Thursday, July 28, 2016

Hello world!

Welcome to WordPress. This is your first post. Edit or delete it, then start writing!

भूकम्प पीडितलाई दुई किस्तामा अनुदान दातृ निकायबाट अस्वीकार

काठमाडौं,साउन १४ । भूकम्पबाट क्षतिग्रस्त निजी घर निर्माण गर्न पहिलो चरणमा डेढ लाख रुपैयाँ र अन्तिम चरणमा ५० हजार रुपैयाँ उपलव्ध गराउन प्रधानमन्त्री केपी ओलीले संसदमा गरेको घोषणालाई दाताहरुले अस्वीकार गरिदिएका छन् ।

प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले भूकम्प प्रभावित क्षेत्रका लाभग्राही प्रमाणित भएकालाई दुई लाख रुपैयाँ एकमुष्ट उपलव्ध गराउन सरकारलाई दबाब दिँदै एक महिनाअघि ६ दिन सांसद बैठक अवरोध गरेपछि प्रधानमन्त्री ओलीले पहिलो चरणमा डेढ लाख र अन्तिम चरणमा ५० हजार रुयैयाँ उपवव्ध गराउने घोषणा गरेका थिए । आजको अन्नपूर्णमा समाचार छ ।

दाताहरुका तर्फबाट विश्व बैंकले अर्थ मन्त्रालयलाई भूकम्प प्रभावित क्षेत्रमा बलिय घर बनाउन तीन चरणमा रकम उपलव्ध गराउनुपनेए बेहोराको पत्र पठाएपछि प्रधानमन्त्री ओलीले राजीनामा दिइसकेको अवस्थामा कांग्रेस माओवादी केन्द्र गठबन्धनलाई धक्का लागेको छ ।

नेतृत्वलाई सघाउनेलाई मन्त्री बनाइने भएसँगै प्रचण्डका सहयोगी मात्रै मन्त्रीमा योग्य !

काठमाडौं,साउन १४ । सरकारको नेतृत्व लिने तयारीमा रहेको नेकपा माओवादी केन्द्रले नयाँ र पुराना अनुहार समेटेर सरकारमा जाने मन्त्री छान्ने तयारी अगाडि बढाएका छन् । माओवादी केन्द्रले केन्द्रीय कार्यालयको बैठक नै आहृवान गरेर अब बन्ने सरकार र मन्त्रीहरुको विषयमा बिहीबार छलफल गरेको छ । बैठकले मन्त्री चयनका लागि तीन आधारसहितको मापदण्ड तय गरेको छ । मापदण्डअनुसार काम गर्न सक्ने, क्षमतावान र नेतृत्वलाई सघाउने व्यक्तिलाई मन्त्री बनाइने भएसँगै पुराना र नयाँ दुबै अनुहार मन्त्री बन्ने भएका हुन् ।

केपी ओली नेतृत्वको सरकारमा सहभागी भएकालाई पुनः मन्त्री बनाउन नहुने दबाब बढेको थियो । तर अहिले त्यो समस्या पनि समाधान भएको छ । आजको राजधानी दैनिकमा समाचार छ ।
जसमा समानुपातिक प्रतिनिधित्व, प्रभावकारी काम गर्न सक्ने क्षतावान् व्यक्ति र सरकारको नेतृत्व (प्रधानमन्त्री) लाई सहयोग गर्ने स्पिरिटका आधारमा मन्त्री छान्ने मापदण्ड तय गरेको छ ।

बैठकमा सदस्यहरुले अब सरकारमा सहभागी भएर उत्कृष्ट काम गर्न नसके पार्टी नै अप्ठेरोमा पर्ने धारणा राखेका थिए ।

Wednesday, July 27, 2016

सरकारले मिति दिओस्,आयोग चुनाव गर्न तयार छ :प्रमुख आयुक्त डा. यादव

काठमाडौं,साउन १२ । प्रमुख निर्वाचन आयुक्त डा. अयोधिप्रसाद यादवले सरकारले मिति र नीति दिए निर्वाचन आयोग तीन वटै चुनाव गर्न सक्षम रहेको स्पष्ट पारे । बुधबार रिपोर्टर्स क्लब नेपालले आयोजना गरेको विशेष साक्षात्कारमा बोल्दै प्रमुख आयुक्त डा. यादवले भने,‘सरकारले हामीलाई तिथिमिति सहितको नीति दियो भने हामी तीनवटै निर्वाचन सम्पन्न गर्न सक्षम छौं ।’ आयोजित साक्षात्कारमा यादवले लोकतन्त्रलाई बलियो बनाउनका लागि पनि समयमै निर्वाचन गर्नुपर्ने उल्लेख गर्दै भने,‘निर्वाचन आयोग सरकारले दिएको जिम्मेवारी कुशलतापूर्वक सम्पन्न गर्न आँतुर छ, जनताको लोकतन्त्रलाई बलियो बनाउन निर्वाचन साधन हो ।’

यसअघि पनि दुईवटा संविधानसभाको निर्वाचन सफल रुपमा सम्पन्न गरेको उल्लेख गर्दै बहुदलीय प्रतिष्पर्धात्मक संघीय लोकतान्त्रिक गणतन्त्रलाई बलियो बनाउन पनि आवधिक निर्वाचनको आवश्यक रहेको यादवको तर्क थियो । उनले थपे,‘संविधानलाई आधार मानेर ०७४ माघ ७ सम्म तीनवटै निकायको चुनाव सम्पन्न गर्ने जिम्मेवारी छ, हामी यसलाई समयमै सम्पन्न गर्न आतुर छौं, यसको लागि हामीले आवश्यक डा«फ्ट तयार गरिसकेका छौं ।’उनले निर्वाचन आयोगले पछिल्लो समय निर्वाचनमा सक्रिय सहभागिता होस भन्ने उद्देश्यले भोटर एजुकेशन लागु गर्ने तयारीमा लागेको जानकारी दिए । प्रदेशको निर्वाचन सम्पन्न गर्नको लागि सरकारले आवश्यक तर्जुमा गर्नुपर्ने समेत यादवको भनाई थियो ।

सिंहदरवार नै असुरक्षित कहाँ होला सुरक्षा ? उपसचिवको कार्यकक्षबाटै चोरी

काठमाडौ,साउन १२ । संघीय मामिला तथा स्थानीय विकास मन्त्रालयमा चोरी भएको छ । उच्च सुरक्षा रहेको सिंहदरवारको संघीय मामिला तथा स्थानीय विकास मन्त्रालयमा उपसचिव चिरिञ्जिवी तिमिल्सिनाको आइफोन, ल्यापटप र एक लाख रुपैयाँ कार्यकक्षबाटै चोरी भएको हो । चोरी भएपछि प्रहरीले सिंहदरबारमा सर्च अपरेशन चलाएको छ ।

कार्यकक्षमा सामान राखेर शाखाको बैठकमा गएको र फर्कंदा उहाँको पैसा राखेको झोलासहित मोबाइल र ल्यापटप चोरी भएको मन्त्रालयका कर्मचारीले बताएका छन् । शौचालय गएर आउँदा कार्यकक्षमा ल्यापटप नभेटिएपछि तत्काल मन्त्रालयको आग्रहमा सिंहदबारबाट बाहिरिने सबै गेटमा पैदलयात्रु र सवारी चालकमाथि खानतलासी गर्न प्रहरी सक्रिय भएका छन् । मन्त्रालयभित्र सुरक्षा व्यवस्था कडा पारिएको प्रहरीले जनाएको छ । घटनाबारे थप अनुसन्धान भइरहेको छ ।

म युद्धबाट आएको हुँदा पहिला प्रधानमन्त्री हुँदा काम गर्न सकिएन : अध्यक्ष प्रचण्ड

काठमाडौं,साउन १२ । नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहालले पहिलो पटक प्रधानमन्त्री हुँदा आफूसँग पर्याप्त अनुभव नहुँदा जनताको भावनाअनुसार काम गर्न नसकेको स्वीकारेका छन्। नेपालमै पहिलो पटक काखीमुनि सानो प्वाल पारी मुटुको शल्यक्रिया गरिएको जानकारी दिन ग्रीनसिटी अस्पतालले आज यहाँ आयोजना गरेको कार्यक्रममा उनले भने ‘गणतन्त्र आएपछिको पहिलो प्रधानमन्त्री भएर खुला र प्रतिस्पर्धात्मक राजनीतिमा आउँदा अनुभवको कमी थियो । म युद्धबाट आएको हुँदा शान्तिको महत्व बुझ्न समय लाग्यो।’

निजी क्षेत्रका अस्पतालले स्वास्थ्य सेवामा ठूलो उपलब्धि हासिल गरेको उल्लेख गर्दै अध्यक्ष दाहालले निजी क्षेत्रले प्राप्त गरेको उपलब्धिलाई सरकारी अस्पतालले पनि अनुसरण गर्नुपर्ने बताए। नेपाली काँग्रेसका केन्द्रीय सदस्य तथा पूर्वअर्थमन्त्री डा रामशरण महतले नेपालमा निजी क्षेत्रले स्वास्थ्य सेवाको क्षेत्रमा ठूलो फ्ड्को मारेको बताए। उनले भने – अहिले निजी क्षेत्रले स्वास्थ्यमा सामाजिक दायित्वबोध गरी काम गर्दा ठूला र जटिल मानिएका शल्यक्रिया र रोगका उपचार नेपाललै सम्भव भएको छ।’ स्वास्थ्य क्षेत्रले अथक मिहेनत गरेका कारण नेपालीको औसत आयु ५१ बाट बढेर ७१ वर्षमा पुगेको भन्दै उनले अझ धेरै काम गर्न बाँकी रहेको बताए।

नेकपा (एमाले)का नेता लालबाबु पण्डितले अब विदेशमा गई महँगोमा उपचार गराउनुपर्ने अवस्थाको अन्त्य भएको उल्लेख गरे। उनले नेपालका नेता सानो समस्या परेपनि विदेश नगई नेपालमै उपचार गराउने परम्परा बसाउन सके प्रेरणादायी हुने विचार राखे। अस्पतालका वरिष्ठ मुटुरोग विशेषज्ञ डा अनिल भट्टराई नेतृत्वको टोलीले धादिङ ज्यामरुङकी १६ वर्षीया श्रीष कार्कीको काखीबाट ओपन हर्ट सर्जरी गरेको थियो। नेपालमा पहिलो पटक भएको भनिएको सो शल्यक्रिया अस्पतालले निःशुल्क गरेको थियो।

अस्पतालका अध्यक्ष लोकबहादुर टण्डनले डा भट्टराई नेतृत्वको टोलीले गएको छ महिनामा १७ जनाको ओपन हार्ट सर्जरी गरेको जानकारी दिनुभयो । तीमध्ये कालिकोट र धादिङका १२ जनाको निःशुल्क उपचार गरिएको थियो । ओपन हार्ट सर्जरी गर्दा चार लाख रूपैयाँ खर्च लाग्ने बताइएको छ।

Tuesday, July 26, 2016

सुशासन समितिको बैठकमा अख्तियार प्रमुख अनुपस्थित

काठमाडौं,साउन ११ । संसदको सुशासन समितिले बोलाएको बैठकमा अख्तियार प्रमुख लोकमान सिंह कार्की अनुपस्थित भएका छन् । काठमाडौं विश्वविद्यालयको प्रवेश परीक्षामा अख्तियारले हस्तक्षेप गरेको सम्बन्धमा मंगलबार बोलाईएको बैठकमा आफूलाई घाँटीमा समस्या भएको भन्दै कार्की अनुपस्थित भएका हुन् । अख्तियारका तर्फबाट बैठकमा सचिव शान्तराज सुवेदी, वेगेन्द्रराज शर्मा, कानुनविज्ञ भानुभक्त पोखरेल, प्रवक्ता कृष्णहरि पुष्करलगायत आठ जना कर्मचारी उपस्थित भएका थिए ।

कार्कीले समितिलाई पत्र पठाउँदै घाँटीको समस्याको कारण एक सातासम्म बोल्न समस्या हुने र चिकित्सकको सल्लाहअनुसार एण्टीबायोटीक प्रयोग गरिरहेकोले उपस्थित हुन नसकेको बताएका छन् ।

बैठकले चिकित्सा क्षेत्रमा अख्तियार जोडिएको विषय र काठमाडौं विश्वविद्यालयमा हस्तक्षेप गरेको विषयमा छानविन गर्न पाँच सदस्यीय उपसमिति गठन गरेको छ।

उदय नेपाली श्रेष्ठ, जनकराज जोशी, पदमनारायण चौधरी, नरसिंह चौधरी र मिलन राजवंशी रहेको पाँच सदस्यीय समिति गठन गरेको हो । वरिष्ठ चिकित्सक गोविन्द केसीले अख्तियार कार्कीमाथि चिकित्सा क्षेत्रका विकृतिमा भ्रष्टहरूसँग मिलेर साथ दिने गरेको, आफ्नो र आफन्तको निहित स्वार्थका लागि काम गर्ने गरेकोलगायत आरोप लगाउँदै महाअभियोग माग गरी १६ दिनसम्म अनसन बसेका थिए। छानविन समितिले दस दिनभित्रमा के भएको हो भनी प्रतिवेदन सुशासन समितिमा पेश गर्नेछ।

Sunday, July 24, 2016

कोशी व्यारेजलाई ध्वस्त पार्ने आतंकवादीको धम्की

काठमाडौं,साउन १० । ५० वर्ष पुरानो कोशी व्यारेज माथि अहिले खतराको बादल मडारि रहेको छ । बर्खाको मौसम भएको कारणले कोशी व्यारेजको जलस्तर निकै उच्च रहेको छ । त्यस बाहेक पनि कोशी ब्यारेज अन्तर्राष्ट्रिय आतंकवादीहरुको निशानामा रहेको सनसनीपूर्ण समाचार बाहिर आएको छ । आतंकवादी संगठनले कोशी ब्यारेजलाई ध्वस्त पार्ने धमकी दिएको खबर भारतीय च्यानल आजतकले दिएको छ ।

आजतकको समाचार लिङ्क)

आतंकवादीद्वरा प्राप्त धमकीपछि अहिले कोशी व्यारेज क्षेत्रको सुरक्षा बढाएका छन् । नेपालको पूर्वी नेपाललाई जोड्न एक मात्र स्थलमार्गमा सुनसरी र सप्तरी जिल्लाको बीचमा रहेको सप्तकोशी नदीमाथि निर्मित कोशी ब्यारेजलाई आतंकवादी संगठनले ध्वस्त पार्ने धमकी दिएको समाचार भारतको चर्चित टेलिभिजन आजतकको अनलाइन संस्करणमा लेखिएको छ ।

केहि दिन अगाडि पनि भारतको अर्को चर्चित अनलाइन जागरणले पनि नेपालमा आतंकवादीको अड्डा बन्दै गएको समाचार छापेको थियो । कोशी व्यारेजलाई ध्वस्त पार्ने आतंकवादीद्वरा धमकी प्राप्त भएपछि भारत र नेपालका अधिकारीहरु चिन्तित बनेका छन् । कोशी ब्यारेजको सुरक्षामा नेपालको सुरक्षाकर्मी बाहेक अहिले नेपाली सेनाको सक्रियता बढाएको छ । कोशी ब्यारेजबाट आवत जावत गर्ने सबै सवारी साधनमा कडा निगरानी र चेकजाँच हुन थालेको छ ।

सुरक्षाकर्मी निकै सजग भएका कारण निकै सक्रियता पूर्वक कुनै पनि किसिमको अप्रिय घटना नहुन दिन सर्तकता अपनाएका छन ताकी कुनै पनि अप्रिय घटना नहोस् । सुरक्षा संवेदनशीलताका कारण भारत र नेपालका कुनै पनि अधिकारीले कहाँ बाट कुन संगठनको आतंकवादीले धमकी दिएको हो नाम लिन चाही रहेका छैन ।

सुनसरी जिल्लाका जिल्लाका सिडियो मोहन चापाँगाईको अनुसार कोशी व्यारेजलाई ध्वस्त पार्ने धमकी आएदेखि सुरक्षा प्रशासन निकै सजग छ । सुनसरी जिल्ला प्रशासनका साथै नेपाल आर्म फोर्सको एक विशेष टोली कोशी व्यारेजको सुरक्षामा खटाई सकेको उनको भनाई छ । उनले भने, ‘कोशी ब्यारेजबाट आउने जाने सवारी साधनमाथि कडा निगरानी र चेकजाँच पनि भई रहेको छ । सिडियो चापाँगाईका अनुसार कोशी व्यारेज गम्भीर विषय हो र यसको सुरक्षाको लागि प्रशासनलाई निकै सजग र सर्तक हुनु निर्देशन समेत दिएको बताए ।
-दैनिक नेपाल

Friday, July 22, 2016

प्रधानमन्त्रीविरुद्धको अविश्वास खेलको फाइनल भोलि

काठमाडौं,साउन ८ । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली नेतृत्वको सरकारविरुद्ध अविश्वासको प्रस्तावमाथि आइतबार संसदमा मतदान हुने भएको छ । नेपाली कांग्रेस, माओवादी केन्द्रलगायत दलको समर्थनमा कांग्रेस–माओवादी गठबन्धनले पेस गरेको प्रधानमन्त्री ओलीविरुद्धको अविश्वास प्रस्तावबारे आइतबारै प्रधानमन्त्रीले जवाफ दिने कार्यसूची छ आजको नागरिक दैनिकमा खबर छ ।

शुक्रवारै संसदमा छलफलपछि निर्णयार्थ पेस गरिएका आश्रित बजेटसम्बन्धी तीनवटा विधेयक भने बुहमतले अस्वीकृत भएका छन् । यससँगै ९ महिनाअघि तत्कालीन एकीकृत माओवादीसहित दलको समर्थनमा बनेको ओली नेतृत्वको सरकार अल्पमतमा परेको छ । संसद् बैठकमा शुक्रबार आर्थिक विधेयक, राष्ट्र ऋण उठाउने विधेयक, ऋण तथा जमानत (२१ औं संशोधन विधेयक) अस्वीकृत भएलगत्तै नेकपा माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले प्रधानमन्त्री विरुद्व प्रस्ताव पेस गरेका थिए । प्रमुख प्रतिपक्षी नेपाली कांग्रेससहति १३ दलको समर्थनमा असार २९ गते संसद सचिवालयमा दर्ता गरिएको अविश्वास प्रस्ताव प्रचण्डले शुक्रवार संसदमा प्रस्तुत गरेका हन् ।

२ सय ८१ सांसदको हस्ताक्षरसहित प्रधानमन्त्रीविरुद्ध अविश्वासको प्रस्ताव दर्ता भएसँगै सभामुख ओनसरी घर्तीले संसदको अन्य विजनेस हटाउँदै अविश्वास प्रस्तावमाथि बिहीबारलाई छलफलको कार्यसूची तोकेकी थिइन् । सत्तारुढ दल र प्रतिपक्षीबीच आर्थिक विधेयक पहिला कि प्रधानमन्त्रीविरुद्धको अविश्वासको प्रस्ताव भन्नेमा सहमति जुट्न नसक्दा एक दिन ढिलो शुक्रवार मात्र अविश्वास प्रस्ताव संसदमा पेस भएको हो ।

पारसलाई निर्मल निबासको जिम्मेवारी दिएर पूर्वराजा अचानक युरोपतिर

काठमाडौं,साउन ८ । पूर्वराजा ज्ञानेन्द्र शाह सपरिवार शुक्रवार राति युरोतर्फ प्रस्थान गरेका छन् । उनी इटालीतर्फ प्रस्थान गरेका हुन् । छोरा पारसलाई निर्मल निबासमा रुङ्ने जिम्मेवारी दिएर उनी दुई साता लामो इटाली भ्रमणमा निस्केका हुन् । उनका साथमा पूर्वरानी कोमन, बुहारी हिमानी, नाति हृदयेन्द्र, नातिनीद्वय पूणिर्का र कीर्तिका, शाही अर्दली हस्तवहादुर थापा, दुई नानी, निजी सचिव सागर तिमिल्सिना, अंगरक्षक गगन श्रेष्ठसहितको टोली इटाली गएको आजको नेपाल समाचारपत्र दैनिकले जनाएको छ ।

सुनाकोठी बस्दै आएका पारस घर कुर्न भन्दै निर्मल निवास आएका छन् । पूर्वराजा ज्ञानेन्द्र नाति नातिनाको बिदा मनाउन सपरिवार विदेश भ्रमणमा निक्स्केको स्रोतले जनाएको छ ।

