Monday, February 29, 2016

दोधारमा खुमबहादुर,संस्थापनसँग जान्छन् कि देउवासँग?

काठमाडौं,फागुन १८ । कांग्रेस नेता खुमबहादुर खड्काले संस्थापन र वरिष्ठ नेता शेरबहादुर देउवासँग आफ्नो टिमका नेताहरुको समायोजनका लागि लगातार कुरा गरिरहेका छन्। तर उनको वार्ता भने संस्थपान पक्षभन्दा देउवासँग धेरै अगाडि बढिसकेको छ। संस्थापन पक्षले खड्काको माग अनुसार पदाधिकारी लगायत सदस्यको टिममा खड्का पक्षका नेताहरुलाई स्थान दिन नसक्ने संकेत पाएपछि खड्काको सामिप्यता देउवासँग बढेको हो।

अघिल्लो महाधिवेशन पश्चात देउवासँग रुष्ट बनेका खड्काले एक वर्ष अगाडि शेखर कोइरालासँग सहकार्य गर्दै कार्यबाहक सभापति रामचन्द्र पौडेलसँग अलग्गै टिम बनाएर अगाडि बढ्न प्रस्ताव गरेका थिए। तर खड्काको प्रस्तावमा पौडेलले खासै चासो नदिएपछि खड्का र कोइराला पौडेलसँग असन्तुष्ट बनेका थिए।

पारिवारिक एकताको पक्षमा उभिएका कोइराला संस्थापन पक्षभित्रै आन्तरिक सहमति जुटाउन व्यस्त भएपनि खड्का भने १२ औं महाधिवेशनमा जस्तै देउवासँग सहकार्य गर्दै आगडि बढ्न तयार देखिएका छन्।
केही महिना अगाडि स्वास्थ्य समस्याका कारण राजनीतिमा क्रियाशील हुन नसकेका खड्का अधिवेशनको मिति नजिकिदै जाँदा आफ्नै निवासमा बसेर आफ्नो टिमको राजनीतिक गतिविधि बढाएका छन्। फागुन १२ गते आफ्ना पक्षका महाधिवेशन प्रतिनिधि र पार्टी जिल्ला सभापतिहरुको भेला गरी प्रतिनिधिहरुको राय अनुसार खड्का देउवा पक्षसँगै सहकार्य गर्ने कुरामा सकारात्मक बनेका हुन। भेलामा बोलेका झण्डै ७० जना सदस्यमध्ये १० जनाबाहेक अधिकांश सदस्यहरुले आफूहरुको पुरानो राजनीतिक सामिप्यता उठबस संस्थापन भन्दा देउवापक्षसँगै बढी भएको भन्दै देउवासँगै सहकार्य गर्न खड्कालाई सुझाव दिएका थिए।

त्यही राय सुझाव अनुसार खड्काले सकभर आफैलाई महामन्त्री बनाउन र नभए आफ्नो पक्षबाट केन्द्रीय सदस्य पुष्पा भुसाललाई कोषाध्यक्ष र डेढ दर्जन नेताहरुलार्ई केन्द्रीय समिति सदस्यको टिममा राख्न देउवासँग प्रस्ताव गरेका थिए।

खड्काको प्रस्तावबारे छलफल गर्न तयार भएका देउवाले पटक पटक फोन सम्पर्क गरेपनि उनीसँग भेटवार्ता गरी सहमतिमा पुग्न सकिरहेका छैनन्। खड्काको माग अनुसार भुसाललाई कोषाध्यक्ष बनाउन देउवालाई आफ्नै टिमभित्रबाट पनि थुप्रै उल्झन खडा भइरहेका छन्। एकातिर वर्तमान कोषाध्यक्ष चित्रलेखा यादव पदाधिकारीमा मधेसी कोटामा आफै पुनः उक्त पदमा दोहोर्याउन चाहेकी छन भने अर्को तर्फ मधेसकै समूहबाट केन्द्रीय सदस्य अजय चौरसियालाई अघि बढाउन दबाब आइरहेको छ। देउवाले आफूसहितको उम्मेदवारहरुको टिम सार्वजनिक गर्न सकिरहेका छैनन्।
देउवासँग सहमति हुन भइरहेको ढिलाइमा चासो र चिन्ता लिँदै कतिपय खड्का पक्षका नेताहरुले खड्कालाई भेटी जतिसक्दो चाँडो देउवासँग वार्ता गरी टुंगोमा पुग्न आग्रह गरिरहेका छन्। खड्काको पक्षमा केन्द्रीय सदस्य भुसाल, शंकर भण्डारी, नेताहरु देवेन्द्रराज कँडेल, प्रेमध्वज लामा, चन्द्र केसी लगायतका नेताहरु छन्।
मंगलबारसम्म खड्कासँग कुरा मिलेको अवस्थामा देउवाले आफ्नो नेतृत्वको टिम मंगलबार साँझसम्म सार्वजनिक गर्न सक्ने स्रोतको दाबी छ।
-सेतोपाटी

बिहेको दिन गहना लिएर प्रेमिका फरार !

काठमाडौं,फागुन १८ । स्याङ्जा घर भई नवलपरासीको गैंडाकोटमा होटल चलाउँदै आएका जयदेव पौडेल शुक्रबार जन्ती लिएर चितवनको नारायणघाट आए । तीन महिनादेखि प्रेमसम्वन्धमा रहेकी सुषमा लामिछानेसँग उनको शनिबार बिहे हुँदै थियो । प्रेमिकासँग उनी नारायणघाट पुल्चोकको फिसटेल होटलमा बसे । १५ दिनदेखि उनी प्रेमिकासँग बस्दै आएका थिए । शनिबार मन्दिरमा बिहेको तयारी थियो । बिहान उनी दाह्री काट्ने तयारीमा लागे ।

प्रेमिका पनि गहना र नयाँ कपडा लगाएर सजिइन् । बिहेका लागि पौडेलले ल्याएको करिब पाँच तोला सुनका गहना लगाएर सुषमा मेकअप गर्न भनेर होटलबाट ब्युटिपार्लरतिर लागिन् । तर, डेढ घण्टा वित्दा पनि उनी नफर्किएपछि पौडेलले मोबाइलमा फान सम्पर्क गर्न खोजे । तर, फोन स्विच अफ थियो ।

तयार भइसकेका जन्तीसहित प्रेमको घन्टौं कुर्दा पनि सुषमा नफर्किएपछि पौडेलले प्रेमको नाटकमा आफू ठगिएको थाहा पाए । गोरखा घर बताउनी ती २२ वर्षीय युवतीले तीन महिनासम्म प्रेमिकाका रुपमा पौडेलसँग बसेर बिवाहको नाममा ठगी गरेकी हुन् ।

पाँच बर्ष दुबईमा बसेर आएका पौडेलको खाजाभरमा सुषमासँग करिब तीन महिनाअघि चिनजान भएको हो । चिनजानपछि प्रेममा परेका उनीहरुले बिबाह गर्ने निर्णय गरेका थिए ।आजको नयाँ पत्रिका दैनिकमा समाचार छ ।

पौडेल र देउवाले कोषध्यक्ष नै भेटेनन्

काठमाडौं,फागुन १८ । नेपाली कांग्रेसका कार्यवहाक सभापति रामचन्द्र पौडेल र वरिष्ठ नेता शेरबहादुर देउवाले आफ्ना प्यानबाट कोषध्यक्षको टुंगो अझै लगाउन सकेका छैनन् । निकट नेताहरुलाई मिलाएर उम्मेदवारी घोषणाको कसरतमा जुटेका पौडेल र देउवा सोमबार पनि कोषाध्यक्षबारे टुंगोमा पुग्न सकेनन् । सोमबारको आन्तरिक छपलफलपछि दुवै समूह कोषाध्यक्षमा मधेसीरमहिला नै अघि सार्ने निष्कर्षमा भने पुगेका छन् ।

महामन्त्री कृष्णप्रसाद सिटौला र नेत्री सुजाता कोइरालालाई फकाएर मंगलबार प्यानल घोषणा गर्ने गृहकार्यमा रहेको संस्थापन पक्ष कोषध्यक्ष छान्न साँझ शशांक कोइराला निवासमा भेला भएको थियो । नेता पदमनारायण चौधरी, फर्मुल्ला मन्सुरसहितका नेताले कोषध्यक्षमा दाबी गरेपछि संस्थापनको बैठक बिनानिष्कर्ष टुंगियो । महिला मधेसीबाट नै कोषध्यक्षमा उठाउने तयारी भएपनि कसलाई अघि बढाउने टुंगो लाग्न बाँकी रहेको कन्द्रीय सदस्य गुरुराज घिमिरेले बताए ।आजको नागरिक दैनिकमा खबर छ ।

अाफू मरेर भएपनि यात्रु बचाउने पाइलटलाई मरणोपरान्त ‘वीर पदक’

काठमाडौं,फागुन १८ । एयर काष्ठमण्डपको विमान दुर्घटनामा निधन भएका पाइलट दिनेश न्यौपाने र को-पाइलट सन्तोष रानालाई सरकारले मरणोपरान्त ‘वीर पदक’ प्रदान गर्ने भएको छ। आफ्नो ज्यान गुमाएर पनि यात्रुहरुलाई सुरक्षित अबतरण गराएका न्यौपाने र रानालाई राष्ट्रिय सम्मान स्वरुप यो पदक दिने मन्त्रिपरिषदको सोमबारको बैठकले निर्णय गरेको हो। कान्तिपुर दैनिकमा समाचार छ। राष्ट्रगानका संगीतकार अम्बर गुरुङ, कांग्रेस नेता नरहरि आचार्य र कर्मचारी खगेन्द्र नेपालको उपचार खर्च सरकारले बेहोर्ने भएको छ। मन्त्रिपरिषदले संविधान जारी भएको उपलक्ष्यमा १६५ कैदीको सजाय माफी दिन राष्ट्रपति समक्ष सिफारिस गर्ने समेत निर्णय गरेको छ।

कांग्रेस नेतृत्वमा गुटगत प्रतिस्पर्धा,उम्मेदवारी घोषणा अझै अन्योलमा

काठमाडौं, फागुन १८ । नेपाली कांग्रेसको १३ औं महाधिवेशनमा नयाँ नेतृत्वका गुटगत प्रतिस्पर्धा हुने निश्चित भएको छ । भएको छ । महाधिवेशन सुरु हुन दुईदिन बाँकी रहदाँ उम्मेदवारी घोषणा भने अझै भएको छैन् । यसअघि दुईवटा गुट देखिए पनि यसपटक तीनवटा गुटको प्रतिस्पर्धा हुने देखिएको छ । संस्थापन पक्षबाट दुईवटा र वरिष्ठ नेता शेरबहादुर देउवा पक्षको एउटा गुटबीच प्रतिस्पर्धा हुने देखिएको छ । संस्थापन पक्षबाट कार्यवाहक सभापति रामचन्द्र पौडेलले सभापतिमा उम्मेदवारी दिने तयारी गरे पनि महामन्त्री कृष्णप्रसाद सिटौलासहित नेताले पनि सभापति प्रत्यासी बन्ने बताउँदै आएका छन् ।

बिमल, अन्जन र अनन्त स्पेनी क्लबमा अनुबन्धित

काठमाडौं,फागुन १८ । नेपालका तीन राष्ट्रिय फुटबल खेलाडी बिमल घर्तिमगर, अन्जन विष्ट र अनन्त तामाङलाई स्पेनको तेस्रो डिभिजन क्लब मार्बेला युनाइटेडले औपचारिक रुपमा अनुबन्धित गरेको छ। क्लबले फेसबुक पेज मार्फत उनीहरूलाई अनुबन्धित गरेको जनाएको छ । सन् २०१६ को यूरोपियन टुर अन्तर्गत जर्मनी, होल्यान्ड र बेल्जियममा हुने खेलका लागि तीनैजना खेलाडीलाई मार्बेला क्लबले अनुबन्धित गरेको बताएको छ ।

१९ वर्ष मूनिको साफ च्याम्पियनसिप, बंगबन्धु गोल्डकप फुटबल र दक्षिण एशियाली खेलकुद विजेता खेलाडी तथा उत्कृष्ट लयमा रहेका बिमलसंगै अनन्त तामाङ र अन्जन बिष्टलाई स्पेनको क्लब मार्बेला युनाइटेड एफसीले बोलाएको सेतोपाटी डटकमले समाचार लेखेको छ । उनीहरु तीनै जना आउँदो मार्च ५ मा स्पेन प्रस्थान गर्ने एन्फाले जनाएको छ। स्पेनमा दुई महिने प्रशिक्षणमा रहँदा उनीहरुले मार्च १३ देखि ३१ सम्म हुने मैत्रीपूर्ण खेलका लागि नेदरल्याण्डको पनि भ्रमण गर्नेछन्।

प्लास्टिक झोलाको प्रयोगमा कडाइ

काठमाडौं,फागुन १८ । सरकारले पछिल्लो समय प्लास्टिक झोलाको प्रयोगमा कडाइ गरेको छ । वैशाख १ गतेदेखि प्लास्टिक प्रयोगमा रोक लगाए पनि वैशाख १२ गतेको बिनाशकारी भुकम्पपछि पुनः प्लास्टिको प्रयोगमा वृद्धि भएको भन्दै कडाइ गरको हो । सरकारले दिनहुँजसो राजधानीका विभिन्न पसलहरुमा छापामार्दै ठूलो परिमाणमा प्लास्टिक नियन्त्रण गर्न थालेको छ । सरकारले प्लास्टिक झोला नियन्त्रयामा लिई दोषीमाथि वातावरण संरक्षण ऐन ०५३ को दफा १८ बमोजिम कारबाहीको प्रक्रिया अघि बढाइएको छ । ठूलो मात्रामा प्लास्टिक उत्पादन गर्ने उधोगभन्दा पनि बाहिरका साना उद्योगले मापदण्डविपरित प्लास्टिक झोला उत्पादन गर्ने गरेको पाइएको वातावरण विभागका महानिर्देशक जगदीशभक्क्त श्रेष्ठले बताउनुभयो ।

सरकारले तरकारी तथा अस्पतालको फोहोर व्यवस्थापनका लागि ठूलो आकारको प्लास्टिक झोला आवश्यक पर्ने भएको भन्दै ४० माइक्रोन भन्दा बढी र बोरा आकारको झोला उत्पादनमा भने रोक लगाएको छैन ।
प्लास्टिक झोलाले वातावरण र मानव स्वास्थ्यमा नकारात्मक असर पु-याएको भन्दै जनसंख्या तथा वातावरण मन्त्रालयले प्रतिबन्ध लगाएको हो ।

उपत्यकाका तीन जिल्ला काठमाडौ, भक्तपुर, र ललितपुरभित्र झोला उत्पादन, बिक्री वितरणदेखि आयातमा समेत रोक लगाइने छ । यस अभियानमा सहयोग नगर्ने व्यवसायी, उपभोक्ता तथा आयातकर्तालाई कारबाही गर्ने चेतावनी वातवरण मन्त्रालयले दिएको छ ।

Sunday, February 28, 2016

अमेरिकामा नेप्लिज अमेरिकन सम्मेलनको भब्य तयारी

वाशिंगटन डिसी, फागुन १७-अमेरिकाका बिभिन्न राज्यहरुमा यत्र तत्र छरिएर रहेका ब्यापारी ,बिबिध ब्यबसायमा संलग्न व्यक्ति तथा विभिन्न संघ तथा संस्थामा आबद्ध रही बृहत सम्मेलन सफलता पूर्वक सम्पन्न गरि सकेका नेपाली अमेरिकनहरुको पहलमा लस एन्जेलसमा प्रथम नेप्लिज अमेरिकन सम्मेलन हुने भएको छ । अमेरिकन स्वतन्त्रता दिवस जुलाई ४ लाई मध्य नजर गर्दै उक्त सम्मेलन जुलाई २ देखि ४ सम्म आयोजना हुने गरिने भएको छ । र उक्त प्रथम सम्मेलनलाई भब्यताका साथ सम्पन्न गराउन उक्त सम्मेलनमा संलग्न रहेका आयोजक समितिका सदस्यहरु गत फेब्रुअरी २७ तारिख लस एन्जेलसमा प्रथम बैठकको आयोजना गरेको छ ।

खेलकुद, संगीत् र संजाललाई मुख्य नारा बनाउदै यसको माध्यमबाट अमेरिकाका नेपाली समुदायलाई एकत्रित बनाउने लक्ष्य रहेको आयोजकले बताएका छन् । गत फेब्रुअरी २७ तारिखमा बसेको प्रथम बैठकले सम्मेलनलाई कसरि सफल तथा भब्य बनाउन सकिन्छ भन्ने बिषयमा छलफल भै विभिन्न कार्यक्रमहरु प्रस्तुत गरिने जानकारी गराएका छन् ।

खेलाडीहरु हौसला प्रदान गर्न खेलकुदमा अहिले सम्म कै सबै भन्दा ठुलो राशिको पुरस्कारको व्यवस्था गरिएको छ । खेलकुदमा फुटबल, बास्केटबल, भलिबल ,गल्फ ,टेनिस तथा क्रिकेट खेल राखिएको छ । जस अनुसार फुटबलमा बिजेता लाई ५ हजार डलर तथा उप बिजेतालाई २ हजार नगद पुरस्कारको व्यवस्था गरिएको छ ।

यसै गरि बास्केटमा बिजेतालाई ३ हजार तथा उप बिजेतालाई एक हजार डलर नगद पुरस्कारको व्यवस्था गरिएको छ । यसै गरि भलिबलमा बिजेतालाई तीन हजार डलर तथा उप बिजेतालाई एक हजार डलर नगद पुरस्कार दिईने भएको छ ।
आयोजकले प्रथम नेप्लिज अमेरिकन सम्मेलन लस एन्जेलसमा गरिने भएता पनि ३ बर्ष सम्म अगाडिका सम्मेलन स्थल र राज्य समेतको तय भएको बताएका छन् ।

सम्मेलनलाई भब्य बनाउन बसेको बैठकले सम्मेलनलाई सफल बनाउन कुनै कसर नछोड्ने प्रतिबद्धता जाहेर गरेका छन् भने उक्त सम्मेलनको लागि एक बर्ष अगाडी देखि नै योजना बनाईएको बताईएको छ ।

बिशेष गरि अमेरीकामा रहेका युवाहरुको प्रयास तथा संलग्नतामा हुने यो कार्यक्रम पूर्ण रुपमा निस्वार्थ भावनाले खेलकुद तथा मनोरंजन दिनु रहेको छ ।

३ दिन सम्म चल्ने उक्त कार्यक्रममा ख्याती प्राप्त कलाकारको सांगीतिक प्रस्तुति ,फेसन प्रदर्शन ,सांस्कृतिक साँझ तथा प्रतिभा प्रतियोगिता समेत रहने भएको छ ।

यसै गरि अमेरिका भर रहेका नेपाली समुदायलाई एक एकै थलोमा भेला गराई बिभिन्न मंचमा छलफल ,बहस कार्यक्रमको साथै बिशेष व्यक्तिहरुसंग अन्तरक्रियात्मक कार्यक्रम समेत गर्ने योजना तय भै सकेको आयोजकले जनाएका छन् ।

– www.ratopati.com

नयाँ शक्तिबारे खनिए आङकाजी-‘दु:खका बेला बन्दुक बोकाएर हामीलाई,सुख बेलाका मयालु मुस्कान करिश्मालाई !

