँबाट घटेर १९ करोड ९५ लख रुपैयाँमा सीमित हुने आजको कारोबार दैनिकले जनाएको छ ।

बूढीगण्डकी जलविद्युत आयोजना निर्माणका लागि सरकारले पेट्रोलियम पदार्थमा प्रतिलिटर ५ रुपैयाँ पूर्वाधार कर लगाउने भएपछि निमगको नाफ घट्ने भएको हो । पेट्रोलियम पदार्थमा यस्तो कर लिएपछि बूढीगण्डकीलाई वार्षिक ७ अर्ब रुपैयाँ लगानी जुट्ने छ । शनिबार संसदमा अर्थमन्त्री विष्णुप्रसाद पौडेलले प्रस्तुत गरेको आर्थिक वर्ष २०७३/७४ को बजेटमा पेट्रोल, डिजेल, र हवाई इन्धनमा भन्सार विन्दुमै प्रतिलिटर ५ रुपैयाँका दरले पूर्वाधार कर लगाउने घोषणा गरेका थिए ।

No comments:

Post a Comment

Featured Post

माओवादी केन्द्रका तीन मन्त्रीमा महरालाई अर्थ, दुई नयाँ अनुहार

काठमाडौं,साउन २० । माओवादी केन्द्रका अध्यक्ष तथा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड नेतृत्वको सरकारमा पहिलो चरणमा तीन जना मन्त्री पठाउने भ...

Popular Posts