Thursday, December 31, 2015

यस्तो छ तपाईंको भविष्य (राशीफल) सन् २०१६ मा

काठमाडाैं । टेरो कार्ड अनुसार तपाईहरुको सन् २०१६ को भविष्य यस्तो छ ।

मेष
आफ्ना लागि समय निकाल्दै भविष्यको बाटो निर्धारण गर्नुहोला । आफ्नो कुशलताले अरूलाई मार्गदर्शन गर्नु आफ्ना लागि पनि लाभदायक हुनसक्छ । अरूको जीवनमा परिवर्तन ल्याउन सक्नुहुन्छ भने त्यो उत्तरदायित्व निर्वाह गर्दा मनमा सन्तोष प्राप्त हुनेछ । यो वर्षले जीवनमा थुप्रै अवसर जुट्नेछ, जसबाट जति लाभ लिन सकियो त्यति राम्रो हुन्छ । आफ्नो काममा केन्द्रित रहनुहोला । अहिले गरिरहेको कामबाट सन्तुष्ट हुनुहुन्न भने कार्यक्षेत्र परिवर्तन गर्ने बेला आइसकेको छ ।
कार्यक्षेत्र : कुनै पनि प्रकारका हानिबाट जोगिन निरन्तर सावधान रहनु पर्नेछ । कसैलाई पनि उधारो नदिनुहोला । लिएको उधारो पनि तिरिहाल्नु उपयुक्त हुन्छ ।
प्रेम : प्रेमी–प्रेमिकासँग राम्रो समय बिताउने अवसर जुटाउनेछ । अविवाहितहरूको विवाह हुनसक्छ ।
स्वास्थ्य : स्वास्थ्य सामान्य रहनेछ । पिठ्युँ वा जोर्नीको पीडाबाट पीडितहरूको समस्या बढ्न सक्छ ।

वृष
व्यवसायिक जीवन सन्तोषजनक रहनेछ भने निजी जीवनमा केही समस्या देखा पर्न सक्छ । अर्काको कुरामा ध्यान नदिएकै राम्रो । आफूलाई जे उचित लाग्छ त्यही गर्दा लाभ हुनेछ । आफ्ना कुरा व्यक्त गर्न अप्ठ्यारो मान्नुहुँदैन । यदि परिस्थिति प्रतिकूल छ भने संयमित रहनुमै लाभ छ । आफ्ना आवश्यकता कमभन्दा कम गर्नुहोला । आफ्नो क्षमतामा शंका नगरी आत्मविश्वासका साथ काम गर्दा लाभ मिल्नेछ । अरूको निन्दा गर्नु उचित हुँदैन । आफ्ना भावना खुलेर व्यक्त गर्दै राम्रो समयको प्रतीक्षा गर्नुमै भलो छ ।
कार्यक्षेत्र : हाकिमबाट पर्याप्त प्रशंसा पाइनेछ भने सहकर्मीहरूबाट पूरा सहयोग मिल्नेछ । आफ्नै व्यापार– व्यवसाय प्रारम्भ गर्ने अवसर जुर्न सक्छ ।
प्रेम : प्रेमी–प्रेमिकासँग रहँदा आफूलाई नियन्त्रणमा राख्नुहोला अन्यथा अवगालको सामना गर्नुपर्नेछ ।
स्वास्थ्य : स्वास्थ्य सामान्य रहनेछ । पुरानो रोगबाट मुक्ति पाइनेछ । मनलाई शान्त राख्नुहोला ।

मिथुन
स्वास्थ्यमा विशेष ध्यान दिनुपर्नेछ भने व्यवहारमा नम्रता ल्याउनु उपयुक्त हुन्छ । यदि कसैले चित्त दुखाएको छ भने उसलाई माफी दिनुमै कल्याण छ । यसरी माफी दिंदा आफ्नो मन पनि हल्का हुनेछ । हल्का मनले भविष्यका लागि महत्वपूर्ण निर्णय गर्न सकिनेछ । मेहनत र इमानदारीको फल अवश्य प्राप्त हुनेछ । भविष्यमा फेरबदल गर्नुपर्ने गरी कुनै पनि महत्वपूर्ण योजना नबनाउनु होला । अरूबाट कुनै पनि किसिमको आशा गर्नु उपयुक्त हुँदैन । त्यसले निराशा मात्र दिनेछ ।
कार्यक्षेत्र : अप्रत्याशित कारणहरूले काममा ढिलाइ हुनसक्छ । व्यर्थको चिन्ता नगरी आफ्नो काममा मेहनत गरिरहे अवश्य सफलता मिल्नेछ ।
प्रेम : प्रियजनसँग राम्रो समय बिताउने अवसर जुट्नेछ । स–साना कुराप्रति बे–वास्ता गर्नुहोला । आफ्नो मनलाई नियन्त्रणमा राख्नुपर्ने समय छ ।
स्वास्थ्य : स्वास्थ्यमा विशेष ध्यान दिनुपर्ने छ । कुनै रोगबाट पीडित हुनुहुन्छ भने चिकित्सकको सुझावअनुसार दैनिकी निर्धारण गर्नु लाभदायक हुन्छ ।

कर्कट
सकारात्मक सोच एवं दृष्टिकोण कायमै राख्नुहोला । मेहनतको फल प्राप्त हुनेछ । सुखद् समाचार सुन्न पाइनेछ । निजी समस्या एवं विवाहजस्ता कुरामा कुनै महत्वपूर्ण निर्णय लिनुअघि अग्रज वा विशेषज्ञको सल्लाह लिनु लाभदायक हुन्छ । कुनै पनि प्रकारको तनाव त्याग्नु नै श्रेयस्कर हुन्छ । पुराना कुराहरू बिर्सनुमै कल्याण छ । कुनै पनि काममा हतार नगर्नुहोला । पुराना कुराबाट शिक्षा लिएर नयाँ काममा हात हाल्नु लाभदायक सावित हुनेछ ।
कार्यक्षेत्र : आफ्नो ध्यान पूर्णरुपले काममा केन्द्रित गर्नुपर्ने समय छ । आफ्नो क्षमताको तुलना अरूसँग नगरी आफैंमा विश्वास कायम राख्नुहोला ।
प्रेम : प्रियजनसँग आशा राख्नु स्वभाविक हो, तर त्यस्तो आशा व्यवहारिक हुनुपर्छ अन्यथा सम्बन्धमा तिक्तता सिर्जना हुन सक्छ ।
स्वास्थ्य : स्वास्थ्यका लागि उठाइएका पाइलाहरू सही दिशातर्फ हुनेछन् । कुनै किसिमको अप्ठ्यारो महसुस हुँदा लापरबाही नगरी चिकित्सकसँग परामर्श लिनुहोला ।

सिंह
परिस्थिति अनुकूल रहनेछ । रोकिएका पुराना काम सम्पन्न हुनेछन् । जुन योजनामा मेहनत गरिरहनुभएको छ त्यसले इच्छित फल दिनेछ । कार्यक्षेत्रमा रहँदा पनि परिवारप्रतिको जिम्मेवारी नबिर्सनुहोला । परिवार एवं कार्यक्षेत्रबीच सन्तुलन कायम गर्नुपर्ने समय छ । यदि परिवारसँग कुनै प्रकारको मतभेद छ भने त्यसलाई कम गर्न पर्याप्त समय दिनुपर्नेछ । मनबाट सबै प्रकारका भय हटाउनुहोस् । त्यसले चाहेजस्तै परिवर्तन ल्याउनेछ ।
कार्यक्षेत्र : रोजगारीको क्षेत्र परिवर्तन हुनसक्छ, जुन लाभदायक सिद्ध हुनेछ । प्रगति एवं धनलाभको योग छ ।
प्रेम : प्रियजनसँग आफ्नो मनको कुरा निर्धक्क भएर गर्नुहोस् । प्रियजनबाट सोचेजस्तै सहयोग पाइनेछ ।
स्वास्थ्य स् सामान्यभन्दा राम्रो रहनेछ । स्वस्थ रहन गरिएका प्रयासहरू
फलदायी हुनेछन् ।

कन्या
कुनै पनि कुरामा अडेर बस्नुहुँदैन, चाहे त्यो पद, प्रतिष्ठा, धनदेखि लिएर नातागोता नै किन नहुन । व्यर्थको अडान हानिकारक सावित हुनसक्छ । आफूसँग भएको ज्ञान र अनुभव बाँड्दा त्यसबाट लाभ नै हुनेछ । धनहानिको सम्भावना छ । कसैलाई दिइएको ऋण फर्कने सम्भावना कमै छ । नियमित दान गर्नुहोला । आफ्ना विचार एवं अनुभवलाई आफैंमै सीमित नराखी प्रियजनसँग बाँड्दा लाभ हुनेछ । सहनशीलता कायमै राख्नुपर्ने छ । अडियल स्वभाव हानिकारक हुनसक्छ ।
कार्यक्षेत्र : जुन परिस्थितिबाट जोगिने प्रयास गर्दै हुनुहुन्छ त्यसको सामना गर्नुभयो भने मनमा शान्ति छाउनेछ र त्यसले परिस्थितिलाई पनि अनुकूल बनाउँदै जानेछ ।
प्रेम : प्रियजनसँग स्पष्ट कुराकानी गर्नुहोला । जबसम्म सम्बन्धमा पारदर्शिता हुँदैन तबसम्म त्यो सम्बन्ध गहिराइसम्म पुग्न सक्दैन ।
स्वास्थ्य : पुराना रोगहरूबाट मुक्ति पाइनेछ । तैपनि यो वर्ष पेटसम्बन्धी गडबडीको सामना गर्नुपर्नेछ ।

तुला
कुनै पनि किसिमको मनमुटावबाट निराश हुनु ठीक हुँदैन । आफ्नो सम्बन्ध राम्रो बनाउने प्रयास गर्नुहोला । पुराना कुराहरूमा अलमलिनुभन्दा वर्तमानमा बाँच्ने प्रयास गर्नुमा भलो देखिन्छ । नयाँ अवसरहरू प्राप्त हुँदैछन् जसले जीवनमा प्रगति गराउनेछ । कुनै व्यक्तिसँग कुरा बिग्रिएको छ भने उसलाई क्षमा दिनुमै कल्याण छ । जीवनमा आउने हरेक व्यक्तिले केही न केही सिकाउने प्रयास गर्नेछन् । त्यस्ता व्यक्तिलाई मनमनै धन्यवाद दिनु लाभदायक सावित हुनसक्छ ।
कार्यक्षेत्र : प्राप्त अवसर गुमाउनु हुँदैन । त्यस्तो अवसर गुमे करियर धरापमा पर्न सक्छ ।
प्रेम : प्रेममा पर्नुभएको छ भने कुनै पनि कुरा खासगरी विवाहसम्बन्धी निर्णयमा हतार नगरेकै राम्रो ।
स्वास्थ्य : स्वास्थ्य राम्रो रहनेछ । यदि कुनै समस्या देखियो भने तत्काल चिकित्सकको परामर्श लिनुहोला ।

वृश्चिक
केही समयदेखि चलिरहेको समस्याको समाधान प्राप्त हुनेछ, धैर्यता कायम राख्नुहोला । पुराना कामहरू सम्पन्न भै नयाँ काम प्रारम्भ हुनेछ । कुनै नयाँ व्यक्तिसँगको भेटघाटले जीवनमा ठूलो अर्थ राख्नेछ । खोजिएको कुरा प्राप्त हुनु जीवनको सबैभन्दा ठूलो उपलब्धि हुनसक्छ । त्यसैले आफ्नो काममा ध्यान केन्द्रित गर्नुहोला । यदि त्यसो भयो भने जीवनको एउटा पाटो सकिएर अर्को पाटो सुरु हुनेछ जसले तपाईंलाई धेरै कुरा सिकाउनेछ । परिवर्तनका कारण चिन्तित हुनु आवश्यक छैन । आफूलाई परिस्थितिअनुसार ढाल्ने प्रयास गर्नुहोस् ।
कार्यक्षेत्र : नयाँ योजनामा लगानी गर्ने संसाधन जुट्नेछ । आफूलाई काममा केन्द्रित गर्नुहोला ।
प्रेम : प्रेमी–प्रेमिकासँग उत्कृष्ट समय बिताउने अवसर जुट्नेछ । प्रेममा रहेका अविवाहितहरूको विवाह हुनसक्ने सम्भावना छ ।
स्वास्थ्य : स्वास्थ्य सामान्य रहनेछ । आफ्नो गलाको विशेष ख्याल राख्नुहोला । मौसम परिवर्तन हुँदा केही अप्ठ्यारा देखा पर्न सक्छन् । घरेलु उपचार लाभदायक हुनसक्छ ।

धनु
यो वर्ष राम्रै राम्रो छ । मनमा कुनै प्रकारको भय छ भने त्यसलाई त्याग्नुहोला । आफ्नो विचार र ऊर्जाले नै आफ्नो परिस्थिति निर्धारण गर्ने भएकाले सकारात्मक सोच राख्नुपर्छ । कुनै पनि काम आर्थिक लाभका दृष्टिले भन्दा मनको सन्तुष्टि एवं सामाजिक भलाइका लागि गर्ने हो भने आर्थिक अवस्था पनि सुध्रंदै जानेछ । नातागोताका सम्बन्धमा त्यस्तो कुनै पनि निर्णय नलिनु होला अन्यथा जीवनभर पछुताउनुपर्नेछ । घर तथा कार्यालयमा श्रीयन्त्र राख्दा लाभ मिल्नेछ । नयाँ रोमान्टिक सम्बन्ध प्रारम्भ हुनसक्छ ।
कार्यक्षेत्र : काम गर्दा आलस्यताले सताउन सक्छ । कार्यक्षेत्रमा कुनै किसिमको विवाद वा तनाव छ भने त्यसको समाधान निस्कनेछ । रोकिएका कामहरू सम्पन्न हुनेछन् ।
प्रेम : परिवारमा कुनै किसिमको खटपट चलिरहेको छ भने त्यसमा ध्यान नदिनु नै उपयुक्त हुन्छ । त्यसलाई आफ्नो इगोसँग पनि जोड्नु हुँदैन ।
स्वास्थ्य : स्वास्थ्यले पूरा साथ दिनेछ । बेलाबखत प्राकृतिक वातावरणमा समय बिताउनुहोला ।

मकर
निजी तथा व्यवसायिक जीवन परिवर्तन गर्ने योग छ । यो परिवर्तन भविष्यका लागि लाभदायक सावित हुनेछ । अनिश्चितता परिवर्तनको अभिन्न अंग हो । यसलाई स्वीकार गर्नुहोला । गृह परिवर्तनको योग पनि छ । कतैबाट ऋण पनि प्राप्त हुनेछ । कार्यक्षेत्रमा केही तनाव देखिन सक्छ । नआत्तिई समस्याको समाधान खोज्नुहोला । पदोन्नतिका लागि थप मेहनत आवश्यक छ । परिवारबाट पूरा सहयोग पाइनेछ ।
कार्यक्षेत्र स् हाकिमबाट प्रशंसा पाइनेछ भने सहकर्मीहरूबाट सहयोग मिल्नेछ ।
प्रेम : प्रेमी–प्रेमिकासँग उत्कृष्ट समय बिताउने अवसर जुट्नेछ । दम्पतीबीचको तालमेल कायम रहनेछ । अविवाहितहरू विवाह बन्धनमा बाँधिन सक्छन् ।
स्वास्थ्य : स्वास्थ्य सामान्य रहनेछ । मौसम परिवर्तनका क्रममा सामान्य स्वास्थ्य समस्या देखा पर्न सक्छ ।

कुम्भ
नचिताएको फल प्राप्त हुनेछ । केही समयदेखि चलिरहेको समस्या समाधान हुनेछ । जीवनमा देखिएका अस्थिरता हटेर नयाँ ऊर्जा सञ्चार हुनेछ । कुनै नयाँ व्यक्तिसँग हुने भेटघाटले भविष्यका लागि नयाँ ढोका खोल्नेछ । परिस्थितिहरू अनुकूल हुँदै जानेछन् । बितेका कुरा नसम्झनु नै बेस हुन्छ । उन्नतिको अवसर प्राप्त हुनेछ, जसबाट पूरा लाभ उठाउनुहोला । बसोबास परिवर्तन हुनसक्छ । यदि करियरको क्षेत्र परिवर्तन गर्ने अवसर प्राप्त भयो भने तुरुन्तै निर्णय लिनुहोला । नातागोतासँग व्यवहार गर्दा संयमित रहनुहोला ।
कार्यक्षेत्र : काम गर्दा आलस्यताले सताउन सक्छ । कार्यक्षेत्रमा कुनै किसिमको विवाद वा तनाव छ भने त्यसको समाधान पनि निस्कनेछ । रोकिएका कामहरू सम्पन्न हुनेछन् ।
प्रेम : अर्काको कुरा सुनेर आफ्नो सम्बन्धलाई प्रभावित हुन नदिनुहोला । कुनै पनि समस्याको समाधान प्रेमी–प्रेमिका दुवै एक ठाउँमा बसेर निकाल्नु उपयुक्त हुन्छ ।
स्वास्थ्य : स्वास्थ्यमा विशेष ध्यान दिनुपर्ने बेला छ । पुरानो रोगले सताउन सक्छ ।

मीन
मिश्रित फल प्राप्त हुनेछ । आफन्तहरूसँग मेलमिलाप बढ्नाले आय आर्जनको काम बढ्न सक्छ । आफ्नो सम्पूर्ण समय काममै व्यतीत गर्नुहुँदैन । त्यसो हुँदा पारिवारिक कलह देखा पर्न सक्छ । मंगलबार हनुमानको उपासना गर्दा लाभ हुन सक्छ । यतिबेला भाग्य अत्यन्त सक्रिय रहेकाले धेरै काम तीव्र गतिमा सम्पन्न हुनेछन् । कार्यक्षेत्र परिवर्तन गर्ने अवसर पनि प्राप्त हुनेछ । नआत्तिई लाभ उठाउनु होला । घरपरिवारमा खुसी बढ्ने देखिन्छ भने सम्पत्ति आर्जनका लागि समय अनुकूल छ । जीवनमा स्थिरता प्राप्त गर्न विचारमा पनि स्थिरता ल्याउनु आवश्यक छ । स्वास्थ्यको ख्याल राख्दै त्यतिनै काम गर्नु जति आफ्नो शरीरको क्षमता छ ।
कार्यक्षेत्र : कर्मक्षेत्रमा हाकिम वा सहकर्मीहरूको कुराबाट प्रभावित हुनुहुँदैन, आफ्नो कार्यकुशलतामा कमी आउन सक्छ । सकारात्मक सोच राख्नु होला ।
प्रेम : प्रियजनसँग भेटघाट भैरहनेछ । अविवाहितहरूले कुनै पनि निर्णय लिँदा आफन्तको सल्लाह लिन बिर्सनुहुँदैन ।
स्वास्थ्य : तनावबाट जोगिनुपर्छ । ध्यान, योग तथा प्राणायाम लाभदायक हुनसक्छ ।

साप्ताहिकबाट साभार ।

सीजीले ल्यायो नयाँ वासिङ मेसिन

काठमाडौं: नेपालको इलेक्ट्रोनिक्स् ब्रान्ड सीजीले आफ्नै ब्रान्डको नयाँ वासिङ मेसिन बजारमा ल्याएको छ।
कम्पनीले नयाँ समानका साथै केही पुराना सामानमा नयाँ मोडल थपगरी बजारमा ल्याएको जानकारी दिएको छ। सीजीले फ्रन्टलोड वासिङ मेसिनमा ‘सीजी-डब्लूएफ ६के १’, ‘ सीजी-डब्लूएफ ७ एल १’, र ‘सीजी-डब्लूएफ ८ एल १’ गरी थप मोडलसहितको हेलोजिन हिटर र ट्रलीस्पिकर नेपाली बजारमा ल्याएको छ।

एलईडी डिस्प्ले यसको अधिकतम खुद्रा मूल्य क्रमशः ४९ हजार चार सय ९०, ६० हजार नौ सय ९० र ६५ हजार नौ सय ९० रुपैयाँ रहेको कम्पनीले जनाएको छ।
-अन्नपूर्ण पोष्ट

नयाँ शक्तिका लागि बाबुरामले खोजे डेपुटी कमाण्डर

काठमाडौं ,पुष १७ । एमाओवादी छाडेर नयाँ शक्ति निर्माणको अभियानमा लागेका डा. बाबुराम भट्टराईलाई एकपछि अर्को संकट आइलागेको छ । आफूले निर्माण गर्न लागेको नयाँ शक्तिमा एमाओवादीमै रहेका पूर्व कार्यकर्ताको झिनो समूहले मात्रै समर्थन गरेको र बाहिरी दुनियाँका कोही कसैले पनि साथ नदिएपछि उनलाई पीर त परेकै छ तर उनलाई विगतमा आफ्नै भनेर साथ दिंदै आएकाले समेत साथ छोडेका छन् ।

