Saturday, April 30, 2016

करिअर ओरालो लागेपछि विपशाले कसिन लगनगाँठो (फोटोफिचर)

एजेन्सी । बलिउडमा करिअर पूर्ण रुपमा ओरालो लागेपछि बलिउडकी चर्चित नायिका बिपाशा बासुले प्रेमी करण सिंह ग्रोवरसँग लगनगाँठो कसेकी छिन् । उनले मुम्बईमा बंगाली परम्परा अनुसार विवाह गरेकी हुन् । समारोहमा उनले आफ्ना साथीभाई र इष्टमित्रहरुलाई मात्र आमन्त्रण गरेकी थिइन् ।

करण सिंह ग्रोवरको भने यो तेस्रो विवाह हो । उनले यस अघि सन् २००८ मा श्रद्धा निगम र सन् २०१२ मा अभिनेत्री जेनिफर विंगेटसँग विवाह गरेका थिए । विवाहमा अमिताभ बच्चन, अभिषेक बच्चन र ऐश्वर्या राय ,साहरुख,सलमान नायिकाहरु प्रीति जिन्टा, नेहा धुपिया, दिया मिर्जा लगायत धेरै कलाकारको उपस्थिती विपाशाको बिहेमा पुगेका थिए ।

karana-and-bipasha-marrige विपाशा ५

नेविसंघको महाधिवेशनको मिति तत्काल घोषणा गर्न देउवाको निर्देशन

काठमाडौं,बैशाख १९ । नेविसंघको महाधिवेशनको मिति तत्काल घोषणा गर्न नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले निर्देशन दिएका छन्। सभापतिमा निर्वाचित भएको दुई महिनापछि देउवाले आइतबार बिहान नेविसंघ अध्यक्ष रन्जित कर्ण र नेता ऋणिकेश जंग शाहलाई आफ्नै निवासमा बोलाएर अधिवेशनको मिति तोकेर तयारी थाल्न निर्देशन दिएका हुन्। नेविसंघको अधिवेशनको मिति पटक पटक तोकिएपनि स्थगित हुँदै आएको छ।

नेविसंघको अधिवेशन विगत ८ वर्षदेखि हुन सकेको छैन। तत्कालीन अध्यक्ष प्रदीप पौडेलले राजीनामा दिएपछि ६ महिनाभित्र अधिवेशन गराउने म्यान्डेटसहित रन्जित कर्णलाई जिम्मा दिइएको थियो। तर नेविसंघमा दुई पक्षवीचको विवादका कारण अधिवेशन हुन सकेको छैन।

एमालेका भ्रातृ संगठन अस्तव्यस्त,अधिवेशनविनै दश वर्ष

काठमाडौं,बैशाख १९ । एमालेका प्रवाससहित २२ भ्रातृ संगठन छन् । तीमध्ये सात भ्रातृ संगठनले विधानविपरीत कार्यकाल गुजारेको वर्षौँ भएको छ। ती संगठनले समयमा अधिवेशन गरेका छैनन्।
अधिवेशन गरेका संगठनमा पनि विवाद छ।

अधिवेशनविनै दश वर्ष

०६२/६३ को आन्दोलनपछि एमालेले जनजाति र अल्पसंख्यकलाई समेट्न नेपाल लोकतान्त्रिक आदिवासी जनजाति महासंघ गठन गर्‍यो। ३ असोज ०६३ मा हालका एमाले सचिव पृथ्वीसुब्बा गुरुङ महासंघको तदर्थ समिति अध्यक्ष चुनिए। महासंघको विधानमा नेतृत्वको कार्यकाल चार वर्ष उल्लेख छ । तर, १० वर्षपछि महासंघले आगामी २९ जेठमा काठमाडौंमा प्रथम अधिवेशन आयोजना गर्दै छ।

