Thursday, March 31, 2016

गुण्डा नाइके राजु गोर्खाली समूहको कब्जामा सञ्चय कोषको भवन

काठमाडौं,चैत १९ । राजधानीको मुटु सुन्धारामा रहेको कर्मचारी सञ्चय कोषको भबन गुण्डा नाइके राजु गोर्खाली समूहले कब्जा गरेको छ । सुन्धारास्थित सञ्चय कोषको व्यापारीक भबन ‘काठमाडौं मल’ मा गुण्डा नाइके गोर्खाली समूहले टेण्डर हाल्दा सबैभन्दा बढी बिड गरी कब्जा गर्न सफल भएको हो । सञ्चय कोषले मासिक ९६ लाख न्यूनतम मूल्य राखी बोलपत्रको आव्हान गरेको थियो । गत शुक्रवार ११ वटा फर्मले टेण्डर बिड गरेका थिए ।

जसमा गोर्खाली समूहले आफ्नो दुई वटा फर्म दर्ता गर्दै सूर्यदिप ग्रुपको नामबाट सबैभन्दा बढि ३ करोड १७ लाख मासिक बुझाउने कबोल गरी टेण्डर हालेर मल हात पार्न सफल भएका हो । गोर्खाली समूहले टेण्डर पारेपछि काठमाडौं मलका व्यापारीहरु त्रसित बनेका छन् । गोर्खाली समूहले सूर्यदिप र्फमबाट ३ करोेड १७ लाख र दोस्रो शिवलक्ष्मी कोजु फर्मबाट २ करोड ७१ लाख मासिक बुझाउने शर्तमा टेण्डर हालेको थियो ।

तर, पहिलो र दोस्रो दुबै छाडेर गोर्खाली समूहले मासिक १ करोड ५१ लाख कबोल भएकोे तेस्रो फर्म सूर्य बिनायक हाउजिङबाट सम्झौंता गर्ने योजना समेत बनाएको खुलेको छ । अन्य फमहरुले भने धेरै कम मूल्यमा टेण्डर हालेका थिए । गोर्खाली समूहले पहिलो र दोस्रो फर्म छाडेर १ करोेड ५१ लाख मूल्यमा टेण्डर हालेको सुर्य बिनायक हाउजिङबाट सञ्चय कोषसँग सम्झौंता गर्र्ने तयारी गरेको मल स्रोत बताउँछ । मासिक डेढ करोड फरक पर्ने भएपछि योजनाबद्ध तरिकाबाट गोर्खाली समूहले दुईवटै फर्मको ५७ लाख बैंक ग्यारेन्टी जोखिममा राखेर १ करोड ५० लाखमा सम्झौंता गरी सञ्चय कोषलाई बार्षिक २५ करोड घाटा पु-याउने खेलमा लागेको छ ।

स्रोतका अनुसार उक्त तेस्रो फर्म कानून बमोजिम दर्ता नभएका कारण रद्ध हुने तयारीमा छ । सो फर्ममा टेण्डर बिड गर्ने संस्थाको छाप र हस्ताक्षार समेत गरिएको छैन । उक्त फर्म यसअघि काठमाडौं मल भाडामा लिने पम्पी राणा समूहकै हो । राणा कोषको कालो सूचिमा छन् । तेस्रो फर्मबाट काम गर्न गोर्खाली समूह अहिले राजनीतिक र प्रशासनिक लबिङ लागेर मल हत्याउने षड्यन्त्रमा जुटेको छ । गोर्खाली ८ महिना पछि अबकास पाउन लागेका नेपाल प्रहरीका एआईजी विज्ञानराज शर्मासँग बेला बेलामा जोडिने गर्दछन् ।

स्रोतका अनुसार एआईजी शर्माले गोर्खालीलाई संरक्षण दिएका कारण गोर्खाली प्रहरी फन्दामा पर्न सकेका छैनन् । तीन करोड १७ लाखमा उक्त टेण्डर सम्झौंता गर्नलाई तत्काल गोर्खाली समूहलाई तिन महिनाको भाडा ९ करोड ५१ लाख र एक बर्षको बैंक ग्यारेन्टी ३८ करोड गरेर लगभग ५० करोडको जोहो गर्नु पर्ने सञ्चयकोषका एक अधिकृत बताउँछन् । गोर्खालीले उक्त रकम जम्मा गरेको खण्डमा स्रोत खोजिने भएकाले गोर्खालीलाई टेण्डर हत्याउन त्यति सहज भने छैन ।
* न्युज-नेपाल

मोर्चाले तत्काल आन्दोलनको कार्यक्रम सार्वजनिक नगर्ने

भक्तपुर, चैत १९ संयुक्त लोकतान्त्रिक मधेसी मोर्चाले तत्काल आन्दोलनको कार्यक्रम सार्वजनिक नगर्ने भएको छ । आज भक्तपुरको सानोथिमीस्थित तराई–मधेस लोकतान्त्रिक पार्टीका अध्यक्ष महन्थ ठाकुर निवासमा बसेको मोर्चाको बैठकले विगतका आन्दोलनको समीक्षा गर्दै तत्काल आन्दोलनको कार्यक्रम घोषणा नगर्ने भएको हो । मोर्चाको बैठक सकिएपछि जानकारी दिँदै सद्भावना पार्टीका सहअध्यक्ष लक्ष्मणलाल कर्णले भने ˗ “आन्दोलनको कार्यक्रम तत्काल नल्याउने भएका छौँ, आन्दोलनको कार्यक्रम ल्याउन ढिला पनि भएको छैन ।”

अध्यक्ष ठाकुरको नेतृत्वमा बसेको बैठकमा सङ्घीय समाजवादी फोरम नेपालका अध्यक्ष उपेन्द्र यादव, सद्भावना पार्टीका सहअध्यक्ष लक्ष्मणलाल कर्ण, नेपाल सद्भावना पार्टीका अध्यक्ष अनिल झा, राष्ट्रिय मधेस समाजवादी पार्टीका अध्यक्ष शरद्सिंह भण्डारी र तराई–मधेस सद्भावना पार्टीका अध्यक्ष महेन्द्रराय यादवलगायतका नेताको सहभागिता थियो ।

किन हार्‍यो वेष्टइण्डिजसँग भारत ? हार्नुका ५ कारण

एजेन्सी,चैत १९ । ट्वेन्टी ट्वेन्टी विश्वकप क्रिकेटको उपाधि उचाल्ने भारतको सपना चकनाचुर भएको छ । विहीबार राति भएको खेलमा वेष्ट इण्डिजसँग ७ विकेटले हारेपछि भारतको सपना तुहिएको हो । जितको लागि १९३ रन पछ्याएको वेष्ट इण्डिजले मात्र ३ विकेटमा लक्ष्य हासिल गर्यो । वेष्ट इण्डिजका लागि लेन्डल सिमोन्स भाग्यमानी सावित भए । जसले ५१ बलमा ८२ रनको उत्कष्ट पारी खेले । उनले आफ्नो पालिमा भारत विरुद्ध ५ छक्का प्रहार गरे । यस्तै उनकै पारीमा दुई पल्ट ‘नो बल’ हुन पुग्यो । सिमोन्स बाहेक जोनसन चाल्र्सले ५२ रनको पारी खेले भने आन्द्रे रसेलले २० बलमा ४३ रनको पारी खेले । निकै आशा गरिएका क्रिस गेल मात्रै ५ रनमा आउट भएपछि र १९ रन मात्रै बनाउँदा २ विकेट गुमाएपछि वेष्टइण्डिज दबाबमा आएको थियो । दबाबकाबीच मैदान छिरेका जोनसन चाल्र्स र लेन्डल सिमोन्सले १०३ रनको साझेदारी गरेपछि संकट टरेको थियो । वेष्ट इण्डिजले फिल्डिङ रोजेपछि पहिले व्याटिङ गरेको भारतले मात्र २ विकेटमा १९२ रनको विशाल रन जोडेपछि खेल उसकै पक्षमा जाने अनुमान गरिएको थियो । तर वेष्ट इण्डिजले त्यो अनुमान व्यर्थ बनाईदियो ।
वेष्ट इण्डिजलाई १९३ रनको विशाल लक्ष्य दिएको भारतले के कारण हार्यो त ? विश्लेषकहरुको तर्क यस्तो छ :
* भारतका अजिन्का रहाणे र विराट कोहली ११ देखि १६ ओभरको बीचमा धर्मराए । उनीहरुले यो बीचको बलमा गतिलो प्रदर्शन गर्न सकेनन् । ११ देखि १६ ओभरको बीचमा भारतले ४७ रनको स्कोर बनाएको थियो । जबकी वेष्ट इण्डिजले ६७ रन बनाएको थियो ।
* २ विकेट गुमाएपछि विराट कोहली र कप्तान महेन्द्रसिंह धोनीले पारीको अन्यमा सर्ट लिएनन ।
* वेष्ट इण्डिजका सिमोन्सको पारीमा २ पटक भएको नो बल नै भारतलाई महंगो पर्न गयो ।
* टस हारेपछि भारत फिल्डिङमा पर्नु ।
* सिमोन्स र चाल्र्सको योगदान नै वेष्ट इण्डिजको लागि जित बन्यो भने भारतको लागि हार ।
unn.com.np

सक्कली व्यवसाय डुबेपछि नक्कली कारोबार !

दोलखा १९ चैत– च्यामाका पूर्णबहादुर विश्वकर्माले शुरुमा सिन्धुलीमा गएर व्यवासाय गरेपनि सफल भएनन्, त्यसपछि उनी विदेश गए र १३ लाख जति कमाएर ल्याए । मानिसलाई पैसा जति भएपनि पुग्दैन, त्यसैले उनले आफूले विदेशबाट कमाएर ल्याएको पैसामध्य १० लाखको सुनको मुर्ति किने तर विडम्बना उनको उक्त मुर्ति पित्तलको पर्यो र उनी डुबे ।

मुर्ति खरिदमा डुबेर भौँतारिइरहेका विश्वकर्माको भेट रौतहटका लोकेन्द्र चौधरीसँग भयो । स्वास्थ्यकर्मी रहेका चौधरी पनि पोलिक्लिनिक र अस्पताल खोलेर कंगाल भएका थिए । त्यसपछि दुबै मिलेर नक्कली नोटको कारोबार शुरु गरे । दोलखा प्रहरीले पक्राउ गरी खोटा चलनमा मुद्दा चलाएका उनीहरुले प्रहरीमा दिएको बयान अनुसार आफ्नो छिमेकी ओसिमिया अन्सारीले नक्कली नोटको कारोबार गर्छन भन्ने जानकारी भएका चौधरीले विश्वकर्मासँग मिलेर नक्कली नोटको कारोबार शुरु गरेका हुन । नेपाल समाचार पत्रमा खबर छ ।

एसएलसी दिन नपाउँदा आत्महत्या

अछाम, चैत १९ । प्रवेशिका परीक्षा (एसएलसी) दिन नपाउँदा अछामकी एक युवतीले आत्महत्या गरेकी छन्। मङ्गलसेन नगरपालिका–११ जुपु खिमाडाकी २२ वर्षीया विन्द्रा रावलले बुधवार राति झुन्डिएर आत्महत्या गरेकी हुन्। परीक्षामा सहभागी हुन प्रवेशपत्र लिन गएकी विन्द्राले प्रवेशपत्र नपाएपछि आत्महत्या गरेकी हुन्।

आफ्नो भर्ना भएको विद्यालय कालिका माध्यमिक विद्यालय, जुपुमा ७५ प्रतिशत हाजिरी नभएकाले प्रवेशपत्र पाउन नसकेकी रावलले झुन्डिएर आत्महत्या गरेको उनका छिमेकी चन्द्र भण्डारीले बताए। केही समयअगाडि सामान्य स्वास्थ्य उपचारमा भारत गएकी रावल एसएलसी परीक्षामा सहभागी हुनकै लागि घर फर्किएको उनको पारिवारिक स्रोतले बताएको छ। अछाम प्रहरीले भने उक्त घटनाको कारण खुल्न नसकेको बताउदै घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरी निरीक्षक बद्रीप्रसाद ढकालले बताए। मृतकको शवपरीक्षण जिल्ला अस्पताल अछाममा गरिएको छ।

पौडेल पक्षका नै एक आपसमा लड्न थालेपछि देउवाको सोच, पौडेललाई चोट

काठमाडौं,चैत १९ । नेपाली काँग्रेसको १३ औं महाधिवेशन सकिएको एक महिना पनि नपुग्दै हुन लागेको संसदीय दलको निर्वाचनमा रमाइलो दृश्य देख्न पाइने भएको छ । सभापति शेरबहादुर देउवाले संसदीय दलको नेतामा उम्मेदवार बन्ने घोषणा गरिसकेका छन् । सभापतिमा पराजित भए पनि रामचन्द्र पौडेलले पनि त्यसका लागि आफूलाई तयार पारिसकेका छन् ।

रमाइलो त के छ भने पौडेल समूहबाटै थप दुई जना उम्मेदवार बन्ने देखिएका छन् । डा. रामशरण महत र प्रकाशमान सिंहले पनि उम्मेदवार बन्ने इच्छा देखाएका छन् । सधैं रामचन्द्रलाई छाड्न सकिँदैन भन्दैै महत र सिंहले संसदीय दलको नेता बन्ने इच्छा राखेको बताइन्छ । यस्तै, सभापतिमा पराजित अर्का उम्मेदवार कृष्णप्रसाद सिटौला पनि मैदानमा उत्रने तयारीमा छन् ।

पौडेल पक्षका नै भनिएका नेताहरु नै एक आपसमा लड्न थालेपछि संसदीय दलको निर्वाचनमा पनि शेरबहादुर देउवाले नै बाजी मार्ने देखिएको छ । सानोचित्त भएका पौडेललाई सधैं बोकेर हिँड्न नसकिने भन्दै सिंह र महत पनि विपक्षमा देखिएपछि सरकारमा जाने र चौथोपटक प्रधानमन्त्री हुने अवसर देउवाका लागि जुट्ने देखिएको छ ।

पछिल्लो दिनमा एमालेभित्र पनि सरकारको विषयमा असन्तुष्टि फैलिएको छ । सरकारले काम गर्न नसकेको भन्दै एमालेमा माधव नेपाल पक्षले केपी ओलीको विकल्प खोज्नुपर्ने आवाज उठाउँदै आएका छन् । एमाओवादीभित्र पनि सरकारको काम प्रभावकारी नभएको भन्दै आलोचना बढिरहेका बेला संसदीय दलको निर्वाचनमा देउवाको विजय सरकार परिवर्तनको विकल्प बन्ने अवस्था देखिनेछ । आजको जनआह्वान साप्ताहिकमा खबर छ ।

अशोक राई भन्छन्-‘बाबुराम कसरी नयाँ शक्ति भए ?’

काठमाडौं,चैत १९ । संघीय समाजवादी फोरम नेपालका वरिष्ठ नेता अशोक राईले नयाँ शक्ति नेपालका संयोजक डाक्टर बाबुराम भट्टराइमा नाटीय चरित्र रहेको आरोप लगाएका छन् । हिजो उहाँ आफैँले संविधान जारी गर्नुभयो, अनि अहिले मधेसी आदीबासी जनजातिको अधिकार नभएको संविधानमा हस्ताक्षर गरेर मैले गल्ती गरे भन्नुहुन्छु, राईले भने ‘उहाँहरु सात प्रदेशलाई नै सुदृढ गर्ने भन्नुहुन्छ, यही संविधान कार्यान्वयन गर्ने भन्नुहुन्छ भने यो कसरी नयाँ शक्ती हो ।’ सात प्रदेश र नयाँ संविधानमा उत्पीडित समुदायको पक्षमा नरहेकाले नै आफू आन्दोलनमा उत्रिएको राईले बताए। राजधानी दैनिकमा समाचार छ ।

विराटलाई तेल ल्याउन दिन खड्काको योजनामा फेरी इन्धन अभाव

काठमाडौं,चैत १९ ।  नेपाल आयल निगमका प्रबन्ध निर्देशक गोपालबहादुर खड्काले विराट आयललाई इन्धन बिक्री–वितरण गर्ने वातावरण मिलाउनका लागि इन्धनको कृत्रिम अभाव सिर्जना गरेको खुलेको छ ।
भारतबाट दैनिक २२ लाख लिटर इन्धन आइरहेको र इन्डियन आयल कर्पोरेसनले इन्धनको मूल्य घटाउन मिल्ने गरी मूल्यसूची पठाए पनि खड्काकै कारण बजारमा इन्धनको कृत्रिम अभाव गराइएको छ ।

खड्काकै निर्देशनमा राजधानीका पेट्रोल पम्पले इन्धन बिक्री–वितरण नगरी बन्द गरेर बसेका छन् । खड्कालाई कमिसन बुझाउने र उनकै निर्देशनमा चलेका पम्पले इन्धन वितरण नगरी त्यत्तिकै बसेका हुन् । नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरीको पेट्रोल पम्पबाट इन्धन बिक्री–वितरण भए पनि अत्यधिक मागका कारण समस्या खडा भएको छ ।

निगमका प्रमुख खड्काले सहज रुपमा इन्धन वितरण नगर्न दिएकै निर्देशनका कारण राजधानीमा इन्धनको चरम अभाव भएको सम्बद्ध पक्षको भनाइ छ । प्रमुख खड्काले थानकोट डिपोका प्रमुखलाई पनि समयमा इन्धन नदिन भनेका छन् । ‘जताततै हाहाकार गराएर विराटलाई इन्धन बिक्री वितरण गराउने मार्ग प्रशस्त गर्न यस खालको प्रयत्न गरिएको हो,’ निगमका एक उच्च अधिकारीले बताए ।
ती अधिकारीकाअनुसार इन्धन अभाव भए पनि उपभोक्ताले बढी मूल्य तिरेर भए पनि इन्धन खरिदका लागि तयार हुने र सोही समयमा विराटको तेल कारोबार गर्ने मार्ग प्रशस्त गर्ने योजनामा खड्का रहेका छन् । सम्वद्ध स्रोतकाअनुसार विराटमा खड्काको ३३ प्रतिशत हिस्सा रहेको छ । निगमलाई डुबाएरै भए पनि विराटलाई अगाडि बढाउने दाउमा खड्का रहेका छन् ।
यद्यपि, मन्त्रिपरिषद्ले विराटलगायत इन्धन ल्याउन नसकेका दुई दर्जनभन्दा बढी कम्पनीको इजाजतपत्र खारेज गरिसकेको छ । इजाजतपत्र खारेज भएको भए पनि जस्केलाबाट प्रस्ताव लगेर खड्का विराटलाई पुनः अनुमतिपत्र दिलाउने खेलमा लागेका छन् । अख्तियार प्रमुख लोकमान सिंह कार्कीको आफन्त पर्ने रोहिणी थपलियाको कम्पनीलाई भने सरकारले खारेज गरेको छैन । सोही कम्पनीको नाममा विराटलाई समेत मिसाएर इन्धन कारोबारका लागि मार्ग प्रशस्त गर्ने अभियानमा खड्का लागेका छन् । आजको जनआह्वान साप्ताहिकमा खबर छ ।

सशस्त्र प्रहरीमा इन्स्पेक्टरबाट डिएसपीमा बढुवा हुन २० वर्ष लाग्ने

काठमाडौं,चैत १९ ।  सशस्त्र प्रहरी बलमा खुल्ला प्रतिस्पर्धाबाट भर्ना भएको प्रहरी निरीक्षक इन्स्पेक्टरको पहिलो ब्याच आधारभुत तालिम पुरा गर्ने बित्तीकै डिएसपीमा बढुवा भएको थियो  । १४ वर्षको अवधिमा त्यही संगठनमा इन्स्पेक्टरबाट डिएसपीमा बढुवा हुन २० वर्ष लाग्ने अवस्था आएको  छ । कर्मचारीको बृत्ति विकास योजना नहुँदा सशस्त्र प्रहरीमा कर्मचारीको करिअर चौपट भएको हो ।

अहिले खुल्ला प्रतिस्पर्धाबाट भर्ना भएको १२ वर्ष बित्दापनि इन्स्पेक्टरहरु डिएसपीमा बढुवा हुन सकेका छैनन् । संठगनमै अहिले कै अबस्था रहिरहने हो भने अबको केही वर्षपछि इन्स्पेक्टरबाट डिएसपी हुन २० वर्ष लाग्ने अवस्था रहेको सशस्त्र प्रहरी अधिकारीहरु बताउँछन् । जसका कारण संगठनमा व्यापक निराशा छाएको छ । नयाँ पत्रिका दैनिकमा समाचार छ।

होसियार ! आज ‘अप्रिल फुल’, कसैले झुक्याउला नी

काठमाडौं,चैत १९ । आज अप्रिलफूल अर्थात अंग्रेजी क्यालेण्डरको अप्रिल महिनाको १ तारिख । आजको दिनमा मानिसहरुले आफूहरुले चिने–जानेका छरछिमेक, इस्टमित्र, नातागोता, साथीभाइ लगायतलाई झूट बोलेर हाँसिमजाक गर्दै आएका छन् ।

यस दिनमा पश्चिमा मुलुकमा वर्षौ अगाडि यस दिनलाई मानिसलाई मूर्ख बनाउने दिन भनेर घोषणा गरिएको थियो । त्यसले अहिले विश्वभरीमा व्यापकता पाएको छ । विशेषगरी बालबालिका र युवा पुस्तालाई यो दिवसले विशेष लोभ्याउने गरेको छ । नेपालमा पनि पछिल्ला वर्षहरुमा अप्रिल फूल मनाउँदै आइएको छ ।

नेपाली नोट चीनमा धमाधम छापिँदै

काठमाडौं,चैत १९ ।  नेपाल राष्ट्र बैंकले बजारमा ल्याउने नोट धमाधम चीनमा छाप्दैँ छ । सरकारले नेपाली नोट छाप्न चिनियाँ कम्पनीलाई अनुमति दिएपछि उसले नोट छाप्न सुरु गरेको हो । एक सय दरका नयाँ नोट चीनमा छाप्ने काम भइरहेको बैंक मुद्रण व्यवस्था विभागका प्रमुख भुवन कँडेलले जानकारी दिए। असार १५ सम्ममा नयाँ नोट आइपुग्ने बैंकले जनाएको छ। नागरिक दैनिकमा समाचार छ ।

बाबुले किन गरे आफ्नै १६ महिनाकी छोरीसँग बिहे ?