इटाली बसाइको क्रममा उनले त्यहाँ रहेका नेपालीसँग पनि भेटघाट गर्ने कार्यक्रम तय भएको छ । सरकार परिवर्तनको किचलो चलिरहेको र कतिपय पक्षले राजतन्त्र र हिन्दू धर्मको वकालत गरिरहेका बेला उनी भने विदा मनाउन हिँड्नुलाई अर्थपूर्ण रुपमा लिइएको छ ।

इटली भ्रमण भनिए पनि पूर्व राजा यूरोपका अन्नय देशरुमा समेत जाने कार्यक्रम रहेको छ । उनी स्वदेश फर्किएसँगै देश दौडाहमा निस्कने कार्यक्रम रहेको स्रोतको दाबी रहेको छ ।

डा. केसीका मागमा सरकार झन् कठोर

काठमाडौं,साउन ८ । अख्तियार दुरुपयोग अनुसन्धान आयोग प्रमुखमाथि महाअभियोग र संसदमा विचाराधीन स्वास्थ्य विज्ञान प्रतिष्ठान विधेयक फिर्ता लगायत माग राखी १३ दिनदेखि अनसनरत डा. गोविन्द केसी र सरकारी वार्ता टोलीबीचको शुक्रवारको वार्ता पनि निष्कर्षविहीन भएको छ।

डा. केसीले अनसनका क्रममा बटमलाइन बनाएका प्रमुख मागमै सरकारी वार्ता टोली नकारात्मक रुपमा प्रस्तुत भएपछि शुक्रवार दिनभर भएको प्रयास निरर्थक भएको हो। औपचारिक रुपमा दुवै पक्षले वार्ता जारी रहेको प्रतिक्रिया दिए पनि वार्ताको सहमतिको सम्भावनाबाटै झन् टाढिएको दुवै पक्षको भनाई छ। नागरिक दैनिकमा समाचार छ।

सरकारी वार्ता टोलीले डा. केसीले उठाएका मागमध्ये सहकारीले चलाएको अस्पताललाई प्रतिष्ठानको स्वरुप दिने गरी आएको विधेयक फिर्ता लिनै नसक्ने अडान सरकारी वार्ता टोली देखिएको छ। सहमतिका लागि मध्यविन्दुका रुपमा डा. केसी पक्ष मनमोहन प्रतिष्ठानलाई चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठान अन्तर्गत वा पूर्ण सरकारी स्वरुपमा ल्याउनेमा सकारात्मक देखिए पनि सरकारी पक्ष नकारात्मक देखिएको छ।

Thursday, July 21, 2016

प्रचण्डलाई ‘रअ’ र ‘सीआईए’ले प्रयोग गरेको माओवादी केन्द्रका नेताको खुलासा

काठमाडौं,साउन ७ । नेकपा माओवादी केन्द्रका नेता पुष्पकमल दाहाललाई भारतीय गुप्तचर संस्था ‘रअ’ र अमेरिकी गुप्तचर संस्था ‘सीआईए’ ले प्रयोग गरेको खुलासा नेकपा माओवादी केन्द्रकै नेता आरसी न्यौपानेले गरेका छन् । प्रधानमन्त्री केपी ओली नेतृत्वको सरकार ढाल्न देशीविदेशी चलखेल भइरहेको आरोप लागिरहेका बेला माओवादीकै नेताबाट अध्यक्ष दाहाल नै ‘रअ’ र ‘सीआईए’ को गोटी बनेको ठोकुवा आएको हो । राजधानी दैनिकले समाचार छापेको छ ।

माओवादीको महाधिवेशन आयोजक समिति सदस्यसमेत रहेका नेता न्यौपानेले बिहीबार सामाजिक संजाल ‘फेसबुक’मार्फत दाहाल विदेशी गुप्तचर संस्थाबाट प्रयोग भएको खुलासा गरेका छन् ।
नेता न्यौपानेले चिनियाँ राष्ट्रपति सी जिनपिङको आसन्न नेपाल भ्रमण रोक्न र बाम गठबन्धन टुटाउन अध्यक्ष दाहाललाई प्रयोग गरेको ठोकुवासमेत गरेका छन् ।

‘विश्वस्त स्रोतका अनुसार चिनियाँ राष्ट्रपतिको नेपाल भ्रमण रोक्न, बाम गठबन्धन टुटाउन, माओवादी केन्द्रको चीनसँगको बन्दै गइरहेको असल सम्बन्ध ध्वस्त पार्न मात्र प्रचण्डलाई प्रधानमन्त्रीको पासा फालेर ‘रअ’ र ‘सीआईए’ ले माओवादीको टाउकाको मूल्य तोक्ने कांग्रेस सभापति शेरबहादुर देउवालाई प्रयोग गर्दै यो खेल खेलेको छ,’ नेता न्यौपानेले फेसबुकको आफ्नो पेजमा लेखेका छन् ।

सप्तकोशीमा एक सातादेखि रातो झन्डा, घर छाड्दै गोबरगाढावासी

काठमाडौं,साउन ७ । केही दिनदेखि पहाडी जिल्लाहरूमा भइरहेको लगातारको वर्षाले यो साता सप्तकोसीमा पानीको बहाव पुलसम्मै पुगेपछि जोखिम बढेको छ । चार दिनअघि यो वर्षकै उच्च बिन्दुमा पुगेको पानीको बहाव बिहीबार केही घटे पनि पुलको उचाइ तल झरेको छैन ।

पछिल्लो केही सातादेखि सप्तकोसीमा पानीको बहावमा घटबढ भइरहेको छ । कोसी ब्यारेजस्थित नियन्त्रण कक्षका अनुसार गत आइतबार राति सप्तकोसीमा पानीको बहाव दुई लाख ३३ हजार आठ सय ८० क्युसेक प्रतिसेकेन्ड मापन गरिएको आजको नयाँ पत्रिका दैनिकमा खबर छ ।

बिहीबार साँझ ५ बजे भने कोसीमा बहाव एक लाख ७१ हजार ६ सय २५ क्युसेक प्रतिसेकेन्ड मापन भएको नियन्त्रणकक्षका भारतीय अधिकारीले बताएका छन् । पहाडी जिल्लामा हुने वर्षाअनुसार कोसी नदीमा जलस्तर बढ्ने भएकाले सोहीअनुसार बहाव घटबढ भइरहेको नियन्त्रण कक्षका एक कर्मचारीले बताए । बिहीबार साँझ कुल ५६ वटा ढोकामध्ये १८ वटा खोलिएको छ । आइतबार २३ ढोका खोलिएको थियो ।

बाढीको त्रासमा घर छाड्दै गोबरगाढावासी
टापुको गाविसको रूपमा रहेको सप्तरीको गोबरगाढावासी बाढीको उच्च जोखिममा छ । सप्तकोसी नदीको बीच भागमा अवस्थित यो गाविसमा कोसीको बाढी जुनसुकै वेला पस्ने भएकाले गोबरगाढावासी बाढीको त्रासमा छन् ।
‘बाढीको त्रासले गाउँका ३० प्रतिशत मानिस आफन्तको घरमा गइसकेका छन्,’ स्थानीय हरि यादवले भने, ‘बाढीकै कारण कतिपयले योगिनियाँ, हनुमाननगर तथा भारदहमा अस्थायी घर बनाएका छन्, तर उब्जाउ हुने खेत यही भएको र गाई–भौसी चराउने पर्याप्त ठाउँ भएकाले आफूहरू जोखिम मोलेर पनि गाउँमै छौ ।’

चार घर भत्कियो
बाढी र वर्षाको पानी निकास हुने व्यवस्था नहुँदा वडा नम्बर–४ का चारवटा घर भत्किएका छन् । स्थानीय सन्तोष झाका मात्रै दुईवटा घर बाढीले भत्काएको छ । बाढीको पानी घर–आँगनमा पसेपछि खाना पकाउन पनि समस्या भएको बाढीपीडित स्थानीयले भने, ‘घर नै भत्किन थालेपछि दैनिकी कष्टकर बनेको छ ।’

एक सातादेखि खतरा सूचक रातो झन्डा
एक दशक लगाएर सन् १९६२ मा निर्माण भएको कोसी ब्यारेज ९पुल० को आयु रहुन्जेल यसको क्षमता ९ लाख क्युसेक प्रतिसेकेन्ड पानी बहाव गर्ने क्षमता थियो । तर, कोसी ब्यारेजको आयु सकिएको र बहाव क्षमता कम भएकाले अहिले डेढ लाख क्युसेक प्रतिसेकेन्ड पानीको बहाव भए खतरा सूचक रातो झन्डा लगाउने गरिएको छ । पछिल्लो एक सातादेखि कोसी नदीमा पानीको बहाव घटबढ भइरहेकाले बिहीबार पनि खतरा सूचक रातो झन्डा कोसी ब्यारेजमा कायमै छ । कोसी ब्यारेजमा वर्षौादेखि थुप्रिएको बालुवाले तीन लाख क्युसेकमै पानी झन्डै पुल नै छुन लाग्ने गरेको हुन्छ । बालुवा ल्याएर जम्मा गर्नेमा एसियाकै दोस्रो ठूलो नदी कोसी हो ।

पौंडेलको प्रस्तावले राजनितीमा नयाँ तरंग, यी हुन् चार प्रस्ताव

काठमाडौं,साउन ७ । कांग्रेस बरिष्ठ नेता रामचन्द्र पौडेलले एमाले र कांग्रेस-माआवादी केन्द्रवीच अविश्वासको प्रस्ताव पहिले कि आश्रित विधेयक कुन पहिले अघि बढाउने भन्नेमा विवाद भएर संसद बैठक चल्न नसकिरहेका बेला नयाँ प्रस्ताव गरेका छन्। उनी वर्तमान समस्या समाधानका लागि चार नयाँ प्रस्ताव ल्याएका छन्। उनको प्रस्तावले नयाँ तरंग समेत ल्याएको छ। नयाँ पत्रिका दैनिकमा समाचार छ।

यी हुन् पौंडेलका चार प्रस्ताव

१. बजेटआश्रित विधेयक पारित गराउने
संसदमा १५ जेठमा आर्थिक वर्ष ०७३/७४ को बजेट पेस भएको थियो। विनियोजन विधेयक सदनबाट पारित भएको छ। बजेटआश्रित राष्ट्र ऋण उठाउने विधेयक, ऋण तथा जमानत विधेयक र आर्थिक विधेयक सदनबाट पारित हुन बाँकी छ। यी तीन विधेयक पहिलो चरणमा पारित गराउने प्रस्ताव छ।

२. अविश्वास प्रस्ताव फिर्ता लिने
दोस्रो चरणमा प्रधानमन्त्री केपी ओलीविरुद्धको अविश्वास प्रस्ताव फिर्ता लिने विकल्प छ। कांग्रेस, माओवादी केन्द्र र नेकपा संयुक्तले संसद्मा २९ असारमा ओलीविरुद्ध अविश्वास प्रस्ताव दर्ता गरेका थिए।

३. प्रधानमन्त्रीले तत्काल राजीनामा दिने बजेट
आश्रित विधेयक पारित र अविश्वास प्रस्ताव फिर्ता भएपछि तेस्रो चरणमा अल्पमतमा परिसकेका प्रधानमन्त्री केपी ओलीले राजीनामा दिने प्रस्ताव गरिएको छ।

४. नयाँ सरकार गठन प्रक्रिया सुरु गर्ने
प्रधानमन्त्री ओलीले राजीनामा दिएसँगै नयाँ सरकारको निर्वाचन प्रक्रिया पनि एकसाथ अगाडि बढाउने प्रस्ताव छ। प्याकेज सहमतिअनुसार सरकार गठन र संविधान कार्यान्वयनमा एमालेले पनि सहयोग गर्नुपर्ने पौडेलको प्रस्ताव छ।

सत्तापक्ष र विपक्षीवीच विवाद चर्चियो,आर्थिक विधेयक कि अविश्वासको प्रस्ताव पहिला ?

काठमाडौं,साउन ६ । शीर्ष नेताको बैठकमा सहमति नजसटेपछि संसदमा सूचना टाँस गरेर बैठक सारिएको छ । ११ बजेको लागि तय गरिएको वैठक २ बजेको लागि सारिएको हो । सभामुख ओनसरी घर्ती र प्रमुख तीन दलका शीर्ष नेताबीच सि‌हदरबारस्थित कार्यकक्षमा बसेको बैठकमा सहमति नभएपछि दिउँसो १ बजे फेरि शीर्ष नेताहरुले सभामुखसँग छलफल गर्ने भएका छन् ।

एमालेले पहिला आर्थिक विधेयक पास नगरिए अविश्वासको प्रस्ताव संसदमा पेश गर्न नदिने गरी संसद अवरुद्ध गर्ने निर्णय गरेपछि बैठक अन्यौलमा परेको हो। अविश्वासको प्रस्तावमाथि पहिले छलफल गर्ने कि आर्थिक विधेयकहरु पहिले पारित गर्ने भन्नेबारे सत्तापक्ष र विपक्षीवीच विवाद छ । कांग्रेस र एमालेका नेताहरु पहिले अविश्वासको प्रस्तावमाथि छलफल हुनुपर्ने अडानमा छन् भने एमाले नेताहरुले चाँहि पहिले आर्थिक विधेयक पारित नगरी प्रधानमन्त्रीविरुद्ध अविश्वासको प्रस्तावमाथि छलफल अगाडि बढाइएमा संसद अवरुद्ध पार्ने चेतावनी दिएका छन् । आजदेखि तीन दिनसम्म अविश्वासको प्रस्तावमा छलफल हुने कार्यसूची प्रकाशित भएको थियो।

श्रीराम रञ्जितकारले लाइफ टाइम अचिभमेन्ट अवार्ड

काठमाडौं, साउन ६ । लाइफ टाइम अचिभमेन्ट अवार्ड पूर्व खेलाडी तथा पूर्व फिफा रेफ्री श्रीराम रञ्जितकारले हात पारेका छन् । लाइफ टाइम अचिभमेन्ट अवार्ड पाएका छन् । नेपाली टोलीका पहिलो पुस्ताका खेलाडी रञ्जितकारलाई नेपाल खेलकुद मञ्चले बिहीबार अयोजना गरेको पल्सर सपोर्टस अवार्डमा लाइफ टाइम अचिभमेन्ट अवार्ड प्रदान गवरएको हो ।

उनी सन् १९८४ मा नेपालले पहलो साफ उपाधि जित्दा टोलीका सदस्य थिए । खेल जीवनपछि उनी रेफ्रीको भुमिकामा देखा परे । राष्ट्रिय खेलकुद परिषदको जागिरबाट उले यसैवर्ष अवकाश पाएका छन् ।

वीर विक्रम’को ट्रेलर सार्वजनिक

काठमाडौं । भदौं ३ गतेबाट रिलिज हुने फिल्म ‘वीर विक्रम’को अडियो सार्वजनिक भएको छ । काठमाण्डौमा पत्रकार सम्मेलनको आयोजना गर्दै यसको निर्माणपक्षले अडियोसँगै फिल्मको गीत र ट्रेलर पनि सार्वजनिक गरेको हो ।
मिलन चाम्सको निर्माण तथा निर्देशनमा तयार भएको यो फिल्ममा दयाहाङ राई, अनुपविक्रम शाही, अर्पण थापा, दीया पुन र नाजिर हुसेनको मुख्य भूमिका छ । फिल्ममा ताराप्रकाश लिम्बुले संगीत भरेका छन् । फिल्ममा ३ वटा गीत समावेश छ ।
‘सारे सारे’ बोलको गीत युटुबमा सार्वजनिक भएसँगै हिट भएको छ भने ‘नजिक हुँदैछु’ बोलको गीतको भिडियो आज पत्रकार सम्मेलनमा सार्वजनिक गरियो ।
कार्यक्रममा बोल्दै फिल्मका मुख्य कलाकार दयाहाङ राइले यसको कथावस्तु एउटा गाउँको भएको फिल्म उत्कृष्ट बनेको बताए । उनले बजारमा फिल्मको ट्रेलर सार्वजनिक भएपछि ‘कबड्डी’ जस्तो भनिएपनि त्यस्तो कतै नमिल्ने बताए । उनले यो फिल्मको कथावस्तु र प्रस्तुती विल्कुल फरक रहेको जानकार दिए ।
कलाकार अनुप विक्रम शाहीले दर्शकले फिल्म हेरेपछि आफ्नो भूमिकामा मनोरञ्जन लिने बताए । अर्का कलाकार अर्पण थापाले फिल्मका आफू हाँस्य कलाकारको रुपमा प्रस्तुत भएको र यो दर्शकका लागि नयाँ स्वाद हुने बताए ।
कलाकार नाजिर हुसेनले फिल्ममा आफूले पाएको भूमिकालाई न्याय गरेको बताए । निर्देशक मिलन चाम्सले आफू सधै नै फरक शैलीको सोच राखेर फिल्म बनाउने भन्दै ‘वीर विक्रम’ त्यसै अनुसार बनाइएको बताए ।
कार्यक्रममा प्रमुख अतिथी चलचित्र विकास बोर्डका अध्यक्ष राजकुमार राइले नेपाली फिल्ममा नयाँ सोचको खाचो रहेको औल्याए ।
यसअगाडि ‘हँसिया’ फिल्म बनाएर चर्चामा रहेका मिलनले बनाएको दोश्रो फिल्म ‘वीर विक्रम’ले हङकङ र यूकेबाट राम्रो प्रतिक्रिया पाइसकेको छ । रेनशा राइको कोरियोग्राफी रहेको फिल्ममा यम थापाको लेखन छ ।

अमेरिकामा विज्ञहरुको नेपाल नीति योजनामा चासो  

सिकागो जुलाई २०
 अमेरिकामा आएर विभिन्न क्षेत्र र विधामा प्रतिभा प्रस्फुटन गरिहरेका वैज्ञानिक, प्राविधिक क्षेत्रका ब्याक्ति, प्राध्यापक र ब्यबसायीहरु आफ्नो ज्ञान र क्षमतालाई नेपाल र नेपालीको हितमा कसरी जोड्न सकिन्छ भनेर छलफलमा जुट्न लागेका छन् । नेपाल र अमेरिकाको विद्यमान अवस्थाको विश्लेषण गर्दै के कस्तो नीति योजना दुवै ठाँउमा वस्ने नेपालीका लागि आवश्यक छ भन्ने विषयलाई केन्द्रविन्दुमा राखेर नेपाली विज्ञहरुको पहिलो सम्मेलन हुन लागेको हो ।
युएस नेपाल पोलिसी रिचर्स सेन्टरको आयोजनामा यही जुलाई ३० तारिक शनिवारवाट सिकागोमा हुने सम्मेलनमा दशवटा विषयका विज्ञहरुले आ–आफ्नो कार्यपत्र प्रस्तुत गर्दै छन्  । कार्यक्रमका स्थानीय संयोजक डाक्टर यादव पण्डितका अनुसार  नेपाल र अमेरिका दुवै देशमा वस्ने नेपालीको लागि के कस्ता निति र योजना उपयुक्त हुनेछन् र त्यसका लागि नेपाली विज्ञ जनशक्तिले के कसरी योगदान र सहयोग गर्न सक्छन भन्नेमा सम्मेलन केन्द्रीत हुने छ । सम्मेलनमा ५० जना विज्ञहरु सहभागि हुने अनुमाान गरिएको छ । अमेरिकाका विश्व विद्यालयका प्राध्यापक, विज्ञान, प्रविधिको क्षेत्रमा उच्च तहमा वसेर काम गरिरहेका ३० जनाले सहभागिताका लागि रजिष्ट्रेशन गरिसकेका छन् ।
वभिन्न क्षेत्रका विज्ञहरु सहभागि रहेको यस संस्थालाई दलगत राजनीतिक प्रभाववाट भने वाहिर राखिने छ । नेभाडा राज्य निवासी डाक्टर सुमन पराजुली भन्नुहुन्छ संबन्धित क्षेत्रका विशेषज्ञको संलग्नतामा नीतिगत विषयमा नेपाल र अमेरिकी सरकार एवं नीतिनिर्माण तहमा लबिङ गर्ने यो संस्थाको मुख्य उद्देश्य हो ।
नीति निर्माणका हिसावले उपयुक्त विषयको छनौट गर्दै नेपाली र अमेरिकी विज्ञहरुको सहभागितामा यस किसिमको कार्यक्रमलाई अगाडि वढाउदै लैजाने लक्ष रहेको छ ।  सम्मेलन आयोजक मध्येका एक टेक्सस निवासी डाक्टर अर्जुन बन्जाडेका अनुसार आगामी वर्षहरुमा अमेरिकाका अरु सहरहरुमा यो सम्मेलन गर्दै जाने योजनाको छ ।
नेपाल पोलिसी रिचर्स सेन्टर मुनाफारहित संस्थाका रुपमा अमेरिकाको टेक्सस राज्यमा दर्ता छ । संस्थालाई उद्देश्य प्राप्तिको वाटोमा हिडाउन भने त्यति सजिलो छैन । राम्रो उद्धेश्य वोकेका कतिपय  संस्थाहरु कालन्तरमा हराएर पनि गएका छन् ।  संस्थापक मध्येका एक कन्सास निवासी  डाक्टर राजन पन्त यस्को संस्थागत विकासका लागि आर्थीक तथा निती कार्यक्रमको स्वरुपका संबन्धमा पनि  सम्मेलनमा छलफल हुने बताउनु हुन्छ ।
कार्यक्षेत्र धेरै ठुलो वनाउने र काम थोरै गर्ने नेपाली संघ संस्थाहरुको विशेषता नै हो । यसमा पनि यो संस्था सजग देखिएको छ । कार्यक्षेत्रको विषयलाई प्रष्ट पार्दै अर्का सदस्य फ्लोरीडा निवासी डाक्टर शिरिष भाटले संस्थामा विज्ञहरु सहभागि भएका कारण नीतिगत तहमा सहयोग साथै अनुसन्धान र तथ्य तथ्यांक संकलनका क्षेत्रमा काम गर्ने बताउनु भयो । नेपाली विज्ञ, अनुसन्धान कर्ता, ब्यवसायिक साथै पेशागत ब्यक्तीहरु  र अमेरिकाको सरकारी ,कर्पोरेट ,बिश्वविद्यालयमा कार्यरत र अध्ययनरत नेपालीहरुको तथ्यांक संकलन, सहकार्य र नेटवर्किङको कार्यमा यस संस्थाले काम गर्ने छ ।
अमेरिकामा रहेका नेपालीसँग थुप्रै प्रकारका संस्थाहरु भएपनि यसप्रकारको संस्था वन्न सकिरहेको थिएन । वनाउन धेरै पहिला देखिनै चाहान नगरेका भने होइन । तर दक्ष ब्यक्तिहरुको ब्यस्तता र इच्छाशक्तिको कमीले मुर्त रुप लिन सकिरहेको थिएन । अहिले आएर यो आवश्यकता पुरा गर्न विज्ञहरु नै कसिएका छन् । यसलाई जीवन्त र गतिशिल वनाई राख्नु अवको चुनौति भएको भर्जिनीया निवासी डाक्टर रमेश पन्त बताउनुहुन्छ ।
नेपाल र अमेरिकमा वस्ने नेपालीले आफ्नो अगाडि आइरहेका अवसर र संभावनाका ढोकाहरु खोल्न नीति र विधिको वाधा झेल्नु पर्छ । यो सस्थाले त्यसको निधानको लागि नीतिगत तहमा  लविङ गर्ने छ । नेपाल र नेपाली समुदायलाई के कसरी मद्धत पुर्याउन सकिन्छ भन्नका लागि नै यो संस्था स्थापना गरिएको युसी वक्र्लीका प्राध्यापक डाक्टर आमोद पोखरेल बताउनु हुन्छ । अमेरिकामा विशिष्ठ पहिचान वनाएका वैज्ञानिक, विशेषज्ञ, विज्ञ र प्राध्यापकहरु एकठाँउमा  जमघट भएर नेपाल र नेपालीको हितका लागि नीतिगत कुरामा छलफल प्रारम्भ गर्नु आफैमा सुखद् पक्ष हो ।