किसान महासंघमा निरन्तर एउटै नेतृत्व

अखिल नेपाल किसान महासंघले नौ वर्षपछि गत २७ चैतमा अधिवेशन गरेको छ । यसअघि किसान महासंघको अधिवेशन ०६४ मा भएको थियो। विधानको व्यवस्था नै संशोधन गरेर एमाले वरिष्ठ उपाध्यक्ष वामदेव गौतम तेस्रोपटक अध्यक्षमा चुनिएका छन्।

अनेरास्ववियुमा विवाद

एमालेको भ्रातृ संगठन अनेरास्ववियुमा पार्टीको संस्थापन र माधवकुमार नेपाल पक्षबीच विवाद छ। दुई महिनाअघि अखिल अध्यक्षमा संस्थापननिकट नवीना लामा निर्वाचित भइन्। कमिटीमा लामा पक्षकै बहुमत छ। तर, नयाँ नेतृत्वले पेट्रोलियम पदार्थमा भइरहेको कालोबजारी नियन्त्रणबारे आयल निगमका कार्यकारी निर्देशक गोपालबहादुर खड्कालाई बोलाएर कार्यक्रम गरेको भन्दै नेपाल पक्षले प्रतिवाद गरेपछि अखिलमा दुई पक्षबीच विवाद चर्किंदै गएको छ।

युवा संघमा पनि विवाद

युवा संघ नेपालको अहिलेको नेतृत्वले पनि समयमै अधिवेशन गर्न नसकेर तीन महिना गुजारेको छ। निरु पालले बिदा लिएपछि गत असोजमा अध्यक्ष चुनिएका राजीव पहाडीले एक वर्षभित्र अधिवेशन गर्ने बताउँदै आएका छन्। ‘आगामी २९ र ३० जेठमा बस्ने केन्द्रीय कमिटीमा अधिवेशनका विषयमा छलफल हुनेछ,’ संघका प्रचार विभाग प्रमुख प्रभातविक्रम कटुवालले भने। संघमा लामो समयदेखि विधानको विषयमा विवाद चल्दै आएको छ।

अनेमसंघको अधिवेशन टुंगो अझै लागेन

अनेमसंघकी तत्कालीन अध्यक्ष विद्या भण्डारी राष्ट्रपति निर्वाचित भएकी छिन्। तीनवर्षे कार्यकाल सकिएकाले डेढ वर्षअघि भण्डारीकै पालामा अधिवेशन हुनुपर्ने थियो।

तर, भण्डारी राष्ट्रपतिमा निर्वाचित भएपछि गत मंसिरमा उनले राजीनामा दिइन्। रिक्त पदको जिम्मेवारीमा अहिले वरिष्ठ उपाध्यक्ष गोमा देवकोटा छिन्। तर, संघको अधिवेशनको टुंगो अझै लागेको छैन। ‘अब छलफल गर्छौँ,’ देवकोटाले भनिन्। नयाँ पत्रिका दैनिकमा समाचार छ।

गाउँको अनुदानबाट सहरमा घर !

काठमाडौं,बैशाख १९ । सरकारले गाउँमा भूकम्पबाट क्षति भएर पाउने अनुदानवाट सहरी क्षेत्रमा घर बनाउन पाउने गरी छुट दिएको छ । सरकारले दिइने अनुदानबाट सम्वन्धित क्षेत्रमै घर बनाउनुपर्ने व्यवस्था गरेको राष्ट्रिय पुनर्निर्माण प्राधिकरणले भूकम्प अनुदानसम्वन्धी कार्यविधिलाई संशोधन गर्दै सो अनुदानबाट सहरी क्षेत्रमा घर बनाउन पाउने छुट दिएको अाजको राजधानी दैनिकमा समाचार छ ।

‘भूकमपबाट घर क्षतिपाउने अनुदानको सम्झौता गर्ने बखतमा सम्वन्धित पीडितले सोही गाँउको सट्टा छिकेकी गाबिस वा सहरी क्षेत्रमा घर बनाउने चाहे अनुदान दिने गरी कार्य विधि तयार गरिएको छ ।

