Wednesday, July 27, 2016

सरकारले मिति दिओस्,आयोग चुनाव गर्न तयार छ :प्रमुख आयुक्त डा. यादव

काठमाडौं,साउन १२ । प्रमुख निर्वाचन आयुक्त डा. अयोधिप्रसाद यादवले सरकारले मिति र नीति दिए निर्वाचन आयोग तीन वटै चुनाव गर्न सक्षम रहेको स्पष्ट पारे । बुधबार रिपोर्टर्स क्लब नेपालले आयोजना गरेको विशेष साक्षात्कारमा बोल्दै प्रमुख आयुक्त डा. यादवले भने,‘सरकारले हामीलाई तिथिमिति सहितको नीति दियो भने हामी तीनवटै निर्वाचन सम्पन्न गर्न सक्षम छौं ।’ आयोजित साक्षात्कारमा यादवले लोकतन्त्रलाई बलियो बनाउनका लागि पनि समयमै निर्वाचन गर्नुपर्ने उल्लेख गर्दै भने,‘निर्वाचन आयोग सरकारले दिएको जिम्मेवारी कुशलतापूर्वक सम्पन्न गर्न आँतुर छ, जनताको लोकतन्त्रलाई बलियो बनाउन निर्वाचन साधन हो ।’

यसअघि पनि दुईवटा संविधानसभाको निर्वाचन सफल रुपमा सम्पन्न गरेको उल्लेख गर्दै बहुदलीय प्रतिष्पर्धात्मक संघीय लोकतान्त्रिक गणतन्त्रलाई बलियो बनाउन पनि आवधिक निर्वाचनको आवश्यक रहेको यादवको तर्क थियो । उनले थपे,‘संविधानलाई आधार मानेर ०७४ माघ ७ सम्म तीनवटै निकायको चुनाव सम्पन्न गर्ने जिम्मेवारी छ, हामी यसलाई समयमै सम्पन्न गर्न आतुर छौं, यसको लागि हामीले आवश्यक डा«फ्ट तयार गरिसकेका छौं ।’उनले निर्वाचन आयोगले पछिल्लो समय निर्वाचनमा सक्रिय सहभागिता होस भन्ने उद्देश्यले भोटर एजुकेशन लागु गर्ने तयारीमा लागेको जानकारी दिए । प्रदेशको निर्वाचन सम्पन्न गर्नको लागि सरकारले आवश्यक तर्जुमा गर्नुपर्ने समेत यादवको भनाई थियो ।

No comments:

Post a Comment

Featured Post

माओवादी केन्द्रका तीन मन्त्रीमा महरालाई अर्थ, दुई नयाँ अनुहार

काठमाडौं,साउन २० । माओवादी केन्द्रका अध्यक्ष तथा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड नेतृत्वको सरकारमा पहिलो चरणमा तीन जना मन्त्री पठाउने भ...

Popular Posts