नयाँ शक्ति निर्माण प्रक्रियामा शंकास्पद रहेको र भारतको आशीर्वादमा अगाडि बढाइएको भन्दै मुलुकभित्र आशंका पैदा भएको छ । भारतीयहरूसँगको अवाञ्छित उठबसलाई नयाँ शक्तिकै कार्यकर्ताले समेत सहन सकेका छैनन् ।

नयाँ शक्तिमा आउन उनले नागरिक समाजका अगुवा, पत्रकार, पूर्व प्रशासक तथा विवेकशील नेपालीलाई आग्रह गरे । तर कोही कसैले पनि स्वीकार नगरेपछि डा. बाबुराम भट्टराई चिन्तामा परेका छन् । क्रान्तिमा लाग, सबै चिज पाइन्छ भन्दै गरिब जनताका छोरालाई मार्न अभिप्ररित गर्ने उनी दोष जति सबै प्रचण्डको टाउकोमा हालेर उन्मुक्ति लिन खोजिरहेका छन् ।

डेपुटी खान आग्रह गर्दा नयाँ शक्तिमा लाग्न आग्रह गर्दै उनले मुलुकका सबैलाई आग्रह गरे, तर कोही कसैले पनि स्वीकार गरेनन् । उनले पूर्व माओवादी एवम् बुर्जुवा समाजका चर्चित वाम विश्लेषक मुमाराम खनाललाई पनि नयाँ शक्तिमा लाग्न आग्रह गरे ।

सानेपामा बोलाएर लौ न मुमारामजी नयाँ शक्तिमा आएर डेपुटी लिइदिनुपर्यो, कोही कसैले पत्याएनन् भन्दै रोइलो पनि गरे । सानेपा स्रोतका अनुसार डा. भट्टराईले उपप्रमुख बनाउने आश्वासन पनि दिए ।

तर मुमारामले बाबुरामको आग्रह अस्वीकार गर्दै भने ‘तपाईंको नयाँ शक्तिमा उपप्रमुख त के प्रमुख नै दिए पनि म आउन्न । तपाईंले मलाई के सोचेको !’ उनले बाबुरामको गतिविधि गतिलो नभएको, पार्टी फुटाउँदै हिंड्ने र गलत हर्कत गर्नेसँग मेरो संगत हुँदैन भन्दै उल्टै अर्ती दिए ।

देवेन्द्र पौडेल जस्ता आर्थिक व्यवहार राम्रो नभएका, जनयुद्धकालमा सुन लुकाउनेलाई संगठन विभाग प्रमुख बनाएको स्थानमा आफू अटाउनै नसक्ने र नयाँ शक्ति बन्नै नसक्ने समेत बताएको सानेपा स्रोतले जनाएको छ ।

मुमारामले नयाँ शक्ति बन्नै नसक्ने र बने पनि सीपी मैनालीको माले भन्दा ठूलो नबन्ने घोषणा गरेपछि बाबुराम नराम्ररी तिलमिलाएका छन् । यस्तै नयाँ शक्तिमा लागेका भनिएका एमाओवादीका नेता समेत पुरानै घर फर्कन थालेका छन् । आजको जनआह्वान साप्ताहिकमा खबर छ ।

दुबइको ६३ तले होटलमा आगलागी

एजेन्सी,पुष १७ । दुबइ स्थित एक पाँच तारे होटलमा बिहिबार बेलुका आगलागी भएको छ। नयाँ वर्षको स्वागत उत्सव चलिरहँदा होटलमा आगोलागी हुँदा १६ जना घाइते भएका छन् । ६३ तला अग्लो होटलको २० औँ तलामा आगलागी भएको हो ।

विश्वकै अग्लो भवन बुर्ज खलिफा अगाडीको होटलमा लागेको आगोले मानवीय क्षति भने भएको छैन । मध्यरातमा नयाँ वर्षको स्वागतको लागि आतिशबाजी गर्ने योजना गरेको थियो। बिबिसीका अनुसार के कारण आगोलागि भयो भन्ने एकिन हुन सकेको छैन ।

दोहोरो सुविधा लिँदै अख्तियारकै आयुक्त

काठमाडौं,पुष १७ । अख्तियारकी आयुक्त सावित्री थापा गुरुङ आफैँले दोहोरो सरकारी पदमा रहेर कानुनविपरीत कार्य गरेकी छिन् । अख्तियार आयुक्तमा नियुक्तिपछि पनि उनले त्रिभुवन विश्वविद्यालयको जागिर छाडेकी छैनन् । उनले संविधानविपरीत त्रिविबाट काज स्वीकृत गराई आफ्नो पद यथावत् राखेकी छिन् । नेपालको संविधान–०७२ को धारा २३८ को उपधारा ६ को उपदफा ८ मा अख्तियारको प्रमुख आयुक्त तथा आयुक्त भइसकेको व्यक्ति अन्य सरकारी सेवामा नियुक्तिका लागि ग्राह्य नहुने र अन्य सरकारी पदमा बहाल रहन नपाउने व्यवस्था छ ।

त्रिविमा पनि सेवा कायमै
गुरुङ अख्तियारको आयुक्तमा १९ चैत ०७१ मा नियुक्त भएकी थिइन् । त्यतिवेला उनी त्रिविको रत्नराज्य क्याम्पसमा सहप्राध्यापकका रूपमा कार्यरत थिइन् । संविधानअनुसार आयुक्त हुनुअघि उनले अनिवार्य रूपमा पदबाट राजीनामा दिनुपर्ने थियो । तर, गुरुङले आयुक्तमा नियुक्ति भएलगत्तै ६ वैशाख ०७२ मा निवेदन दिएर त्रिवि कार्यकारी परिषद्को २८ जेठ ०७२ बैठकको निर्णय नं २३८९ बाट बेतलबी काज स्वीकृत गराएको स्रोतले बतायो ।
आजको नयाँ पत्रिका दैनिकमा खबर छ–

राष्ट्रविप्लव : खेलाडीलाई लाग्ने, सिके राउतलाई नलाग्ने?

काठमाडौं,पुष १७ । नेपालमा अहिले अनौठो भइरहेको छ। म्याच फिक्सिङ गरेको आरोपमा खेलाडीहरुलाई अरु कुनै कानुन लाग्ने नदेखेर राज्यविरुद्धको अपराध अन्तर्गत राष्ट्रविप्लवको मुद्दा ठोकिएको छ। तर खुल्लमखुल्ला नेपालबाट मधेस भन्ने देश टुक्राउनु पर्छ भन्दै सैन्य शैलिको तालिम र नमूना जनमत संग्रह गर्दै हिँड्नेलाई भने त्यत्तिकै खुला छाडिएको छ। नभएको कानुनमा खोजीखोजी राष्ट्रविप्लव ऐन आकर्षित गराइएको छ भने सीधै आकर्षित हुने घटनामा भने सरकार चुप लागिबसेको छ।

पहिलोपोस्टमा हामीले तराई मधेसको विभिन्न जिल्लामा झण्डै एक महिनादेखि ‘नेपाल’ देश टुक्र्याएर ‘मधेस देश’ निर्माण गर्न तालिम सुरु भएको एक्सक्लुसिभ खुलासा गरेका थियौँ। लाहानका दुई स्कूलमा सुरक्षा निकायकै नाकमुनि खुल्लमखुल्ला यस्ता गतिविधि हुँदा पनि प्रशासन अहिलेसम्म मूकदर्शकै बनिरहेको छ।

को हो देश टुक्राउन चाहने?
अहिले एकतर्फ मधेसका लोकतान्त्रिक शक्तिहरु आन्दोलनमा छन् भने अर्कोतर्फ राउतको विखण्डनवादी शक्तिहरु पनि सक्रिय छन्। पहाडे राष्ट्रवादले सबै मधेसीलाई भारतीय ठान्दै देश टुक्राउन खोजेको ठान्छन्। जबकि देश टुक्राउने अभियानमा सिर्फ राउत लागेका छन्। अहिले आन्दोलनमा रहेका दलहरु नेपालभित्रै आफ्नो पहिचान, सम्मान र अधिकारका लागि आन्दोलनरत छन्।

के गर्दैछन् राउत?
राउत लामो समयदेखि भइरहेको आन्दोलनबाट पनि कुनै निकास ननिस्केपछि निराश मधेसीहरुलाई नेपाल हैन छुट्टै देश बनाए समस्या समाधान हुने लोभ देखाउँदै आफूतिर आकर्षित गर्ने प्रयास गरिरहेका छन्। आन्दोलनरत दलहरु पनि माग पूरा नभई आन्दोलन फिर्ता भए राउत जस्ता विखण्डनवादीहरु हावी हुने र गलत बाटोमा आन्दोलन मोडिने चिन्तामा छन्।

राउतका कार्यकर्ता नेपाली राज्यप्रति घृणा फैलाउँदै सैन्य शैलिको तालिम गराउँदै हिँडेका छन्। नेपाल कि मधेस भन्दै प्रतीकात्मक जनमत संग्रह गराउँदै हिँडेका छन्। आन्दोलनलाई सम्बोधन नगर्ने दलहरुको कदम र मधेसीलाई भक्कुमार गाली गर्ने पहाडे राष्ट्रवादी शैलिले उनीहरुलाई नै फाइदा गर्दैछ। जति गाली मधेसीविरुद्ध गरिन्छ त्यति फाइदा उनीहरुलाई भइरहेको छ।

के राउतलाई यत्तिकै छाडिएको छ त?
त्यसो त सिके राउतलाई सरकारले यसअघि राज्यविरुद्धको अभियोग अन्तर्गत मुद्दा चलाउने प्रयास नगरेको भने होइन। तर कमजोर अनुसन्धानका कारण यसले उल्टै राउतलाई नै फाइदा पुर्‍यायो। गत वर्ष भदौमा प्रहरीले उनलाई पक्राउ गरेको थियो। त्यसपछि उनको चर्चा झन् बढ्यो। सिके राउतले अदालतमा झुटो बोलेर उन्मुक्ति पाए। उनले बोलेको झुटको प्रतिवाद सरकारी पक्षबाट हुन सकेन।

कसरी झुटो बोलेर उम्किएका थिए राउत?
स्वराज्य अर्थात् भारतको स्वतन्त्रताका लागि महात्मा गान्धी वर्षौँ जेल बसे। दक्षिण अफ्रिकी नेता नेल्सन मन्डेला पनि वर्षौँ जेल बसे। तर गान्धी र मन्डेलालाई आदर्श मानेको बताउने राउत भने एक महिना जेल बस्दै आत्तिए र आफूले खुल्लमखुल्ला भन्दै आएको कुरालाई पनि इन्कार गरी जेलबाट छुट्ने बाटो रोजे।

गत वर्ष असोजमा विशेष अदालतका अध्यक्ष न्यायाधीश मोहनरमण भट्टराई, न्यायाधीशद्धय भूपेन्द्रप्रसाद राई र नरेन्द्रकुमार सिवाकोटीको इजलासमा उनले आफ्नो पुस्तक र वेबसाइटमा लेखिएका विषयलाई पनि लेखेको होइन भनी झुटो बयान दिएका थिए।

उनलाई अदालतमा सोधिएको थियो- तपाइँले नेपालको दशगजादेखि उत्तर पूर्व मेचीदेखि पश्चिम मध्य र उत्तरमा चुरे पर्वतसम्मको भूभागलाई टुक्राएर छुट्टै मधेश राष्ट्र स्थापना गर्न स्वतन्त्रता मधेश गठबन्धन (AIM) को घोषणापत्र तयार गरी मधेश राष्ट्रको प्रस्तावित राष्ट्रिय गान र झण्डाको प्रस्ताव गरि मधेश स्वराज पुस्तक तयार गर्नुभएको भन्ने अभियोग सम्बन्धमा तपाइँको भनाई के छ?

Untitled-1

 

साभार: माईसंसार

नाका खोल्ने मोदीको मन्त्र

काठमाडौं,पुष १७ । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले नेपालमा विद्यमान राजनीतिक संकटको समाधान ‘टिकाउ सहमति’बाट गर्न सुझाव दिएका छन्। प्रधानमन्त्री केपी ओलीसँग बिहीबार भएको टेलिफोन वार्तामा मोदीले यस्तो सुझाव दिएका हुन्। तर यसबारे स्पष्ट व्याख्या नहुँदा मधेसकेन्द्रित नेतासँग जारी वार्ता र त्यसको उपलब्धि टिकाउ समाधान हो वा होइन भन्ने कुरामा भारतले कुनै धारणा दिएको छैन।

नव वर्ष सन् २०१६ को पूर्वसन्ध्यामा दुई प्रधानमन्त्रीबीच भएको टेलिफोन वार्तालाई भने सकारात्मक रूपमा लिनुपर्ने विश्लेषण राजनीतिक वृत्तमा छ। ओली प्रधानमन्त्री पदमा निर्वाचित भएको दिन गत आसोज २४ गतेदेखि मोदीसँग पटकपटक टेलिफोन वार्ता जारी छ।

मोदीले नववर्षको औपचारिकतादेखि पूर्वयोजनाबिना रुसबाट सीधै पाकिस्तानका प्रधानमन्त्री नबाज सरिफको टेलिफोन निम्तोमा लाहोर पुगेको एक साता नबित्दै मनमुटाव रहेको छिमेकी नेपालका प्रधानमन्त्री ओलीलाई टेलिफोनसम्म गर्न भ्याए। भारतीय विदेश मन्त्रालयले बिहीबार जारी गरेको विज्ञप्तिमा उल्लेख छ, ‘दिगो समाधानका लागि सहमति खोज। टिकाउ सहमति नै नेपालको राजनीतिक समस्याको उपयुक्त समाधान हुनेछ।’

फोनमा मोदीले बृहत् सहमतिका आधारमा नेपालको राजनीतिक समस्याको दिगो समाधान पहिल्याउन जोड दिएका थिए । ओलीले नेपालमा भइरहेको राजनीतिक विकासक्रमका बारेमा ब्रिफिङ गरेका थिए। ओली र मोदीबीच बिहान साढे दस बजेदेखि २० मिनेटसम्म टेलिफोन संवाद भएको थियो । वार्तामा दुवै प्रधानमन्त्रीले अंग्रेजी नयाँ वर्ष २०१६ को शुभकामना आदानप्रदान गरे।

प्रधानमन्त्री ओलीले मधेसी मोर्चाका माग सम्बोधन गरेर नेपाल सरकारले संसद्मा प्रस्तुत गरेको संविधान संशोधनको प्रस्तावलाई भारत सरकारले स्वागत गरेकोमा मोदीलाई धन्यवाद ज्ञापन गरेको उनको निजी सचिवालयद्वारा जारी विज्ञप्तिमा उल्लेख छ। नेपाल र भारतबीचको सम्बन्ध सुमधुर बनाउनेबारे समेत दुई प्रधानमन्त्रीबीच कुरा भएको थियो । ओलीले आफूले नेपाल र भारतबीचको सम्बन्ध सकारात्मक बनाउन चाहेको पनि बताएका थिए।

प्रधानमन्त्री ओलीले आपूर्ति व्यवस्था सहज नभएकोमा मोदीको ध्यानाकर्षण गराउँदै रक्सौल–वीरगन्ज नाकाबाट आपूर्ति व्यवस्था सहज बनाउन आग्रह गरे । जबाफमा मोदीले आफू सदैव आपूर्ति व्यवस्था सहज होस् भन्ने पक्षमा रहेको र त्यसका लागि भारतका तर्फबाट कुनै रोकटोक नभएको बताएका थिए।

मोदीले रक्सौल-वीरगन्जबाहेक सबै नाकाबाट आपूर्ति व्यवस्था सहज भएको भन्दै नेपालकै राजनीतिक दलले नाकामा प्रदर्शन गरिरहेका कारण असहज भएको दाबी पनि गरेका थिए।

मोदीले औषधिको अभाव भएका बेला आफूले विदेशमन्त्री सुष्मा स्वराजलाई एयरलिफ्ट गरेर भए पनि औषधि आपूर्ति गर्न भनेको स्मरण गराएका थिए। ओली र मोदीबीच द्विपक्षीय हितका विषयमा समेत कुरा भएको थियो।

मोदीले छिट्टै भारत भ्रमण गर्न दिएको निम्तोलाई ओलीले स्वीकार गरेका थिए। ओलीले छिट्टै परिस्थितिलाई सहज बनाएर भारत भ्रमण गर्ने बताएको उनका प्रेस सल्लाहकार प्रमोद दाहालले बताए।

अन्नपुर्णपोस्ट दैनिकमा खवर छ – स्रोतका अनुसार प्रधानमन्त्री ओलीले फेब्रुअरी अन्तिम सातादेखि मार्च पहिलो सातासम्ममा भारत र त्यसलगत्तै चीनको भ्रमण गर्ने भएका छन्। भारत भ्रमणअघि आफ्नो एक सयदिने कठिन कार्यकालको समीक्षा गर्दै नेपाल-भारत सम्बन्धमा आगामी दिनमा यस्तो अवस्था उत्पन्न हुन नदिन विशेष रणनीतिका साथ उनले भारतको भ्रमण गर्ने स्रोतले बतायो।

नियुक्त भएको १० दिनपछि राज्य मन्त्रीको सपथ ग्रहण हुदै

काठमाडौं,पुष १७ । नियुक्त भएको झण्डै १० दिनमा आज ६ जना राज्य मन्त्रीको सपथ ग्रहण हुदैछ । प्रधानमन्त्री केपी शर्मा ओलीले राज्यमन्त्रीलाई सपथ गराउन लाग्नु भएको हो । एमालेका तर्फबाट नियुक्त भएका ६ मन्त्रीलाई कार्यविभाजनसहित आज सपथ गराउन लागेको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ । प्रधानमन्त्री कार्यालयले मन्त्रालयको आन्तरिक व्यवस्थापन र प्रधानमन्त्रीको समय अभावका कारण शपथ ग्रहणमा ढिलाइ भएको हो ।

नेपालको संविधान २०७२ अनुसार राज्यमन्त्रीलाई प्रधानमन्त्रीले शपथ गराउने व्यवस्था छ । एमाले सांसद मञ्जुकुमारी चौधरी दिनेशचन्द्र यादव, दामोदर भण्डारी, बलबहादुर कुँबर, नरदेवि पुन र दिपनारायण साहलाई राज्य मन्त्री बनाइएको छ ।

साफ च्याम्पियनसिपको उपाधिको लागि भारत र अफगानिस्तान भिड्ने

काठमाडौं,पुष १७ । साफ च्याम्पियनसिप फुटबलको उपाधिका भारत र डिफेण्डिङ च्याम्पियन अफगानिस्तान भिड्ने भएका छन् । सेमिफाइनलमा भारतले माल्दिभ्सलाई ३-२ गोल अन्तरले र अफगानिस्तानले श्रीलंकालाई ५-० ले हराएसँगै यी दुई बीचको फाईनल भिडन्त तय भएको हो ।
भारत ६ पटकको विजेता हो भने अफगानिस्तान १० औं साफको उपाधि बिजेता हो । यस नेपालमा भएको १० औं साफको पनि फाइनलमा भारत र अफगानिस्तान नै भिडेका थिए, जसमा अफगान २-० ले विजयी भएको थियो ।

इन्धन आपूर्ति तीन गुणाले बढेपछि वितरण उस्तै

काठमाडौं,पुष १७ ।  गत मंसिर महिनाको तुलनामा पुसमा इन्धनको आपूर्ति तीन गुणाले बढेको छ । यद्यपी वितरण प्रणाली भने पहिलेकै जस्तो रहेको छ । थानकोट डिपोमा करिब १३ लाख लिटर पेट्रोल मौज्दात छ । निजी कार, जिप, भ्यानलाई साताभित्रै पेट्रोल वितरण गरिने निगम प्रवक्ता मुकुन्द घिमिरेले जानकारी दिएका छन् । चारपांग्रेलाई करिब १० लाख लिटर पेट्रोल वितरण गर्ने निगमको तयारी रहेको नयाँ पत्रिकामा खबर छ ।
त्यस्तै शुक्रबारबाट डिजेलको वितरण बढाइने प्रवक्ता घिमिरेले बताएका छन् । हाल आठदेखि नौ लाख लिटरसम्म डिजेल वितरण भएकोमा शुक्रबारदेखि १६ लाख लिटरसम्म वितरण हुने उनले बताए ।