Wednesday, July 20, 2016

संसदमा आज के होला ? अविश्वासको प्रस्तावबिरुद्ध उत्रने एमालेको तयारी

काठमाडौं,साउन ६ । एमालेले बजेटआश्रित विधेयक पन्छाएर संसदमा अविश्वास प्रस्तावमाथि छलफल गर्न नमिल्ने निष्कर्ष निकालेको छ । बुधबार बसेको संसदीय दलको बैठकले सभामुखले ‘जबर्जस्ती’ अविश्वास प्रस्ताव अघि बढाए संसद् बैठक अवरोध गर्ने निर्णय गरेको छ । सदनमा बजेटसँग सम्बन्धित राष्ट्र ऋण उठाउने, ऋण तथा जमानत संशोधन र आर्थिक विधेयक पारित हुन बाँकी छन् ।

आजको नयाँ पत्रिका दैनिकमा खबर छ – ‘बैठक सुरु हुनासाथ बजेटआश्रित विधेयकको कार्यसूची ल्याउन आग्रह गर्छौँ, ल्याइएन भने डटेर मुकाबिला गर्दै सदन अवरुद्ध गर्ने निर्णय भएको छ,’ सभासद् जनार्दन ढकालले भने, ‘अविश्वास प्रस्तावअगावै बजेटआश्रित विधेयक दर्ता भएकाले प्रचलित संसदीय अभ्यास र नियमअनुसार छलफलका प्रक्रिया अघि बढ्नुपर्छ भन्ने हाम्रो मान्यता हो ।’

बजेटसँग आश्रित तीन विधेयक २९ असारमा पारित गर्ने तय भएको, तर सभामुखले संविधान र प्रचलित नजिरविपरीत हटाएको एमालेको आरोप छ । सभामुखले आफ्नो त्रुटि सच्याउनुपर्ने एमालेको अडान छ ।

राजनीति जीवनमा प्राप्त गरेका सम्पूर्ण उपलब्धि गुमाउँदै :ओली

काठमाडौं,साउन ६ । संविधान जारी भएदेखि सरकारको नेतृतव सम्हालेसम्म राजनीति जीवनमा आफूले प्राप्त गरेका सम्पूर्ण उपलब्धि गुमाउँदै प्रधानमन्त्री केपी शर्मा ओलीले संसदमा अविश्वासको प्रस्तावको सामना गर्नुपर्ने भएको छ। आफ्नै कारण ओलीले यो अबसर गुमाएका हुन्। आफू प्रधानमन्त्री नरहने भएपछि त्यसलाई कम क्षति गराउनुभन्दा पनि उनले सम्पूर्णरुपमा मुठभेडको स्थितिमा राजनीतिलाई धेकेले। यो परिस्थितिले सबैभन्दा खुसी तिनैलाई तुल्याएको छ, जो संविधान र पछिल्ला परिवर्तनप्रति खुसी थिएनन्। नागरिक दैनिकमा समाचार छ।

त्यतिमात्र होइन, संविधानको पूर्ण कार्यान्वयनका निम्ति कांग्रेस, एमाले र माओवादी केन्द्रबीच हुनु पर्ने सहमतिको वातावरण पनि सम्पूर्ण रुपमा धुमिल भएको छ। एमाले बरिष्ठ नेता माधवकुमार नेपालदेखि बामदेव गौतमसम्मलाई राम्रैसँग थाहा छ– बजेट ल्याएपछि माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलाई प्रधानमन्त्रीको जिम्मेवारी दिने भद्र सहमति भएको थियो।

गौतमले त सार्वजनिक रुपमै यसबारे बोलेका थिए। पछिल्लो पटक प्रचण्डसँग प्रधानमन्त्री छाड्ने विषयमा सहमति हुँदा अर्थमन्त्री विष्णु पौडेल, उपप्रधान तथा परराष्ट्रमन्त्री कमल थापा, एमाले नेता नेपाल समेत थिए।

ओलीले त्यो सहमति पालना गरेको भए एमालेलाई अहिले भन्दा कम क्षति हुने थियो। एमालेले गुमाउने भनेको प्रधानमन्त्री पद मात्र हुन्थ्यो तर सरकारका प्रभावशाली मन्त्रालयको जिम्मा लिएर सरकारमा रहिरहन सक्ने थियो।

गच्छदारको पार्टी ओली सरकारबाट हट्ने

काठमाडौं,साउन ६ । उपप्रधानमन्त्री एवं भौतिक पूर्वाधार तथा यातायातमन्त्री विजयकुमार गच्छदारले नेतृत्व गरेको मधेसी जनअधिकार फोरम (लोकतान्त्रिक)ले सरकारबाट हटने निर्णय गरेको छ । पार्टीका नेताहरूले यसलाई तत्कालै सार्वजनिक नगर्ने निर्णय गरेकाले विज्ञप्ति जारी नगरिएको नाम नखुलाउने सर्तमा बैठकमा सहभागी एक नेताले जनाएको आजको कारोबार दैनिकमा समाचार छ ।

पार्टी स्रोतका अनुसार औपचारिक रूपमा पार्टीले तीन ठूला दललाई देशलाई मुठभेडबाट जोगाउन आवश्यक पहल गर्न आग्रह गर्ने निर्णय गरिएको छ । कार्यसम्पादन समितिका सदस्य र काठमाडौंमा उपस्थित सांसदहरूको उपस्थितिमा यो निर्णय गरिएको छ । बिहीबार बस्ने संसद्को बैठकको अवस्थालाई अवलोकन गरी पार्टीले वर्तमान राजनीतिक परिस्थितिबारे लिइएको निर्णय सार्वजनिक गरिने ती नेताले जनाए ।

ओली सरकारलाई अर्को झड्का,समाजवादी जनता पार्टी सरकारबाट बाहिरियो (विज्ञप्ती)

काठमाडौं,असार ५ । खानेपानी तथा सरसफाई मन्त्री प्रेमबहादुर सिंहको नेतृत्वमा रहेको समाजवादी जनता पार्टी सरकारबाट बाहिरिएको छ । सरकार विरुद्ध व्यबस्थापिका संसदमा दर्ता भएको अविश्वासको प्रस्तावमाथि छलफल हुने अघिल्लो दिन समाजवादी जनता पार्टी सरकारबाट बाहिरिएको घोषण गरेको हो । पार्टीको बुधवार बसेको केन्द्रीय समितिको बैठकले सरकारलाई दिएको समर्थन फिर्ता गर्ने निर्णय गरेको हो ।

पार्टी अध्यक्ष समेत रहेका सिंहले भने, ‘संसदमा सरकारविरुद्ध अविश्वासको प्रस्ताव पेश भइसकेको अवस्थामा सरकारमा बसिरहनुको औचित्य नहुने पार्टीको निर्णय पछि मैले राजीनामा दिए ।’ यसअघि सत्ताको प्रमुख घटक नेकपा माओवादी केन्द्रले सरकारलाई दिएको समर्थन फिर्ता लिएको थियो । माओवादी केन्द्रले संसदमा सरकार विरुद्ध अविश्वासको प्रस्ताव दर्ता गरेको थियो ।

अविश्वासको प्रस्ताव अघि बढ्न निदने एमालेको रणनीति,होला त सफल ?

काठमाडौं, साउन ५ । नेकपा एमालले पूर्ण बजेट पारित नभएसम्म अविश्वासको प्रस्तावलाई संसदमा अघि बढ्न निदने तयारी गरेको छ । बुधबार बसेको एमाले संसदीय दलको बैठकले पहिला बजेट सम्बन्धी विधेयक पारित नभए सम्म अविश्वासको प्रस्ताव संसदमा अघि बढ्न नदिने तयारी गरेको हो । ।सभामुख ओनसरी घर्ति मगरले अविश्वासको प्रस्तावलाई कार्यसूचीको पहिलो नम्बरमा राखेकोमा एमालेले बिरोध गर्दै आएको छ ।

बैठकपछि संसदीय दलका उपनेता सुवासचन्द्र नेम्वाङले संसदको स्थापित अभ्यास, नियम र संविधान अनुसार मात्रै संसदको प्रक्रिया अघि बढ्नुपर्ने बताए । स्रोतका अनुसार अविश्वासको प्रस्तावमा अवरोध नगर्ने तर त्यस अगाडि बजेट सम्बन्धी विधेयक पारित हुनुपर्ने निष्कर्षमा बैठक पुगेको हो । अविश्वास प्रस्तावमाथि छलफल गर्न साउन ६ गते अर्थात भोलि बिहीबार बैठक बोलाएकी छन् ।

Tuesday, July 19, 2016

भारतीय राजदूतले फेरि थाले अर्को ‘कुटिल’ योजना

काठमाडौं,साउन ५ । नाकाबन्दीका कारण भारत र नेपालबीच बिग्रिएको सम्बन्ध जनस्तरबाट सुधार गर्न भन्दै भारतीय राजदूत रञ्जित रे विकासे योजना बाँढ्दै राजधानीबाहिर घुम्न थालेका छन् । प्रशासनलाई जानकारी नदिई राजधानी काठमाडौंबाट घुमफिरका लागि मकवानपुरको पर्यटकीय क्षेत्र दामन पुगेका राजदूत रेले यस क्षेत्रको विकासमा सहयोग गर्ने आश्वासन दिए । अन्नपूर्ण पोष्ट दैनिकले समाचार छापेको छ । यहाँका उद्योगी, व्यवसायी र स्थानीयसँगको छलफलका क्रममा उनले जनस्तरमा सम्बन्ध विस्तार गर्न चाहेको बताउँदै आधा दर्जन विकासका योजनामा सहयोग गर्न आतुर रहेको बताए ।

थाहा नगर उद्योग वाणिज्य संघले गरेको छलफल कार्यक्रममा राजदूत रेले तरकारीको पकेट क्षेत्र दामनमा कोल्ड स्टोर निर्माण गरिदिने बताए । ‘तपाईहरु प्रस्ताव लिएर आउनुहोस् हामी सहयोग गर्न तयार छौं,’ उनले भने ।
भारत सरकारको सहयोगमा हेटौंडामा निार्माण हुन लागेको बहुप्राविधिक विश्वविद्यालयका लागि बजेट बिनियोजन भइसकेको राजदूत रेले जानकारी दिए । टेन्डर प्रक्रियाबाट निर्माण कार्य अघि बढाउने तयारी थालिएको रेले बताए ।

के गर्लान् अब प्रधानमन्त्री ओलीले ?

काठमाडौं,साउन ५ । सरकारको समर्थन फिर्ता लिएर नेपाली कांग्रेससँग ७ बुँदे सहमतिसहित नयाँ सरकारको नेतृत्वका लागि तयार नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल जोडतोडका साथ लागे पनि नयाँ सरकारका लागि विलम्ब हुने देखिएको छ । प्रधानमन्त्री केपी ओलीले राजीनामा नदिएको अवस्थामा माओवादीले भने मन्त्रीहरूको नाम टुंगो लगाई सरकार बनाउने घोषणा नै गरिसकेको छ । जनप्रहार साप्ताहिकले समाचार छापेको छ ।
विवाद र आलोचनाबीच प्रचण्ड प्रधानमन्त्रीका लागि तयार भए पनि नयाँ सरकार गठनमा कानुनी कठिनाइ रहेको संविधानविद्को दाबी छ । ओलीले प्रधानमन्त्रीबाट राजीनामा नदिएको खण्डमा अविश्वासको प्रस्ताव संसद्मा पास गरी नयाँ सरकारको बाटो खोल्ने कांग्रेस–माओवादी तयारी रहे पनि नयाँ सरकार गठनमा कानुनी जटिलता देखिएको छ ।
कानुनविद्ले संक्रमणकालीन अवस्थामा संविधानको धारा २९८ ले नयाँ सरकार बनाउने स्पष्ट व्यवस्था नगरेको दाबी गरेका छन् । संविधानविद् डा. भीमार्जुन आचार्यले अहिलेको संविधानले नयाँ सरकार गठनको कुनै बाटो नदेखाएको दाबी गरेका छन् ।
उनले राजनीतिक सहमतिका आधारमा संक्रमणकालीन व्यवस्था सरकार गठन हुनसक्ने भए पनि प्रधानमन्त्रीले राजीनामा नदिएको अवस्थामा त्यस्तो केही व्यवस्था नरहेको दाबी गरे ।
उता, अल्पमतमा परेको सरकार त्यसै ढल्ने दाबी गर्दै कांग्रेस–माओवादी कानुनविद्ले भने सरकार गठन गर्न सकिने दाबी गरिरहेका बेला प्रधानमन्त्री केपी शर्मा ओलीले पनि कानुनी परामर्श लिएका छन् । उनले कसरी अगाडि बढ्न सकिन्छ भन्ने सल्लाह लिएका हुन् ।

संविधान संशोधन गरेर एक पटकका लागि चुनाव गर्ने व्यवस्था गर्न सकिने, बाधा अड्काउ फुकाउने धारा प्रयोग गरेर पनि सरकार बनाउन सकिने र रूपान्तरित संसद्ले दोस्रो सरकार बनाउन नसक्ने भएकाले प्रतिनिधिसभाको नयाँ चुनाव घोषणा गर्न सकिने सुझाव कानुनी सल्लाहकारबाट पाएका ओलीले संसद् विघटनसम्मको मनसाय बनाएका छन् ।

तर, त्यो अलोकतान्त्रिकपद्धति हुनसक्ने आकलनका कारण उनले तत्काल आम चुनावको घोषणा पनि गर्नसक्ने अनुमान लगाइएको छ । अघिल्लो संविधानसभाको मिति सकिएको बेला संविधानसभा भंग गरी तत्कालीन प्रधानमन्त्री डा. बाबुराम भट्टराइले संसद् विघटन गरी चुनावको घोषणा गरेका थिए ।
‘अहिले नयाँ सरकार गठन हुन सक्छ कि सक्दैन ? भन्ने विवाद भइरहेको अवस्थामा संविधान संशोधनमार्फत संविधानको धारा २९८ लाई संशोधन गरेर नयाँ सरकारको प्रस्ट बाटो खोल्दिनुपर्छ भन्ने सुझाव कानुनविद्ले दिएका छन्’, प्रधानमन्त्रीका प्रेस सल्लाहकार प्रमोद दाहालले भने, ‘अर्को बाधा अड्काउ फुकाउमार्फत, संविधान संशोधन गरेर बाधा अड्काउ फुकाउमार्फत पनि नयाँ सरकार बनाउन सकिने सुझाव आएको छ ।’

एकथरी कानुनविद्ले अविश्वासको प्रस्ताव सामना गर्दै राजनीतिक निर्णयको विषय पनि भएकाले आफ्नो विवेक प्रयोग गरेर राजनितिक निर्णय लिन सक्ने सुझाव पनि दिएका छन् । कानुनविद्ले संसदमा विशेष प्रस्ताव पारित गरेर नयाँ सरकार गठनको बाटो खुला गर्न सकिने सुझावसमेत दिएका छन् भने प्रतिनिधिसभाको चुनावको मिति, तिथि घोषणा गरेर प्रधानमन्त्रीले राजीनामा गर्न सक्ने सुझाव पनि दिएका छन् । कानुनविद्सँग प्रधानमन्त्रीले संविधानसम्मत ढंगले अगाडि बढ्न आफू तयार रहेको र संविधानको पूर्ण पालना हुनुपर्ने बताएका छन् ।

कनकमणि प्रहरीको ‘मोस्ट वान्टेड’मा

काठमाडौं,साउन ५ । भन्छन् नी, ओलारो लागको मृग बसैको खेलाईमा । त्यस्तै हुँदैछ एकजना पत्रकार तथा नागरिक समाजसम्बद्ध अगुवामाथि । हिमाल खबरपत्रिकाका प्रकाशक कनकमणि दीक्षित अख्यितारको खेदाईबाट अदालतको सहारामा उन्मुक्त हुन पाएका थिएनन्, सरकारी निकायको फन्दामा पुगेका छन् ।
राजस्व अनुसन्धान विभागले जारी गरेको ‘हाजिर हुन आउने’ सूचनालाई बेवास्था गर्दा अहिले उनी प्रहरीको ‘मोस्ट वान्टेड’ सूचीमा छन् आजको जनआस्था साप्ताहिकमा खबर छ ।

इङ्ल्याण्डको एचएसबीसी र स्ट्याण्डर्ड चार्टर्ड गरी दुई बैंकमा उनका सातवटा खाता छन् । केही एकल र केही खाता पत्नी शान्तासँग जोडिएका छन् । कुनै खातामा ११, कुनैमा ४३ त कुनैमा २५ पाउण्ड मौज्दात देखिन्छ । एसएसबीसीमा १ लाख ३६ हजार कित्ता शेयर भेटिएको छ भने स्ट्याण्डर्ड चार्टड बैंकमा ३६ हजार कित्ता सरकारी निकायले पत्ता लगाएको छ । राजस्वले सात दिनमित्रै हाजिर हुन आउने सूचना सम्बन्धित व्यक्तिलाई दिन नसकेपछि असार १३ गते छोरा इलमलाई थमायो ।

यस्ता छन्, एमालेको ओली सरकार टिकाउने पाँच सूत्र

काठमाडौं,साउन ५ । माओवादी केन्द्रले सरकार निमार्णमा दिएको सहमति फिर्ता लिएपनि ओली नेतृत्वको सरकार संकटमा छ । आजको नयाँ पत्रिका दैनिकमा एमाले स्थायी समितिले गरेका ५ निर्णयहरु प्रकाशित छः

१. अविश्वासको प्रस्तावको सशक्त सामना
कांग्रेस–माओवादीतर्फबाट आएका नकरात्मक कुराहरुको खण्डन गर्दै संसदमा अविश्वासको प्रस्ताव सामना गर्ने । उनीहरुको कदमले संविधान कार्यान्वयनमा असहजता र मुलुकलाई अस्थिरतातर्फ धकेल्छ भन्ने कुरा प्रस्ट्याउने ।

२. विधेयकपछि मात्रै अविश्वासमा छलफल
सरकारसँगको परामर्शविना एकपक्षीय ढंगले बजेटसँग सम्बन्धित तीन विधेयक हटाएर सभामुखले अविश्वासको प्रस्ताव अघि बढाउन खोज्नु गलत छ । समयमै बजेट ल्याउन आर्थिक वर्षभित्रै पारित गर्न १५ जेठमा बजेट ल्याउने कुरा संविधानमै व्यवस्था भएकाले सभामुखको कदम संविधान विपरित छ ।

३. द्धन्द्ध चर्काउन र उत्तेजना फैलाउन रोकिनुपर्छ
संविधान कार्यान्वयनका लागि प्रमुख तीन दलबीच सहमति आवश्यक छ । कांग्रेस – माओवादीको विधेयक हटाउने र न्यायाधिश सुनुवाइ रोकिएको घटनाले भोलिका लागि समेत ठाउँ खाली नराखी द्धन्द्धतिर धकेल्ने खालको छ । राष्ट्रपतिको कुनै प्रसंग नआई महाअधियोग लगाइन्छ भन्ने सम्मका कुरा गरेर कांग्रेस र माओवादीले उत्तेजना फैलाएर वातावरण विगार्ने कोसिस गरिरहेकाले त्यस्तो काम रोक्न आग्रह गरिन्छ ।

४.प्रतिपक्षमै बसेर संविधान कार्यान्वयनमा सहकार्य
जुनसुकै ठाउँमा रहेर पनि संविधानम कार्यान्वयन र राष्ट्रिय स्वाधीनताका पक्षमा दृढतापूर्वक अघि बढिनेछ ।

५. संवैधानिक जटिलता फुकाउन सहकार्य
संवैधानिक र कानुनी अन्योल र अस्पष्टतामा खेल्दै सरकार टिकाउने मनसाय छैन । तर, कांग्रेस र माओवादीले संवैधानिक जटितला सरकारकै प्रयासमा फुकोस् भन्ने आवश्यकता ठानेमा सहमतिका साथ अघि बढ्न तयार ।

राष्ट्रपतिदेखि कार्यालय सहयोगीसम्मको तलब कति ?