शीर्षक पढ्दा निकै नै लाजमर्दो छ । कुनै पुरुषले आफ्नी १६ महिनाकी छोरीसँग बिहे गर्ने भन्ने कुरा दुनियाको सबैभन्दा निकृष्ट कार्यमा पर्ला । तर यी पुरुषले आफ्नी छोरीसँग बिहे गर्नुको खास कारण थाहा पाउनुभयो भने तपाइँ साँच्चीकै भावुक बन्नुहुनेछ ।

बेलायतका ३१ वर्षीय एन्डी बर्नाडले आफ्नी १६ महिनाकी छोरी पपी मेइसँग बिहे गरेका छन् । वास्तवमा पपी ब्रेन क्यान्सरबाट पीडित छिन् र उनी अब केवल दुइ दिन मात्र बाँच्नेछिन् । छोरीको यस्तो अवस्थाबाट असह्य भएर एन्डीले आफ्नै छोरीसँग बिहे गरे ।

रोयल एयर फोर्सका सैनिक समेत रहेको एन्डी बेलायतको नरफोकमा बस्दछन् । छोरी पपी जन्मिएर अस्पतालबाट घरमा ल्याउँदा आफुले छोरीको बिहेको सपना देखेको तर सो सपना यस्तो किसिमले पूरा गर्नुपर्ला भन्ने आफुले कहिल्यै कल्पना पनि नगरेको उनी बताउँछन् । आफुले छोरीलाई उनको बिहे गराइदिने बाचा पूरा गर्नका लागि आफैसँग बिहे गराइदिएको उनको कथन छ ।

फेब्रुअरीमा बिरामी परेपछि अस्पताल पूराइएकी पपीको मृगौलामा क्यान्सर भएको पत्ता लाग्यो । पछि उक्त क्यान्सर फोक्सोसम्मै पुगेको थाहा भयो । केमोथेरापी पनि गरियो । तर यहीँ मार्च १६ मा पो थाहा भयो उनलाई ब्रेन क्यानसर पनि रहेछ ।

डाक्टरहरुले अब उनी नबाँच्ने भनिसकेका छन् । त्यसैलै व्यर्थको उपचारका कारण छोरीलाई पीडा नहोस् भनेर आफुहरुले उनलाई घर लगेको आमा स्यामी बताउँछिन् । बुवासँग बिहे गर्नुअघि पपी बुवा एन्डीकै काखमा सुतेकी थिइन्  । अब उनले यो संसार छाड्नुअघि बचेको समयलाई पूर्णरुपमा पपीको साथमा खुसीसाथ बिताउन एन्डीको परिवार लागिपरेको छ ।

Source : onlinekhabar.com

स्टेजमा रेखालाई राजेशले भने-‘अर्को जुनी कुन्नी’

 

 

जब, गायक राजेश पायल राई स्टजमा पुगे, उनले नायिका रेखा थापालाई पनि बोलाए । रेखा पनि स्टेजमा पुगिन् । ‘हामी उठ्ने छौ’ले आयोजना गरेको खेलाडी सम्मान कार्यक्रममा रेखा स्टेजमा पुग्ने वित्तिकै राजेश पायलले उनको हात समाए । रेखाले निर्माण गरेको चलचित्र ‘रामप्यारी’ हेरिदिन दर्शकसँग आग्रह पनि गरे । यसपछि त के चाहियो र, सुरु भयो सांगीतिक माहोल ।

रेखाले नै संगीत भरेको चलचित्र ‘रामप्यारी’को ‘अर्को जुनी कुन्नी’ बोलको गीत राजेशले गाए । रेखा पनि के कम, राजेशसँगै गीत गाइन् । यो गीतमा रेखाको नै संगीत छ ।

रेखा र राजेश आफूहरुलाई नजिकका साथी मान्छन् । यसैले पनि रेखाको चलचित्रमा राजेशको स्वर समावेश भएकै हुन्छ । राजेश पनि स्टेज कार्यक्रममा रेखाको चलचित्रको प्रमोशन गर्नदेखि गीत गाउन अगाडि सर्छन् । अब, रेखालाई त अहिले गीत गाउने नशा नै चढेको छ । यसैले पनि उनी देश वा विदेशमा हुने स्टेज कार्यक्रममा, गीत नै गाउँछिन् । यो चलचित्र चैत्र २६ गतेबाट चल्दैछ ।

Source : onlinekhabar.com

नेपाललाई नहेप्न भारत र इयूलाई प्रधानमन्त्री ओलीको चेतावनी

प्रधानमन्त्री केपी शर्मा ओलीले नेपाललाई भुपरिवेष्ठित तथा सानो मुलुक भनेर नहेप्न भारत र युरोपेली मुलुकहरुलाई चेतावनी दिएका छन् ।

ब्रेसलमा सम्पन्न युरोपियन युनियन र भारतको शिखर सम्मेलनपछि जारी संयुक्त वक्तव्यमा नेपाल घुसाएपछि ओली आक्रोसित बनेका हुन् । उनले यो नेपालको सार्वभौमसत्तामाथि हस्तक्षेप भएको बताएका छन् ।

बिहीबार बसेको एमाले संसदीय दलको बैठकमा प्रधानमन्त्री ओलीले भने, ‘अनावयक ढंगले हाम्रो सर्वभौमसत्ता, संविधानसभाको संविधान बनाउने हक र नेपालले जनताले आफ्नो निर्णय गर्न पाउने आत्मनिर्णयलाई अबमल्यून गर्दै उपदेशको भाषामा नेपालले छिट्टै संवैधानिक समस्या समाधान गरोस् भनेको छ । कहाँ छ नेपालमा संवैधानिक समस्या ?’

अलिकति भूइचालो अयो, सानो छ भनेर नहेप्न चेतावनी दिँदै उनले अघि, ‘युरोपियन युनियन र भारतले आफ्नो आफ्नो कुरा गरे हुन्छ नि । नेपालका सम्वन्धमा के हेपाइ हो ?’

ओलीले नेपालको संविधानका बारेमा कला प्रदर्शनीका बारेमा टिप्पणी गरेजसरी वक्तव्यबाजी नगर्न चेतावनी दिएका छन् । आफूलाई लोकतान्त्रिक भन्ने देशहरुले नेपाली जनताको सार्वभौमिकतालाई उपेक्षा गरी उपदेश दिन नसुहाउने उनले बताए ।

संविधान मन नपराएको व्यक्तिलाई भेटेर सिंगो मुलुकको सार्वभौमिकतालाई नजरअन्दाज गर्नु अन्तराष्ट्रिय कानून र संयुक्त राष्टसंघको मान्यता विपरित भएको उनले बताए ।

के हो संवैधानिक समस्या भनेको भन्दै उनले भने, ‘ विभिन्न मान्छेको घरमा गएर तपाईलाई चिक्त बुझेको छ भनेर सोध्ने, मलाई चित्त बुझेको छैन हजुर भनेपछि सिंङ्गै राष्ट्रलाई त्यसको सर्वभौमसत्तालाई अण्डरमाइन्ड हुने गरी वक्तव्यबाजी गर्ने ?’

नेपाल सार्वभौमसत्ता सम्पन्न देश भएको र सवैधानिक विधि र लोकतान्त्रिक संस्थाबाट संविधान निर्माण गरेको भन्दै प्रधानमन्त्री ओलीले नेपालको सार्वभौमसत्तालाई अवमूल्यन गर्ने व्यवहार नगर्न चेतावनी दिएका छन् ।

यो पनि पढ्नुस्

 भारत र ईयुलाई नेपालको जवाफ-जथाभावी वयानबाजी नगर

नेपालको संविधानलाई लिएर युरोपेली युनियन र भारतले दिएको अभिव्यक्तिप्रति नेपाल सरकारले आपत्ति जनाएको छ ।

ब्रसेल्समा सम्पन्न इयू-भारत शिखर सम्मेलनपछि जारी संयुक्त वक्तव्यमा नेपालको संविधान अपूर्ण रहेको आशय व्यक्त गरिएपछि नेपालले आपत्ति जनाएको हो ।

युरोपेली युनियन र भारतले आफूहरु मात्रै सरोकारबारे गरेको छलफलमा सर्वाभौम राष्ट्र नेपाललाई समेत मुछेर नेपालको आन्तरिक मामिलामा हस्तक्षेप गरेपछि परराष्ट्र मन्त्रालयले औपचारिकरुपमा आपत्ति प्रकट गरेको छ ।

भारत र ईयुको संयुक्त वक्तव्यमा दुबै पक्ष नेपालमा टिकाउ र समावेशी संवैधानिक व्यवस्थाको आवश्यकतामा सहमत रहेको भन्दै नेपालबारे उल्लेख गरिएको थियो । सो वक्तव्यमा नेपालले समयसीमाका आधारमा बाँकी संवैधानिक मुद्दाहरुलाई सम्बोधन गर्ने र राजनीतिक स्थायित्व तथा आर्थिक विकास प्रवर्दन गर्ने बताइएको थियो ।

युरोपेली युनियन र भारतको संयुक्त वक्तव्यप्रति नेपाल सरकारको गम्भिर ध्यानाकषर्ण भएको परराष्ट्र मन्त्रालयले जनाएको छ । मन्त्रालयले जारी गरेको विज्ञप्तिमा नेपालको संविधान संविधानसभाबाट जारी भएको र संविधानले नेपाली जनताको भावना आत्मसाथ गरेको बताइएको छ ।

संविधान निर्माण र घोषणा नेपालको आन्तरिक विषय भएको भन्दै मन्त्रालयले नेपाल राजनीतिक स्थिरता र आर्थिक विकासमा अघि बढेको जनाएको छ ।

तर, इयू र भारतको संयुक्त विज्ञप्तिले नेपालीको भावनामा ठेस पुगेको सरकारले बताएको छ । कुनै पनि देशको आन्तरिक मामिलामा हस्तक्षेप नगर्ने राष्ट्रसंघको नीति र अन्तराष्ट्रिय कानुनको समेत उल्लंघन भएको सकारले बताएको छ ।

मन्त्रालयले भनेको छ, ‘नेपाल सरकार सबैलाई नेपालका जनताको सार्वभौम र लोकतान्त्रिक अधिकारको सम्मान गर्न र अनावश्यक बयान नदिन आग्रह गर्छ ।’

मन्त्रालयले नेपाल सरकार र नेपाली जनता आफ्नो आन्तरिक विषय वार्ता र सम्वादबाट समाधान गर्न सक्षम रहेको समेत बताएको छ ।

Source : onlinekhabar.com

‘युट्युबबाटै मनग्गे आम्दानी’

कान्तिपुर संवाददाता , काठमाडौं

 

 

 

म्युजिक भिडियो होस् या सर्ट फिल्म । धेरैले हतारहतार आफ्ना श्रव्यदृश्य सिर्जना युट्युबमा अपलोड गरिरहेका हुन्छन् । ती सिर्जनाले लाखौंले हेरिरहेका पनि हुन्छन् । तर विचार नपुर्‍याउँदा लाखौं आम्दानी गुमिरहेकोबारे चाहिँ धेरैलाई थाहा छैन । प्रविधिको पछिल्लो आयामका कारण कसरी स्रष्टाले मनग्गे आम्दानी गुमाइरहेका छन् र त्यसलाई कसरी व्यवस्थित गर्न सकिन्छ भन्नेबारे राजधानीमा हालै बहस चल्यो । नेपाली अमेरिकन कलाकार संघले यो विषयलाई प्रतिलिपि अधिकार संघ जोडेर बहसमा ल्याएको हो ।

‘युटयुबको भ्युअर संख्या बढेको हेर्दै मख्ख हुनु जरुरी छैन,’ संघका अध्यक्ष तथा गायक सुमन बुढामगरले भने, ‘बरु के हो भने स्रष्टाहरू प्रतिलिपि अधिकार र रोयल्टीबारे थाहा नहुँदा त्यसै ठगिरहेका हुन्छन् ।’ प्रतिलिपि अधिकार र रोयल्टीमा ठगिएका कलाकारको आवाजलाई बुलन्द पार्ने उद्देश्यले अन्तरक्रिया गरिएको बताउँदै अध्यक्ष मगरले ‘वैधानिक रूपमा युट्युबबाट आफ्नो बेग्लै च्यानल बनाएर अपलोड गरे शेषपछिको आम्दानीसमेत आफ्ना सन्तानले पाउने’ जनाए । जथाभावी अडियो–भिडियो सामग्री युटयुबमा अपलोड गर्ने लहरलाई निरुत्साहित गर्दै वैधानिक रूपमा युटयुब च्यानल सञ्चालनमा ल्याउन चाहनेहरूलाई संघले सघाउने पनि उनले जनाए । संघका केन्द्रीय संयोजक तथा गायक यम बरालले पनि आफूहरू सघाउन सदैव सघाउन तयार रहेको बताउँदै सरकारी तवरबाट भने साथ नपाएको गुनासो गरे ।

प्राय: विदेशका नेपालीहरूले पनि अवैधानिक तरिकाबाट नेपाली गीतसंगीत डाउनलोड गरिरहेको दाबी गर्दै बरालले नियमनकारी निकाय मूकदर्शक भएर बस्दा कलाकर्मीलाई मार परेको सुनाए । रोचक के भने, अमेरिकाबाट साइबर सेक्युरिटीमा पीएचडी गरेका डा. रामहरि सुवेदीले अन्तरक्रियामा स्काइपमार्फत स्रष्टाहरूलाई ‘पाइरेसीबाट बच्ने उपाय’ बताएका थिए । संगीत रोयल्टी संकलन समाजका अध्यक्ष सुरेश अधिकारी, चलचित्र विकास बोर्ड अध्यक्ष राजकुमार राई, विन्ध्यवासिनी म्युजिकका प्रबन्ध निर्देशक सुवास रेग्मी लगायतले संघको अभियानको प्रशंसा गरे ।
Source : ekantipur.com

नयाँ बर्षमा अष्ट्रेलियामा तीन सांगीतिक टोली

- नारायण खड्का, अष्ट्रेलिया

 

नेपालीहरुको नयाँ बर्षको अवसर पारेर सांगितिक प्रस्तुती प्रस्तुत गर्न नेपालका कलाकारहरुको तीन टोली सांगीतिक यात्रामा अष्ट्रेलिया आउने भएको छ ।

रुपन्देहीमा रहेको अपांग बिद्यालय र अनाथाश्रमका  लागि सहयोग संकलन गर्ने उद्देश्यले रुपन्देही समाजको आयोजनामा हुन लागेको सांगीतिक कार्यक्रममा गायक यम बराल, सनुप प्रसाई र आकांक्षा बस्याल अष्ट्रेलिया आउदैछन भने सिल्भर स्क्रिन, जेनेरेशन मिडिया र द टिमको आयोजनामा गायक कर्ण दाश सहितको टोली आउँदैछ । यसैगरि मगर समाजले समेत केनुङ फेस्टको उपलक्ष्यमा आयोजना गर्न लागेको सांगितिक कार्यक्रममा गायक राजु गुरुङ र गायिक रीता थापामगर समेत यहाँ आउदैछन् ।

गायक बराल सहितको प्रस्तुति सिड्नी र एडिलेडमा हुनेछ भने कर्ण दासले सिड्नी, मेलबर्न र एडिलेडमा प्रस्तुति दिदैछन् । कार्यक्रमका आयोजकहरुले नयाँ बर्षको उपलक्ष्यमा आयोजना गरिने भएकाले कार्यक्रमहरु अन्य सहरहरुमा समेत प्रस्तुत हुने जानकारी दिएका छन् । पछिल्लो समयमा नेपालीहरुको चाडपर्व तथा नयाँबर्षमा नेपालका चर्चित कलाकारहरु ल्याएर कार्यक्रम गर्ने प्रचलन बढेसँगै यसबर्ष समेत यी कलाकारहरुले अष्ट्रेलियाका विभिन्न सहरहरुमा कार्यक्रम प्रस्तुत गर्न लागेका हुन् ।

यम बराल सहितको टोलीको सांगितिक कार्यक्रम अप्रिलको ९ तारिखदेखि सिड्नीबाट शुरु हुनेछ भने कर्ण दासको प्रस्तुति अप्रिलको २२ तारिखमा सिड्नीबाटै शुरु हुदैछ । गायक दासको कार्यक्रम भने सिड्नीमा रहेको अन्तराष्ट्रिय स्तरको कार्यक्रमस्थल पारामाटा रिभरसाइड थिएटरमा हुने कार्यक्रम संयोजक अशोक तिम्सिनाले जानकारी दिए । पैसा कमाउने भन्दा पनि कलाकारहरुलाई इज्जत दिने उद्देश्यका साथ आफुहरुले अन्तर्राष्ट्रिय स्तरको कार्यक्रम स्थल चुनेको उनले दाबी गरे । उनले कार्यक्रमबाट उठेको केही रकम वि टिम नामक संस्था मार्फत नेपालको दुर्गम क्षेत्रमा रहेका बालबालिकाहरुको शिक्षामा खर्च गरिने समेत बताए ।

अष्ट्रेलियामा यस पहिल्यै पनि अभिनेता राजेश हमाल, महजोडी, दीपक दीपा, तक्मे बुढा, यश कुमार, अनिल सिंह। आस्था राउत लगायतका कैयौं कलाकार तथा गायकगायिकाहरु कार्यक्रम प्रस्तुतीका लागि अष्ट्रेलिया आइसकेका छन् ।
Source : ekantipur.com

अष्ट्रेलियाब्यापी खेलकुद प्रतियोगिता सम्पन्न

नारायण खड्का, अष्ट्रेलिया

 

 

 

 

 

 

प्रत्येक दुई बर्षमा आयोजना हुने अष्ट्रेलियाब्यापी अन्तरराज्य खेलकुद प्रतियोगिता अष्ट्रेलियाको ब्रिसबनमा सम्पन्न भएको छ । ३ दिनसम्म चलेको उक्त खेल प्रतियोगितामा अष्ट्रेलियाका बिभिन्न राज्यहरुका साथै न्युजिल्याण्डबाट समेत नेपाली खेलाडीहरुको सहभागिता रहेको थियो ।

अष्ट्रेलियामा रहेका युवाहरुलाई खेलकुदतर्फ समेत आकर्षित गर्ने उद्देश्यले प्रत्येक दुई बर्षमा यो प्रतियोगिताको आयोजना हुने गरेको छ । यसबर्ष आयोजना गरिएको प्रतियोगितामा फुटबल, क्रिकेट, ब्याडमिन्टन, टेबलटेनिस, टेनिस, गल्फ र दौड खेल सहभागि थिए । प्रतियोगितामा अष्ट्रेलियाका सिड्नी, मेलबर्न, ब्रिसबन, एडिलेड, पर्थ, डार्विन र क्यानबेराका साथै न्युजिल्याण्डका गरि ४ सय बढी खेलाडीहरुको सहभागिता रहेको आयोजकले जानकारी दिएको छ । नेप्लिज एसोसिएसन अफ क्युन्सल्याण्डको आयोजना र एनआरएन क्युन्सल्याण्डको सहकार्यमा सम्पन्न उक्त प्रतियोगिताका बिजेताहरुलाई ट्रफी र प्रमाणपत्र वितरण गरिएको थियो ।

प्रतियोगिता बिभिन्न उमेर समूहमा खेलाइएको थियो भने एकल, डबल र मिक्स गरि ३ चरणमा प्रतियोगिता आयोजना गरिएको थियो । प्रतियोगिताको फुटबलतर्फको उपाधि क्युन्सल्याण्डको गोर्खा फुटबल क्लबले जितेको थियो भने क्रिकेटको उपाधि मेलबर्नले हात पारेको थियो । ब्याडमिन्टनमा एकलतर्फ आयसा पोखरेल, सञ्जय श्रेष्ठ,  प्रिया गुरुङ, दीपक रेग्मी, केश गुरुङले जित हात पारेका थिए भने डबलतर्फ प्रताप श्रेष्ठ, सञ्जय श्रेष्ठ, लिजम मास्के, मन्दिप श्रेष्ठ र प्रिया गुरुङ र मेनुका केसीले उपाधि जित्न सफल भएका थिए । मिक्सतर्फ भने अभिमन्यु केसी र प्रिया गुरुङले उपाधि चुमेका थिए ।

यसैगरि अजय सुवाल र कुलदीप प्रधानले पुरुषतर्फको टेबलटेनिस प्रतियोगिताको उपाधि चुमेका थिए भने डबलतर्फ मिन शाह र अजय सुवालले जित हासिल गरेका थिए । मिक्स डबलमा कुलदीप प्रधान र एलिजा ओन्टा ओल्डसले र महिला एकलतर्फको उपाधि एलिजा ओन्टा ओल्डले जितेकी थिईन् । १५ बर्षमुनिको केटातर्फको कुलन प्रधान र केटीतर्फको प्रिसा प्रधानले जितेकी थिईन् । टेनिसको उपाधि भने प्रन्जल कायस्थ र विष्णु हमाल र डबलतर्फको उपाद्दि विष्णु हमाल र दीलिप भारतीले जितेका थिए । दौडतर्फको उपाधि डुबिन कँडेल, ज्योति राजभण्डारी, सरर्बदा बस्नेत र जेन्नी ओन्ताले जितेका थिए । कार्यक्रममा ५ किलोमिटर दौड सफलतापुर्वक पुरा गरेकोमा सम्मान स्वरुप ७९ बर्षिय भगवती रेग्मीलाई विशिष्ट अवार्डले सम्मान गरिएको थियो ।

अष्ट्रेलियामा रहेका नेपालीहरुका लागि सबैभन्दा ठुलो खेल प्रतियोगिता मानिएको यस खेलले सबै राज्यमा रहेका नेपालीहरुलाई एकजुट बनाउने प्रतियोगितामा सहकार्य गरेको एनआरएन क्युन्सल्याण्डका संयोजक अभिमानसिंह बस्नेतले बताए । यहाँका नेपालीहरुका लागि दुई बर्षमा हुने यो खेल प्रतियोगिता महत्वपुर्ण रहेको दाबी गर्दै यसलाई अझ निरन्तरता दिइने समेत उनले जानकारी दिए ।

http://bit.ly/1StAHRu

मलेसियामा कार दुर्घटनामा २ नेपालीको निधन

 

 

 

 

 

 

३ जना घाइते

 

 