पुनर्निर्माण प्राधिकरणका प्रवत्ता रामप्रसाद थपलियाले भने ‘अनुदान सम्झौताको बखत पीडितले सहरी क्षेत्रमा रहेको लालपुर्जाको फोटोकपी भने उपलव्ध गराउनुपर्नेछ । ‘ यो निर्णय अनुसार सम्बन्धित पीडितको नाममा सहरमा जग्गा भए वा निजले अनुदान सम्झोता गर्नुअघि नै ज्ग्गा खरिद गरे सो अनुदान सहरी क्षेत्रमा रहेको जग्गामा घर बनाउन उपयोग गर्न पाउनेछ ।

बाँदर धपाउनेको मासिक तलब २५ हजार

काठमाडौं,बैशाख १९ । बाँदरले दुः ख दिन थालेपछि गोरखा केरौँजाका किसानले मकै नभित्र्याउने वेलासम्मका लागि तलब दिएर बाँदर धपाउन मान्छे राखेका छन् । केरौँजा ५ र ६ का किसानले मासिक २५ हजारका दरले तलब दिने गरी चारजना हेरालो राखेको समाचार आजको नयाँ पत्रिका दैनिकमा छ ।

मकै जोगाउन मान्छे राखिएको केरौँजा-६ रुन्चेतका गोपाल घलेले बताए । ‘भूकम्प गएकाले पोहोर खेती लगाएनौँ । राहतका भरमा एक वर्ष कट्या । सधैँ त राहत पाइँदैन होला । यसपटक पनि मकै लगाइएन भने के खाने ?’ घलेले भने, ‘यसपालि बारीमा मकै लगाएका छौँ । बाँदरले सखाप बनाउने भएकाले बाली जोगाउन हेरालो राखेका हौँ ।’

जेठबाट भदौसम्मका लागि हेरालो राखिएको घलेले बताए । बारी टाढा भएको र यो समयमा गाउँमा मान्छे पनि कम हुन भएकाले हेरालो राखिएको उनको भनाइ छ । ‘घरबाट दुई-तीन घन्टा हिँडेर बारीमा जानुपर्छ,’ उनले भने, ‘फेरि यो सिजनमा हामी यार्सा संकलन गर्न जान्छौँ । मकै कुरेर बस्ने मान्छे पनि हुँदैन ।’

यस क्षेत्रका अधिकांश बासिन्दा यार्सा संकलनका लागि मनाङ, मुस्ताङ तथा गोर्खाकै हिमाली क्षेत्रमा जाने गर्छन् । मकै बाली जोगाउन हेरालो राखिएको यसपालि मात्रै होइन । ‘बाजेको पालादेखि नै हो रातो बाँदरले दुस्ख दिन थालेको,’ घलेले भने, ‘अघिका वर्षमा दुईदेखि चारजनासम्म कुरुवा राख्थ्यौँ ।’ अघिल्ला वर्षमा हेरालोलाई प्रत्येक घरधुरीले एक डोको मकै दिने चलन थियो । तर, यसपालि नगद नै दिएर हेरालो राख्ने गाउँ भेलाको निर्णय छ ।

दुवै वडाको गाउँ भेलाले बाँदर हेरालोलाई तलब दिन प्रत्येक घरधुरीबाट एक हजार पाँच सय संकलन गर्ने निर्णय गरेको छ । दुई वडामा दुई सय ५० घर धुरी छन् ।

सबैबाट गरी करिब तीन लाख रुपैयाँ संकलन गर्ने तयारी छ । हेरालुलाई एक डोको मकै दिनु र रकम दिनु उस्तै हुने स्थानीय वसन्त गुरुङले बताए ।