काठमाडौं,फागुन १७ । जनजातिका नेता आङकाजी शेर्पाले आफ्नो फेसबुकमा बाबुरामको भट्टराईको नयाँ शक्तिलाई औल्याउदै कडा आलोचना गरेका छन् । यस अघिपनि फेसबुकमा अडा आलोचना गर्दै आएको शेर्पाले भट्टराईको नयाँ शक्तिबारे खनिएका छन् । उनले नयाँ शक्तिपनि ब्राह्मणवाद भएको संज्ञा दिदै हिजो बर्गीय मुक्तिका लागी गरिबका छोरा छोरीलाई बन्दुक बोकाएर आज शहरका हिरोइन र धनाढ्यहरुलाई च्याप्दै हिड्ने गम्भीर आरोप लाग्ने लगाएका छन् ।

उनले फेसबुकमा भनेका छन् “दुखका बेला बन्दुक बोकाएर १० बर्षे युद्धा लडायौ हामीलाई १ सुख बेलाका मयालु मुस्कान सुकिला मुकिला करिश्मालाई ! राजनितिक स्वार्थमा दुख पर्दा गरिबका छोरा छोरीलाई बन्दुक बोकाएर लडाए आज तिनै लाई लत्याएर शहरकी हिरोइन लाई समाए भन्ने भाव बाट तिखो प्रहार गरेका हुन ।

नयाँ शक्तिलाई धोकेबाजको संज्ञा दिदै नयाँ बोतलमा पुरानो माल भनेका छन् । १२ बर्षको घनिभूत युद्द पछी पनि देशले परिवर्तनको काँचुली नफेर्दा नेपाली राजनीतिको इतिहासलाई विभिन्न अध्यायका रुपमा चित्रण गर्दै अहिलेको राजनीति पुजीबादी अभ्यासको स्वरूप दिरह्दा धेरैले पठित बुद्दिजिबिको बहाना भनेर टिप्पणी पनि गरेका छन् ।

आदिवासी, मधेसी, दलित, मुस्लीमालाई झुक्याउने बाबुराम बाहुनको नयाँ चाल १ प्रतिगामी संविधानको जारी गरको मान्छेले नयाँ शक्ति कसरी निर्माण गर्छ रु भन्दै आङकाजीले बाबुरामलाई प्रश्न तेर्स्याएका छन् १
बाबुरामको नयाँ शक्ति पनि ब्राह्मणवाद भएको संज्ञा दिदै भनेका छन् “सबै पुरुष बाहुन शासकहरुले जस्तै तिमीले धोखा दिन्छ भन्ने हामीलाई डर छ” भन्दै गजल शैलीमा प्रस्तुत गरेका छन ।

मृतकसँग पनि माग्यो अख्तियारले सम्पत्ति विवरण !

काठमाडौं,फागुन १७ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले अवकाश प्राप्त शिक्षशिक्षिकासँग समेत सम्पति विवरण भर्न भन्दै पत्र पठाएको छ । उदयपुर हँडिया गाविसस्थित खेराहा प्राविमा कार्यरत शिक्षिका गंगादेवी ढकालको २०६० सालमै मृत्यु भएको आजको राजधानी दैनिकमा समाचार छ ।

तर, मृत्यु भएको १२ वर्षपछि अख्तियारले आर्थिक वर्ष ७२/७३ सुरुमा सम्पत्ति विवरण नबुझाएको भन्दै जिल्ला शिक्षा कार्यालय उदयपुरमार्फत पत्र पठाएको छ । उदयपुरमा ३ सय ९८ जना शिक्षकशिक्षिकाको नामावलीमा मृत्यु भइसकेका एक दर्जन बढी शिक्षाको नामावली समेत समावेश भएको छ ।

सीएनएन हिरो म्यागी डोयनले सञ्चालन गरेको बालगृह अवैध

सुर्खेत, फागुन १७ । सीएनएन हिरो अमेरिकन नागरिक म्यागी डोयनले सुर्खेतमा सञ्चालन गरेको बालगृह अबैधानिक रहेको पाइएको छ। महिला तथा बालबालिका कार्यालय सुर्खेतको अनुगमनका क्रममा डोयनको बालगृह अबैधानिक पाइएको हो।

टुहुरा बालबालिकालाई राखिएको भनिएको बालगृह सञ्चालनका लागि कुनै पनि निकायबाट स्वीकृति नलिइएको अनुगमनका क्रममा पाइएको छ। ‘अनुगमनका क्रममा बालगृह गर्दा नै नगरी सञ्चालन गरेको पाइयो महिला तथा बालबालिका कार्यालय सुर्खेतकी महिला विकास प्रमुख जमुना पौडेलले भनिन्,‘टुहुरा बालबालिकाको विषयमा पनि गम्भीरतापूर्वक छानविन भइरहेको छ।’

जिल्ला अवलोकनका क्रममा बालगृहमा बाबुआमा नभएका तीनजना बालबालिका मात्रै पाइएको छ। यसैगरी आमा भएका १५, बाबु मात्रै भएका १३ र बुबा आमाबारे थाहै नभएका दुई बालबालिका रहेको बालगृहको रेकर्डमा उल्लेख छ।

सो गृहमा कोपिला भ्याली सेवा समाजका अध्यक्ष टोपबहादुर मल्लाका आफन्त मात्रै ३१ जना रहेको स्रोतले जानकारी दिएको छ। राजधानी दैनिकमा समाचार छ।

राहुल गान्धीलाई राष्ट्रद्रोहको मुद्दा

नयाँदिल्ली,फागुन १७ । हैदराबादको साइबराबाद इलाकाको प्रहरी चौकीमा कंग्रेस आईका उपाध्यक्ष राहुल गान्धी, कम्युनिस्ट पार्टी माक्र्सवादी (सिपिएम)का महासचिव सीताराम येचुरी र दिल्लीका मुख्यमन्त्री अरविन्द केजरीवाललगायत कयौं नेतामाथि राष्ट्रद्रोहको उजुरी दर्ता गरिएको छ।
सरुरनगर प्रहरी चौकीका एसएचओ एस लिंगैयाले भने, ‘शनिबार अदालतको आदेशमा राहुल गान्धी, डी राजा, सीताराम येचुरी, अरविन्द केजरीवाल, अजय माकन, आनन्द शर्मा, केसी त्यागी, कन्हैया कुमार, उमर खालिदमाथि मुद्दा दर्ता गरिएको छ।’

लिंगैयक अनुसार भारतीय दण्ड संहिताको धारा १२४ र १२४ (क) अन्तर्गत यस्तो मुद्दा दर्ता गरिएको हो। जवाहरलाल नेहरू विश्वविद्यालयमा आयोजना गरिएको एक कार्यक्रममा भारतविरोधी नारा लगाइएको थियो।

भारतीय संसद्मा आक्रमण गरेपछि फाँसी दिइएका अफजल गुरुको समर्थनमा उक्त कार्यक्रम आयोजना गरिएको थियो। त्यहाँ विद्यार्थीहरूले सांस्कृतिक कार्यक्रम गर्ने भनेर अनुमति मागेका थिए। आजको अन्नपूर्ण पोष्ट दैनिकमा खबर छ ।

प्रधानमन्त्री कार्यालयमै थन्कियो ‘द्रुतगति’को ऊर्जा कार्ययोजना

काठमाडौं,फागुन १७ । सिंहदरबारस्थित प्रधानमन्त्री कार्यालयबाट ऊर्जा मन्त्रालयको दूरी ५० मिटर पनि छैन। तर १० दिनअघि मन्त्रिपरिषदबाट पारित ऊर्जा संकटकालको अबधारणा र कार्ययोजनाको निर्णय अझै मन्त्रालय पुगेको छैन। प्रधानमन्त्री केपी शर्मा ओली र उपप्रधान एवं ऊर्जामन्त्री टोपवहादुर रायमाझीले ऊर्जामा विगतको कछुवा गति चरम ऊर्जा संकटको कारण ठहर गर्दै अब द्रुतगतिमा अघि बढाउनका लागि कार्ययोजना र अबधारणा ल्याएको बताइरहेका बेला १० दिनअघि पारित निर्णय ऊर्जा मन्त्रालय नपुगेको हो।

६ फागुनमा मन्त्रिपरिषदले १० वर्षभित्र १० हजार मेगावाट विद्युत उत्पादन गनेए लक्ष्यसहितको राष्ट्रिय ऊर्जा संकट निवारण तथा विद्युत विकास दशकसम्बन्धी अबधारणा पत्र एवं कार्ययोजना पारित भएको थियो। राजधानी दैनिकमा समाचार छ।

भूकम्प प्रभावितलाई सामूहिक आवास भवन बनाउने सरकारी योजना अलपत्र

काठमाडौं,फागुन १७ । भूकम्प प्रभावित उच्च पहाडी र हिमाली क्षेत्रका बासिन्दालाई सामूहिक आवास भवन बनाउने सरकारी योजना अलपत्र परेको छ। भवन निर्माणका लागि बजेट उपलब्ध गराउन सरकार उदासिन देखिँदा टेन्डर प्रक्रियामा गइसकेको काम रोकिन पुगेको हो। सहरी विकास तथा भवन निर्माण विभागले पहिलो चरणमा प्रभावित जिल्लामा १० वटा सामूहिक आवास निर्माणका लागि बोलपत्र आह्वान गरेको थियो।

भवन निर्माणका लागि आवश्यक बजेट र प्रक्रियाका विषयमा मन्त्रालयबाट स्वीकृति नपाउँदा विभागले उक्त टेन्डर रद्द गरेको छ। मंसिर १० गतेको मन्त्रिपरिषद बैठकले सार्वजनिक खरिद ऐनको दफा ६६ र नियमावलीको नियम १४५ ले विशेष्गा परिस्थितिमा छुट्टै प्रक्रिया अबलम्बन गरी निर्माण कार्य गर्न सक्ने व्यवस्थाअनुसार आवास निर्माण अघि बढाउन स्वीकृति दिएको थियो। नागरिक दैनिकमा समाचार छ।

९० करोड बोनस खाएरै छाड्ने आयल निगमका कर्मचारीको तयारी

काठमाडौं,फागुन १७ । उपभोक्तावाट चर्को मूल्य असुलिरहँदा पनि घाटामा गुज्रिरहेको नेपाल आयल निगमका कर्मचारी सरकारको निर्देशनविपरीत बोनस खाएरै छाड्ने तयारीमा जुटेका छन्। निगम कर्मचारीले सरकारविरुद्ध हालेको रिटमा सर्वोच्च अदालतले विपक्षीका नाममा कारण देखाउ आदेश दिएपछि उनीहरुको मनोबल अझ बढेको छ।

बोनसवापत ९० करोड रुपैयाँ बाँड्ने चलखेलमा लागेको निगमलाई प्रधानमन्त्री तथा मन्त्रिपरिषद कार्यालय लगायत नियमनकारी निकायले रोकेपछि उनीहरुले अदालतको आड लिएका हुन्। नागरिक दैनिकमा समाचार छ। अन्तर्राष्ट्रिय बजारमा कच्चा तेलको भाउ घटेपनि सरकारलाई १२ अर्ब ६४ करोड रुपैयाँ ऋण तिर्न बाँकी रहेको भन्दै निगमले मूल्य समायोजन गर्न आनाकानी गर्दै आएको छ। तर उक्त नाफाबाट ऋण तिर्नुको साटो बोनसमा रकम थुपारिरहेको छ।

कांग्रेस महाधिबेशन: प्यानल मिलाउन अन्तिम कसरत

काठमाडौं,फागुन १७ । नेपाली कांग्रेसका कार्यबाहक सभापति रामचन्द्र पौडेल र वरिष्ठ नेता शेरबहादुर देउवा प्यानलसहित सभापतिमा उम्मेदवारी घोषणाको अन्तिम तयारीमा जुटेका छन् । महाधिवेशन सुरु हुन तीन दिन मात्र बाँकी रहँदा दुवै नेता निकटलाई मनाएर उम्मेदवारी घोषणाको कसरतमा जुटेका हुन् । कार्यवाहक सभापति पौडेल महामन्त्री कृष्णप्रसाद सिटौला र नेतृ सुजाता कोइरालालाई फकाएर मंगलबारसम्म उम्मेदवारी घोषणाको कसरतमा छन् ।

पदाधिकारीको संख्या बढाएर निकट नेताको सहज व्यवस्थापन गर्ने प्रयास असफल भएपछि संस्थापन पक्षका नेताहरु संसदीय दल र सरकारमा नेताहरुको भूमिकालाई सुरक्षित गर्ने आश्वासनसहित सवैलाई समेट्ने प्रयासमा छन् । सुजातालाई फकाउन शशांक र शेखर कोइरालालाई अघि सारेका पौडेल सिटौलालाई संसदीय दलको नेतामा मनाउने प्रयासमा छन् । पदाधिकारी संख्या बढाएर महिला उपसभापतिमा आफ्नो स्थान सुरक्षित गर्ने रणनीतिमा रहेकी सुजातालाई पौडेलले सरकारको उपप्रधानमन्त्री बनाउने आश्वासनपछि शनिवार नै सभापतिको प्रत्याशी बन्ने घोषणा गरेकी थिइन् । आजको नागरिक दैनिकमा खबर छ ।

लिग कपको उपाधि म्यानचेस्टर सिटीलाई

एजेन्सी,फागुन १७ । लिग कप फुटबलको उपाधि म्यानचेस्टर सिटीले हात पारेको छ । आइतबार राति भएको फाइनलमा लिभरपुललाई टाइब्रेकरमा हराउँदै सिटीले यो सिजनको पहिलो उपाधि हात पारेको हो । टाइब्रेकरमा सिटी ३–१ ले विजयी भयो । पहिलो हाफ गोलरहित बराबरीमा सकिएको खेलमा म्यानचेस्टर सिटीको लागि दोस्रो हाफको ४९ औं मिनेटमा फर्नान्डिन्होले गोल गर्दै सिटीलाई अग्रता दिलाए ।

घरेलु मैदान वेम्बलीमा भएको खेलमा लिभरपुलका लागि ८३ औं मिनेटमा फिलिपे काउटिन्ओ बराबरी गोल फर्काए । निर्धारित ९० तथा थपिएको ३० मिनेटको खेल १–१ को बराबरीमा सकिएपछि खेलको निर्णय टाइब्रेकरबाट लिइएको हो । टाइब्रेकरमा याया टुरेले सिटीका लागि विजयी गोल गरेका हुन् । टाइब्रेकरमा म्यानचेस्टर सिटीका गोलकिपर विली काबालेरोले लिभरपुलका लुकास लेइभा, फिलिपे काउटिन्ओ र एडम लाल्लनाको प्रहार जोगाएका थिए ।

एसिया कपमा क्रिकेट:बंगलादेशसँग श्रीलंका पराजित

काठमाडौं,फागुन १७ । एसिया कपमा क्रिकेटमा अयोजक बंगलादेशले दोस्रो जित हात पारेको छ । आईतवार मिरपुरमा भएको खेलमा विश्व च्याम्पियन श्रीलंकालाई २३ रनले हराउँदै बंगलादेशले दोस्रो जित निकालेको हो । यो जित श्रीलंका बिरुद्ध बंगलादेशले अन्तर्राष्ट्रिय टि २० हासिल गरेको पहिलो जित हो ।
बंगलादेशले दिएको १५८ रनको लक्ष्य पछ्याएको श्रीलंका २० ओभरमा ८ विकेट गुमाएर मात्र १२४ रनमै सिमित भए पछि बङ्लादेशले शनसनीपुर्ण जित निकालेको हो । श्रीलंकाको लागि दिनेश चण्डीमलले ३७ र शेहान जयसुर्याले २७ रन बनाए पनि आफ्नो टिमलाई जित दिलाउन भने सकेनन् । बङ्लादेशी बलर अल अमिनले ३ शाकिब अल हशनले २ तथा मुस्तिफिजुर रेहमान मोस्रफे मोर्तजा र महम्दुल्लाले समान १र१ विकेट लिए ।

यसअघि मिरपुरमा टस जितेर पहिले ब्याटिङ गर्दै बङ्लादेशले निर्धारति २० ओभरमा ७ विकेट गुमाएर १५७ रन बनाएको थियो । बङ्लादेशका लागि सबिर रेशमानले ८० रन बनाए । उनी खेलको म्यान अफ द म्याच समेत ।
प्रतियोगितामा आज पाकिस्तान र युएई भिड्नेछन् ।

कांग्रेस महामन्त्रीमा रोचक भिडन्त,ज्वाइँ-ससुरा आमनेसामने

काठमाडौं,फागुन १६ । नेपाली काँग्रेसको आसन्न १३ औं महाधिवेशनमा महामन्त्री पदको लागि रोचक भिडन्त हुने भएको छ । अर्जुननरसिंह केसी संस्थापन पक्षसँगको सम्बन्ध विच्छेद गरी नेता शेरबहादुर देउवा पक्षबाट महामन्त्री उम्मेदवार हुने लगभग पक्काजस्तै भएको छ भने संस्थापनको सिटौला पक्षवाट गगन थापा महामन्त्रीकै लागि भिड्न तयार भएका छन् । शेरबहादुर देउवाको प्यानलबाट केसी र कृष्ण सिटौलाको प्यानलबाट थापा नाताले ज्वाइँ-ससुरा हुन् । भित्रभित्रै एकले अर्कालाई पछि हटाउने खेल पनि चलिरहेको छ । तर कुरा भने मिल्न सकेको छैन् । गगनले संस्थापनबाट महामन्त्रीको टिकट पाउने सम्भावना न्युन रहेको छ । संस्थापनका सभापति उम्मेदवार रामचन्द्र पौडेल पदका आकांक्षीलाई मिलाउन नसक्दा समस्यामा छन् । संस्थापनबाट महामन्त्रीमा बिपी पुत्र सशांक कोइराला उम्मेदवार हुने सम्भावना छ ।

महामन्त्रीमा तेस्रो सम्भावित उम्मेदवार पनि छन्, बीपीपुत्र शशांक कोइराला, जसले रामचन्द्र पौडेलको प्यानललाई प्रतिनिधित्व गर्छन् । कांग्रेसका पुराना हस्ती केसीका लागि आफ्नै ज्वाइँसाहेबको चुनौती झेल्नुपर्ने अवस्था रहेको छ ।

Saturday, February 27, 2016

महाधिबेशन प्रतिनीधिको भोजन : बासमतीको भात, खसीको मासु, गाँजरको हलुवा र आइसक्रिम

काठमाडौं,फागुन १६ । महाधिबेशन अबधिभर प्रतिनीधिले फरक–फरक प्रकार र फरक–फरक स्वादको खाना खान पाउने भएका छन् । महाधिबेशन तयारी गर्न गठित आवास समितिले महाधिबेशनमा आउने महाधिबेशन प्रतिनीधिको लागि खुवाउने मेन्यु समेत तयार गरेको छ । विहान र बेलुका उनीहरुको खाना पनि फरक–फरक छ । खाजाको पनि फरक–फरक छ । कांग्रेसको १३औं महाधिबेशनमा भाग लिन आउने प्रतिनीधिलाई बासमती चामलको भात खुवाइने भएको छ । मेन्युमा खसीको मासु, कुखुराको मासु, अण्डा, गाँजरको हलुवा र जारको पानी खुवाइने उल्लेख छ ।

आवास समितिले प्रतिनीधिलाई आरती र बासमतिको चामल खुवाउने मेन्यु बनाएको हो । प्रतिनीधिले महाधिबेशन अबधिभर फागुन २० देखि २३ गते सम्म विहान र बेलुका लञ्च र डिनर गर्ने भएका छन । लञ्च र डिनरमा उनीहरुले मखनी, पहेलो र कालो रंगको दाल, भारतीय ब्रेडनान, मौसमी तरकारी, साग, अचार र सलाद पाउनेछन् । यसैगरी उनीहरुले खसीको मासु, कुखुराको मासु र दुई दिन माछा पनि खुवाइने भएको छ । लञ्च र डिनरपछि प्रतिनीधिले स्वीइट दही, जिलेबी, लाल मोहन, गाजरको हलुवा र आइसक्रिम खाने छन । आवास समितिले तयार गरेको मेन्युमा प्रतिनीधिले महाधिबेशन शुरु भएको पहिलो दिन खाजामा पुरी, तरकारी, जिलेबी, चिया र अण्डा खाने छन ।