चैत्र १८, २०७२- मलेसियामा कार दुर्घटनामा परी दुई जना नेपाली युवाको मृत्यु भएको छ । यहाास्थित काजाङको ‘मेट्रो काजाङ’ क्षेत्रको एक सडक खण्डमा मंगलबार राती भएको दुर्घटनामा परि गोरखा बुङकोटका अन्दाजी ३४ वर्षीय रामशरण थापा र सलकपुर, मोरङ घर भई काजाङ क्षेत्रमै कार्यरत २४ वर्षीय लोकमान कार्कीको मृत्यु भएको त्यहाास्थित नेपाली व्यवसायी किरण बजगााईले कान्तिपुरलाई बताए ।

उनीहरु काजाङमै व्यवसायमा संलग्न थिए । मंगलबार मध्यराती ५ जना नेपाली सवार  कार दुर्घटनामा परेको हो । घटनाबारे प्रहरीमार्फत बुधबार बिहान मात्रै खबर थाहा पाइएको किरणले बताए । घटनाबारे मृतकका नेपालस्थित परिवारलाई खबर गरिसकीएको बताइएको छ ।
घटनामा अन्य तीन जना नेपाली घाइते भएका छन् । उनका अनुसार दुईजनाको अवस्था गम्भिर रहेको र उनीहरुको काजाङस्थित अस्पतालमा उपचार भइरहेको छ । उनीहरुबारे विस्तृत जानकारी पाउन सकीएको छैन ।

किरणका अनुसार मध्यरातमा भएको उक्त घटनाका घाइतेमध्ये एकजना डिस्चार्ज भइसकेका छन् । मृतक दुई नेपालीको शवलाई भने पोष्टमार्टमपछि हाल सेरडाङस्थित अस्पतालमा राखीएको छ । घटना कसरी भयो भन्नेबारे अनुसन्धान भइरहेको बताइएको छ ।
Source: ekantipur.com

एसएलसी परीक्षामा स्वर्ण विजेता निमा

खेलकुदको ठूलो ‘परीक्षा’मा अब्बल भएर नेपाललाई १२ औं दक्षिण एसियाली खेलकुद (साग) मा पहिलो स्वर्णपदक दिलाएकी नीमा घर्तीमगर आज भने एसएलसी परीक्षामा सहभागी भइन् ।

तस्बिरहरु : केशव थापा

ललितपुरस्थित डनबस्को स्कुलमा अध्ययनरत नीमाले एसएलसीको पहिलो दिन अंग्रेजीको परीक्षा लुभु माविमा दिइन् । अघिल्लो दिन राति अवेरसम्म उनी हामी उठ्ने छाैंले गरेको सम्मान कार्यक्रममा सहभागी थिइन् । १६ बर्षीय उसु खेलाडीले भारतको सिलोङमा आयोजित १२ औं सागमा सान्सौको नानक्वान अलराउन्ड स्पर्धामा स्वर्ण जितेकी थिइन् ।

उनको एसएलसीको तयारी भइरहेकै समयमा सागको बन्द प्रशिक्षण पोखरामा आयोजना गरिएको थियो । स्कुलको कडा अनुशासनमा रहेकी उनले स्वीकृति लिएरै सागको तयारी गरेकी थिइन् । ‘पढाई त्यति राम्रो छैन,’ स्वर्ण जितेपछि उनले भनेकी थिइन्, ‘अझ राम्रो खेलाडी बनेर एसियन र वर्ल्ड च्याम्पियनसिपमा नेपाललाई पदक दिलाउन चाहन्छु । तर, अहिलेको लागि भने एसएलसीमै केन्द्रित हुनेछु । त्यसपछि खेलमा लाग्नेछु ।’

नेपालले १२ औं सागमा तीन स्वर्ण, २३ रजत र ३४ कांस्यसहित कुल ६० पदक प्राप्त गरेको थियो । उसुमै रजत पदक जितेकी सुस्मिता तामाङ र युवराज थापा पनि यसैपाली एसएलसीमा सहभागी छन् ।


Source : ekantipur.com

परीक्षाको बेला छोराछोरीलाई के खुवाउने ?

- मकर श्रेष्ठ, काठमाडौं

 

 

 

 

 

 

 

चैत्र १८, २०७२- छोराछोरी एसएलसीको परीक्षा दिइरहेको छ भने खानेकुरा के खुवाउने भन्ने चिन्ता हुन्छ । बिहानदेखि रातिसम्म पढाइमा घोत्लिएका हुन्छन् । पढै जाँदा बिर्सने समस्या भएका विद्यार्थी त अझ बढी तनावमा हुन्छन् । यस्तो बेला पौष्टिकतत्त्व कम हुने भएकोले खानामा सन्तुलन मिलाउनुपर्ने हुन्छ ।

‘परीक्षाको तयारी गरिरहेका विद्यार्थीमा ब्यासल मेटाबोलिज्म (बीएमआई) को कमी हुन्छ,’ पोषणविद् एवं पद्यकन्या क्याम्पसका सह(प्राध्यापक डा. जया प्रधानले भनिन्, ‘यस्ता विद्यार्थीलाई थप शक्तिको आवश्यक हुन्छ । कार्बाेहाइड्रेट, प्रोटिन र फ्याट भएको खानेकुराबाट प्राप्त गर्न सकिन्छ ।’

तीनै तत्त्व भएको खानेकुरा सन्तुलन सिद्धान्तअनुसार खुवाउनुपर्ने उनले बताइन् । उनका अनुसार एक दिनमा ५० देखि ६० प्रतिशत शक्ति कार्बाेहाइड्रेटबाट प्राप्त गर्नुपर्ने हुन्छ । त्यस्तै, १५ देखि २० प्रतिशत प्रोटिनबाट, २० देखि ३० प्रतिशत फ्याटबाट शक्ति प्राप्त गर्न सकिने उनले बताइन् । यसका लागि अन्न, दाल गेडागुडी, माछामासु, दूधबाट बनेको परिकार, फलफूल र चिल्लो पदार्थको समूह मिलाएर खाए मात्रै सबै शक्ति प्राप्त गर्न सकिने पोषणविद्हरु बताउँछन् ।

दाल, गेडागुडी र माछामासुलाई प्रोटिन समूहमा राखेको छ । त्यस्तै, दूधजन्य पदार्थबाट प्रोटिन र क्याल्सियम प्राप्त गर्न सकिन्छ । अन्न समूहको खानेकुरा सकेसम्म प्रशोधन नगरेको हुनुपर्ने प्रधानले बताइन् । जस्तै : मैदामा बाहिरको बोक्रा हुँदैन ।

त्यसैले चोकरसहितको आटाको रोटी स्वास्थ्यकर हुन्छ । मिलमा कुटेको चामलभन्दा ढिकीमा कुटेको चामल अझ स्वस्थकर हुने पोषणविद्हरु बताउँछन् । बजारमा पाइने प्याकिङ चामलभन्दा स्थानीय मिलमा तयार गरेको चामल राम्रो र आडिलो हुन्छ । यस्ता चामलमा कार्बाेहाइड्रेट बढी पाइन्छ । चामलको भुस फँयाकेपछि पनि त्यसको भित्री भागसमेत निकालेर सेतो बनाइन्छ । यसले चामलमा पाइने कार्बाेहाइड्रेट कम हुन्छ ।

परीक्षाको तयारीमा रहेका विद्यार्थी तनावमा हुने भएकोले खानेकुरामा विशेष ध्यान दिनुपर्ने हुन्छ । एकैपटक खुवाउनुभन्दा पनि पटकपटक खुवाउनु उत्तम हुन्छ । ‘खानाको सन्तुलन मिलाउन सकिएन भने खानाप्रति रुचि घट्ने, खाना नरुच्ने र डिप्रेसनको समस्या देखिन्छ,’ प्रधान भन्छिन्, ‘कुन समयमा के खुवाउने भन्ने बाबुआमाले राम्ररी ध्यान दिनुपर्ने हुन्छ ।’

विद्यार्थीहरु राति अबेरसम्म बस्ने र बिहान सबेरै उठ्ने गर्छन् । यसो गर्नुभन्दा बेलुका १० बजेतिर सुत्ने र बिहान चाँडै उठ्नु स्वास्थ्यका लागि उपर्युक्त हुन्छ । त्यस्तै, पढै चिया र कफी लिने बानी हुन्छ । परीक्षाको बेला चिया कफी सेवन नगर्न पोषणविद्हरुको सुझाव छ । ‘राति अबेरसम्म पढा चिया, कफी खाने बानी छ । यो राम्रो बानी होइन । बेलुका चाँडै सुत्ने, बिहान चाँडै उठा रिल्याक्स हुन्छ,’ पोषणविद् प्रधानले भनिन्, ‘चिया कफीले पढ्न जाँगर लगाउने र तनाव कम गर्ने भन्ने गलत हो । उल्टै ग्यास्ट्रिक बढाउँछ । खानाप्रति रुचि पनि कम गराउँछ ।’

अल्का अस्पतालकी डाइटिसियन विनीता पन्त परीक्षाको तयारीमा रहेका विद्यार्थी तनावमा हुने भएकोले प्रशस्त पानी, सुप खुवाउनुपर्ने बताउँछिन् । भिटामिन र खनिज पदार्थको आपूर्ति गर्न फलफूल, हरियो सागपात र अन्य तरकारी पर्याप्त मात्रामा खुवाउनुपर्ने उनले बताइन् । सोडियम र पोटासिमको मात्रा सन्तुलन राख्न फलफूलको जुस, भेजिटेल सुप र प्रशस्त पानीको लिनुपर्ने उनको सुझाव छ । प्रोटिनका लागि माछा, मासु, अन्डा र दूध अनिवार्य खुवाउनुपर्ने हुन्छ । शाकाहारीका लागि दूध, गेडागुडी, पनिर खुवाउनुपर्ने हुन्छ ।

कुन समयमा के खुवाउने ?  
बिहान उठ्नेबित्तिकै दूध, बिस्कुट

परीक्षा दिन जानुअघिको खाजामा  
मह राखेको रोटी वा पाउरोटी, अन्डा, चिनी राखेको दूध, फलफूल/सागपात वा अन्य तरकारी । जे खुवाए पनि तीनदेखि चार घण्टासम्म पुग्ने खाना खुवाउनुपर्छ । जबरजस्ती खुवाउनु हँुदैन । छोराछोरीको इच्छाअनुसार मात्रै खुवाउनुपर्छ ।

परीक्षा दिएर फर्केपछि
परीक्षा राम्रो हुने विद्यार्थी खुसीले गदगद् हुन्छन् । बिगार्ने चिन्तामा हुन्छन् । दुवैलाई खाना मन नलाग्न सक्छ । उनीहरुको शक्ति कम हुन्छ । त्यसैले एकैचोटि खाना खुवाउनुभन्दा पनि फलफूलको एक गिलास ताजा जुस दिनुपर्छ । यसले शक्ति बढाउँछ । त्यसपछि खानामा दाल, भात, मौसमअनुसारको तरकारी, मांशाहारी हो भने चिल्लो कम गरेर मासु खुवाउनुपर्छ । तरकारीचाहिँ छोराछोरीले के मन पराउँछ, त्यसमा जोड दिनुपर्छ । बिहान अन्डा दिएको छ भने खानामा दिनु पर्दैन । दिनमा एउटा अन्डा खुवाउनु उपयुक्त हुन्छ । अन्डा उसिनेर वा तारेर दिन सकिन्छ ।

दिउँसोको खाजा
खाना खाएको चार घन्टापछि उनीहरुलाई जंकफुडभन्दा पनि घरमै बनाएको खानेकुरा दिनु उपयुक्त हुन्छ । यसमा स्नाक्स, रोटी, पराठा, हलुवा, सागसब्जी/मासु/ गेडागुडी/पनिर राखेर चाउमिन पकाएर खुवाउन सकिन्छ । सबैको घरमा पाइने मकै भटमास, चिउरा पनि खुवाउन सकिन्छ । जे खुवाए पनि कार्बाेहाइड्रेट, प्रोटिन, फ्याट र खनिज पदार्थको मात्रा प्राप्त हुनुपर्छ ।

बेलुकाको खाना
बिहानको खानामा जे खुवायो, बेलुका त्यही खुवाउनु उपयुक्त हँुदैन । हलुका खाना दाल, भात र तरकारी मात्रै खुवाउनु पर्छ । राति सुत्ने बेलामा एक गिलास दूध खुवाउनु उपयुक्त हुन्छ ।

अरू के खुवाउने ?
केही विद्यार्थीको छेउमा खानेकुरा राखेर खाँदै पढ्ने बानी हुन्छ । त्यसका लागि काजु, किसमिस, पेस्ता, ओखरको गुदी, छोकडा लगायतका खुवाउँदा हुन्छ । सबैको आर्थिक हैसियत नपुग्ने भएकोले मकै भुटेर पनि राख्न सकिन्छ । त्यस्तै भुजा, चिउरा, काँक्रो, गाँजर, मुला, गेडागुडी, खुर्सानी राखेर चटपटेजस्तै बनाएर पनि खुवाउन सकिन्छ ।

अमिलो लप्सीको परिकार नखान पोषणविद्हरुले सुझाव दिएका छन् । यसले पनि ग्यास्ट्रिकको समस्या बढाउनुको साथै खानाप्रतिको रुचि कम गराउँछ ।

Source : ekantipur.com

भारतलाई हराउँदै वेष्टइण्डिज टी-२० विश्वकपको फाइनलमा

एजेन्सी,चैत १८ । भारतलाई ७ विकेटले हराउँदै वेष्ट इण्डिज टी-२० विश्वकपको फाइनलमा प्रवेश गरेको छ । भारतको मूम्बई भएको सेमिफाइनल खेलमा आयोजक भारतलाई ७ विकेटले हराउदै वेष्ट इण्डिज फाइनलमा प्रवेश गरेको हो । टस हारेर  पहिला ब्याटिङ गरेको भारतले २० ओभर खेल्दै १९२ रन बनाएको थियो। भारतले जितका लागि १९३ रनको लक्ष्य प्रस्तुत गरेको थियो, जसलाई वेष्टइण्डिजले अन्तिम चार बल बाँकी छँदा ३ विकेट गुमाएर भेट्टायो ।  वेस्टइण्डिजकालागि सिमोन्सले नटआउट रहँदै ५१ बलमा ७ चौका र ५ छक्कासहित ८३ रन बनाए । कार्लेसले ५२ रन, रसेलले ४३ र गेलले ५ रनको योगदान गरे।

वेस्टइन्डिजका भर पर्दा ब्याट्सम्यान क्रिस गेल ६ बलमा ५ रन बनाएको अवस्थामा आउट भएपछि तेस्रो क्रमका अर्का भरपर्दा ब्याट्सम्यान मार्लोन स्यामुयल्स पनि ७ बलमा ८ रन बनाएको अवस्थामा आउट हुँदा खेल भारतको पक्षमा जाने अनुमान गरिएको थियो । भारतकालागि विराट कोहोलीले उत्कृष्ट ब्याटिङ गर्दै नट आउट रहेर ४७ बलमा ८९ रनको योगदान गरेका थिए।

तर कोहोलिको उत्कृष्ट ब्याटिङ भारतको जितका लागि प्रयाप्त बनेन। रोहित शर्माले ४३ रनको योगदान गरे भने अजिन्का राहानेले ४० रन जोडेका थिए। क्याप्टेन महेन्द्र सिं धोनीले नट आउट १५ रन जोडेका थिए। वेष्टइण्डिजका लागि आन्द्रे रूसेल र सामुल बाड्रेले १(१ विकेट लिए

रमाइलोका लागि सामाजिक सञ्जाल चलाउदा साइवर अपराधमा हतकडी लाग्छ – एसएसपी सर्वेन्द्र खनाल

– भरतराज उप्रेती

अनलाइन मार्फत सामाजिक सञ्जाल प्रयोग गर्दा सचेत हुन जरुरी छ :  एसएसपी सर्वेन्द्र खनाल

कलेज लेभका बिद्यार्थीहरु बढी मात्रामा सामाजिक सञ्जालमा अभ्यस्त रहने हुदा उनीहरु कही कतैबाट साइवर अपराधभित्र तानिने र फस्ने अवस्था बढ्दो छ । त्यसैले बेलैमा सावधानी अपनाउन बिद्यार्थीहरले जरुरी छ । त्यसका लागि बिद्यालय, अभिभावक संघ संस्था र सरोकारवाला निकायहरुले साइवर अपराध बारेको जानकारीलाई समुदाय, स्कुल कलेजबाट व्यापक रुपमा अभियानको रुपमा अगाडी लैजान अत्यावश्यक भइसकेको छ । कारणवश साइवर अपराध परे ५ वर्ष सम्म जेल सजाय र जरीवाना समेत हुनेछ । पछि हतकडी लगाएर चिसो सिंढीमा पर्नुभन्दा बेलैमा साइवर अपराधबाट बच्ने उपाय आजै अवलम्वन गरौं । साइवर अपराधमुक्त समाज बनाउन आफैबाट सामाजिक सञ्जालको प्रयोगलाई सूचनामुलक बनाऔं ।

कम्प्युटरको ज्ञान त्यतिबेला महत्वपूर्ण मानिन्छ जब त्यसको प्रयोगले कुनै पनि काम र कार्यक्रम सूचनामुलक र उपलब्धि हुन्छ तर त्यसको प्रयोग कुनै पनि अपराधजन्य काममा लागि प्रयोग गरिन्छ त्यसको नतिजा अन्तमा घातक सिद्ध हुन्छ । विज्ञान प्रविधिको आविष्कारले प्रविधिको माध्यम बनेको इमेल इन्टरनेट, अनलाइन ब्लग, अनलाइन मिडिया र सामाजिक सञ्जाल अहिलेको मानिसको अभिन्न अंगभित्रको सहज जीवनशैली बन्दै गइरहेको छ । तथापी सूचना प्रविधिको यिनै माध्यमलाई अपराध गर्नेहरुले आफ्नो प्रयोग अनुकुल बनाउदै लगेकाप्रति हामी सचेत हुने बेला आएको छ । अपराध गर्नेहरुले सामाजिक सञ्जाल फेसबुक ट्वीटर लगायतका सोसल मिडियालाई बढी प्रयोग गर्दै आएका छन् । प्रविधि हाम्रा लागि जति महत्वपूर्ण छ त्यति नै त्यसको प्रयोगमा सावधानी नअपनाउदा घातक बन्दै गएका उदाहरणहरु सार्वजनिक भइरहेका छन् । सामाजिक सञ्जाल के का लागि प्रयोग गर्ने किन प्रयोग गर्ने कस्ता सूचना, जानकारी र फोटोहरु पेष्ट गर्ने, कस्ता व्यक्तिलाई साथी बनाउने भन्ने बारेको ज्ञान सामाजिक सञ्जाल प्रयोगकर्तामा हुनु आवश्यक छ । सामाजिक सञ्जालबाट अपराधका घटनाहरु १६ देखि २५ वर्षभित्रका व्यक्तिहरुले बढी मात्रामा भइरहेका छन् । कतिपयले सामाजिक सञ्जाल प्रयोगमा सावधानी नअपनाउदा भएको छ भने कतिपयले अपराधिक मानसिकताले गरिरहेका छन् । सामाजिक सञ्जालमा नक्कली आइडी बनाएर अपराध गर्नेहरु पनि त्यत्तिकै छन् ।ict aware

मन्त्री र सभासद् भएर पनि कम्प्युटर नै चलाउन आउदैन भन्छन : विज्ञान तथा प्रविधि मन्त्री, शिवललाल थापा3

कम्प्युटर शिक्षा आज सबैका लागि आवश्यक छ, कम्प्युटर तथा सूचना प्रविधिको ज्ञान बिना अबको जीवनशैली अपुरो नै हुन्छ । हाम्रो पालामा कम्प्युटर सिक्न न त के देख्न समेत पाइएन । जसोतसो खरीबोटबा शिक्षा लिइयो । दुःख जेलो गरेर पढ्छु भन्दा पनि पढ्न नपाइने अवस्था थियो । अहिले त सबैको हात हातमा मोबाइल घर घरमा कम्प्युटर छ । ५ वर्षको बच्चाले पनि मोबाइलमा सजिलै गेम खेल्छ । सूचना प्रविधिको प्रयोगले जीवनस्तर अति सहज बनाइदिएको छ । हामी सभासद र मन्त्रीहरुलाई पनि सहजसग कम्प्युटर चलाउन समेत आउदैन, १५ दिने निःशुल्क आधारभुत कम्प्युटर तथा अनलाइन पत्रकारीता तालिमको उद्घाटन गर्दै विज्ञान तथा प्रविधि मन्त्री शिवललाल थापाले भने । आधारभुत कम्प्युटरको ज्ञानले नै सबै कुरा सिकाउछ । विज्ञानको आविष्कार र चमत्कारले विश्वलाई प्रविधिमार्फत एउटै सञ्जालमा रुपान्तरण गरिदिइएको छ । माध्यमिक तहदेखि नै कम्प्युटर शिक्षा लागू भइसकेको अवस्था छ । जनतालाई सूसुचित गर्ने माध्यमहरु प्रिन्ट इलेक्ट्रोनिक्स हुदै अलाइनमा रुपान्तरित भइसकेको छ । विश्वभरका सूचना र जानकारीहरु मोबाइलबाटै पढ्न र हेर्न सकिने अहिलेको प्रविधिको जमाना आएकोले कम्प्युटरको ज्ञानले नै सभ्य अनलाइन पत्रकारीता सिकाउने विज्ञान तथा प्रविधि मन्त्री थापाले बताए ।

विज्ञान प्रविधि मन्त्रालयको उपस्थितीलाई ७५ वटै जिल्लामा पुर्याउन लागि आफूले उच्चस्तरमा काम गरिरहेको मन्त्री थापाले बताउनुभयो । सरकारी स्कुलका बिद्यार्थी जसले विज्ञान र प्रविधिमा उत्कृष्ट काम देखाउछन् त्यो स्कूल र बिद्यार्थीलाई प्रोत्साहन समेत गर्ने कार्यनीति आफूले बनाउने मन्त्री थापाले उद्घाटन कार्यक्रममा बताउनुभयो ।

