Wednesday, July 20, 2016

संसदमा आज के होला ? अविश्वासको प्रस्तावबिरुद्ध उत्रने एमालेको तयारी

काठमाडौं,साउन ६ । एमालेले बजेटआश्रित विधेयक पन्छाएर संसदमा अविश्वास प्रस्तावमाथि छलफल गर्न नमिल्ने निष्कर्ष निकालेको छ । बुधबार बसेको संसदीय दलको बैठकले सभामुखले ‘जबर्जस्ती’ अविश्वास प्रस्ताव अघि बढाए संसद् बैठक अवरोध गर्ने निर्णय गरेको छ । सदनमा बजेटसँग सम्बन्धित राष्ट्र ऋण उठाउने, ऋण तथा जमानत संशोधन र आर्थिक विधेयक पारित हुन बाँकी छन् ।

आजको नयाँ पत्रिका दैनिकमा खबर छ – ‘बैठक सुरु हुनासाथ बजेटआश्रित विधेयकको कार्यसूची ल्याउन आग्रह गर्छौँ, ल्याइएन भने डटेर मुकाबिला गर्दै सदन अवरुद्ध गर्ने निर्णय भएको छ,’ सभासद् जनार्दन ढकालले भने, ‘अविश्वास प्रस्तावअगावै बजेटआश्रित विधेयक दर्ता भएकाले प्रचलित संसदीय अभ्यास र नियमअनुसार छलफलका प्रक्रिया अघि बढ्नुपर्छ भन्ने हाम्रो मान्यता हो ।’

बजेटसँग आश्रित तीन विधेयक २९ असारमा पारित गर्ने तय भएको, तर सभामुखले संविधान र प्रचलित नजिरविपरीत हटाएको एमालेको आरोप छ । सभामुखले आफ्नो त्रुटि सच्याउनुपर्ने एमालेको अडान छ ।

No comments:

Post a Comment

Featured Post

माओवादी केन्द्रका तीन मन्त्रीमा महरालाई अर्थ, दुई नयाँ अनुहार

काठमाडौं,साउन २० । माओवादी केन्द्रका अध्यक्ष तथा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड नेतृत्वको सरकारमा पहिलो चरणमा तीन जना मन्त्री पठाउने भ...

Popular Posts