काठमाडौं,पुष १५ । प्रधानमन्त्री केपी ओली र प्रमुख विपक्षी दल नेपाली कांग्रेसका सभापति सुशील कोइराला जिल्ला दौडाहामा निस्कीएपछि मधेसी मोर्चासँग छिटै हुने भनिएको निर्णायक वार्ता अन्योलमा परेको छ । शीर्ष नेताहरु पार्टीको कार्यक्रममा भाग लिन राजधानी बाहिर जाने भएपछि आजको लाई तय गरिएको वार्ता नहुने भएको छ । ओली पार्टीको कार्यक्रममा सहभागी हुन गृह जिल्ला झापा जाँदै छन । उनी विराटनगर हुँदै झापा जाने कार्यक्रम रहेको छ ।
ओली अपरान्ह ४ बजे त्यसतर्फ प्रस्थान गर्ने कार्यक्रम छ । झापामा हुने एमालेका विभिन्न कार्यक्रममा सहभागी भएर ओली भोलि मात्रै बिहीबार काठमाडौं फिर्ता हुने कार्यक्रम छ । यता, प्रमुख विपक्षी दल नेपाली कांग्रेसका सभापति सुशील कोइराला पनि आजै स्याङ्जा जाँदै छन । पार्टी कार्यक्रममा सहभागी हुन कोइराला स्याङ्जा जान लागेको उनको सचिवालयले जनाएको छ । ओली र कोइराला नै राजधानी छाडेर बाहिर जान लागेपछि मधेसी मोर्चासँग गर्ने भनिएको आज नहुने सभावना छ । ओली र कोइराला दुवैको अनुपस्थितिमा तीन दलबीचको शीर्ष छलफल र मधेसी मोर्चासँगको वार्ता हुने संभावना कम छ। मंसिर २७ गतेपछि सरकार र मधेसी मोर्चाबीच औपचारिक वार्ता भएको छैन।
No comments:
Post a Comment