Thursday, December 31, 2015

एसएसबीद्वारा सीमामा कडाइ, ग्यास सिलिन्डर नियन्त्रणमा

महोत्तरी, पुष १६ । महोत्तरीको पूर्वी सीमानाका मटिहानीमा सीमापारिबाट ल्याइँदै गरेका आधादर्जन ग्यास भरिएका सिलिन्डर विहीबार भारतीय सीमा सुरक्षा बल (एसएसबी)ले नियन्त्रणमा लिएको छ । जिल्लाको दोस्रो मुख्य भन्सार नाका मटिहानी हुँदै भारतबाट नेपाल ल्याइँदै गरिएका ती सिलिन्डर एसएसबीले नियन्त्रणमा लिएको उपभोक्ताले बताएका छन्। बुधबार सम्मबिनारोकटोक ल्याउन दिइएको ग्यास सिलिन्डर विहीबार एक्कासी एसएसबीले नियन्त्रणमा लिएपछि नेपालबाट ग्यास लिन भारत गएका दर्जनौं व्यक्ति खाली सिलिन्डर लिएर फर्केका छन् ।

नेपाली सिलिन्डरमा भारतीय ग्यास पल्टी गरेर चर्को मूल्यमै भएपनि बुधबारसम्म नेपाली ग्राहकले पाउने गरेकामा विहीबार बिहानदेखि एसएसबीले भारतबाट ग्यास लैजान नमिल्ने भन्दै ग्यास भरिएका सिलिन्डर नियन्त्रणमा लिन थालेका छन् । महोत्तरीको सीमापारिका भारतीय सहर मधवापुर, सुरसन्ड, भिट्ठामोडमा बुधबारसम्म नेपाली ग्राहकले नेपाली सिलिन्डर लगी भारतीय ग्यास भरेर ल्याउने गरेका थिए ।

भारतमा नेपालीसँग एउटा सिलिन्डर रिफिल गरेबापत रु दुई हजार ८०० देखि तीन हजार नेपाली रुपैयाँसम्म लिने गरिएको थियो । तर, विहीबार बिहानदेखि सीमानाकामा एसएसबीले ग्यास भरिएका सिलिन्डर नियन्त्रणमा लिन थालेपछि नेपालबाट ग्यास ल्याउन भारतीय बजारमा पुगेका ग्राहक बिचल्लीमा परेका छन् ।

No comments:

Post a Comment

Featured Post

माओवादी केन्द्रका तीन मन्त्रीमा महरालाई अर्थ, दुई नयाँ अनुहार

काठमाडौं,साउन २० । माओवादी केन्द्रका अध्यक्ष तथा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड नेतृत्वको सरकारमा पहिलो चरणमा तीन जना मन्त्री पठाउने भ...

Popular Posts