काठमाडौं,साउन ५ । मन्त्रिपरिषद्को ३१ असारको बैठकले बजेटमा घोषणा गरिएको कर्मचारीको तलब वृद्धि कार्यान्वयन गर्ने निर्णय गरेको छ । अर्थ मन्त्रालयका अनुसार तलब वृद्धिबाट राज्यलाई करिब ३५ अर्ब व्ययभार थपिएको छ । बजेटमा कर्मचारीको तलबमा २५ प्रतिशतले वृद्धि गर्ने घोषणा गरिएको थियो । यो निर्णयसँगै राष्ट्रपतिदेखि कार्यालय सहयोगीसम्मको तलब बढेको छ । आजका नयाँ पत्रिका दैनिकमा खबर छ ।

विश्वकै पुरानो क्रिकेट क्लब एमसीसीविरूद्ध नेपालको सानदार जित

काठमाडौं,साउन ४ । नेपाली राष्ट्रिय क्रिक्रेट टोलीले बेलायतको मेरिलेबोन क्रिकेट क्लब (एमसीसी)लाई ४१ रनले हराएको छ। नेपाल र बेलायतबीच कूटनीतिक सम्बन्ध स्थापना भएको २०० वर्ष पूरा भएको उपलक्ष्यमा भएको खेलमा विश्वकै सबभन्दा पुरानो क्रिकेट क्लबमाथि शानदार जित निकालेको हो । लर्ड्स क्रिकेट मैदानमा २१८ रनको लक्ष्य लिएर आएको घरेलु टोली एमसीसी ४७.२ ओभरमा १ सय ७६ रनमा अलआउट भयो।

पहिला टस जितेर ब्याटिङ रोजेको नेपालले आठ विकेट गुमाएर निर्धारित ५० ओभर खेल्दै २ सय १७ रन बनाएको थियो । नेपालका लागि ज्ञानेन्द्र मल्लले सर्वाधिक ३९ रनको योगदान गरे । त्यस्तै पारस खड्काले ३०, शरद भेषवाकारले २७, सागर पुनले २६ रनको योगदान गरेका छन् । बसन्त रेग्मीले २४, राजु रिजालले २४, सोमपाल कामीले २० रनको योगदान गरे । विनोद भने ९ रनमा आउट भए भने शक्ति गौचन शून्य रनमै अवितित रहे ।

मेरिलेबोनको निम्तोमा करिब साताअघि इंग्ल्यान्ड गएको नेपाली टोलीले मैत्रीपूर्ण खेलको तयारीस्वरूप लन्डनमा चारओटा अभ्यास खेल खेलेको थियो र सबैमा जित निकालेको थियो । जारी खेलमा दुबै टोलीका खेलाडीले टेस्ट खेल्दा लगाउने सेतो जर्सी लगाएका छन् ।

विद्यार्थी भिसामा अमेरिका जानेले श्रीमान्/श्रीमती/बच्चालाई लैजाने प्रोसेस कसरी गर्ने?

पढ्नको लागि अमेरिका आउँदा अमेरिकन दूतावासले विद्यार्थीलाई दिने भिसालाई F1 VISA भनिन्छ। विद्यार्थी भिसामा जान चाहने विद्यार्थीको श्रीमान् वा श्रीमती (अनि २१ वर्षभन्दा कम उमेरको बच्चा) लाई पनि सँगै लैजान सकिने प्रावधान छ। यसरीसँगै जानेलाई दिने भिसालाइ F2 VISAभनिन्छ। जसलाई बोलिचालीमा हामीहरु डिपेन्डेन्ट भिसा भनेर बुझ्छौं। F1/F2 को बारेमा जान्नु पर्ने अर्को महत्वपूर्ण कुरा भनेको डिपेन्डेन्ट(F2) लाई काम गर्ने र ‘पार्ट-टाइम’मनोरञ्जनात्मक/व्यवसायिक विषयबाहेक स्कुलमा पढ्ने अनुमति हुँदैन। F2 भिसा भएको व्यक्ति F1 भिसा Holder अमेरिका बसुञ्जेल बस्न पाइन्छ। यसबीचमा Travel मा कुनै रोकटोक हुँदैन।

F1 सँगसँगै F2 भिसाको प्रोसेस कसरी गर्ने ?
F1 VISA को लागि Apply गर्नेले शुरुमै (Visa को लागि निवेदन दिने र Interview Date लिने पछि हो), University को भर्नाको लागि Admission Application भर्ने बेलामै, Dependent को बारेमा सोधेको जानकारी नछुटाई लेख्ने। प्राय Application माDependent को नाम, जन्म मिति, र विद्यार्थी भिसामा जानेवालासँगको नाता के हो भनेर सोधेको हुन्छ (हेर्नुस तस्बिरमा)।
Admission Application मै वर्षभरिको (वा एक सेमेस्टरको) पढ्न, खान र बस्न लगायतको जरुरी खर्चको अनुमानित रकम पनि उल्लेख गरिएको हुन्छ। कति University ले Dependentसहितको खर्च भनेर प्रस्टै खुलाएर पनि लेखेका हुन्छन्। महत्वपूर्ण कुरा के हो भने, तपाईँले Application सँगै हालसालैकोBank (Balance) Statement with Transaction पनिUniversity लाई पठाउनु पर्छ। तपाईँले पठाउने Bank Statement मा कम्तिमा पनि Application मा उल्लेख गरेको खर्च पुग्ने Bank Balance हुनु जरुरी छ।
Bank Statement त्यसको नाममा हुनु पर्दछ जसले तपाईँको पढाई, खाने, बस्ने खर्छ बेहोर्नेछ। जसलाई Sponsor भनिन्छ । उदाहरणको लागि आफ्नो बुवा-आमा। जो Sponsor हो, उसँगको नाता प्रमाणित पनि गाविस/नगरपालिकाबाट बनाएर त्यसको फोटोकपी पनि University लाई पठाउनु पर्छ।
Sponsor ले ‘फलानो मेरो छोरो/छोरी/वा भाइ हो र म उसको अमेरिका अध्यनको समयमा लाग्ने सम्पूर्ण खर्च बेहोर्नेछु’ भनेर लेखेको छुट्टै पत्र पनि University लाई पठाउनु पर्छ। कतिUniversity ले भने Application मै एउटा छुट्टै फारम राखेको हुन्छन; Affidavit of Support भन्ने। चिठ्ठी लेख्नुको साटो यसलाई नै भरेर पठाउँदा पनि हुन्छ। याद राख्नुस्, यही नाता प्रमणित र Sponsor Letter पछि भिसा Interview को लागि एम्बेसीमा जाँदा पनि लिएर जानु पर्ने कागजपत्र मध्य]मा पर्दछन्।
Universityलाई पठाउनु पर्ने Documents ( F1 Visa ) हरु:
Transcripts of your SLC, +2 and and Bachelors Degree (If you are applying for Bachelors Degree).
Note : SLC/+2 को Mark Sheet लगायतका Documentsको Copies (Scan गरेर email मार्फत पठाउँदा होस् या हुलाकबाटै (DHL गरेर) पठाउँदा होस्) त्यो Copies हरु प्रमाणित (attest) गरेको हुनै पर्छ।
Character Certificates
Proof Of Language Proficiency : For Example, IELTS or TOEFL

GRE/GMAT scores if you are applying for Masters Level.

o NOTE : Test (TOEFL/GRE/GMAT) को Mark Sheetतपाईँ आफैंले पठाएर हुँदैन (IELTS को चाहिँ हुन्छ) TESTलिने को Website (online) बाट Request गरेर ‘मेरोScore फलानो University मा पठाई दे’ भनेर भन्नु पर्छ। अझ राम्रो त के हुन्छ भने, यी Test दिनुअघि नै आफूलेAdmission को लागि Apply गर्न लागेको University को नाम थाहा हुने हो भने, Test को लागि Online मा Dateलिँदा र Test Fee तिर्दा नाम दिने हो भने, बढीमा चार वटासम्म Universities लाई तपाईँको Test Score (Mark Sheet) पठाई दिन अनुरोध गर्न सकिन्छ। त्यतिबेला नगरेर पछि गर्ने हो भने सोही कुराको लागि एउटा University लाईScore पठाई दिएको $20 सम्म लाग्छ।

Proof of Financial Support (Bank Statement and showing recent bank transactions (issued within the last 6 months) showing a balance that can support your School Fees)
Sponsorship letter
Relationship certificate that proves your relationship with Sponsor
Copy of your Passport ( Photo page and Signature page )
F2 Visa documents
विवाह दर्ता, जन्म दर्ताको प्रमाणपत्र र Copy of your Passports पनि बुझाउनु पर्ने छ।
माथिका तपाईंका कुनै पनि कागजपत्रहरु अंग्रेजी बाहेकका भाषामा छन् भने तपाईँले बबरमहलमा अवस्थित किताबखाना अथवा सो सरहको अधिकारिक संस्था मा गएर अंग्रेजीमा अनुवाद गरेर मात्र पठाउनु पर्ने छ !
University ले सबै Application/Documents पाएपछिAdmission दिने भयो भने तपाईँ र तपाईँको Dependent को लागि I-20 पठाई दिन्छ । I-20 हात परे पछि, पहिला SEVIS Fee ($200) तिर्नु पर्छ। अनि बल्ल तपाईँले भिसा Interview कोApplication भर्ने अनि Interview को लागि Appointment (Date) लिन सक्नुहुनेछ । SEVIS Fee कसरी तिर्ने भन्ने जानकारी University ले I-20 सँगै पठाइदिएको हुन्छ। SEVIS Fee Dependent को लागि भने तिर्नु पर्दैन, यो F1 भिसाको लागि मात्रै हो।
यदि F1 भिसा Holder/ विद्यार्थी भिसा मा तपाईँ अमेरिका मै हुनुहुन्छ, र नेपालमा रहेका आफ्नो श्रीमान्/श्रीमती/बच्चालाई F2भिसामा अमेरिकामा बोलाउन चाहनु हुन्छ भने प्रोसेस झन्डै-झन्डै माथि उल्लेख गरेको झैँ नै हो। तपाईँ आफू अहिले पढिरहेको University को International Student Office मा गएर कुरा गर्नु भयो भने उनीहरुले तपाईँलाई तपाईँकोDependent को लागि I-20 Issue गर्ना के-के चाहिन्छ भनेर जानकारी दिनेछन्। प्राय:ले नेपालबाट सँगै गर्नुको साटो, पहिलाF1 भिसामा आफू आउने, अनि मात्रै यहाँबाट Dependent लागि प्रोसेस गर्ने गर्दछन्।
साभार: सेतोपाटी डटकम

ओलीलाई हटाउने निर्णय कांग्रेस केन्द्रीय कार्यसमिति वैठकद्धारा पारित

काठमाडौं,साउन ४ । कांग्रेस केन्द्रीय कार्यसमितिको मंगलबारको बैठकमा प्रधानमन्त्री केपी शर्मा ओलीविरुद्ध दर्ता भएको अविश्वासको प्रस्ताव पारित गरेको छ । कांग्रेसले सरकारविरुद्ध दर्ता भएको अविश्वासको प्रस्तावलाई एकमतले पारित गर्ने निर्णय गरेको हो । वैठकले सरकारबारे तीनबुँदे निर्णय पनि पारित गरेको छ ।
कांग्रेसले गरेको निर्णयहरू

१. नेपाली कांग्रेस र ने.क.पा. (माओवादी केन्द्र) बीच २०७३ आषाढ २८ गते भएको सहमतिहरुलाई २०७३ आषाढ २९ गतेको नेपाली कांग्रेस केन्द्रीय कार्यसमितिको बैठकले अनुमोदन गरी कार्यान्वयन गर्ने निर्णय गरिसकेको छ । व्यवस्थापिका–संसदमा प्रधानमन्त्री के.पी. शर्मा ओली उपर नेपाली कांग्रेस, ने.क.पा. (माओवादी केन्द्र), आन्दोलनकारी मधेश केन्द्रीत दलहरु समेत १३ वटा दलहरुबाट अविश्वासको प्रस्ताव दर्ता भई २०७३ श्रावण ६ गतेका लागि छलफलको दिन तोकि सकिएको छ । तसर्थ, यस सन्दर्भमा प्रधानमन्त्री के.पी. शर्मा ओली उपरको अविश्वासको प्रस्ताव पारित गराउने र नयाँ प्रधानमन्त्रीको निर्वाचन गर्ने लगायतका प्रकृयाहरुमा नेपाली कांग्रेस एकतावद्ध भई सकृय समर्थन गर्ने निर्णय गर्दछ । साथै, उक्त प्रस्तावहरुलाई अत्यधिक मतले पारित गर्न व्यवस्थापिका–संसदमा रहेका सबै राजनीतिक दलहरुलाई हार्दिक आह्वान गर्दछ

२. व्यवस्थापिका–संसदमा अविश्वासको प्रस्ताव पारित भए पश्चात नयाँ प्रधानमन्त्रीको निर्वाचन नेपालको संविधानको धारा २९८ र व्यवस्थापिका–संसद नियमावली २०७३ को नियम ४९ बमोजिम सम्पन्न गर्ने विषयमा यो बैठक एकमत रहेको छ । अविश्वासको प्रस्ताव पारित भए पश्चात मुलुकलाई अन्यौलमा नराखी तत्काल नयाँ प्रधानमन्त्रीको निर्वाचन र मन्त्रिपरिषद्को गठन गर्ने कार्यमा सहयोग गर्न सम्बन्धित सबैलाई यो बैठक हार्दिक अपिल गर्दछ ।

३. सत्ता साझेदार दल ने.क.पा. (माओवादी केन्द्र) ले समर्थन फिर्ता लिई सकेको र व्यवस्थापिका–संसदमा प्रधानमन्त्री के.पी. शर्मा ओली उपर १३ दलहरुको तर्फबाट अविश्वासको प्रस्ताव दर्ता भई सकेको अवस्थामा वर्तमान सरकारले बहुमत गुमाई सकेको प्रष्ट छ । अब अर्को नयाँ प्रधानमन्त्री निर्वाचित हुने बेलासम्मको लागि मात्र कायम रहेको यो सरकारले थरिथरिका निर्णय, नियुक्ति र बर्खास्तगी गर्न थालेको विषयप्रति केन्द्रीय कार्यसमितिको यो बैठक गम्भीर असहमति व्यक्त गर्दछ । यस्ता निर्णय, नियुक्ति र बर्खास्तगीहरु तत्काल बन्द गर्न पुनः ध्यानाकर्षण गराउँदछ ।

उपेन्द्रको प्रश्न-‘खिलराज रेग्मी संविधानको कुन धारा अनुसार अन्तरिम मन्त्रिपरिषदको अध्यक्ष भएका थिए ?’

काठमाडौं, साउन ४ । संघीय गठबन्धनका संयोजक एवम् संघीय समाजवादी फोरम नेपालका अध्यक्ष उपेन्द्र यादवले अन्तरिम मन्त्रिपरिषदका अध्यक्ष खिलराज रेग्मीको नेतृत्वमा सरकार बनाईएको जसरी नयाँ सरकार गठन गर्न सकिने बताएका छन् । मंलगबार रिपोर्टर्स क्लब नेपालले आयोजना गरेको साक्षात्कारमा बोल्दै संयोजक यादवले भने,‘अहिलेको समस्या संवैधानिक होईन, यो राजनीतिक समस्या भएकाले त्यही अनुसार सहमति खोजिनुपर्छ, खिलराज रेग्मी संविधानको कुन धारा अनुसार अन्तरिम मन्त्रिपरिषदको अध्यक्ष भएका थिए त ?’ उनले वर्तमान संविधान प्रयोग गर्न लायकको नभएको दाबी गरे । उनले थपे,‘के को २९८ धारा ?, यो संविधान प्राक्टिस गर्न लायकै छैन ।’ साक्षात्कारमा यादवले भने,‘ओलीले राजिनामा नदिएर लफ्डा गरे उनी पनि डुव्छन अनि पार्टी पनि भड्खालोमा जान्छ, त्यो बाटोमा जानुभन्दा राजिनामा दिए राम्रो हुन्छ ।’