भूकम्पपीडितको राहत वास्तविक पीडितभन्दा टाठाबाठालाई बढी

काठमाडौं,पुष १७ । भूकम्प प्रभावित धादिङ, सिन्धुपाल्चोक, नुवाकोट र रसुवामा वास्तविक पीडितभन्दा टाठाबाठाले राहत बढी पाएका छन् । कतिपयले सुरुकै १५ हजार पाएका छैनन् भने न्यानो कपडा कालािग दिइने रकम पनि सुस्त गतिमा वितरण भइरहेको छ । धादिङमा वास्तविक भूकम्पपीडितहरुको पहिचान गरी सिफारिस गर्ने स्थानीय संयन्त्र र गाविस सचिवहरुले मनोमानीले भूकम्पले संरचना पूर्ण क्षति भएकाहरु समस्यामा परेका छन् । कान्तिपुर दैनिकमा समाचार छ ।
वास्तविक पीडितले न्यूनतम राहत समेत पाउन सकेका छैनन्। तर सदरमुकाममा ५ तले पक्कीघर भएकाहरुले राज्य र संस्थाहरुबाट पाउने नगद लगायत सबै राहत कुम्ल्याएका छन् । प्रथम चरणको क्षति विवरण संकलन गर्ने क्रममा आंशिक क्षति भएका र क्षति नै नभएका घर परिवारले ‘क’ वगएको परिचयपत्र लिएको र सरकारी नगद राहत बुझेको भेटिएको छ ।

पूर्ण क्षति भएका सयौँ अझैपनि सरकारी राहतबाट बञ्चित भएका छन् । जिल्लामा बास्तविक घरधुरी ७३ हजार ८ सय ५१ भएपनि भूकम्पपछि ८३ हजार घरधुरीले पूर्ण क्षति देखाएर ‘क’ वर्गको भूकम्पपीडित परिचयपत्र लिएका छन् । अझैपनि आफ्नो नाम छुटेको भन्दै थप १५ हजारले निवेदन दर्ता गएका छन् ।

जम्बो मन्त्रीपरिषद रहेको संसद बैठकमा मन्त्री खोज्दा खोज्दै हैरान

काठमाडौं,पुष १७ । प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको सरकारमा उपप्रधानमन्त्री, मन्त्री, राज्यमन्त्री र सहायक मन्त्री गरी ४० जना सदस्य छन् । तर सबै मन्त्री व्यवस्थापिका संसदप्रति जिम्मेवार नदेखिएको पाइएको छ ।
संसदमा बिहीवारको एउटा घटनाले संसदप्रति मन्त्रीहरु बिल्कुलै जिम्मेवार नरहेको देखाएको छ। संसद बैठकमा सरकारका प्रतिनिधिका रुपमा एक मन्त्री अनिवार्य उपस्थित हुनैपर्ने नियम छ । त्यो नियमलाई ख्यालै नगरी मन्त्रीहरु व्यक्तिगत ढंगले हिँडेको पाइएको राजधानी दैनिकमा समाचार छ।

बिहीवार जब संसद बैठक सुरु भयो, त्यतिबेला केही मन्त्रीहरु देखिएका थिए। तर केही समयपछि मन्त्रीको सिटमा कोही पनि देखिएनन्। बिहीवार निर्धारित समयभन्दा एक घण्टा ढिलो संसदको बैठक बसेको थियो ।

नेपालको संविधान पहिलो संशोधन विधेयक २०७२ मा तीन दिनदेखि सैद्धान्तिक छलफल जारी रहेकाले सो प्रायोजनकै लागि बिहीवार संसद बैठक बोलाइएको थियो ।सैद्धान्तिक छलफलमा सांसदहरुले आआफ्ना धारणा राख्ने क्रम बिहीवार दिउँसो २ देखि साढे ४ बजेसम्म चलेको थियो । संसद बैठक बसेको एक घन्टापछि नै मन्त्रीहरु बहिरिसकेका थिए । सैद्धान्तिक छलफलका क्रममा मन्त्री खोज्न दुईपटक कर्मचारी खटिनु परेको थियो ।

आइसिटी पत्रकारीतालाई अनलाइन पत्रकारीता दैनिकीमा बदल्दै भरतराज उप्रेती

साइवर सञ्चार पत्रिका, आइसिटी न्युज साप्ताहिक, आइसिटी पत्रकार विकास मञ्च संस्था, आइसिटी अनलाइनखबर वेभ पत्रिका सँगै सोसल मिडियाको कन्सेप्टमा आइसिटी पत्रकारीतालाई अनलाइनमा व्यवस्थित र व्यवसायीकरण गर्न लागिपरेका छन् भरतराज उप्रेती । युवा पुस्तालाई आइसिटीमा डिजिटल इम्पावर गराउदै सोसल न्युज मिडिया र कल्चर टुरिजम्मको सोसल अवधारणालाई नेपाली आइसिटी पत्रकारीताको माध्यमबाट चिनाउने लक्ष्यकासाथ अनलाइन आइसिटी पत्रकारीतामार्फत आफ्नो दक्षता र विज्ञतालाई अगाडी बढाउने सोच उप्रेतीको छ ।bharat pic

“नागरिकपोष्ट, मातृभूमि, प्रोफाइल लाइफ, एनआरएन प्रोफाइल, आइसिटी खबर, लिभिङ नेपाललाई सोसल मिडियाको कन्सेप्टमा अगाडी बढाउने सोचका साथ अनलाइन दैनिकीको रफ्तारमा उप्रेती लागि परेका छन् ।”

पत्रकारीता मर्यादित पेशा हो, जसको सिद्धान्तअनुसार हिड्न सक्दा । पत्रकारीताको स्वरुप भाषा क्षेत्र र समाज अनुसार फरक फरक भए पनि यसको सिद्धान्त भने एउटै छ । कुनै पनि धर्म,भाषा, लिङ्ग, क्षेत्रको निष्पक्ष सूचना प्रसारणको माध्यम हो पत्रकारीता, पत्रकारीताको सम्वाहक हुन् पत्रकार अर्थात कुनै पनि धर्म, भाषा, लिङ्ग क्षेत्रको स्वतन् त्र व्यक्ति ।
नेपालको हरेक काल खण्डमा नेपाली पत्रकारीताको इतिहास ऐतिहासिक बन्दै आएको छ । पत्रकारीता पेशा नैतिक, मर्यादित र स्वतन्त्र हुन जरुरी छ तर नेपालमा व्यवसायिक पत्रकारीताको ट्रेण्ड नबस्दा पत्रकारीता पेशा सिद्धान्त वीपरित हुदै आएका छन् । जसलाई व्यवसायिक बनाउने स्पष्ट नीति अझैसम्म पनि सरकारले अख्तियार गर्न सकेको छैन । राज्यको चौथो अंगभित्र पर्ने पत्रकारीता पेशामा निष्पक्ष तवरले लगानी गर्ने सञ्चालक र पत्रकारहरु यो क्षेत्रमा टिक्न नसक्ने अवस्थामा आइपुग्दा पत्रकारीता पेशा आफैंमा नैतिक संकटमा पर्दै गएको तीतो सत्य जो कसैका अगाडी पनि छिप्न सकेको छैन ।

आज लगानी गरेर भोलि नै प्रतिफल चाहने सोचका कारण आइसिटी क्षेत्र र आइसिटी मिडियामा एकल भ्वाइस स्थापित हुन सकिरहेको छैन त्यसका लागि हामी एकजुट भएर आइसिटी पत्रकारीता क्षेत्रमा लाग्नुपर्ने खाँचो खट्किएको छ ।

पत्रकारीता क्षेत्रहरुको महत्वको व्यवस्थापन नहुदा नेपालमा मात्र राजनीतिक पत्रकारीताको अमर्यादित प्रतिस्पर्धा चलेको छ । राजनीतिक शक्तिहरु मिडियामार्फत राजनीतिक सत्ता दाउपेचको होडमा लाग्दा स्वतन्त्र व्यवसायिक पत्रकारीताको मर्म ओझेलमा पर्दै गएको अवस्था छ, नेपालमा ।
स्वतन्त्र पत्रकारीतामार्फत कृषि, संस्कृति, पर्यटन व्यवसाय र स्थानीय स्रोत साधनको प्रयोगमा व्यापक जोडदिनुपर्ने पत्रकारको धर्म भए पनि निगाहको भरमा मिडिया सञ्चालन गर्ने परिपाटीले राजनीतिक स्वार्थको दाउपेचमा पत्रकारको दैनिकी गुज्रिरहेको छ । विज्ञापन मागेकै भरमा उसका सबै कुरा राम्रा छन् भन्ने कुरा नेपाली पत्रकारीताको बाध्यता भएकोले सत्य तथ्य र यथार्थ सूचनाका स्रोतहरु मिडियामा आउन सकेका छैनन् ।
पत्रकारीता पेशाको सिद्धान्त मर्म र पत्रकारको बाध्यता बखान गरिरहदा विगत एक दशकदेखि आइसिटी पत्रकारीताको अनुभवलाई टिप्पणी गर्दै आइसिटी पत्रकार विकास मञ्चका संस्थापक भरतराज उप्रेतीले भने, नेपालमा व्यवसायिक पत्रकारीताको ट्रेण्ड नै नबसेको अवस्थामा आइसिटी क्षेत्रको पत्रकारीता पेशा र पत्रकारको दैनिकी उठबसको अवस्थामा अर्थात गर या मरको स्थितिमा गुज्रेको छ । आइसिटी वस्तु तथा उत्पादन र सेवाको सही जानकारी आम नागरिकमा गराउनुपर्दछ भन्ने बुझेका तर त्यस कुरालाई आइटी क्षेत्रका अधिकांश व्यवसायी आइसिटी मिडियामार्फत आउन नचाहेका कारण आइसिटी मिडिया सञ्चालक र पत्रकारहरु संकटमा परेका हुन् । आफ्ना व्यवसायिक सूचना ठूला मिडियामा लाखौं खर्च गरेर दिन सक्ने अनि आइसिटी क्षेत्रको विकास र आइसिटी व्यवसाय प्रवद्र्धनमा सञ्चालनमा आएका आइसिटी मिडियामा हजार रुपैया पनि खर्च गर्न नचाहने सोचका कारण आइसिटी पत्रकारीतामा लागे पनि पछि हट्नुपर्ने अवस्था सिर्जना भएको छ ।ccit
कुनै पनि क्षेत्रको विकासका लागि त्यस क्षेत्रको सूचना र जानकारीको ज्ञान आम नागरिकमा गराउने माध्यम मिडिया र पत्रकार भएकाले आइसिटी क्षेत्रको विकास बिस्तारका लागि पनि आइसिटी मिडिया र पत्रकारको भूमिका आवश्यक छ । प्रिन्ट पछिको सफल मिडिया माध्यम अनलाइन स्थापित भइसकेको अवस्थामा सरकारको प्राथमिकतामा आइसिटी पत्रकारीतामा नीति आउनुपर्यो भने आइसिटी क्षेत्रका अग्रज व्यक्ति, व्यवसायी र आइटी कम्पनीहरुले आइसिटी मिडियालाई स्थापित गराउन यस क्षेत्रमा दशकदेखि सञ्चालनमा आएका तर ओझेलमा परेका आइसिटी अनलाइन मिडिया तथा श्रम र लगानी दुबै खन्याएका जोशिला युवा पत्रकारहरुलाई साथ दिनु अहिलेको टड्कारो आवश्यकता भित्र पर्दछ । आइसिटी क्षेत्रको विकास र बिस्तार योगदान दिने हो भने आइसिटी मिडिया र पत्रकारीतालाई सहयोग र सम्मान गर्न आइसिटी स्टेकहोल्डरले जान्नुपर्दछ ।

आइसिटीमा भाषण गरेर इभेन्ट कन्फरेन्स आयोजना र टेक्नोलोजी भित्र्याएर मात्र आइसिटीको विकास सम्भव छैन । युवा पुस्तालाई आइसिटी अवसर दिदै समग्र सूचना प्रविधिको विकासमा लगानी खर्चिन हो भने आइसिटी सूचनालाई आम नागरिकको पहुँचमा पुर्याउन प्रिन्ट, अनलाइन र सोसल मिडिया माध्यमलाई प्रयोगमा ल्याउनुमा नै बुद्धिमानी हुने आइसिटी पत्रकार उप्रेतीको तर्क छ ।

आइसिटी पत्रकारीतामा लागेको झण्डै दशक बित्न लाग्दा पनि आइसिटी पत्रकारीता अझै माथि उठ्न नसक्नुमा सरकारको आइसिटी नीतिको कार्यान्वयन र पत्रकारीतामा आइसिटी मिडियाको स्थायित्व नहुनु नै हो उप्रेती बताउँछन् । आइसिटी नीतिमा सरकारको राजनीतिक दाउपेचले कार्यान्वयन असफल बन्नु, आइसिटीका लगानीकर्ताहरु खुलेर प्रतिस्पर्धामा आउन नचाहनु, आइसिटी मिडियामा सरकारी तथा बाहिरी लगानी नहु्नुले आइसिटी पत्रकारको भविष्य अझै अन्योलमा रहेकोे छ उप्रेतीले आफ्नो अनुभव शेयर गरे ।

