Thursday, July 21, 2016

पौंडेलको प्रस्तावले राजनितीमा नयाँ तरंग, यी हुन् चार प्रस्ताव

काठमाडौं,साउन ७ । कांग्रेस बरिष्ठ नेता रामचन्द्र पौडेलले एमाले र कांग्रेस-माआवादी केन्द्रवीच अविश्वासको प्रस्ताव पहिले कि आश्रित विधेयक कुन पहिले अघि बढाउने भन्नेमा विवाद भएर संसद बैठक चल्न नसकिरहेका बेला नयाँ प्रस्ताव गरेका छन्। उनी वर्तमान समस्या समाधानका लागि चार नयाँ प्रस्ताव ल्याएका छन्। उनको प्रस्तावले नयाँ तरंग समेत ल्याएको छ। नयाँ पत्रिका दैनिकमा समाचार छ।

यी हुन् पौंडेलका चार प्रस्ताव

१. बजेटआश्रित विधेयक पारित गराउने
संसदमा १५ जेठमा आर्थिक वर्ष ०७३/७४ को बजेट पेस भएको थियो। विनियोजन विधेयक सदनबाट पारित भएको छ। बजेटआश्रित राष्ट्र ऋण उठाउने विधेयक, ऋण तथा जमानत विधेयक र आर्थिक विधेयक सदनबाट पारित हुन बाँकी छ। यी तीन विधेयक पहिलो चरणमा पारित गराउने प्रस्ताव छ।

२. अविश्वास प्रस्ताव फिर्ता लिने
दोस्रो चरणमा प्रधानमन्त्री केपी ओलीविरुद्धको अविश्वास प्रस्ताव फिर्ता लिने विकल्प छ। कांग्रेस, माओवादी केन्द्र र नेकपा संयुक्तले संसद्मा २९ असारमा ओलीविरुद्ध अविश्वास प्रस्ताव दर्ता गरेका थिए।

३. प्रधानमन्त्रीले तत्काल राजीनामा दिने बजेट
आश्रित विधेयक पारित र अविश्वास प्रस्ताव फिर्ता भएपछि तेस्रो चरणमा अल्पमतमा परिसकेका प्रधानमन्त्री केपी ओलीले राजीनामा दिने प्रस्ताव गरिएको छ।

४. नयाँ सरकार गठन प्रक्रिया सुरु गर्ने
प्रधानमन्त्री ओलीले राजीनामा दिएसँगै नयाँ सरकारको निर्वाचन प्रक्रिया पनि एकसाथ अगाडि बढाउने प्रस्ताव छ। प्याकेज सहमतिअनुसार सरकार गठन र संविधान कार्यान्वयनमा एमालेले पनि सहयोग गर्नुपर्ने पौडेलको प्रस्ताव छ।

No comments:

Post a Comment

Featured Post

माओवादी केन्द्रका तीन मन्त्रीमा महरालाई अर्थ, दुई नयाँ अनुहार

काठमाडौं,साउन २० । माओवादी केन्द्रका अध्यक्ष तथा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड नेतृत्वको सरकारमा पहिलो चरणमा तीन जना मन्त्री पठाउने भ...

Popular Posts