दोश्रो दिन उनीहरुले छोला, भटौरा, उसिनेको अण्डा र चिया खाने छन । तेश्रो दिन उनीहरुले जाम सहितको ब्रेड, चना मसला, उसिनेको अण्डा र चिया खाने छन । महाधिबेशनको अन्तिम दिन चौथो दिन भने उनीहरुले पुरी, आलुको मटर, सुजिको हलुवा, चिया र अण्डा खाने छन । २० देखि २४ फागुनसम्म काठमाडौंमा हुने १३आंै महाधिबेशनका उद्घाटन खुल्ला मञ्चमा हुने छ भने बन्द सत्र भृकटीमण्डमा हुने छ । महाधिबेशनमा देशभर र देशबाहिरबाट करिव ३ हजार ५ सय प्रतिनीधि सहभागी हुने छन । उनीहरुलाई आवास तथा भोजन समितिले फागुन २० गते विहान देखि फागुन २४ गते विहान सम्म आवास समितिले खाना र खाजा खु्वाउने तयारी गरेको हो ।

यसको लागि अर्थ समितिले आवास समितिलाई एक करोड ११ लाख रुपैयाँ वजेट छुट्टयाएको छ । प्रतिनीधिलाई कार्यक्रम स्थलमा जारको पानीको उपलब्ध गराइनेछ । खाना खाने ठाउमा पनि जारको पानी उपलब्ध गराइनेछ । आवास समितिले तयार गरेको मेनुमा तालिम प्राप्त कर्मचारीले प्रतिनीधिलाई खुवाइने खाना तयार गर्ने छन । यसैगरी तालिम प्राप्त कर्मचारीले नै उनीहरुलाई सेवा दिने छन । बलबहादुर केसीको संयाजकत्वमा आवास तथा भोजन निर्माण समिति गठन गरिएको छ । उक्त समितिको केही दिन अघि बसेको बैठकले प्रतिनीधिलाई खुवाउने मेन्यु तयार गरेको हो ।
-www.ratopati.com

जमिन दक्षिणतिर नसर्दा काठमाडौं उच्च भूकम्पीय जोखिममा

काठमाडौं,फागुन १६ । उच्च भूकम्पीय जोखिममा रहेका काठमाडौंलगायत विभिन्न सत्रवटा जिल्लामा जमिनको हलचलबारे जीपीएस (ग्लोबल पोजिसनिङ सिस्टम) मा आधारित अध्ययन सकिएको छ । वैशाख १२ को विनाशकारी भूकम्पपछि फ्रेन्च युनिभर्सिटी सा भ्वाँसँगको सहकार्यमा त्रिभुवन विश्वविद्यालयको भूगर्भ विभागले विभिन्न सत्र जिल्लामा जीपीएस प्रणालीबाट जमिनको चालबारे अनुसन्धान सुरु गरेको थियो । ‘फिल्ड मेजरमेन्ट’ सकिएर जीपीएस डिभाइससहितका सम्पूर्ण डाटा प्रशोधन तथा विश्लेषणका लागि फ्रान्समा पठाइएको छ ।
जमिनको चालबारे गरिएको अनुसन्धानमा संलग्न भूगर्भविद् प्राडा अनन्त गजुरेलका अनुसार वैशाख १२ को ठूलो भूकम्पपछि जमिनको मुभमेन्ट धेरै सक्रिय देखिएको अन्नपूर्ण पोष्टडटकममा समाचार छापिएको छ ।
जीपीएसको प्रारम्भिक अध्ययनलाई हेर्दा काठमाडौं अझै पनि भूकम्पको उच्च जोखिममा छ । ‘वैशाख १२ को भूकम्पपछि काठमाडौंको उत्तरतर्फको भूभाग सर्दै काठमाडौंको दक्षिणमा आएर ‘लक’ भएको छ ।

उत्तरतिरको भाग सरिरहेको छ । तर काठमाडौंको दक्षिणतिरको भूभाग मुभ भएको छैन’, गजुरेलले भने, ‘उत्तरतिरबाट सर्दै वा धकेलिँदै आएको भूभाग दक्षिण्तिर मुभ नभएर लक हुँदा यहाँ पावर सञ्चय भइरहेको छ । उत्तरतिरको भूभाग दक्षिणतिर सर्दै गर्दा दक्षिणको भूभाग पनि दक्षिणतिर सर्दै जानुपर्छ । त्यो भइरहेको देखिँदैन ।’

गजुरेलका अनुसार काठमाडौंको दक्षिणमा आएर लक भएको भूभाग जति छिटो बिस्तारै चिप्लिएर (क्रिप) दक्षिणतिर सर्छ, त्यति नै बढी पावर दक्षिणतिरबाट रिलिज हुन्छ अनि काठमाडौंमा जोखिम घट्दै जान्छ । गजुरेलका अनुसार काठमाडौंमा अडिएको प्लेट उत्तरतिर सर्दै जाँदा दक्षिणतिर शक्ति (इनर्जी) सञ्चय भइरहेको छ ।

गजुरेल भन्छन्, ‘काठमाडौंको १० देखि १५ किलोमिटर मोटाइको भूभाग बिस्तारै चिप्लिएर दक्षिणतिर महाभारत हुँदै चुरे पर्वततिर मुभ भएमा सञ्चय भएको इनर्जी छिटो रिलिज हुन्छ तर वैशाख १२ गतेपछि लक भएको भूभाग अहिलेसम्म दक्षिणतिर क्रिप भएको छैन । वैशाख १२ को भूकम्पपछि सक्रिय भएको जमिनको मुभमेन्टसम्बन्धी विस्तृत डाटा छिट्टै आउने गजुरेलले बताए । ‘डाटालाई व्यवस्थित र विश्वसनीय ढंगबाट प्रशोधन तथा विश्लेषण गर्ने प्रविधि तथा जनशक्ति हामीकहाँ नभएकाले पेरिस पठाइएको हो’, गजुरेलले भने, ‘अब नेपालभित्रै पनि जीपीएस डाटा प्रशोधन र विश्लेषण गर्ने प्रणाली विकास हुँदैछ । त्यसका लागि तयारी भइरहेको छ ।’

जीपीएस प्रणालीबाट काठमाडौं, भक्तपुर, ललितपुर, काभे्र, सिन्धुपाल्चोक, गोरखा, नुवाकोट, सिन्धुली, रामेछाप, मकवानपुर, बारा, दोलखा, रसुवा, धादिङलगायत जिल्लामा जमिनको चालबारे अध्ययन गरिएको थियो । जीपीएस अनुसन्धानमा नेपाली टोलीको नेतृत्व त्रिभुवन विश्वविद्यालयका भूगर्भ विभागका प्राडा गजुरेलले गरेका छन् भने फ्रेन्च युनिभर्सिटीका तर्फबाट प्रा. फस्वाँ जुहान संलग्न छन् ।

यसैगरी जापानको टोकियो युनिभर्सिटीको भूकम्प अनुसन्धान प्रतिष्ठानसँगको सहकार्यमा पनि त्रिभुवन विश्वविद्यालयको केन्द्रीय भूगर्भ विभागले भूकम्पीय जोखिमबारे अनुसन्धान गरेको छ । दुई महिना लामो अनुसन्धान सकिएर यसबाट संकलित डाटा तथा सूचनालाई विश्लेषणका लागि टोकियो युनिभर्सिटीमा पठाइएको छ । सेप्रुबेसीदेखि हेटौंडाको सुपारीटारसम्म पाँच किलोमिटर दूरीमा रहेका ३५ इपिसेन्टरमा डिभाइस राखेर भूकम्पको गहिराइ (डेप्थ) बारे अनुसन्धान गरिएको छ ।

कानुन नभएको भन्दै दोहोरो सुविधा, नपाएकाले पाउनुपर्ने भन्दै सर्वोच्चमा रिट

काठमाडौं,फागुन १६ । मन्त्रिपरिषद बैठकले दोहोरो सुविधा लिन नपाउने निर्णय गरे पनि सरकारका उच्च अधिकारीहरू कानुन नभएको बहानामा दोहोरो सुविधा लिइरहेका छन्। सरकारी सेवाबाट अवकाशपछि फेरि सार्वजनिक सेवामै रहेका अनुमानित ५ हजार बढी कर्मचारीले दोहोरो सुविधा लिइरहेको बताइन्छ। ताना गौतम, विमलप्रसाद वाग्ले, बिन्द्रा हाडा भट्टराई, अर्जुनबहादुर थापा, श्रीपुरुष ढकाल, अशोककुमार झा, सावित्री थापा गुरुङ, कृष्णचन्द्र झा, धुव्रप्रसाद शर्मा, केशवप्रसाद भट्टराई, केशव बराल, किशोर थापालगायतले कानुन नभएको भन्दै दोहोरो सुविधा फिर्ता गर्न आनाकानी गरिरहेका छन्।

कयोदेवी यमीले २५ वर्ष नेपाल विज्ञान तथा प्रविधि प्रतिष्ठान (नास्ट) मा काम गरिन्। त्यहाँबाट अवकाश लिएपछि लोकसेवा आयोगमा ६ वर्ष काम गरिन्। तर, उनले एक वर्षदेखि पेन्सन रोकिएको बताएकी छन्। कुनै कानुनमा उल्लेख नगरी आफूले २५/२६ वर्ष काम गरेबापत पाउने पेन्सनसमेत रोकिएपछि अदालत पुग्न बाध्य भएको उनले बताइन्। उनीसँगै टिकादत्त निरौला र राजेन्द्र शाहले पनि सुविधा पाउनुपर्ने दाबीसहित सर्वोच्चमा रिट दायर गरिसकेका छन्। आजको नागरिक दैनिकमा खबर छ ।

चार सय शिक्षकलाई कारबाही गर्न अख्तियारको निर्देशन

काठमाडौं,फागुन १६ । सम्पत्ति विवरण नबुझाउने उदयपुरका चार सय शिक्षकलाई जरिवानावापत कारबाही गर्न अख्तियार दुरुपयोग अनुसन्धान आयोगले जिल्ला शिक्षा कार्यालयलाई निर्देशन दिएको छ । प्रतयेक आर्थिक वर्षको सुरु दुई महिनाभित्रै सरकारी कर्मचारीले सम्पत्ति विवरण बुझाउनुपर्छ । आजको नागरिक दैनिकमा समाचार छ । जिल्लाका तीन सय ९८ शिक्षकले यो नियम पालन नगरेकाले उनीहरुबाट जरिवानास्वरुप दुई करोड रुपैयाँ असुल्न आवश्यक कारवाही प्रक्रिया अघि बढाउन अख्तियारले निर्देशन दिएको उदयपुर जिल्ला शिक्षा कार्यालयले जनाएको छ ।

वन विभाग र निकुञ्जले अनुमति नदिएपछि प्रसारण लाइन निर्माण अलपत्र

काठमाडौं,फागुन १६ । माथिल्लो तामाकोसी जलविद्युत आयोजनाको प्रसारण लाइन निर्माण अवरुद्व गरेर सरकारी निकायले नै ऊर्जा संकटकाललाई लत्याएका छन् । वन मन्त्रालयअन्तर्गतका वन विभाग र निकुञ्ज तथा आरक्षण विभागले अनुमति नदिएपछि वन क्षेत्रमा प्रसारण लाइन निर्माण हुन नसकेको आजको कारोबार दैनिकमा समाचार छ ।

१० वर्षमा १० हजार मेगावट जलविद्युत उत्पादन गरी ऊर्जा संकट निवारण गर्ने भन्दै सरकारले १ साताअघि ऊर्जा संकटकाल घोषणा गरेको छ । ४५६ मेगावटको राष्ट्रिय गौरवको माथिल्लो तामाकोसी जलविद्युत आयोजनाले प्रसारण लाइन निर्माणका लागि वन विभाग र निकुञ्ज विभागअन्तर्गत गौरीशंकर संरक्षण आयोजनामा २ वर्षदेखि अनुमति माग गर्दै आएपनि अहिलेसम्म प्राप्त गर्न सकेको छैन् ।

रियल मड्रिड एथ्लेटिकोसँग पराजित,उपाधि जित्ने सम्भावना सकियो

एजेन्सी, फागुन १६ । स्पेनिस ला लिगा अन्तर्गत मड्रिड डर्बीमा रियल मड्रिड पराजित भएको छ । स्पेनिस ला लिगा फुटबलमा अन्तर्गत शनिबार राति रियलको घरेलु मैदान बर्नव्यउमा भएको खेलमा एथ्लेटिको मड्रिड १–० ले विजयी भयो । यो हारसँगै रियल मड्रिड उपाधि होडबाट लगभग बाहिरिएको छ ।

रियलको घरेलु मैदानमा रियलमाथि एथ्लेटिको मड्रिडको यो लगातार तेस्रो जित हो । पहिलो हाफमा गोलरहति बराबरीमा रोकिएको रियललाई एथ्लेटिको मड्रिड लागि ५३ औं मिनेटमा एन्टोनी ग्रिजम्यानले विजयी गोल गरेका थिए । ग्रिजम्यानले गरेको गोल नै निर्णायक बन्यो ।

जित निकालेको एथ्लेटिको मड्रिड शीर्ष स्थानको बार्सिलोना भन्दा पाँच तथा रियल मड्रिड ९ अंकले पछि छ । बार्सिलोनाको २५ खेलबाट ६३ अंक छ भने २६ खेलबाट ५८ अंकसहित एथ्लेटिको मड्रिड दोस्रो तथा ५४ अंक जोडेको रियल मड्रिड तेस्रो स्थानमा छ । यदि उसले सेभिल्लासँगको खेल जित्ने हो भने रियल मड्रिड १२ अंकले पछि पर्नेछ र लिगमा दुबैले १२९१२ खेल मात्र खेल्न बाँकी रहनेछ । जिनेदान जिदानले क्लबको प्रशिक्षक पद सम्हाल्दा रियल मड्रिड बार्सिलोना भन्दा मात्र २ अंकले पछाडि थियो ।

जिनेदिन जिदान प्रशिक्षकमा आएपछि ८ खेलमा अपराजित रहे पनि मड्रिड डर्बीमा पराजित भए । उनी राफेल बेनिटेजलाई प्रतिस्थापन गरेर रियलको प्रशिक्षक बन्दा रियल बार्सिलोना भन्दा दुई अंकले मात्रै पछि थियो । हारपछि रियलका समर्थकले क्लबका अध्यक्ष फोल्रेन्टिनो पेरेजको राजिनामा माग गरेका थिए ।

यौन सम्पर्क गर्न नमोनपछि युवतीको हत्या प्रयास

काठमाडौं,फागुन १६ । यौनसम्पर्क गर्न नमानेपछि बारामा एक युवतीको हत्या प्रयास भएको छ । घर नजिकैको खेतमा शौच गर्न गएकी एक युवतीले यौन सम्पर्क गर्न नमोनपछि महागढीमनाई नगरपापलिका–६ बबुआइनका २२ वर्षीय बीके चौरसियाले धारिलो हतियार प्रहार गरी हत्या प्रयास गरेका हुन् । शुक्रबार राति एक्लै शौच गर्न गएको मौका छोपी युवकले जबरजस्ती करणी गर्न खोजेका थिए । तर, प्रतिरोध गर्दै कराउन थालेपछि चौरासियाले धारिलो हतियार प्रयोग गरी दुबै गाला नै काटिदिएका छन् । यौन सम्पर्क गर्न नमानेपछि यी युवककले धारिलो हतियार प्रयोग गरी दुबै गाला कटिदिएको जिल्ला प्रहरी कार्यलय बाराका प्रवक्ता प्रहरी नायक उपरीक्षक बिनोद शर्माले बताए । आजको राजधानी दैनिकमा खबर छ ।

नेपालमा सरकारको अनुमतिबिना घर बनाउन प्रतिबन्ध

काठमाडौं,फागुन १६ । नेपाल सरकारले तत्कालका लागि भूकम्प्रभावितलाई स्वीकृति नलिगि आवासीय घर बनाउन प्रतिबन्ध लगाएको छ । राष्ट्रिय पुनर्निर्माण प्राधिकरणले सूचना नै निकालेर व्यक्तिगत घर बनाउन रोक लगाएको हो । प्राधिकरणले व्यक्तिगत घरको पुनर्निर्माण गर्न सरकारले अनुदान दिने भन्दै हतारमा घर नबनाउन समेत आग्रह गरेको छ ।

अब बन्ने घर भूकम्प प्रतिरोधि हुनुपर्ने भन्दै प्राधिकरणले सरकारको प्राविधिक सहयोग र समन्वयमा मात्र घर बनाउन भनेको छ । यसैगरि पुनर्निर्माण प्राधकिरणले विभिन्न संघसंस्थाले प्रभावितलाई आफुखशी रकम बाँड्न रोक लगाउँदै स्वीकृति बिना घर बनाए र रकम बाँडे त्यो गैर कानुनु हुने चेतावनी समेत दिएको छ ।

‘भूकम्प प्रभावितहरुको सहयोगको लागि छुट्टै कार्यविधि आउन लागेको भन्दै पुनर्निर्माण प्राधिकरणले ‘प्राधिकरणको पूर्व स्वीकृति बिना व्यक्तिगत घर निर्माण र रकम वितरण गर्नु प्रचलित कानून र नीति विपरित हुने भएकाले रोकेर प्राधिकरणमा सम्पर्क गर्न सूचित गरेको छ ।

भूकम्पपिडितका नाममा आईएनजीओको जवरजस्ती !

काठमाडौं,फागुन १६ । बैशाख १२ को भूकम्पले घरबारविहीन पीडित कहिले सुरक्षित बास पाइएला भन्ने ध्याउन्नमा छन्। लामो समयदेखि शीतसम्म नथेग्ने अस्थायी टहरामा बस्दै आएका उनीहरुलाई घर कसरी बनाउने भन्ने चिन्ता छ। ज्सोतेसो अस्थायी टहरामा बसिरहेका दोलखाको दक्षिणी गाउँ डाँडाखर्कका भूकम्पपीडितलाई एक अन्तर्राष्ट्रिय गथैरसरकारी संस्थाले राहतका नाममा जबर्जस्ती अस्थायी टहरा बनाउने सामान बाँडेको छ।
भ्ूकम्पले घरबास भत्काएको ११ महिनापछि कटेरा बनाउन जबर्जस्ती सामान भिडाएपछि उनीहरु खेतीकिसानी मेलो छाडेर कटेरो बनाउन व्यस्त छन्। ‘प्लान इन्टरनेसनल नेपाल नामक आइएनजिओले कटेरो बनाउनू। नबनाए अन्य राहत र सहयोग रोकिदिने भन्दै बाँस, त्रिपाललगायत सामान छाडेर गएको छ, स्थानीय शम्भु केसीले भने,‘लेकमा मकै छर्ने मेलो छोडेर गाउँमा कटेरो बनाउन लागिपरेका छन्।’

उनका अनुसार डाँडाखर्क गाविसका भूकम्पपीडितका लागि संस्थाले प्रतिपरिवार १२ थान बाँस, त्रिपाल, किलाकाँटी र जिआई पाइपलगायत सामग्री बाँडिरहेको छ। केही दिनभित्रमा जस्तापातासमेत दिने आश्वासन संस्थाका कर्मचारीले दिएका छन्।

कुन प्यानलको उमेदवारी घोषणा कहिले ? संस्थापन भागवण्डामै अलमल

काठमाडौं,फागुन १६ । कांग्रेसका बरिष्ठ नेता शेरवहादुर देउवा समूहले सभापतिसहित पदाधिकारीको टिम उम्मेदवारी सोमबार घोषणा गर्ने भएको छ। संस्थापन पक्षले भने आइतबार बेलुकासम्म आफ्नो तर्फको टिमको टुंगो लगाउने बताएको छ । टुंगो लाग्न सके संस्थापन पक्ष पनि सोमबार नै टिम घोषणा गर्ने तयारीमा छ। कान्तिपुर दैनिकमा समाचार छ।
आइतबारको केन्द्रीय समितिको बैठक सम्पन्न भएपछि देउवा नेतृत्वको टिम घोषणा हुन लागेको हो । देउवा पक्षका नेता विमलेन्द्र निधिले आईतबार केन्द्रीय समितिको बैठक रहेकाले सोमबार सभापतिसहित पदाधिकारीको टिम घोषणा गरिन लागेको बताए । देउवा समूहले महामन्त्रीमा अर्जुननरसिंह केसीलाई अघि बढाउने भएको छ । कोषाध्यक्षमा चित्रलेखा यादव, पुष्पा भूषाल या लक्ष्मण घिमिरेमध्येबाट उम्मेदवार तय गरिन लागेको स्रोतले बतायो।