आइसिटी पत्रकारीतामा भरतराज उप्रेतीको प्रेरणादायी दैनिकी यस्तो


२०६३ सालमा बजार प्रतिनिधिको रुपमा काम गर्न साइवर सञ्चार साप्ताहिकमा सुरु गर्दै गर्दा २ महिनाभित्रै व्यवस्थापनको जिम्मेवारी सहित संवाददाताको भूमिकामा आफूलाई उभ्याउन सफल उप्रेतीले ६ महिनाभित्रमै सहायक सम्पादनको जिम्मेवारी सम्हाल्न पुगेका थिए । भित्री मनदेखि काम गर्ने उत्साह र जाँगर पलाएको छ भने कुनै पनि क्षेत्रमा नसोचेको सफलता प्राप्त गर्न सकिन्छ भन्ने सोच बोकेका भरतराज उप्रेतीको २०६३ सालसम्मको एकेडेमिक प्रोफाइल व्यवस्थापन संकाय प्रवीणता प्रमाणपत्र तह पास, अनुभव सामाजिक सेवाको ५ वर्षे अनुभव, मेडिकल सञ्चालन अनुभव हेल्थ एजुकेसनका प्रशिक्षकको थियो भने कम्प्युटर वेसिक लेभलको टे«डिङ र पत्रकारीतको ३ महिने वेसिक ट्रेडिङ मात्र थियो । उप्रेती आइटीका न त एकेडेमीक नै थिए न त पत्रकारीताका विज्ञ । मात्र उप्रेतीमा आइसिटी पत्रकारीतालाई व्यवसायिक र मर्यादितै बनाउदै सूचना प्रविधि व्यवसायको प्रवद्र्धन र आइसिटी क्षेत्रको विकासका लागि आइसिटी मिडियाको माध्यम बनाउने भिजन थियो । प्रथम श्रेणीमा एसएलसी पास भएर २०५६ मा काठमाडौंमा उच्च शिक्षाका लागि प्रवेश गरेका उप्रेती कमजोर आर्थिक अवस्थाका कारण कलेज भर्ना भएको २ महिनादेखि नै जागीरको खोजीमा भौतारिएका थिए ।
कलेज जान थालेको ३ महिना नबित्दै ललितपुरको पुल्चोकमा जागीरको अफर पाएका उप्रेतीले केही महिना चाबहिल कलेजमा ८ बजेसम्मको कक्षा लिई त्यहाबाट नक्सालबाट पाटन ढोकासम्मको बसमा चढेर जागिर गर्न थाले भने कतिपय अवस्थामा बस भाडा समेत तिर्ने पैसा नहुदा कलेजमा पुगी पहिलो क्लास लिएर हिडेरै पुल्चोक अफिस पुग्ने गरेको दुःख बताए । २०५८ मा एक हजार मासिक तलब पाएका उप्रेतीलाई पाएको जागीर छोड्नु न खानु भयो । मासिक १ हजारले बस भाडा र खाजा खान समेत नपुग्ने भएपछि ३ महिनापछि सो जागीर छाडेका थिए । त्यसपछि संघ संस्थाको सामाजिक काममा आकर्षित भई सामाजिक सेवातर्फ आफनो दैनिकीलाई डोर्याए तर सामाजिक संघ संस्थामा त उल्टै पैसा दिनुपर्ने अवस्था आएपछि उप्रेती सहरी जीवनशैलीप्रति केही निराश बन्न पुगे । सामाजिक संघ संस्थामा काम गर्दा पब्लिक रिलेसन त हुने तर दैनिकी गुजारा नचल्ने भएपछि फेरि जागीरको खोजीमा दौडिए तर कतै पनि जागीरको लागि राम्रो अवसर नपाएपछि गाउमा सँगै पढेका साथीको संस्थाबाट सञ्चालित स्वास्थ्य इन्स्च्यिुटमा अफिस व्यवस्थापनको काममा केही समय बिताए । बस भाडा र खाजा खर्चका लागि सो कामले धाने पनि थप कमाए नभएपछि फेरि हिमाल खबरपत्रिकाको मार्केटिङको जागीर छोडेर संस्था खोलेका सानीआमाको छोराको साथीसँगको चिनजानमा सम्पर्क भएपछि फेरि सुरु भयो सामाजिक सेवाको दैनिकी तर अवस्था उस्तै ।
२ वर्ष सामाजिक संस्थाको सेवामा लुकामारी गर्दै २०६०/०६१ मा स्वास्थ्य इन्स्च्यिुट चलाएका साथीको डिभी परेपछि सोही इन्स्च्यिुट सानीआमाको छोरासँग मिलेर किने र सञ्चालक तथा व्यवथापक भएर चलाए । सोही इन्स्च्यिुटलाई शैक्षिक परामर्श केन्द्रसँगै नर्सिङ कलेज स्थापनको सोचका साथ कम्पनीमा दर्ता गराए र ५ जना सञ्चालकहरु थपे । युवा साथीहरुको साथ र सहयोगमा भिजन बनाउदै अघि बढेका उप्रेतीको सोच त्यतिबेला चकनाचुर भयो जब पछि थपेका सञ्चालक साथीहरुले लगानीको प्रतिफल वर्षदिन नपुग्दै दोब्बर खोज्दै गर्दा । २ वर्ष पनि राम्रोसँग सो इन्स्च्यिुट नचलाई साथीहरुले भने अनुसार एउटा कुर्सी र टेबल बोकेर उप्रेती सञ्चालक व्यवस्थापनबाट आफ्नो लगानी छोडेर बाहिरए । इन्स्च्यिुटलाई शैक्षिक पामर्श केन्द्रमा बदल्ने र नर्सिङ कलेजसम्मको भिजनलाई थाती राख्दै फेरि सामाजिक संस्थामा फर्किए उप्रेतीले भने । सामाजिक संस्थामा पहिलेभन्दा आधा समय दिए बाकी समय परामर्श र ट्रेडिङमा उप्रेतीका दैनिकी बित्दै गए ।
केही महिनापछि इन्स्च्यिुटमा काम गर्दा चिनेका अहेवसँग कोटेश्वरमा फार्मेसी पसलमा लगानी गरेका उप्रेतीको झण्डै एक वर्ष लामो समयसम्म फार्मेसीको दैनिकी बन्यो । पछि फार्मेसी पसललाई नयाँ ढंगबाट मेडिकलको रुपमा सञ्चालन गर्ने कुरामा अहेवसँग कुरा नमिल्दा फार्मेसी पसलबाट समेत उप्रेतीले हात झिके ।
सन्दर्भ २०६३ को अन्ततिर माघ फाल्गुनको हो, सामाजिक संस्थामा २ वर्ष पहिले काम गरेका एकीकृत सिमाज विकास नेपालका अध्यक्ष दीपक कार्कीसँँग भेट भयो र कार्कीले भने आइटी पत्रिका प्रकाशनमा आएको छ, समाचार लेखन तथा खोजको काम गर्ने हो, त्यहाँ काम गर्ने अवसर छ भन्दा उत्सुकता जाग्यो र काम गर्ने प्रतिक्रिया तत्काल जनाए । तर कार्कीले भने सूचना प्रविधि सम्बन्धी समाचार बाहेक अरु समाचार प्रकाशनका लागि योग्य हुदैन । साथीले भने अनुसार राम लक्ष्मणले बनाएको वाइक गार्डको समाचार बनाएर न्युज डेस्कमा पठाए र प्रकाशित पनि भयो । त्यसपछि आइटी पत्रिकामा डेस्कमा बसेर काम गर्ने उत्सुकता जाग्यो र आफै पत्रिकाको अफिसमा गएर काम गर्ने प्रतिबद्धता जनाए । सम्पादक लक्ष्मण बजगाईले पत्रिकाको बजारीकरणका लागि मात्र काम भएको बताएपछि मैले पत्रिकको सञ्चालक नै भेटेर काम गर्ने मनस्थिति बनाए । दुई चार दिनको फ्लोअप पछि पत्रिकाका प्रकाशकसँग भेट्ने अवसर पाए । पत्रिकाको प्रकाशक भोला दाहालले नेपालमा आइटीको पहिलो नेपाली पत्रिका भएकोले यसको बजार व्यवस्थापनको कामलाई सम्पादकले भने अनुसार गर्न अर्हाए । मैले पनि पनि आफ्नो कार्यदक्षता देखाउन एक हप्ताभित्र गर्ने बजारको काम दुई दिनभित्रै गरिदिए । सम्पादक मेरो काम देखेर दंग भए र भने प्रकाशलाई भने भरतजीको काम राम्रो छ उहाँलाई बजार भिजिटका लागि भन्दा पनि व्यवस्थापनको जिम्मेवारी दिन उपयुक्त रहेको सिफारिस गरे ।
आफ्नो कामको मूल्यांकन राम्रो पाएपछि पत्रिकाको सबै क्षेत्रको कामको जिम्मेवारी लिन मलाई हौसला बढ्यो र मैले भने समाचार संकलन, बिचार अन्तरवार्ता, न्युज सम्पादन र व्यवस्थापन सबै काम म गर्न सक्छु भन्ने आँट मैले गरे र पारिश्रमिक मात्र ५ हजार माग गरे प्रकाशकले यो पत्रिकालाई हामी सबैले मिलेर नेपालको नम्वर वान नेपाली आइटी पत्रिका बनाउनुपर्दछ यसका लागि मैले प्रकाशनको आँट गरे, त्यसमा तपाईले पनि साथ दिनुहोस अहिले तपाईले भने जति पैसा दिदा प्रकाशनमा गार्हो हुन्छ बजारको रिटर्न तत्काल छैन यसलाई ब्राण्डिङ गर्न केही समय तपाईले भोलुन्टर गर्नुहोस ६ महिनापछि तपाईको माग पूरा हुन्छ अहिले यातायात खर्च स्वरुप २ हजार पाउनुहुन्छ भने मैले हुन्छ भने । मलाई आँट थियो बजारबाट केही महिनामै पत्रिकालाई प्रतिफल दिलाउँछु अर्थात ५ हजार बराबरको कमाई बजारबाटै आफ्नै मिहिनेतमा कमाउँछु । अफिस व्यवस्थापनको कामलाई मिलाउदै बजारमा पत्रिकाको ब्राण्ड चिनाउन र सूचना प्रविधिका नयाँ नयाँ समाचार खोज्न र आइटीका व्यक्तिहरुको भ्वाइस कलेक्सनमा जुट्न थाले ।
धेरै महिना दैनिक ६ घण्टाभन्दा बढी पैदले हिडेर बजारमा कुद्न थाले । आइटी पत्रकारीतामा दक्षता हासिलका लागि दैनिक जीवनका धेरै कुराहरुलाई थाती राखेर साइवर सञ्चार पत्रिकामा भविष्य खोज्न तल्लिन भए । चुनौतीलाई अवसरको रुपमा लिदै आफ्नो पारिश्रमिक बजारबाटै लिनेसम्मको अवस्थामा पत्रिकालाई पुर्याए ।
साइवर सञ्चारको काममा बजारका आइटी व्यक्ति, व्यवसायी र सरकारी निकायमा पुग्दाको केही स्मरणीय क्षणहरु मेरा लागि सिकाइका अनुभव भयो भरतराज उप्रेतीले भने, साइवर सञ्चार पत्रिकाबाट आएको भन्दा, ए ! साइवर संसाार मैले हेरेको छु भन्ने प्रतिक्रियाले साइवर सञ्चार पत्रिकाको बारे थप जानकारी बुझाउँदा समय निकै आनन्द हुन्थ्यो । केहीले ओहो, यो राम्रो मिडिया अभियान भन्थे, पछि आउनुहोस् हामी तपाईको प्रकाशनलाई सहयोग गर्छौ भन्थे, पछि जादा सिस्टम र प्रक्रिया अनि बजेट नभएको कुरा गरेर पहिले आफूले बोलेको कुरा बिर्सन्थे । रु ५०० मा पत्रिकाको वार्षिक सदस्य बनिदिनुहोस् न भन्दा म हाम्रो अफिसको तर्फबाट गर्छु, अर्को पटक आउनुहोस् भन्ने आश्वासन मात्र दिन्थे ।
आइसिटी क्षेत्रका धेरै ठूला व्यवसायिक व्यक्तिहरु र अग्रजहरुले त्यही कुरा दोहोर्याउने गर्दा बजारबाट अफिसको डेस्कमा पुग्दा मनमा निराशा मात्र उत्पन्न हुन्थ्यो तर त्यसलाई अवसरको रुपमा लिई काम गर्ने मनस्थितिमा फेरि फर्कने गथ्र्यो हामी । साइवर सञ्चार पत्रिकालाई माया गरी पत्रिकाकलाई स्थायित्व र व्यवसायिक बनाउन केही व्यक्तिहरुले दिएका सल्लाह, सुझाव र गरेको सहयोगलाई भरतराज उप्रेतीले यसरी उल्लेख गर्न चाहे । कम्प्युटर बजारका निर्देशक भेषराज पौडेलले डेढ वर्षसम्म पत्रिकाको अफिसका लागि एक कोठा र इन्टरनेट सुबिधा सहित उपलब्ध गराएका थिए । तत्कालीन नेपाल दूरसञ्चार प्राधिकरणका अध्यक्ष दिनेश शर्मा, राष्टिय सूचना प्रविधि केन्द्रका डा. सुवर्ण शाक्य, प्रमाणीकरण कार्यालयका नियन्त्रक राजनराज पन्त, माइक्रोल्याण्ड कम्प्युटरका सुनी जोशी, आइस्पानका अध्यक्ष, पवन शाक्य, भायनेट कम्युनिकेसनका प्रबन्ध निर्देशक विनय बोहरा, बोर्ड लिंकका निर्देशक बिकेन्द्र तिमल्सिना लगायतका लागि कम्पनीका तर्फबाट पत्रिका प्रकाशनमा लागि सहयोग पुर्याएका थिए । त्यसै पत्रिका प्रकाशन टिममा सम्पादक लक्ष्मण बजगाई र प्रमोद भट्टराई, सहायक सम्पादनमा दीपक कार्की शिक्षा थापा, डेक्स्टप टाइपिङ, सेटिङ डिजाइनिङ शोभा देवकोटा, रिपोर्टरमा कृपा देवकोटा र प्रेसमा रोहित दाहालले विशेष सहयोग पुर्याएको साइवर सञ्चार प्रकाशनमा कति दिन पत्रिकाको अफिसमा राती २ बजेसम्म काम गरेर अफिसको टेबलमा नै निदाएको क्षण पनि अहिले पनि ताजै छ, भरतराज उप्रेती भने, साइवर सञ्चार नयाँ लोगो र कलर पेज सेटिङमा राजधानी कतार प्रकाशनका डिजाइनमा सरिन श्रेष्ठको महत्वपूर्ण योगदान रहेको थियो ।
पत्रिका सञ्चालनमा धेरै उतार चढावहरु आए, पत्रिका प्रकाशनको सुरुका सम्पादकले पारश्रमिक चित्त नबुझी छोडे । पत्रिका सम्पादन टीमका केही साथीले पनि छोड्दै गए । त्यसपछिका सबै जिम्मेवारी सम्हाल्ने चुनौती म सामु आए पनि त्यसलाई मैले अवसरको रुपमा लिई सबै काम गर्न थाले । जसले मलाई पत्रिका सञ्चालनमा परिपक्कता बनायो । सरकारको आइटी क्षेत्रको नीति, नीजि क्षेत्रको आइटी मिडियाप्रतिको बुझाई र बजारको प्रतिफलका कारण पत्रिका दुई दुई पटक बन्दको अवस्थासम्ममा पुग्दा दुबै मोडबाट सेफ ल्याण्डिङको मोडमा पुर्याउने काममा भूमिका खेले । अन्तमा साइवर सञ्चार पत्रिका साप्ताहिकबाट मासिक पत्रिकामा कान्तिपथको स्पेस टेकका सञ्चालक ई महेश पाण्डेको सम्पादक तथा सञ्चालकको अगुवाईमा प्रकाशन अगाडी बढ्यो । नयाँ टीमको बीचमा काम गर्दा पारश्रमिक उही पुरानो जिम्मेवारी बढी, आफ्ना पुराना अनुभव र दक्षताप्रति स्वतन्त्र भएर काम गर्ने वातावरण साँघुरिदै गर्दा साइवर सञ्चार प्रकाशनबाट अलग्गिएर आइसिटी न्युज साप्ताहिक एकल लगानी र टीममा प्रकाशन शुरु गरे ।

डेढ वर्ष निरन्तर प्रकाशनपछि बजारबाट उचित प्रतिफल आइसिटी न्युजले पाउन सकेन । पत्रिका प्रकाशन गरेर मुख्य मुख्य आइटी स्टेकहोल्डरका पुर्याउने काम मात्र भयो आइसिटी न्युजको ब्राण्डिङ काठमाडौंको क्यान इन्फोटेकदेखि धरान क्यान इन्फोटेकसम्म क्यान स्पेस अंक निकाल्ने सफलता मिल्यो तर बिडम्बना डेढ वर्षको आइसिटी न्युज प्रकाशनमा क्यानबाट मुश्किलले पन्ध्र सय सहयोग पाइयो । हुनत साइवर सञ्चार पत्रिकाको प्रकाशनमा पनि क्यान जस्ता आइटी संघ संस्थाबाट प्रकाशनमा कुनै आर्थिक सपोर्ट थिएन म साइवर सञ्चारमा रहदासम्म । यतिसम्मकी आइटीका व्यवसायी स्टेकहोल्डरहरुले आइटी पत्रिकाको प्रकाशनको प्रशंसा मात्र गर्दै प्रकाशन सहयोगमा आर्थिक सपोर्टको अनुरोध गर्दा बजेट नभएको निराशजनक प्रतिक्रिया दिन्थे ।
काम गदै जादा कमी कमजोरीहरु आउँछन् तर त्यसबाट अत्तालिनुभएन । कसैले पनि मेरो कुनै कमजोरी छैन भन्दा आएका अवसरहरु गुम्छन् भन्ने मेरो बुझाई छ । आइसिटी क्षेत्रमा काम गर्दाको मेरो मुख्य कमजोरी मैले मेरो विज्ञतालाई ठान्छु । आइसिटी क्षेत्रमा म केही सिक्दैछु र सिकेका कुरालाई आइसिटी पत्रकारीतामार्फत उजागार गर्न सोसल तथा अनलाइन मिडियाको माध्यम रोजेको छु । व्यवसायिक पत्रकारीताका लागि मैले आइसिटी क्षेत्रमा स्ट्रङ्ग एप्रोज गर्न नसक्नु नै मेरो मुख्य कमजोरी मान्छु । अन्य कुरामा कुनै पनि काम गर्ने भनेपछि आजको भोलि नै गनुपर्दछ भन्ने मेरो सोच र मान्यता छ, तर संस्थागत तथा व्यक्तिगत रुपमा साथीहरुले यस्ता विषयलाई गहन लिन चाहदैनन् त्यो मानेमा म अलि कडा स्वभावको छु । काममा आलटाल गर्ने प्रबृत्तिलाई मैले मान्यता नदिदा मेरो डिप्लोम्यासीलाई साथीहरुले कमजोरीको रुपमा बताउने गरेका छन् ।

आइसिटी पत्रिका प्रकाशनमा भोगेका दुःख कठिनाईको स्मरण चाबहिलको म्याक्रोटेक कम्प्युटरमा बेन्चमा रातभर बिताएको र बार्ह एक बजे कोठामा फर्किदाको क्षण अझै ताजा रहेको बताउँछन् भरतराज उप्रेती । आइसिटी न्युज साप्ताहिक प्रकाशनमा म्याक्रोटेक सोलसनका प्रमुख तिलक बिक्रम भण्डारीको योगदान र डिजाइनर लक्ष्मण चौधरीको मिलनसार व्यवहार एवं ठट्यौलीपनको रोचक प्रसंग पनि आइसिटी पत्रकारीताको खुट्किलो मान्छन् उप्रेती ।

सरकारको आइसिटी नीतिलाई कार्यान्वयन ल्याउन परामर्श र सहयोग गर्ने, आइसिटी क्षेत्रको सूचना जानकारीलाई आम नागरिकमा पुर्याउने, समग्र आइसिटी व्यवसायको प्रवद्र्धन गर्ने र प्रिन्ट अनलाइन, बिद्युतीय सञ्चार माध्यममा आइसिटी विटमा काम गर्ने पत्रकारहरुलाई गोलबन्द गर्दै उनीहरुको हकहितका लागि काम गर्ने उद्देश्यका साथ २०६७ असोजमा आइसिटी पत्रकार विकास मञ्च नामक संस्था स्थापनामा समेत भरतराज उप्रेतीको अह्म भूमिका रह्यो ।

साइवर सञ्चार पत्रिकाका काम गर्दादेखि नै आइटीको क्षेत्रलाई क्षेत्राधिकारी आइसिटीमा बदल्ने सोच र भिजनका साथ आइसिटी न्युज साप्ताहिक प्रकाशनमा ल्याएका भरतराज उप्रेतीले सरकारी र निजी आइटी क्षेत्रबाट प्रकाशनमा सपोर्ट नपाएकै कारण सन् २००९ मा आइसिटी साप्ताहिकलाई आइसिटी न्युज अनलाइनमा डाइभर्ट गरे । आइसिटी न्युज अनलाइन सञ्चालनका लागि डोमेन होस्टिङ र डिजाइनिङमा २५ हजार रुपैया खर्च गरेका उप्रेतीको लगानी त्यतिबेला खरानी भयो सन् २०१० को मध्यतिर साइट ह्याक भयो र सबै डाटा रिकभर गर्न सकेन । त्यसपश्चात अर्को वर्ष डोमेन रिन्युका लागि डोमेन दर्ता गर्ने मान्छेको डोमेन लगिन कोड नदिदा २०११ को अन्त्यतिर भरतराज उप्रेतीले आइसिटी अनलाइनखबर आइटी न्युज पोर्टल सञ्चालनमा ल्याए ।

अनलाइनमा काम गर्दा प्रिन्टमा भन्दा थोरै लगानी पर्ने भएको र कामका लागि आफै दक्ष हुदा कम्प्युटर इन्टरनेटको सहयोग भए मात्र पुग्ने उप्रेतीले सन् २०११ देखि अनलाइन पत्रकारीतामार्फत आफ्नो दैनिकी पार्टटाइम बेसमा अगाडी बढाउदै आएका छन् ।
साइवर सञ्चार पत्रिका, आइसिटी न्युज साप्ताहिक, आइसिटी पत्रकार विकास मञ्च संस्था, आइसिटी अनलाइनखबर वेभ पत्रिका सँगै सोसल मिडियाको कन्सेप्टमा आइसिटी पत्रकारीतालाई अनलाइनमा व्यवस्थित र व्यवसायीकरण गर्न लागिपरेका छन् भरतराज उप्रेती ।
युवा पुस्तालाई आइसिटीमा डिजिटल इम्पावर गराउदै सोसल न्युज मिडिया र कल्चर टुरिजम्मको सोसल अवधारणालाई नेपाली आइसिटी पत्रकारीताको माध्यमबाट चिनाउने लक्ष्यकासाथ अनलाइन आइसिटी पत्रकारीतातर्फ आफ्नो दक्षता र विज्ञतालाई अगाडी बढाउने सोच उप्रेतीको छ । नागरिकपोष्ट, मातृभूमि, प्रोफाइल लाइफ, एनआरएन प्रोफाइल, आइसिटी खबर, लिभिङ नेपाललाई सोसल मिडियाको कन्सेप्टमा अगाडी बढाउने सोचका साथ अनलाइन दैनिकीको रफ्तारमा उप्रेती लागि पर्ने बताउँछन् ।

सूचना प्रविधि आइसिटीको मुख्य क्षेत्र हो भने सोसल मिडिया आइसिटी क्षेत्रको विकासको माध्यम बनेको छ । सोसल मिडियाको भित्री पाटो वेभ टेक्नोलोजी हो । इन्टरनेटको विकासक्रम र प्रयोगले विश्वलाई माउसको क्लीकमा घुमाइरहेको छ । शैक्षिक, सामाजिक, पर्यटन व्यवसाय र व्यक्तिगत जीवनमा समेत सूचना प्रविधिको भूमिका महत्वपूर्ण रहेको हुदा पछिल्लो समय अनलाइन र सोसल मिडियाको बिकासक्रमले आइसिटी क्षेत्रमा प्रसस्त अवसरहरु बढाइदिएको छ । अहिले कुनै पनि क्षेत्रको व्यवसाय प्रवद्र्धनको लागि वेभ तथा सोसल मिडिया बिना असम्भवसिद्ध जस्तै भइसकेको छ । इकमर्शको प्रविधिले कुनै वस्तु तथा उत्पादनको सेवाको बजारका लागि जति सहज भएको छ, त्यति यसको मुख्य पाटोको पहिचान गर्न नसक्दा सोचे जति इकमर्शको बजार बिस्तार हुन सकेको छैन भने लगानीको प्रतिफल पनि कम हुन्छ । अतः आइसिटीमा लगानी र काम गर्न चाहनेहरुले अनलाइन सोसल मिडिया सहकार्य गर्नुको विकल्पै छैन भने आइसिटी पत्रकारहरुले व्यवसायिक पत्रकारीताको लागि अनलाइन पत्रकारीतालाई दैनिकी बनाउन सिक्न जरुरी भइसकेको छ ।  आज लगानी गरेर भोलि नै प्रतिफल चाहने सोचका कारण आइसिटी क्षेत्र र आइसिटी मिडियामा एकल भ्वाइस स्थापित हुन सकिरहेको छैन त्यसका लागि हामी एकजुट भएर आइसिटी पत्रकारीता क्षेत्रमा लाग्नुपर्ने खाँचो खट्किएको छ ।                           [email protected]/9851093493

(भरतराज उप्रेती, साइवर सञ्चार पत्रिकाका व्यवस्थापक सह सम्पादक, आइसिटी न्युज साप्ताहिकका प्रकाशक तथा प्रधान सम्पादक, आइसिटी पत्रकार विकास मञ्चका संस्थापक अध्यक्ष, आइसिटी अनलाइन खबर डट कम र आइसिटी खबर डट कम का सञ्चालक तथा प्रधान सम्पादक रहदै आइसिटी सोसल मिडिया कन्सेप्टर युवा पत्रकारको रुपमा चिनिन्छन् ।) 

असन्तुष्टि सार्वजनिक गर्दै प्रचण्डले दिए मन्त्री फिर्ता बोलाउने चेतावनी

काठमाडौं,पुष १७ । एकीकृत माओवादीका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले ८१ दिन पुरानो सरकारसँगको असन्तुष्टि सार्वजनिक गर्दै आफ्ना दलका मन्त्रीहरुलाई कुनै पनि समयमा सरकाबाट फिर्ता गर्ने चेतावनी दिएका छन् ।पार्टीको तीन नम्बर प्रदेशको दुईदिने बैठकलाई बिहीबार पेरिसडाँडामा सम्बोधन गदैं उनले यस्तो चेतावनी दिएका हुन् ।

दाहालले दलका मन्त्रीहरुलाई फिर्ता हुनका लागि मानसिक रुपमा तयार हुन निर्देशन दिए पनि यसमो समयसीमाबारे भने केही उल्लेख गरेनन्। भारतीय नाकाबन्दी, कालोबजारी, चिसोले भूकम्पपीडितको मृत्यु भइरहेका बेला मन्त्रालय विभाजन गरी जम्बो मन्त्रिपरिषद बनाउने प्रधानमन्त्री केपी ओलीको निर्णय, मन्त्रीहरुका अलोकप्रिय निर्णय र मन्त्रीहरुको कार्यशैलीप्रति पार्टीभित्र गुनासो बढ्दै गएपछि दाहालले कार्यदक्षता देखाउन नसक्ने नेताहरुलाई सरकारमा राखिराख्नु पार्टीका लागि हित नहुने बताएका हुन् ।

‘सरकारमा बसिराख्दा हाम्रो शिर गिर्ने भयो। कार्यदक्षता देखार्न नसक्ने हो भने हामी त्यहाँ किन बसिराख्नु पर्‍यो?हामी फर्कने हुन पनस सक्छाैँ, प्रचण्डले बैठकमा भने,’सरकार ढल्ने अवस्था सिर्जना नगराैँला। समर्थन दिइराखाैँला तर सरकारबाट फिर्ता भएर हामी सबै पाटी निर्माणमा लागाैँला।’ अन्नपूर्ण पोस्ट दैनिकमा समाचार छ ।