प्रधानमन्त्रीले अविश्वासको प्रस्ताव पारित भएपनि नयाँ सरकार तत्काल बन्नै नसक्ने दाबी गरिरहेका छन् नि त भन्ने सञ्चारकर्मीको जिज्ञासामा उनले थपे,‘राजाले राज्य छाड्नुपर्छ भनेर कुन संविधानमा लेखिएको थियो र, जनताले चाह्यो भने जेपनि हुन्छ, देश र जनता नै ठूलो हो ।’
संविधान नै अस्पष्ट भएको उल्लेख गर्दै उनले भने,‘अहिलेको संविधानले संविधान जारी भएको ७ दिनभित्र प्रधानमन्त्री चयन गर्नुपर्ने व्यवस्था गरेको छ, फेरि ०७४ माघ ७ सम्म सरकार रहिरहनेछ भनेको छ, त्यतिमात्रै होईन अर्को निर्वाचन नभएसम्म अर्को सरकारको समेत कल्पना गरेको छैन, त्यसैले यो संविधान पूर्ण अस्पष्ट छ ।’ उनले वर्तमान संविधान बमोजिम प्रधानमन्त्रीले संसद विघटन गर्न सक्ने समेत औंल्याए ।
उनले काँग्रेस–माओवादी केन्द्रको गठबन्धनमा बन्ने सरकारमा आफुहरु सहभागी नहुने दाबी गरे । उनले भने,‘सरकारमा जानेको कमी छैन, हामी हतारमा छैनौं, सरकारमा जान हामी लालायित छैनौं ।’ यद्धपी उनले सरकारलाई राजनीतिक रुपमा वर्तमान समस्याको हल गर्ने कुरामा, मुलुकको आर्थिक विकासमा टेवा पु¥याउन र मुलुकको पूर्ननिर्माणमा पूर्ण रुपले सहयोग गर्ने विश्वास व्यक्त गरे ।
वर्तमान सरकारको बर्हिगमन र नयाँ सरकार बन्ने परिस्थितिले राष्ट्रिय समस्या हल गर्ने अवसर भएको उल्लेख गर्दै यादवले भने,‘संविधान पूर्नलेखन गर्नु अहिलेको आवश्यकत्ता हो, यसले नै मुलुकलाई निकास दिन्छ, अहिले यो काम गर्न सक्ने वातावरण बनेको छ, यसको उपयोग गर्नु नै बुद्धिमानी हुन्छ ।’
यद्धपी उनले अनाहकमा मुलुकलाई अस्थिरताको भूमरीमा फसाएर दक्षिण एशियाकै प्लेग्राउण्ड बनाउने काम कसैल गर्न नहुनेतर्फ ध्यानाकार्षण गराए ।
यादवले अब बन्न लागेको सरकारको नेतृत्व गर्नेहरु म्याद गुज्रिएको औषधी जस्तै भएको टिप्पणी गरे । उनले भने,‘यी नेताहरुको परिक्षण भैसकेको छ, यीनीहरुले अबसर पाएर पनि केही गर्न सकेनन् ।’
ओली नेतृत्वको सरकार भ्रष्टाचारी र कमिशनखोरहरुबाट चलेको आरोप लगाउँदै भने,‘यो सरकार ढल्नैपर्ने थियो, बरु लामो समय लाग्यो ।’ अहिलेको वर्तमान राजनीतिक परिस्थितिलाई गठबन्धनले राजनीतिक रुपमा उठेका सवालहरुको राजनीतिक रुपमै हल गर्ने अवसरको रुपमा लिएको उनको दाबी छ ।
यद्धपी ०७ सालदेखि आजसम्म कुनै सरकारले पूरा कार्यकाल व्यतित नगरेकोेले मुलुक अस्थिरताको शिकार बनेको उल्लेख गर्दै यादवले भने,‘यसका कारण मुुलुक आर्थिक रुपमा अस्थिर, राजनीतिक रुपमा जर्जर र एकपछि अर्को द्धन्द्धमा फसेको छ ।’ उनले थपे,‘सरकारको काम सरकार बनाउने र खसाउने भैरहेको छ, त्यसैले अब मुलुकमा राजनीतिक स्थायित्व कायम गर्न सोच्ने अवसर आएको छ ।’
ओली सरकार राष्ट्रवादी भएकै कारण ढाल्न लागिएको भन्ने चर्चाको खण्डन गर्दै भने,‘‘राष्ट्रियता भन्ने कुरा उखान टुक्का र भाषणले हुने होईन, यो त देश र जनताको हितमा काम गर्नु हो, राष्ट्रिय स्वार्थमा काम गर्नु हो ।’’ यादवले ओली राष्ट्रवादी नभएर नश्लवादी नेता बनेको आरोप लगाए ।

नेपालद्धारा एमसिसी सामु २ सय १८ रनको लक्ष्य प्रस्तुत

काठमाडौं,साउन ४ । नेपालले विश्वकै पुरानो मेरिलिबोन क्रिकेट क्लब एमसिसी सामु २ सय १८ रनको लक्ष्य प्रस्तुत गरेको छ । टस जितेर ब्याटिङ रोजेको नेपालले आठ विकेट गुमाएर निर्धारित ५० ओभर खेल्दै २ सय १७ रन बनायो । नेपालको सुरुवात राम्रो हुन सकेन । ओपनर अनिल मण्डल आउट हुँदा टिमको स्कोर १८ रन थियो । तर, त्यसपछिका ब्याट्सम्यानले सम्हालिएर खेले ।

नेपालका लागि ज्ञानेन्द्र मल्लले सर्वाधिक ३९ रनको योगदान गरे । त्यस्तै पारस खड्काले ३०, शरद भेषवाकारले २७, सागर पुनले २६ रनको योगदान गरेका छन् । बसन्त रेग्मीले २४, राजु रिजालले २४, सोमपाल कामीले २० रनको योगदान गरे । विनोद भने ९ रनमा आउट भए भने शक्ति गौचन शून्य रनमै अवितित रहे ।अब जवाफी ब्याटिङमा घरेलु टोली एमसिसी उत्रने छ ।

क्यानडाको राजधानी अटवामा भानुजयन्ती

जुलाई १७, अटवा । अन्तर्राष्टिय नेपाली साहित्य समाज (अनेसास) क्यानडा, अटवाको आयोजनामा  क्यानडाको राजधानी अटवामा आज आदिकवि भानुभक्त आचार्यको २०३औं जन्मजयन्तीको अवसर पारेर एक साहित्यिक कार्यक्रम सम्पन्न भयो ।

साहित्यिक कार्यक्रममा साहित्यकार र साहित्यानुरागीहरूको उपस्थितिमा क्यानडाका लागि नेपाली राजदूत कालिप्रसाद पोखरेलले पानसमा दीप प्रज्वलन तथा भानुको तस्वीरमा माल्यार्पण गरी शुभारम्भ भएको थियो भने अनेसास अटवाका सल्लाहकार एवं एन. सि. ए. ओ. का प्रतिनिधी डा. कृष्णहरि गौतम, एन. आर. एन. क्यानडाका उपाध्यक्ष सुरेन उप्रेती, लगायतले आदिकवि भानुभक्तको तश्विरमा अविर अर्पण गर्नु भएको थियो ।

अनेसास क्यानडा अटवाका कोषाध्यक्ष नविन सुवेदीको स्वागत मन्तव्यबाट अघि बढेको कार्यक्रममा समाजका पूर्व अध्यक्ष डा. गोविन्द दाहालले आदिकवि भानुभक्त आचार्यले नेपाली भाषा र साहित्यको विकासमा पुर्याएको योगदानको चर्चा गर्नुभएको थियो । कार्यक्रममा स्थानीय साहित्यकारहरु कमल कोईराला, सुरेन उप्रेती, नविन सुवेदी, अनुप प्रधानाङ्ग, तारा उप्रेती, कमला पोखरेल, अनिल पौडेल लगायत साना विद्यार्थी आरोह उप्रेती र आदित्य कोईरालाले समसामयिक विषय तथा भानुभक्तको बारेमा आ आफ्ना कविता बाचन गरेर सुनाउनु भएको थियो । कार्यक्रममा रेस्मा दाहालले १८ औं सताब्दीको भानुभक्तिय समाज, साहित्य र तत्कालिन विष्व साहित्यको बारेमा प्रकास पार्नुभयो ।

समाजका अध्यक्ष कमल कोईरालाको सभापतित्वमा सम्पन्न कार्यक्रममा प्रमुख अतिथी राजदूत पोखरेलले विदेशबाट पनि नेपाली भाषा र साहित्यको विकासका लागि अनेसास क्यानडाले पुर्याएको योगदानको प्रशंसा गर्नुहुँदै नेपाली भाषा र साहित्यको अध्ययन र यसलाई विष्वसामु परिचित गराउन परदेशमा बसोबास गर्ने दोश्रो पुस्तालाई प्रोत्साहन गर्नुपर्ने बताउनुभयो ।

महासचिव

अनेसास क्यानडा, अटवा

अमेरिकामा युएस खबर एलएलसीको प्रस्तुति समर म्युजिकल धमाका अगष्ट ५ मा हुने

जनसम्पर्क समिति अमेरिकाको हिनामिना भएको रकम फिर्ता

न्यूयोर्क, जन सम्पर्क समिति अमेरिकाको हिनामिना भएको रकम फिर्ता आएको छ । भुकम्प पिडितका नाममा उठाइएको रकम खाताबाट हिनामिना भएपछि चर्को बहसमा आएको समितिको रकम फिर्ता भएको हो । भुकम्प पिडितका लागि उठाएको रकमको संस्थाको खाताबाट निकालिएको नगद रकम मध्ये २२ हजार डलर महासचिव मुनेन्द्र नेम्बागंले र १० हजार ५ सय कोषाध्यक्ष बिजय थुलुगंले खातामै फिर्ता गरेका छन् ।

संस्थाको रकम मध्ये ७ हजार ५ सय डलर पहिल्यै नै काठमाण्डौको गागलखेतीको भुकम्प पिडित बिद्यालय निर्माणको लागि निकासा गर्ने निर्णय भए पनि बिबाद आएपछि मात्र कोषाध्यक्षले निकासा गरेको जनाइएको छ । हिनामिना भएको रकम मध्ये अध्यक्ष गोरख बिष्टको नाममा काटिएको ५ हजार डलरको चेक पनि कोषाध्यक्ष थुलुंगले अन्यत्रै जम्मा गरेको र आफुले चांडै फिर्ता गर्ने लिखित जानकारी संस्थालाई दिएका छन् ।

भुकम्प आए लगत्तै अध्यक्ष बिष्टको नेतृत्वमा नेपालमा पुगेर सहयोग गरेको संस्थाले नेपालमा ३९ लाख रुपैया नगद र भौतिक सहयोग समेत गरेको थियो । संस्थाको नाममा रहेको खातामा अध्यक्ष बिष्ट, महासचिव नेम्बागं र कोषाध्यक्ष थुलुगंको संयुक्त नाममा रहेको भए पनि अध्यक्षको जनाकारी बिना दुइ जनाले रकम निकालेको अध्यक्षले थाहा पाएपछि मात्र समितिले रकम हिनामिना भएको खबर सार्बजानिक भएको थियो ।

अध्यक्ष बिष्टले रकम हिनामिना भएको खबर बाहिर ल्याएपछि महासचिव र कोषारध्यक्षले पनि अध्यक्ष बिष्टलाई समेत आरोप लगाएका थिए । दुबै पक्ष बिच आरोप प्रत्यारोप चलेपनि हाल महासचिव र कोषाध्यक्षले समितिको रकम खातामानै फिर्ता गरेका छन् । अध्यक्षले छानबिनको प्रकृया अगाडि बढाएपछि महासचिव र कोषाध्यक्षले रकम पुन खातामै राखेको जनाइएको छ ।

रकम पुन खातामा आएको पुष्टि गर्दै अध्यक्ष बिष्टले आफु सिपिएसंग परामर्शमा रहेको र त्यसपछि सबै हिसाब बाहिर ल्याउने बताएका छन् । प्राय राजनितिक रुपमा बिबादमा आउने समिति यस पटक भुकम्प पिडितको रकम हिनामिनाको समाचारले निकै बिबादमा आएको थियो ।

दम्पतीको यौन भिडियो बाहिरिएपछि….

राजधानीकै एक दम्पती। बिहे भएको लामै समय बितिसकेको थियो। एक दिन पतिले पत्नीलाई आफ्ना गोप्य क्रियाकलाप क्यामेरामा कैद गर्ने प्रस्ताव गर्छन्। पत्नी सुरुमा त आनाकानी गर्छिन्।
तर, पतिले आफ्ना गोप्य क्षण अविस्मरणीय बनाउने भन्दै कुनै जोखिम नरहेको आश्वस्त पारेपछि उनी तयार भइन्। नागरिक दैनिकमा समाचार छ।
त्यो भिडियो आफूसँग् सुरक्षित रहेकोमा उनीहरु ढुक्क थिए। तर, एक दिन यस्तो आयो, उनीहरु छाँगाबाट खसेझै भए। दम्पतीले आपसी सहमतिमा क्यामेरामा उतारेका निर्वस्त्र क्रियाकलाप चिनेजानेकै एक व्यक्तिको हातमा थियो। ऊ त्यही भिडियो देखाएर मोटो रकम माग गर्न थाल्यो। लाज र डरले हायलकायल दम्पती अन्त्यमा प्रहरीको शरणमा पुगे।
कुनै चलचित्रको कथाजस्तो लाग्ने यस्ता घटना अहिले राजधानीमा छ्यापछ्याप्ती बाहिर आउन थालेका छन्। महानगरीय प्रहरी अपराध अनुसन्धान महाशाखाले अहिले यस्तै एउटा घटना अनुसन्धान अघि बढाएको छ। महाशाखाले ती दम्पतीको उजुरीका आधारमा सोमबार उक्त व्यक्तिलाई पक्राउ गरेको छ। प्रहरीले तीनै जनाको नाम गोप्य राखेर अनुसन्धान थालेको छ।
‘पतिपत्नी डराएको, लजाएको र हताश मानसिकतामा आएका थिए, धम्क्याउने व्यक्तिलाई पक्राउ गरिएपछि उनीहरु केही ढुक्क त भए तर अझै पुरै निश्चिन्त हुन सकेका छैनन्,‘महाशाखाका निमित्त प्रमुख एसपी प्रकाशजंग कार्कीले भने,‘हामीले अनुसन्धान अघि बढाएका छौं।’
उनका अनुसार प्रविधिमा पहुँच सजिला हुँदै गएका बेला पतिपत्नीले आपसी सहमतिमा खिचेको गोप्य दृश्य तेस्रो व्यक्तिसम्म पुग्न सक्ने सम्भावना नकार्न सकिँदैन। महाशाखाका अनुसार पछिल्ला दिन यस्ता घटनाका उजुरी दिनहुँजसो आउन थालेका छन्।

Monday, July 18, 2016

डा. केसीको स्वास्थ्य नाजुक, शिक्षणमा बहिरंग बहिष्कार

काठमाडौं,आसर ४ । त्रिवि शिक्षण अस्पतालका रेजिडेन्ट चिकित्सकहरूले प्रा.डा.गोविन्द केसीको आमरण अनशन नबौँ दिन पुगिसक्दा पनि सरकार संवेदनशील नभएको भन्दै सोमबारदेखि शैक्षिक कार्यक्रमअन्तर्गतको बहिरंग विभागमा काम गर्न छाडेका छन्। उनीहरूले सम्बद्ध निकायबाट कुनै पाइला नचालिएकोप्रति खेद प्रकट गर्दै डा.केसीको जीवनरक्षाका लागि बाध्यतापूर्वक यो कदम चाल्नुपरेको जनाएका छन्। चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठान (न्याम्स), वीर अस्पताल र बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानका रेजिडेन्ट चिकित्सकलगायत स्वास्थ्यकर्मीहरूले समेत केसीको अनशनमा ऐक्यबद्धता जनाएका छन्।कान्तिपुर दैनिकमा खबर छ । शिक्षण अस्पतालका करिब दुई सय ५० रेजिडेन्ट चिकित्सकहरूले अन्तरंग विभाग, इमर्जेन्सी र शल्यक्रियामा भने काम यथावत् जारी राखेका छन्। वीर अस्पतालका रेजिडेन्ट चिकित्सकले समेत मंगलबारदेखि कालोपट्टी बाँधेर काम गर्ने जनाएका छन्।

बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानका रेजिडेन्ट चिकित्सकहरू विभिन्न विरोध कार्यक्रमसँगै कालोपट्टी बाँधेर काम गर्न थालेका छन्। रेजिडेन्ट एसोसिएसन अफ न्याम्सका अध्यक्ष डा.तुलसी भट्टराईले सरकारले आफूहरूद्वारा गरिएको विरोध कार्यक्रमलाई नसुने चरणबद्घ रूपमा कडा कार्यक्रम ल्याउन बाध्य हुने बताए। वीरमा करिब दुई सय ६० र बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा त्यत्तिकै हाराहारीमा रेजिडेन्ट चिकित्सक छन्।

डा. केसीको अनशनको नौ दिन भयो, उहाँको जटिल स्वास्थ्यस्थितिले गर्दा अब कुर्न सक्ने स्थिति छैन,’ नेसनल रेजिडेन्ट डाक्टर्स एसोसिएसनका अध्यक्ष डा.लिजन महर्जनले भने, ‘केसीको माग पूरा नभएसम्म हामी विभिन्न स्वरूपमा विरोध कार्यक्रम जारी नै राख्छौं।’ डा. केसीको स्वास्थ्यस्थिति जटिलतातर्फ गइरहेको उल्लेख गर्दै उपचारमा संलग्न चिकित्सकहरूले उनलाई कुनै पनि समय आकस्मिक चिकित्सकीय सहयोग आवश्यक पर्ने बताएका छन्। उपचारमा संलग्न डा.दिव्यासिंह शाहका अनुसार हाल केसीलाई सास फेर्नसमेत समस्या हुन थालेको छ। उनलाई निरन्तर अक्सिजन दिन थालिएको छ। उनलाई छाती दुखाइसँगै जीउ र मांसपेशी बटारिने र दुख्ने समस्या छ। रक्तचाप कम हुनुका साथै रगतमा चिनीको मात्रा पनि कम भएको छ।

ठूलो कोठामा सारियो डा. केसीलाई अनशनको नवौं दिन उपचारमा सहजताका लागि चिकित्सकीय सल्लाहअनुसार ठूलो कोठामा सारिएको छ। त्रिवि शिक्षण अस्पताल प्रशासनले सबै कोठामा ताल्चा लगाएपछि उनी करिब १० फिट लामो ५ फिट चौडाइ भएको सानो कोठामा अनशन बस्दै आएका थिए। डा.केसीले आफू अन्त सर्न नमाने पनि उपचारमा संलग्न चिकित्सा टोलीको विशेष आग्रहमा स्थान्तरण गरिएको हो। स्वस्थ्य अवस्थासमेत बिग्रिँदै गएकाले सानो कोठामा उपचार गर्न अप्ठ्यारो भएपछि प्रा.डा. प्रदीपकृष्ण श्रेष्ठ र प्रा.डा. दिव्यासिंह शाहले नियमित चेकजाँच गर्ने क्रममा केसीलाई ठूलो कोठामा सर्न आग्रह गरेका थिए। उनलाई अहिले सातौं अनशन बसेको ठाउँमा नै सारिएको छ। हाल अनशन सुरु भएकै कोठाको छेउमा नयाँ कोठा छ। पाटन अस्पतालका डाक्टरहरूको समर्थन यसैबीच पाटन स्वास्थ्य विज्ञान प्रतिष्ठान प्राध्यापक संघले प्रा.डा. गोविन्द केसीको आठौं आमरण अनशनप्रति ऐक्यबद्धता जनाएको छ। संघले केसीका मागप्रति सरकारले उदासीनता देखाएकामा विरोधसमेत जनाएको छ। संघका अध्यक्ष प्रा.डा. भरत यादवले विगतका सम्झौता सरकारले पालना नगर्दा केसी आठौं पटक अनशन बस्न बाध्य हुनुपरेको जनाउँदै सम्बद्ध पक्षलाई तुरुन्त माग पूरा गरेर प्राण रक्षा गर्न आग्रह गरेका छन्। अनशनप्रति सरकार मौन रहेको उल्लेख गर्दै डा.यादवले हाल चिकित्सा शिक्षाको क्षेत्रलाई बदनाम बनाउनेहरू एकपछि अर्को हत्कण्डा अपनाउँदै गएको बताए।

दम्पतीको यौन भिडियो बाहिरिएपछि….

काठमाडौं,आसर ४ । राजधानीकै एक दम्पती। बिहे भएको लामै समय बितिसकेको थियो। एक दिन पतिले पत्नीलाई आफ्ना गोप्य क्रियाकलाप क्यामेरामा कैद गर्ने प्रस्ताव गर्छन्। पत्नी सुरुमा त आनाकानी गर्छिन्।
तर, पतिले आफ्ना गोप्य क्षण अविस्मरणीय बनाउने भन्दै कुनै जोखिम नरहेको आश्वस्त पारेपछि उनी तयार भइन्। नागरिक दैनिकमा समाचार छ।

त्यो भिडियो आफूसँग् सुरक्षित रहेकोमा उनीहरु ढुक्क थिए। तर, एक दिन यस्तो आयो, उनीहरु छाँगाबाट खसेझै भए। दम्पतीले आपसी सहमतिमा क्यामेरामा उतारेका निर्वस्त्र क्रियाकलाप चिनेजानेकै एक व्यक्तिको हातमा थियो। ऊ त्यही भिडियो देखाएर मोटो रकम माग गर्न थाल्यो। लाज र डरले हायलकायल दम्पती अन्त्यमा प्रहरीको शरणमा पुगे।

कुनै चलचित्रको कथाजस्तो लाग्ने यस्ता घटना अहिले राजधानीमा छ्यापछ्याप्ती बाहिर आउन थालेका छन्। महानगरीय प्रहरी अपराध अनुसन्धान महाशाखाले अहिले यस्तै एउटा घटना अनुसन्धान अघि बढाएको छ। महाशाखाले ती दम्पतीको उजुरीका आधारमा सोमबार उक्त व्यक्तिलाई पक्राउ गरेको छ। प्रहरीले तीनै जनाको नाम गोप्य राखेर अनुसन्धान थालेको छ।

‘पतिपत्नी डराएको, लजाएको र हताश मानसिकतामा आएका थिए, धम्क्याउने व्यक्तिलाई पक्राउ गरिएपछि उनीहरु केही ढुक्क त भए तर अझै पुरै निश्चिन्त हुन सकेका छैनन्,‘महाशाखाका निमित्त प्रमुख एसपी प्रकाशजंग कार्कीले भने,‘हामीले अनुसन्धान अघि बढाएका छौं।’

उनका अनुसार प्रविधिमा पहुँच सजिला हुँदै गएका बेला पतिपत्नीले आपसी सहमतिमा खिचेको गोप्य दृश्य तेस्रो व्यक्तिसम्म पुग्न सक्ने सम्भावना नकार्न सकिँदैन। महाशाखाका अनुसार पछिल्ला दिन यस्ता घटनाका उजुरी दिनहुँजसो आउन थालेका छन्।

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल सेनाको निगरानीमा !