मधेसी र महिला प्रतिनिधित्व हुने भएकाले यादवलाई कोषाध्यक्षमा राख्नुपर्ने जोड देउवा पक्षीय अधिकांश सदस्यको छ। केन्द्रीय सदस्य खुमबहादुर खडकाले भूषाललाई कोषाध्यक्षको उम्मेदवार बनाउन दबाव दिएका छन् ।

घिमिरेलाई कोषाध्यक्ष बनाउनु पर्ने पक्षमा कुलवहादुर गुरुङ र गोविन्दराज जोशीको समूह छ। जोशीलगायतका समूहले घिमिरेलाई कोषाध्यक्ष बनाएमा पार्टीभित्रको विभाजन मेट्न समेत सहज हुने तर्क गर्दै आएका छन्। संस्थापनभित्र सभापतिका आकांक्षीहरुबीच आइतबार सांझ निर्णायक छलफल गरेर अघि बढ्ने तय भएको महामन्त्री कृष्णप्रसाद सिटौलाले बताए ।

Friday, February 26, 2016

प्रचण्डको चुनौती-‘बाबुरामले पिएचडी गरेर चुनाव जितेको होइन,माओवादी भएरै हो, अब जितेर देखाउन’

काठमाडौं,फागुन १५ । एमाओवादी अध्यक्ष पुष्पकमल दाहालले एमाओवादी परित्याग गरी नयाँ शक्ति गठन गरेका बाबुराम भट्टराई माओवादी भएकै कारणमात्र चुनाव जितेको बताएका छन्। शनिबार गोरखा सदरमुकाममा पत्रकारसँग कुरा गर्दै प्रचण्डले डा। भट्टराईलाई अब उनकै गृह जिल्ला गोरखाबाट चुनाव जितेर देखाउन चुनौती दिएका छन् ।

यसअघिको निर्वाचनमा उनले नभई एकीकृत माओवादीले चुनाव जितेको भन्दै प्रचण्डले भने, ‘बाबुरामजीलाई लागेको हुनसक्छ, मैले जितेको हुँ । त्यो जीत उहाँको हैन, पार्टीको हो । अब जितेर देखाउनुस् ।’ बाबुराम भट्टराईप्रति आक्रामक देखिएका दाहालले भट्टराईले गारखाली जनतालाई धोका दिएको बताए। देशमा थुप्रै पिएचडी गरेको व्यक्ति जागिर नपाएर हिँडिरहेको बताउँदै दाहालले चुनाव जिताएर पठाएका जनतालाई एक पटक पनि नसोधी पार्टी छाड्ने कामले मतदातालाई कुठराघात गरेको आरोप लगाए।

दबाबमुलक आन्दोलनको तयारी गर्ने मधेसी मोर्चाको निर्णय

काठमाडौं,फागुन १५ । संयुक्त लोकतान्त्रिक मधेसी मोर्चाले नयाँ चरणको आन्दोलनको तयारी गर्ने निर्णय गरेको छ । संघीय समाजवादी फोरम नेपालको कार्यालयमा शनिबार बसेको बैठकले दबाबमुलक आन्दोलनको तयारी गर्ने निष्कर्ष निकालेको हो । आन्दोलनको लागि मोर्चाले सचिवालय विस्तार गरेको छ । मोर्चामा थपिएकमा तीन दललाई समेटेर सचिवालय विस्तार गरिएको हो । बैठकले ११ बुँदे माग सम्बोधन लगायतको माग राख्दै प्रधानमन्त्री केपी शर्मा ओलीलाई ज्ञापन पत्र बुझाउने निर्णय गरेको छ ।

यसअघि घोषणा गरिएका आन्दोलनका कार्यक्रमहरु फागुन ७ मा सकिएपछि मोर्चाले नयाँ रणनिति बनाउँन बैठकको आह्वान गरेको हो । बैठकमा आन्दोलनका क्रममा घाइते भएकाहरुको उपचार खर्च, मृतकलाई सहिद घोषणा तथा न्यायिक आयोग गठन गर्न सरकारलाई दवाव दिनेबारेमा पनि छलफल भएको छ ।

युएईको लगातार दोस्रो हार,बंगलादेश ५१ रनले विजयी

एजेन्सी,फागुन १५ । एसिया कप क्रिकेटमा संयुक्त अरब इमिरेट्स युएईले लगातार दोस्रो हार ब्यहोरेको छ । शुक्रबार राति मिरपुरमा भएको खेलमा आयोजक बंगलादेशले संयुक्त अरब इमिरेट्स युएईलाई ५१ रनले हराएको हो । एक सय ३४ रनको लक्ष्य पछ्याएको युएईले १७ दशमलव ४ ओभरमा सबै विकेट गुमाएर ८२ रन मात्रै बनाउन सक्यो । युएईका तर्फबाट मोहम्मद उस्मानले सर्वाधिक ३० रङ जोडे। तर अन्य सात ब्याट्सम्यानले दोहोरो अंक जोड्न समेत सकेनन।

युएइका रोहन मुस्तफाले १८ र मोहम्मद सहजादले १२ रन जोडेका थिए। बंगलादेशका तास्कीन अहमद, मुस्ताफिजुर रहीम, महमुदुल्लाह र कप्तान मशरफे मुर्तजा ले दुई दुई विकेट लिए। यस्तै तस्किन अहमद र अल अमिन होसैनले एक एक विकेट लिए। यसअघि शेर ए बङ्गला नेशलन स्टेडियममा टस जितेर पहिले ब्याटिंग गर्ने निर्णय गरेको बंगलादेशले निर्धारित २० ओभरमा ८ विकेट गुमाएर एक सय ३३ रन बनायो । बंगलादेशको तर्फबाट मोहम्मद मिथुनले ४७, महमुदुल्लाहले नटआउट ३६ तथा सोयुम्य सरकारले २१ रन बनाए । युएईका मोहम्मद नावेदल र अम्जाद जावेदले समान दुई दुई विकेट लिए ।

सीडीओ कुट्ने पूर्वमन्त्रीलाई अदालतले तोक्यो जरिबाना

काठमाडौं,फागुा १५। प्रमुख जिल्ला अधिकारीलाई कुटेको मुद्दामा पूर्वकृषि तथा सहकारी राज्यमन्त्री करिमा बेगमलाई जिल्ला अदालत पर्साले दुई हजार रुपैयाँ जरिवाना गरेको छ । कृषि तथा सहकारी राज्यमन्त्री हुँदा बेगमले २०६६ साल कात्तिक २४ गते पर्सौका तत्कालीन प्रमुख जिल्ला अधिकारी दुर्गा भण्डारीलाई कुटेको मुद्दामा जिल्ला अदालतले बिहीबार अन्तिम फैसला गर्दै दुई हजार रुपैयाँ जरिवाना गरेको आजको अन्नपूर्ण पोस्टमा समाचार छ । अदालतले फैसला गरेको जरीवाना रकम पूर्वराज्यमन्त्री बेगमले शुक्रबारसम्मपनि नरिेको अदालतले जनाएको छ ।

अधुरै रह्यो बुहारी भित्राउने बाबुआमाको सपना

काठमाडौं,फागुन १५ । धुमधामका साथ बुहारी भित्र्याउने चाहना पालेका बुुबाआमाका लागि छोराको दुःखद् निधनको खबर सहन कति कठिन हुन्छ भन्ने निष्ठुरी दैवलाई के थाहा ? छोरा सन्तोष रानाको विवाह गरी बुहारी भित्र्याउने सपना पालको दलबहादुर रानाको परिवारमा शुक्रवार बज्रपात भयो ।

काष्ठमण्डप एयरका सहचालक सन्तोषको दुःखद निधनको खबरले काठमाडौं कपनमा रहेकी उनकी आमा मुर्छा परिन् । बुवा दलवहादुर भैरहवामा एमालेको कार्यक्रममा थिए । २८ वर्षे सन्तोषका लागि घरमा बुहारीको खोजी गर्दै थिए बुबाआमा । सन्तोषले भने चालक भएपछि मात्र बिहे गर्ने अडान लिएका थिए ।

दैवको लीला, न सन्तोष अब चालक बन्नेछन् न त आमाबुबाको चाहना नै पूरा हुनेछ ।सन्तोषले काष्ठमण्डप एयरमा गत वैशाखदेखि काम गरेका हुन् । उनले फिलिपिन्सबाट पाइलट कोर्स गरेका थिए । उनका दाजु बेलायती सेनाबाट सेवानिवृत भएकाले उतै बसोबास गरेका छन् । आजको अन्नपूर्ण पोस्ट दैनिकमा खबर छ ।

प्यानल बनाउन तानातान

काठमाडौं,फागुन १५ । सात दिनपछि राजधानीमा सुरु हुने कांग्रेस महाधिवेशनमा पार्टी नेतृत्व लिन सभापतिका आकांक्षी आआफ्ना प्यानल बनाउने कसरतमा जुटेका छन् । कार्यवाहक सभापति रामचन्द्र पौडेल र वरिष्ठ नेता शेरबहादुर देउवा निकटकालाई भागबन्डा मिलाएर उम्मेदवारी घोषणाको तयारीमा छन् ।
सभापति सुशील कोइरालाको निधनपछि संस्थापन पक्षको साझा उम्मेदवार बन्ने कसरतलाई कार्यवाहक सभापति पौडेलले तीव्र बनाएका छन् । तर उनको प्रयास सफल भएको छैन । सभापतिका आकांक्षी महामन्त्रीद्वय प्रकाशमान सिंह र कृष्णप्रसाद सिटौलाका साथै नेतृ सुजाता कोइाला अडानमा कायमै छन् ।

पौडेलले बिहीबार र शुक्रबार पनि सभापतिका आकांक्षीलाई समेटेर साझा उम्मेदवार बन्ने प्रयास जारी राखे पनि सिटौलासहितका नेता सभापतिको उम्मेदवारी घोषणाको अन्तिम तयारीमा जुटेका छन् ।

कार्यवाहक सभापति पौडेलले महामन्त्री सिंहलाई उपसभापति र बिपीपुत्र शसांकलाई महामन्त्रीको प्रत्याशी बनाउने भएका छन् । शुक्रबार बिहान नेता रामशरण महतको निवासमा भएको संस्थापन पक्षको बैठकमा नेता शेखर कोइरालाले शशांकलाई महामन्त्रीको प्र्रत्यासीको रुपमा अघि सार्न सहमत भएका थिए । शेखरले महामन्त्रीको प्रत्याशी बन्नेभन्दा लिगेसी जित्ने कुरा महत्त्वपूर्ण भएको धारणा राखेका थिए । आजको नागरिक दैनिकमा खबर छ ।

विमान दुर्घटनामा मृत्यु हुने पाइलट एमाले नेता तथा पुर्वमन्त्रीका छोरा

काठमाडौं,फागुन १४ । काण्ठमण्डप एयरको विमान दुर्घटनामा परी मृत्यु हुने को–पाइलट एमाले नेता तथा पूर्वमन्त्री दलबहादुर रानाका कान्छा छोरा हुन् । नेपालगंजबाट जुम्लाका लागि उडेको काष्ठमण्डप एयरको विमान कालिकोटमा आज दुर्घटना भएको थियो । दुर्घटनामा परी पाइलट दिनेश न्यौपाने र को–पाइलट सन्तोष रानाको मृत्यु भएको छ । मृत्यु हुने को–पाइलट राना एमाले नेता तथा पूर्वभूमिसुधारमन्त्री दलबहादुर रानाका कान्छा छोरा हुन् ।
११ महिनादेखि सन्तोष काण्डमण्डप एयरमा कार्यरत थिए । फिलिपिन्सबाट पाइलट कोर्स गरेका राना कम बोल्ने र मिजासिला भएको उनका साथीहरु बताएका छन् । जहाज दुर्घटनाको समाचार पाएपछि एमाले नेता राना नेपालगन्ज पुगेका छन् । उनका जेठा छारो  ब्रिटिस आर्मीमा कार्यरत छन् ।

सिंगल इञ्जिनको विमानमा यात्रु बोक्न तत्कालका लागि रोक

काठमाडौं,फागुन १४ । सरकारले सिंगल इञ्जिनको विमानमा यात्रु बोक्न तत्कालका लागि रोक लगाएको छ । नेपालमा विमान दुर्घटना बढेपछी संस्कृति पर्यटन तथा नागरिक उडड्यन मन्त्री आनन्द पोखरेलले सिंगल इञ्जिन भएका विमानमा यात्रु बोक्न रोक लगाएका हुन्। मन्त्रीको निर्देशनपछि गोमा, सीता, र काष्ठमण्डपका जहाज अब यात्रु बोक्न पाउने छैनन् ।

परीक्षणपछि केही दिनपछि लगाइएको रोक फुकुवा गर्ने मन्त्रीले सुनाए। काष्ठमाण्डप एयरको जहाज दुर्घटना भएपछि मन्त्री सिधै त्रिभुवन विमानस्थलमा पुगेर त्यहाँका अधिकारीसँग छलफल गरेका थिए।

फिफा अध्यक्षको चुनाव हुँदै, नेपालले सलमानलाई भोट दिने

काठमाडौं,फागुन १४ । विश्व फुटवलको सर्वोच्च संस्था फिफाको नयाँ अध्यक्षका लागि आज चुनाव हुँदैछ । अध्यक्ष रहेका सेफ ब्लाटर भ्रष्टाचार मुद्दामा कारवाहीमा परेपछि फिफाले नयाँ अध्यक्ष चुन्न लागेको हो ।
फिफामा आवद्ध २०९ मुलुक प्रतिनिधि रहेका छन् । अहिले २०७ देशका प्रतिनिधिहरु सेप ब्लाटरको उत्तराधिकारी छान्न फिफा मुख्यालय स्वीट्जसल्याण्डको जुरिचमा भेला हुनेक्रम जारी छ ।

फिफाको नयाँ अध्यक्षका लागि पाँच जना चुनावी प्रतिस्पर्धामा छन् । निर्वाचनमा एशियाली फुटबल महासंघका अध्यक्ष तथा बहराइन राजपरिवारका सदस्य शेख सनमान विन इब्राहिम अल खालिफा, जोर्डनका राजकुमार अली विन अल हुसेन, युरोपियन फुटबल महासंघका महासचिव जियान्नी इन्फान्तिनो, फिफाका सल्लाहकार जेरोमी चाम्पेन र दक्षिण अप्रिmकाका टोक्यो सेक्सवेल प्रतिस्पर्धामा छन् ।

फिफामा आबद्ध २०९ सदस्यीय मुलुकहरुमध्ये कुवेत र इण्डोनेशीयाका फुटवल संघलाई फिफाले प्रतिबन्ध लगाएका कारण यी देशका प्रतिनिधिले मतदान गर्न पाउने छैनन् । आज राति हुने फिफा नेतृत्वको निर्वाचनका लागि अखिल नेपाल फुटबल संघका कार्यबाहक अध्यक्ष नरेन्द्र श्रेष्ठसहित दिनेश ब्यञ्जनकार र प्रकाश बिष्टको टोली स्वीट्जरल्याण्ड पुगिससकेको छ । नेपालले फिफा निर्वाचनमा अध्यक्षका प्रतिस्पर्धी एशियाली फुटबल महासंघका अध्यक्ष तथा बहराइनका राजपरिवारका सदस्य शेख सलमानको पक्षमा मतदान गर्ने भएको छ ।

एन्फाका तत्कालिन अध्यक्ष गणेश थापालाई फिफाले प्रतिबन्ध लगाएपछि कार्यबाहक अध्यक्ष नरेन्द्र श्रेष्ठको अध्यक्षतामा बसेको पहिलो बैठकले सलमानलाई फिफा अध्यक्षमा समर्थन गर्ने निर्णय गरेको हो ।

आफू मरेर यात्रु बचाउने दुई चालक

काठमाडौं,फागुन १४ । ‘जहाजमा खराबी आयो, अब जुम्ला पुगिँदैन’ मुख्य पाइलट दिनेश न्यौपानेले यत्ति भन्नासाथ काष्ठमण्डप एयरमा रहेका यात्रुहरुबिच कोलाहल मच्चियो । रुवाबासी र कोलाहल पछि पाइलट पनि केही अतालिए । तर जिम्मेवारी बिर्सेनन् । सुझबुझ र होसियारी पूर्वक पाइलट न्यौपालेले बिमान सुरक्षित अवतरको अन्तिम प्रयास थाले । उनले तत्कालै सबैलाई सान्त्वना दिँदै भने, ‘हामी मरेर पनि तपाईंहरुलाई जोगाउने छौं, सचेत भएर बस्नुहोला ।’

उडिराखेको जहाँजको पंखा बिचमै रोकिएपछि पाइलटले दुर्घटनाबारे जानकारी गराउन नपाउँदै नेपालगञ्जबाट जुम्लाका लागि उडेको बिमानमा रहेका यात्रुहरुले एकदिन अघि भएको तारा एयर दुर्घटनाको सम्झना गर्दै जिवनको माया मारेका थिए । तर भाग्य र दुर्भाग्य बिचको सौदामा पाइलटहरुले हारे  यात्रुले जिते । विमानमा यात्रा गरेका मेघराज गिरीलेले भनेका छन्, ‘पाइलटले भनेजस्तै आफू मरेर पनि हामीलाई बचाउनुभयो ।’

नेपालगञ्जबाट जुम्लाका लागि उडेको एयर काष्ठमण्डपको विमान कालिकोटको चिलखाया गाविस-२ मा आकस्मिक अवतरण गर्ने क्रममा दुर्घटना भएको हो । दुर्घटना हुँदा पाइलट र को-पाइलट दुवैको ज्यान गएको छ । तर उनिहरुले आफु मरेर पनि विमानमा सवार ९ यात्रुको ज्यान जोगाएका छन् ।

बिमानबारे जानकारहरु भन्छन् बिमानको इन्जिन खराब तथा पंखा नघुमेपछि बिमान तत्काल आकस्मिक अवतरण गर्नुपर्छ । जुन सहासिक काम काष्ठमण्डप एयरका पाइलटले गरेका छन् । विमानका पाइलट दिनेश र को पाइलट सन्तोष रानाले विमानलाई खेतमा अवतरण गराएका थिए ।

दुर्घटनामा घाइतेहरुलाई लिन कालिकोट पुगेका सिम्रिक एयरका पाइटल कर्णेल मदन केसीका अनुसार ल्याण्ड गराउने क्रममा विमानको पाग्रा दाउराको कुन्यूमा ठोकिएपछि खेतको कान्लामा ठोक्किएको पाइएको छ । कर्णेल केसीले भने, ‘अप्ठेरो ठाउँमा पनि एकदमै राम्रो जजमेन्ट गरेर खेतमा ल्याण्ड गराउन खोजिएको रहेछ । जहाज सेफल्याण्ड गर्ने क्रममा अगाडिको भाग क्षतिग्रस्त भएकाले पाइलटहरु बाँच्न सफल हुनुभएन ।’ जहाजमा सवार यात्रुहरुमध्ये लक्ष्मण खड्काको अवस्था गम्भीर छ । अन्य यात्रु घाइते भएपनि खतरा मुक्त रहेको बताइएको छ ।

बिमान दुर्घटनाका घाइतेलाई नेपालगञ्ज लगियो

काठमाडौं, १४ फागुन । कालीकोटमा भएको एअर काष्ठमण्डप विमान दुर्घटनाका घाइतेलाई उपचारका लागि नेपालगञ्ज लगिएको छ । उद्दारका लागि गएको हेलिकप्टरबाट घाइतेलाई उपचारका लागि नेपालगञ्ज लगिएको प्रहरीले जनाएको छ ।
नेपालगञ्जबाट जुम्लाका लागि उडेको नाइन एन एजेबी विमानमा खराबी आएपछि आकस्मिक अवतरण गर्ने क्रममा कालीकोटको चिल्खाया–२ मा दुर्घटना भएको हो । दुर्घटनामा चालक र सहचालकको ज्यान गएको र अरु नौं जना घाइते भएका थिए ।
प्रधानमन्त्रीद्वारा विमान दुर्घटनाप्रति दुःख व्यक्त
प्रधानमन्त्री केपीशर्मा ओलीले शुक्रबार कालिकोटमा भएको काष्टमण्डप एयरको विनमा दुर्घटनामा परी पाइलट र को पाइलटको निधन भएकोमा दुःख व्यक्त गरेको छन् ।
ओलीले मृतकहरुप्रति श्रद्धान्जलि व्यक्त गर्दै आफन्तजन र परिवारप्रति समवेदना प्रकट गरेका छन् । प्रधानमन्त्रीको निजी सचिवालयद्वारा जारी प्रेस नोटमा दुर्घटनामा परी घाइते भएकाहरुको उद्धार स्वास्थ्य उपचारको व्यवस्था मिलाउन प्रधानमन्त्री ओलीले सम्बन्धित निकायमा निर्देशन दिएको जनाइएको छ ।

एअर काष्ठमन्डपको विमान कसरी भयो दुर्घटना ?