प्रविधिमैत्री स्वास्थ्य सेवाको भावना विकास गर्न जरुरी छ :  लोकबहादुर टण्डन

सूचना प्रविधि आजको आवश्यकता हो । हरेक क्षेत्र र निकाय सूचनाप्रविधि बिना अब नचल्ने भइसकेका छन् । स्वास्थ्य क्षेत्रमा सूचना प्रविधिको प्रयोगमा व्यापकता बन्दै गइरहेको छ । हामीले आफ्नो स्वास्थ्यको जानकारी मोबाइलबाटै थाहा पाउने अवस्था आइसकेको छ । त्यसैले कम्प्युटरको ज्ञानले स्वास्थ्य, सूचना, सञ्चार, कृषि पर्यटन क्षेत्रको बिकास र बिस्तारलाई सहयोग पुर्याउदै आएको छ । स्वास्थ्य क्षेत्रमा एमआरआई, भिडियो एक्सरे, सिटी स्क्यान, ल्याब, इसिजी, अल्टासाउण्ड सबैको कम्प्युटरमार्फत प्रविधिको प्रयोग भएका छन् । त्यसैले कम्प्युटर अहिलेको माग होइन आवश्यकता हो । जसबाट हाम्रो जीवनशैली सहज बनिरहेको छ । त्यसैले सूचना प्रविधिको प्रयोगको अनुकुलता खोज्दै जादा यसको दुरुपयोग भयो भने त्यसको परिणाम अब मान्छेले कल्पना नै गर्न नसक्ने अवस्थामा पुग्न सक्छ । मानीलिऔं, ल्याबको एउटा प्राविधिकले एक अक्षरको मात्र रिपोर्टमा गल्ती गरिदियो भने बिरामीको अवस्था भयावह हुन सक्छ, त्यस्तै डाक्टरले अप्रेसनमा । त्यसैले सामाजिक सञ्जालमा रमाइलोको भरमा तपाइले झुक्किएर गरेका सानो गल्तीले साइवर अपराधभित्र हतकडी लाग्न सक्छ । त्यसैले सूचना प्रविधिको ज्ञानलाई देश विकास लागि प्रयोगमा ल्याऔं ।

सामाजिक रुपान्तरण र देश विकास लागि सूचना प्रविधि र पत्रकारीता : राजेश अधिकारी

हामीले हाम्रो धरातललाई बिर्सन हुदैन । राम्रो काम गर्नेलाई प्रोत्साहन गर्ने संस्कारको विकास हामीले गर्न र सिक्न जरुरी छ । विज्ञान तथा सूचना प्रविधिमार्फत विश्व रुपान्तरण भइरहेको छ भने हामी पनि त्यसभित्र भर्खर छिरेका मात्र छौं । सूचना प्रविधिको प्रयोगमार्फत देश विकास गर्न सकिन्छ भन्ने हामी सबैले भनेका छौ., तर प्रारम्भिक चरणमा यसको प्रयोग कसरी गर्ने भन्ने बारेमा स्पष्ट ज्ञान नहुदा हामी सूचना प्रविधिलाई गलत तवरले प्रयोग गर्दै छौं । प्रविधिमैत्री बन्ने भन्ने होडमा जीवनशैलीलाई अस्तव्यस्त हामी आफैले बनाइरहेका छौं । त्यसकारण विज्ञान तथा सूचना प्रविधिको प्रयोगका लागि पहिले त सरकारको नीति बलियो बन्नुपर्यो, त्यसपछि त्यसलाई प्रयोगमा ल्याउने निकाय सम्पन्न र सुदृढ हुनुपर्यो भने सक्षम जनशक्तिको कार्यशैली चुस्त दुरुस्त हुन आवश्यक छ भने प्रयोगकर्ताहरुलाई सूचना प्रविधिको यथेष्ट ज्ञान र अनुगमन तथा मूल्यांकन । यी सबै कुरा भएपछि पनि सूचना प्रविधिको सफल हुदैन किनकी अझै केही समस्या र खराबीहरु देखा पर्न सक्छ । यो अवस्था विकसित देशहरुमा देख्न सकिन्छ । त्यसैले हाम्रो जस्तो विकासोन्मुख देशमा सूचना प्रविधिको प्रयोगले केही वर्षमा कायापलट गराउन सकिन्छ भन्ने मानसिकतालाई हटाउन जरुरी छ । संस्थाको वेभसाइट बनाउदैमा संस्था या कम्पनी प्रविधि मैत्री भयो भन्न मिल्दैन शुरुवात भयो मात्र भन्न मिल्छ ।

त्यसैले सूचनाको हक अधिकारलाई जनतामाझ सूसुचित गराउने कम्प्युटर इन्टरनेट र अनलाइन मिडिया तथा सामाजिक सञ्जाललाई कसरी समाज रुपान्तरण र देश विकासका लागि लगाउने भन्ने बारेको ज्ञान एवं चेतना अबको पिढींमा हुन जरुरी छ । त्यसका लागि बिद्यार्थी जीवनकालदेखि नै सकरात्मक सूचना प्रविधिको प्रयोगमा ल्याउनुपर्ने देखिन्छ । यस अर्र्थमा युवा सूचना केन्द्र काठमाडौं र आइसिटी पत्रकार विकास मञ्चको आधारभुत कम्प्युटर तथा अनलाइन पत्रकारीता तालिम कार्यक्रम सूचना प्रविधिको चेतनाको स्तर अभिबृद्धि गर्ने उपलब्धिमुलक हुन सक्ने मैले आशा गरेको छु ।ict bआधारभुत कम्प्युटर तथा अनलाइन पत्रकारीता तालिमको उद्घाटन कार्यक्रमको सभापति आइसिटी पत्रकार विकास मञ्चका संस्थापक अध्यक्ष भरतराज उप्रेती, प्रमुख अतिथि विज्ञान तथा प्रविधि मन्त्री शिवलाल थापा, विशिष्ट अतिथिहरु जिल्ला खेलकुद विकास समिति, युवा सूचना केन्द्र काठमाडौंका प्रमुख लिलाराम बस्नेत, महानगरीय अपराध महाशाखा टेकुका एसएसपी सर्वेन्द्र खनाल, ग्रीन सिटी हस्पिटलका अध्यक्ष लोकबहादुर टण्डन, अतिथिहरु राष्ट्रिय प्रेस क्लव नेपालका संस्थापक अध्यक्ष रामकृष्ण कर्माचार्य, म. क्षे. खे. वि.स का पूर्व अध्यक्ष तथा लेखक राजेश अधिकारी, महानगरीय प्रहरी बृत्त बालाजुका प्रहरी उपरीक्षक, नेपाल सूचना तथा विज्ञान प्रविधि संस्थाका अध्यक्ष सी.पी. भट्टराई, मोबाइल एसोसियसन अफ नेपालका संस्थापक अध्यक्ष अम्बिका प्रसाद ढकाल, राष्ट्रिय नागरिक विकास मञ्चका अध्यक्ष तथा सञ्चारकर्मी महेशजंग कुँवर, तारकेश्वर नगरपालिकाका योजना अधिकृत ई. सविन महर्जन, मानसिङ धर्म उच्च मा.वि.का संस्थापक मानसिङ महर्जन, प्राचार्य विनोद पण्डित लगायत बिभिन्न सामाजिक संघ संस्थाका प्रमुखहरु र मानसिङ उ.मा.वि.का कक्षा ११ र १२ का बिद्यार्थीहरुको उल्लेख सहभागीता रहेको थियो । कार्यक्रम जिल्ला खेलकुद विकास समिति, यूवा सूचना केन्द्र काठमाडौको सहयोगमा आइसिटी पत्रकार विकास मञ्चले आयोजना गरेको हो । कार्यक्रम १५ दिन चैत्र १५ गतेदेखि २९ गतेसम्म दैनिक ३ घण्टाका दरले चल्नेछ । तालिममा न्युनतम ३५ जना बिद्यार्थीहरुको सहभागीता रहने संस्थाले जनाएको छ । तालिममा कम्प्युटर इतिहास शिक्षा र अनलाइन तथा सामाजिक सञ्जाल प्रयोगमा लागि आधारभुत ज्ञान दिइनेछ भने तालिममा अनलाइन पत्रकारीता, सामाजिक सञ्जालको प्रयोग कसरी सूचना र ज्ञानमुलक बनाउन सकिन्छ भन्ने बारेमा सिकाइने संस्थाका संस्थापक तथा कार्यक्रम संयोजक भरतराज उप्रेतीले बताए । अनलाइन पत्रकारीतासगै सूचनामुलक ब्लग सञ्चालन गर्ने ज्ञान समेत तालिममा दिइनेछ । १५ दिने तालिमको अवसरमा उक्त कार्यक्रममा अनलाइन पत्रकारीता तालिम सँगै बढ्दो साइवर सुरक्षा चुनौतीको बारेमा बिद्यार्थीहरुलाई सचेतना समेत दिइने कार्यक्रम तालिका रहेको छ । तालिममा मोबाइल सुरक्षा बारेको जानकारी अम्बिका प्रसाद ढकालले दिनुहुनेछ भने, साइवर अपराध के हो र कसरी बच्ने भन्ने बारेको जानकारी महानगरीय अपराध महाशाखाका एसएसपी सर्वेन्द्र खनालले दिनुहुनेछ । अनलाइन मिडिया सञ्चालन, व्यवस्थापन र अनलाइन मिडियामार्फत हुने साइवर अपराधको जानकारीको बारे प्रेस काउन्सिल नेपालको तर्फबाट अध्यक्ष बोर्ण बहादुर कार्कीले दिने कार्यक्रम तालिका रहेको छ । पत्रकारीताको अवस्था भोगाई र जीवनशैली बारेको जानकारी राष्टिय प्रेस क्लवका अध्यक्ष रामकृष्ण कर्माचार्यले दिनुहुनेछ । आधारभुत कम्प्युटर इमेल, इन्टरनेट वेभसाइट बारेको ज्ञान ई सी.पी. भट्टराईले दिनुहुनेछ । त्यस्तै साइवर अपराध नियन्त्रणका लागि नेपाल दूरसञ्चार प्राधिकरणको अनुगमन नीतिका बारेमा प्राधिकरणका निर्देशक आनन्दराज खनालले दिनुहुनेछ । अनलाइन न्युज पोष्ट तथा ब्लग तथा फेसबुक पेज बनाउने बारेको तालिम कार्यक्रम संयोजक भरतराज उप्रेतीले दिनुहुनेछ । वेभ डिजाइन कन्सेप्ट र सर्च इन्जिनका बारेमा वेभ इन्जिनियर सुरेन्द्र बूढाथोकीले सहजीकरण गर्नुहुनेछ । ict manamaiju

चैत्र १९ गते शुक्रबार तालिममा सहभागी ३५ जना बिद्यार्थी लगायत सरोकारवारा निकायका प्रमुहखरुलाई मुनि बहादुर शाक्यको इनोभेसन सेन्टरमा कम्प्युटर मेसीन, इ लाइब्रेरी, टेलिमेडिसिन लगायतका प्रविधिका उपकरणहरुको अवलोकन भ्रमण लाने कार्यक्रम तालिका समेत रहेको छ ।IMG_6373

पत्रकारको तलब एकपक्षीय रुपमा तोकिए चाबी बुझाउने उद्यमीको चेतावनी

काठमाडौं,चैत १८ । श्रमजिवी पत्रकारहरुको न्युनतम पारिश्रमिक बृद्धिका लागि भएको सिफारिस कार्यन्वयनका लागि सूचना तथा सन्चार मन्त्री शेरधन राईले सरोकारवालाहरुसँग छलफल अघि बढाउनुभएको छ । चाँडैनै प्रमुख सरोकारवालाको बैठक राखी न्युनतम तलबमान तोकिने भएको छ ।
न्युनतम पारिश्रमिक निर्धारण समितिले गरेको सिफारिस अनुसार पत्रकारहरुको न्युनतम पारिश्रमिक व्यवहारमा कार्यन्वयनका सन्दर्भमा मन्त्री राईले ठूला सन्चारगृहका लगानीकर्ताहरुसँग विहिवार परामर्श गर्नुभएको छ । सन्चार मन्त्रालयमा आयोजित मिडिया सोसाइटीसँगको छलफलमा मन्त्री राईले सरकार न्युनतम पारिश्रमिक निर्धारण समितिको सिफारिसलाई बलजफ्ति लागु गराउने भन्दा पनि सरोकारवालाहरुसँगको छलफलबाट प्राप्त सुझाबका आधारमा सबैलाई मान्य हुने खालको तलबमान तोक्ने पक्षमा रहेको प्रष्ट पार्नुभयो ।

मन्त्री राईले श्रमजिवी पत्रकार ऐन कार्यन्वयन र न्युनतम पारिश्रमिक बृद्धि गर्ने सन्दर्भमा सकारात्मक ढंगले सघाउन लगानीकर्ताहरुलाई आग्रह गर्नुभएको सन्चार मन्त्रालयका प्रेस सल्लाहकार मात्रिका पौडेलले जानकारी दिनुभयो । ‘सरकार लगानीकर्तालाई मर्कामा पारेर मिडिया उद्योग कमजोर बनाउने दिशामा जादैन तर पत्रकारहरुको न्युनतमक पारिश्रमिक र श्रमजिवी पत्रकार ऐन कार्यन्वयनमा सहजकर्ता बन्न चाहान्छ’ मन्त्री राईको भनाइ थियो ।

उहाँले पत्रकार महासंघ,मिडिया सोसाइटी लगायत सबै सरोकारवालाहरुसँगको साझा सहमतिका आधारमा नयाँ वर्षदेखि पत्रकारहरुको न्युनतम पारिश्रमिक बृद्धि गर्ने सोच आफ्नो रहेको प्रष्ट पार्नुभएको थियो ।
करीव डेढ घण्टा लामो छलफलमा मिडिया सोसाइटीका पदाधिकारी र सन्चार उद्यमीहरुले अहिले सिफारिस भएको १९ हजार ५ सय न्युनतम पारिश्रमिक कुनै पनि हालतमा लागु गर्न नसकिने बताएका थिए । उनीहरुले सरकारलेनै यो निर्णय गर्ने हो भने आफूहरुले सामुहिक रुपमा सन्चारगृह बन्द गरेर चाबी सरकारलाई एकमुष्ट रुपमा बुझाउने बताए । मिडिया सोसाइटीका अध्यक्ष पुष्करलाल श्रेष्ठले जसले पारिश्रमिक दिनुपर्ने हो उसैलाई बाहिर राखेर जबर्जस्ति गरिएको सिफारिस मान्य नहुने बताउनुभयो । मिडिया सोसाइटीका निवर्तमान अध्यक्ष कैलाश सिरोहियाले संसारमा कहिँ पनि आफ्नो तलब आफैं तोक्ने व्यवस्था नरहेको भन्दै सन्चार उद्यमीको प्रतिनिधित्व नभएको समितिको सिफारिस मान्न नसकिने र सरकारले यसमा वृहत छलफल गर्नुपर्ने बताउनुभयो ।
उहाँले न्युनतम पारिश्रमिक तोक्ने बारेमा सरकारले छलफल गरेमा आफूहरु सहभागी हुने र सहमतिमा आउन सकिने प्रष्ट पार्नुभयो । मिडिया सोसइटीका महासचिव शुभशंकर कँडेल,आरके मानन्धर,मदन लम्साल,शिशिर भट्ट,निर्मल गुरुङ,निकिता पौडेल लगायत सन्चार उद्यमीहरुले भूकम्प र नाकाबन्दीको ९ महिना लामो सकसबाट तहसनहस अवस्थामा पुगेको सन्चार उद्योगलाई बन्द गराउने षडयन्त्रस्वरुप अहिले न्युनतम पारिश्रमिक बृद्धिको हतियार चलाइएको आरोप लगाउनुभयो । मिडिया सोसाइटीले सन्चार उद्योगलाई सेवामूलक उद्योगको मान्यता दिन र सन्चार नीति लगायत अन्य विषयमा सन्चार उद्यमीको सहमति लिन मन्त्रालयसँग आग्रह गरेको छ ।

सन्चार उद्यमीहरुसँगको छलफलले पत्रकारहरुको न्युनतम पारिश्रमिक लागु गर्ने सम्बन्धमा थप छलफल र बीचको बाटो निकास आवश्यक देखिएको सन्चार सचिव दिनेशकुमार थपलियाले बताउनुभयो । उहाँले ऐन कानुन पालना गराउने दायित्व सरकारको भएकाले सहमतिमा आएर सघाउन मिडिया सोसाइटीका पदाधिकारीहरुलाई आग्रह गर्नुभयो ।

मन्त्री राईले चाँडैनै मन्त्रालयले सन्चार उद्यमी र पत्रकार महासंघ सहित प्रमुख सरोकारवालाहरुको संयुक्त बैठक राखेर न्युनतम पारिश्रमिकमा सहमति जुटाउने प्रतिबद्धता व्यक्त गर्नुभयो । मन्त्रीको भनाइमा मिडिया सोसाइटीका पदाधिकारीले सहमति जनाएका छन् । मन्त्री राईले सन्चार उद्योगलाई सेवा उद्योगको मान्यता दिलाउने लगायत सन्चार उद्यमीका समस्या समाधानमा आफूले सन्चार मन्त्रीका हैसियतमा पूर्णरुपमा सघाउने बचन समेत व्यक्त गर्नुभएको छ । एक साताभित्रै पारिश्रमिक बृद्धिका लागि मन्त्रालयले सरोकारवालाको बैठक बोलाउनेभएको छ ।

फक्रँदो त्यो फूल

राजधानीको भृकुटीमण्डमा १९ औ पुष्पप्रर्दशनी राखिएको विभिन्न प्रकारका फूलहरु ।

पुष्प प्रर्दशनी

puspa1राजधानीको भृकुटीमण्डमा १९ औ पुष्पप्रर्दशनी को उद्घाटन गदैृ कृषिविकास मन्त्री हरिबोल गजुरेल ।

यस्तो देखियो १९ औ पुष्प प्रर्दशनी (फोटोफिचर)

काठमाडौ,चैत १९ । राजधानीको भृकुटीमण्डमा १९ औ पुष्पप्रर्दशनी सुरु भएको छ । बिहिबार राजधानीमा आयोजित कार्यक्रममा कृषिविकास मन्त्री हरिबोल गजुरेलले सो मेलाको उद्घाटन गदै पुष्प व्यवसायको महत्व र आवश्यकता दिनप्रतिदिन बढ्दै गएको बताए । पछिल्लो समय पुष्पव्यवसायविस्तार्रै वामे सदै गएको भन्दै मन्त्री गजुरेलले कृषि क्षेत्रको विकासको लागियस क्षेत्रले महत्पुर्ण योगदान पु¥याउदै गएको बताए ।

0ba617b6-e5da-4eca-b83e-e6f6756790c1
पुष्प व्यवसाय प्रर्वद्धन गरी राष्ट्रिय र अन्तराष्ट्रिय स्तरमाबजार विस्तार गर्नकोलागियसको प्रयाप्त सम्भावना रहेको छ, मन्त्री गजुरेलले भने‘पुष्पव्यापारबाट पनि राष्ट्रिय अर्थतन्त्रलाईबलियो बनाउन सकिन्छ ।’उनले अरुको अगाडि भीखमाग्ने मानसिकता नहटेसम्म नेपाल स्वाधिन र आत्मनिर्भर नहुने बताए । मन्त्री गजुरेले भने ‘नेपालीको मानसकिता नै गरिबी र पछौटेपनले गाँजेको छ यो मानसिकतामा सुधार नल्याएसम्म नेपालको अर्थ तन्त्रबलियो हुन सक्दैन ।’

6bb8b743-4046-456e-851a-3746bb16bf91
कृषि क्षेत्रकाअन्यउपजहरुसँगै पुष्पउत्पादनमापनि बृद्धि गर्नुपर्ने मन्त्रालयको योजना रहेको उनले बताए । कृषि सचिवउत्तमकुमार भट्टराईले पुष्पको गुणस्तरमा विशेष ध्यानदिनुपर्ने बताए । उनले आगामीआर्थिक वर्षको बजेट तथा कार्यक्रम मार्फत पुष्प व्यवसायलाई प्रवद्र्धन गर्न विशेष कार्यक्रमल्याउने गरिहेको बताए । पछिल्लो समय पुष्पव्यवसायआत्मनिर्भर बन्ने अवस्थामाआएकाले निर्यात प्रवद्र्धनकालागि सरकारी तवरबाट सहयोग गरिने बताए।

puspa1
नेपालउद्योग बाणिज्य महासंघकी वरिष्ठ उपाध्यक्षभवानी राणाले पुष्पव्यवसायको प्रवद्र्धन गर्न सरकारले कृषिकाअन्य क्षेत्रजस्तै र्बैकबाट सहुलियत दरमा ऋण तथाबीमाको उपलव्धगराउनुपर्ने बताइन । पुष्पव्यवसायमार्फत स्थानीय स्तरमा रोजगारीको अवसर सिर्जना गरेर वैदेशिकजाने युवायुवातीलाई स्वदेशमै रोजगारीको सिर्जनागरिनुपर्ने बताइन ।
पुष्पव्यवसायलाई औधोगिकरणमा परिणत गर्न सके यसले दिगो आर्थिक विकासमा पु¥याउन सक्छ उनले भनिन,‘निजी क्षेत्र विकासकालागि अग्रसर भएको बेला सरकारले पनिहातेमाले गर्नु आवश्यक छ ।’
व्यापार तथानिकासी प्रवद्र्धन केन्द्रकाकार्यकारी निर्देशक ईश्वरीप्रसाद घिमिरेले पुष्पमहत्वसवले मुलुकको आन्तरिक उत्पादनलाई प्रोत्साहनगर्नुका साथै अन्तराष्ट्रिय बजारलाई पनिविस्तार सघाउ पु¥याउने बताए । पुष्पव्यवसायनिर्यात प्रर्वद्धनका लागिउत्पादन र गुणस्तरमाविशेष ध्यानदिनुपर्ने बताए ।
फ्लोरिकल्चर एशोसिएसनका नेपाल(फयान)काकार्यबाहकअध्यक्षदिलिपबादेले पुष्पव्यवसायको प्रवद्र्धन र बजार विस्तार गर्ने उदेश्यका साथ मेलाआयोजनागरिएको बताए । स्थानीयउत्पादनले पुष्पव्यवसायआत्मनिर्भर बन्दै गएकाले जनशक्ति र पुर्वाधारको कमी ले गर्दा अन्तराष्ट्रिय बजार विस्तार गर्ननसकिएको बताए । स्वदेशमै अन्तराष्ट्रिय स्तरको प्रर्दशनीकक्ष स्थापनागर्न सरकारले जग्गाउपलव्ध गराएपनिअहिले सम्मकाम अगाडि बढ्न नसकेको भन्दै उनलेपुष्पव्यवसायमालगानीगर्न स्वदेशीविदेशीलगानीकर्ताहरु इच्छुक रहेपनिलगानी मैत्रीबातावरण नहुँदालगानीकर्ता आकर्षित बन्न सकेका छैन ।