काठमाडौं,आसर ४ । विश्वका कतिपय शक्तिशाली राष्ट्रसमेत आतंकवादी आक्रमणको निसानामा परेपछि नेपाल प्रवेश गर्ने मुख्य नाकामा नेपाली सेनाको ‘एन्टो टेरोरिस्ट युनिट’ ले निगरानी थालेको छ । नेपाली सेनाले आतंककारीले विमान अपहरण गरिहालेमा कसरी यात्रुलाई सुरक्षित अवतरण गराउन सकिन्छ भन्नेमा मत विमानस्थल परिसरमा सैन्य अभ्यास गर्न लागेको स्रोतले बतायो ।

टर्कीको इस्तानबुल विमानस्थल र पछिल्लोपटक बगंलादेशमा भएको आतंकवादी संजाल आईएसको आक्रमणपछि नेपाल पूवेश गर्ने एकमात्र हवाईमार्ग त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल र स्थलमार्ग हुँदै भारतबाट नेपाल पूवेश गर्ने नाकामा सेनाको विशेष सुरक्षा दस्ताले निगरानी थालेको हो । आजको अन्नपूर्ण पोष्ट दैनिकमा खबर छ ।

ओलीले देउवा र प्रचण्डलार्इ सोधे-द्वन्द्व चर्काउने कि मिलेर जाने?

काठमाडौं,आसर ४ । प्रधानमन्त्री केपी ओलीले नयाँ सरकार गठनमा संवैधानिक अस्पष्टता रहेको भन्दै नयाँ गठबन्धन बनाएका कांग्रेस र माओवादी केन्द्रलाई स्पष्ट पार्न प्रस्ताव गरेका छन् । कांग्रेस सभापति शेरबहादुर देउवा र माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाललाई सोमबार साँझ बालुवाटार बोलाएर ओलीले यस्तो प्रस्ताव राखेका हुन्। संविधानभित्रका प्रावधानहरू स्पष्ट नरहेको उल्लेख गर्दै ओलीले यसमा सबै दलले स्पष्ट गर्न जरुरी रहेको धारणा राखेका थिए। ओलीले ‘मिलेर जाने कि द्वन्द्व चर्काउने ?’ भन्दै प्रश्न गरेका थिए।

‘मिलेर जाने हो भने संविधानमा परेका खाल्टाखुल्टीहरू पनि सहमति र सल्लाहले पुर्दै जान सकिन्छ,’ ओलीको भनाइ उद्धृत गर्दै स्रोतले भन्यो,‘होइन असहमति नै हो भने त सबैले यहीं बसेर राजनीतिक गर्ने हो, त्यहीअनुसार अघि बढौं।’कान्तिपुर दैनिकमा समाचार छ ।

सत्तारूढ दलहरूले संविधानको धारा २९८ अनुसार नयाँ सरकार गठन गर्न नसकिने जिकिर गर्दै आएका छन्। तर संसद्मा अविश्वासको प्रस्ताव राख्ने कांग्रेस–माओवादी गठबन्धनले संसदको नियमावलीमा स्पष्ट व्यवस्था रहेकाले नयाँ सरकार गठनमा कुनै बाधा नरहेको बताउँदै आएका छन्। यही सन्दर्भमा दुवै पक्षले कानुनविद्हरूसँग शनिबार र आइतबार छुट्टाछुट्टै छलफल गरेका थिए। ओलीले संविधानअनुसार आफू अघि बढ्ने भन्दै देउवा र दाहाललाई धेरै अविश्वास र भ्रम नपाल्न पनि आग्रह गरेका थिए।

प्रधानमन्त्री ओलीले संसद्मा अविश्वासको प्रस्ताव राखिसकेपछि किन फेरि राजीनामाको कुरा उठाएको भन्दै देउवा र दाहाललाई प्रश्न गरेका थिए। ‘अविश्वासको प्रस्ताव आएपछि राजीनामा भन्ने कुरा हुँदैन,’ ओलीले भने,‘अविश्वासको समाना गर्छु भनेपछि त्यही बाटोमा लाग्नुस् न, किन फेरि सँगसँगै राजीनामा भन्नुहुन्छ ?’

छलफलमा कांग्रेस सभापति देउवाले असहज परिस्थितिमा राजीनामा उत्तम विकल्प भएको भन्दै ओलीलाई आग्रह गरेका थिए।

कार्यसम्पादन मापनमा काठमाडौं महानगरपालिका असफल

काठमाडौं,आसर ४ । स्थानीय निकाय वित्तीय आयोगले परीक्षण गरेको न्यूनतम सर्त तथा कार्यसम्पादन मापन (एमसीपीएम)मा काठमाडौं महानगरपालिका असफल भएको छ । आर्थिक वर्ष ०७१/७२ को कार्यसम्पादन प्रतिवेदन एमसीपीएममा महानगरपालिका असफल भएको हो ।महानगरपालिका कर प्रक्षेपण र प्रशानिक खर्च बढी देखिएको आधारमा एमसीपीएममा असफल भएकोे आयोगले जनाएको छ । प्रत्येक वर्ष कम्तीमा १५ प्रतिशत कर बढी उठाउनुपर्ने व्यवस्था छ । तर, महानगरपालिकाले भूकम्प र नाकाबन्दीका कारण लक्ष्यअनुसार कर उठाउन नसकेको दाबी गरेको छ । सार्वजनिक एमसीपीएम प्रतिवेदन भने आव ०७१/७२ को कार्यसम्पादनमा आधारित छ । जब कि भूकम्प र नाकाबन्दीको समस्या गत वर्षको थियो ।

स्थानीय निकायले तोकिएको समयभित्र परिषद् गर्नुपर्ने, लेखासम्बन्धी काम चुस्तदुरुस्त राख्नुपर्ने, कर प्रक्षेपण, सामाजिक सुरक्षा भत्तासँग सम्बन्धित काम राम्रोसँग गरे/नगरेजस्ता विषयलाई एमसीपीएमको सूचकसँग दाँजेर अंकभार दिँदै आएको छ । यही अंकभारका आधारमा सफल र असफल हुने व्यवस्था रहेको आजको कारोबार दैनिकमा समाचार छ ।

महानगरपालिकाले भने आफू एमसीपीएममा फेल नभएको तर संघीय मामिला तथा स्थानीय विकास मन्त्रालयले जानी–जानी असफल गराएको दाबी गरेको छ । महानगरपालिको सूक्ष्म अध्ययनबिना नै असफल गराएको महानगरका प्रवक्ता ज्ञानेन्द्र कार्कीले बताए । “बिनाआधार महानगरलाई एमसीपीएमा असफल बनाइएको छ,” उनले भने, “पत्र प्राप्त भएपछि हामी यो निर्णयविरुद्ध अदालत जानेछौं ।” महानगरपालिकालाई असफल घोषणा गर्नुमा आर्थिक कारण भएको समेत आरोप छ । “महानगर एमसीपीएममा सफल भएको भए ५० करोड रुपैयाँ अनुदान प्राप्त हुन्थ्यो,” उनले भने, “मन्त्रालयले यो रकम अन्य नगरपालिकामा दिन हामीलाई असफल बनाएको हो ।”

Sunday, July 17, 2016

०४६ सालको परिवर्तन पछि कुन सरकार कसरी ढले ? विस्तृतमा

काठमाडौं,साउन २ । वर्तमान प्रधानमन्त्री केपी ओली ०४६ सालको परिवर्तन पछिका २४ औं प्रधानमन्त्री हुन् । अल्पमतमा परेर विश्वास गुमाइसकेको भन्दै नयाँ गठबन्धनका दलहरुले उनको राजीनामा मागिरहेका बेला वितेको २६ बर्षमा कुन प्रधानमन्त्रीले कसरी राजीनामा दिनुपर्यो भन्ने सन्दर्भ चाखलाग्दो छ।

कृष्णप्रसाद भट्टराई (२०४७–२०४८)
भट्टराई ०४६ सालको अन्तरिम कालका प्रधानमन्त्री बनेका काँग्रेसका नेता हुन् । ०४७ को संविधान ल्याउन र ०४८ सालको निर्वाचन गराउनसम्म उनको भूमिका महत्वपूर्ण रह्यो । तर उनले ०४८ सालको चुनावमा काठमाडौं क्षेत्र नं १ बाट मदन भण्डारीसँग पराजित भए । जसको कारण उनले प्रधानमन्त्रीबाट राजीनामा दिनु पर्यो।

गिरिजाप्रसाद कोइराला (०४८–०५१)
०४८ सालको आम निर्वाचनबाट बहुमत प्राप्त गिरिजाप्रसाद कोइराला नेतृत्वको सरकार तीन वर्षसम्म टिक्यो । यो नै ०४६ साल यता सबैभन्दा लामो समय टिकेको सरकार हो । यो सरकार ढल्नलाई काँग्रेसको आन्तरिक गुटबन्दी नै मुख्य रह्यो । काँग्रेसभित्र ३६ र ७४ मा सांसदहरु विभाजित भए । सरकार गठन भएको ६ महिनामै एमालेले कर्मचारीको आन्दोलन थालेको थियो । तर सरकार गिर्ने मुख्य कारण भने २०५० सालको कात्तिकमा आफ्नै पार्टीको नीति तथा कार्यक्रम संसदमा पारित गर्ने बेला ३६ जना काँग्रेसी सांसद अनुपस्थित रहे । जसको कारण कोइरालाले संसद विघटन गरी मंसीरमा निर्वाचन घोषणा गरे । चुनावी परिणाम एमालेको पक्षमा आएपछि कोइरलाले राजीनामा दिनुपरेको थियो।

मनमोहन अधिकारी (०५१–०५२)
०५१ सालको आम निर्वाचनपछि अधिकारीले अल्पमतको सरकार नेतृत्व गरे । नौ महिने कार्यकालमा सरकारले ल्याएको ‘आफ्नो गाउँ आफै बनाऔं’ कार्यक्रम लोकप्रिय मानियो । सरकार ढाल्न गिरिजाबाबुले अविश्वासको प्रस्ताव ल्याएपछि अधिकारीले संसद विघटनको घोषणा गरेका थिए । तर संसद विघटनको मुद्दामा सर्वोच्च अदालतका तत्कालीन प्रधानन्याधीश विश्वनाथ उपाध्यायले अल्पमतको सरकारले संसद विघटन गर्न नमिल्ने फैसला गरिदिए । यहीबेला अधिकारी बर्दियामा हेलिकप्टर दुर्घटना भएर टिचिङ अस्पतालको बेडमा थिए । अस्पतालकै बेडबाट उनले राजीनामा दिए ।

शेरबहादुर देउवा (०५२–०५३)
देउवाको राजीनामाको प्रसंग पनि रोचक नै छ। उनको पहिलो कार्यकाल एक वर्ष पुग्दा नपुग्दै उनीविरुद्ध एमालेले अविश्वासको प्रस्ताव संसदमा पेश गरेको थियो । आफ्नै पार्टीका गिरिजाबाबुले दुई जना सांसदलाई सिंगापुर पठाइदिएर देउवालाई अल्पमतमा पारी राजीनामा दिन बाध्य पारेका थिए। यही बेलाबाट संसदमा सुरा–सुन्दरी काण्ड र सांसद किनबेचको चर्चा सुरु भएको हो।

लोकेन्द्रबहादु चन्द (०५३–०५४)
एमालेको सर्मथनमा राप्रपा नेता लोकेन्द्रबहादुर चन्दको नेतृत्वमा सरकार बन्यो । यो सरकार लगभग छ महिना भन्दा लामो समय टिक्न सकेन । काँग्रेसले राप्रपाभित्रको अर्को पक्ष सूर्यबहादुर थापालाई आफ्नो पक्षमा ल्याएपछि, काँग्रेसले पेश गरेको अविश्वास प्रस्तावबाट सरकार ढालियो ।

सूर्यबहादुर थापा (०५४–०५४)
राप्रपा विभाजन भएर काँग्रेसको समर्थनमा बनेको थापा सरकार पनि छ महिना भन्दा लामो समय टिक्न सकेन । यसको मुख्य कारण एमाले र काँग्रेसका बीचमा भएको अस्वस्थ्य श्पर्धा हो।

गिरिजाप्रसाद कोइराला (०५४–०५५)
०५४ सालको स्थानीय निर्वाचनपछि एमाले विभाजन भयो । वामदेव गौतमको नेतृत्वमा नेकपा माले नयाँ पार्टी बन्यो । जसको कारण कहिले माले त कहिले एमालेसँग मिलेर गिरिजाबाबुले सरकारको तीन पटकसम्म नेतृत्व गर्ने अवसर पाए । उनी (२०५५–२०५५) र (०५५–०५६) मा पनि प्रधानमन्त्री भएका थिए । ०५६ सालको संसदीय निर्वाचनमा कृष्णप्रसाद भट्टराईलाई आगामी प्रधानमन्त्री घोषणा गरी चुनावी अभियान थाल्यो । त्यसपछि काँग्रेसले चुनाव जितेपछि कोइरलाले राजीनामा गरेर भट्टराईलाई प्रधानमन्त्री सुम्पेका थिए ।

कृष्णप्रसाद भट्टराई (०५६–०५६)
०५६ सालको आम निर्वाचनमा नेपाली काँग्रेसले १ सय १४ सीटसहित स्पष्ट बहूमत ल्यायो । भट्टराईको नाममा चुनाव प्रचार गरिएको हुनाले उनकै नेतृत्वमा सरकार गठन भयो । तर सरकार जम्मा छ महिना भन्दा बढी टिक्न सकेन, आफ्नै पार्टीको आन्तरिक गुटबन्दीको कारण । भट्टराईलाई माआवादी समस्या समाधान गर्न नसकेको, सुशासन दिन र भ्रष्टचार रोक्न नसकेको आरोप लगाएर गिरिजाबाबुको नेतृत्वमा अविश्वासको प्रस्तावमार्फत राजीनामा दिन बाध्य पारियो । भट्टराईले रोष्ट्रममा उभ्भिएर आफ्नै सांसद र नेतालाई गाली गर्दै राजीनामा दिएका थिए । त्यसपछि त भट्टराईले काँग्रेस पार्टी नै परित्याग गरे।

गिरिजाप्रसाद कोइराला (०५६–०५८)
०५६ सालको निर्वाचनपछि नेकपा माले पार्टी अस्तित्वमा आएन। काँग्रेसको बहुमत आएपछि एमाले प्रतिपक्षमा बन्यो । कोइराला सरकार लगभग दुई वर्ष टिकेको थियो । रोल्पाको होलेरी प्रहरी चौकीका ठूलो संख्यामा प्रहरीहरु माओवादी कब्जामा परेपछि कोइरालाले सेना परिचालन गर्न खोजेका थिए। दरबार र सेनासँग कुरा नमिलेपछि उनले राजीनामा दिएका थिए ।

शेरबहादुर देउवा (०५८–०५९)
कोइरालापछि प्रधानमन्त्री बनेका देउवाले ०५९ जेठमा संसद विघटन गरी मंसिरमा निर्वाचन घोषणा गरेका थिए । तर असोजमा निर्वाचन अर्को वर्षका लागि सारेपछि उनलाई राजा ज्ञानेन्द्रले असोज १८ गते निर्वाचन गर्न असक्षम प्रधानमन्त्री भनी पदच्युत गरेका थिए र राजाले तत्कालका लागि आफैले अध्यक्षता गरेका थिए ।

लोकेन्द्रबहादुर चन्द (०५९–०६०)
राजा ज्ञानेन्द्रकै इच्छामा छ महिनामा राजीनामा ।

सूर्यबहादुर थापा (०६०–०६१)
राजा ज्ञानेन्द्रकै इच्छामा प्रधानमन्त्री भएका थापाले पनि छ महिनामै राजा ज्ञानेन्द्रको इच्छामा राजीनामा दिएका थिए ।

शेरबहादुर देउवा (०६१–०६१)
थापापछि प्रधानमन्त्री बनाइएका देउवालाई ०६१, माघ १९ गते राजा ज्ञानेन्द्रले दोश्रोपटक अक्षम घोषणा गरी बर्खास्त गरेका थिए।

राजा ज्ञानेन्द्र ( ०६१–०६३)
०६१ सालको माघ १९ मा शक्ति हत्याएका राजा ज्ञानेन्द्र आफै ०६३ वैशाख ११ गतेसम्म मन्त्रीपरिषद्को अध्यक्ष रहे । ०६२\०६३ सालको जनआन्दोलबाट संसद पुर्नस्थापना गरेपछि ज्ञानेन्द्रको शासन अन्त्य भएको थियो।

गिरिजाप्रसाद कोइराला (०६३–०६५)
संसद पुर्नस्थापना पछि काँग्रेस, माओवादी, एमाले र साना दलसहित आन्दोलनरत सात दलको संयुक्त सरकारको नेतृत्व कोइरालाले गरेका थिए । कोइरालाले ०६४ सालको पहिलो संविधानसभाको चुनाव सम्पन्न भएको ४ महिनापछि राजीनामा दिएका थिए । संविधानसभामा सबैभन्दा ठूलो दलको रुपमा तत्कालीन नेकपा (माओवादी) बनेपछि उनले राजीनामा दिएका हुन्।

पुष्पकमल दाहाल ‘प्रचण्ड’ (०६५–०६६)
पहिलो संविधानसभाबाट माओवादी पहिलो दल बनेपछि दाहाल प्रधानमन्त्री बनेका हुन । दाहालको सरकार बर्हिगमनलाई ०४८ साल यताका प्रधानमन्त्रीहरुमा सबैभन्दा चर्चित ‘राजीनामा काण्ड’का रुपमा चिनिन्छ ।प्रधानसेनापति रुक्माङगत कटवालमाथि उनले चलाएको कारवाही प्रक्रिया २२ दलसहित राष्ट्रपति रामवरण यादवले उल्टाइदिएपछि दाहालले पार्टीभित्र समेत छलफल नगरी प्रधानमन्त्रीबाट राजीनामा गरेका थिए ।

माधवकुमार नेपाल (०६६–०६७)
२२ दलको संयुक्त सरकारको नेतृत्व गरेका नेपालले भने आफ्नै पार्टीभित्रको मतभेदका कारण सरकारबाट राजीनामा दिनु परेको थियो । अध्यक्ष झलनाथ खनालको समूहले सरकार ढाली माओवादीको समर्थनमा आफ्नै नेतृत्वमा सरकार निर्माण गरेको थियो ।

झलनाथ खनाल (०६७–०६८)
छ महिना मात्र टिकेको खनाल नेतृत्वको सरकार पनि आफ्नै पार्टीभित्रको अन्तरद्वन्द्वले नै चाँडै ढल्न पुगेको हो । यद्यपी प्रतिपक्ष काँग्रेसले राष्ट्रिय सहमतिको सरकारको लागि पहल नगरेको भने होइन । काँग्रससँग मिलेर एमाले नेता माधवकुमार नेपाल र केपी ओली नै खनाल सरकार ढाल्न लागि परेका थिए।

बाबुराम भट्टराई (०६८–०६९)
मधेसवादी दलको समर्थनमा बनेको सरकारको नेतृत्वकर्ता भट्टराईले पहिलो संविधानसभा आफैले विघटन गरेका थिए । दोस्रो संविधानसभाको निर्वाचन तत्कालीन प्रधानन्याधीश खिलराज रेग्मीको नेतृत्वमा गराउने दलीय सहमति भएपछि उनले प्रधानमन्त्रीबाट राजीनामा दिएका थिए ।
खिलराज रेग्मी (०६९–०७०)
मन्त्रीपरिषद्का अध्यक्ष रेग्मी दोस्रो संविधानसभाको चुनाव गराउँदासम्मको सरकार प्रमुखको हैसियतमा रहे। ०७० साल मंसीरमा चुनाव सम्पन्न गराएर उनले दलहरुलाई सरकारको साँचो सुम्पे ।