नक्कली पाइलट खोज्दै प्रहरी

काठमाडौं,बैशाख १९ । नक्कली शैक्षिक प्रमाणपत्रमाथि छानविन तीब्र पारेको प्रहरले अब उड्डयन क्षेत्रमा समेत अनुसन्धान अघि बढाउने भएको छ । चिकित्सा र इन्जिनियरिङमा जस्तै उड्डयनमा पनि नक्कली प्रमाणपत्रका भरमा हेलिकोप्टर र जहाज उडाउनेहरु रहेको आशंका चुलिएपछि प्रहरीको अनुसन्धान ब्युरो चनाखो भएको आजको नागरिक दैनिकमा समाचार छ ।

पाइलट कोर्स अध्ययन गरी नेपाल नागरिक उड्डयन्त्र प्राधिकरणबाट उडान अनुमतिपत्र पाएकाहरुको शैक्षिक प्रमाण्पत्र छानबिन गर्न लागिएको ब्युरोले जनाएको छ ।

विज्ञान विषयमा प्रमाणपत्र तह उत्तीर्ण गरी ‘कमर्सियल पाइलट लाइसेन्स’ कोर्स पूरा गरेकालाई प्राधिकरणले जहाज र हेलिकप्टर उडाउन अनुमति दिँदै आएको छ । अहिलेसम्म करिब ५ सय जनाले यस्तो अनुमति पाएका छन् ।

शैक्षिक याग्यता न्यून भएपनि पाइलट कोर्स आर्थिक हिसाबले महंगो मानिन्छ । यसको अध्ययन सुरु गर्नै न्यूनतम ३० लाख रुपैयाँ लाग्ने जानकारहरु बताउँछन ।

ला लिगाको उपाधि होड रोमाञ्चक

एजेन्सी,बैशाख १९ । स्पेनिस ला लिगाको उपाधि होड निकै रोमान्चक चरणमा छ । शनिबार राति एकै दिन उपाधि होडमा रहेका बार्सिलोना, रियल म्याड्रिड र एथ्लेटिको म्याड्रिडले आआफ्नो खेल खेल जितेका छन् ।
लिग लिडर बार्सिलोनाले रियल बेटिसलाई २–० गोल अन्तरले पराजित गर्दै बार्सिलोना शीर्ष स्थानमा उक्लिएको छ । रियल म्याड्रिडले रियल सोसिडाडलाई १–० ले हरायो ।

एथ्लेटिको म्याड्रिडले रायो भालकानोलाई १–० ले नै हरायो । पहिलो हाफ गोलरहित बराबरीमा सकिएपनि बार्सिलोनाले दोस्रो हाफमा दुई गोल गरेको थियो। खेलको ५० औँ मिनेटमा राकेटिकले गोल गर्दै बार्सिलोनालाई सुरुवाती अग्रता दिलाए। यस्तै खेलको ८१ औँ मिनेटमा लुइस स्वारेजले गोल गरेपछि बार्सिलोनालाई २–० ले विजयी भयो। लिगमा अब तीन वटै क्लबले समान २-२ खेल्न बाँकी छ ।

जितपछि बार्सिलोनाको ३६ खेलबाट ८५ अंकका साथ शीर्ष स्थानमा कायमै छ। समान खेलबाट ८५ अंक जोडेको एथ्लेटिको मड्रिड गोल अन्तरका आधारमा दोस्रो स्थानमा छ भने ८४ अंक रहेको रियल मड्रिड तेस्रो स्थानमा छ।

आज अन्तर्राष्ट्रिय मजदुर दिवस,विभिन्न कार्यक्रम गरी मनाइँदै

काठमाडौं,बैशाख १९ । आज मे १ अर्थात १२७ औं अन्तर्राष्ट्रिय मजदुर दिवस नेपालमा पनि विभिन्न कार्यक्रम गरी मनाइदैँ छ । विभिन्न राजनीतिक दल आवद्ध मजदुर संगठनहरुले विभिन्न कार्यक्रम आयोजना गर्दे मे १ मनाउन लागेका हुन् । ८ घण्टा काम, ८ घण्टा आराम र ८ घण्टा मनोरञ्जनका लागि युरोप र अमेरिकाका मजदुरहरुले गरेको संघर्षको सम्झनामा प्रत्येक वर्ष मे १ तारिखमा अन्तर्राष्ट्रिय मजदुर दिवस मनाउने गरिन्छ । १७ औं शताब्दीमा भएको संघर्षले मजदुरहरुले यो अधिकार प्राप्त गरेका थिए ।

