काठमाडौं,पुष १६ । मालदिभ्सलाई पराजित गर्दै आयोजक भारत साफ च्याम्पियन्सिपको फाइनलमा प्रवेश गरेको छ । पहिलो सेमिफाइनलमा माल्दिभ्सलाई ३-२ले हराउँदै भारत साफ च्याम्पियनसीपको फाइनलमा प्रवेश गरेको हो । भारतको केरलास्थित त्रिबन्दरम् रङ्गशालामा भएको खेलमा भारतका जेजेले २ तथा कप्तान सुनिल क्षेत्रीले एक गोल गरे ।
मालदिभ्सका लागि अहमेद नासिद र अम्दान अलिले १-१गोल गरे । पराजित मालदिभ्सका लागि पहिलो हाफको इन्जुरी समय र ७५ औं मिनेटमा अर्को गोल गरे । भारतले फाइनलमा अफगानिस्तान र श्रीलङ्काबीचको बिजेतासँग प्रतिस्पर्धा गर्ने छ।
No comments:
Post a Comment