काठमाडौं, १४ फागुन । नेपालगन्जबाट जुम्लाका लागि उडेको एअर काष्ठमन्डपको विमान कालिकोटको चिल्खाया गाविस–२ चिल्खाया गाउँमा दुर्घटना हुँदा चालकसहित दुईजनाको मृत्यु भएको छ ।

दुर्घटनामा परी चालक र सहचालकको मृत्यु भएको हो । शुक्रबार दिउँसो १ बजे उक्त विमान दुर्घटनामा परेको स्थानीय प्रत्यक्षदर्शी नन्द कटुवालले फोनमा जानकारी दिए ।

रश्रसो विमान गाउँदेखि करिब दुई सय मिटर टाढा गहुँ खेतमा खसेको थियो । ‘ठूलो आवाज आयो, के रहेछ भनेर हेर्दा त जहाज मेरै अघिल्तिर खेतमा ठोक्कियो’–प्रत्यक्षदर्शी कटुवालले भने ।

खेतमा विमानको अघिल्तिरको भाग ठोक्किएपछि अन्य यात्रु आफैं बाहिर निस्केका थिए । ‘जहाजको ढोका आफैं खुल्यो, यात्रु घाइते अवस्थामा निस्किए’–उनले भने ।

चालकदलका एक सदस्यको विमानभित्रै तथा अर्का व्यक्तिको दुर्घटना भएको अढाइघन्टापछि मृत्यु भएको उपचारमा संलग्न चिल्खाया स्वास्थ्यचौकीका अहेव जंगबहादुर रावलले जानकारी दिनुभयो ।

‘एकजनाको विमानमै मृत्यु भइसकेको थियो, च्याप्पिएर रहेका कारण बाहिर निकाल्न सकिएन’–अहेव रावलले भने ।

चालकदलका अर्का सदस्यको विमान दुर्घटनाको अढाइघन्टापछि मृत्यु भएको उनले बताए ।

‘बाहिर निकालेको एक घन्टासम्म दुख्यो–दुख्यो भनेर कराइरहनुभएको थियो’–अहेव रावलले भने–‘हामीले सक्दो उपचार गर्‍यौं तर बचाउन सकिएन । समयमै हेलिकोप्टर पुग्न सकेको भए सायद बाँच्थे कि ।’

विमान दुर्घटनाको खबर पाएपछि गाउँदेखि आधाघन्टा टाढा रहेको स्वास्थ्यचौकीबाट रावलसहित स्वास्थ्य सहायक किशोर श्रेष्ठ, अर्का अहेव कमलबहादुर शाही र कार्यालय सहायक रनबहादुर खत्री दगुर्दै घटनास्थल आइपुगेका थिए ।

चारैजना स्वास्थ्यकर्मीले घाइते यात्रुको खेतमै उपचार गरेका थिए । घाइते ९ जनामध्ये पाँच पुरुष, तीन महिला तथा एक नाबालक रहेका छन् ।

घाइतेमध्ये जुम्ला पटमाराका लक्ष्मण खड्काको अवस्था चिन्ताजनक रहेको अहेव रावलले बताए ।

अरु यात्रुहरु जुम्ला चन्दननाथ नगरपालिका–६ का जगदम्बा खत्री गिरी, उनका एक वर्षीय छोरा अनिल गिरी, चन्दननाथ नगरपालिका–८ कार्कीवाडाकी लक्ष्मी सुनार, चन्दननाथ–५ का गणेश भट्टचन, उनकी छोरी सोनाली भट्टचन, चन्दननाथ–६ का मेघराज गिरी, चन्दननाथ–५ का धनञ्जय केसी तथा नुवाकोट थान्सिङ गाविस–३ घर भइ हाल काठमाडौं स्वयम्भू बस्दै आएका धु्रवप्रसाद भण्डारीको अवस्था खतरामुक्त रहेको छ ।

‘सबैजना होसमै छन्’–उपचारमा संलग्न अहेव रावलले भने । घटनास्थलमा तीनघन्टा टाढाको पादमघाट प्रहरीचौकीबाट चारजना प्रहरी आएका छन् ।

घाइते यात्रुकाअनुसार विमानमा खराबी आएपछि चालकले विमानको अवस्था ठीक नभएको भन्दै सबै यात्रुलाई सचेत गराएका थिए ।

‘जहाजको अवस्था ठीक छैन, तपाइँहरु नआत्तिनुस्, सुरक्षित ठाउँमा विमान अवतरण गराउँछौं, हामी मरेपनि तपाइँहरुलाई बचाउँछौं’–घाइतेलाई उद्धृत गर्दै अहेव रावलले भने ।

चालकले यात्रुलाई सचेत गराएको केही मिनेटमै विमान खेतमा अवतरण त भयो तर विमानको अघिल्तिरको भाग खेतमा धस्सिँदा चालकदलका दुबै सदस्यले ज्यान गुमाउनुपर्‍यो ।

एअर काष्ठमन्डपको ‘९ एन ए जेबी’को विमान नेपालगन्जबाट ९ जना यात्रु लिएर शुक्रबार दिउँसो १२ः३० बजे जुम्लाका लागि उडेको थियो । रासस

फेरि अर्को विमान दुर्घटना, दुबै पाइलटको ज्यान गयो

काठमाडौं, १४ फागुन । कालिकोटको चिल्खायामा काष्ठमण्डप एयरलाइन्सको नाइन एन एजेबी ट्वीनअटर विमान आकस्मिक अवतरणका क्रममा दुर्घटना हुँदा २ जनाको ज्यान गएको छ । ज्यान गुमाउने दुवैजना विमानका चालक रहेको पुष्टि भएको छ । बाँकी ९ जना यात्रु घाइते भएका छन् ।

नेपाल नागरिक उड्ययन प्राधिकरण क्षेत्रीय कार्यालय सुर्खेतका प्रमुख भुपेन्द्र भट्टका अनुसार विमानका चालक दिनेश न्यौपाने र सहचालक सन्तोष रानाको ज्यान गएको हो । घाइते भएकामध्ये एकजनाको अवस्था गम्भीर रहेको पनि उहाँले जानकारी दिनुभयो ।

घटनास्थलमा अहिलेसम्म उद्धारकर्मीको टोली पुगेको छैन । काष्ठमण्डप एयरलाइन्सले उद्धारका लागि पोखराबाट एयर डाइनेष्टिको विमान घटनास्थलतर्फ पठाइसकिएको जानकारी दिएको छ । काठमाडौबाट पनि हेलिकोप्टर पठाउने तयारी भइरहेको एयरलाइन्सले जनाएको छ । घटनास्थलमा कालीकोटबाट डिएसपी किसनसिंह बुढाल नेतृत्वको टोली तथा नेपाली सेनाको टोलीपनि परिचालन गरिएको छ ।

Wednesday, February 24, 2016

तारा एयरको विमान दुर्घटनास्थलबाट शव संकलन

बेनी,फागुन १३ । म्याग्दीको दाना–२ सोलीघोप्टे भीरमा बुधवार भएको तारा एयरको विमान दुर्घटनामा परी ज्यान गुमाएकाहरुको शव सङ्कलन शुरु भएको छ । दुर्घटनाग्रस्त स्थल म्याग्दीको दाना गाविसको तिर्खेढुंगामा शव संकलनका लागि नेपाली सेना, नेपाल प्रहरी र सशस्त्र प्रहरीको टोली गएको छ। मौसम खरावीका कारण हिजो गएको टोली फर्किएपछि बिहीवार बिहान फेरि टोली त्यसतर्फ गएको हो ।
घटनास्थलमा तीनवटै निकायका करिब २०० सुरक्षाकर्मी परिचालन भएका र मौसम सफा भएकाले सजिलो भएको म्याग्दीका प्रहरी नायब उपरीक्षक विश्वराज खड्काले जानकारी दिए ।

उन्नाइसवटा शव घटनास्थलमा भेटिएका छन् । थप चारवटा शवको खोजी भइरहेको छ । शव सङ्कलन गरी हेलिकप्टरमार्फत पठाउने तयारी गरिएको हो । भौगोलिक रुपमा बिकट उक्त स्थानमा बुधबार दिनभर हुस्सु लागेको र सामान्य वर्षा भएकाले घटनास्थल पहिचान भएपनि अन्य काम हुन सकेको थिएन ।

चालक दलका तीनसहित २३ जना सवार तारा एयरको ट्विनअटर विमान बुधबार बिहान सोलीघोप्टेको पहाडमा ठोक्किएर दुर्घटना हुँदा सबै यात्रुको मृत्यु भएको थियो । जहाज दुर्घटनामा परेकाहरुको शवलाई आजै काठमाडौं पठाइने खड्काले बताए।

प्रहरी अप्रेसनको विरोधमा उत्रिए म्यानपावर व्यवसायी,सम्पूर्ण म्यानपावर बन्द

काठमाडौं,फागुन १३ । प्रहरीले छापा मारेको विरोध गर्दै म्यानपावर व्यवसायीहरुले राजधानीका सम्पूर्ण म्यानपावर कम्पनीहरु आज वाट कार्यालय बन्द गरेका छन् । ठगी गरेको भन्दै महानगरीय अपराध महाशाखाले उपत्यकाका १८ वटा म्यानपावरमा बुधवार छापा मारेको थियो । छापा मारेपछि वैदेशिक रोजगार व्यवसायी महासंघले आजबाट सम्पूर्ण म्यानपावर बन्द गरी कामकाज ठप्प पारेको छन् ।

उक्त विरोधसँगै यसअघि नै प्रवेशाज्ञा पाइसकेका कामदारहरु सातदिनभित्र पठाउने र अरु कुनै पनि काम नगर्ने नेपाल वैदेशिक रोजगार व्यवसायी संघले जनाएको छ । वैदेशिक रोजगार व्यवसायी संघले म्यानपावर कम्पनीहरुमा छापा मार्ने अधिकार प्रहरीलाई नभएको बताउँदै आक्रोशित भएका छन् । उपत्यकामा ६ सय २५ भन्दा बढी म्यानपावर कम्पनी छन्।

केकी अधिकारीसँग बुद्धी र बिमलसंग पोखरामा…(भिडियो सहित)

काठमाडौं । उदयमान कलाकार बुद्धि अधिकारीको पोखरामा पोखरामा… बोलको गितको भिडियो सार्वजनिक भएको छ । चितवन जिल्ला माधपुर घर भएका बुद्धी हाल रोजगारको शिलशिलामा क्यानडामा रहनुभएको छ । विदेशी भूमीमा रहेर पनि नेपाली गित संगीतलाई उत्तिकै मायाँ गर्ने बुद्धि अधिकारीको स्वर रहेको बिमल अधिकारीको उक्त एल्बम लाई स्मृती मिडियाले बजारमा ल्याएको हो । केकी अधिकारी र बिमल अधिकारीको जोडदार अभिनय रहेको उक्त गितको शब्द बिमल अधिकारीले कोरेका हुन भने संगित पनि उनकै रहेको छ । नेपालको पर्यटकीय स्थल पोखरामा छायांकन गरीएको उक्त भिडियोमा क्यानडाको केही दृश्यहरु पनि समावेश गरिएको छ ।

कहिले घाम लाग्ने अनि कहिले पानी पर्ने मै हुँ सानी जुनी जुनी तिमिलाई मायाँ गर्ने अनि यो गित मैले मेरी माया तिम्रै लागी गाउँछु तिमिलाई मन पराउँछु घरमै माग्न आउँछु…जस्ता मन छुने रमाईला शब्दहरुको जालबाट बुनेको उक्त गितको निर्देशन कुमार केसीले गरेका हुन । हरीनारायण चौधरीको छायांकन रहेको उक्त गितलाई समपादन अनुप सिवाकोटीले गरेका हुन ।

धामीझाँक्रीले बिरामीलाई स्वास्थ्यसंस्था पठाउन थाले

बाबियाचौर,फागुन १३ । म्याग्दीका धामीझाँक्रीले आफूकहाँ आउने बिरामीलाई उपचारका लागि स्वास्थ्य संस्थामा पठाउन थालेका छन् । स्वास्थ्य सेवाको ग्रामीण तहसम्म पहुँच बढ्नुका साथै चेतनामूलक कार्यक्रममा सहभागीतापछि धामीझाँक्रीले गर्ने उपचार विधिमा परिवर्तन आउन थालेको हो । पहिले पहिले सकेसम्म आफैँले रोग निको पार्ने दाबी गर्ने उनीहरु पछिल्लो समय कडा किसिमका बिरामीलाई तत्काल स्वास्थ्य संस्थामा जान सल्लाह दिने गरेका छन् ।

जटिल किसिमका स्वास्थ्य समस्या भएका बिरामीलाई अल्झाउँदा ज्यानै जानसक्ने खतरासमेत हुने भएकाले तत्कालै स्वास्थ्य संस्थामा पठाउन थालेको विगत १० वर्षदेखि झारफुकको काम गर्दै आएका बेनी कालीपुल नजिकैको पर्वतबगरका खेम परियारले बताउनुभयो ।

आफूले जानेको कुरा गर्ने र जोखिम मोलेर उपचार गर्नुभन्दा अस्पतालमा जान सुझाव दिने गरेको बेनीका धामी जैमान घर्तीले बताउनुभयो । ज्वरो आउने, टाउको दुख्ने, मुटु दुख्ने, ग्यास्ट्रिक रोगीदेखि बालबच्चाले खाना नखाने, झगडा गर्नेजस्ता समस्या भएकाहरु पनि झारफुक गर्न आउने गरेको बेनी मङ्गलाघाटकी धामी मनमाया बुढाथोकीले बताउनुभयो । झारफुक गराउन दैनिक पाँच÷सातजना बिरामी आउने उहाँले बताउनुभयो ।

विगतमा बिरामीको स्वास्थ्यमाथि जोखिम मोलेपनि अहिले गाउँ गाउँमा स्वास्थ्य संस्था खुलेकाले धामीझाँक्रीलाई पनि सजिलो भएको छ । स्वास्थ्यसम्बन्धी संवेदनशीलता बुझ्दैगएपछि आफूलाई विश्वास गरेर आउने बिरामीलाई मानसिक रुपमा सक्षम बनाउन र सान्त्वना दिन फाक्फुक पार्ने र अस्पताल जान सल्लाह दिने गरेको मङ्गलाघाटकी खबीसरा पुनले बताउनुभयो ।

शिक्षित र जानेबुझेका मानिससमेत धामीझाँक्रीकहाँ जाने गरेको पाइएपछि स्वास्थ्य कार्यालय, मिलन म्याग्दी र सुआहारा परियोजनाले उनीहरुसँगै सहकार्य गरेर अन्धविश्वास हटाउने प्रयास थालेका थिए ।

बहुक्षेत्रीय पोषण कार्यक्रम (सुआहारा) अन्तर्गत म्याग्दीका विभिन्न गाविसमा रहेका धामीझाँक्रीलाई एकीकृत पोषण, मातृ शिशु स्याहारसँगै आधुनिक उपचार पद्धतिको बारेमा तालिम दिइएको सुआहारा परियोजनाका जिल्ला संयोजक पासाङदोर्जी तामाङले बताउनुभयो ।

रकम बुझाएको दशबर्षमा पनि बलेन बिजुली

सोलुखुम्बु, फागुन १३ । जिल्लाको नेचा वेतघारी गाविसमा निर्माणाधीन सोलुखोला तुइनटार लघुजलविद्युत् आयोजना वर्षौंदेखि अलपत्र अवस्थामा रहेको छ । विसं २०६३ मा निर्माण प्रक्रिया सुरु गरेको सो आयोजनाको काम २०६४ सालदेखि सुरु गरी विसं २०६७ सालमा सम्पन्न गर्ने सम्झौता भएको थियो ।

करिब ६० प्रतिशत काम सम्पन्न भएको दाबी गर्दै आउनुभएका आयोजनाका पूर्व अध्यक्ष हर्कमान राईले यसअघि नै सम्पन्न गरी बिजुली बाल्ने प्रतिबद्धता जनाए तापनि हालसम्म त्यसको कुनै सङ्केत नदेखिएको त्यहाँका स्थानीयवासीले बताएका छन् ।

सहयोगी संस्था रिमरेकले गत जेठ महिनाभित्र आयोजनाको विद्युत् नबलेमा रकम फ्रिज गरिदिने चेतावनी दिएको भए तापनि बिजुली बल्न सकेको छैन । पुरानो समितिले काम गर्न नसकेको भन्दै नयाँ समिति परिवर्तन गरी स्थानीयवासी जसबहादुर राईको अध्यक्षतामा अर्को समिति गठन गरेको तर उक्त समितिले पनि कुनै काम अगाडि बढाउन नसक्दा आयोजना झनै अलपत्र परेको छ ।

यसअघि भएको सार्वजनिक सुनुवाइमा अध्यक्ष राईले विद्युत् आयोजनाको हालसम्मको आय रु ७३ लाख ५६ अजार ७५४ रहेको र रु ६५ लाख ६९ हजार २८८ खर्च भएको तथा १० लाख ८४ हजार ४६५ रुपैयाँ ५० पैसा मौज्दात रहेको बताउनुभएको छ । पछिल्लो समय आर्थिक अनुदानसमेत थप भएको भए पनि कामले कुनै गति लिन सकेको छैन ।

पुरानो उपभोक्ता समितिले हेलिकप्टर चार्टर गरेर टर्वाइन ल्याउन नसक्दा बिजुली बाल्न नसकिएको बताएको थियो । स्थानीयवासीले आयोजनाको काम समयमा सम्पन्न नभएकोमा गुनासो गर्दै जसरी भएपनि चाँडै बिजुली बाल्न माग गरेका छन् ।

स्थानीयवासीले २०६४ सालमै प्रतिघर रु दुई हजार ५०० नगद र ११ दिन श्रमदान गरेको भए पनि वर्षौंसम्म बिजुली नबल्दा स्थानीय निराश बनेका छन् । एक सय किलोवाट क्षमताको सो आयोजनाबाट स्थानीयवासी करिब एक हजार १०० घरधुरी लाभान्वित हुने जनाइएको छ ।

निर्माण क्षेत्रको ज्याला ८.४ प्रतिशत वृद्धि

काठमाडौं,फागुन १३ । निर्माण क्षेत्रका मजदुरमध्ये इलेक्टि्रसियन र पेन्टरको सबैभन्दा बढी ज्याला बढेको छ । केन्द्रीय तथ्यांक विभागले हरेक बर्ष गर्ने अध्ययनअनुसार आर्थिक वर्ष ०७१/७२मा इलेक्टि्रसियनको १५.३ र पेन्टरको १४.१ प्रतिशत ज्याला बढेको कारोबार दैनिकमा समाचार छ ।
अघिल्लो वर्ष पनि दुबैको क्रमशः १२.२९ र ११.५ प्रतिशत बढेको थियो । समग्रमा निर्माण क्षेत्रका मजदुरको ज्याला भने ८.४ प्रतिशतले बढेको छ । त्यसअघि ८.३ प्रतिशत थियो ।
पछिल्ला ५ वर्षमा निर्माण क्षेत्रको ज्यालादर औसत ७०.८६ प्रतिशतले वृद्धि भएको छ ।
विभागले हरेक वर्ष निर्माण क्षेत्रमा कार्यरत बिभिन्न ८ क्षेत्रको ज्याला/तलबलाई आधार मानी तथ्यांक निकाल्ने गर्दछ । निर्माण क्षेत्रमा काम गर्ने कामदारलाई इन्जिनियर, सबइन्जिनियर, सुपरभाइजर, मेसन, कार्पेन्टर, लेबर, इलेक्टि्रसियन र पेन्टरमा बिभाजन गरेको छ ।

कक्षा ११ को मौका परीक्षाको परीक्षाफल प्रकाशित

काठमाडौं,फागुन १३ । उच्च माध्यमिक शिक्षा परिषदले कक्षा ११ को मौका परीक्षाको परीक्षाफल प्रकाशित गरेको छ । एक विषय अनुत्तीर्ण विद्यार्थीका लागि उच्च माध्यमिक शिक्षा परिषद्ले लिएको कक्षा ११ को मौका परीक्षामा ८६ दशमलव ४४ प्रतिशत विद्यार्थी उत्तीर्ण भएका छन् । परीक्षामा सहभागी भएका ४७ हजार ६१० परीक्षार्थीमध्ये ४१ हजार १५६ परीक्षार्थी उत्तीर्ण भएको परीक्षा नियन्त्रण कार्यालयले जनाएको छ ।

कक्षा ११ मा एक विषयमा अनुत्तिर्ण विद्यार्थीहरुका लागि गत माघ २९ गते मौका परीक्षा सन्चालन गरिएको थियो । परीक्षाफल उच्च माध्यमिक शिक्षा परिषद र नेपाल टेलिकमको वेबसाइट हेर्न सकिने परिषदले जनाएको छ ।यसैगरी नेपाल टेलिकमको १६०० मा एसएमएस गरेर पनि नतिजा थाहा पाउन सकिन्छ । त्यसका लागि मोबाइलमा एचएसइबी टाइप गरी सिम्बोल नम्बर राख्ने र १६०० मा एसएमएस गर्नुपर्ने परिषदले जनाएको छ ।

तोडियो परम्परा,किन अाएन संयुक्त विज्ञप्ति,के राख्न मानेन भारतले?