सन् १८९० देखि हरेक वर्ष मे १ मा संसारभर मजदुर दिवस मनाउने गरिएको हो । नेपालमा सन् १९६३ देखि अन्तर्राष्ट्रिय श्रमिक दिवस मनाइदै आइएको छ। तर यस दिनलाई विसं २०६४ बाट मात्र आधिकारिक विदाको रूपमा घोषणा गरिएको हो ।

एमाअोवादीसँगको एकताबारे विवाद उत्कर्षमा, एक्लिँदै वैद्य

काठमाडौं,बैशाख १९ । विभाजित माओवादी धाराका पार्टीहरूबीच एकताको बहस सुरु भएका वेला मोहन वैद्य नेतृत्वको नेकपा क्रान्तिकारी माओवादी भने विभाजनको संघारमा पुगेको छ। अध्यक्ष वैद्य र वरिष्ठ नेता रामबहादुर थापा बादल पक्षबीच एमाओवादीसँग तत्काल एकता गर्ने विषयमा देखिएको विवादले पार्टी विभाजनको अवस्थामा पुगेको छ।
केन्द्रीय समिति बैठक २८ चैतबाट स्थगित छ। वैद्यले बैठक बोलाउनै चाहेका छैनन्। बादल पक्षले भने तत्काल केन्द्रीय समिति बोलाएर एकताको निर्णय लिनुपर्ने दबाब दिएको छ। नयाँ पत्रिका दैनिकमा समाचार छ।
वैद्यको योजनामा बादल पक्षको विरोध
केन्द्रीय समितिको स्थगित बैठक होइन, संगठन विभाग वा पार्टी सचिवालयमध्ये एकको बैठक बोलाउने योजनामा वैद्य छन्। यी दुवै कमिटीमा उनी बहुमतमा छन्। १५ सदस्यीय संगठन विभागमा सिपी गजुरेल, हरिभक्त कँडेल, इन्द्रमोहन सिग्देल, परी थापा, सीताराम तामाङ, रामसिंह श्रीष र प्रेम पौडेल वैद्यको पक्षमा छन्। वैद्यले संगठन विभागबाटै विवादित विषय टुंग्याउन चाहेका छन्।
संगठन विभागको बैठक बोलाउन नसके केन्द्रीय सचिवालय बैठक बोलाएर विवादका विषयमा आफूअनुकूलको निर्णय गराउने पक्षमा वैद्य छन्। ३५ सदस्यीय सचिवालयमा परी थापाको नेतृत्वमा पार्टी एकतामा आएका नौ नेतासहित २० सदस्य वैद्यको पक्षमा छन्।
तर, केन्द्रीय समिति बैठक स्थगित भएका वेला बोलाइने अन्य बैठकको निर्णय वैधानिक नहुने भन्दै बादल पक्षले वैद्यको प्रस्ताव अस्वीकार गरेको छ।

‘जिस्म’ को पोस्टरमा अर्चनाको निर्वस्त्र अबतार

काठमाडौं । अर्चना पनेरुले अभिनयमा रहेको फिल्म ‘जिस्म’ को फर्स्टलुक पोस्टर सार्वजनिक भएको छ । सुटिङको क्रमदेखि नै विवादित चलचित्र जिस्म को फर्स्टलुक शनिबार सार्वजनिक भएको छ । पोस्टरमा अर्चनालाई निर्वस्त्र देखाईएको छ ।

