Tuesday, July 19, 2016

क्यानडाको राजधानी अटवामा भानुजयन्ती

जुलाई १७, अटवा । अन्तर्राष्टिय नेपाली साहित्य समाज (अनेसास) क्यानडा, अटवाको आयोजनामा  क्यानडाको राजधानी अटवामा आज आदिकवि भानुभक्त आचार्यको २०३औं जन्मजयन्तीको अवसर पारेर एक साहित्यिक कार्यक्रम सम्पन्न भयो ।

साहित्यिक कार्यक्रममा साहित्यकार र साहित्यानुरागीहरूको उपस्थितिमा क्यानडाका लागि नेपाली राजदूत कालिप्रसाद पोखरेलले पानसमा दीप प्रज्वलन तथा भानुको तस्वीरमा माल्यार्पण गरी शुभारम्भ भएको थियो भने अनेसास अटवाका सल्लाहकार एवं एन. सि. ए. ओ. का प्रतिनिधी डा. कृष्णहरि गौतम, एन. आर. एन. क्यानडाका उपाध्यक्ष सुरेन उप्रेती, लगायतले आदिकवि भानुभक्तको तश्विरमा अविर अर्पण गर्नु भएको थियो ।

अनेसास क्यानडा अटवाका कोषाध्यक्ष नविन सुवेदीको स्वागत मन्तव्यबाट अघि बढेको कार्यक्रममा समाजका पूर्व अध्यक्ष डा. गोविन्द दाहालले आदिकवि भानुभक्त आचार्यले नेपाली भाषा र साहित्यको विकासमा पुर्याएको योगदानको चर्चा गर्नुभएको थियो । कार्यक्रममा स्थानीय साहित्यकारहरु कमल कोईराला, सुरेन उप्रेती, नविन सुवेदी, अनुप प्रधानाङ्ग, तारा उप्रेती, कमला पोखरेल, अनिल पौडेल लगायत साना विद्यार्थी आरोह उप्रेती र आदित्य कोईरालाले समसामयिक विषय तथा भानुभक्तको बारेमा आ आफ्ना कविता बाचन गरेर सुनाउनु भएको थियो । कार्यक्रममा रेस्मा दाहालले १८ औं सताब्दीको भानुभक्तिय समाज, साहित्य र तत्कालिन विष्व साहित्यको बारेमा प्रकास पार्नुभयो ।

समाजका अध्यक्ष कमल कोईरालाको सभापतित्वमा सम्पन्न कार्यक्रममा प्रमुख अतिथी राजदूत पोखरेलले विदेशबाट पनि नेपाली भाषा र साहित्यको विकासका लागि अनेसास क्यानडाले पुर्याएको योगदानको प्रशंसा गर्नुहुँदै नेपाली भाषा र साहित्यको अध्ययन र यसलाई विष्वसामु परिचित गराउन परदेशमा बसोबास गर्ने दोश्रो पुस्तालाई प्रोत्साहन गर्नुपर्ने बताउनुभयो ।

महासचिव

अनेसास क्यानडा, अटवा

No comments:

Post a Comment

Featured Post

माओवादी केन्द्रका तीन मन्त्रीमा महरालाई अर्थ, दुई नयाँ अनुहार

काठमाडौं,साउन २० । माओवादी केन्द्रका अध्यक्ष तथा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड नेतृत्वको सरकारमा पहिलो चरणमा तीन जना मन्त्री पठाउने भ...

Popular Posts