काठमाडौं,फागुन १३ । ६ दिने राजकीय भ्रमण सकेर प्रधानमन्त्री केपी शर्मा ओली बुधवार राति स्वदेश फर्किए। तर प्रधानमन्त्रीको हरेक भारत भ्रमणमा संयुक्त वक्तव्य जारी गर्ने परम्परा यसपटक तोडिएको छ।
नयाँ संविधानको ब्याख्यामा साझा शब्द राख्न नसक्दा र दुई देशवीचको असमझदारी हटेको भन्ने शब्द राख्न भारतले नमान्दा संयुक्त वक्तव्य नै तयार भएन।

विज्ञप्तिमा के राख्न मानेन भारतले?

नेपाली अधिकारीहरुले संशोधनपछिको संविधानलाई स्वागत गर्दै बाँकी विषयमा पनि छलफलबाट समाधान हुने भाषा प्रयोग गर्न प्रस्ताव गरेका थिए। तर भारतीय पक्षले ८ फागुनको पत्रकार सम्मेलनमा प्रधानमन्त्री नरेन्द्र मोदीले दिएको अभिव्यक्तिलाई उल्लेख गर्नुपर्ने अडान राखेको थियो। मोदीले नयाँ संविधान उल्लेखनीय उपलब्धी भएको र यसको सफलता सवै पक्षको आवान समेट्दा मात्रै हुने भन्दै संवाद र सहमति गर्न आग्रह गरेका थिए।

तर भारतीय पक्ष अन्तिमसम्म सहमत नभएपछि संयुक्त वक्तव्य नआएको कुटनीतिक स्रोतहरुले बताएका छन्। नयाँ पत्रिका दैनिकमा समाचार छ।

एसिया कप क्रिकेटमा भारतको विजयी सुरुवात

एजेन्सी,फागुन १३ । बंगलादेशमा चलिरहेको एसिया कप ट्वेन्टी–ट्वेन्टी क्रिकेटमा भारतले विजयी सुरुवात गरेको छ । बुधबार सम्पन्न उद्घाटन खेलमा भारतले आयोजक बङ्लादेशलाई ४५ रनले हराउँदै विजयी सुरुवात गरेको हो । भारतले प्रस्तुत गरेको एक सय ६७ रनको लक्ष्य पछ्याएको बंगलादेशले पूरै ओभर खेल्दै सात विकेट गुमाएर एक सय २१ रन मात्र बनाउन सक्यो । बंगलादेशका लागि सब्बिर रहमानले ४४, मुसाफिकर रहिमले नटआउट १६, तस्किन अहमदले नटआउट १५ तथा इमरुल कायसले १४ रन बनाए । भारतका आषिश नेहराले तीन तथा जसप्रित बुमराह, हार्दिक पाण्डेय र रविचन्द्रन आश्विनले समान एक एक विकेट लिए ।
यसअघि मीरपुरस्थित शेरेबंगला स्टेडियममा टस हारेर पहिले ब्याटिङ गरेको भारतले निर्धारित २० ओभरमा ६ विकेट गुमाएर १६६ रन बनाएको थियो । सुस्त सुरुवात गरेपनि रोहित शर्मा र हार्दिक पाण्डेले बिष्फोटक ब्याटिङ गरेपछि भारत उच्चयोगफल तयार पार्न सफल भएको हो । रोहित शर्माले ५५ वलमा ८३ र हार्दिक पाण्डेले १८ वलमा ३१ रन जोडे । अल–अमिम हुसेनले ३ विकेट लिएपनि भारतलाई कम योगफलमा समेट्न भने सकेनन् ।

यसअघि ५० ओभरमा सञ्चालन हुदै आएको प्रतियोगिताको यो संस्करण टि २० ढाँचामा खेलाईएको हो । ५ देशले सहभागिता जनाउने प्रतियोगितामा आयोजक बंगलादेशसंगै भारत, पाकिस्तान, श्रीलंका र युएई छन् । छनोट चरण पार गर्दै युएईले प्रतियोगितामा स्थान बनाएको हो । राउन्ड रोबिन लिगका आधारमा चल्ने प्रतियोगिताको शीर्ष दुई टिमले उपाधिका लागि प्रतिस्पर्धा गर्नेछन् ।
(

एसएसपीसहित पाँच जनाविरुद्द सम्पत्ति शुद्धीकरण मुद्दा

काठमाडौं,फागुन १३ । सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागले प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) बाट बर्खास्त गरिएका रविराज श्रेष्ठसहित पाँच जनामाथि बुधबार मुद्दा दायर गरेको छ । एक करोड २४ लाख ३२ लाख रुपैयाँ शुद्धीकरण गर्न खोजेको अभियोग उनीहरुले लगाएका छन् । ०६९ साल असोज १९ गते फ्लाइ दुबईको उडानमा बरामद भएको विदेशी मुद्राको वैध स्रोत स्थापित गर्न नसकेपछि उक्त विनिमय लैजान खोज्ने सबैमाथि मुद्दा दायर गरिएको हो ।

श्रेष्ठसहित सोही अवैध काममा संलग्न भएको पुष्टी भएपछि बर्खास्त गरिएका प्रहरी हवल्दार सोबितबहादुर कार्की, विनोद सोनी, मुरारीलाल गोयल जमालिया र राजेश अग्रवाललाई प्रतिवादी बनाइएको छ । उनीहरुमाथि यसअघि नै राजस्व अनुसन्धान विभागले विदेशी मुद्रा दायर गरेको थियो ।

विदेशी मुद्रा अपचलनको अभियोग लगाएपछि उक्त विदेशी विनिमय सम्पत्ति शुद्धीकरण गर्न खोजेको हुनसक्ने भन्दै थप अनुसन्धान गर्न सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागा पठाइएको थियो । अनुसन्धानका क्रममा उनीहरुले विदेशी विनिमयको स्रोत स्थापित गर्न नसकेपछि मुद्दा चलाइएको हो । आजको अन्नपूर्ण पोस्ट दैनिकमा खबर छ ।

दस लाखमा माइतीको हत्या ठेक्का,बा मारिए, आमा र दाजु जोगिए

काठमाडौं,फागुन १३ । स्थानीबाट एक व्यक्तिको लास रहेको सूचना आएपछि प्रहरी हुतिँदै टोखा स्टारटाउन नजिकै निर्माणाधीन पुलमा पुग्यो । घाँटी, टाउको, निधार र छातीमा धारिलो हतियार प्रहारबाट मारिएका अधबैंसेको शव पल्टिरहेको थियो । स्थानीयको जानकारीका आधारमा मृतकको सनाखत भयो, माइला महर्जन ।

माघ २१ गते प्रहरीले घटनास्थलको मुचुल्का गर्दै शव पोस्टमार्टममा पठायो । धारिलो हतियार प्रहारबाट महर्जनको मृत्यु भएको पोस्टमार्टम रिपोर्ट अनि घटना स्थलको अवस्थाले समेत हत्या देखिएपछि महानगरीय प्रहरी अपराध महाशाखाले अनुसन्धान स्थानीय प्रहरीबाट आफूमा सार्यो ।

अनुसन्धानमा घटनाको अघिल्लो दिन साढे ६ बजेतिर महर्जन घरबाट बाहिर निस्किएको खुल्यो । मृत्युअगाडि अन्तिम सम्पर्क २० वर्षीया छोरी संगीता पाण्डेको महर्जनसँग भएको खुल्यो । बाबुको मृत्युको शोकमा रहेकी संगीतासँग प्रहरीले प्रारम्भिक सोधपुछ मात्रै गर्यो, घटनाको प्रकृतिले व्यक्तिगत रिसइवीका कारण हत्या भएको निष्कर्ष निकाल्दै प्रहरी उनको मनमुटाव भएकाको खोजीमा खटिए पनि संगीतामाथिको आशंका हटेको थिएन ।

परिवारको विमति हुँदाहुँदै संगीताले २ वर्षअगाडि नुवाकोटका सन्तोष पाण्डेसँग भागेर विवाह गरे पनि माइतीसँगको सम्बन्ध राम्रै थियो । अन्तरजातीय विवाह गरेकोमा माइती केही समय रिसाए पनि उनलाई स्वीकार गरिसकेको थियो भने उनी टोखाकै धमलाटारमा बस्दै आएकी थिइन् ।
ब्युटिसियन पढेकी संगीता आफ्नै ब्युटिपार्लर खोल्न चाहन्थिन् । तर, श्रीमानको आर्थिक अवस्था राम्रो नहुँदा उनी माइतीकै आसमा थिइन् । बुबा माइलाले पनि जग्गा बेचेर उनलाई पैसा दिने बताइसकेका थिए । तर, पछि बाबुले पैसा नदिएपछि मनमुटाव भएको तथ्य खुले पनि हत्याजस्तो जघन्य अपराधै गर्नुपर्ने कुनै कारण नखुल्दा प्रहरी अन्य पाटोलाई समेत उत्तिकै प्राथमितामा राखेर अनुसन्धानमा खटियो ।

तर, घटनाको २१ दिनपछि प्रहरीले माइलाको हत्या घटनामा संलग्न भएको आरोपमा ७ जनालाई पक्रँदा उनै संगीताको नाम सबैभन्दा पहिलो सूचीमा घटना योजनाकारका रुपमा थियो ।

महाशाखाका एसपी थापाका अनुसार माइतीको सम्पत्ति हडप्न उनले एक समूहलाई १० लाखमा बाबुसँगै आमा र दाइ हत्याको ठेक्का दिएकी थिइन् । पहिलो घटनामै हत्याको ठेक्का लिनेहरु डराए । संगीता अर्को समूहको खोजीमै रहँदा प्रहरीको फन्दामा पर्दा बाबुको ज्यान गए पनि आमा र दाइ जोगिए । आजको नागरिक दैनिकमा खबर छ ।

नेपालमा हिन्दु राज्य कायम गर्न ओलीलाई मोदीको सन्देश

काठमाडौं,फागुन १३ । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले नेपाललाई पुनः हिन्दु राज्यको संवैधानिक हैसियत स्थापित गर्न प्रधानमन्त्री केपी शर्मा ओलीसँग आग्रह गरेका छन् । नयाँदिल्लीमा शनिबार मध्याह्न दुई प्रधानमन्त्रीबीच ४० मिनेट भएको एकल (वान टु वान) वार्तामा मोदीले यस्तो आग्रह गरेको दाबी स्रोतले गर्‌यो ।

नेपाल हिन्दु राज्य हुनुपर्छ भन्ने मोदीको आफ्नै मान्यता र उनको दल भारतीय जनता पार्टीको दबाबका आधारमा उनले ओलीलाई त्यस्तो आग्रह गरेको पनि स्रोतले बतायो । यद्यपि ओलीले मोदीको उक्त प्रस्तावलाई स्वीकार र अस्वीकार कुनै कुरा स्पष्टसँग भन्न नसके पनि आफूले स्वीकारेको राजनीतिमा उक्त प्रस्तावले अप्ठ्यारो पार्नसक्ने धारणा राखेका थिए ।
कांग्रेस आईको नेतृत्वमा रहेको भारतको पूर्ववर्ती सरकारले नेपाललाई गणतान्त्रिक धर्मनिरपेक्ष बनाउन हस्तक्षेपकारी भूमिका निर्वाह गरेको थियो । संविधानसभाको पहिलो बैठकले २०६५ जेठ १५ गते नेपाललाई संघीय लोकतान्त्रिक गणतन्त्रात्मक राज्य घोषणा गरेको थियो । त्यसअघि २०६३ जेठमा पुनस्र्थापित प्रतिनिधिसभाको पहिलो बैठकले विवादास्पद तरिकाबाट नेपाललाई धर्मनिरपेक्ष घोषणा गरेको थियो ।

दोस्रो संविधानसभा निर्वाचनपूर्व एमाओवादीका अध्यक्ष पुष्पकमल दाहाल र कांग्रेसका वरिष्ठ नेता शेरबहादुर देउवाले भारत भ्रमणका क्रममा स्पष्ट रूपमा हिन्दु राज्य नभने पनि संविधानबाट धर्मनिरपेक्षता शब्द हटाउने आश्वासन दिएका थिए । तर, गत असोजमा जारी भएको संविधानमा उनीहरूको यद्यपि उक्त आश्वासन पूरा हुन सकेन ।

भारतीय प्रधानमन्त्री मोदीले ओलीसँगको एकल वार्तामा तराई, पहाड, हिमालभन्दा पनि ‘हिन्दु’ मा बढी चासो राखेका थिए । मोदीले ओलीसँग ‘नेपाल–भारतबीच यस अवधिमा भएका उच्चस्तरीय भ्रमणमा भारतको चाहना हिन्दु धर्म होस् भन्ने हो । अहिले तपाईंसँग मेरो चाहना त्यही रहेको छ’ भनेको स्रोतले बतायो ।

ओलीको भारत भ्रमणका क्रममा दुई देशबीच संयुक्त विज्ञप्ति जारी हुन नसक्नुको एउटा कारण ओलीले मोदीको उक्त प्रस्तावलाई स्वीकार्न नसक्नु पनि रहेको स्रोतले बतायो । यसअघि प्रधानमन्त्री निर्वाचनको अघिल्लो दिन असोज २३ गते राति ‘रअ’ का पूर्वअधिकारी एबी माथुरले ओलीलाई भेटी हिन्दु धर्म स्वीकार्नुपर्ने बताएका थिए ।

राप्रपा नेपाल संसदीय दलका प्रमुख सचेतक दिलनाथ गिरीले प्रधानमन्त्री ओलीको भ्रमणका क्रममा संयुक्त विज्ञप्ति जारी नहुनुमा दुई देशका प्रधानमन्त्रीबीच भएको एकल वार्तामा हिन्दु धर्मको एजेन्डा पनि रहेको बताए । उनले अन्नपूर्णसँग भने, ‘आधिकारिक रूपमा त्यसबारे केही भन्न सक्दिनँ तर मलाई ओलीको भ्रमण सम्बन्धमा आएका सूचना र चर्चाका विषय भने हिन्दु धर्ममा कुरा नमिलेकाले संयुक्त विज्ञप्ति जारी हुन सकेन भन्ने छ ।’

उपप्रधान तथा परराष्ट्रमन्त्री कमल थापा नेपालमा हिन्दु धर्म कायम गराउन वकालत गर्दै आएका आर्ट अफ लिभिङका संस्थापक तथा भारतीय प्रधानमन्त्री मोदीका सहयोगी धर्मगुरु रविशंकरको निमन्त्रणामा मार्च १२ मा दिल्ली जाने कार्यक्रम तय भइसकेको स्रोतले बतायो । स्रोतका अनुसार ग्लोबल लिडरसिप कार्यक्रममा वक्ताका रूपमा थापालाई रविशंकरले निमन्त्रणा गरेका हुन् । अन्नपूर्ण पोष्ट डटकममा समाचार छ ।

खुमबहादुर खड्काले बनाए ‘बार्गेनिङ’ समिति

काठमाडौं,फागुन १३ । आसन्न १३ औँ महाधिवेशनमा सभापतिका प्रत्याशी कार्यबाहक सभापति रामचन्द्र पौडेल र बरिष्ठ नेता शेरवहादुर देउवाले भेटेरै आफूलाई सहयोग गर्न आग्रह गरेपछि कांग्रेस नेता खुमबहादुर खड्काले कसलाई सहयोग गर्ने भन्ने निर्णय लिन तीन सदस्यीय समिति बनाएका छन्।

उनले आफूनिकट नेताहरुसंग बुधवार छलफल गरी आफ्नौ संयोजकत्वमा केन्द्रीय सदस्यद्वय पुष्पा भुसाल र शंकर भण्डारी रहेको समिति बनाएका हुन्। खड्का पक्षीय नेताहरु नवलपराीमा विष्णु लामिछाने, दाङमा कीर्तिबहादुर खड्का, सर्लाहीमा नगेन्द्र राय, मकवानपुरमा इन्द्र बानिया जिल्ला सभापतिमा निर्वाचित भएका छन्। जिल्ला अधिवेशन नभएको सिन्धुपाल्चोकका सभापति मोहनबहादुर बस्नेत उनकै पक्षमा छन्। नयाँ पत्रिका दैनिकमा समाचार छ।

सांसद अमरेशकुमार सिंह र केन्द्रीय सदस्य अजय चौरासिया पनि खड्काकै पक्षमा छन्। समितिले सभापतिका उम्मेदवार कार्यबाहक सभापति पौडेल र नेता देउवासंग छलफल गर्नेछ।

भावना बुझीदेउ मनको चाहना तिमि जीवनको(भिडियो )

Click here to view the embedded video.