फिल्म राजु गिरी प्रोडक्शन प्रालीको व्यानरमा तयार हुन लागेको फिल्मलाई भेट्रान वितरक सुनिल मानन्धरले वितरणको जिम्मा लिएका छन् । फिल्ममा राम्जी लामिछानेको कोरियोग्राफी छ भने अर्चनासँगै सुरेन्द्र बुढा, उकेश पनेरु, सुभेच्छा थापा लगायत अभिनयमा छन् । असार ३१ लाई प्रदर्शन मिति तय गर्दै केहि दिन पहिले मात्रै छायाँकन सकाएर पोस्ट प्रोडक्शनको क्रममा रहेको यो फिल्मलाई राजु गिरीले निर्देशन गरेका हुन् ।

काठमाडौंको कुन-कुन क्षेत्र बढि भूकम्पीय जोखिममा ?

काठमाडौं,बैशाख १८ । सरकारले राजधानी उपत्यकामा भूकम्पकीय दृष्टिले जोखिमपूर्ण रहेका क्षेत्रहरुको प्रारम्भिक पहिचान गरेको छ। सहरी विकास मन्त्रालयको नेतृत्वमा गत वर्षको भूकम्पयता जारी अध्ययनको हालसालै सकिएको पहिलो चरणबाट प्राप्त प्रारम्भिक नतिजाले भविष्यमा भूकम्प आउंदा कुन भागमा जमीन बढी थर्कन्छ वा जमीनले तरल पदार्थको जस्तो विशेषता देखाउंछ भन्ने अनुमान समेटेको छ।
बीबीसीले उक्त नतिजाको केही अंशमा पहुंच पाएको छ र उक्त अंश हेरेका भूकम्पविज्ञहरुले खोला किनारमा मसिनो बालुवा भएका र जमीनमुनि पानीको सतह माथिसम्म भएका क्षेत्र बढी भूकम्पीय जोखिममा रहेको निचोड निकालेका छन्।
निष्कर्ष
जापानी सहायता निकाय जाइकाको सहयोगमा थालिएको अध्ययनबाट विक्रम सम्वत १९९०को महाभूकम्पदेखि लिएर गत वर्षको विनाशकारी भूकम्पजस्तै अवस्था आए काठमाण्डू उपत्यकामा कुन भाग बढी जोखिममा पर्नेछ भन्ने निष्कर्ष निकालिएको छ।
कुन घर, वडा वा स्थान बढी जोखिममा छन् भन्ने जस्ता मसिनो विवरण त खुलाइएको छैन तर बीबीसीले प्राप्त गरेको अध्ययनको हिस्सामा रहेका नक्साबाट कुन भागमा जमीन बढी थर्कन्छ वा जमीन तरलीकृत हुन्छ भन्ने निचोडमा पुग्न सकिन्छ।

यो जमीन कति थर्कन्छ भन्नेसम्बन्धी नक्सा हो।बढी गाढा रंगले बढी थर्काइको संकेत गर्दछ।
बीबीसीले उक्त नक्सा भूकम्प प्रविधि राष्ट्रिय समाज (एनसेट नेपाल) का उपकार्यकारी निर्देशक एवम् भूकम्पविज्ञ सूर्यनारायण श्रेष्ठले देखाएको थियो र त्यसको विश्लेषण गर्दै उनले भने, “यो नक्सा कम्पन र जमीन तरलीकरणसम्बन्धी नक्सा हो। यिनलाई विश्लेषण गर्दा कमजोर, थलथले वा पुरुवा माटो भएको क्षेत्र वा नदी किनारा वा बलौटे माटो भएको ठाउँमा जोखिम बढी छ भन्ने देखिन्छ”।
तरिका
यस्तो जोखिम मूल्यांकन गर्दा काठमाण्डू उपत्यकालाई २५०X२५० वर्गमिटरको वर्गको रुपमा लिएर जोखिमक्षेत्रहरु पहिचान गरिएका थिए।
जाइकाकोतर्फबाट यो अध्ययनमा संलग्न एकजना उच्चअधिकारी युकियो तानाकाले बीबीसीसंग भने, “हामीले २५o बाइ २५०को प्रत्येक ग्रीडका लागि जमीनको सबैभन्दा उच्च थर्काइ निकाल्यौं। यसैगरी जनसंख्या, भवन, सार्वजनिक पूर्वाधार लगायतलाई ध्यानमा राखेर तथ्यांकहरु लियौं ताकि हामीले विभिन्न स्तरका भूकम्प गए कस्तो अनुमानित मानवीय वा भौतिक क्षति हुनसक्छ भन्ने विवरण पाउन सकौं”।

