Wednesday, December 30, 2015

अस्पतालबाट मधेस आन्दोलनको डिजाइन गर्दै महतो

धरान,पुष १६ । संयुक्त लोकतान्त्रिक मधेसी मोर्चाको आन्दोलनको डिजाइन पछिल्लो समय धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानबाट हुने गरेको प्रमाण फेला परेको छ । विराटनगरको जोगवनी नाकामा प्रहरीको झडपका क्रममा घाइते भएका सद्भावना पार्टीका अध्यक्ष राजेन्द्र महतो उपचारको बाहनामा प्रतिष्ठानमा भर्ना भएर मधेस आन्दोलनको डिजाइन गर्ने गरेको खुलासा भएको छ ।

विराटनगरको गोल्डेन अस्पतालबाट डिस्चार्ज भएका पूर्व स्वास्थ्यमनत्री महतोलाई प्रतिष्ठानकै पदाधिकारीहरुले अस्पताल भर्ना गरी मधेस आन्दोलन थप सशक्त बनाउन उचाल्ने गरेको प्रतिष्ठान श्रोतले जानकारी दिएको छ । राजेन्द्रलाई मधेस आन्दोलनस सशक्त पार्न र आन्दोलनको स्वरुप प।िरवर्तन गर्न प्रतिष्ठानका उपकुलपति बलभद्रप्रसाद दास र निर्देशक अरविन्द सिन्हाले सल्लाह दिने गरेको प्रतिष्ठानकै एक चिकित्सकले दाबी गरेका अन्नपूर्ण पोष्ट डटकममा समाचार छ ।

गोल्डेन अस्पतालमा छँदा उपकुलपति दासले फेन गरी धरान आउन आग्रह गरेपछि महतो मध्यरातमा प्रतिष्ठानको आईसीयू वार्डमा भर्ना भएको ती चिकित्सकले बताए । महतो प्रतिष्ठान आएपछि प्रत्येक रात मधेश आन्दोलनको समीक्षा गरी थप रणनीति तयार हुने गरेको श्रोतले जानकारी दिएको छ ।

जुनसुकै अस्पतालमा विरामीे आकस्मिक कक्षमा भर्ना भइ त्यहाँका चिकित्सकहरुको सल्लाहअनुसार अन्य वार्डमा सार्ने प्रावधान छ । तर महतोलाई उपकुलपति दास र निर्देशक सिन्हाको निर्देशनमा सिधै अस्पतालको आइसियू वार्डमा भर्ना गरी हाल पेइङ वार्डमा सारिएको छ ।

त्यसो त अस्पतालमा विरामीकुरुवा एकजना भन्दा बढी बस्न नपाइने अर्को प्रावधान छ । तर महतोसँग करिव २ दर्जन केन्द्रिय सदस्यसहित कार्यकर्ता अस्पतालको बेडमै बसेर मधेस आन्दोलनको डिजाइन गरिरहेका छन् ।

प्रतिष्ठानका उपकुलपति दास अस्पतालका निर्देशक सिन्हा राति आएर बैठक बस्ने र मधेस आन्दोलनको डिजाइन गर्ने गरेको प्रतिष्ठानकै चिकित्सकहरुले बताएका छन् । दास र सिन्हा महतो स्वास्थ्य मन्त्री छँदा राजनैतिक नियुक्ति पाएर प्रतिष्ठानको उपकुलपति र निर्देशक बनेका थिए ।

महतोको उपचारको नेतृत्व गरिरहेका हाडजोर्नी विशेषज्ञ डाक्टर पशुपति चौधरीले महतोको थप उपचार गर्नु आवश्यक रहेको बताएका छन् । चौधरीका अनुसार प्रेसर र सुगर नियन्त्रणमा ल्याउन फिजिसिजनको सल्लाह वमोजिम महतोले औषधि सेवन गरिरहेका छन् ।

प्रेसर र सुगर नियन्त्रणमा नआएसम्म अस्पतालमा राख्नुपर्ने उनको भनाइ छ । यद्यपी स्वास्थ्यमा भने खतरा नभएको उनले प्रष्ट पारेका छन् । महतोलाई प्रतिष्ठानमै गएर संचारकर्मीहरुले मधेस आन्दोलनका विषयमा बोल्न आग्रह गर्दा उनी कम्बल ओढेर गुटुमुटु हुने गरेका छन् ।