विमान दुर्घटना:१९ जनाको शव भेटियो,दुर्घटनास्थलमा हिमपात,हेलिकोप्टर जान सकेन

म्याग्दी,फागुन १२ । तारा एयरको विमानमा  विमान दुर्घटना भएको ठाउँ म्याग्दीको दाना गाविस– २ स्थित सोलीघोप्टे भिरमा १९ यात्रुको शव फेला पारिएको छ । नाम ठेगाना खुल्न नसकेका दुई बालबालिकाको शव चिन्न सकिने भएपनि अन्य यात्रुको शव डढेको अवस्थामा फेला परेको छ । भिरमा ठोक्किएर दुर्घटना भएको विमान पूरै जलेको र शव यत्रतत्र छरिएर रहेका घटनास्थल पुग्नुभएका इलाका प्रहरी कार्यालय दानाका प्रहरी जवान विजय शर्माले जानकारी दिए ।

“शव सङ्कलन गर्न हिमपातका कारण कठिनाइ भइरहेको छ,” उहाँले भन्नुभयो । दुर्घटनास्थलमा झरीसँगै हिमपात भइरहेकाले उद्धारका लागि आएको नेपाली सेनाको हेलिकोप्टर अवतरण गर्न नसकेर फर्किएको छ ।

अहिले घटनास्थलमा प्रहरी र स्थानीयवासीको टोली सक्रिय छ । सेनानी सञ्जीव दाहाल नेतृत्वको नेपाली सेनाको ३० जनाको टोली एक घन्टा वरको दाना गाविसकै हार्मेमा शिविर खडा गरेर बसेको छ । “तत्काल खोँचमा अन्य शव खोज्न सकिने स्थिति छैन,” प्रहरी जवान शर्माले भन्नुभयो ।

दाना प्रहरी चौकीका प्रहरी जवान फुलकुमार थापा र स्थानीय बासिन्दाले आज दिउँसो सम्पर्कविहीन विमान फेला पारेका थिए । आज बिहानै उद्धारका लागि गएका प्रमुख जिल्ला अधिकारी सागरमणि पाठक, प्रहरी नायब उपरीक्षक विश्वराज खड्कासहितको टोली अझै दुर्घटनास्थलमा पुग्न सकेको छैन ।

तारा एयर दुर्घटना: अधुरै रह्यो विवाहको तयारी

काठमाडौं,फागुन १२ । तारा एयरकाे ९ए-एएचएच दुर्घटनामा निधन भएका सहपाइलट डिकेश नम्कुल ललितपुर पाटन निवासी हुन्। २९ वर्षीय उनले एक वर्षअघि मात्र तारा एयरमा काम थालेका थिए। रमाइला स्वभावका दीकेशले सन् २०१४ मा साउथ अफ्रिकाबाट उडान कोर्स सिध्याएर फर्किएका थिए।

एक हप्ता अगाडि उनले साथीहरूसँग चिसापानी हाइकिङ जाने योजना बनाएका थिए। ‘हामी चिसापानी हाइकिङ जाने योजना हुँदा गत हप्ता कुराकानी भएको थियो। मेरो र उसको फुर्सद नमिल्दा जान पाएनौं,’सहपाइलट डिकेशका साथी दीपेन शाक्यले  भने, ‘अब कसरी हाइकिङ जानेर खै? त्यही कुराकानी अन्तिम बन्न पुग्यो।’

दुई दिदी र एक बहिनीका डिकेश एक्ला भाइ हुन्। ललितपुर माध्यमिक विद्यालयबाट एसएलसी सिध्याएका उनी साथीभाइबीच रमाइलो र हाँसी मजाक गर्ने व्यक्तिकाे रूपमा परिचित थिए। नेवार समुदायको पकड भएको पाटनमा जन्मी, हुर्की गरे पनि उनलाइ नेवारी बोल्न गाह्रो लाग्थ्यो। सधैँ रमाइलो गर्नुपर्ने उनी जोक सुनाउनलाइ भने नेवारी भाषा प्रयोग गर्थे।

‘हामी नेवारी टोलमा हुर्किएका साथीहरुको ६ जनाको समूहमा डिकेशलाई मात्र स्पष्ट नेवारी बोल्न आउँदैन थियो। साथीहरुलाई हसाँउनुपर्दा अप्ठ्यारी गरी नेवारी बोल्ने गर्थ्यो,’अर्का साथी सुदर्शन शाक्यले सम्जिए। आमा सहितको परिवारमा बस्ने उनको केही समययता विवाहको तयारी हुँदै थियो।
-nagariknews.com

‘पार्टी बिभाजन गर्नेलाई सिंगो नेतृत्व सुम्पिन सकिन्न’-पौडेल
काठमाडौं,फागुन १२ । नेपाली कांग्रेसको १३ औँ महाधिवेशनवठ नेतृत्व हत्याउने दाउमा लागेका  संस्थापन पक्षको रामचन्द्र पौंडेल र बरिष्ठ नेता शेरवहादुर देउवापक्ष बीच छुट्टा–छुट्टै गोप्य भेला सुरु भएको छ । महाधिवेशन आउन एक साता मात्रै बाँकी रहँदा नेतृत्वको विषयलाई लिएर दुवै पक्षले  छलफल र गोप्य भेलालाई तिब्रता दिएका छन्।

संस्थापन पक्षबाट सभापतिका उम्मेदवार समेत रहेका कार्यबाहक सभापति रामचन्द्र पौडेलले झन्डै दुई दर्जन जिल्ला सभापति तथा महाधिवेशन प्रतिनिधिहरुसंग छलफल गरेका छन् भने बरिष्ठ नेता देउवाले पनि बुधवार महाधिवेशन प्रतिनिधि र जिल्ला सभापतिहरुसंग छलफल गरिरहेका छन्।
केही दिन यता गोप्य बैठक तथा भेला गर्दै आएको देउवा पक्षले बुधवार फेरि जिल्ला सभापति र महाधिवेशन प्रतिनिधिहरुसंग छलफल गरेका हुन्। छलफलमा केन्द्रीय सदस्यहरु देखि लिएर उनी निकट शीर्ष नेताहरु पनि सहभागी भएका छन्।

यसअघि बानेश्वरको अल्फाविटा कम्पलेक्समा मंगलबार राति अबेरसम्म चलेको पौडेल पक्षीय जिल्ला सभापति तथा महाधिवेशन प्रतिनिधिहरुको भेलामा बोल्ने अधिकांश नेताहरुले पार्टीलाई एक बनाउनु पर्नेमा जोड दिँदै संस्थापन पक्षबाट एउटामात्रै सभापतिको उम्मेदवार बनाउनु पर्ने धारणा राखेका थिए। भेलाको संयोजन पौडेल निकट काभ्रे जिल्ला सभापति मधु आचार्यले गरेका थिए। केन्द्रीय सदस्य गगन थापा समेत सहभागी भएको भेलामा बोल्ने जिल्ला सभापति तथा महाधिवेशन प्रतिनिधिहरुले पार्टी सभापतिमा रामचन्द्र पौडेललाई नै अघि सार्नु पर्नेमा जोड दिँदै संस्थापन पक्ष एकताबद्ध भएर अघि बढ्नु पर्ने बताएका थिए।

भेलामा सवैभन्दा धेरै बेर बोलेका काभ्रे जिल्ला सभापति मधु आचार्यले अबको पार्टी सभापति रामचन्दै पौडेल नै भएको दाबी गर्दै उनलाई सहयोग गर्न सक्रिय हुनु पर्नेमा जोड दिएका थिए। आचार्यले सभापति सुशील कोइरालाको निधनपछि संस्थापन पक्षको दोस्रो नेता पौडेल नै भएकाले सभापतिको उम्मेदवार को भन्ने विषयमा अन्योलतामा रुमलिनु पर्ने स्थिति नभएको बताए। उनले कोइरालाको निधनसँगै संस्थापनको नेता रामचन्द्र नै भएकाले उनकै नेतृत्वमा चुनावमा जानका लागि टिम बनाउनु पर्नेमा जोड दिएका थिए।

उनले सवै महाधिवेशन प्रतिनिधिहरुको जोड पौडेलनै सभापति हुनु पर्छ भन्नेमा रहेकाले पौडेललाई विजयी बनाउने उदेश्यका साथ सवै जिल्ला सभापति र महाधिवेशन प्रतिनिधि लाग्नु पर्नेमा जोड दिएका थिए।  आचार्यले हिजो पार्टी विभाजन गरेर जाने बरिष्ठ नेता शेरवहादुर देउवा पक्षलाई नेतृत्व सुम्पन नसकिने समेत बताएका थिए। आचार्यको भनाई उद्रित गर्दै स्रोतले भन्यो–हिजो सिंगो पार्टी विभाजन गरेर जाने शेरवहादुर देउवा समूहलाई सिंगो पार्टी बुझाउनु हुँदैन। पार्टीलाई त्यसबाट जोगाउनु पर्छ। विभाजन गर्ने समूहमा पार्टीको नेतृत्व पुगे पार्टी समाप्त हुन्छ। त्यसैले हिजो संस्थापन पक्षमै रहेका नेता पौडेललाई नै सभापति बनाएर पार्टी एक बनाउनुपर्छ।’

भेलामा सहभागी भएका तनहुँ जिल्ला सभापति बैकुन्ठ न्यौपानेले पनि अब नीतिगत कुरा गर्ने बेला नभएको भन्दै पौडेललाई जिताउन लाग्नु पर्नेमा जोड दिएका थिए। उनले पनि सभापतिमा पौडेल जस्तो क्रियाशील मान्छे पार्टीलाई आवश्यक रहेको भन्दै सवै क्रियाशील समूह पौडेलको पक्षमा लाग्नु पर्ने बताएका थिए। न्यौपानेले पार्टी नीतिमा भन्दा नेतामा बढी केन्द्रीत रहेको भन्दै चुनाव प्राविधिक कुरा भएकाले तयारीलाई तिब्रता दिनु पर्नेमा जोड दिएका थिए।

भेलामा बोलेका उदयपुर सभापति डिल्ली बस्नेतले पनि हिजो पनि आफूहरु संस्थापन पक्षमै रहेको र अहिले पनि संस्थापन पक्षमै रहेकाले पौडेललाई सभापतिको साझा उम्मेदवार बनाउनु पर्नेमा जोड दिए। उनले महाधिवेशनलाई लिएर संस्थापन पक्षभित्रै गुटउपगुट फेरि मौलाएको भन्दै एकताबद्ध भएर चुनावमा जानु पर्ने धारणा राखेका थिए।

भेलामा कास्की सभापति कृष्ण केसीले पनि संस्थापन पक्षको नेता पौडेल नै भएकाले विवाद गरिराख्नु पर्ने कारण नरहेको बताए। उनले संस्थापन पक्षको निर्विकल्प सभापतिको उम्मेदवार पौडेल नै भएको दाबी गरे। उनले सभापतिमा पौडेललाई जिताउन संस्थापन पक्ष एकताबद्ध भएर लाग्नु पर्नेमा जोड दिएका थिए।

सुर्खेत सभापति कमलराज रेग्मीले पनि संस्थापन पक्षबाट पार्टीको नेतृत्व अब पौडेलले नै गर्ने बताए। रेग्मीले पार्टी नीति प्रधानभन्दा पनि नेता प्रधान भएको भन्दै त्यसलाई सच्याउनु पर्नेमा जोड दिए। उनले भने–पार्टी नेताप्रधान भयो, नीति प्रधान हुन सकेन। सवैले नीतिभन्दा पनि नेतृत्वमा जोड दिएका छन्। तर यस्तो प्रवृत्तिले पार्टीलाई अगाडि बढ्न सहयोग गर्दैन। यस्तो काम बन्द गर्नुपर्छ।’ उनले संस्थापन पक्षबाट सबैलाई मिलाएर अघि बढ्न सक्ने क्षमता पौडेलसंग मात्रै रहेकाले उनकै नेतृत्वमा सवैलाई मिलाएर अघि बढ्नु पर्नेमा जोड दिएका सेतोपाटी डटकमले समाचार लेखेको छ ।

तारा एयर दुर्घटनामा पाइलट सहित २३ जनाको मृत्यु

पोखरा,फागुन ११ । पोखराबाट जोमसोमका लागि उडेको तारा एयरमा सवार चालक दलका ३ सदस्य र २० यात्रु सबैको मृत्यु भएको पुष्टि भएको छ।  विमानमा भएका सबै यात्रुको जलेर मृत्यु भएको पुष्टि भएको हो ।
पोखराबाट जोमसोमका लागि उडेको तारा एयरको बिमानमा चालक, एयर होस्टेस सहित २३ जनाको मृत्यु भएको छ ।

विमानमा रहेका यात्रुहरुको नामावलीः
लेप्साङ लामा, राजकुमार तामाङ, रेवती बराल, देवीजंग गुरुङ, बालकृष्ण राउत, मुक्तिनाथ बास्तोला, फेन्जोक गुरुङ, विनिता भट्टचन, कृष्णलाल भट्टचन, मोतीबहादुर केसी, पवित्रा केसी, दीलकुमारी गौचन, कान्छा परियार, लक्ष्मी हिराचन, बालक, कमला थकाली, विदेशी नागरिक अहमत र एक जना बालक पनि बिमानमा रहेका थिए ।

Tuesday, February 23, 2016

उपत्यकालाई सडक बालबालिकामुक्त बनाइने

काठमाडौं,फागुन १२ । सरकारले उपत्यकाका काठमाडौ, भक्तपुर र ललितपुरलाई सडक बालबालिकामुक्त सहर बनाउने भएको छ । महिला बालबालिका तथा समाजकल्याण मन्त्रालयले उपत्यकाका सडकलाई सडक बालबालिकामुक्त सहर बनाउने गरी गृहकार्य गरेको आजको नयाँ पत्रिका दैनिकमा समाचार छ ।
केन्द्रीय बालकल्याण समिति काठमाडौ, काठमाडौ महानगरपालिका ,नेपाल प्रहरीको बालबालिका सम्बन्धी युनिट तथा बालबालिकाका क्षेत्रमा कार्यरत संघसस्थाहरु संग आवश्यक छलफल गरी कार्ययोजना बनाउने कार्य भइरहेको मन्त्रालयका सचिव मधुप्रसाद रेग्मीले जानकारी दिए ।

घुसकाण्डमा तानिँदै प्रहरी,दस महिनामा १ हजार ५९ प्रहरी कारबाहीमा

काठमाडौं,फागुन १२ । सुरक्षा साटो कमाउधन्दामा लागेको आरोपमा त्रिभुवन विमानस्थल सुरक्षा गार्डका एसपी विकास खनाल अनुसन्धान दायरामा तानिए । आर्थिक चललेखमा सक्रिय भएको उजुरीपछि प्रहरी प्रधान कार्यालयले माघ २१ मा हेडक्वाटर तानेर उनीमाथि अनुसन्धान अघि बढाइरहेको आजको नागरिक दैनिकमा समाचार छ ।

जिल्ला प्रहरी कार्यालय, बर्दियाको अपराध अनुसन्धान शाखामा कार्यरत प्रहरी नायब निरीक्षक नरबहादुर विक सेवाग्राहीसंग घुस लिँदालिँदै प्रक्राउ परेपछि त्यहाँका एसपी गोविन्द परियारसमेत हेडक्वाटर तानिए ।
अख्तियार दुरुपयोग अनुसन्धान आयोगले विकलाई एक लाख ५० हजार सहित पक्राउ गरी अनुसन्धान गदौ परियारसमेत जोडिएपछि प्रधान कार्यालयले उनलाई तत्काल हेडक्वाटर तथानेर आफूले समेत अनुसन्धान अगाडि बढाएको हो ।

प्रहरीबाट हुने आर्थिक अनियमिताले संगठनकै बदनाम भएपछि प्रहरी प्रधान कार्यालयले आर्थिक अनियमितताविरुद्ध शून्य सहनशीलताको नीति ल्याएको चार वर्ष आघिसक्यो ।
तर, यो अवधिमा उक्त नीतिको प्रभावकारिता नै शून्यझै हुन पुगेको छ । पछिल्लो दस महिनामा एसएसपीदेखि प्रहरी जवानसम्म १ हजार ५९ प्रहरी कारबाहीमा परेका छन् ।

महाधिवेशनका लागि सांसदको सहयोग १५ हजार मात्रै

काठमाडौं,फागुन १२ । कांग्रेसले आसन्न १३औं महाधिवेशनका लागि आर्थिक संकलन थालेको छ । यसपटक महाधिवेशनमा करिब ५ करोड लाग्ने अनुमान कांग्रेसको छ । त्यसमा पार्टीको आन्तरिक स्रोतबाट साढे २ करोड र बाँकी बाहय स्रोतबाट चन्दा उठाएर महाधिवेशन सम्पन्न गर्ने तयारी छ ।

कांग्रेसले महाधिवेशन खर्च जुटाउन पार्टीकै सांसद र महाधिवेशन प्रतिनिधिबाट करिब साढे २ करोड उठाउने भएको छ । थप साढे २ करोड रकम चन्दाबाट उपलब्ध हुने उसले जनाएको छ ।

कांग्रेसमा २०८ सांसद छन् । पूर्वअर्थमन्त्री रामशरण महतको संयोजकत्वमा रहेको अर्थ संकलन समितिले हरेक सांसदबाट १५ हजार तथा सांसदसमेत रहेका केन्द्रीय सदस्यबाट २० हजार रुपैयाँका दरले लेबी उठाउने भएको छ । कान्तिपुर दैनिकमा समाचार छ – यसबाट ३० लाखभन्दा बढी रकम उठ्ने अनुमान गरिएको छ ।

एसिया कप क्रिकेट प्रतियोगिता आजदेखि,यस्तो छ खेल तालिका

काठमाडौं,फागुन १२ । एसिया कप क्रिकेट प्रतियोगिता आजदेखि सुरु हुदैछ । बंगलादेशमा हुने खेलमा आज आयोजक बंगलादेश र भारतबीच प्रतिस्पर्धा हुदैछ । एसिया कपमा यसपालि एसियाका पाकिस्तान, भारत, श्रीलंका, बङ्लादेश र युएई गरि जम्मा पाँच देशले सहभागिता जनाउदै छन् । युएई क्वालिफायर मार्फत मुख्य प्रतियोगिताको लागि छनोट भएको हो । एसोसियट राष्ट्रहरु अफगानिस्तान, युएई, ओमान र हंगकंगबीच राउण्ड रोबिन आधारमा छनौट प्रतियोगिता भएको थियो । राउण्ड रोबिन लिगको आधरमा हुने प्रतियोगिताको ओपनिङ खेलमा भोलि आयोजक बङ्लादेश र भारत भिड्नेछन् ।

मुख्य प्रतियोगिता पनि राउण्ड रोबिन लिग कै आधरमा हुनेछ र शिर्ष स्थानमा रहने २ टोलीले उपाधिका लागि प्रतिस्पर्धा गनर छन् । सबै खेल बंगलादेशको शेरे बंगला रंगशालामा नेपाली समय अनुसार बेलुका ७:१५ बजे सुरु हुनेछ । एसिया कप पहिलो पटक टि २० मा हुदैछ । यसअघिका संस्करण ५० ओभरको हुन्थ्यो ।
यस्तो छ खेल तालिका ।
२४ फरवरी भारत – बांग्लादेश
२५ फरवरी श्रीलंका – युएई
२६ फरवरी बंगलादेश – युएई
२७ फरवरी भारत – पाकिस्तान
२८ फरवरी बंगलादेश – श्रीलंका
२९ फरवरी पाकिस्तान – युएई
१ मार्च भारत – श्रीलंका
२ मार्च बंगलादेश – पाकिस्तान
३ मार्च भारत – युएई
४ मार्च पाकिस्तान – श्रीलंका
६ मार्च – फाइनल

दुई पक्षको विवादले एमालेका विभाग अलपत्र

काठमाडौं,फागुन १२ । संविधान जारी भएलगत्तै एमालेले ३२ वटा केन्द्रीय विभागलाई पूर्णता दिने तयारी थालेको थियो । केन्द्रीय सचिवालय सचिव प्रदीप ज्ञवालीले विभागीय प्रमुखलाई सदस्यको नाम बुझाउन पत्राचार गरेका थिए । तर, असोजदेखि सुरु भएको तयारी केन्द्रीय सचिवालय र स्थायी समितिको एजेन्डा अझै बनेको छैन । महाधिवेशन सकिएको १९ महिना बितिसक्दा पनि संस्थापन पक्ष र नेपाल पक्षबीच सहमति नहुँदा विभागहरुलाई पूर्णता दिने प्रक्रिया लम्बिएको हो ।

एमाले शीर्ष नेताहरुबीच २५ पुसमा विभाग गठन टुंग्याउने गरी स्थायी समिति बैठक बोलाउने सहमति भएको थियो । तर, १६ मंसिरपछि ६ माघमा बसेको स्थायी समिति बैठक प्रधानमन्त्रीको भारत भ्रमणबारे संक्षिप्त छलफल गरेर सकियो, आजको नयाँ पत्रिका दैनिकमा खबर छ ।

राष्ट्रिय परिचयपत्र लागू गर्न सरकार असफल,८६ करोड अनुदान गुम्ने खतरा

काठमाडौं,फागुन १२ । राष्ट्रिय परिचयपत्र लागू गर्न सरकार असफल भएपछि दातृनिकायबाट प्राप्त ८ मिलियन अमेरिकी डलर अनुदान सहायता गुम्ने अवस्थामा पुगेको छ । पूर्वप्रतिबद्धताअनुसार राष्ट्रिय परिचयपत्रका रुपमा बायोमेट्रिक स्मार्ट कार्ड लागू गर्न सरकार विफल बनेपछि एसियाली विकास बैंक (एडिबी)बाट प्राप्त करिब ८६ करोड रुपैयाँ अनुदान सहयोग गुम्ने स्थिति आएको हो ।

फागुन १६ भित्र स्मार्टकार्डको काम अघि नबढे एडिबीले अनुदान सहायतासम्बन्धी सम्झौता रद्द गर्नेछ । त्यसपछि उक्त काम सञ्चालनमा आए त्यसको सम्पूर्ण खर्च सरकारले बेहोर्नुपर्ने हुन्छ ।

संसद्को सार्वजनिक लेखा समितिको निर्देशनपछि गृह मन्त्रालयअन्तर्गको राष्ट्रिय परिचयपत्र व्यवस्थापन केन्द्रले एडिबीसँगको सम्झौताअनुसार कुनै पनि काम अघि बढाएको छैन । स्मार्टकार्ड लागू गर्ने सम्बन्धमा केन्द्रले परामर्शदाता र कम्पनी छनोट गरिसकेको थियो ।

सोही आधारमा एडिबीले २ स्विस परामर्शदाता पनि चयन गरिसकेको थियो । तर, सो जिम्मेवारी आर्थिक प्रलोभनमा परेर विदेशी कम्पनीलाई दिन लागिएको तथा राष्ट्रिय सुरक्षामा समेत खतरा उत्पन्न हुनसक्ने भन्दै उजुरी परेपछि केन्द्रले सबै प्रक्रिया स्थगन गरेको आजको कारोबार दैनिकमा खबर छ ।

मधेस आन्दोलनले ऋणमा डुब्यो मोर्चा,कति छ ऋण ?