माल्दिभ्सलाई हराउँदै भारत साफ च्याम्पियनसिपको फाइनलमा

काठमाडौं,पुष १६ । मालदिभ्सलाई पराजित गर्दै आयोजक भारत साफ च्याम्पियन्सिपको फाइनलमा प्रवेश गरेको छ । पहिलो सेमिफाइनलमा माल्दिभ्सलाई ३-२ले हराउँदै भारत साफ च्याम्पियनसीपको फाइनलमा प्रवेश गरेको हो । भारतको केरलास्थित त्रिबन्दरम्‌ रङ्गशालामा भएको खेलमा भारतका जेजेले २ तथा कप्तान सुनिल क्षेत्रीले एक गोल गरे ।

मालदिभ्सका लागि अहमेद नासिद र अम्दान अलिले १-१गोल गरे । पराजित मालदिभ्सका लागि पहिलो हाफको इन्जुरी समय र ७५ औं मिनेटमा अर्को गोल गरे । भारतले फाइनलमा अफगानिस्तान र श्रीलङ्काबीचको बिजेतासँग प्रतिस्पर्धा गर्ने छ।

शिव सेनाको कार्यक्रममा छोरीसँग पारस (फोटोहरु)

पुस १६, २०७२- शिव सेना नेपालले बिहीबार राजधानीको वनकालीमा गरेको कार्यक्रममा पूर्व युवराज पारस शाह छोरी पूर्णिकासँगै सहभागी भए । ११ बजे आउने तय भए पनि उनी साढे १ बजेतिर कार्यक्रम स्थल आइपुगेका थिए ।

छोरी र केही आफन्तसहित आएका पारस कार्यक्रममा देखापरेलगत्तै सहभागीहरुले ‘राजा आउ देश बचाउ’ भन्दै नारा लगाएका थिए ।

खरानी रङको ज्याकेट, खैरो रङको सर्ट, कालो पाइन्ट र चश्मा लगाएर पारस कार्यक्रममा सहभागी हुन आएका थिए । कार्यक्रममा आकर्षणकी केन्द्र भने पारसकी छोरी भइन ।

कार्यक्रममा सहभागी हुँदा पारस छोरीसँगै बसे र गफ गरिरहे । उनले छोरीलाई उठेर सहभागीलाई नमस्कार गर्न अह्राएका थिए ।

शिव सेनाले सुरु गरेको भूकम्प पीडितको लागि खाना खुवाउने कार्यक्रमको उद्घाटनको लागि पारस वनकाली पुगेका थिए । उनले पानसमा बत्ती बालेर कार्यक्रमको सुरुवात गरे । पीडितका लागि हरेक दिन बिहान खाना नि:शुल्क खाना खुवाउने शिव सेनाले जनाएको छ ।

कार्यक्रमस्थलमा खाना खाएर एक घण्टापछि पारस बाहिरिएका थिए ।

—Kantipur

यातायात व्यवस्था विभागका निर्देशक घुससहित पक्राउ

काठमाडौं,पुष १६ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगको टोलीले यातायात व्यवस्था विभागका निर्देशक नविन कुमार पोख्रेल घुससहित पक्राउ गरेको छ । नयाँबानेश्वरस्थित विभागको कार्यालयबाट पोख्रेललाई झण्डै दुई लाख रुपैयाँ घुससहित अख्तियारको टोलीले पक्राउ गरेको हो ।

सक्लान त ? मोर्चाको अबको आन्दोलन सिंहदवरबार केन्द्रित पर्ने धम्की

जनकपुर,पुष १६ । संघिय समाजवादी फोरम नेपालका अध्यक्ष उपेन्द्र यादवले मधेसमा आन्तरिक उपनिवेश अन्त्य नभएसम्म आन्दोलन नरोक्ने चेतावनी दिएका छन् । जनकपुरमा विहिबार आयोजित पत्रकार भेटघाट कार्यक्रममा बेल्दै यादवले अबको आन्दोलन सिंहदरबार केन्द्रित हुने बताउदै केहि गनेचुनेका एउटै समुदायका व्यक्तिहरुले मधेसीहरुलाई उपनिवेश बनाएको राखेको बताए । उनले भने आन्दोलन बरु अझै शसक्त परिन्छ रोकिन्छ भनने आशै नगरौं ।

मधेसी मोर्चाका ११ वुँदे माग कार्यन्वयन गर्न सत्ता पक्ष आनाकानी गरिरहेकाले उत्त माग संवोधन नभएसम्म नाकाबन्दी जरी रहने बताए । उनले एउटै समुदाय र जातका केही मानिसहरुले संविधान ल्याएको र उनीहरु मधेसमा उनीहरु नरसंहार गर्न लागेको आरोप लगाए ।

शारीरिक सम्पर्कपछि बिहे इन्कार गर्दै जंगलमै हत्या

गाईघाट,पुष १६ । चार दिन अघि उदयपुर जिल्लाको रामपुर ठोक्सिला गाविस ८ बस्ने बर्ष ३८ की कृष्ण कुमारी कटुवालको हत्या स्थानीय मजदुर सरोज मगरले गरेको खुलेको छ । इलाका प्रहरी कार्यालय रामपुर ठोक्सिलाका अनुसार झापा जिल्ला तोपगाछी गाबिस बस्ने ३९ वर्षीय मगरले कृष्ण कुमारीलाई केही समययता शारीरिक सम्पर्क राख्दैआएका थिए ।

कृष्ण कुमारीले आफूलाई विवाह गर्न भनेपछि विवाद बढेर मगरले पुस १२ गते हत्या गरेको इलाका प्रहरी कार्यालय रामपुर ठोक्सिलाले बताएको छ । उक्त दिन जङ्गलमा दाउरा काट्न गएकी कृष्ण कुमारीसँग शारीरिक सम्पर्क भएको र विवाद बढेपछि पाँच किलो जतिको ढुङ्गाले टाउकामा प्रहार गरी हत्या गरेको मगरको बयानलाई उद्धृत गर्दै प्रहरी निरीक्षक अमतलाल माझीले बताए।

सरोज मगरलाई प्रहरीले १३ गते साँझ स्थानीय एक घरमा लुकी बसेको अबस्थामा पक्राउ गरेको हो । कृष्ण कुमारीको परिवारजनबाट मौखिक जाहेरी परेपछि प्रहरीले बेपत्ताको खोजी कार्य थालेको थियो । उनको मृत शरीरलाई निर्वस्त्र अवस्थामा फेला पारिएको थियो ।

वालबिवाहको असर खेप्दै आमाहरु

दाङ,पुष १६ । देउखुरी वेलाकी सन्तोषी यादवको ११ बर्षकै उमेरमा विबाह भयो । विबाह भएको ४ बर्षपछि महिनावारी भयो । त्यसपछि उहाँले बर्षैपिच्छे जसो ८ वटा बच्चा जन्माउनु भयो । ती मध्य दुई वटा बच्चाको निमोनियाका कारण मृत्यु भयो । अहिले उहाँको तल्लो पेट दुख्ने, पिसाव पोल्ने र सेतो पानी बग्ने समस्याले पिडित हुनुहुन्छ ।

परम्परा अनुसार नै बिहे गर्नुभएकी यादवले पढ्न लेख्न पाउनु भएन । सन्तोषी अहिले ६५ बर्षको हुनुभयो । आफ्नै गाउँको स्वास्थ्य चौकीमा घोराहीबाट निशुल्क उपचार गर्न डाक्टर आउने खबर पाएर शिबिरमा पुग्नुभएकी सन्तोषीको मन डाक्टरको सल्लाह र कुरा सुनेर विगतलाई सम्झनु भयो । घर परिवारको सल्लाहबाटै ११ बर्षमा बिबाह गरेकी सन्तोषीको मन अहिले त्यो दिन र संस्कारलाई सम्झेर असन्तोष छ ।

यादव समुदायमा संस्कार नै थियो सानैमा बिहे गर्ने र दुई चार बर्ष माईती मै बस्ने सन्तोषिले भन्नुभयो,— त्यति बेलाको जमाना अर्कै थियो अहिले त सबैले पढ्ेलेखेका छन् हाम्रो पालामा त्यसो थिएन । संस्कार र काम प्यारो हुन्थ्यो सन्तोषीले भन्नुभयो,—अहिले पछुताएर के गर्ने नाति नातिनालाई पढाउने र उमेर पुगेपछि बिहे गर्ने सल्लाह दिन्छु ।

ओरेक नेपाल दाङ, नेपाल परिवार नियोजन संघ र जिल्ला जनस्वास्थ्य कार्यालयले देउखुरीको बेलामा आयोजना गरेका एकीकृत महिला स्वास्थ्य शिबिरमा आएका सन्तोषी एउटा उदाहरणका पात्र हुनुहुन्छ । करिब २ सय महिलाहरुले शिबिरमा स्वास्थ्य जाँच गराउदा ७५ प्रतिशत महिलाहरु सानैमा बिहे गरेका र प्रजनन तथा यौन समस्याबाट पिडित बनेको पाइए ।

शिविरमा उपचार गराउन पुगेकाहरु महिलाहरुको प्रजनन् स्वास्थ्यमा गम्भिर असर देखा परेको छ । विवाह गर्ने उमेर नहुदै बिवाह गर्ने र छिटो बच्चा जन्माउदा महिलाहरुको प्रजनन् स्वास्थ्यमा समस्या देखा परेको हो । शिविरमा आउनु भएकी शिबा खनालले पनि ११ बर्षमै बिहे गरेको चिकित्सकलाई सुनाउनुभयो ।

८ वटा बच्चा जन्माउनु भएकी शिबाले ४ वटालाई बचाउन सक्नु भएन । विहे गरे देखी नै स्वास्थ्य समस्या खेप्दै आउनु भएकी शिवा अहिले पनि रोग सँग लड्दै आउनुभएको छ । सुत्केरी हुदा समेत स्याहार नपाएको बताउने शिवालाई अहिले बिभिन्न शारिरीक समस्या रहेको बताउनुहुन्छ ।

सानै उमेरमा बिबाह गर्दा परिपक्व शरिर नहुदै बच्चा जन्मने, स्याहार नपाउने, पोषणा तत्वको कमी, घरमै बच्चा जन्माउने र शिक्षाको अभाबका कारण महिलाहरुको प्रजनन् स्वास्थ्यमा असरहरु देखा परेको डा। अरबिन्द भुसालले बताउनुभयो ।

उपचारका लागि शिविरमा पुगेका अधिकांश महिलाहरुमा पाठेघरमा समस्या, तल्लो पेट दुख्ने, सेतो पानी बग्ने, ढाड कम्मर दुख्ने समस्याहरु देखिएको थियो ।

यादब समुदायको बस्ती रहेको वेला, खरदरीया, प्रतापपुरका महिलाहरुले सानै उमेरमा बिबाह गरेको र धेरै सन्तान जन्माउदा अहिले समस्या थपिदै गएको डा। भुसालको भनाई छ ।

शिबिरमा गएका अधिकांश महिलाहरुले १० देखी १५ बर्षको उमेर मै बिबाह गरेको बताएका थिए । त्यसैगरी सन्तान पनि १० वटा सम्म जन्माउने गरेको पाइएको छ । शिबिरमा २ सय बढीले निशुल्क सेवा लिएका छन् ।
सिआईएन

शुक्रबार सबैभन्दा बढी तेल वितरण गरिने,चार पाङग्रे निजी सवारीलाई अझै अन्योल

काठमाडौं,पुष १६ । नेपालको संविधानप्रति असन्तुष्टी जनाउँदै भारतले गरेको नाकाबन्दीपछि शुक्रबार सबैभन्दा बढी तेल वितरण गरिने भएको छ । गएको १५ दिन यता भारतबाट इन्धन आपूर्ति बढी भएकाले नेपालअ आयल निगमले शुक्रबारदेखि तेल वितरणको मात्रा बढाउन लागेको छ । भारतले गरेको नाकाबन्दी लम्बिन सक्ने र अत्यावश्यक सवारीहरुका लागि तथा सरकारका विशिष्ट ब्यक्तिहरुका लागि भने निगमले तेल भण्डारण गरेर सीमित मात्रामा मात्रै पम्पबाट तेल वितरण गरिँदै आएको थियो ।

तेल भण्डारण नभएको भन्दै निमगले चार पाङग्रे निजी सवारी साधनलाई लामो समयदेखि निगमले तेल वितरण गरेको छैन । सार्वजनिक सवारी साधन सञ्चालनमा समस्या नहोस् भनेर निगमले सार्वजनिक सावारी साधानलाई मात्र आलोपालो तेल वितरण गर्दै आएको खबर डवलीमा समाचार छ । तेल आपूर्ति धेरै हुन थालेको भन्दै निगमले शुक्रबारदेखि निगमको डिपो र पेट्रोल पम्पहरुबाट गरी साढे तीन लाख लिटर भन्दा बढी तेल बाँड्न लागेको हो । निगमको विहीबार बसेको बैठकले यस्तो निर्णय गरेको बताइएको छ ।

निगमले थानकोट डिपोबाट उपभोक्तालाई ६० हजार लिटर तथा पम्पमार्फत दुई लाख २० हजार लिटर डिजल वितरण गरिने निगमले जनाएको छ । तेल आपूर्ति बढी भएको भन्दै वितरणको मात्रा बढाउन लागिए पनि चार पाङग्रे निजी सवारीलाई तेल वितरण गर्ने योजना अझै बनेको छैन ।

निगमले एक साताअघि नै चार पाङ्ग्रे निजी सवारीलाई छिट्टै तेल वितरण गर्ने भने पनि अझैसम्म वितरण गरेको छैन ।

एक करोड २० लाख लिटर डिजेल रहेको निगमसँग मंगलबार र बुधबार पनि प्रशस्त डिजेर भित्रिएपछि तेल वितरणको परिणाम बढाउन लागेको हो । निगमका अनुसार बुधबार दुई लाख लिटर भन्दा बढी तेल वितरण गरिएको थियो ।

निगमले आगामी सातादेखि चार पाँग्रेसवारी साधनलाई पेट्रोल पनि वितरण गर्ने योजना बनाएको छ । निमगको थानकोट डिपोमा पेट्रोलको भण्डारण पनि निकै छ । निगमकै कर्मचारीहरुबाट तेल वितरणमा कालाबजारी भएको भन्दै गुनासो बढेपछि अनुगमन पनि कडा पारिएको छ

लागू औषध चरेश सहित पक्राउ

पर्सा, पुष १६ । हरिहरपुर–३ बस्ने ४० बर्षीय सोनालाल राउत कुर्मीलाई प्रहरीले २५ किलो अवैध लागू औषध चरेश सहित पक्राउ गरेको छ । इलाका प्रहरी कार्यालय पोखरीयाबाट गस्तीमा खटिएको टोलीले बुधबार राति नेपालबाट भारततर्फ जाँदै गरेका उनलाई २ वटा प्लाष्टिकको बोरामा राखेको उक्त चरेश सहित पक्राउ गरेको हो ।
उनीसंगै रहेका अन्य ३ जना फरार व्यक्तिहरुको प्रहरीले खोजतलास गर्नुको साथै यस सम्बन्धमा आवश्यक अनुसन्धान गरिरहेको छ ।

एसएसबीद्वारा सीमामा कडाइ, ग्यास सिलिन्डर नियन्त्रणमा

महोत्तरी, पुष १६ । महोत्तरीको पूर्वी सीमानाका मटिहानीमा सीमापारिबाट ल्याइँदै गरेका आधादर्जन ग्यास भरिएका सिलिन्डर विहीबार भारतीय सीमा सुरक्षा बल (एसएसबी)ले नियन्त्रणमा लिएको छ । जिल्लाको दोस्रो मुख्य भन्सार नाका मटिहानी हुँदै भारतबाट नेपाल ल्याइँदै गरिएका ती सिलिन्डर एसएसबीले नियन्त्रणमा लिएको उपभोक्ताले बताएका छन्। बुधबार सम्मबिनारोकटोक ल्याउन दिइएको ग्यास सिलिन्डर विहीबार एक्कासी एसएसबीले नियन्त्रणमा लिएपछि नेपालबाट ग्यास लिन भारत गएका दर्जनौं व्यक्ति खाली सिलिन्डर लिएर फर्केका छन् ।

नेपाली सिलिन्डरमा भारतीय ग्यास पल्टी गरेर चर्को मूल्यमै भएपनि बुधबारसम्म नेपाली ग्राहकले पाउने गरेकामा विहीबार बिहानदेखि एसएसबीले भारतबाट ग्यास लैजान नमिल्ने भन्दै ग्यास भरिएका सिलिन्डर नियन्त्रणमा लिन थालेका छन् । महोत्तरीको सीमापारिका भारतीय सहर मधवापुर, सुरसन्ड, भिट्ठामोडमा बुधबारसम्म नेपाली ग्राहकले नेपाली सिलिन्डर लगी भारतीय ग्यास भरेर ल्याउने गरेका थिए ।

भारतमा नेपालीसँग एउटा सिलिन्डर रिफिल गरेबापत रु दुई हजार ८०० देखि तीन हजार नेपाली रुपैयाँसम्म लिने गरिएको थियो । तर, विहीबार बिहानदेखि सीमानाकामा एसएसबीले ग्यास भरिएका सिलिन्डर नियन्त्रणमा लिन थालेपछि नेपालबाट ग्यास ल्याउन भारतीय बजारमा पुगेका ग्राहक बिचल्लीमा परेका छन् ।

Wednesday, December 30, 2015

प्रधानमन्त्री ओली-मोदीबीच फेरि टेलिफोन वार्ता

काठमाडौं,पुष १६ । प्रधानमन्त्री केपी शर्मा ओलीसँग भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले विहिवार पुनः टेलिफोन वार्ता भएको छ । दुई दिने कार्यक्रमका लागि झापामा रहेको ओलीसँग मोदीले फोन गर्दै पछिल्लो राजनीतिक अवस्थाका बारेमा बुझेको प्रधानमन्त्रीका प्रेस सल्लाहाकार प्रमोद अधिकारीले बताए। नाकाबन्दीपछिमोदीसँग भएको यो तेस्रो टेलिफोन वार्ता हो । टेलिफोन वार्ता मधेसमा जारी आन्दोलन र नेपाल भारत नाकामा भैरहेको अवरोधको बारेका कुरा भएको जनाईएको छ ।

अवैध आप्रवासनको आरोप कोस्टारिकामा २६ जना नेपाली पक्राउ

काठमाडौं,पुष १६ । अवैध आप्रवासनको आरोपमा कोस्टारिकामा २६ जना नेपालीहरु पक्राउ परेका छन् । बुधवार सुरक्षाकर्मीले स्थानीय काना ब्लान्सा पुल नजिकबाट एउटा ट्रकमा यात्रा गरिरहेका ५१ जना आप्रवासीलाई पक्राउ गर्दा सबैभन्दा बढी नेपालीहरु परेका हुन् ।

पक्राउ पर्ने अन्यमा बंगलादेशका ९ जना, सोमालियाका ९ जना, इरिट्रियाका ४ जना, इराकका २ जना र पाकिस्तानका एकजना रहेको स्थानीय सञ्चारमाध्यमले जनाएका छन् । उनीहरु कसैसित पनि यात्राका लागि वैध कागजात नरहेको अधिकारीहरुको भनाइ छ ।

अस्पतालबाट मधेस आन्दोलनको डिजाइन गर्दै महतो

धरान,पुष १६ । संयुक्त लोकतान्त्रिक मधेसी मोर्चाको आन्दोलनको डिजाइन पछिल्लो समय धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानबाट हुने गरेको प्रमाण फेला परेको छ । विराटनगरको जोगवनी नाकामा प्रहरीको झडपका क्रममा घाइते भएका सद्भावना पार्टीका अध्यक्ष राजेन्द्र महतो उपचारको बाहनामा प्रतिष्ठानमा भर्ना भएर मधेस आन्दोलनको डिजाइन गर्ने गरेको खुलासा भएको छ ।

विराटनगरको गोल्डेन अस्पतालबाट डिस्चार्ज भएका पूर्व स्वास्थ्यमनत्री महतोलाई प्रतिष्ठानकै पदाधिकारीहरुले अस्पताल भर्ना गरी मधेस आन्दोलन थप सशक्त बनाउन उचाल्ने गरेको प्रतिष्ठान श्रोतले जानकारी दिएको छ । राजेन्द्रलाई मधेस आन्दोलनस सशक्त पार्न र आन्दोलनको स्वरुप प।िरवर्तन गर्न प्रतिष्ठानका उपकुलपति बलभद्रप्रसाद दास र निर्देशक अरविन्द सिन्हाले सल्लाह दिने गरेको प्रतिष्ठानकै एक चिकित्सकले दाबी गरेका अन्नपूर्ण पोष्ट डटकममा समाचार छ ।