277ca2ed-72be-4337-80c1-61cce1080a1b
‘स्वच्छवातावरण र आर्थिक सम्बृद्धिको लागिपुष्पव्यवसाय’भन्ने मुलनाराका साथबिहिबार देखि सुरु भएको मेलामाविभिन्नप्रकारकाफूलहरु प्रर्दशीमा राखिएको छ । मेलामामौसमीफूल, आलङकारिक बोटविरुवा, कटफलावर, ड्राई फलावर, सुनाखरी, कम्पोष्ट मल, फूलको गाना, बीउविजन, कृषिऔजार, उपकरण, प्याकेजिङका सामग्री, सुक्ष्म तथाथोपासिचाईप्रविधि र विषाधीकाप्रर्दशनीतथाविक्रिकक्ष राखिएको छ । मेला ६ वटा अफिसियल स्टल, प्रतियोगितात्मकप्रर्दशनीकालागि ३, ल्यान्ड स्केपिङकालागि ४ र व्यवसायकि स्टल ५१ गरी कुल ६४ वटा स्टल राखिएको छ ।

d38531fe-6152-4a84-a251-7506f0e6494b 868f0baa-6d8a-40f2-9a4c-1826307f3786
फ्यानकाअनुसारआर्थिक वर्ष २०७१÷७२ मा १ अर्ब ३४ करोड रुपैयाँको कारोबार भएको थियो । सोहीआर्थिक वर्षमा १० करोड बराबरको पुष्पतथापुष्पजन्यवस्तुको आयातभएको थियो । सोहीअवधिमा ३ करोड भन्दा बढीको निर्यात भएको थियो ।
पुष्पव्यवसायक्रमिक रुपमाविस्तार हुँदै गएको छ ।हाल ३८ जिल्लाको ६ सय ७५ नर्सरीबाट पुष्पउत्पादनभइरहेको छ । करिब एक सय ४१ हेक्टर क्षेत्रफलमापुष्प खेतिविस्तार भएको छ । यस व्यवसायबाट प्रत्यक्षअप्रत्यक्ष रुपमा ४१ हजार भन्दा बढी सर्वसाधारणले रोजगारी पाएको छ ।
मेलामा ६० लाख रुपैयाँको कारोबार र ६५ हजार हजारले अवलोकनगर्ने आयोजकको अनुमान छ ।यसैबीचउद्घाटनको अवसरमाउत्कृष्ट स्टल, उत्कृष्ट ल्यान्ड स्केप,उत्कृष्ट मौसमीफूल, उत्कृष्ट आलङकारिक विरुवा, उत्कृष्ट फूल्ने विरुवा, उत्कृष्ट पुष्प सजावट, उत्कृट कट फलावर रोज, उत्कृष्ट कट फलावर कार्नेसन, उत्कृष्ट कलफलावर जर्वेरा, उत्कृष्ट ग्लाडिओलय लाई सम्मानतथाकदर पत्रवितरण गरिएको छ ।

सुनको भाउ घट्यो

काठमाडौं,चैत १८ । सुनचाँदीको भाउ ओरालो लागेको छ । बिहीबार सुनको भाउ तोलामा ५ सय रुपैयाँले घटेर ५४ हजार रुपैयाँमा झरेको नेपाल सुन चाँदी व्यवसायी संघले जनाएको छ । सोमबार ५४ हजार २ सय रुपैयाँमा कारोबार भएको सुन मंगलबार स्थिर थियो र बुधबार भने ३ सयले बढेर ५४ हजार ५ सय रुपैयाँ पुगेको थियो। यस्तै बिहीबार चाँदीको पनि तोलामा १० रुपैयाँले घटेर ७ सय १० रुपैयाँमा किनबेच भइरहेको छ ।

ठमेलमा प्रहरी छापा, २ सय जना पक्राउ,८० जनाविरुद्ध मुद्दा दायर

काठमाडौं,चैत १८ । सोह्रखुट्टे प्रहरीले ठमेल क्षेत्रमा छापा मारेर २ सय भन्दा बढीलाई पक्राउ गरेको छ। यौनधन्दा लगायतका अवैध कार्यमा संलग्न रहेको भन्दै दुई सय जना भन्दा बढीलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ । अवैध रुपमा संचालित यौनधन्दा, स्पा र मसाज सेन्टर, डान्स र डिस्कोहरुमा सोह्रखुट्टे प्रहरीले छापा मारेर पछिल्लो १२ दिनमा २ सय जना बढीलाई पक्राउ गरिएको जनाएको छ ।
केही लज तथा होटलहरुमा छापा मारेर संचालकसहित केही युवतीलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ ।

‘देशद्रोही’राउतको अन्तरवार्ता लिने एबीसी टेलिभिजनलार्ई कारवाही गर्ने तयारी

काठमाडौं,चैत १८ । देश विखण्डनको एजेन्डा बोकेर हिँडिरहेका सिके राउतको अन्तरवार्ता प्रशारण गरेको भन्दै एबीसी टेलिभिजन कारवाहीमा पर्ने भएको छ । सञ्चार माध्यमहरुको नियमन गर्ने सरकारी निकाय प्रेस काउन्सिलले सो टेलिभिजनमाथि कारवाहीको तयारी गरेको हो । अन्तरवार्तापछि उपराष्ट्रपतिका छोरा दिपेश पुनले टेलिभिजनमाथि कारवाही हुनुपर्ने माग गरेका थिए ।

टेलिभिजनमाथि कस्तो कारवाही गर्ने भन्नेबारे छलफल गर्न काउन्सिलको आकस्मिक बैठक बोलाइएको छ । यसैबीच सिके राउतलाई रिपोर्टस क्लवमा ऋषि धमलाले पत्रकार सम्मेलन गराउन लागेको थाहा पाएपछि त्यसलाई रोकेको छ । प्रेस काउन्सिलले मौखिकरुपमा सचेत गराएपछि धमलाले पत्रकार सम्मेलन स्थगित गरेका हुन् ।

Wednesday, March 30, 2016

आन्दोलनको थप रणनिति बनाउन मोर्चा मधेसी छलफलमा

काठमाडौं,चैत १८ । संयुक्त लोकतान्त्रिक मधेसी मोर्चाको बैठक आज बस्दै छ । वैशाखबाट पुनःआन्दोलनको तयारीमा जुटेको मोर्चा थप रणनिति बनाउन बैठक बस्न लागेको हो । बैठकमा आन्दोलनको भावी रणनीति, तथा विगतका आन्दोलनका बारेमा समिक्षा गरिने नेताहरुले बताएका छन् । आमहडताल र नाकाबन्दीको सर्वत्र विरोधपछि मोर्चाले माघ २५ गतेदेखि आन्दोलनका कार्यक्रम र्फिता लिएर बार्तामा सहभागि भएको थियो ।

यस अघिका पटक—पटकका बार्तामा सहमतिभएका बुँदाहरु सरकारी पक्षले कार्यान्वयनका बारेमा ध्यान नदिएको भन्दै मोर्चाले बैशाखले पुनः थप आन्दोलनका कार्यक्रम सार्वजनिक गर्ने तयारी गरेको छ । बैठकमा समसामयिक राजनीतिक विषय, सचिवालयले तयार पारेको आन्दोलनको एजेण्डा र प्रधानमन्त्रीको चीन भ्रमणका विषयमा छलफल केन्द्रित हुने छ ।

मोर्चाका नेताहरुले भारतिय राजदूत रणजित रायसंग भावी आन्दोलनबारे छलफल गरेपछि आन्तरिक बैठकमा बस्न लागेको हो । बैठकमा आन्दोलनका कार्यक्रम सार्वजनिक गर्नेबारे छलफल हुने संघीय समाजवादी फोरमका अध्यक्ष उपेन्द्र यादबले जानकारी दिए ।

राप्रपा नेपालको केन्द्रीय समितिको बैठक वीरगंजमा सुरु

काठमाडौं,चैत १८ । राप्रपा नेपालको केन्द्रीय समितिको बैठक आजबाट वीरगंजमा सुरु भएको छ। बैठकमा राप्रपा नेपालले सहअध्यक्ष केशरबहादुर विष्ट चने सहभागि भएका छैनन् । पछिल्लो समय विष्ट थापादेखि असन्तुष्ट छन्। विष्टले पार्टी सरकारबाट बाहिरिनुपर्ने बताउँदै आएका छन्।

वैठकले अध्यक्ष कमल थापाले राजनीतिक कार्यपत्र प्रस्तुत गर्ने छ । थापाको राजनीतिक कार्यपत्रमा भारत र चीन भ्रमणको समिक्षा, पार्टी भित्रको आन्तरिक कलह र मुलुकको पछिल्लो राजनैतिक अवस्था लगायतका विषय समेटिएका छन्। विष्टले पार्टी छाडेर लोकेन्द्रबहादुर चन्दसँग सहकार्य गर्ने मनसाय बनाएका छन्।

भाग्य फुट्यो, गिट्टी फुट्दैन

सुर्खेत, चैत १८ । चैत महिनाको चर्को गर्मी । पसिनाले उनको शरीर निथ्रुक्क भिजेको छ । चाउरी परेका गालामा सडकबाट उडेको थुलो पोतिएको छ । ओठमुख सुकेका छन् । हत्केलामा ठेला उठेका छन् । उनको दायाँ हता राम्रोसँग चलाउन मिल्दैन । तैपनि च्यातिएको त्रिपालनजिक उनी सकिनसकी गिट्टी खरिदका लागि आएको ग्राहक ठानेर मोलमेलाई समेत सुरु गरिहाीलछिन् । शिविरमा कोही नयाँ मान्छे प्रवेश गर्ने बित्तिकै उनका आँखा त्यतैतिर जान्छन् । उनलाई लाग्छ गिट्टी खरिदका लागि आएको ग्राहक आएको हो कि ? तर शिविरमा छिरेको मानिस गिट्टीका लागि नआएको थाहा पाएपछि भने उनको अनुहारमा निराशाको धर्सा देखिन्छन् । सुर्खेतको गिरीघाटस्थित बाढीपिडितको अस्थायी शिविरमा देखिएको दृश्य हो यो । अन्नपूर्णमा खबर छ ।

ट्वान्टी–२० विश्वकप सेमिफाइनल: कोहली र गेलको परीक्षा आज

काठमाडौं,चैत १८ । आयोजक भारत र वेस्ट इन्डिजबीच बिहीबार मुम्बईमा ट्वान्टी–२० विश्वकपको सेमिफाइनल भिडन्त हुँदा उच्च फर्ममा रहेका विराट कोहलीले पाउँदै आएको वाहवाही खोस्नेमा क्रिस गेल प्रतिबद्ध छन् ।आक्रामक ओपनरले प्रतियोगिताको पहिलो खेलमा इङ्ल्यान्डविरुद्ध विजय हासिल गर्दा ११ छक्कासहित अविजित शतक बनाएका थिए । तर, त्यसपछि एकपटक मात्र ब्याटिङ मौका पाउँदा उनी चार रनमा समेटिए ।

समूह चरणमा पाकिस्तानविरुद्ध अर्धशतक तथा अस्ट्रेलियाविरुद्ध अविजित ८२ रन बनाउँदै भारतलाई दुवै खेलमा विजय दिलाएका कोहली प्रतियोगितामा सबैभन्दा ठूलो स्टारका रूपमा स्थापित भएका छन् । मुम्बईको वाङ्खडे रंगशालाको फ्ल्याट विकेट ब्याट्सम्यानका सधँै प्रिय हुने गरेको छ । त्यसैले आयोजक र २०१२ को च्याम्पियनबीच हुने अन्तिम चारको खेल ठूला सट खेल्नेहरूबीचको पनि भिडन्तमा प्रमाणित हुनेछ । नागरिक दैनिकमा समाचार छ ।

‘म क्रिस गेल के हो भनेर देखाउन चाहन्छु,’ गेलले मंगलबार विपक्षीलाई चुनौती दिँदै भनेका थिए, ‘मैले प्रतियोगितामा दुईपटकमात्र ब्याटिङ गर्ने मौका पाएको छु । तर, सेमिफाइनल मेरा लागि प्रतियोगितामा सुरुआतजस्तै हुनेछ । ब्याटबाट उच्च प्रदर्शन गर्दै म टोलीको जितमा महत्वपूर्ण योगदान गर्न चाहन्छु ।’

३६ वर्षे गेलले प्रतियोगितामा सर्वाधिक १ सय ८४ रन बनाएका कोहलीलाई ‘विश्व विजेता’ का रूपमा बयान गरे पनि बिहीबारको खेलमा दुवै टोलीले त्यस्ता व्यक्तिगत प्रतिभालाई धेरै वास्ता नगर्ने बताए । ‘क्रिस गेल सधै सकारात्मक खेलाडी हो । आफूविरुद्ध कसले बलिङ गरिरहेछ भन्ने उसलाई वास्ता हुँदैन,’ गेलले भने, ‘क्रिस गेलले खाली आक्रमण गर्न जानेको छ । ट्वान्टी–२० क्रिकेट र क्रिस गेलको स्वभाव पनि यस्तै हो ।

भारतका प्रशिक्षक रवि शास्त्रीले आफ्ना बलरहरू गेलबाट सचेत रहेको बताउँदै उनलाई धेरै खुल्न नदिने बताए । ‘हाम्रा बलरले गेललाई लक्ष्य बनाएर खेल्नेछन्,’ बुधबार पत्रकार सम्मेलनमा शास्त्रीले भने । कोहलीले लगातारको उच्च प्रदर्शनबाट आफूलाई क्रिकेटका महान हस्तीमा प्रमाणित गर्दै लगेको भारतका पूर्व अलराउन्डर शास्त्रीको भनाइ थियो । ‘विश्वकपको यो अवस्थासम्म आइपुग्दा कोहलीलाई जस नदिइरहन सकिन्न । उनको कडा मिहिनेत र उच्च प्रदर्शन हाम्रा लागि सधँै महŒवपूर्ण रहँदै आएको छ,’ शास्त्रीले भने, ‘कोहलीले कुनै दिन आफूलाई क्रिकेटको सर्वकालीन महान हस्तीमा उभ्याउने छन् ।’

२००७ मा सम्पन्न पहिलो संस्करणको विजेता भारत ट्वान्टी–२० विश्वकपको दुई संस्करण जित्ने पहिलो टोली बन्ने अभियानमा बिहीबारको खेल जितेर एक कदम नजिक पुग्न चाहन्छ । त्यसका लागि टोलीलाई घरेलु मैदानको फाइदा पनि हुनेछ । त्यसो भए प्रेरणादायी कप्तान महेन्द्रसिंह धोनीले पनि उच्च अवस्थामा रहँदा संन्यास घोषणा गर्न पाउने थिए । धोनीले यही विश्वकपपछि संन्यास लिने योजना बनाइरहेको भारतीय सञ्चारमाध्यममा जनाइएको छ ।

पहिलो खेलमा न्युजिल्यान्डसँग स्तब्ध भए पनि भारतले त्यसपछि लगातार तीन खेलमा विजय हासिल गर्दै सेमिफाइनल सुरक्षित गरेको थियो । ठिक विपरीत वेस्ट इन्डिजले भने सुरुका तीन खेल जितेर अन्तिम चारमा ठाउँ पक्का गरिसकेपछि अर्थहीन खेलमा कमजोर मानिएको अफगानिस्तानलाई नतिजा सुम्पिएको थियो ।

प्रधानमन्त्री उडेको १० दिनपछि प्रमाणित उडान

काठमाडौं,चैत १८ । प्रधानमन्त्री केपी शर्मा ओली उडेको १० दिनपछि हिमालय एयरलाइन्सले प्रुभिङ फ्लाइन (प्रमाणित उडान) गराएको छ । निजी क्षेत्रको अन्तर्राष्ट्रिय उडानको यो वायुसेवाले उडान प्रमाणित नै नगर ियही चैत ७ गते प्रधानमन्त्रीको टोलीलाई चीन उडाएको थियो । सोही टोली लिएर चैत १४ गते काठमाडौं फर्किएपछि हिमालयले बुधबार औपचारिक रुपमा काठमाडौं–दिल्ली–काठमाडौं रुटमा सफल प्रुभिङ फ्लाइट गरेको जानकारी दिएको छ ।

हिमालयले जारी गरेको प्रेस विज्ञप्तिमा यो वायुसेवाले व्यावसायिक उडानको तयारीको प्रदर्शन गर्न प्रुभिङ फ्लाइट गरेको जानकारी दिएको छ । नेपाल–चीनको संयुक्त लगानीमा नेपालमा सञ्चालन तयारीमा रहेको ९ एन एएलएम कल साइनको जहाजले प्रुभिङ फ्लाइट गरेको हो । आजको नागरिक दैनिकमा खबर छ ।

साइकल मन्त्रीको तडकभडक: २० हजारको सोलार उद्घाटन गर्न ३ लाखको हेलिकप्टर चार्टर !

काठमाडौं,चैत १८ । साइकल चढेर चर्चा बटुलेका जनसंख्या तथा वाताबरणमन्त्री विश्वेन्द्र पासवानले अवसर पाउँदा भने हेलिकप्टर चढेर राज्यको लाखौँ रुपैयाँ दुरुपयोग गरेका छन्। आफ्नो मन्त्रालयमा कार्यरत कर्मचारी तथा सुरक्षाकर्मीलाई समेत साइकल चढ्न लगाएका उनी हेलिकप्टर चार्टर गरेर मंगलबार कार्यकर्ता र केही कर्मचारी सहित सिरहाको बेल्हा पुगेका छन्।

२० वाटको सोलार बत्ती उद्घाटन गर्न हेलिकप्टर चार्टर गरेका मन्त्री पासवानको यो कदमलाई मन्त्रालयकै अधिकारीले रुचाएका छैनन्। लाखौं खर्च गरी सोलार बत्ती उद्घाटनमा पुगे पनि १ थान सोलारको मूल्य १० हजार रुपैया पर्छ। मन्त्री पासवानले सिरहामा २ थान सोलार बत्तीको उद्घाटन गरे । २० हजार मूल्यबराबरको सोलार बत्ती जडान गर्ने कार्यक्रममा उनको तडकभडक बढी नै देखिएको मन्त्रालयका अधिकारी बताउँछन् ।

उनीहरुका अनुसार पहिला गाडीमै जाने तयारी भए पनि मन्त्री पासवानकै आग्रहमा हेलिकप्टर चार्टर गरिएको आजको कारोबार दैनिकमा समाचार छ ।

सिंहदरबारमा फेसबुक निषेध !

काठमाडौं,चैत १८ । सेवाग्राहीका काम गर्ने कार्यालय समयमा अधिकांश कर्मचारी सामाजिक सञ्जालमा झुलिए के हुन्छ? त्यो पनि अन्यत्र होइन, देशकै प्रमुख प्रशासनिक केन्द्र सिंदरबारमा । प्रस्ष्ट छ – काममा ढिलासुस्ती हुन्छ, सेवाग्राही ठगिन्छन्।

प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालयदेखि अधिकांश महत्वपूर्ण मन्त्रालय र कार्यालय रहेको सिंहदरबार परिसरमा सरकारले फेसबुक, ट्वीटरलगायत सामाजिक सञ्जाल चलाउन निषेध गरेको छ।

सेवा दिनुको सट्टा कर्मचारी फेसबुक, ट्वीटरमा व्यस्त हुन थालेपछि मुख्यसचिव सोमलाल सुवेदीको अग्रसरतामा बुधवारदेखि फेसबुक, ट्वीटरलगायत सामाजिक सञ्जाल चलाउन प्रतिबन्ध लगाइएको हो।

प्रधानमन्त्री केपी शर्मा ओलीले कर्मचारीतन्त्रको कार्यसम्पादनप्रति असन्तुष्टि व्यक्त गरेलगत्तै यस्तो प्रतिबन्ध लगाइएको छ। नागरिक दैनिकमा समाचार छ – ओलीले भूकम्पप्रभावित जिल्लाका प्रमुख जिल्ला अधिकारी र स्थानीय विकास अधिकारीको भेला उद्घाटन गर्दै कर्मचारकिो कामप्रति असन्तुष्टि व्यक्त गरेका थिए।

प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालयले सबै मन्त्रालय र निकायलाई विहान ९ बजेदेखि बेलुकी ५ बजेसम्म फेसबुक नचलाउन निर्देशनसमेत दिइसकेको छ ।

एसएलसी परिक्षामा ६ लाख १५ हजार ५५३ परीक्षार्थी सहभागी

काठमाडौं,चैत १८ । यस वर्षको प्रवेशिका परिक्षा एसएलसी बिहान ८ बजेदेखि देशैभर सुरु भएको छ । परीक्षामा देशभरबाट कुल ६ लाख १५ हजार ५ सय ५३ जना परिक्षार्थी सामेल हुने परिक्षा नियन्त्रण कार्यालय, सानोठिमिले जनाएको छ । कूल परीक्षार्थी मध्ये नियमिततर्फ ४ लाख ५२ हजार ८ सय ८१ र पूरकतर्फ १ लाख ५९ हजार ४ सय १७ जना परिक्षार्थी रहेको परिक्षा नियन्त्रक कृष्ण प्रसाद काप्रिले जानकारी दिनुभयो ।

यसैगरि प्राविधिकतर्फ ३ हजार २ सय ५५ जना परिक्षार्थी सामेल हुँदैछन् । परिक्षाका लागी १ हजार ९ सय ४३ केन्द«को व्यवस्था गरिएको छ । आजदेखि सुरु हुने परिक्षा चैत्र २९ गतेसम्म सञ्चालन हुने र परिक्षाको नतिजा तीन महिनाभित्र प्रकाशित गरिसकिने परिक्षा नियन्त्रण कार्यालयले जनाएको छ । एसएलसी परिक्षालाई मर्यादित र शान्तिपूर्ण बनाउन विद्यार्थि, अभिभावक, शिक्षक र राजनीति दलका प्रतिनिधि लगायत सम्बद्ध सबैसँग परिक्षा नियन्त्रण कार्यालयले आग्रह समेत गरेको छ ।