सुशिल कोइराला (०७०–०७२)
कोइरालाले एमालेसँग मिलेर सरकार बनाए । माओवादी प्रतिपक्षमा बसेको थियो । ०७२ साल वैशाख १२ गते विनाशकारी भूकम्प आएपछि भने काँग्रेस, एमाले, माओवादी र मधेसी जनअधिकार फोरम(लोकतान्त्रिक)का बीचमा १६ बुँदे सहमति भयो । सो सहमति अनुसार कोइरालाको नेतृत्वमा संविधान जारी गर्ने र त्यसपछि एमालेको नेतृत्वमा संविधान कार्यान्वयन गर्ने दलहरु बीचमा सहमति भएको थियो । संविधान जारी भएपछि कोइरालाले समझदारी अनुसार ओलीलाई नेतृत्व दिएनन्। सदनमा भएको प्रधानमन्त्रीको चुनावमा आफै उमेद्वार बने र पराजित भए। माओवादी र राप्रपा नेपालसहितका अन्य केही दलले एमालेलाई साथ दिएपछि कोइराला पराजित भए।

केपी शर्मा ओली (०७२–अहिलेसम्म)
प्रधानमन्त्री ओली बन्नु अघि एमाले र माओवादी बीचमा १४ बुँदे सहमति भएको थियो । सो सहमति लागू नभएको भन्दै जेठमा बजेट ल्याउनु अगाडि नै माओवादीले सरकारबाट फिर्ता हुने जनाउ दिएपछि एमाले र माओवादीका बीचमा ९ बुँदे समझदारी भएको थियो । ९ बुँदे समझदारी अनुसार युद्धकालीन मुद्दाहरु हल गर्न एमाले तयार नभएको माओवादीको आरोप छ । तीन बुँदे भद्र सहमति अनुसार बजेट पारित भएपछि प्रचण्डलाई सत्ता हस्तान्तरण गर्न ओली तयार नभएको जनाएर माओवादीले सरकारलाई दिएको समर्थन फिर्ता लिएपछि ओली सरकार अल्पमत परेको छ । तर, प्रधानमन्त्री ओलीले राजीनामा नदिइ संसदको सामना गर्ने बताइरहेका छन् ।
-साभार:खासखास खबर

 

Saturday, July 16, 2016

चक्काजाम गराउँदै हिंडेका विप्लब माओवादीका कार्यकर्ता पक्राउ

काठमाडौं,साउन २ । काठमाडौंका विभिन्न स्थानमा चक्काजाम गराउँदै हिंडेका विप्लब माओवादी कार्यक्रतालाई प्रहरीले पक्राउ गरेको छ । सर्लाहीको सुकुम्वासी बस्तीमा सरकारले दमन गरेको विरोधमा काठमाडौंका विभिन्न स्थानमा चक्काजाम गराउँदै हिंडेका कार्यक्रतालाई प्रहरीले पक्राउ गरेको छ ।

काठमाडौंका चाबहिलबाट,कलंकी, बालाजु, रत्नपार्क लगायतका स्थानमा बसेर सवारी आवागमनमा बाधा पुर्याउने पक्राउ गरिएको काठमाडौं प्रहरीले जनाएको छ । सुकुम्वासी बस्तीमा सरकारले दमन गरेको भन्दै विप्लव नेतृत्वको नेकपा माओवादीले आइतबार विहान ९–११ चक्काजामको आयोजना गरेको थियो ।
तस्विर:अनलाईन खबरवाट

नेपालमै हराउँछन् वार्षिक ४ सय पर्यटक

काठमाडौं,साउन २ । नेपाल आउने कुन पर्यटकमध्ये बर्सेनि औसतः ४ सय पर्यटक हराउने या मृत्यु हुने गरेको तथ्यांक सार्वजनिक भएको छ। प्राकृतिक विपत्ति तथा पर्वतारोहणमा सबैभन्दा बढी यस प्रकारका दुर्घटना हुने गरेका छन्। संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयको पछिल्लो तथ्यांकअनुसार सन् २०१५ मा निधन या बेपत्ता भएका पर्यटकको संख्या ४ सय २२ जना रहेको खबर आजको नयाँ पत्रिकामा अच्युत पुरीले लेखेका छन्।

सन् २०१५ मा विनाशकारी भूकम्प र सरगरमाथामा भएको दुर्घटनामा परी करिब २ सयजना विदेशीले ज्यान गुमाएका थिए। त्यसबाहेक पर्वतारोहण, पदयात्रा र हवाई तथा सडक दुर्घटनाका क्रममा पनि निधान तथा बेपत्ता हुने गर्छन् ।

आफ्नो सामान बिकाउन पछि लाग्ने खुद्रा व्यपारीमात्र होइन, गोरो छाला देखेपछि पैसा नदिएसम्म खुट्टा नछाड्ने माग्नेबाट भौग्नु परेको पीडा नेपाल आएका धेरै पर्यटकले अनुभव गर्दछन्। यस्ता घटनालाई सामान्य मान्दा पनि नेपाल आएका कुन पर्यटकमध्ये वाषिर्क औसत ६ सयजनाले विभिन्न प्रकारको सास्ती भोग्नुपर्ने तथ्यांकले देखाएको छ ।

ओलीले टुक्राएका मन्त्रालय प्रचण्डले जोड्ने, दुई चरणमा तीन चुनाव

काठमाडौं,साउन २ । ओली नेतृत्वका सरकारबाट बाहिरिएर आफैं प्रधानमन्त्री बन्न लागेका माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले प्रधानमन्त्री भएसँगै गर्ने कामको सूची तयार गर्न लागेका छन् । यसैक्रममा उनले ओली सरकारले गरेको एउटा अलोकप्रिय कदमलाई सच्चाउने तयारी गर्दैछन् । सत्ता गठवन्धन टिकाउन ओली सरकारले अनावश्यक रुपमा टुक्राएका मन्त्रालयलाई प्रचण्डले जोडने भएका छन् । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा र प्रचण्डवीच मन्त्रालय टुक्राएर भागबण्डा नलगाउने सहमति भएको आजको नयाँ पत्रिका दैनिकमा खवर छ ।

‘मन्त्रालय टुक्रयाउने गरी मन्त्रिपरिषद् बनाउँदैनौं, ओलीजीले टुक्रयाउनुभएको मन्त्रालय पनि एकै ठाउँमा गाभ्ने सहमति गरेका छौं,’ माओवादी उच्च स्रोतले भन्यो। ओलीले कृषि मन्त्रालयलाई टुक्रयाएर कृषि र पशुपंक्षी, वाणिज्य तथा आपूर्ति मन्त्रालयलाई टुक्रयाएर वाणिज्य र आपूर्ति मन्त्रालय बनाएका थिए। त्यस्तै, खानेपानी तथा सरसफाइ मन्त्रालय पनि बनाएका थिए।

कांग्रेसलार्इ १३ र माओवादीलार्इ ९ मन्त्रालय

कांग्रेस-माओवादीबीच गठबन्धन निर्माण गर्नुअगावै भावी सरकारको नेतृत्व र स्वरूपलगायतका विषयमा भित्री सहमति भइसकेको छ। कति मन्त्रालय कसले राख्ने भन्ने सहमति जुटेर कुन मन्त्रालय कसले राख्ने भन्नेमा अहिले छलफल चलिरहेको छ। त्यसको टुंगो लगाउने जिम्मा पाएका दुवै पार्टीका दोस्रो तहका नेताहरू अहिले छलफलमा छन्। स्रोतका अनुसार कांग्रेसले १३ र माओवादीले ९ मन्त्रालय राख्ने सहमति भएको छ। बाँकी मन्त्रालय गठबन्धनमा आउने अन्य दललाई दिने सहमति भएको छ।

दुई चरणमा तीनवटा चुनाव

नयाँ संविधानको व्यवस्थाअनुसार आगामी ७ माघ ०७४ भित्र सरकारले तीनवटा निर्वाचन गराउनुपर्नेछ। स्थानीय तह, प्रदेश र केन्द्रको निर्वाचन गराउनुपर्ने बाध्यात्मक अवस्था संविधानमै छ। कांग्रेस-माओवादीले दुई चरणमा तीनवटै निर्वाचन गराउने सहमति गरेका छन्। स्थानीय तहको एक चरणमा तथा प्रदेश र केन्द्रको एक चरणमा गरी दुई चरणमा निर्वाचन गराउने सहमति छ। एक चरणको निर्वाचन प्रचण्डले र अर्को चरणको देउवाले नेतृत्व गरेको सरकारले गर्ने सहमति दुई दलबीच भएको छ।

प्रचण्डलार्इ प्रधानमन्त्री बनाउने ओलीको प्रस्ताव !

काठमाडौं,साउन २ । माओवादीले समर्थन फिर्ता लिएर कांग्रेसको नेतृत्वमा आफै प्रधानमन्त्री बन्ने तयारी गरेपछि आफ्नो सरकार टिकाउन अनेक उपाय गरिरहेका प्रधानमन्त्री ओलीले अन्ततः माओवादी अध्यक्ष प्रचण्डलाई नै प्रधानमन्त्री बनाउने प्रस्ताव गरेका छन् । अघिल्लो सातामात्रै प्रधानमन्त्री ओलीले कांग्रेस सभापति शेरबहादुर देउवा र अर्का नेता रामचन्द्र पौडेललाई एमालेको समर्थनमा प्रधानमन्त्री बन्न तर माओबादी अध्यक्ष प्रचण्डलाई प्रधानमन्त्री नबनाउन प्रस्ताव गरेका थिए । ती दुवै प्रस्ताव असफल भएपछि अहिले ओलीले प्रचण्डलाई नै आफ्नो समर्थनमा प्रधानमन्त्री बनाउने प्रस्ताव गरेका छन् ।

तर, ओलीको उक्त प्रस्तावलाई प्रचण्डले अस्वीकार गरेका छन् । आइतबारको अन्नपूर्ण पोष्टमा प्रकाशित समाचारअनुसार ओलीले ९ महिनाका लागि एमालेको समर्थनमा प्रचण्डलाई प्रधानमन्त्री बनाउने र वर्तमान गठबन्धन जोगाउने प्रस्ताव गरेका थिए । तर, प्रचण्डले धेरै ढिला भइसकेको भन्दै त्यसलाई अस्वीकार गरे ।

शान्ति प्रक्रियाका बाँकी काम दाहालको नेतृत्वमा गर्ने र निर्वाचन शेरबहादुर देउवाको नेतृत्वमा गराउने समझदारी कांग्रेस र माओवादी केन्द्रबीच भएपछि आफू सत्ताबाहिर रहने अवस्था आउन नदिन ओलीले दाहाललाई त्यस्तो प्रस्ताव पठाएको स्रोतले बतायो । ‘कांग्रेसले जस्तै हामी पनि तपाईंसँग लिखित सहमति गरेर सहमति गर्न तयार छौं भनेर एमालेबाट प्रस्ताव आएको थियो, त्यो प्रस्तावलाई मैले ढिलो भइसक्यो भनेर पठाइदिएँ,’ दाहाललाई उद्धृत गर्दै माओवादी केन्द्रका एक नेताले भने ।

वामपन्थी गठबन्धन दिगो बनाउन आफूले गरेको पहललाई ओलीले केटाकेटी खेल सम्झेको, गोरखाको फुजेल र ओखलढुंगाका सशस्त्र द्वन्द्वकालीन मुद्दालाई ओली निकटका व्यक्तिले उठाएर माओवादीका नेताकार्यकर्तालाई फसाउन खोजेको, आफूले राखेका गम्भीर प्रस्तावलाई ओलीले अवमूल्यन गरेका कारण दाहाल ओलीप्रति बढी नै असन्तुष्ट बन्दै आएका थिए ।

माओवादीका अर्का नेताका अनुसार सशस्त्र द्वन्द्वका मुद्दा उठ्दा देउवा र दाहाल उत्तिकै दोषी देखिने अवस्था रहेका कारण पनि त्यसलाई टुंग्याउन देउवासँगको सहकार्यलाई माओवादी केन्द्रले उपयुक्त ठानेको हो । सशस्त्र द्वन्द्वकालीन मुद्दा उठ्न सक्ने खतरा महसुस गरेर नै दाहालले गत असार ७ गते अस्ट्रेलिया भ्रमण अन्तिम समयमा आएर रद्द गरेका थिए ।

अनकन्टार जंगलमा हिँडेर अमेरिका पुग्दा…

पिताम्बर सिग्देल

२०७० साल असार १३ गते बिहीबार । बौद्ध स्तूपा पछाडिको पुरानो घरको टिनको छाना असारे झरीले चुटिरहेको थियो । भुइँतल्लामा सुतेका ताप्लेजुङ पापुङका प्रेम निदाउन सकेका थिएनन् । दुःख, सुख गरेर जीवन बिताइरहेका उनलाई अमेरिका जाने भूत सवार भएको महिनौं बितिसकेको थियो । सँगैका साथी गाउँमा धान रोप्न धमाधम भइरहेका बेला उनी भने अमेरिकी सपनामात्रै देखिरहेका थिए । सपनासँगै निदाएका प्रेम अर्को दिन गैरकानुनी रूपमा लुकेर अमेरिका जाँदै थिए ।

अमेरिका पुर्‌याउँछु भन्ने दलालकै सल्लाहमा अर्को दिन उनी दिउँसो त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल पुगे । पहिलोपटक विदेश यात्रा, त्यो पनि गैरकानुनी । विमानस्थल छिर्दा प्रेम निरास थिए । विमानको पछाडिपट्टि झ्यालमा बसेर काठमाडौंमाथि उड्दै गर्दा उनले श्रीमती र दूधेबालकलाई सम्झिए । ‘खोइ के भो के भो झ्यालतिर फर्केर अचानक रुन मन लाग्यो, हातले अनुहार छोपेर रोएँ,’ गत महिना न्युयोर्कमा भेटिएका प्रेमले त्यो असारे कथा सुनाए ।

दलालले उनलाई थाइल्यान्ड जाने भिसा थमाइदिएको थियो । भनिएको थियो– ‘थाइल्यान्ड बस्दै गर्नू, अमेरिका जाने चाँजोपाँचो विस्तारै मिल्दै जान्छ ।’ थाइल्यान्ड पुगेका प्रेम एक महिना त्यहीँ बसे । अब त्यहाँबाट सिंगापुर हँदै दक्षिण अफ्रिका पुग्ने तालिका दलालले दिए । बिहानै उनी सिंगापुर लागे । सिंगापुर अध्यागमनले उनलाई दर्जनौं प्रश्न सोध्यो । प्रेमले सम्झिए, ‘धन्य नेपालीलाई अनअराइभल भिसा दिने भएकोले मलाई पनि दियो, अध्यागमनका धेरै प्रश्नको उत्तर मसँग थिएन ।’

सिंगापुरको पाँच घन्टा ट्रान्जिटपछि दक्षिण अफ्रिकाका लागि उडे उनी । दक्षिण अफ्रिकामा १८ घन्टा ट्रान्जिटपछि सान पाउलो, ब्राजिल पुग्नु थियो । दलालको योजनाअनुसार नै उनी ब्राजिल पुगे । ब्राजिल पुग्दासम्म उनी नेपाली राहदानीवाहक प्रेम थिए । तर, त्यहाँ पुगेपछि उनको परिचय बदलियो । दलालले नाम फेरिदिए । धेरै नबोल्न निर्देशन दिए ।

निर्देशनअनुसार, ब्राजिलमा अनअराइभल भिसा किनेर त्यहाँबाट बाहिरिनुपर्ने थियो र क्युवाको यात्रा तय गर्नुथियो । दलालले दक्षिण अफ्रिका पुगेपछि नै भनेको थियो, ‘तिमीहरूको प्लेन यात्रा यही नै अन्तिम हो ।’ ब्राजिल पुग्दा पेम्बासँगै अरू आठ नेपाली पनि जम्मा भए । मुखामुख भयो, कुराकानी भयो । सबैको उद्देश्य एउटै थियो– मिसन अमेरिका ।

विमानस्थलबाट बाहिर जानु त चुनौती थियो नै त्योभन्दा महत्त्वपूर्ण कुरा त आफूसँग भएका नेपाली राहदानी र कागजपत्रको व्यवस्थापन गर्नु थियो । निर्देशकले भनेझैं, विमानस्थलभित्रै प्रेमले आफ्नो राहदानी, चालक अनुमतिपत्र, नागरिकता, केही फोटोकपीसहितको झोला फोहोर फाल्ने प्लास्टिकको बाल्टीमा छिराइदिए । ‘आफ्नो परिचय भएका सबै कागज फाल्न मन मानेको थिएन, तर मसँग विकल्प थिएन, कागज भेट्यो भने नेपाल फर्काइदिन्थे,’ प्रेमले खुलाए ।

ब्राजिलियनको भीडमा जसोतसो पसेर प्रेम र उनका साथी आठ घन्टापछि मात्रै विमानस्थलबाट बाहिरिए । दलालसँग सम्पर्क भइसकेको थियो । आठ जनाको समूहले एकअर्कालाई नचिनेझैं गर्नुपर्ने थियो । दलालले भनेका थिए, ‘एक अर्कालाई नचिनेजस्तो गर्नू ।’ उनीहरूले त्यसै गरे । दलालले ब्राजिलमा बस्ने ठेगाना दिएको थियो ।

प्रेम र उनको टोली ठेगाना पछ्याउँदै भाडामा लिएको बन्द कोठामा पुगे । बाहिर निस्कन बन्देज थियो । ‘निस्किए पक्राउ परिन्छ, भित्रै बस्नु भनेकोले हामी महिना दिनभन्दा बढी कोठामै बस्यौं,’ पेम्बाजस्तै गरी अमेरिका पुगेकी लमजुङकी कान्छी गुरुङले भनिन् । न्युयोर्कको ज्याक्सन हाइटको नेपाली मःम पसलमा गफ गरिरहेका बेला कान्छी दोहोर्‌याउँथिन्, ‘पैसा दियो भने खान पाइन्थ्यो नत्र भोकै । धेरै नेपालीलाई भोकभोकै भेटेकी थिएँ ।’

धेरै नेपाली ब्राजिल पुगेपछि पक्राउ पर्ने तथा पैसा सकिएपछि सडकमै सुत्ने गरेका घटना पनि उनीहरूले सुनाए । नेपालीलाई गैरकानुनी बाटोबाट अमेरिका पुर्‌याउने दलालको भीडमा नेपालीहरू नै थिए । प्रेमलाई पनि नेपाली दलालले नै निर्देशन दिइरहेको थियो । तर, आक्कलझुक्कलबाहेक दलालसँग भेट हुँदैनथ्यो, सबै काम फोनकै भरमा हुन्थ्यो ।

एक महिनाको ब्राजिल बसाइपछि दक्षिण अमेरिकी देश बोलिभिया जानुपर्ने निधो भयो । मध्यरातमा ब्राजिल छोडेका प्रेमहरूको समूह जंगलको अप्ठ्यारो बाटो हुँदै तीन दिनसम्म बसमा गुड्यो । भाषा नबुझिने र ठाउँ पनि नचिनिने । ठाउँठाउँमा प्रहरी चेक पोस्ट देख्दा उनीहरूको सातोपुत्लो उड्थ्यो । हातमा टिकट थमाइदिएपछि दलालले पठाएका मान्छेको पनि नाकमुख देखिँदैनथ्यो ।

ब्राजिल र बोलिभियाको सीमामा प्रहरी चौकी अघिल्तिर उनीहरू बसबाट ओर्ले । त्यो पार गर्न सजिलो थिएन । बन्दुक ताकेर बसेका सेना देख्दा होस–हवास उड्थ्यो । सीमा पार गरी त्यहाँ रोकिएका ट्याक्सी चढ्नुपर्ने निर्देशन थियो । तर, उनीहरूले सीमा पार गर्नै सकेनन् । ओहोर–दोहोर गरिरहँदा एक वृद्धले आएर सोधे– आर यु नेप्लिज् ? यति सुनेपछि प्रेमको समूहका एकजना अत्तालिँदै वृद्धको अगाडि पुगे र भने– ‘यस यस’ । बूढाले प्रतिव्यक्ति एक सय डलर मागे । डलर हात परेपछि हात समातेर सीमा कटाइदिए ।

बोलिभिया पुगेपछि नेपाली समूहलाई अर्को आपत् आइलाग्यो । दलालले भन्यो, ‘अब प्रत्येकले एक हजार डलर दिएमात्रै अघि बढ्न पाइन्छ ।’ त्यहाँ पुग्दा खर्च सकिन लागिसकेको थियो । ‘अब पैसा दिएनौ भने यही बस’, दलालले निकै रुखो बोले । अरूलेजस्तै उनले पनि नेपालमा फोन गरे र भने, ‘भरे पैसा लिन मान्छे आउँछ उसलाई एक हजार डलर दिनू ।’ नेपालको दलालले पैसा पाएको जानकारी बोलिभिया पुगेपछि मात्रै उनीहरूलाई त्यहाँबाट मुक्त गरिन्थ्यो । पेम्बासहितको टोली दुई दिनपछि मात्रै मुक्त भयो ।
महिना र गते सम्झनामा छैन । प्रेम यत्ति सम्झन्छन्, बोलिभिया छोड्ने योजना बनाउँदा रातिको ९ बजेको थियो । १५ मिनेट ट्याक्सी चढाएर बस भएको ठाउँमा दलालसँगै नेपाली टोली पुग्यो । तर यो यात्रा भने अत्यन्तै जोखिम र कष्टप्रद थियो । बसभित्र लुकेर यात्रा गर्नुपर्ने । चालकको पछाडि बनाइएको सानो कोठामा आठजना कोचिएर बसे । खुट्टा सीधा पार्नै नपाइने, ढाड क्रक्रक्क पारेर बस्नुपर्ने हल्लिनै नमिल्ने स्पेस ।