गोल्डेन अस्पतालमा छँदा उपकुलपति दासले फेन गरी धरान आउन आग्रह गरेपछि महतो मध्यरातमा प्रतिष्ठानको आईसीयू वार्डमा भर्ना भएको ती चिकित्सकले बताए । महतो प्रतिष्ठान आएपछि प्रत्येक रात मधेश आन्दोलनको समीक्षा गरी थप रणनीति तयार हुने गरेको श्रोतले जानकारी दिएको छ ।

जुनसुकै अस्पतालमा विरामीे आकस्मिक कक्षमा भर्ना भइ त्यहाँका चिकित्सकहरुको सल्लाहअनुसार अन्य वार्डमा सार्ने प्रावधान छ । तर महतोलाई उपकुलपति दास र निर्देशक सिन्हाको निर्देशनमा सिधै अस्पतालको आइसियू वार्डमा भर्ना गरी हाल पेइङ वार्डमा सारिएको छ ।

त्यसो त अस्पतालमा विरामीकुरुवा एकजना भन्दा बढी बस्न नपाइने अर्को प्रावधान छ । तर महतोसँग करिव २ दर्जन केन्द्रिय सदस्यसहित कार्यकर्ता अस्पतालको बेडमै बसेर मधेस आन्दोलनको डिजाइन गरिरहेका छन् ।

प्रतिष्ठानका उपकुलपति दास अस्पतालका निर्देशक सिन्हा राति आएर बैठक बस्ने र मधेस आन्दोलनको डिजाइन गर्ने गरेको प्रतिष्ठानकै चिकित्सकहरुले बताएका छन् । दास र सिन्हा महतो स्वास्थ्य मन्त्री छँदा राजनैतिक नियुक्ति पाएर प्रतिष्ठानको उपकुलपति र निर्देशक बनेका थिए ।

महतोको उपचारको नेतृत्व गरिरहेका हाडजोर्नी विशेषज्ञ डाक्टर पशुपति चौधरीले महतोको थप उपचार गर्नु आवश्यक रहेको बताएका छन् । चौधरीका अनुसार प्रेसर र सुगर नियन्त्रणमा ल्याउन फिजिसिजनको सल्लाह वमोजिम महतोले औषधि सेवन गरिरहेका छन् ।

प्रेसर र सुगर नियन्त्रणमा नआएसम्म अस्पतालमा राख्नुपर्ने उनको भनाइ छ । यद्यपी स्वास्थ्यमा भने खतरा नभएको उनले प्रष्ट पारेका छन् । महतोलाई प्रतिष्ठानमै गएर संचारकर्मीहरुले मधेस आन्दोलनका विषयमा बोल्न आग्रह गर्दा उनी कम्बल ओढेर गुटुमुटु हुने गरेका छन् ।

प्रतिष्ठानका उपकुलपतिकै पहलमा नेता महतोलाई धरान ल्याइएको कुरा उपकुलपति बलभद्रप्रसाद दासले अस्वीकार गरे । महतो विराटनगरबाट आफैँ मध्यराति एम्बुलेन्समा प्रतिष्ठान आएकोले भर्ना गरेर थप उपचार गरिएको दासले बताए ।

किन प्रतिष्ठान भर्ना भए महातो ?
राजेन्द्र महतो गोल्डेन अस्पतालबाट डिस्चार्ज लिएर बीपी प्रतिष्ठानमामा उपचार गर्न आउनुमा यहाँका प्रतिष्ठानका पदाधिकारीसँग उनको निकटता प्रमुख कारण बनेको छ ।

प्रतिष्ठानका मुख्य चार पदाधिकारीमध्ये उपकुलपति डाक्टर बलभद्रप्रसाद दास, अस्पतालका निर्देशक डाक्टर अरविन्दकुमार सिन्हा र शिक्षाध्यक्ष डाक्टर पिक्रम श्रेष्ठ महतो स्वास्थ्यमन्त्री हुँदा उनले नै नियुक्त गरेका थिए ।

प्रतिष्ठानको सहकुलपतिसमेत हुने स्वास्थ्यमन्त्रीको सिफारिसमा उपकुलपति नियुक्त गरिन्छ भने उपकुलपतिको सिफारिसमा स्वास्थ्यमन्त्रीले अस्पतालका निर्देशक र शिक्षाध्यक्ष नियुक्त गर्ने प्रावधान छ ।

हाल प्रतिष्ठानमा कार्यरत रजिष्ट्रार तुलबहादुर श्रेष्ठलाई मात्रै तत्कालीन स्वास्थ्यमन्त्री खगराज अधिकारीले नियुक्त गरेका थिए । उपकुलपति दास र अस्पताल निर्देशक सिन्हा महतोनिकट मानिन्छन् ।

प्रतिष्ठानका केही पदाधिकारी मधेस आन्दोलनको पक्षमा रहेको आरोप पनि लाग्दै आएको छ । नयाँ संविधान जारी भएको रात प्रतिष्ठान परिसरमै चिकित्सक, विद्यार्थी र कर्मचारीहरुले संविधान जलाएका थिए ।

उक्त घटनाप्रति प्रतिष्ठानको नेतृत्व गरेका उपकुलपति दास मौन रहेकाले उनकै नेतृत्वमा संविधान जलाउन लगाइएको आरोप दासमाथि लाग्ने गरेको छ । तर, उक्त आरोपको दासले खण्डन गरेका छन् ।

मधेस आन्दोलनको क्रममा प्रहरीको गोली लागेर घाइते भएकाहरुलाई उपचारको लागि बीपी प्रतिष्ठान ल्याइएको थियो ।

त्यति बेला प्रतिष्ठानले उपचाररत घाइतेहरुको निःशुल्क उपचार भइरहेको भन्दै विज्ञप्ती निकालेपछि सामाजिक सञ्जालमा निक्कै आलोचित बनेको थियो ।

मधेस आन्दोलनका घाइतेहरुलाई सरकारले नै निःशुल्क उपचार गर्ने निर्णय गरिसकेको थियो । यसअघिका विभिन्न आन्दोलनका घाइतेहरुको प्रतिष्ठानमा उपचार गरिए पनि विज्ञप्ती नै निकालेर निःशुल्क उपचारको व्यवस्था गरेको घोषणा भने प्रतिष्ठानले गर्ने गरेको थिएन ।

आङकाजी शेर्पा भन्छन-‘राष्ट्रपतिलाई ‘अतिहिन्दुवादी जवानी’ उर्लियो’

काठमाडौं,पुष १६ । पटक पटक विवादास्पद आएका संघीय समाजवादी पार्टीका नेता आङकाजी शेर्पाले राष्ट्रपति विद्या भण्डारीलाई ‘अतिहिन्दुवादी जवानी’ चढेको आरोप लगाएका छन् । सामाजिक सञ्जाल फेसबुकमा स्टाटस पोष्ट गर्दै कम्युनिष्ट नेताकी श्रीमती भएर पशुपतिमा पुजा गर्न गएको भन्दै उनले यस्तो आरोप लगाएका हुन् ।

उनले भनेका छन्, ‘खाटी कम्युनिष्ट नेता मदनभण्डारीको श्रीमतीभित्र उर्लेको अतिहिन्दुवादी जवानी ! ज्ञानेन्दको शैलीमा पशुपतिनाथमा पूजा र स्वागत !
ज्ञानेन्द्रको बुहारी हिमानी, भुकम्प पिडितलाई गाउँघरमा कम्बल बाँडदै !, कम्युनिष्ट मदन भण्डारीको श्रीमती पशुपतिनाथमा पूजा गर्दै !’

 

साफ च्याम्पियनसिपमा भारत र माल्दिभ्स तथा अफगानिस्तान र श्रीलंका भिड्दै

काठमाडौं,पुष १६ ।  साफ च्याम्पियनसिप फुटबलको सेमिफाइनल खेलहरु आज हुँदैछन् । फाइनल प्रवेशका लागि आयोजक भारतले माल्दिभ्स तथा डिफेन्डिङ च्याम्पियन अफगानिस्तानले श्रीलंकासँग प्रतिस्पर्धा गर्ने छ । समुह चरणमा शत प्रतिशत विजयी नतिजा निकाल्दै समुह विजेता बनेको अफगानिस्तानले उपाधिको मुख्य दावेदार टोली हो । भारत र माल्दिभ्सबिचको पहिलो सेमिफाइनल खेल त्रिवेन्द्रम रंगशालमा नेपाली समय अनुसार दिउँसो पौने चार बजेपछि सुरु हुनेछ ।

अफगानिस्तान र श्रीलंकाबिचको खेल बेलुका पौने सात बजेपछि त्रिवेन्द्रम रंगशालामै हुनेछ । नेपाल रहेको समूह ए बाट भारत समूह विजेता तथा श्रीलंका उपविजेता बनेर सेमिफाइनलमा पुगेका हुन् । यस्तै समूह बी बाट अफगानिस्तान समूह विजेता तथा माल्दिभ्स उपविजेताको रुपमा सेमिफाइनलमा पुगेका हुन् ।
नेपाल, बंगलादेश र भुटान भने समूह चरणबाटै बाहिरिए । नेपाल र भुटानले प्रतियोगिताका एउटा पनि खेल्न जित्न सकेनन् । बंगलादेशले भने समूहको अन्तिम खेलमा भुटानलाई हराएको थियो । अफगानिस्तान लागि यो अन्तिम साफ च्याम्पियनसिप हो । आगामी वर्षहरुमा अफगानिस्तानले दक्षिण एशिया छोडी मध्य एशीयाली समुहबाट खेल्नेछ ।

बार्सिलोनाका लागि ५०० औं खेल खेलेर मेस्सीले गरे ४२५ गोल

काठमाडौं,पुष १६ । स्पेनिस क्लव ‘बार्सिलोना’ ले २०१५ को सुखद विदाइ गरेको छ । बुधबार राति भएको खेलमा रियल बाटिसलाई ४-० गोल अन्तरले हराँउदै बार्सिलोना २०१५ वाट सुखद विदाई भएका हो । उक्त खेल अर्जेन्टिनी स्टाइकर लियोनेल मेस्सीको ५०० औं खेल हो । उनले ५०० म्याचमा बार्सिलोनाका लागि ४२५ गोल गरेका छन् ।

उक्त खेलमा बार्सिलोनाका अर्का स्टाइकर लुइस सुवारेजले दुई गोल गरे भने रियल बाटिसबाट आत्मघाती गोलमार्फत थप एक गोल बार्सिलोनाले उपहार पायो । नेयमारको प्रहार बारमा लागेर फर्कियो । ३३ औं मिनेटमा मेस्सीे गोल गरे । दोस्रो होफको सुरुमा नै स्वरेजले गोल गरे । उनले ८३ औं मिनेटमा व्यक्तिगत दोस्रो गोल गर्दै बार्सिलोनालाई ४-० को जित दिलाए ।

यो सँगै बार्सिलोनाले सन् २०१५ मा १८० गोलको स्पेनिस कीर्तिमान समेत बनाएको छ । समग्रमा बार्सिलोना ४–० ले विजयी हुँदै सन् २०१५ को सुखद बिदाई गर्न सफल भएको छ । यस वर्ष बार्सिलोनाले पाँच उपाधि हात पारेको छ ।
सन् २०१५ मा बार्सिलोनाले विपक्षीको पोस्टमा १८० गोल गरेको छ ।

राजधानीमा २१ सय सिलिण्डर नेपाल ग्याँस बाँडिदै,कहाँ कति ? (सूची सहित)

काठमाडौं,पुष १६ । नेपाल ग्यासले विहिवार उपत्यकाका विभिन्न २७ वटा डिलरमार्फत २१ सय सिलिण्डर आधा भरिएका ग्याँस वितरण गर्दैछ । भारतिय नाकावन्दीको कारण मारमा पर्दै आएको आफ्ना उपभोक्ताका लागि राजधानीको विभिन्न २७ वटा डिलरमार्फत २१ सय सिलिण्डर वितरणका लागि पठाइएको नेपाल ग्यास कम्पनीले जनाएको छ।

10374885_647416585397023_4521903671393376909_n

तीन दल बैठक पनि सेलायो, गृहकार्यको नाममा अलमल

काठमाडौं,पुष १६ । कांग्रेस, एमाओवादी र मधेसी मोर्चाबीच भने ११ पुसमा वार्ता भएको थियो । तीन पार्टीबीच संसद्मा प्रस्तुत संविधान संशोधन विधेयक सबैलाई मान्य हुने गरी परिमार्जन गर्न एउटा समिति बनाउने सहमति भएको थियो । १२ पुसमा एमालेसँग समेत सल्लाह गरेर समिति गठन गर्ने तीन पार्टीबीच अनौपचारिक सहमति भएको थियो । तर, भाषा परिमार्जनका लागि समिति गठन गर्ने कुरा पनि त्यसयता सेलाएर गएको छ ।

गृहकार्यका नाममा अलमल १२ पुसमा बस्ने भनिएको बैठक नै बसेन भने १३ कात्तिकमा प्रधानमन्त्रीनिवास बालुवाटारमा घाम तापेर कांग्रेस, एमाले र एमाओवादीका शीर्ष नेताको बैठक बसे पनि ठोस निर्णय हुन सकेन । त्यस दिन तीन पार्टी र मोर्चासहितको साझा अवधारणा बनाउने सहमति भएको बताइएको थियो । त्यसबारे अहिले पनि गृहकार्य भइरहेको एमाले वरिष्ठ नेता झलनाथ खनालले बताए । उनले भने, ‘अहिले हामी साझा धारणा बनाउने चरणमै छौँ ।’ आजको नयाँ पत्रिका दैनिकमा खबर छ ।

गजल – दिपशिका ओली ‘शिखा’

 

जहान सुते जुरुक्क, उठ्छिन् मेरी सासु
उलाबाद छ ! जौका खाजा, भुट्छिन् मेरी सासु ।

खाना, नास्ता खाएर आराम गर्नुस् भन्दा
समातेर लौरो, कुट्छिन् मेरी सासु ।

बिहे गरेको १० बर्ष भो बुझ्न सकि छैन
टाउकामा पटुका, गुट्छिन् मेरी सासु ।

गाई दुहुना चाल्लो, पानी भर्न डोको लिदै
चोत्रापातको टपरी, खुट्छिन् मेरी सासु ।

आई शिखा कुराकाटी नभन्दिनु होला
छोरा लगाई झगडामा, जुट्छिन् मेरी सासु ।।

 – हाल : घोराहि, दांग

तीन हलिउड फिल्म जसले बलिउड फिल्मलाई चुनौती दिँदै १०० करोड कमाए

एजेन्सी । पछिल्ला वर्षहरुमा विश्व अर्थतन्त्रमा आफ्नो हिस्सा बढाउँदै लगेका चीन र भारत हलिउड फिल्मका लागि ठूलो बजार बन्न थालेका छन्। यी देशमा हलिउड फिल्मको प्रभाव र व्यापार बढिरहेको छ। यस वर्ष भारत हलिउड फिल्मका लागि फलदायी बन्न पुगे। ‘बजरंगी भाइजान’, ‘प्रेम रतन धन पायो’ तथा ‘बाहुबली’ जस्ता फिल्मले यस वर्ष भारतमा १०० करोड कमाए।
बलिउड फिल्महरुले मात्र १०० करोडको आँकडा पार गर्ने सिलसिलामा हलिउड फिल्मले पनि आफ्नो उपस्थिति जनाए। यसवर्ष भरतमा तीन हलिउड फिल्मले चर्चित १०० करोड क्लबमा सदस्यता लिए।
हलिउड फिल्म फास्ट एण्ड फ्यूरियस ७, ऐभेन्जर्स र जुरासिक वल्डले भारतमा १०० करोडको मानक आँकडालाई पार गरेका हुन्।
फास्ट एण्ड फ्यूरियस ७ ले १७२ करोड भारू कमाउँदै एतिहासिक रुपमा सबैभन्दा धेरै कमाउने हलिउड फिल्मको किर्तिमान राख्यो। त्यस्तै ‘जुरासिक वल्ड’ले १५२ करोड भारूको कमाइ गर्दा अमेरिकन सुपरहिरो फिल्म ‘एभेन्जर्स’ले १११ करोड भारू कमायो।
यी तीन फिल्मबाहेक ‘अवतार’ र ‘द अमेजिङ स्पाइडर’ फिल्मले मात्र यो सफलतालाई आफ्नो पक्षमा पार्न सकेका छन्। यी फिल्मबाहेक अरु फिल्मले पनि बलिउडकै दब्दबा रहँदै आएको भारतको फिल्म बजारमा उल्लेखनिय व्यापार गरेका छन्। आगामी वर्षहरुमा यो संख्या अझै बढ्ने व्यापार विश्लेष्कहरुको धारणा छ।
-सेतोपाटी

माइक्रोम्याक्सले ल्यायो क्यान्भास नाइट्रो सिरिजको नयाँ स्मार्टफोन

काठमाडौं । विश्वको दश ठूलो मोवाइल ब्राण्डहरुमा पर्ने माइक्रोम्याक्स नयाँ मोडलको स्मार्टफोन बजारमा भित्राएको छ । माइक्रोम्याक्स मोबाइलको नेपालका लागि आधिकारिक विक्रेता पशुपति ट्रेड लिंक प्रा.लि.ले तेस्रो जेनेरेसनको क्यान्भास नाइट्रो सिरिजको नयाँ स्मार्टफोन ल्याएको हो । यो नयाँ स्मार्टफोनमा ५ इन्चको एचडी डिस्प्ले रहेको छ भने ३२ बीट १.४ जीएचजेडको अक्टाकोर मिडियाटेक प्रोसेसर र २ जीबी र्‍याम छ।

१६ जीबी इन्टरनल मेमोरी भएको यो फोनको मेमोरी ३२ जीबीसम्म बढाउन सकिने कम्पनीले जनाएको छ । १३ मेगापीक्सेलको प्रमुख क्यामरा र ५ मेगापीक्सेलको सेल्फी क्यामरा भएको यो स्मार्टफोनले एन्ड्रोइड ५.१ ललीपप ओएसमा काम गर्छ। यसमा २५०० एमएएच पावरको ब्याट्री रहेको छ । माइक्रोम्याक्स क्यान्भास नाइट्रो ३ ई३५२ नाम रहेको यो मोबाइलको मूल्य १५ हजार ८ सय ४० रुपैयाँ तोकिएको छ।

श्रीमान श्रीमतीबीच यौनसम्पर्कको विवाद बढेपछि दुइ महिने छोराको हत्या

एजेन्सी । श्रीमान श्रीमतीबीच यौनसम्पर्क गर्ने बिषयमा विवाद बढेपछि भारतको छत्तीसगढमा एक व्यक्तिले आफ्नै दुई महिने दुधे बालकको हत्या गरेका छन् । रातको समय रक्सीको नशामा श्रीमान श्रीमतीबीच यौनसम्पर्क गर्ने बिषयमा विवाद भएपछि आबेशमा आएर छोराको हत्या गरेको छत्तीसगढ प्रहरीले जनाएको छ ।

गत आइतवार रातको समय रक्सीको नशामा मस्त भएर आएका राकेस श्रीमतीसंग यौन सम्बन्ध बनाउन खोज्दा पत्नी सीमाले अस्वीकार गरेपछि विवाद सुरु भएको र यौन सम्बन्ध बनाउन अस्वीकार गरेपछि आक्रोशमा आफ्नो दुइ महिने छोरालाई च्यापेर घरबाट बाहिर निक्लिएका थिए । जब उनि बिहान घर फर्किए तब उनको साथमा छोरा नदेखेपछि सीमाले छोराको बारेमा सोध्दा राकेशले छोरालाई खाल्डोमा गाडेर आएको बताए ।

ओलीको बोली-‘अहिलेको समस्या १० दिनभित्र अन्त्य हुन्छ’

विराटनगर,पुष १५ । प्रधानमन्त्री केपी शर्मा ओलीले तराई–मधेसमा जारी आन्दोलन १० दिनभित्रमा रोकिने दाबी गरेका छन् । बुधवार विराटनगरमा संचारकर्मीहरुसंग प्रधानमन्त्री ओलीले हप्ता दश दिन भित्र मुलुकमा भईरहेको असामान्य स्थितिमा सुधार आउने बताउनु भयो । उहाँले नाकाबाट चाडै नै धर्ना हट्ने सुचना पाएको जानकारी समेत दिनुभयो । स्थिति सहज नबने आफु कानुन अनुसार कारवाही गर्न बाध्य हुने चेतावनी समेत दिनु भएको छ ।

झापा, मोरङ र सुनसरीको एक इन्च पनि दायाँ–बायाँ हुन्न भन्ने ओलीले आवश्यक्ता र जनताको मागअनुसार सीमाकंनमा हेरफेर हुने र प्रदेशको संख्या थपिने बताए । एक प्रश्नको जवाफ प्रधानमन्त्री ओलीले मन्त्रीमण्डल ठूलो बनाउने कुरा उदारता, फराकिलोपन र सहकार्यको उपज भएको बताउदै विरोध गर्नुको औचित्य नभएको धारणा राख्नु भयो ।

सकसमा प्रधानमन्त्री : चीन कि भारत ?