ओली–नेपालबीच चर्काचर्की, विवादपछि अनिश्चितकालका लागि बैठक स्थगित

काठमाडौं,चैत १८ । केन्द्रीय विभाग गठनका विषयमा एमाले स्थायी समिति बैठकमा संस्थापन र माधव नेपाल समूहबीच चर्काचर्की भएको छ। अध्यक्ष केपी ओलीले बहुमतबाट विभाग गठनको विवाद टुंगो लगाउन खोजेका थिए, नेता नेपालले प्रतिवाद गरे। ओली–नेपाल चर्काचर्कीपछि बैठक अनिश्चितकालका लागि स्थगित भएको छ। नयाँ पत्रिका दैनिकमा समाचार छ।

यसरी सुरु भयो विवाद

मंगलबारको बैठकमा विभागको गठनको एजेन्डा आउनासाथ नेपालपक्षीय नेताहरूले नियमावलीअनुसार सचिवालयबाट नटुंगिएको भन्दै आपत्ति जनाएका थिए। अध्यक्ष ओलीले सचिवालयमा अन्तिम गृहकार्य गरेर बुधबार बैठकमा ल्याउन निर्देशन दिएका थिए। प्रधानमन्त्रीनिवास बालुवाटारमा बुधबार बेलुका ५ बजे बसेको बैठकमा महासचिव ईश्वर पोखरेलले विभागको प्रस्ताव पेस गरे। तर, पूर्वसहमतिअनुसार नभएको भन्दै नेपालपक्षीय नेताहरूले विरोध गरेपछि विवाद सुरु भयो।

कसैले भन्दैमा हुँदैन, बहुमतबाट निर्णय हुन्छ: ओली

महासचिवले प्रस्ताव गरेका १८ विभागमध्ये एउटा विभागमा मात्रै लामो बहस र छलफल गरेर लफडा गर्ने ? विभाग नै बन्न नदिएर बन्दी बनाउने? सचिवालयका तर्फबाट महासचिवको जे प्रस्ताव आएको छ, त्यही मान्नुपर्छ, कसैले भनेर हुन्छ? अब बहुमतबाट निर्णय हुन्छ।

‘नोट अफ डिसेन्ट’ लेख्छु, कार्यकर्तामा जान्छु : नेपाल

पार्टीभित्र गुटबन्दी गर्ने, फाउन्डेसनका नाममा अलग भेला गर्ने, भोजभतेर गर्ने, यस्ता कुराले पार्टीलाई कहाँ पुर्‍याउँछ? मन्त्रीहरू एकलौटी बनाउने, राजनीतिक नियुक्ति, कार्यविभाजन एकलौटी गर्ने, अहिले आएर विभागहरूमा पनि एकलौटी गर्ने? तपाईंले पार्टीमा सन्तुलन मिलाउँछु भनेको यही हो? यो मान्य छैन। यदि बहुमतबाट निर्णय हुन्छ भने ‘नोट अफ डिसेन्ट’ लेख्छु। एकलौटी भयो, गुटबन्दी भयो, पार्टी एकपक्षीय ढंगले चलाउन खोजियो, यसरी चल्दैन, पार्टीलाई मिलाएर लैजानुपर्ने कुरा देशभरिका नेता–कार्यकर्ताका बीचमा लैजान्छु।

मिलाएर जाँदा राम्रो हुन्छ: खनाल

साथीहरूले दुई–चारजनाको नाम थपौँ भन्नुभएको छ भने थपौँ। उहाँहरूको नाम थपेर जाँदैमा के हुन्छ? मिलाएर जाँदा राम्रै हुन्छ। त्यो पार्टीको हितमा पनि छ।

खनाल र गौतमको कुरापछि रोकिए ओली

अध्यक्ष ओलीले बहुमतका आधारमा निर्णय लेख्न महासचिव पोखरेललाई निर्देशन दिएपछि वरिष्ठ नेता खनाल र उपाध्यक्ष वामदेव गौतमले मिलेर जान सुझाब दिए। उनीहरूले मिल्दा राम्रो सन्देश जाने र पार्टी हितमा हुने भनेपछि ओली रोकिएका थिए। नेपालको कडा चुनौतीबीच खनाल र गौतमको पनि साथ नपाएपछि बहुमतको समीकरण बदलिने सम्भावना देखेर ओली एकाएक रोकिएको बैठकमा सहभागी एक नेताले जानकारी दिए।

कांग्रेस सरकार फेर्ने कसरतमा,आफ्नै नेतृत्वमा सरकार गठन गर्ने यस्तो छ रणनिति

काठमाडौं,चैत १८ । विगतमा गुण र दोषको आधारमा सरकारको आलोचना गर्दै आफ्नो धर्म निभाउने बताउँदै आएको नेपाली कांग्रेसले पछिल्लो समय आफ्नै नेतृत्वमा सरकार गठन गर्ने उदेश्यले सरकार परिवर्तन गर्ने रणनीति बनाएको छ।

कांग्रेसले नयाँ संविधान कार्यान्वयनका लागि समेत आफ्नो नेतृत्व आवश्यक रहेको वताउँदै आएको छ। कालोबजारीलाई संस्थागत गरेको, भ्रष्टाचार र महंगीलार्इ प्रश्रय दिएको तथा न्यायालयलगायत राज्यको महत्वपूर्ण निकायहरुमा पार्टीकरण गर्न खोजेको आरोप लगाइरहेको कांग्रेसले संसदीय दलको नेता तथा कार्यसमिति निर्वाचनपछि सरकार परिवर्तनतर्फ आफ्नो ध्यान केन्द्रित गर्ने भएको छ।

महाधिवेशन सम्पन्न गरेसँगै बसेको पहिलो केन्द्रीय समिति बैठकमा पनि कांग्रेसले वर्तमान सरकारको विकल्पबारे छलफल गरेको थियो। नेपाल समाचार पत्र दैनिकमा समाचार छ ( महाधिवेशनबाट नयाँ कार्यसमिति गठन भएसँगै आन्तरिक व्यवस्थापनमा व्यस्त रहेको कांग्रेसको संसदीय दलको नेता तथा कार्यसमितिको निर्वाचन एक सातापछि हुँदैछ। कांग्रेसले पार्टीको तर्फबाट प्रधानमन्त्रीको उम्मेदवारसमेत रहने संसदीय दलको नेता छनोटको निर्वाचन आउँदो चैत २४ गते र कार्यसमितिको निर्वाचन २६ गते गर्ने मिति तोकेको छ।

चिकित्सा शिक्षा सुधारः होशियारीको आवश्यकता

केदारभक्त माथेमा, सुरेशराज शर्मा, मदन प्रसाद उपाध्याय, रमेशकान्त अधिकारी

 

नेपालमा मेडिकल शिक्षाको अवस्था सुधारका लागि हामीले दिएका धेरै सुझावहरुमध्ये एउटा महत्वपूर्ण सुझाव थियोः पहिल्यै ठूलो संख्यामा मेडिकल कलेजहरु रहेको काठमाडौं उपत्यकामा थप यस्ता संस्थाहरु नखोल्ने ।

समयसँगै त्यो सुझाव झन् सार्थक हुँदै गइरहेको छः एकतिर काठमाडौंमा भएकै मेडिकल कलेजहरुमध्ये कतिमा विद्यार्थीहरुको व्यवहारिक शिक्षाका लागि बिरामी नपुगेको अवस्था छ भने राज्य संघीय संरचनामा गएर सेवा सुविधाको विकेन्द्रीकरण गर्ने अभियानमा छ । मेडिकल कलेजहरु भनेका शिक्षण संस्थाहरु मात्र नभई आम नागरिकलाई स्वास्थ्य सेवा दिने महत्वपूर्ण माध्यम पनि हुन् । त्यसैले तिनको वितरण भौगोलिक रुपमा न्यायोचित हुनु अनिवार्य छ ।

यही पृष्ठभूमिमा काठमाडौंभित्र आशयपत्र पाइसकेर उल्लेख्य लगानी गरिसकेका संस्थाहरुलाई राज्यले उचित निकास देओस् भन्ने सुझाव हामीले दिएका थियौं । त्यस्तो निकास भएर कुनै पक्षलाई पनि मर्का नपरोस् भन्ने हाम्रो सदाशयता हो । कुनै खास खास संस्थाको हकमा राज्यलाई पनि विशेष प्रयोजनका लागि भौतिक संरचना आवश्यक रहेका कारण प्रस्तावित प्रतिष्ठानको संरचना राज्यले किनिदिन सक्ने भन्ने अनौपचारिक सल्लाह हामीले दिएको हो । राज्यले पछिल्लो समयमा त्यस्तो निकासका लागि सम्भावनाहरुको खोजी गर्न कार्यदल गठन पनि गरेको थियो ।

तर चिकित्सा शिक्षा नीति बनाएर यो क्षेत्रलाई नियमन गर्ने राज्यको दीर्घकालीन प्रयासको शर्तका रुपमा कुनै कुरालाई अघि सारिनु हुँदैन ।

हामीलाई आशा छ, कथम् कदाचित् त्यस खालको निकास दिन सरकार असफल भएको खण्डमा पनि अहिले चलिरहेको चिकित्सा शिक्षा नीति निर्माणको प्रक्रियालाई त्यसले कुनै रुपमा प्रभाव पार्ने छैन । राज्यले जहिले पनि समग्र समाजको बृहत्तर हित हेर्ने हो, कुनै व्यक्ति, समूह वा संस्था विशेषलाई हेरेर नीति बनाउने, नीति निर्माणको प्रक्रियालाई प्रभावित गर्ने वा नीतिको शर्तका रुपमा निहित स्वार्थलाई अघि सार्ने हैन ।

साथै हामी यो पनि प्रस्ट पार्छौं, कुनै पनि वहानामा चिकित्सा शिक्षा नीति निर्माणको प्रक्रिया अवरुद्ध पार्ने वा जबर्जस्ती संसदबाट पारित गर्ने प्रयास गरिएको प्रस्तावित प्रतिष्ठानसम्बन्धी विधेयकलाई फेरि ब्युँताउने प्रयास भएमा त्यसले दुर्भाग्यपूर्ण स्थिति निम्त्याउनेछ । यस अगाडि नै बृहत् चिकित्सा शिक्षा सुधारका लागि नागरिक अभियानले उक्त विधेयक फिर्ता गन सरकारसँग र विधेयकसम्बन्धी काम अघि नबढाउन सम्मानित व्यवस्थापिकासँग ध्यानाकर्षण पत्र बुझाइसकेको छ । साथै तत्काल उक्त विवादास्पद विधेयक फिर्ता लिन तथा चिकित्सा शिक्षा नीतिलाई ऐनका रुपमा जारी गर्ने काम तदारुकताका साथ गर्न सम्बन्धित पक्षहरुको ध्यानाकर्षण गराउँछौं ।

चिकित्सा शिक्षा आयोगको मुख्य उद्देश्य कुनै दबाबका कारण तत्कालीन प्रशासनिक समस्या समाधान गर्नुभन्दा पनि दीर्घकालमा राष्ट्रको चिकित्सा शिक्षा नीतिले कसरी मुलुकको स्वास्थ्य प्रणालीको अवस्थालाई सुधार गर्दै मुलुकलाई सम्पन्नतातिर डोर्याउने भन्ने हो । त्यसैले आयोगलाई कुनै अवाञ्छित दबाब विना स्वतन्त्रतापूर्वक काम गर्न दिइनुपर्छ भन्ने हाम्रो मान्यता हो ।

यी कुराहरुलाई मनन गर्दै राज्यले समयमै जिम्मेवारीपूर्वक समस्याहरुको निकास दिनेछ र असहज परिस्थिति निम्त्याउने छैन भन्ने हाम्रो अपेक्षा छ । तर देशको दीर्घकालीन हितमा नीति निर्माणको कुरालाई कुनै पक्षको तत्कालीन स्वार्थका कारण प्रभावित पारियो भने त्यो अवस्थामा समग्र नागरिक समाज आफ्नो विवकेले देखेको उपयुक्त कदम चाल्न बाध्य हुनेछ ।

source : setopati.com

एमाले जनकपुर इन्चार्ज योगनारायण यादव पक्राउ

२ जनालाई गोली हानेर हत्या गरेको आरोप

 

 

 

 

 

 

 

 

नेकपा एमाले जनकपुर अंचल इन्चार्ज योगनारायण यादवलाई महानगरीय प्रहरी अपराध महाशाखाले पक्राउ गरेको छ। महाशाखाको टोलीले यादवलाई बुधबार साँझ धुम्बाराहीस्थित एमाले पार्टी कार्यालय नजिकबाट पक्राउ गरेको हो ।

यादवमाथि २ जनाको गोली हानी हत्या गरेको र एक दर्जनभन्दा बढीलाई घाइते बनाएको आरोप छ।  धनुषाको सबैला नगरपालिकास्थित मदन आश्रित निम्न माध्यमिक विद्यालयमा व्यवस्थापन समितिको चुनावमा झडप हुदाँ उनले गोली हानेर स्थानीय रामसेवक राउत र रामप्रकाश यादवको हत्या गरेको प्रहरीले दाबी गरेको छ।

यादव एमालेका बैकल्पिक पोलिटब्युरो सदस्य, केन्द्रीय समिति सदस्य र पूर्व सभासदसमेत हुन्। उनी पहिलो संविधान सभा निर्वाचनमा धनुषा क्षेत्र नम्बर ६ बाट बिजयी भएका थिए। संविधानसभाको दोस्रो निर्वाचनमा भने यादव पराजित भएका थिए। अपराध महाशाखाले यादवलाई थप कार्वाहीका लागि धनुषा प्रहरीमा बुझाएको छ।

को हुन यादव

०४७ सालदेखी नेकपा एमालेको युवा संगठन प्ररायु संघको सबैला गाउँको अध्यक्ष भएर उनले राजनीति सुरु गरेका हुन। २०४८ सालमा सबैला गाविसको नेकपा एमालेको सचिव, २०४९ मा इलाका सचिव भएका यादव २०५० सालमा नेकपा एमाले जिल्ला समिटी सदस्यमा चुनिए।

२०५६ सालमा प्रतिनिधि सभा सदस्यमा निर्वाचित भएका यादव २०५८ सालमा नेकपा एमालेको धनुषा जिल्ला सचिव भए। २०६५ सालदेखि नेकपा एमालेको केन्द्रीय सदस्य रहेका यादव २०६६ सालदेखि महोत्तरी जिल्लाको नेकपा एमाले सचिव, अध्यक्ष र सचिव पनि भए। उनी एमाले नेता रघुवीर महासेठका विश्वास पात्र मानिन्छन्। एमालेका उनको राम्रो पहुँचसमेत छ।
Source : setopati.com

लामो मधेस आन्दोलनपछिको एसएलसी

ललाटमा कालो कपालको बाक्लो कापभित्र धारिलो पेन्सिलले कोरेजस्तो सिन्दुरे धर्को हल्का चियाइरहेको देख्नेबित्तिकै हामीले सोध्यौं, ‘तपाईं विवाहित हो?’

उनको अनुहारमा एकाएक गुलाब फक्रियो। आङमा ओढेको पातलो मजेत्रो दुई हातले तन्काएर सपक्क ढाक्दै उनले आफ्नो ज्यान कक्रक्क पारिन्।

र, शिर निहुराएर देब्रेतिरको ओठबाट मसिनो हाँसो फुस्काउँदै सानो स्वरमा भनिन्, ‘हो।’

कलैयाकी १६ वर्षीया रंगीता साहका लागि वर्ष २०७२ दुई कारणले महत्वपूर्ण रह्यो। पहिलो, यसै वर्ष केही महिनाअघि मात्र उनको विवाह भयो। दोस्रो, यसै वर्ष उनी एसएलसी दिँदैछिन्।

आमाबुवाले एसएलसीकै मुखमा बिहे गराइदिएपछि रंगीतालाई जाँच दिन पाउँछु कि पाउँदिन भन्ने चिन्ता थियो। जब घरपरिवार राजी भए, उनलाई परीक्षा नहुँदै पास भएजस्तो मन हलुका भयो।

एउटा अड्चन त परिवारको राजीखुसीले टार्यो, अर्को अड्चनले भने परीक्षा तयारीमा लागेकी उनलाई लामै समय छोपिरह्यो।

रंगीता कलैयाको ब्रह्मपुरीस्थित श्री महावीर नेपाल राष्ट्रिय माध्यमिक विद्यालयबाट एसएलसी दिँदै छिन्। झन्डै छ महिना लामो मधेस आन्दोलनले उनको परीक्षा तयारीलाई नराम्ररी बिथोलिदियो। परीक्षाको मुखमा साढे दुई महिनाजति त स्कुलै लागेन। स्कुल लाग्दा पनि कक्षामा पढाइभन्दा अर्थोकै विषयले बढी चर्चा पाए। सामान्य बेला त राम्ररी पढाइ नहुने यहाँको स्कुललाई आन्दोलनको उत्कर्षले यस्तरी गाँजिदियो, कुनै पनि विषयका शिक्षकले कोर्स सक्न भ्याएनन्। उनीहरूले हात उठाएर सजिलै भनिदिए, ‘अब तिमीहरू आ–आफैं पढ्नू।’

लाख कोसिसपछि परिवारलाई आफ्नो शैक्षिक अभिरुचिमा सँगसँगै हिँडाउन सकेकी रंगीताका लागि अनाहकको यो कष्टले एसएलसी साँच्चिकै ‘फलामको ढोका’ बनेर आयो।

उनले परिवारसँग निजी ट्युसन सेन्टरमा ‘कोचिङ’ पढ्ने इच्छा बिसाइन्। एउटै विषयलाई दुई हजार पाँच सय रुपैयाँ शुल्क तिर्नुपथ्र्यो। उनी आफूलाई सबै विषयमा कमजोर ठान्थिन्। त्यसै पनि स्कुल त सबै विषयबाट टक्टकिइसकेकै थियो।

धन्न, यो नयाँ समस्यामा पनि हातेमालो गर्न रंगीताको परिवार सहर्ष अघि सर्यो।

‘म अहिले सबै विषयमा कोचिङ पढिरहेकी छु,’ सोमबार साँझ कलैया बजारको एक ट्युसन सेन्टरबाहिर भेटिएकी रंगीताले भनिन्, ‘बल्लतल्ल कोर्स त सकियो, तर खै जाँच कस्तो होला? साह्रै डर लागिरहेको छ।’

‘अरू बेला नि पढाइ हुन्थेन, शिक्षकहरू नै आउनुहुन्थेन। स्कुलमै पढ्न पाएको भए यत्रो पैसा तिरेर किन कोचिङ पढ्नुपथ्र्यो? मेरो तकदीर राम्रो रैछ, उहाँहरूले (परिवार) जति पैसा लागे पनि मलाई पढाउन ओके गर्नुभयो, नत्र जाँचै दिन सक्थिनँ होला। अब त जहिलेसम्म उहाँहरू मान्नुहुन्छ, पढिरहन्छु,’ उनले भनिन्।

रंगीतालाई एसएलसीपछि ‘अकाउन्ट’ पढ्ने इच्छा छ। उनी ‘अकाउन्टेन्ट’ बन्न चाहन्छिन्।

‘चार्टर्ड अकान्टेन्ट?’ हामीले सोध्यौं।

‘हैन,’ भनिन्, ‘उहाँ (श्रीमान) को बिजनेस छ। त्यही हेर्नुपर्छ भन्नुभएको छ। म त्यहीँ काम गर्छु।’

***

‘एचए बन्ने उद्देश्य छ’

मेरिगोल्ड स्कुल, कलैयाका निरज यादव देशको राजनीतिक उथलपुथलबाट दुईचोटि प्रभावित भए।

यसअघि २०६२ को जनआन्दोलनमा उनका बुवा प्रहरीको गोली लागेर घाइते भएका थिए, यसपालि मधेस आन्दोलनले उनको पढाइ नै घाइते हुन पुग्यो।

बुवा जितेन्द्र यादवलाई कलैया बजारमा गोली लाग्दा कक्षा एकमा पढ्दै थिए निरज। गाउँबाट साइकल चढेर कलैया स्कुलमा पढ्न आउँथे। त्यो दिन प्रदर्शनमा दुई जना आन्दोलनकारीको घटनास्थलमै मृत्यु भएको थियो। उनका बुवा भने गम्भीर घाइते भए। उनको पिठ्यूँमै गोली पसेको थियो। उनलाई पहिला वीरगन्जको नारायणी अञ्चल अस्पताल लगियो। गम्भीर अवस्था भएकाले हेलिकप्टरमा काठमाडौं लगी चार महिना वीर अस्पतालमा उपचार गरियो। त्यसपछि वीरगन्जको नारायणीमै फर्काइयो। त्यहाँ तीन महिना उपचार भयो। त्यहाँबाट दिल्लीको महेन्द्र अस्पताल रिफर भयो। दिल्लीमा तीन, चार महिना राख्यो।

‘बुवाको त्यतिधेरै उपचार गर्नुपर्यो। अझै हर चल्दैन। पिठ्यूँमा स्टिल लगाएको छ, हिँड्न डुल्न राम्ररी सक्नुहुन्न, बस्न सक्नुहुन्न,’ निरजले परिवारको व्यथा सुनाए, ‘जेठा दाइले सिएमए (कम्युनिटी हेल्थ असिस्टेन्ट) गरेर गाउँमै काम गर्न थाल्नुभएको छ। घरमा औषधी पसल राख्नुभएको छ। दाइको पसल मैले पनि हेर्न थालेँ, औषधी बेच्न थालेँ। त्यसपछि मेडिकलमा मेरो रुचि बढ्दै गयो।’

निरजले एसएलसी पास गरेर ‘एचए’ (हेल्थ असिस्टेन्ट) पढ्ने सपना देखेका छन्। दुई किलोमिटर टाढा शितलपुरमा घर भए पनि पढाइमा टक बसेका निरज कलैया बजारमै डेरा लिएर पढ्न बसेका छन्। ‘म एसएलसीपछि एचए पढ्न चाहन्छु किनभने म एचए नै बन्न चाहन्छु,’ उनले भने।