प्रतिष्ठानका उपकुलपतिकै पहलमा नेता महतोलाई धरान ल्याइएको कुरा उपकुलपति बलभद्रप्रसाद दासले अस्वीकार गरे । महतो विराटनगरबाट आफैँ मध्यराति एम्बुलेन्समा प्रतिष्ठान आएकोले भर्ना गरेर थप उपचार गरिएको दासले बताए ।

किन प्रतिष्ठान भर्ना भए महातो ?
राजेन्द्र महतो गोल्डेन अस्पतालबाट डिस्चार्ज लिएर बीपी प्रतिष्ठानमामा उपचार गर्न आउनुमा यहाँका प्रतिष्ठानका पदाधिकारीसँग उनको निकटता प्रमुख कारण बनेको छ ।

प्रतिष्ठानका मुख्य चार पदाधिकारीमध्ये उपकुलपति डाक्टर बलभद्रप्रसाद दास, अस्पतालका निर्देशक डाक्टर अरविन्दकुमार सिन्हा र शिक्षाध्यक्ष डाक्टर पिक्रम श्रेष्ठ महतो स्वास्थ्यमन्त्री हुँदा उनले नै नियुक्त गरेका थिए ।

प्रतिष्ठानको सहकुलपतिसमेत हुने स्वास्थ्यमन्त्रीको सिफारिसमा उपकुलपति नियुक्त गरिन्छ भने उपकुलपतिको सिफारिसमा स्वास्थ्यमन्त्रीले अस्पतालका निर्देशक र शिक्षाध्यक्ष नियुक्त गर्ने प्रावधान छ ।

हाल प्रतिष्ठानमा कार्यरत रजिष्ट्रार तुलबहादुर श्रेष्ठलाई मात्रै तत्कालीन स्वास्थ्यमन्त्री खगराज अधिकारीले नियुक्त गरेका थिए । उपकुलपति दास र अस्पताल निर्देशक सिन्हा महतोनिकट मानिन्छन् ।

प्रतिष्ठानका केही पदाधिकारी मधेस आन्दोलनको पक्षमा रहेको आरोप पनि लाग्दै आएको छ । नयाँ संविधान जारी भएको रात प्रतिष्ठान परिसरमै चिकित्सक, विद्यार्थी र कर्मचारीहरुले संविधान जलाएका थिए ।

उक्त घटनाप्रति प्रतिष्ठानको नेतृत्व गरेका उपकुलपति दास मौन रहेकाले उनकै नेतृत्वमा संविधान जलाउन लगाइएको आरोप दासमाथि लाग्ने गरेको छ । तर, उक्त आरोपको दासले खण्डन गरेका छन् ।

मधेस आन्दोलनको क्रममा प्रहरीको गोली लागेर घाइते भएकाहरुलाई उपचारको लागि बीपी प्रतिष्ठान ल्याइएको थियो ।

त्यति बेला प्रतिष्ठानले उपचाररत घाइतेहरुको निःशुल्क उपचार भइरहेको भन्दै विज्ञप्ती निकालेपछि सामाजिक सञ्जालमा निक्कै आलोचित बनेको थियो ।

मधेस आन्दोलनका घाइतेहरुलाई सरकारले नै निःशुल्क उपचार गर्ने निर्णय गरिसकेको थियो । यसअघिका विभिन्न आन्दोलनका घाइतेहरुको प्रतिष्ठानमा उपचार गरिए पनि विज्ञप्ती नै निकालेर निःशुल्क उपचारको व्यवस्था गरेको घोषणा भने प्रतिष्ठानले गर्ने गरेको थिएन ।

No comments:

Post a Comment

Featured Post

माओवादी केन्द्रका तीन मन्त्रीमा महरालाई अर्थ, दुई नयाँ अनुहार

काठमाडौं,साउन २० । माओवादी केन्द्रका अध्यक्ष तथा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड नेतृत्वको सरकारमा पहिलो चरणमा तीन जना मन्त्री पठाउने भ...

Popular Posts