काठमाडौं,फागुन १२ । तराई –मधेस आन्दोलन क्रममा घाइतेको उपचार खर्च सरकारले नदिँदा संयुक्त लोकतान्त्रिक मधेसी मोर्चालाई करिब ३७ लाख रुपैयाँ ऋण लागेको छ । नयाँ संविधानप्रति विमति जनाउँदै ६ महिनादेखि जारी आन्दोलनमा घाइतेको काठमाडौंमा उपचाररतका हकमा मात्रै उक्त रकम बराबरको ऋण लागेको हो ।

सद्भावना पार्टी अध्यक्ष राजेन्द्र महतोले आन्दोलन क्रममा घाइतेलाई खर्च दिने प्रतिबद्धता गर्ने सरकारले आफ्नै निर्णय कार्यान्वयन नगर्दा घाइतेले अझै उपचार खर्च नपाएको बताए । आजको नागरिक दैनिकमा खबर छ ।

भुजको जस्तै नेपालमा पनि छिट्टै पुनःनिर्माण गर्ने प्रधानमन्त्रीको प्रतिबद्धता

गुजरात, फागुन ११ । भुकम्प पछिको पुनःनिर्माणको नमुनाको रुपमा रहेको भारतको गुजरात राज्यको भुजमा गएर प्रधानमन्त्री केपी शर्मा ओलीले भुजको जस्तै नेपालमा पनि छिट्टै पुनःनिर्माण गर्ने प्रतिबद्धता ब्यक्त गरेका छन । भुजको भिमासर जिल्लामा आयोजना गरिएको कार्यक्रममा बोल्दै ओलीले भुजमा भएको पुनःनिर्माण अभियानबाट आफू प्रभावित मात्र नभई धेरै सिकेको भन्दै आफ्नो भुजसँग साईनो गासिएको बताए ।
उनले आफू बुद्ध र पशुपति नाथको देशबाट आएको उल्लेख गर्दै ऋषि मुनीको देश नेपालको भ्रमण गर्न निम्ता पनि गरे । ओली आफूलाई जन्मदिनको दिन भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी र उनकी आमाले सुभकामना दिएको उल्लेख गर्दै मोदीले मात्रै नभई मोदीको जन्मभूमि गुजराजमा समेत आफूलाई स्वागत भएकोमा खुसी ब्यक्त गरे ।

आफ्नो भ्रमणले नेपाल भारत सम्बन्ध नयाँ उचाईमा पुगेको उल्लेख गर्दै उनले भने,‘ नेपाल भारत सम्बन्ध गाढा छ, हरेक क्षेत्रमा छ, छुट्टीनै सकिदैन । अनुहार र भाष पनि एउटै छ । मैले गुजरातमा नेपाली पन देखे । उनले नेपालमा समावेशी संविधान जार िभएपछि अब विकास र पुनःनिर्माणको यूग सुरु भएको भन्दै भारतीय लगानीकर्ताहरुलाई नेपालमा लगानी गर्न आब्हान गरे ।
प्रधानमन्त्रीले भुजमा रहँदा त्यहाँका जनताहरुलाई भेट्नुका साथै पुनःनिर्माण भएका घर घरमा गएर त्यसको अवलोकन गरेका थिए ।

गुजरातमा ओलीको सम्मान,नेपाली झण्डाको अपमान

काठमाडौं,फागुन ११ । प्रधानमन्त्री केपी शर्मा ओलीको स्वागतको नाममा भारतले नेपाली झण्डाको अपमान गरेको छ । भारत भ्रमणमा रहेका प्रधानमन्त्री केपी ओली गुजरातमा भएको भूकम्पपछिको पुनर्निर्माण अवलोकनका भुज पुगेका ओलीलाई स्थानीयले बाजागाजासहित स्वागत गरेपनि ठाँउ ठाँउमा रायखिएको झण्डाको भने अपमान गरेको हो ।

भारत भ्रमणको पाँचौ दिन ओली गुजरातका विभिन्न भागको अवलोक गर्न गुजरात राज्यमा पुग्दा ओलीलाई गुजरातका गभर्नर ओपी कोह्लीले भुज विमानस्थलमा स्वागत तथा अभिवादन गरेका थिए । भारतको गुजरात मोदीले राजनीतिक उठान गरेको क्षेत्र हो ।

गुजरातलाई भारतको विकासको केन्द्र समेत मानिन्छ । मोदीकै सक्रियता र आग्रहमा ओली गुजरात पुगेका हुन् । ओलीको स्वागतमा गुजरातमा राखिएको जण्डा नै उल्टो पारिएको र झण्डा नै गलतरुपमा तयार गरिएको देखियो । तीन कुने नेपाली झण्डालाई सामान्य चार कुनेरुपमा तयार पारिएको छ । गुजरातमा पुगेका ओलीले भूकम्पपछि पुनस्थापना भएका बस्तीको अवलोकन समेत गरेका छन् । ओली गुजरात पछि मुम्बई पुग्दै छन् । ओलीले मुम्बईमा बलिउड कलाकारसँग भेटघाट गर्ने कार्यतालिका रहेको नेपाली दूतावासले जनाएको छ ।

पदक विजेता खेलाडीलाई जुडोको सम्मान

काठमाडौं,फागुन ११ । भारतको गुहाटी र सिलोङ्गमा सम्पन्न १२ औं दक्षिण एशियाली खेलकुदमा जुडोमा पदक विजेता खेलाडी, प्रशिक्षक तथा ब्यवस्थापकहरुलाई नेपाल जुडो संघले नगद सहित सम्मान गरेको छ । त्रिपुरेश्वरस्थित ओलम्पियन सेमी कभर्डहलमा आयोजित कार्यक्रममा प्रमुख अतिथी राष्ट्रिय खेलकुद परिषदका सदस्य सचिव केशव कुमार विष्टले नगद प्रदान गरे ।

संघले स्वर्ण विजेतालाई ५० हजार, रजत विजेतालाई ३० हजार र कास्य विजेतालाई २० हजार प्रदान ग-यो । स्वर्ण पदक प्राप्त गर्ने खेलाडीमा फुपु ल्हामु खत्री, रजत प्राप्त गर्नेमा लिला अधिकारी र मनिता श्रेष्ठ प्रधान रहेका छन् । यस्तै कास्य पदक प्राप्त गर्नेमा सरिता चौधरी, गंगा चौधरी, पुनम श्रेष्ठ, इन्द्र बहादुर श्रेष्ठ, रमेश मगर र शिव बहादुर बराम रहेका छन् ।

यस्तै प्रशिक्षकद्वय दलबहादुर गुरुङ्ग र ईन्द्र डंगोललाई जनही २० हजार र ब्यवस्थापक देवु थापा र गंगा बहादुर खड्कालाई जनही १५ हजार प्रदान गरिएको थियो । यसका साथै नेपाल जुडो संघका अध्यक्ष दीपक हर्ष बज्राचार्यले आफ्नो ब्यक्तिगत तर्फबाट बिजेता खेलाडी, प्रशिक्षक तथा ब्यवस्थापकलाई समेत करिव १ लाख ४ हजार बराबरको कार्पेट प्रदान गरेका थिए । यस्तै सोही अवसरमा प्रमुख अतिथी राष्ट्रिय खेलकुद परिषदक सदस्य सचिव केशव कुमार बिष्टलाई मायाको चिनो स्वरुप कार्पेट प्रदान गरिएको थियो ।
सो अवसरमा बोल्दै स्वर्ण पदक धारी फुपुले पदक जितेको क्षण जीवनकै अविस्मरणिय क्षण रहेको भन्दै आगामी दिनमा पनि राष्ट्रको लागि स्वर्ण पदक प्राप्त गर्न लालायित भएको बताईन् ।
कास्य पदकधारी रमेश मगरले आफुले राष्ट्रको लागि स्वर्ण पदक हासिल गर्ने मनाकाङछा रहंदा रहंदै पनि हात पार्न नसकेकोमा खिन्न भएको भन्दै उचित प्रशिक्षण प्राप्त गरेको खण्डमा स्वर्ण पदक प्राप्त गर्न सफल हुने बिश्वास ब्यक्त गरे ।
पुरस्कार वितरण कार्यक्रममा बोल्दै सदस्य सचिव बिष्टले सागमा प्राप्त मेडल नेपालका लागि उपहार भएको भन्दै सागकै आकर्षक खेल फुटबलले स्वर्ण पदक प्राप्त गर्दा राष्ट्रले खुसी मनाएता पनि सवै खेल समान रहेको बताए । उनले स्वर्ण पदकको संख्यालाई हेर्दा कमजोर देखिएता पनि समग्रमा हेर्दा सवै खेलाडीले आफ्नो कौशलतालाई पूर्ण रुपमा प्रयोग गरेको र स्वर्णलाई मात्र महत्व दिंदा अन्य खेलाडीलाई अन्याय हुने बताए । हामी आफ्नो तर्फबाट कमजोर नभई अन्य राष्ट्रले खेलकुदमा लगानी बढाएका र महत्व दिएका कारण खेलकुदमा प्रगती गरेकाले हामी भन्दाम अगाडी बढेको बताए । पराजित खेलाडीहरुले पनि आफ्नो तर्फबाट सक्दो मेहनत गरेका छन् । खेलडीकरुको मात्र कमजोरी नभई प्रशिक्षक, संघ, परिषद र राष्ट्रको समेत कमजोरी रहेकोमा उनले जोड दिए ।

‘हिम्मतवाली’ हिरो सुदर्शन बन्दै ‘हिम्मतवाला’

काठमाडौं । ‘हिम्मतवाली’ चलचित्रमा अभिनय गरेपछि चौतर्फी तारिफ र चर्चा बटुलेका नायक सुदर्शन गौतम अब नयाँ चलचित्रबाट फेरी दर्शकमाझ आउने भएका छन् । क्यानडा र अमेरिकामा छायांकन हुने उक्त चलचित्रको नाम ‘हिम्मतवाला’ हुन सक्ने बताइएको छ । चलचित्रलाई पुराना अभिनेता ईश्वर थापा र अर्का पुराना निर्देशक एवं कलाकार हरी शिवाकोटीले मिलेर निर्माण गर्नेछन् । खबरका अनुसार उक्त चलचित्र ईश्वर थापाले निर्देशन गर्नेछन् । चलचित्रमा नायक सुदर्शन गौतम मुख्य भुमिकामा देखिने पक्का भइसकेको छ भने चलचित्रको लागि हाल नायिकाको खोजी भइरहेको र केहि दिन भित्रै नायिकाको पनि छनोट हुने निर्माता मध्यका एक हरी शिवाकोटीले जानकारी दिए ।

मार्चको दोस्रो हप्ताबाट छायांकन सुरु हुने तयारीमा रहेको यो चलचित्रमा खलनायक पुष्कर भट्ट पनि मुख्य भुमिकामा देखिदैंछन् । हाल पुष्कर यहि चलचित्रको शिलशिलामा क्यानडामा छन् भने चाँडै उनी अमेरिका प्रस्थान गर्ने कार्यक्रम रहेको छ । खबरका अनुसार चलचित्रको विषयमा केहि दिन भित्रै औपचारिक जानकारी दिने तयारीमा निर्माण यूनिट रहेको क्यानडाबाट कलाकार पुष्कर भट्टले जानकारी दिए । हिम्मतवाला नाम दिइएको यस चलचित्र पारिवारिक कथामा एक्शन तथा पूर्ण कमर्सियल रहने भट्टले खुलासा गरेका छन् ।

सभापतिको निधन शंकास्पद र अस्वाभाविक भन्दै कांग्रेस केन्द्रीय सदस्य आक्रोशित

काठमाडौं, फागुन ११ ।  पार्टीको १३ औं महाधिवेशनको तयारी तथा विधान संशोधन लगायतका विषयमा छलफल गर्नको लागि बोलाईएको वैठक १३ गते सम्मको लागि स्थगित भएको छ । मंगलबार बसेको केन्द्रीय समिति बैठकमा बोल्दै केन्द्रीय सदस्य पार्टी सभापति सुशील कोइरालाको निधनमा पार्टी र राज्य मौन रहेको भन्दै केन्द्रीय सदस्य आक्रोशित हुदै स्पष्टिकरण दिन माग गरेका छन् ।

बैठकमा बोल्दै केन्द्रीय सदस्य सूर्यमान गुरुङले भने दुई घण्टा अघिसम्म राम्ररी कुरा गरेका सभापतिको २ घण्टापछि निधन भएको खबर आएको बताए। ‘पार्टीको सभापति र देशको पूर्वप्रधानमन्त्रीको अप्रत्यासित निधनबारे पार्टी र राज्यले जवाफ दिनुपर्छ’ । कांग्रेसको १३ औं महाधिवेशन यही २० देखि २३ सम्म राजधानीमा हुँदैछ ।

कांग्रेस केन्द्रीय समिति बैठकमा बरिष्ठ नेता देउवा नै अनुपस्थित

काठमाडौं, फागुन ११ । पार्टीको आसन्न १३ औं महाधिवेशनको तयारी तथा विधान संशोधन लगायतका विषयमा छलफल गर्नको लागि बोलाईएको वैठकमा कांग्रेस बरिष्ठ नेता शेरवहादुर देउवा नै अनुपस्थित भएका छन्। काँग्रेसले अव अवलम्वन गर्ने निति तथा कार्यक्रमको मस्यौदालाई अन्तिमरुप दिन बोलाईएको वैठकमा आफ्ना भतिजा सन्दिप देउवाको निधन भएकाले नेता देउवा बैठकमा अनुपस्थित भएका हुन्। भतिजा सन्दिपको मंगलबार उपचारका क्रममा निधन भएको हो ।

ट्युमरबाट पीडित सन्दिपको २९ वर्षको उमेरमा उपचारका क्रममा चाबहिलस्थत चिरायु अस्पतालमा निधन भएको हो । सन्दिप नेता देउवाका काइला भाइ ललितवहादुर देउवाका कान्छा छोरा हुन्। पार्टीे केन्द्रीय महाधिवेशन सुरु हुन १० दिन मात्र बाँकी रहेपनि पदाधीकारी थप लगायतका विषयमा पार्टीका कार्यबाहक सभापति रामचन्द्र पौडेल र बरिष्ठ नेता शेरबहादुर देउवाबीच कुराकानी भएको छैन । कांग्रेसको १३ औं महाधिवेशन यही २० देखि २३ सम्म राजधानीमा हुँदैछ ।

छैटौं एस अन्तरकलेज महोत्सव हुने

काठमाडौं, फागुन ११ । विद्यार्थीहरुमा रहेको अन्तर्निहित प्रतिभा प्रस्फुटित गराउने उद्देश्यका साथ एस उच्च माध्यमिक विद्यालयको आयोजनामा ‘छैटौं अन्तरकलेज एस महोत्सव’ आयोजना हुने भएको छ ।
यहि फागुन १६ गते राजधानीको प्रज्ञा भवनमा सञ्चाल हुने प्रतियोगितामा काठमाडौं र ललितपुरका गरि २५ उच्च मावि र ए लेभलका ५०० भन्दा बढि छात्र छात्राको सहभागिता हुने एस कलेजकी सह प्राचार्य उद्घार श्रेष्ठले जानकारी दिनुभयो । पेप्सी, जुजु वेयर्श, वेनेली मोटरसाईकल, एडुकेशन डट कम, ग्यालेक्सी चकलेट र वाईवाई चाउचाउको प्रयोजन रहेको छ । श्रेष्ठका अनुसार प्रतियोगिताअन्तर्गत खेलकुद, नृत्य, गायन, वादविवाद, कथा, कविता, चित्रकारीता, फेशन शो, क्विज, ब्याण्ड प्रतियोगिता लगायतका १६ वटा विधा समावेश गरिएको छ ।
प्रत्येक विधाका विजेता हरुलाई आकर्षक नगद पुरस्कारका साथै मेडल, प्रमाण पत्र तथा आकर्षक उपहार प्रदान गरिने सेमत उहाँले जानकारी दिनुभयो । श्रेष्ठले भन्नुभयो, – यो प्रतियोगिताले उपत्यकामा रहेका कलेजहरु संग पनि सम्वन्ध प्रगाढ हुनुका साथै विद्यार्थीहरुमा समेत पूनर्ताजगी भई अध्यनमा रुचि बढ्ने हामीले विश्वास लिएका छौैं ।
यस किसिमको महोत्सवले विद्यार्थीको ब्यबहारिक शिक्षामा टेवा पुग्ने हुनाले कलेजले आगामी बर्षहरुमा समेत महोत्सवलाई जारी राख्ने जनाएको छ ।

फरार अभियुक्त २६ बर्ष पछी पक्राउ

सिरहा,फागुन ११ । सम्मानित जिल्ला अदालत सिरहाबाट कैद तथा जरिवाना सजाय भई फरार रहेका एक अभियुक्तलाई आज बिहान प्रहरीले पक्राउ गरेको छ । जिल्ला सिरहा असनपुर गाविस वडा नम्बर ३ बस्ने ५३ बर्षिय रामदयाल महतोलाई इलाका प्रहरी कार्यालय गोलबजारबाट खटी गएको प्रहरी टोलिले आफ्नै घरमा लुकेर बसिरहेको अवस्थामा बिहान ६:०० बजे पक्राउ गरेको हो।

पक्राउ परेका महतो उपर अदालतको मिति २०४५ साल चैत्र १ गतेको फैसलाले लागु औषध चरेश मुद्दामा चार महिना कैद सजाय भई फरार रहेका थिए। पक्राउ परेका महतोलाई आजै सम्मानित जिल्ला अदालत सिरहामा बुझाईएको इलाका प्रहरी कार्यालय गोलबजारका प्रमुख प्रहरी निरिक्षक संतोष निरौलाले जानकारी दिनुभएको छ।

Featured Post

माओवादी केन्द्रका तीन मन्त्रीमा महरालाई अर्थ, दुई नयाँ अनुहार

काठमाडौं,साउन २० । माओवादी केन्द्रका अध्यक्ष तथा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड नेतृत्वको सरकारमा पहिलो चरणमा तीन जना मन्त्री पठाउने भ...

Popular Posts