परीक्षाको मुखमा आन्दोलनले तयारी बिथोलेकोमा भने उनको गुनासो छ।

‘बुवाले घाइते भएको आन्दोलनपछि देशमा लोकतन्त्र आयो। आन्दोलन भने जारी रह्यो। मैले एसएलसी दिने वर्ष पाँच–छ महिना लामो आन्दोलन भयो। स्कुल बन्द भयो। आन्दोलन सकिएपछि शिक्षकहरूले डबल, ट्रिपल कक्षा लिएर हामीलाई पढाएका छन्। मैले त पाँच विषयमा ट्युसन पनि लिएँ,’ उनले भने।

‘आन्दोलन मात्र होइन, यसपालि भूकम्पले गर्दा पनि कक्षाहरू बन्द भए। त्यसकारण मेहनत बढी गरेको छु। एसएलसी सकेर काठमाडौं जान्छु र अंग्रेजी भाषा कक्षा लिन्छु, बेसिक कम्प्युटर तालिम पनि लिन्छु। उद्देश्य त एचए बन्ने नै हो।’

***

फस्ट ब्वाईको पीडा

गन्ज भवानीपुर, कलैयाका परवेज आलम कक्षा ९ मा ‘फस्ट’ भएका थिए। उनको ९१ प्रतिशत आएको थियो।

स्थानीय ग्यालेक्सी पब्लिक स्कुलबाट एसएलसी दिन लागेका परवेज ‘ए प्लस’ आउनेमा ढुक्कै छन्। ‘आन्दोलनले पढाइ त डिस्टर्ब भयो, पढ्ने इन्भायरोमेन्ट पनि भएन, तर मैले आफूलाई एक्जाममै फोकस गरेको छु। तयारी राम्रो छ। ए प्लसै आउँछ,’ उनले भने।

सरकारी स्कुलमा पढ्ने रंगीता र निरजलाई जस्तो कक्षामा कोर्स नसकिएको कष्ट परवेजलाई छैन। उनको स्कुल निजी हो। उनी लगायत एसएलसी दिने विद्यार्थी धेरैलाई स्कुलले होस्टलमै राखेर पढाइरहेको छ। मधेस आन्दोलन बेला दुई–तीन महिना कक्षा नभए पनि स्कुलले छुट्टै कोचिङको व्यवस्था गरिदिएको थियो। शिक्षकहरूले बिहान–बेलुकी होस्टलमै आएर पढाएका थिए।

‘जुन गतिले पढाइ हुनुपर्ने हो, भएन, तैपनि सरकारी स्कुलका विद्यार्थीलाई जस्तो हामीलाई गाह्रो भएन,’ परवेजले भने, ‘होस्टलमै कोचिङ पढाएर भए पनि हाम्रो कोर्स कम्प्लिट गरिएको छ। अरू अतिरिक्त तयारी पनि लगातार भइरहेका छन्।’

यति हुँदाहुँदै परीक्षाको मुखमा चलेको आन्दोलनले मानसिकता भने बिथोलिएको उनी बताउँछन्।

‘कक्षा नभएपछि, बजारमा दिनरात भिडन्त भइरहेपछि हामीलाई त अन्योलै भयो नि,’ उनले भने, ‘के होला, कसो होला, जाँचै होला कि नहोला, भए पनि हामीले दिन पाउने हो कि होइन भन्ने चिन्ताले धेरै समय कन्फ्युज बनायो। धन्न, बेलैमा आन्दोलन रोकियो, हामीले शान्तिसँग जाँच दिन पायौं।’

परवेजको एसएलसी परीक्षासँग उनको मात्र होइन, उनको परिवारकै सपना जोडिएको छ।

दुई बहिनी र एउटा भाइका जेठा दाजु परवेजका बुवा १२ वर्षदेखि कतारमा छन्। उनले खाडीमा पसिना बगाएको आफू र भाइबहिनीकै भविष्यका लागि हो भन्ने परवेजले बुझेका छन्। उनका बुवा पनि कतारबाट बारम्बार फोन गरेर पढ्न हौस्याइरहन्छन्, झक्झकाइरहन्छन्।

‘बुवाको ठूलो सपना छ, मलाई क्याम्पस पढाउने। हरदिन कतारबाट फोन गरेर सोधिरहनुहुन्छ, कस्तो छ तेरो पढाइ? राम्ररी पढेको छस् नि हैन? झन् त्यो आन्दोलन बेला त उहाँको होसै हराएको थियो। मेरो पढाइ डिस्टर्ब भयो कि जाँच तलमाथि होला कि भन्ने साह्रै फिकर मान्नुहुन्थ्यो,’ परवेजले भने।

‘भाइबहिनी सानै छन्। बहिनी दुई कक्षा पढ्छे, भाइ एक कक्षा। मलाई क्याम्पस पढेर भाइबहिनीको जिम्मेदारी सम्हाल्नुछ। बुवाले धेरै काम गर्नुभयो कतारमा। मलाई यत्रो वर्ष पढाउनुभयो। अलिअलि कुरा बुझ्नसक्ने बनाउनुभयो। मेरो पनि त धर्म हो नि उहाँको दुःख बाँड्ने।’

पढाइमा तेज परवेजले आफ्नो दिमागमा भविष्यको धमिलो आकृति कोरिसकेका छन्।

‘म साइन्स पढ्छु,’ उनले भने, ‘डाक्टर बन्छु।’

***

लामो बन्दपछिको एसएलसी

रंगीता, निरज र परवेज मधेसका ती विद्यार्थी हुन्, जो लामो बन्दले शैक्षिक क्षेत्रमा पारेको प्रभावबीच बिहीबार सुरु हुने एसएलसीमा सरिक हुँदैछन्।

सरकारी र निजी स्कुलमा पढ्ने यी तीन विद्यार्थीमध्ये कसैले स्कुलबाट छुट्टै कोचिङ सुविधा पाएका छन् त कोही आफ्नै खर्चमा ट्युसन धाइरहेका छन्। समस्या भने सबैको एउटै छ– स्कुलमा कोर्स पूरा नहुनु।

हुन त आन्दोलन नभएका बेला पनि कोर्स भ्याउनु वा विद्यार्थीलाई तयार बनाएर जाँचहलसम्म पुर्याउनु सरकारी स्कुलको प्राथमिकताभित्र पर्दैन। सामान्य अवस्थामा पनि सरकारी शिक्षकहरू नियमित कक्षा लिन आइदिँदैनन्। यस्तोमा छ–छ महिना आन्दोलन चर्केर झन्डै दुई महिना स्कुलै ठप्प भइदिएपछि विद्यार्थीको पढाइलेखाइ चौपट हुने नै भयो। सबभन्दा बढी प्रभावित भए, एसएलसी परीक्षार्थी। उनीहरू आफ्नो गच्छेअनुसार निजी ट्युसन धाउन बाध्य भए वा पढाइमा अतिरिक्त खर्च गर्ने ल्याकत नभएकाहरू घरमै आफ्नै बलबूताले जेनतेन तयारीमा लागे। दुवै गर्न नसक्नेहरू ‘भाग्य भरोसा’ मा छन्।

उदाहरणका लागि, ब्रह्मपुरीस्थित श्रीमहावीर नेपाल राष्ट्रिय माविबाट २७ जनाले एसएलसी दिँदैछन्। तीमध्ये ८० प्रतिशत कोचिङ पढिरहेको परीक्षाथी ओमप्रकाश साहले बताए। ‘एउटै विषयको २५ सय तिर्नुपर्छ, सबैले त कहाँ पढ्न सक्छन्,’ उनले भने, ‘पैसाको कमीले कति त घरमै आफैं कोसिस गरिरहेका छन्।’

‘हामी कोचिङ आउनेहरू भ्याएसम्म साथीहरूलाई मद्दत गर्न खोजिरहेका छौं,’ उनले भने।

ग्यालेक्सी पब्लिक स्कुलकी प्रधानाध्यापिका नम्रता रिसाल आन्दोलनले पढाइलेखाइमा बाधा पारेको स्वीकार गर्छिन्। २२ वर्षदेखि स्कुल चलाइरहेकी उनी सरकारी स्कुलमा कोर्स भ्याउने समस्या रहे पनि आफूले परीक्षार्थीलाई होस्टलमा राखेर अतिरिक्त ट्युसनको व्यवस्था मिलाएको बताउँछिन्।

‘मलाई आफ्ना विद्यार्थीहरूबाट धेरै आशा छ, यस्तो प्रतिकूल अवस्थामा पनि उनीहरूले राम्रो नतिजा ल्याउँछन् भन्ने विश्वास लिएकी छु। त्यसका लागि मैले आफ्नो तर्फबाट गर्नुपर्ने योगदानमा कुनै कमी आउन दिएकी छैन,’ उनले भनिन्।

उता, बाराको गरहलस्थित श्री गम्भीरा ब्रजकिशोर माविका शिक्षक अजयकुमार साह अधिकांश विषयमा ७० देखि ८० प्रतिशत मात्र कोर्स सकिएको बताउँछन्। लेखाका शिक्षक उनले आफूले भने ९० प्रतिशत पूरा गरेको दाबी गरे।

‘पोहोर हाम्रो स्कुलबाट सय जनाले जाँच दिएकामा २५–२६ जना पास भएका थिए, एक जनाले त डिस्टिङ्सनै ल्याएको थियो,’ उनले भने, ‘यसपालि पनि सय जनाजति नै छन्। कोर्स नसकिएकाले विद्यार्थीलाई गाह्रो भइरहेको छ, हेरौं के हुन्छ!’

यस वर्ष ‘ग्रेडिङ’ प्रणालीले विद्यार्थीहरूलाई सजिलो भने भएको उनले बताए। ‘पास–फेलको सट्टा ग्रेडिङ व्यवस्थाले विद्यार्थीको डर हलुका भएको छ। पढ्न त पढिरहेका छन्, तर फेलै हुँला कि भन्ने डर छैन,’ उनले भने।

एसएलसीदेखि कक्षा ११ र १२ समेतलाई ट्युसन पढाउने द राइजिङ स्टार कोचिङ सेन्टरका सञ्जय पटेल पनि ग्रेडिङ प्रणालीका कारण धेरैले जाँचको डर नलिएको बताउँछन्। यसको असर उनीकहाँ पढ्न आउने विद्यार्थी संख्यामा परेको छ।

उनका अनुसार गत वर्ष सरकारी स्कुलकै झन्डै सय जना विद्यार्थी पढ्न आएका थिए। यसपालि जम्मा ३०–३५ जना छन्। बोर्डिङ स्कुलका पनि ६०–७० जना मात्र छन्। स्कुलले कोर्स भ्याउन नसकेका बेला यस्ता कोचिङ सेन्टरबाट विद्यार्थीलाई मद्दत भने भएकै छ।

बन्द बेला पनि अगाडिको ढोका बन्द गरेर भित्रभित्रै कक्षा चालू राखेको पटेल सम्झन्छन्।

***

दाजु–बहिनी सँगसँगै एसएलसी

ईश्वर जयसवाल र उनकी बहिनी कलैया बजारको श्री ३ चन्द्र उच्च माविबाट एसएलसी दिँदैछन्। दुई महिना स्कुल बन्द भएर कोर्स नसकिएपछि ईश्वर कलैया बजारकै राइजिङ स्टारमा ट्युसन पढ्न थालेका छन्।

‘कतिपय शिक्षकलाई गाउँदेखि आउनुपर्ने हुन्थ्यो, उहाँहरू आउन सक्नुभएन। दुई महिनाजति बन्द भएर बल्लतल्ल खुल्यो। तर, बिहान–बिहान स्कुल लाग्दा शितलहरीले राम्ररी पढाइ हुन पाएन,’ उनले भने।

आर्थिक गच्छेअनुसार उनी आफू ट्युसन पढ्न आउँछन् र घर गएर बहिनीलाई सिकाउँछन्।

‘तयारी दुवैको ठिकै छ। डर पनि लागिरहेको छ। राम्रै हुन्छ होला,’ कक्षा ९ मा ६२ प्रतिशत ल्याएका ईश्वरले भने।

ईश्वरसँगै कोचिङ पढिरहेकी विनिता गुप्ता घरमा कलेज पढ्ने दिदी भएकीले सजिलो भएको बताउँछिन्। ‘घरमा पढाउने मान्छे भएर पनि राम्रो भो,’ उनले भनिन्, ‘स्कुलमा पढाइ नभएको केही विषयमा कोचिङ आउँछु, केही दिदीले घरैमा सिकाइदिनुहुन्छ।’

‘सबै विषय स्कुलमै राम्ररी पढ्न पाएको भए जाँचको बेला यति हडबड हुने थिएन,’ कक्षा ९ मा ५० प्रतिशत ल्याएकी विनिताले भनिन्।

 

‘प्लस टु पढ्न वीरगन्ज जान्छु’

सन्तोषकुमार यादव

मदरसा स्कुल

कलैया नगरपालिका–८

मैले एसएलसी दिन लागेको स्कुलको नाम मदरसा भए पनि यो ईश्लाम धार्मिक विद्यालय होइन। नामै त्यस्तो परेको हो।

मेरो घर कवै दरबार भन्ने ठाउँ सीमाछेउ छ, कवै गाविसमा पर्छ। म डेरा गरी बस्ने सदरमुकाम कलैया आइपुग्न गाउँबाट ३०–३५ किलोमिटर बस यात्रा गर्नुपर्छ। मेरो घरमा हजुरबुवा, हजुरआमादेखि नै तीन पुस्ता बस्ने ठूलो परिवार छ। दुई भाइ छन्, उनीहरू गाउँकै स्कुलमा पढ्दैछन्।

गाउँमा हाइस्कुल त छ, प्लस टुसम्म पनि छ तर म तीन वर्षदेखि कलैयामा डेरा गरी पढ्दैछु। यहाँ पढाइ राम्रो हुन्छ र राम्रो पढेर भविष्यमा केही गर्ने मेरो सपना भएकैले म यति टाढा एक्लै डेरा बस्न आएको हुँ। तपाईँ सोध्नुहुन्छ भने म भन्छु मेरो सपना डाक्टर बन्ने छ। म विज्ञान विषय रुचाउँछु, मेहनत गर्छु र डाक्टर बन्न चाहन्छु।

यसपालि आन्दोलन लामो समय चल्यो। छ महिना स्कुल लागेन। पढाइमा असर पर्ने नै भयो। खाना पकाउन ग्यास अभाव भयो, सामान महँगो भयो। कापी–किताब पाउन मुश्किल पर्यो। गाउँ जान गाडी पनि पाइएन। साइकलमा जानुपर्यो।

पढाइ रोकिएकाले चिन्ता त धेरै हुने नै भयो। त्यसैले यहीँ ट्युसन लिन थालेँ। ट्युसन त सबै जना पढेकै छन्। स्कुलजस्तै कक्षा कोठामा पढ्ने हो। मेरो ट्युसन कक्षामै ४०, ५० जना हुन्थे। अर्कै स्कुलका शिक्षकले पढाउँथे। मैले चार विषयमा ट्युसन लिएँ। अनिवार्य र स्वैच्छिक गणित, विज्ञान र अंग्रेजी।

एउटा विषयको २५ सय रुपैयाँ बुझाउनुपथ्र्यो। ट्युसन शिक्षकहरूले राम्ररी सम्झाएर पढाए। शिक्षकहरूले मलाई तिमी त पास भइहाल्छौ भनेका छन्।

पास र फेलको त कुरै भएन। यसपालिदेखि एसएलसीमा कोही फेलै हुँदैन। सबै पास हुन्छन्। यो सिस्टमको सवभन्दा नराम्रो पक्ष यही हो। कोही फेल नहुने भएपछि मेहनत नगरे पनि भयो भन्ने पर्नसक्छ।

विज्ञान र गणितमा त राम्रै नम्बर ल्याउँछु जस्तो लाग्छ। सामाजिकमा भने अलि कम आउला कि? म त फस्ट डिभिजन ल्याउन चाहन्छु। नत्र साइन्स पढ्न कहाँ पाइन्छ र? एसएलसी गरेपछि प्लस टु पढ्न वीरगन्ज जान्छु। त्यहीँ उच्च शिक्षा हासिल गर्ने योजना छ।

‘युनिफर्म नलाई स्कुल आउन भन्थ्यौं’

पचु साह

शिक्षक, बालएकता बोर्डिङ स्कुल

कलैया

मैले यो स्कुलमा पढाउन थालेको एक वर्ष भयो। यसअघि यहीँको ग्यालेक्सी स्कुलमा छ वर्ष पढाएँ।

बोर्डिङ स्कुलहरूको पढाइ सरकारीको भन्दा राम्रो हुन्छ। सरकारी स्कुलका शिक्षक बढी त राजनीतिमा सक्रिय हुन्छन्, कक्षा लिए पनि ठीकसँग मन लगाएर पढाउँदैनन्। जबकि तलब भत्ता स्थायित्व सबै सुविधा उनीहरूकै बढी हुन्छ।

सरकारी स्कुलमा प्रायः गरिब अभिभावकका बालबच्चा पढ्छन्। आयस्रोत नहुनेहरूका छोराछोरीको आश्रय हुन पुगेका छन् सरकारी स्कुल। उनीहरू स्कुल गएर आफ्ना छोराछोरीको पढाइ–लेखाइ सोधपुछ गर्दैनन्। बोर्डिङ स्कुलमा भने फी तिरेको हुन्छ, अभिभावक पनि टाठै हुन्छ। स्कुल गएर सोधपुछ गर्छ, गुनासो गर्छ, शिक्षकहरू पनि चनाखो हुनैपर्छ। हामी भने निजी अर्थात् बोर्डिङ स्कुलमा कम पैसा लिएर पनि उत्कृष्ट शिक्षा दिइरहेका छौँ।

आन्दोलनभरि सरकारी स्कुल सबै ठप्प भए। हामीले भने चलायौं। गुपचुप चलायौं। कहिलेकाहीँ स्थिति तनावग्रस्त हुँदा हाफ टाइमसम्म चलाउने गर्यौं। विद्यार्थीहरूलाई स्कुल युनिफर्म नलाई स्कुल आउन भन्थ्यौं, उनीहरू ट्युसन पढ्न आएजस्तो देखिन्थे। साहस नै गरेका हौँ।

म बोर्डिङ स्कुलमा पढाउने भए पनि सरकारी स्कुलका विद्यार्थीलाई ट्युसन पढाउँछु। आफ्नै स्कुलका विद्यार्थीलाई भने पढाउँदिन किनभने उनीहरूले पैसा तिरेरै बोर्डिङमा पढिरहेका हुन्छन्। उनीहरूसँग किन दोहोरो फि लिने? डबल शोषण किन गर्ने?

मेरो ट्युसन बाह्रै महिना चल्छ। बिहान छ बजे नै छ–सात जना छात्रछात्रा आइपुग्छन्, एक–सवा घन्टा पढाउँछु। जनही पाँच सय रुपैया फी लिन्छु। दुवै गणित र लेखा पढाउँछु।

एसएलसीमा गणित र अंग्रेजी हाम्रा विद्यार्थीका मुख्य चुनौती हुन्। सरकारी विद्यालयका विद्यार्थीलाई बढी चुनौती हुन्छ किनभने उनीहरूले फर्मुला र मेथडसम्बन्धी ज्ञान कक्षामै समयमै पाएका हुँदैनन्। विद्यार्थीको जग त कमजोर छँदैछ।

मेरो विचारमा सरकारी विद्यालयमा पढाइ कमजोर हुँदै गएकै देशमा राजनीतिक गतिविधि बढ्न थालेपछि हो। ०४६ सालसम्म एसएलसी ठीकै थियो, त्यहीँबाट विस्तारै खुकुलो हुँदै गएको ०५२, ०५३ यता बिग्रन थाल्यो। शिक्षकहरू राजनीतिक संगठनमा लाग्ने, नेताको पछि पर्ने, जागिर जोगाउन खोज्ने, व्यवस्थापन समितिमा जानेहरूको उद्देश्य कमाउने हुन थाल्यो।

राजनीति त नेताको पेसा हो। आन्दोलन पनि उनैले गर्छन्। हामी शिक्षकको आन्दोलन भनेको पढाउने हो। मलाई आज शिक्षकका रूपमा गर्व छ। मेरा विद्यार्थी डाक्टर, इन्जिनियर, इन्सपेक्टर, शिक्षक भएका छन्। धनीमानीका छोराले म गरिब शिक्षकका खुट्टा ढोग्न आउँछन्, मेरो छाती फुल्छ। त्यस्तो बेला बुवाको याद आउँछ। उहाँले यहीँ बजारमा बदाम बेचीबेची मलाई पढाउनुभयो।

‘एक महिनाअघि कोर्स सकियो’

दीपककुमार झा

ग्यालेक्सी पब्लिक स्कुल

कलैया

मैले कक्षा ९ मा ८४ प्रतिशत ल्याएँ। एसएलसीमा राम्रो गर्छु भन्ने विश्वास छ। यसपालिको माहोलले भने अलि गाह्रो भयो। दिनरात भिडन्तको खबर सुन्नुपर्दा पढ्ने वातावरण भएन। स्कुलमा पनि कोर्स भ्याउन गाह्रो भयो। हाम्रो स्कुलले भने होस्टलमा राखेर अतिरिक्त कक्षा लियो। कम समयमै धेरै विषय पढाइ भए। एक महिनाअघि हाम्रो सबै कोर्स सकिएको छ। अहिले दिनरात एसएलसी तयारीमा लागेको छु। एसएलसी पास गरेर काठमाडौं जाने विचार छ। साइन्स पढ्छु। डाक्टर बन्छु।

‘पीर पनि छ, प्रतीक्षा पनि’

समीक्षा साह

ग्यालेक्सी पब्लिक स्कुल

कलैया

मैले कक्षा ९ मा ८८ प्रतिशत ल्याएँ। एसएलसीमा ए प्लस नै ल्याउँछु जस्तो लाग्छ। अंग्रेजी, सामाजिक शिक्षा, विज्ञान मलाई मनपर्ने विषय हुन्। गाह्रो त कुनै विषय पनि लाग्दैन, सामाजिक शिक्षामा भने नम्बर अलि थोरै आउँछ। बन्द बेला चिन्ता लागेको थियो। कोर्स कसरी सकिएला, यस्तै भइरह्यो भने जाँच कसरी दिने होला भन्ने लाग्थ्यो। अब ढुक्क छु। जाँचको पीर पनि छ, प्रतीक्षा पनि गर्दैछु। पछि काठमाडौं गएर डाक्टर पढ्ने विचार छ।