काठमाडौं,पुष १५ । सरकारले सूचना लुकाएको नाकाबन्दीपछी छिमेकीको सहयोगका लागि सरकारको तर्फबाट चीन सम्बन्धका लागि विभिन्न तहमा प्रयास भए । सीमा अधिकारीदेखि, सचिवस्तरीय, मन्त्रीस्तरीय र परराष्ट्रस्तरीय गरी विभिन्न चरणमा चीनसंग अनुदानका लागि हार गुहार भइरहेका छन् । अनुदानको इन्धन सकिएपछी खास सम्बन्धका लागि चीन पुगेको सरकार थप अनुदानको सन्देश दिइरहेको छ । मंगलबार मात्रै चीन भ्रमण सक्काएर फर्किएका उपप्रधान तथा परराष्ट्रमन्त्री कमल थापाले भ्रमण उपलब्धिमूलक भएको बताए । यद्यपि, उनलाई चीनले कुटनीतिक रुपमा अविश्वास नगरेको सन्देश समेत खास छिमेकी भारतले सुनिसकेको छ ।
नेपालमा गणतन्त्र स्थापना भएपछि राष्ट्रप्रमुखलाई बेइजिङमा स्वागत नगरेको चीनले प्रधानमन्त्रीलाई स्वागत गर्न आतुरता देखाएको सन्देश समेत छिमेकी भारतले सुनिसकेको छ । प्रधानमन्त्री ओलीको भ्रमण नभए सम्म कुनै सम्झौता अघि नबढ्ने जनाउ चीनले दिएको छ । थापाको भ्रमण ओली भ्रमणको वातावरण बनाउने औपचारिकताका रुपमा रहेको सन्देश समेत छिमेकी कहाँ पुगेको छ ।
यस अवस्थामा ओलीले पहिले भारत भ्रमण गर्ने वा चीन भ्रमण भन्ने कौतुहल चुलिएको छ । ओलीको अभ्यास र परराष्ट्रमन्त्रीको औपचारिक चीन भ्रमणको सन्देशले पहिलो भ्रमण चीन नै हुन्छ भन्ने जनाउ आइरहँदा परराष्ट्रमन्त्री कमल थापाले पहिलो भ्रमण भारतको हुने अभ्यास भइरहेकाले ओली भारत पहिले जान सक्ने बताएका छन् । थापाले भारत भ्रमणको सम्भावनाको कुरा गरीरहँदा ओलीलाई चीन नै पहिले जानुपर्ने चुनौती छ ।
यद्यपि, भारत वा चीन भन्नेमा अझै अन्योल छ । ओली गठबन्धनलाई भारत भ्रमण चुनौतीपूर्ण छ । चीन भ्रमणको चर्को दबाबमा परेका ओली भारत भ्रमणको अभ्यासबारे बाहिर भन्न सक्दैनन् । थापाले कुटनीतिक भाषामा केही सुचना चुहाए पनि खास के हुन्छ भन्ने विषय कौतुहल नै छ । ओलीलाई सत्ता गठबन्धनबाटै दोहोरो दबाब छ । यस्तै, ओलीको प्रतिकुलताकै भाषाको भेउ सरकार संकटमा छ भन्ने नै हो । इन्धनको विषय आकर्षण हुनु र इन्धनकै लागि दक्षिण भन्दा उत्तर गुहार्नुमा अर्थ छ । प्रतिकुलता दर्शाउने ओली दक्षिण काटेर उत्तर सर्ने भन्नेमा विज्ञहरु शंका जनाउँछन् । ओलीको भारतसंगको सम्बन्ध र विगतका अभ्यासले समेत ओली भारतकै सम्बन्ध चाहन्छन् भन्ने विज्ञहरुको बुझाई छ ।
ओलीलाई मधेस आन्दोलनको समाधान भन्दा छिमेकी मनाउने ठूलो सकस छ । इन्धन र पारवहनको विषयले ओली संकटमा पर्दै गएका छन् । उनले निकै अफ्ठ्याराहरुसंगको संगत गरेकै कारण आफ्नो दुर्गती भएको राम्ररी बुझिसेका छन् । जसको अर्थ फेरि पनि उनको प्रतिकुलताको भाषालाई लिन सकिन्छ । मधेस आन्दोलन र नाकाबन्दीको प्रतिकुलताबीच ओलीले सत्ता घटक एकिकृत माओवादीलाई महत्वपूर्ण मन्त्रालय दिए । जहाँ एमाओवादी पूर्व कमान्डरहरुकै मन्त्री छन् । ती मन्त्रीले एमाओवादी अध्यक्ष अर्थात कम्युनिष्ट गठबन्धन सरकार चलाइसकेका पूर्व प्रधानमन्त्री पुष्पकमल दाहालको आग्रह नकार्न सक्दैनन् । कम्युनिष्टहरुलाई पार्टी ह्वीप लाग्ने कुरा बसैलाई थाह नै छ । यस्तै, अहिलेको अवस्थामा गृह र आपूर्ति मन्त्रालय आकर्षण बनेका छन् । आन्दोलनको रेखदेख गर्ने गृह र अर्थतन्त्र चलाउने आपुर्ति मन्त्रालयनै एमाओवादीको भागमा परेपछी ओलीलाई निकै संकट परेको छ । ओलीले दक्षिण ताक्दा गठबन्धनको अर्काे ठूलो घटक उत्तर ताकिरहेको छ । जसले तालमेल हुन सकेको छैन ।
कम्युनिष्ट गठबन्धन सरकारको विगत हेर्दा समेत पहिलो भ्रमण भारत हुनु पर्नेमा त्यसो हुन सकेन । एमाओवादी अध्यक्ष पुष्पकमल दाहालले आफु प्रधानमन्त्री हुँदा पहिलो भ्रमण भारत गर्ने भनेकामा त्यसो गरेनन् । उनले नयाँ सरकार गठन हुँदा भारतबाट भ्रमण सुरु हुने परम्परा तोडे । दाहाल बेइजिङ ओलम्पिकमा सहभागि भएर औपचारिक भ्रमणको सुरुवात गरे । परराष्ट्रमन्त्रीलाई मात्र सम्बन्धका लागि भ्रमण पठाएकोप्रति कटाक्ष गर्दै दाहालले ओली प्रधानमन्त्री की कमल थापा प्रधानमन्त्री भनिसकेका छन् ।
यस अवस्थामा ओलीले पहिलो भ्रमण कहाँ गर्ने भन्ने अफ्ठ्यारो सिर्जना भएको छ । के ओली पहिले चीन छोडेर भारत भ्रमण गर्लान ? भारत भ्रमणको अभ्यास भइरहेपनि आन्तरिक दबाबले चीन भ्रमणको अभ्यासका लागि परराष्ट्रमन्त्रीलाई विना एजेन्डा चीन पठाएका हुन् भन्ने विश्लेषण भइरहेको छ । विश्लेषकहरुले ओली भारत छोडेर पहिले चीन जान्छन् भन्ने अड्कल गर्न सकेकै छैनन् । चीनले समेत परराष्ट्रमन्त्रीलाई भौगोलिक कठिनाईले तपाईहरुलाई हामीले गर्न सक्ने द्रुत काम गर्न सक्दैनौं र छिमेकी भारतसंगको सम्बन्धमा कुनै कमि आउन नदिनुस् भनिसकेको छ । यद्यपि, ओलीलाई पहिलो भ्रमण चीन नै गर्नुपर्ने दबाब परिसकेको छ । ओलीले दबाबमै छिमेकीलाई आत्मनिर्भरताको रटान दिइरहेकै छन् । परनिर्भरता विरोधी भाव दर्शाएर राष्ट्रिय भावनाको लहर ल्याउने वातावरण छरेकै कारण पनि ओली अफ्ठ्यारामा छन् ।
चीन मोह की सकस ?
कम्युनिष्ट गठबन्धन सरकारको नेतृव गरिरहेकाले प्रधानमन्त्री ओलीको चीन मोह हुन सक्छ, ‘चीनसंग सम्बन्ध विस्तार गरे अफ्ठ्यारो टर्ला र पारवहन सम्झौताभए जनविश्वास जित्न सकिन्छ ।’ तर, उनी आन्तरिक रुपमा कमजोर छन् । बाहिर बलियो देखिएपनि ओली कमजोर रहेको अड्कल काटिएको छ । ओली सरकारमा सहभागि एकिकृत माओवादीलाई छोड्न सक्दैनन् । चाहे आफन्तहरुलाई भूकम्प पीडितका नाउमा चीन भ्रमणमा पठाउने गृहमन्त्री शक्ति बस्नेत हुन् वा पराराष्ट्र मन्त्रालयलाई जानकारी नै नदिई व्यापारी लिएर बेइजिङ हानिने आपुर्तिमन्त्री गणेशमान पुन । विज्ञहरु भन्छन्, ‘यी मन्त्रीको अभ्यास तथा आकर्षण र आर्थिक रुपमा कमजोर भनिएको पार्टी जोगाउने रणनीति ओलीले बुझ्न सकेका छैनन् वा बुझेर बुझ पचाए–यो नै ओलीको ठूलो कमजोरी हो ।’
इन्धन कारोबार र पारवहनको हिस्सा लिने रणनीतिको चंगुलमा ओली फसिरहेका छन् । नियम पालनाको पाठ सिकाइरहने ओलीले मन्त्रीहरुलाई नियन्त्रण गर्न सकेनन् । आपुर्तिमन्त्री अर्थात माओवादी पूर्व लडाकु गणेशमान पुन परराष्ट्रलाई जानकारी नदिई चीन भ्रमणमा गए । इन्धन सम्झौताको लागि भन्दै गएका पुनले आपुर्ति व्यवस्था विभाग र अइल निगममा समेत कुनै सुचना गरेनन् । गृहमन्त्रीले आफ्नै आफन्त र अध्यक्ष पुष्पकमल दाहालकै आफन्तहरु भूकम्प पीडित बनाउँदै चीन भ्रमणमा पठाए । पछी उनले गल्ती स्वीकार समेत गरे । बद्मासी गर्ने र काम नगर्नेलाई तत्काल फिर्ता बोलाउने अध्यक्ष दाहालको अभिव्यक्ति समेत झुटो सावित भयो ।
आपुर्ति मन्त्री पुन अध्यक्ष दाहालका असली सहयोगि मानिन्छन् । यस्तै, बस्नेत समेत अध्यक्ष नजिक भएकै कारण जोगिए । एमाओवादीको इन्धन आकर्षण र चीन सम्बन्धको दबाबबारे सरकार जानकार छ । इद्यपि, मौन बसेको सरकार सय दिन ंचंगुलमै गुजार्ने आँकलन भइसकेको छ । जसकारण ओलीलाई भारत पहिले कि चीन पहिले भन्ने संकट छ ?
परराष्ट्रमन्त्रीले ल्याएको सन्देश
चीनले नेपाललाई तत्कालको आवश्यकता परिपूर्ति गर्न एक करोड युआन बराबरको इन्धन अनुदानस्वरुप उपलब्ध गराउने भएको छ ।चीनको पाँचदिने औपचारिक भ्रमण पूरा गरी स्वदेश फर्केपछि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा सञ्चारकर्मीहरुसँग उपप्रधानमन्त्री एवं परराष्ट्र मन्त्री कमल थापाले आफ्नो भ्रमण उपलब्धिमूलक भएको बताए । ओली सरकारमा राष्ट्र र परराष्ट्र समन्वयको जिम्मा लिइरहेका थापाले चीन प्रधानमन्त्रीको भ्रमण नभएसम्म कुनै पनि सम्झौताको काम नगर्ने र आफुप्रतिको कुटनीतिक अविश्वासबारे कुनै कुरा चुहाएनन् । थापाले आफु जानु अघि सरकारभित्रैबाट प्रधानमन्त्री तहमै सम्बन्ध विस्तारको काम हुनु पर्ने भन्ने ब्रिफ भइसकेकोबारे थापालाई थाह थियो या थिएन । यद्यपि, आफुलाई कुटनीतिक अविश्वास गरेको महसुस उनले भ्रमण पछि मात्रै गरे ।
परराष्ट्रमन्त्री थापाले दुई देशबीच आर्थिक सम्बन्धको दीर्घकालीन रुपरेखा तयार पार्न भ्रमणबाट महत्वपूर्ण उपलब्धि हासिल भएको सन्देश सुनाए । पारस्परिक सम्बन्ध थप सुदृढ बनाउन भ्रमणबाट बाटो खुला भएको थापाको भनाई थियो । यसअघि, चीनले अनुदानमा प्रदान गरेको परिमाणमा नै फेरि पनि अनुदान सहयोगस्वरुप इन्धन दिने जानकारी दिँदै उहाँले इन्धन व्यापार विविधीकरण गर्ने राष्ट्रिय नीतिअनुसार चीनसँग इन्धन खरिदबारे विचारविमर्श भएको तथा दीर्घकालीन रुपमा इन्धन व्यापारका निम्ति कर, यातायात र मूल्यबारे सम्बन्धित निकायले आपसी छलफल गरी निर्धारण गर्ने सहमति भएको बताए ।
नेपाल र चीनबीचको आर्थिक सम्बन्धलाई थप सुदृढ तुल्याउन दुई मुलुकबीच खुला रुपमा स्वतन्त्र व्यापार अभिवृद्धि, पारवहन सन्धि, लगानी वृद्धिका विषयमा पनि चिनियाँ पक्षसँग विस्तृत छलफल गरी अघि बढ्ने सहमति भएको परराष्ट्र थापाले सुनाए । नेपालसँगको सीमा क्षेत्रसम्म चीनले रेल सेवा विस्तार गर्न लागेको सन्दर्भमा नेपाल सरकारले पनि रेलमार्ग निर्माणको प्रारम्भिक काम थाल्ने जानकारी समे दिए । प्रधानमन्त्री केपी शर्मा ओलीले निकट भविष्यमा गर्ने चीनको भ्रमणबाट दुई देशबीच दीर्घकालीन आर्थिक विकासका निम्ति तयार पारिएको प्रारुपलाई कार्यान्वयन गर्न सहज हुने भन्दै उपप्रधानमन्त्री थापाले चीनबाट पनि उच्चस्तरमा नेपालको भ्रमण हुने जानकारी गराए ।
चीनबाट कुन तहका नेताको नेपाल भ्रमण हुन्छ भन्नेबारे थापाले उपयुक्त समयमा त्यसबारे जानकारी गराइने बताए । भ्रमणका क्रममा आफूले चिनियाँ उपराष्ट्रपति तथा सिचुवान प्रान्तका उच्च अधिकारीहरूसँग भेटवार्ता गरेको थापाले बताए । उपप्रधानमन्त्री एवम् परराष्ट्रमन्त्री थापा चीनियाँ विदेशमन्त्री वाङ यीको निमन्त्रणामा गत बुधबार नौ सदस्यीय प्रतिनिधिमण्डलको नेतृत्व गर्दै बेइजिङ भ्रमणमा गएका थिए ।
तीतो लुकाइरहेका छन् थापा
उपप्रधान तथा परराष्ट्रमन्त्री कमल थापा ३ हजार ७ सय ७६ किलोमिटरको हवाई यात्राबाट बेइजिङ पुगेर सिचुवान हुँदै मंगलबार स्वदेश फर्किए । राजधानी फिरेपछि कूटनीतिक पहलका निकै आशलाग्दा गफ सुनाएका मन्त्री थापाले विगत जस्तै तीतो लुकाए । थापाले भारतीय नाकाबन्दीको सुचना राष्ट्र संघको सम्मेलनमा पुग्दा समेत लुकाएका थिए । नाकाबन्दीबारे सरकारमा अन्य भन्दा बढी जानकारी समेत थापालाई नै छ । थापालाई नरेन्द्र मोदीको खास दूत बनेर आएका एस जयशंकरले स्वदेश फर्किदा कुनै प्रभावशाली व्यक्तिलाई इन्धन जोह गर्नु भनेर गएको समेत राम्ररी थाह छ ।
यस्तै, चीन भ्रमणपछी मन्त्री थापाले सुनाएका आशाहरुमा भ्रमणताका जनताले चासो देखाएका अर्थात् प्रत्यक्ष देखिने खालका काम भएको सुनिएन । नेपाल चीन सम्वन्ध ६० बर्ष पुगेकामा दुईपक्षीय समिक्षा हुनु र सहकार्य गर्न समहति हुनु सुखद मान्न सकिन्छ । यद्यपि, चीनले नेपाललाई अझै विश्वास गरिसकेको भन्न मिल्दैन । इन्धनको आपुर्ति तथा पारवहन सम्झौता राजनीतिक दलहरुबीचको सहमति भएको भन्दै चीनियाँ समकक्षीलाई थापाले निकै आश्वस्त पार्न प्रयास गरे । तर, थापाको चतुरताले काम चलेन । चीनले प्रधानमन्त्री बेगर कुनै सम्झौता नहुने भन्दै अपत्यार दर्शायो । अझै धेरै छलफल गर्न बाँकी छ भनेको छ । छलफलको जिम्मा सम्बन्धित संयन्त्रलाइ दिएको छ । तत्काल अघि बढेका भनिएका अधिकांश विषय सन् २००० मा नै प्रक्रिया अघि बढीसकेका थिए । नेपालका राजनीतिक दलहरुले भागबण्डामै ती प्रक्रियाहरु बिर्सिएको विज्ञहरु बताउँछन् । परराष्ट्रमन्त्रीले यी विषय राम्ररी बुझेका छन् ।
दक्षिणले संकट सिर्जना गर्दामात्रै उत्तरतिर अघि सर्ने परम्परा दलीय सरकार आएपछि मात्रै भएको हो । सोही बुझाइकै कारण चीनले दक्षिण सहज हुने वित्तिकै उत्तर विर्सने शंका लिइरहेको कतिपयको बुझाई छ । चीनले थापासंग तपाईहरुको सहयोगी बन्न चाहन्छौं, तर भौगोलिक अवस्था निकै अफ्ठ्यारो छ । हामी चाहेर पनि तपाईहरुलाई केही गर्न सक्दैनौ । तसर्थ भारतसँंग सक्दो सम्बन्ध राख्नु नै उत्तम हुन्छ । जसमा चीनको केही आपत्ति छैन–फेरि पनि भनेको छ । दुई पटक छिमेकी भारतको भ्रमणपछि थापा बेइजिङ हानिनु अर्थपूर्ण छ । चीनले सार्वजनिक विदामा समेत थापालाई स्वागत गर्नुले समेत उच्च स्तरमा केही ब्रिफ भएकै थियो भन्ने बुझिन्छ । यद्यपि, छुट्टै कम्युनिष्ट व्यवस्था भएको मुलुक चीन हत्तै सम्झौतामा हस्ताक्षर गर्न सक्दैन । उसको परपाटी भिन्न छ ।
चीनको तर्फबाट प्रधानमन्त्री चाउ एनलाई दूईपटक सन् १९५७ र १९५९ मा नेपाल आए । जसले चीनसंग पुरानो सम्बन्ध छ भन्ने ठहर गर्दछ । यस्तै, कार्यकारी स्तरमा १९९६ मा राष्ट्रपति जियाङ जेमिनको भ्रमण भयो । अहिले सो स्तरमा नेपाल भ्रमण हुन सकेको छैन ।
विगतको देखि भारतसंग बढी सम्बन्ध राख्न सुझाँउदै आएको चीनले आज मात्रै नभई २०१६ कै समयमा तत्कालीन प्रधानमन्त्री वीपी कोइरालालाई चिनीयाँ कम्युनिष्ट पार्टी अध्यक्ष माओले समेत त्यही भनेको स्मरण गर्न सकिन्छ । माओले, ‘हामी तपाईहरुको सहयोगी बन्न चाहन्छौं, तर भौगोलिक अवस्था यस्तो छ, हामी चाहेर पनि तपाईहरुलाई केही गर्न सक्दैनौ –भनेका थिए । अहिले समेत चीनले सोही वाक्याशंले सम्झाउँदा भारतसंगको सम्बन्ध बाहेक विकल्प छैन भन्ने बुझिन्छ । नेपाल निकै कठिन अवस्थामा छ । अब फेरि पनि दक्षिणसंगको कुटनीतिक तहमा नेपाल चुक्न हुँदैन भन्ने चीनियाँ बुझाई छ ।
वर्तमान सन्दर्भमै पनि चीनले भारतसंग व्यापारिक साझेदारीका महत्वपूर्ण सम्झौताहरु अघि सारेको छ । चीनको पारस्परिक व्यापार सम्बन्ध समेत निकै झाँगिएको छ । यस्तै, दीर्घकालीन रुपमा नेपालको ऊर्जा संकट अन्त्य गर्न नेपालसँग छलफल गर्ने इच्छा जाहेर गर्दै चीनले त्रिदेशिय सम्भावनाको खोजी गर्न उठाएको कदम महत्वपूर्ण छ । वैशाख १२ को ‘गोरखाभूकम्प’पछी आफ्ना नागरिकलाई नेपाल भ्रमणमा रोकेको चीनले पर्यटक छोडे लगत्तै नेपालले समेत चिनियालाई भिसा निःशुल्क गर्नुले दुई देशीय विश्वासलाई केही हद सम्म माथि उठाएको छ । यद्यपि, तरलता सिर्जना हुने संकटबाट मुलुक जोगाउनु आवश्यक छ ।
साभार: हाम्राकुरा डटकम