नौ घन्टा त्यसरी यात्रा गर्दा उनीहरू बिरामी भइसकेका थिए । प्रेमसँगै गएका अर्का प्रेम नामका बागलुङका साथी बसभित्रै बेहोस भए । पानी छ्यापेर होसमा ल्याए । बाहिर निस्कने विकल्प थिएन । ठाउँठाउँमा प्रहरी आएर जाँच गरेको भित्रबाट उनीहरू थाहा पाइरहेका हुन्थे तर बोल्न वा कुनै प्रतिक्रिया जनाउन पाइँदैनथ्यो ।

‘नौ घन्टापछि लापाज पुग्दा हामी बोल्नै नसक्ने भएका थियौं । सबै बिरामीजस्ता । शरीर चलाउनै नमिल्ने’, प्रेमले त्यो कठिन यात्रा सम्झिए, ‘बसबाट ओर्लेपछि फेरि अर्को बसमा चढ्नुथियो, आरामको त कुरै नगरौं ।’

सार्वजनिक बस चढेपछि भने दलाल पनि सँगै थिए । आठ नेपालीलाई बसका विभिन्न सिटमा मिलाएर राखिएको थियो । प्रेम बसको अगाडिको सिटमा थिए । लापास पुगेर एक महिना त्यहीँ बसे । यसबीचमा दलालले फेरि पैसा माग्न थाले ।

अनकन्टार जंगलबीचको बस्तीमा बसेको टोलीलाई पैसा नदिए फर्काइदिने धम्की दिन थालेपछि नेपालमा फोन गरेर फेरि पैसाको जोहो गरे । यो बेलासम्ममा २२ जना नेपाली जम्मा भइसकेका थिए । बागलुङदेखि ताप्लेजुङसम्म, पोखरादेखि भैरहवासम्मका नेपाली सबैको व्यथा उस्तै थियो लक्ष्य पनि उही– मिसन अमेरिका ।

पैसा पाएपछिको सूची थियो– पेरुको यात्रा । राति ८ बजे १८ नेपाली हालेर दुई भ्यान पेरुका लागि गुड्यो । बाँकीको अमेरिका यात्रा झनै चुनौतीपूर्ण हँदै थियो । बिहानै पहाडको बाटोको यात्रा । पेरुको राजधानी लिमा पुग्न तीन दिन लाग्यो । त्यहाँबाट उनीहरू इक्वेडरका लागि बस चढे । प्रेम अब टोनीमा रूपान्तरित भइसकेका थिए । उनका साथी सोनाम डेभिड ।

भ्यान चढ्नुअघि नै दलालले बीचबाटोमा स्पिड भ्यानबाट खोलामा हामफाल्ने निर्देशन दिएका थिए । यो निर्देशन पूरै फिल्मी लाग्थ्यो तर उनीहरूले त यसलाई रिल होइन रियल लाइफमै झेल्नुथियो ।

राति साढे ९ बजे तीव्र गतिमा हुइँकिएको भ्यान ठूलाठूला ट्रकहरूको बीचमा पस्यो । अगाडि बस्ने दलालले निर्देशन दिए, ‘एकदुई तीन भनेपछि एकसाथ भ्यानबाट हामफाल्ने ।’ प्रेमले बायाँतिर हेरे । खोला गहिरो थियो । अगाडि टर्चलाइट बालेका प्रहरी र बन्दुक बोकेका सेना तैनाथ थिए । एउटा भ्यानमा भएका आठ नेपालीले सल्लाह गरे र भ्यानको ढोका पछाडि ठेले । टायर चुइकाउँदै भ्यान फेरि तीव्र गतिमा हुइँकियो । १, २, ३ । आठ नेपाली गल्र्याम्गुर्लुम्म हामफाले ।

उताबाट गोली चल्यो । राति खोलाको किनारमा कसलाई गोली लाग्यो उनीहरूलाई थाहा भएन । कसैको हात भाँच्चियो, खुट्टामा चोट लाग्यो, चिउँडो ठोक्कियो । हत्तपत्त उठेर धुलो टक्टक्याउनै नपाई गहिरो खोलाको किनारमा तयार डुंगा चढेर पाँच मिनेट पनि नबित्दै खोलापारि पुग्यो । त्यतिबेला उनीहरू इक्वेडरको भूमिमा थिए । बागलुङका घाइते साथीको घरेलु उपचार गरेर फेरि उनीहरू अघि बढे ।

दलालले उनीहरूलाई इक्वेडरको एक दुर्गन्धित बस्तीमा पुर्‌याए । एउटा सुकुमवासी बस्ती निकै दुर्गन्धित थियो । ‘मेरो गाउँभन्दा सयौं गुणा बढी फोहोरी र पिछडिएको,’ प्रेमले पापुङसँग तुलना गरे । उनीसहितको समूह त्यहाँ १५ दिन बस्नुपर्ने थियो । दलालले फेरि पैसा माग्यो । गन्हाउने सानो घरबाटै नेपालमा फोनबाटै पैसाको जोहो गरेपछि अघि बढ्ने बाटो खुल्यो । प्रेमले अमेरिका यात्रा तय गर्नुअघि नै आफन्तसँग ब्याजमा सापटीको व्यवस्था गरेका थिए । ‘अमेरिका जाने भनेपछि पैसा दिन डराउँदैनन्’, प्रेमले सम्झिए ।

अब इक्वेडरबाट कोलम्बियाको यात्रा ट्रकमा थियो । काठमाडौंबाट बाह्रबिसेसम्म चल्नेजस्ता ठूला ट्रकभित्र बसेर दिनभरि यात्रा गर्नुपर्ने थियो । माथि त्रिपालले छोपेको ट्रकमा कोलम्बियाका लागि हिँड्दा फेरि २२ जनाको समूह जम्मा भएको थियो । पेम्बाका अनुसार नेपालीबाहेक पाकिस्तानी, बंगाली पनि मिसिन आइसकेका थिए ।

गर्मी मौसममा त्रिपालले ढाकेको हावा नछिर्ने ट्रक भित्र गर्मीले पाक्ने अवस्था थियो । ‘कतैबाट हावा पनि नचल्ने, उभिएर यात्रा गर्नुपर्ने ५० डिग्री तापक्रम जस्तो गर्मी थियो’, प्रेमले ट्रक यात्रा सुनाए । केही घन्टाको यात्रापछि ग्यारेजमा गएर ट्रक रोकियो । माथिबाट पानी हालेर ट्रक धुन थाले । प्रेम र साथीहरू भित्र टाउको लुकाएर कुनातिर पसे ।

दलालले बाहिर ननिस्कन आदेश दिएको थियो । दिसा–पिसाबका लागि ट्रकभित्रै बीचमा प्वाल बनाइएको थियो । त्यहीँ सबैले दिसापिसाब गर्नपथ्र्यो । ‘प्वालमै दिसापिसाब गर्दै दिनभरि त्यहीं बितायौं,’ प्रेमले भने, ‘त्रिपाल तात्तियो, निस्सासिएरै बसियो । प्रहरी आए ट्रकभित्रै पालमा लुक्ने ठाउँ पनि थियो’, साँझमा ट्रकबाटै उनीहरूको कोलम्बियाका लागि आठघन्टे अर्को यात्रा सुरु भयो । कति गते, के बार थियो थाहा थिएन । तर, नेपालबाट हिँडेको तीन महिनाभन्दा बढी भइसकेको थियो ।

कोलम्बिया सीमा पुगेपछि उनीहरूलाई लिन अर्को ट्रक आयो । त्यही ट्रकमा सीमा कटेपछि भीआर बाइक र आठ दस ट्याक्सी आइपुगे । कोलम्बियाको ‘काली बुनाभेन्तुरा’ पुगेपछि उनीहरूको यात्रा दक्षिण प्रशान्त महासागरतिर सोझियो । त्यतिबेलासम्म नेपालीसहित स्पेनिस, बंगाली, भारतीय, श्रीलंकन, ब्राजिलयन थुप्रै जम्मा भइसकेका थिए । नेपालीका लागि दुईवटा डुंगा थिए । एउटा अघि लाग्यो ।

प्रेमहरू चढेको डुंगाले अघिल्लोलाई पछ्याउनुपर्ने थियो । तर, सिकारु केटाले चलाएको डुंगा बाटैमा हरायो । ‘मध्यरात भइसकेको थियो, समुद्रको बीचमा हरायौं । कहीँ कतै कसैको संकेत थिएन’, प्रेमले कहालीलाग्दो रात सम्झिए, ‘अचानक पानी पर्न थाल्यो, हावाहुरी आउन आउन थाल्यो, हामी अत्तालियौं । पानीले डुंगा नै कोल्टियो, डुंगामै भएका साना बाल्टीले पानी निकाल्दै फाल्न थाल्यौं । तर हाम्रो बाटो हराइसकेको थियो ।’ त्यही बाटो हँदै अमेरिका पुगेकी कान्छीले थपिन्, ‘समुद्रको नुनिलो पानी बेलाबेला मुखमा आउँथ्यो, पानी नै पानी, के गर्ने कसो त्यो समुद्रमा बहुलाएजस्तै भयो ।’

नौ घन्टा समुद्रमै हराएपछि एउटा टापु नजिक उनीहरूको डुंगा पुग्यो । दुईवटा इन्जिन भएको डुंगाको एउटा इन्जिन बिग्रिसकेको थियो । उज्यालो भएपछि फेरि बाटो खोज्न थाले तर सकेनन् । केही घन्टाको यात्रापछि फोन लाग्ने ठाउँमा उनीहरू पुगे र हराएको सूचना डुंगा चलाउनेले आफ्ना साथीलाई दिए । सहयोगका लागि अर्को डुंगा आयो । डुंगामा पेप्सी र कुखुराको मासु पनि थियो । ‘हामीलाई त देउतै आएजस्तो लाग्यो, कुखराको सांप्रा र पेप्सी मज्जाले खाइयो,’ त्यही समूहमा भएका सोलुखुम्बुका दावाले सम्झिए ।

Source:annapurnapost.com

देउवा–प्रचण्ड सम्बन्ध : मर्ने–मार्नेदेखि सत्ता सहयोगीसम्म

काठमाडौं,साउन १ । काठमाडौं–नेपाली राजनीतिमा तत्काल निर्णय लिन सक्ने नेताका रूपमा कांग्रेस सभापति शेरबहादुर देउवा र नेकपा माओवादी केन्द्रका अध्यक्ष प्रचण्डलाई चिनिन्छ । त्यस्तै निर्णय गर्न सक्ने क्षमताले अहिले दुई नेतालाई एकठाउँमा उभ्याएको छ । माओवादी जनयुद्धको सुरुवात देउवा प्रधानमन्त्री हुँदा भएको थियो, जसको नेतृत्व प्रचण्डले गरेका थिए । २१ वर्षे यो समयावधिमा देउवा–प्रचण्डबीचको सम्बन्धमा निकै उतार–चढाव आएको देखिन्छ ।

कांग्रेस सभापति शेरबहादुर देउवा र नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड दुवै आँटिला नेतामा पर्छन् । नेपाली राजनीतिमा कुनै पनि निर्णय तत्काल लिन सक्ने नेताका रूपमा दुवैलाई चिनिन्छ । पछि पर्न सक्ने प्रभावका विषयमा कुनै लेखाजोखा नगरी निर्णय लिन दुवै खप्पिस छन् । जोखिम मोलेरै भए पनि आफूलाई लागेको कुरामा ‘बोल्ड डिसिजन’ लिन सक्ने नेताका रूपमा चिन्छन्, दुवै पार्टीका नेताहरू देउवा–प्रचण्डलाई ।

प्रचण्ड आफूलाई लागेको विषयमा प्रस्ट खुलेर कुरा गर्न रुचाउँछन्, तर देउवा अलिक ‘रिजर्भ’ बस्न रुचाउने नेता हुन् । सञ्चारकर्मीहरूसँग प्रस्तुत हुँदा देउवा आफू त्यत्ति नजानेजस्तो गरी अरूका कुरा बढी सुन्न र जान्न रुचाउँछन् । तर, प्रचण्ड भने आफ्ना कुरा बढी जानकारी दिन चाहन्छन् । सुरुमा काम गर्ने, तर त्यसको नतिजा पछि नराम्रो आए त्यही वेला पछुताउने खालको शैलीमा दुवैमा समानता देखिन्छ ।

यी दुई नेताको विगत कटुता र शत्रुतापूर्ण भए पनि राजनीतिक सम्बन्ध र यिनीहरूले राख्ने र विचार भने केही हदसम्म मिल्छन् । ‘प्रचण्डमा कुरा राखेर बुझाउन खोज्दा चाँडै कन्भिन्स हुने स्वभाव छ । कहिलेकाहीँ पोजिसन फेर्ने स्वभाव छ, तर अप्ठ्यारो र रिजिड होइन,’ कांग्रेस केन्द्रीय सदस्य डा. प्रकाशशरण महत भन्छन्, ‘तर, धेरै अप्ठ्यारो नेता होइन । अरूका कुरामा चित्त बुझ्दा आफ्नो कुरा हुनैपर्छ भन्ने पनि छैन । देउवाजी पनि मिलाएर जाऊँ, मैले जे भनेँ त्यही हुनुपर्छ नभनी अडानबाट फेरिने नेता हुनुहुन्छ ।’ आजको नयाँ पत्रिका दैनिकमा खबर छ ।

टर्कीको स्थिति नियन्त्रण बाहिर,६० को मृत्यु,१५ सय ६३ बागी सैनिक पक्राउ

टर्की,साउन १ । टर्कीमा सैनिक ‘कू’ को प्रयासपछि स्थिति नियन्त्रण लिन भएको झडपमा परि ६० जना भन्दा बढिको ज्यान गएको छ । विभिन्न ठाउँमा भएको आक्रमणमा परि १७ प्रहरीसहित ६० जना भन्दा बढीको मृत्यु भएको हो मारिनेमा अधिकांश सर्वसाधारण नागरिक छन् । कुमा संलग्न एक हजार पाँच सय ६३ जना सैनिक पक्राउ परेका छन् ।

राष्ट्रपति रिसेप टाइप एर्डोगानप्रति बफादार सुरक्षाकर्मीले कुमा संलग्न सैनिकलाई पक्राउ गर्न सुरु गरेको हो । पक्राउ पर्नेमा २९ जना कर्नेल र पाँच जर्नेल गरी ३४ जना सैनिक अधिकृत छन् । शुक्रबार बेलुका सेनाले कु गरेपछि भएको झडपको क्रममा कम्तिमा ६० जनाको ज्यान गएको छ । ज्यान जानेमा अधिकांश सर्वसाधारण नागरिक छन् ।

सैनिक ‘कू’को प्रयास हुँदा कोस्टल सहरा मारमारिसमा रहेका राष्ट्रपति इस्तानबुल आएका थिए । उनी हिडेको केही समयपछि नै विद्रोहीहरुले उनी बसेको ठाउँमा विस्फोट गराएका थिए ।

स्थानिय समय अनुसार शुक्रबार राति सुरु भएको ‘कू’ को प्रयास शनिबार बिहानसम्म पनि जारी नै रहेको छ । इस्तानबुल र अंकाराका विभिन्न ठाउँमा भिडन्त भइरहेको अन्तर्राष्ट्रिय समाचार एजेन्सीहरुले जनाएका छन् ।

बीबीसी, सीएनएन, अलजजिरा लगायतका टेलिभिजनहरुले टर्कीको घटनाको प्रत्यक्ष प्रशारण देखाइरहेका छन् । टर्कीका सरकारी अधिकारीहरुले भने ‘कू’ प्रयास विफल भइसकेको दाबी गरेका छन् ।

Friday, July 15, 2016

लोक सेवा आयोगको कुन पदको परीक्षा कहिले ? हेर्नुहोस तालिका

काठमाडौं,साउन १ । लोक सेवा आयोगले आर्थिक वर्ष २०७३/७४ को लागि नयाँ कार्यतालिका प्रकाशित गरेको छ । साउन १ गतेदेखि लागूहुने गरि स्वीकृत सम्बन्धी वार्षिक कार्य तालिका सार्वजनिक गरेको हो । सार्वजनिक तालिकामा कुन परिक्षा कहिले हुने उल्लेख गरिएको छ ।

Loksewa aayog calendar one

त्रिभुवन विश्वविद्यालयले आफ्नै इतिहास र सम्पत्ति खोज्न समिति बनायो

काठमाडौं,साउन १ । नेपालको पहिलो विश्वविद्यालय त्रिभुवन विश्वविद्यालयले आफ्नै इतिहास र सम्पत्ति खोज्न समिति बनाएको छ । इतिहास केन्द्रीय विभागका प्राध्यापक डा. भवेश्वर पंगेनीको संयोजकत्वमा त्रिविले समिति बनाएको हो । असार मसान्तसम्ममा प्रतिवेदन दिने गरी गठन गरेको पाँच सदस्यीय कमिटी अहिले त्यत्ति सक्रिय छैन । कमिटीका संयोजक पंगेनी भन्छन्, ‘विगत दुई महिनादेखि कीर्तिपुरमा त्रिभुवन विश्वविद्यालय खोजिरहेको छु, म हराएको छु ।’अमेरिकाको अरेगन विश्वविद्यालयबाट विज्ञ ल्याएर काम सुरु २०१६ सालमा त्रिपुरेश्वरस्थित हालको वल्र्ड ड्रेड सेन्टरबाट त्रिभुवन विश्ववद्यालयको यात्रा सुरु भएको इतिहास विषयका प्रा.डा पंगेनीले बताए ।

अहिले कसरी विश्वविद्यालय स्थापना भयो, किन कीर्तिपुरमा विश्वविद्यालय आयो भन्ने तथ्यको खोजीमा लागेको उनको भनाइ रहेको अाजको नयाँ पत्रिका दैनिकमा समाचार छ । ‘भिसी अफिस, केन्द्रीय पुस्तकालयमा खोजेको खोज्यै छु, भनेजस्तो रेकर्ड पाएको छैन,’ उनले भने । कमिटीले त्रिविमा स्थापनाको सिद्धान्त के थियो, व्यवहारमा कस्तो रहेको छ भन्ने पनि पत्ता लगाउने प्रयत्न गरेको छ । उनका अनुसार त्रिवि स्थपना गर्न विदेशी प्राध्यापक र विदेशी व्यक्तिहरू ल्याएर काम लगइएको थियो ।

२०१६ सालअघि नै अमेरिकाको अरेगन विश्वविद्यालयबाट विज्ञ ल्याएर काम सुरु गरेका थिए । २०१४ सालतिर इन्डियन एट मिसनबाट सहयोग भएको पाइएको छ ।

‘त्रिभुवन विश्वविद्यालयको सम्पत्ति अथाह, छ तर कति छ भन्न गाह्रो छ,’ यो भनाइ हो त्रिभुवन विश्वविद्यालयका उपकुलपति प्रा।डा तीर्थ खनियाँको । उपकुलपति प्रा.डा.खनियााले त्रिभुवन विश्वविद्यालयको सुरुवात कसरी भयो, अहिलेसम्म आइपुग्दा कस्ता निर्णय भए र अब कसरी अघि बढ्ने भन्ने कुरालाई कमिटीले दिएको सुझाबले सहयोग हुने बताए ।

त्रिवि कसरी आयो र अहिले त्रिविका सम्पत्तिलाई किन अरू विश्वविद्यालय लैजान खोजे, सम्पत्ति कसरी प्राप्त भयो, भौतिक सम्पत्ति कति छ र कसरी संरक्षण गर्ने भन्ने त्रिविको इतिहासमा खोजिने उनले बताए । रानीको पकेट मनीबाट सुरु भएको विश्वविद्यालयको यात्रा खोजिने उनको भनाइ छ ।

Featured Post

माओवादी केन्द्रका तीन मन्त्रीमा महरालाई अर्थ, दुई नयाँ अनुहार

काठमाडौं,साउन २० । माओवादी केन्द्रका अध्यक्ष तथा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड नेतृत्वको सरकारमा पहिलो चरणमा तीन जना मन्त्री पठाउने भ...

Popular Posts