Source : setopati.com

न्यूजिल्याण्डलाई हराउँदै इंग्ल्याण्ड फाइनलमा

एजेन्सी,चैत १७ ।  न्यूजिल्याण्डलाई हराउँदै इंग्ल्याण्ड टी-२० विश्वकप क्रिकेटको फाइनलमा प्रवेश गरेको छ ।  बुधबार बेलुकी भारतको दिल्लीमा भएको सेमिफाइनलमा न्युजिल्याण्डलाई ७ विकेटले हराउँदै इंग्ल्याण्ड फाइनलमा पुगेको हो ।

१ सय ५४ रनको लक्ष्य पछ्याएको इंग्ल्याण्डले खेल सकिनु १७ बल अघि नै लक्ष्य भेट्टायो । इंग्ल्याण्डलाई जिताउँदै फाइनलमा पुर्याउन ओपनर जेसन रोयले उत्कृष्ट प्रदर्शन गरे । ईश सोढीको बलमा बोल्ड हुनुअघि रोयले ४४ बल खेल्दै ७८ रन बनाएका थिए । यस्तै नट आउट रहेका जोस बट्लरले ३२ र जोय रुटले २७ रन बनाए ।

यसअघि टस हारेर पहिला ब्याटिङगरेको न्युजिल्याण्डले २० ओभरमा ८ विकेट गुमाउँदै १ सय ५३ रन बनाएको थियो । उसका लागि कोलन मुनरोले ३२ बलमा ४६ रन बनाएका थिए ।

कोरे एन्डर्सनले २८ र केन विलियम्सले  ३२ रन बनाए । १२ दशमलव २ ओभरमा १ सय रन बनाए पनि पुछारका ब्याट्सम्यानले राम्रो खेल्न नसक्दा न्युजिल्याण्डले मात्र १ सय ५४ रनको लक्ष्य दिन सकेको थियो । न्युजिल्याण्ड अहिलेसम्म ट्वेन्टी–ट्वेन्टी विश्वकप क्रिकेटको फाइनलमा पुग्न सकेको छैन । सन् २०१० को विजेता इंग्ल्याण्ड फाइनलमा पुगेको यो दोश्रो पल्ट हो । अब उसले उपाधिका लागि भारत र वेष्ट इण्डिजबीचको विजेतासँग खेल्नेछ । (

काग्रेस मेरो नेतृत्वको सरकारमा आउने बाहेक अर्को विकल्प अहिले देखिदैन : प्रधानमन्त्री

काठमाडौ, चैत १७  । प्रधानमन्त्री केपी शर्मा ओलीले नेपाली काग्रेससँग आफू नेतृत्वको सरकारमा आउने मात्रै उपयूक्त बाटो भएको दावी गरेका छन ।  रिपोर्टर्स क्लब नेपालको १८ औं बार्षिक उत्सव, चौथौ महाधिवेशन एवम पुरस्कार वितरण समारोहलाई संबोधन गर्दै उनले भने,‘ काग्रेससँग म नेतृत्वको सरकारमा आउने मात्रै बाटो उपयूक्त हो । दुई विकल्प भए पनि क्लबका अध्यक्ष ऋषि धमलाले भने जस्तो काग्रेस यही सरकारमा आउने विकल्प उत्कृष्ट हो ।:

त्यो बाहेक अर्को विकल्प अहिले देखिदैन ।’ क्लबका अध्यक्ष ऋषि धमलाको सभापतित्वमा भएको समारोहमा प्रधानमन्त्रीले काग्रेसलाई ईमान जमानमा रहन सुझाव दिदै विगतमा भएको सहमति तोड्ने जस्तो गल्ती सच्याउनु पर्नेमा जोड दिए ।
उनले आफूलाई प्रधानमन्त्रीको कुर्सि बस्नकोलागि नचाहिएको स्पष्ट पार्दै भने,‘ मलाई प्रधानमन्त्रीको कुर्सि भारतसँगको सम्बन्ध सच्याउन र चीनसँगको सम्बन्ध नयाँ उचाईमा पुर्याउन चाहिएको थियो । त्यो काम मैले गरेको छु ।’
प्रधानमन्त्रीले मुलुकको काम गर्ने संयन्त्र भोली गर्छौ भन्ने खाल्को अल्छि रहेको भन्दै आजैबाट गर्ने सुरु गर्ने गरी आफू अघि बढ्ने र फाईल घुमाएर अल्झ्याउने परिपार्टीको अन्त्य गर्नु पर्ने धारणा राखे ।
उनले दुध खान गाई नै पाल्नु पर्ने भनाईसहित मधेसीहरुप्रति लक्षित गर्दै नारा जुलस गरेर दुध खान नपाईने स्मरण गराए । उनले भने,‘ भावावेशमा होईन अब देश विकासमा अघि बढ्नु पर्छ ।’
प्रधानमन्त्रीले नेपाल भारतको विरुद्ध हुनै नसक्ने बरु भरपर्दो मित्र भएको उल्लेख गर्दै नेपालले भारतको कहिल्यै पनि अहित नचिताउने स्पष्ट पारे ।
उनले भने,‘ भारत नेपालको बहुआयामिक र ईतिहास भन्दा अघि देखिको मित्र देश हो । केही असमझदारीहरु थिए । अहिले समाप्त भईसकेको छ । हामी दुबै छिमेकीसँग आत्मीय मैत्री सम्बन्ध राख्छौ । हामी नेपालको हितमा काम गर्छौ, कसैको अहितमा होईन । ’
प्रधानमन्त्रीले नेपालका राजनीतिक दल र संविधानसभाले संविधान बन्न नदिने प्रयासलाई अस्विकार गरेर स्थीती बुझी संविधान बनाएको उल्लेख गर्दै  संविधान बनेसँगै राजनीतिक र समानताको आन्दोलन सकिएकोले अब आर्थिक समृद्धिमा जाने एक मात्रै बाटो रहेको बताए ।
उनले विभेद हटाउन सकिने तर करोडपति र सडकमा मानिस हुँदा सम्म समानता हुन नसक्ने भन्दै अब समानता कसरी हुन्छ भन्नेमा अघि बढ्नु पर्ने बताए ।
प्रधानमन्त्रीले ९२ प्रतिसतले संविधान बनाए तर मैले भनेको मानेनन् भनेको कुरा आफूले नबुझेको उल्लेख गर्दै यति ठूलो प्रक्रियाबाट बनाएको संविधानलाई रातारात र सुटुक्क बनाएको भनि गरेको तर्क आफूले बुझ्न नसकेको तर्क गरे ।
मधेसवादी दलहरुप्रति लक्षित गरेर प्रधानमन्त्रीले भने,‘ केही मानिसहरु धु्रविकरणको कल्पना गरिरहेका छन । पहाडे, मधेसी, हिमाली भनेर झ्याली बजाउने प्रयासमा लागेका छन । जातजाति, भाष, भाषी नेपालको सुन्दरता हो उनीहरु जात थर र भुगोलको विचमा कलह उत्पन्न गर्न खोजिरहेका छन । यो सफल हुँदैन । नेपालमा अब झ्याम्टा बज्दैन । जनताका अधिकारहरु संस्थागत भईसके ।’
उनले दुई वर्षभित्र केरुङ र काठमाडौ सडक दुई लेनको बनाउन बैशाखमा छोटोबाटोबाट टेण्डर गरेर अघि बढाउने, काठमाडौ र पोखराको सडक यस्तो बनाउने कि यो सडक हो भन्ने होस भान हुने दावी गरे ।
प्रधानमन्त्रीले रिपोर्टर्स क्लब नेपालले पहिलादेखि नै राम्रो काम गर्दै आएको र अब पनि अझै राम्रो काम गरोस भन्ने सुभकामना दिदै क्लबका अध्यक्ष ऋषि धमला जसलाई मन नपरे पनि मनपराउन सक्ने क्षमता भएका पत्रकार भएको बताए । उनले भने,‘ चीतवनमा मेरो लामो कार्यक्रम थियो तर धमलाको आर्कषणले हेलिकप्टर पनि तानेर छिटो काठमाडौ ल्याईदियो ।’
ब्यवस्थापिका संसदकी सभामुख ओनसरी घर्तिले संविधान जारी भएपछि पनि असन्तुष्टीहरु ब्यक्त भईरहेकाले अब बार्ता र संबादको बाटोबाट समाधान गरेर अघि बढ्नु पर्ने भन्दै सहमति गरेर अघि बढ्नुको विकल्प नरहेको दावी गरिन ।
उनले भनिन,‘ असन्तुष्टी समाधानको बाटो बार्ता र संबाद नै हो । यसलाई समाधान गरेर मुलुक अब समृद्धिमा जानुको विकल्प छैन ।’
सभामुखले संविधान नेपालको विकासकोलागि आधारभुत दस्तावेज भएको भन्दै अब यसको सफल कार्यान्वयन गरेर समृद्धिकोलागि सिंगो देश एकताबद्ध भएर लाग्नु पर्नेमा जोड दिए ।
उनले रिपोर्टर्स क्लब नेपाल र यसका अध्यक्ष ऋषि धमलाको विशेषता भनेकै जनताले जान्न चाहेको सूचना लिने र दिने भएको भन्दै त्यसमा अझै दृढताका साथ अघि बढ्न आग्रह गरिन ।
नेपाली काग्रेसका सभापति शेरबहादुर देउवाले नेपालमा बार्ता र संबादबाट समाधान हुन नसक्ने कुनै समस्या नभएको भन्दै समाजमा रहेका समस्या बार्ताबाटै समाधान भएर जाने विश्वास ब्यक्त गरे ।
उनले बार्ताकोलागि असन्तुष्ट दलहरुलाई आउन आब्हान गर्दै भने,‘ सीमांकन मिलाउन बार्ता गर्न म तयार छु । अब झगडा गरेर मात्रै हुँदैन ।’
उनले रिपोर्टर्स क्लब नेपालले लोकतन्त्रकोलागि स्थापना कालदेखि नै काम गर्दै आएको भन्दै अझै पनि जनताको पक्षमा विचलित नभई काम गर्न सुझाव दिए ।
नेकपा एमालेका बरिष्ठ नेता एवम पूर्व प्रधानमन्त्री झलनाथ खनालले मुलुकको सबै समस्या संविधान बमोजिम समाधान गरी राजनीतिक क्रान्ति समाप्त गरेर मुलुकलाई आर्थिक समृद्धिको बाटोमा लिएर जानु पर्ने भन्दै संविधान अनुसार अब एउटा पार्टीले बहुमत ल्याएर शासन गर्ने युग समाप्त भएकोले अब राजनीतिक दलहरुले कोलिसन सरकार गठनको सस्कृतिको विकास गर्नु पर्ने आवश्यकता औल्याए ।
उनले लोकतान्त्रिक आन्दोलनलाई अघि बढाउन क्लबले सकारात्मक र महत्वपूर्ण भूमिका निर्वाह गरेको भन्दै अब संविधान कार्यान्वयनमा पनि क्लबले त्यस्तो भूमिका खुेल्नु पर्ने सुझावदिए ।
नयाँ शक्ति नेपाल पार्टीका संयोजक एवम पूर्व प्रधानमन्त्री डा. बाबुराम भट्टराईले संविधानको अपुर्णता पुरा गरेर भुकम्प र नाकाबन्दीबाट थिल्थिलो पारेको मुलुकलाई आर्थिक विकासको बाटोमा लानु पर्ने आवश्यकता औल्याउँदै अब कसैले पनि गुट उपगुटमा लागेर यसमा अवरोध गर्न नहुने तर्क गरे ।
उनले नेपालमा आफूहरुकै कालमा देश समृद्ध हुने विश्वास ब्यक्त गर्दै अब आर्थिक समृद्धि सिंगो देशको एजेण्डा बन्नु पर्नेमा जोड दिए ।
उनले नयाँ शक्ति मुलुकमा बैकल्पिक धार निर्माण गरेर राजनीतिक विकल्प दिन खडा भएको समेत स्पष्ट पारे ।
भट्टराईले संविधान जारी गर्न खेले जस्तै यसको सकारात्म विकास गर्न भूमिका खेल्न सकोस भन्ने कामना समेत ब्यक्त गरे ।
पूर्व प्रधानमन्त्री लोकेन्द्र बहादुर चन्दले संविधान जारी भएपछि पनि जनताको किन असन्तुष्टी देखिएको हो भन्ने विषयको  समिक्षा गर्नु पर्ने आवश्यकता औल्याउँदै मुलुकमा राजनीतिक परिवर्तन भए पनि अब विचारमा परिवर्तनको आवश्यकता औल्याए ।
उनले विचार परिवर्तनको लागि रिपोर्टर्स क्लब नेपालको भूमिका महत्वपूर्ण हुने भन्दै क्लब नभएको भए जनताले सत्य सूचना पाउन बाट बञ्चित हुनु पर्ने अवस्था आउने स्थिति उत्पन्न हुन सक्ने बताए ।
ब्यवस्थापिका संसदका पूर्व सभामुख सुवास चन्द्र नेम्वाङले संविधान जारी भएसँगै एउटा चुनौति समाप्त भएपनि कार्यान्वयनको अर्को चुनौति आएको भन्दै संविधान कार्यान्वयनको चुनौति पार गर्न सबै एकताबद्ध भएर एक ठाँउमा उभिनु पर्ने आवश्यकता औल्याए ।
उनले भने,‘ यो संविधान जनताका प्रतिनिधिले जारी गरेको हो । अब अर्को जारी गर्ने यो भन्दा उपयूक्त थलो छैन । अहिले पनि कहि विभेद छ भने छलफल गर्न सकिन्छ ।’
यो संविधान अनुसार भएको प्रधानमन्त्री निर्वाचनमा सहभागि भएकाले अब संविधान अस्विकार्य छ भनेर भन्न नमिल्ने भन्दै असन्तुष्टी भए त्यसलाई संविधान संसोधनमार्फत संबोधन गर्दै जानु पर्नेमा जोड दिए ।
नेम्वाङले भने, सबै दलको सबै कुरा पुरा संविधानले गरेको छैन । भारतमा १२२ पटक संसोधन गर्दा त समस्या विद्यमान छ भने हामीले त भर्खरै संविधान बनाएका छौ । न्यायपूर्ण जायजमाग छलफल गरेर संसोधन गर्दै जान हामी तयार छौ ।’
क्लब र अध्यक्ष ऋषि धमलाले सबैलाई सबैलाई एक ठाँउमा उभ्याएर समस्या समाधानमा सकारात्मक दवाव दिन भूमिका खेलोस भन्ने कामना गर्दै धमलाको सक्रियताको निरन्तरताको कामना ब्यक्त गरे ।
नेकपा क्रान्तिकारी माओवादीका अध्यक्ष मोहन बैद्य किरणले द्धन्दकालिन मुद्दा नियमित तरिकाले ब्यूत्याएर देशमा दिगो शान्ति हुन नसक्ने दावी गर्दै भने,‘माओवादी नेताका टाउको मुद्दा राखेर शान्ति हुँदैन ।
उनले संसदबादी हिसावले संविधान ठिकै भएको र केही सकारात्मक पक्ष समेत रहेको भन्दै उत्पीडित समूदायको सवालमा अपेक्षा गरे अनुसारको विषय नसमेटिएको दावी गरे ।
उनले राज्य सञ्चालनमा बसेकाहरुले क्लबका अध्यक्ष ऋषि धमलाको सक्रियताबाट सिके देश र जनताको पक्षमा काम गर्न सकिने तर्फ ध्यान आर्कषित गरे ।
संघीय समाजवादी फोरम नेपालका अध्यक्ष उपेन्द्र यादवले कसैलाई प्रधानमन्त्री, राष्ट्रपति बन्न र कसैलाई सरकारमा पुर्याउन हतार हतार फाष्टट्रयाकबाट संविधान जारी गरेको दावी गर्दै यो संविधानले अन्तरिम संविधानले दिएको अधिकार समेत खोसेकोले आफूहरुलाई स्विकार्य नभएको स्पष्ट पारे ।
उनले समाजमा ब्याप्त विभेद संबोधन नगरुन्जेलसम्म मुलुकमा शान्ति, स्थायीत्व र समृद्धि हुन नसक्ने दावी गर्दै आफ्नै जनतालाई  विखण्डनकारी भन्दा मुलुकमा शान्ति हुन नसक्ने बताए ।
यादवले राजनीतिक समस्याको समाधान राजनीतिक तवरले खोज्न आग्रह गर्दै नेपालमा उत्कृष्ट भनिएका संविधान आर्यघाटमा सेलाईसकेकोले यसबाट सतबुद्धी लिन सुझाव दिए ।
उपप्रधान तथा रक्षामन्त्री भीम रावलले आठ वर्ष लगाएर ल्याएको संविधानलाई हतारमा ल्याएको भन्नु र ९० प्रतिसत जनप्रतिनिधिले हस्ताक्षर गरेको संविधानमा अपनत्व छैन भन्नुु मुलुक संविधान अनुसार अघि बढे समाजवाद आउला कि भन्ने डरको उपज भएको भन्दै आफै अघोषित नाकाबन्दी गरेर सरकारले कालोबजारी गर्यो भन्नुको तुक नभएको तर्क गरे ।
उनले संविधानले विभेद हुन नसक्ने कुरा गरेकोले यसलाई लागु गर्न नदिनेले जनतालाई अधिकारबाट बञ्चित गर्ने दावी गर्दै कुनै जायज समस्या भए त्यसलाई समाधान गर्न सरकार बार्ताकोलागि तयार रहेको स्पष्ट पारे ।
उपप्रधान तथा गरिबी निवारण एवम सहकारी मन्त्री चित्रबहादुर केसीले नयाँ संविधानमा धेरै तिरबाट हमला भईरहेकोले यसलाई कार्यान्वयन गर्न सबै एक भएर लानु पर्ने आवश्यकता औल्याउँदै राज्यको पुर्नसंरचनाको नाममा अझै पनि राष्ट्रियता, सार्वभौमसत्ता र अखण्डतामा संकत रहेको दावी गरे ।
उनले देशको अखण्डता जोगाएर मात्रै आर्थिक समृद्धि हुने भन्दै यस्ता अन्तर्राष्ट्रिय खेलका विरुद्ध सचेत हुनु पर्ने आवश्यकता औल्याए ।
केसीले नेपालको प्रजातान्त्रिक आन्दोलनमा क्लबले खेलेको भूमिको प्रसंसा गर्दै  क्लबका अध्यक्ष ऋषि धमलाको सक्रियताबाट सबैले सिक्नु पर्ने धारणा राखे ।
गृहमन्त्री शक्तिबहादुर बस्नेतले राष्ट्रले आफ्नो मिसन पुरा गरेकोले अब त्यसलाई पूर्ण दिन सबैसँग छलफल गरेर अघि बढ्नु पर्ने आवश्यकता औल्याए । उनले सधै आफ्नो मिसनमा लाग्ने ऋषि धमलाबाट सबैले सिक्नु पर्ने भन्दै संविधान कार्यान्वयनमा क्लबको भूमिकाको आवश्यकतामा जोड दिए ।
खानेपानी तथा सरसफाई मन्त्री प्रेमबहादुर सिंहले लोकतन्त्र, संघीयता, समाजिक न्याय र संविधानसभाबाट संविधान जारी गर्न क्लबले सकारात्मक भूमिका खेलेको भन्दै अब संविधानको कार्यान्वयन गरेर मलुकलाई समृद्धिमा लान समेत क्लबको भूमिको आवश्यकता औल्याए ।
विज्ञान तथा प्रविधि मन्त्री शिवलाल थापा संविधान जारी भएपछि विकास र शान्तिको सदिक्षा विपरित काम भएको भन्दै क्लबलाई संविधानको कार्यान्वयनमा भूमिका खेल्न आग्रह गरे ।
नेपाली काग्रेसका केन्द्रीय सदस्य बालकृष्ण खाडले एक्लैले कसैले पनि मुलुक हाक्न नसक्ने ठोकुवा गर्दै  संविधान कार्यान्वयनकोलागि दुई तिहाई बहुमत आवश्यक पर्ने भएकोले सबैले सहमतिको साथ अघि बढ्नु पर्ने आवश्यकता औल्याए ।
संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्च थरुहटकी अध्यक्ष रुक्मिणी चौधरीले संविधान जारी गर्नु भन्दा कार्यान्वयन गर्नु ठूलो कुरा भएको भन्दै संविधानमा केही राम्रा पक्ष भएपनि थरुहट मधेसले नमानेकोले यो संविधान उत्कृष्ट हुनै नसक्ने ठोकुवा गरिन ।
नेपाल सद्भावना पार्टीका अध्यक्ष अनिलकुमार झाले ९० प्रतिसत जनताले अनुमोदित गर्दैमा संविधान जनअनुमोदिन नहुने भन्दै  मधेसको माग अनुसार संविधान स्विकार्य गरेर सबैलाई स्विकार्य हुने संविधान बनाउनु पर्ने धारणा राखे ।
क्ल्बका अध्यक्ष ऋषि धमलाले मुलुक बनाउन सबै दलहरु सरकारमा जानु पर्ने आवश्यकता औल्याउँदै असन्तुष्ट मधेससँग तत्काल संबादको प्रक्रिया अगाडि बढाउनु पर्नेमा जोड दिए ।
उनले निरकुंश शासनको विरुद्धमा लगेको क्लब संविधान कार्यान्वयनमा पनि दत्तचित्त भएर लाग्ने धारणा राख्दै क्लबलाई सबैको साझा मञ्चको रुपमा विकास गर्ने प्रतिबद्धता ब्यक्त गरे ।
धमलाले राष्ट्रियताको विषयमा क्लबले कसैसँगपनि सम्झौता नगर्ने स्पष्ट पार्दै क्लब सधै नेपाली जनताको अधिकारको रक्षा र मुलुकको समृद्धिको यात्रामा सहकार्य गर्दै अघि बढ्ने बताए ।

Featured Post

माओवादी केन्द्रका तीन मन्त्रीमा महरालाई अर्थ, दुई नयाँ अनुहार

काठमाडौं,साउन २० । माओवादी केन्द्रका अध्यक्ष तथा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड नेतृत्वको सरकारमा पहिलो चरणमा तीन जना मन्त्री पठाउने भ...

Popular Posts