उपाधि होडमा रहेको लिसेस्टर बराबरीमा रोकियो

एजेन्सी,पुष १५ । इंग्लिस प्रिमियर लिग फुटबलको उपाधि होडमा रहेको लिसेस्टर सिटीले शीर्ष स्थानमा फर्किने मौका गुमाएको छ । मंगलबार राति घरेलु मैदान किङ पावर स्टेडियममा भएको खेलमा लिसेस्टरले म्यानचेष्टर सिटीसँग बराबरीमा खेलेको हो । यो बराबरीसँगै लिसेस्टरले शीर्ष स्थानमा उक्लिने मौका गुमाएको छ । यो जित दुवै टिमका लागि महत्वपूर्ण थियो ।

लिसेस्टरले जितेको भए दुई अंकको अग्रतासहित शीर्ष स्थमानमा उक्लिने थियो । म्यानचेस्टर सिटीले जितेको भए लिसेस्टरसँग अंक बराबरी तथा शीर्ष स्थानको आर्सनलसँगको दूरी एकमा झर्ने थियो । १९ खेलबाट ३९ अंक जोडेको आर्सनल शीर्ष स्थानमा छ । समान १९ खेलबाट ३९ अंक नै जोडेको लिसेस्टर गोल अन्तरका आधारमा दोस्रो स्थानमा छ । तेस्रो स्थानको म्यानचेस्टर सिटीको समान खेलबाट ३६ अंक छ ।

क्लिक,क्लिक सेल्फी

ल्होछारको लागि चौबन्दी चोलो सजिएर सेल्फी खिच्दै एक युवती । देशका विभिन्न भागबाट राजधानीमा बसोबास गर्दे आएका गुरुङ समुदायले राजधानीको टुडिखेलमा विविध सांस्कृतिक कार्यक्रममा गर्दै ल्होछार पर्व मनाएका छन् ।

पौडेल भन्छन -‘मैले पाटी सभापतिमा उम्मेदवार घोषणा गरेको छैन’

अर्घाखाँची,पुष १५ । नेपाली कांग्रेसका केन्द्रिय उपसभापति रामचन्द्र पौडेलले अहिल्यै पाटी सभापति उम्मेदवार घोषाणा नगरेको बताएका छन । उनले समकक्षी नेतासित बसेर छलफल गरेर अगाडी बढने बताएका छन । सभापतिको उम्मेदवार घोषणा गरेर जिल्ला दौडाहमा हिडेर भोट मागेको भन्ने हल्ला गलत भएको रिपोर्टर्स क्लव अर्घाखाची शाखाले गरेको साक्षात्कार कार्यक्रममा कांग्रेसको नेतृत्वमा बनेको संविधानबारे जानकारी दिन जिल्ला दौडाहमा हिडेको बताए ।

आउदो महाधिवेशनमा कार्यकर्ताको मनोबल उच्च बनाउन जिल्लामा हिडेको बताए । महाधिवेशनपछि काग्रेस अझै एक ढिक्का भएर आगाडी बढने बताउदै पाटी भित्र भागवण्डाको राजनीति अन्त्य गर्नुपर्नेमा जोड दिए । उनले सरकारले केही गर्न सकेन । तराई मधेश आन्दोलन, नाकाबन्दी र भूकम्प पीडितको पक्षमा भन्दा पनि आफनो कुर्ची कसरी टिकाईरहने भन्नेमा सरकार लागेको आरोप लगाए । जनताको समस्याप्रति सरकार लाचार भएको आरोप लगाए । कार्यक्रममा कांग्रेस केन्द्रिय सदस्य मनमोहन भट्राईले महाधिवेशनपछि काग्रेस एकढिक्का भएर जाने र ६० र ४० को भागवण्डाको आरोप अन्त्य हुने बताए ।

उनले सुशील कोईरालाले अघिल्लो महाधिवेशनमा एक पटकको लागि मात्रै भनेर कार्यकर्तासग भोट मागेकोले अबको सभापतिमा देउवाको विकल्प नभएको बताए । पाटीको महाधिवेशनपछि सरकार परिवर्तन हुने र त्यसको नेतृत्व काग्रेसले गर्ने दावी गरे । łयो सरकार पाकेको आšप जस्तै भएको छ’, उनले भने, ‘यो आफै ढल्छ ।’ देश र जनताको समस्यालाई हल गर्नेतिर भन्दा पनि मन्त्रालय फुटाएर सत्तामा बसिरहने खेल खेलेकाले जनताप्रति उत्तरदायी भन्दा पनि पद जोगाउन केपी ओली लागेको बताए । कार्यक्रममा केन्द्रिय सदस्य राजनप्रसाद पंन्त,गोविन्द भटराई जिल्ला सभापति कमलप्रसाद भुसाल, नेता विष्णु मुस्कान लगायतका नेताको उपस्थिती रहेको थियो ।

भूकम्पपीडित मर्‍यामर्‍यै ,सरकारको खातामा ९० अर्ब

काठमाडौं,पुष १५ । अर्थ मन्त्रालयले भूकम्पवाट ध्वस्त भौतिक संरचना पुनर्निर्माण गर्न विभिन्न मित्र राष्ट्र र दातृ निकायसँग ९० अर्ब रुपैयाँभन्दा बढी रकमको सम्झौता गरिसकेको छ । सरकारले यही पैसा गाउँसम्म पुर्‍याउन नसक्दा चिसोका कारण दैनिकजसो भूकम्पपीडितले जीवन गुमाइरहेका छन् । अहिलेसम्म दुई दर्जनभन्दा बढी भूकम्पपीडितको अस्थायी टहरामा ठिही सहनै नसकेर मृत्यु भइसकेको छ । यस्तो हुनुमा प्रमुख राजनीतिक दलको बेइमानी र सरकारी ढिलासुस्ती नै कारक देखिन्छ ।

नागरिक दैनिकमा समाचार छ । ‘चालू आर्थिक वर्षमा विभिन्न मित्र राष्ट्र र दातृ निकायसँग पुनर्निर्माणका लागि ९० अर्ब रुपैयाँभन्दा बढी रकम सम्झौता भइसकेको छ, अर्थ मन्त्रालय वैदेशिक सहयोग समन्वय महाशाखा प्रमुख मधु मरासिनीले भने,‘मन्त्रलय अरुसँग पनि सम्झौता गर्ने तयारीमा छ ।’ अहिलेसम्म सम्झौता भएको ९० अर्ब भन्दा बढी रकम सरकारले तत्काल खर्च गर्न सक्ने जानकारी दिँदै मरासिनीले पुनर्निर्माणका लागि रकम अभाव नरहेको प्रस्ट पारे ।

ओली र कोइरालाको जिल्ला दौडाहाले निर्णायक वार्ता अन्योलमा

काठमाडौं,पुष १५ । प्रधानमन्त्री केपी ओली र प्रमुख विपक्षी दल नेपाली कांग्रेसका सभापति सुशील कोइराला जिल्ला दौडाहामा निस्कीएपछि मधेसी मोर्चासँग छिटै हुने भनिएको निर्णायक वार्ता अन्योलमा परेको छ । शीर्ष नेताहरु पार्टीको कार्यक्रममा भाग लिन राजधानी बाहिर जाने भएपछि आजको लाई तय गरिएको वार्ता नहुने भएको छ । ओली पार्टीको कार्यक्रममा सहभागी हुन गृह जिल्ला झापा जाँदै छन । उनी विराटनगर हुँदै झापा जाने कार्यक्रम रहेको छ ।

ओली अपरान्ह ४ बजे त्यसतर्फ प्रस्थान गर्ने कार्यक्रम छ । झापामा हुने एमालेका विभिन्न कार्यक्रममा सहभागी भएर ओली भोलि मात्रै बिहीबार काठमाडौं फिर्ता हुने कार्यक्रम छ । यता, प्रमुख विपक्षी दल नेपाली कांग्रेसका सभापति सुशील कोइराला पनि आजै स्याङ्जा जाँदै छन । पार्टी कार्यक्रममा सहभागी हुन कोइराला स्याङ्जा जान लागेको उनको सचिवालयले जनाएको छ । ओली र कोइराला नै राजधानी छाडेर बाहिर जान लागेपछि मधेसी मोर्चासँग गर्ने भनिएको आज नहुने सभावना छ । ओली र कोइराला दुवैको अनुपस्थितिमा तीन दलबीचको शीर्ष छलफल र मधेसी मोर्चासँगको वार्ता हुने संभावना कम छ। मंसिर २७ गतेपछि सरकार र मधेसी मोर्चाबीच औपचारिक वार्ता भएको छैन।

राहतमा रजाइँ कर्मचारी, सेना र प्रहरीले रक्सी र कुखुरासँग साटे राहत

गोरखा,पुष १५ । नेपाली सेनाको चौबीसै घण्टा डयुटी हुने ब्यारेकभित्रको गोदामबाट राहत सामग्री हरायो भन्दा अनौठो लाग्छ । प्रहरी नै चोरीमा संलग्न थिए भनेर पत्याउन अझ मुस्किल पर्छ । तर, घटनाले त्यही पुष्टि गरेको छ । जिल्ला दैवी प्रकोप उद्धार समितिको गोदामबाट राहत सामग्री गायब भएको घटना सुनेर भूकम्पपीडित छक्क परेका छन् । ‘कार्टुनभित्र बाल्टी, थाल र प्रेसर कुकर राखिएको थियो,’ समितिका एक सदस्यले भने, ‘कार्टुनबाट प्रेसर कुकर गायब पारियो । थाल र बाल्टी जस्ताको तस्तै छ ।’ कान्तिपुर दैनिकमा सुदीप कैनी लेख्छन् भूकम्पका बेला जिविसको गोदामको सुरक्षाको जिम्मा नेपाल प्रहरीलाई दिइएको थियो । प्रहरीले नै राहत सामग्री चोरेपछि गोदाम नेपाली सेनाको ब्यारेकमा सारियो । ब्यारेकको भण्डार कक्षबाट पनि स्तरीय, महँगा र राम्रा राहत सामग्री हराएको स्रोतले बतायो । ‘राहत सामग्री कर्मचारी, सेना प्रहरीले रक्सी र लोकल कुखुरासँग साटेर भोज गरे’, उनले भने । भोजमा प्रमुख जिल्ला अधिकारीसमेत सहभागी भएको ब्यारेक स्रोतले जनाएको छ । कति राहत सामग्री आए, कति गोदाममा बाँकी छ आधिकारिक तथ्यांक समितिसँग छैन । ‘सयौं राम्रा टेन्ट, ब्ल्यांकेट, कुकर, फिल्टर र चामललगायत खाद्यान्न कर्मचारी र सेना प्रहरीका अधिकृतले घरसम्म पुर्‍याएँ,’ गोदाममा खटिएका कर्मचारीले भने । प्रजिअ उद्धव तिमल्सेनाले गोदाम हेर्न तनहुँ व्यास नगरपालिकाका प्रशासकीय अधिकृत रामचन्द्र हडखलेलाई काज सरुवा गरेर ल्याएका थिए । उनैले सबैभन्दा बढी राहतमा अनियमितता गरेको स्रोतको दाबी छ । प्रजिअ र राजनीतिक दलको निर्देशनमा उनले राहत सामग्री वितरण गरेका थिए । समितिको निर्देशनमा मात्रै राहत सामग्री बाँडेको प्रजिअ तिमल्सेनाले दाबी गरे । उनले ब्यारेकभित्र गोदामको सामग्री नहराउनु पर्ने बताए । ‘राहत सामग्री आवश्यकताअनुसार वितरण गर्ने र बाँकी रहेको रेडक्रसलाई जिम्मा लगाउने निर्णय भएको छ,’ उनले भने । पहुँचका आधारमा भन्दा पनि आवश्यकताका आधारमा सामग्री वितरण गरिएको दाबी उनले गरे । राजनीतिक दलहरू पनि राहत अनियमितता गर्नबाट अछुतो रहेनन् । कांग्रेस, एमाले, एमाओवादी, राप्रपा नेपाललगायत ८ पार्टीलाई स्तरीय म्याट भागबन्डा गरेर वितरण गरियो । भूकम्पपीडितका लागि आएको म्याट पार्टीहरूले भागबन्डा गरेर लिएका हुन् । १ हजार ५ सय म्याट आफूखुसी बाँडेर सकिएको छ । छोप्राक गाविसमा सबैभन्दा बढी राहत सामग्री वितरण भएको समितिको तथ्यांक छ । छोप्राक अन्य गाविसको तुलनामा भूकम्पले अत्यन्तै कम क्षति भएको हो । नेताहरूले राजनीतिक पहुँचका आधारमा राहत साम्रगी वितरण गर्दा कम प्रभावित गाविसमा धेरै राहत पुगेको कर्मचारीहरू बताउँछन् । दलहरूले अस्थायी टहरो बनाउने बेला स्वयंसेवक खटाएका थिए । तिनका लागि भन्दै कांग्रेस, एमाले र एमाओवादीले राहतमा आएको चामल, नुन, तेल, चिउरा, दाललगायत सामग्री ठूलो परिमाणमा लगेको राहत वितरण समितिका सदस्यहरू बताउँछन् । भूकम्पपीडितहरूका लागि आएको १० लाख मूल्यबराबरको राहतको जेनेरेटर प्रमुख जिल्ला अधिकारीले आफ्नो निवासमा लगेर जडान गरे । ८ वटा जेनेरेटर सेना, प्रहरी, सशस्त्र प्रहरीलगायत सरकारी कार्यालयले प्रयोग गर्दै आएका छन् । भूकम्पबाट अति प्रभावित गाविसहरू स्थानीय लघु जलविद्युत् आयोजना मर्मत नहुँदा अझै पनि अन्धकारमा छन् । चिनियाँ सरकारले जेनेरेटरसहित ८० वटा स्तरीय टेन्ट राहतका लागि पठाएको थियो । ती टेन्ट पनि सरकारी कार्यालयहरूले प्रयोग गरेका छन् । भवनमा क्षति नपुगेका सेना, सशस्त्र र नेपाल प्रहरीले पनि सुरक्षित सुत्न टेन्ट लगेर टाँगेका हुन् । कतिपय दुर्गमका भूकम्पपीडितले अहिलेसम्म टेन्ट नपाएर पालमै बास बस्न बाध्य छन् । १५ सयभन्दा बढी स्तरीय टेन्ट सरकारी कार्यालय र विद्यालयहरूले मात्र प्रयोग गरेका छन् । ती अहिले उपयोगविहीन भएको भूकम्पपीडितहरू गुनासो गर्छन् । किरा परेको चामल वितरण गोदाममा थन्किएर किरा परेको चामल भूकम्पपीडितलाई वितरण गर्न थालिएको छ । जिल्ला दैवी प्रकोप उद्धार समितिले घुन र किरा लागेर बिग्रिएको चामल प्रभावित बस्तीका सर्वसाधारणलाई वितरण गर्न सदरमुकामबाट पठाउन थालेको छ । विश्व खाद्य कार्यक्रम डब्लूएफपीका प्राविधिकहरूले चामलबाट घुन, किरा हटाएपछि वितरणमा पठाउन थालेको खाद्य संस्थान गोरखाका प्रमुख गंगाप्रसाद शाहले जानकारी दिए । ‘समितिले गुम्दा, आरुआर्वाङ, लापु गाविसमा चामल वितरण गर्न भनेपछि ढुवानी गर्न थालेका छौं,’ उनले कान्तिपुरसँग भने । चामलमा परेको किरा मार्न सेल्फस नामक औषधि प्रयोग गरेर फिमिकेसन (पानीमा औषधि मिसाएर छर्किने विधि) गरिएको उनले बताए । बोरा खोलेर औषधि छर्किएको चामल ४ दिनसम्म पालले छोपेर राखिएको थियो ।‘फिमिकेसन गरेपछि प्राविधिकहरूले चामल खान हुने बताएका छन्,’ उनले भने, ‘८० जना कामदार लगाएर चामलको किरा मारिएको हो ।’ किरा परेको प्रत्येक बोरा फुटाएर सफा गरेको शाहले दाबी गरे । किरा र चिसोका कारण बिग्रिएको कतिपय चामल नष्टसमेत गरिएको उनले जानकारी दिए । सोमबार मात्रै गुम्दा गाविसको वडा नम्बर १, २ र ३ मा वितरण गर्न ३५ क्विटल चामल पठाइएको छ । संस्थानको गोदाममा रहेको चामलमा किरा परेको सार्वजनिक भएपछि संस्थानको क्षेत्रीय कार्यालयले अनुगमन गरेको थियो । ‘अनुगमनका क्रममा चामल खान नहुने गरी बिग्रेको भेटिएन,’ खाद्य संस्थानका गण्डकी अञ्चल प्रमुख अम्बिकाप्रसाद घिमिरेले भने । भूकम्पपीडितका लागि राहत र दुर्गमका बासिन्दालाई सहुलियत मूल्यमा बिक्री गर्न जिल्ला आएको खाद्य संस्थानको चामलमा गोदाममै घुन र किरा पर्न थालेको थियो । यसअघि पनि किरा मार्न औषधिले तीनपटक स्प्रे गरिएको थियो । फिमिकेसनसमेत गरेर चामलमा ४ पटक औषधि छर्किएको छ । राहतमा बंगलादेशबाट आएको ५० किलोग्रामको ७ सय बोरा, ३० किलोको १२ सय ३५ बोरा र खाद्य संस्थानको सहुलियत मूल्यको एक हजार दुई सय ४२ क्विटल चामलमा घुन, चिल्सा र किरा परेको हो । चामललाई फिमिकेसन विधिबाट उपचार गरेपछि किरामुक्त भएको खाद्य संस्थानले दाबी गरेको छ । चामल केलाउन सहभागी कामदारले भने औषधिका कारण चामलमै मिसिएर किरा मरेको बताए । खाद्य संस्थानको चामल भने सहुलियत मूल्यमा बिक्री गर्न दुर्गमका माछिखोला र सिर्दिबास डिपोमा पठाउने तयारी गरिएको छ । तातो लुगाका लागि रकम अभाव भूकम्पपीडितका लागि न्यानो लुगा किन्न सरकारले पठाएको रकम अपुग भएपछि अन्योल भएको छ । करिब ७० करोड रकम आवश्यक भए पनि सरकारले ४० करोड रुपैयाँ मात्र पठाएको हो । १६ गाविस र दुई नगरपालिकाका पीडितका लागि वितरण गर्ने रकम अभाव भएको हो । अपुग भएको ३० करोड रुपैयाँ गृह मन्त्रालयसँग माग गरिएको पौडेलले बताए । ‘मन्त्रालयलाई तुरुन्त रकम पठाइदिन अनुरोध गरेर पत्राचार गरेका छौं,’ उनले भने । मंगलबारसम्म १३ गाविसका ११ हजार दुई सय ४८ घरधुरीलाई न्यानो कपडा किन्न १० हजार वितरण गरिएको छ । ४० करोडमध्ये ८ करोड ९९ लाख ८० हजार मात्र वितरण भएको हो ।

Featured Post

माओवादी केन्द्रका तीन मन्त्रीमा महरालाई अर्थ, दुई नयाँ अनुहार

काठमाडौं,साउन २० । माओवादी केन्द्रका अध्यक्ष तथा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड नेतृत्वको सरकारमा पहिलो चरणमा तीन जना मन्त्री पठाउने भ...

Popular Posts