काठमाण्डू उपत्यकाका २२ वटा नगरपालिका सबैको जोखिमक्षेत्रहरु पहिचान गरिएको छ
अध्ययनका लागि विगतमा काठमाण्डूमा निकै गहिराइसम्म पुगेर लिइएको माटोको परीक्षणको नतिजालाई पनि आधार बनाइएको बताइएको छ।
अध्ययनमा संलग्न सहरी विकास मन्त्रालयका वरिष्ठ इन्जिनियर सुमन चालिकेले भने, “माइक्रो ट्रमेर भन्ने उपकरण प्रयोग गरेर यहांको भूबनोट के छ भन्ने हामीले पत्ता लगाएका छौं। हामीले पहिलेको बोरिंग डाटा अर्थात् गहिराइको माटो परीक्षणको तथ्यांकसंग तुलना गरेर पनि हेरिरहेका छौं”।
जोखिम
यस्तो जोखिम पहिचान गरिसकेपछि अब त्यसको कसरी व्यवस्थापन गर्ने भन्ने योजना यो अध्ययनले सन् २०१७ सम्म तयार पार्ने बताइएको छ।
त्यस्तो योजनाका लागि ललितपुर उपमहानगरपालिका, भक्तपुर र बुढानिलकण्ठ नगरपालिकाहरुलाई चयन गरिएको छ।
गृह, स्थानीय विकास मन्त्रालय र खानी तथा भूगर्भ विभाग पनि यो अध्ययनमा संलग्न छन्।
यो अध्ययनबाट जोखिमयुक्त क्षेत्र पहिचान गरिसकिएपनि त्यहां संरचनाहरु बनाउनै नहुने भन्ने निचोडमा पुग्न भने नहुने सहरी विकास मन्त्रालयका वरिष्ठ इन्जिनियर चालिके बताउंछन्।

यो, विगतमा विभिन्न समयमा गएका जस्तै भूकम्प भविष्यमा आए देशका कुन कुन स्थानमा बढी प्रभाव पार्छ भन्नेसम्बन्धी नक्सा हो। रातो थोप्लाले ठूलो भूकम्पको संकेत गर्दछ।
उनले भने, “बढी जोखिम छ भनेर घर बनाउनै नहुने र कम जोखिम भएको ठाउंमा घर सुरक्षित हुन्छ भन्ने होइन। जोखिम अनुसार घर निर्माणमा सावधानी र गुणस्तर कायम राख्न सके जहां पनि घर बनाउन सकिन्छ”।
अर्को अध्ययन
करिब चार महिनापहिले पनि काठमाण्डू उपत्यका विकास प्राधिकरण र राष्ट्रसंघीय विकास कार्यक्रम युएनडीपीले पनि मिलेर उपत्यकाको जोखिम संवेदनशील क्षेत्रको भूउपयोगसम्बन्धी योजना सार्वजनिक गरेका थिए जसमा कुन भागमा लिक्वीफ्याक्सन अर्थात् जमीनले पानीको जस्तै व्यवहार देखाउंछ भन्ने विवरण समेटिएको थियो।
त्यसमा, विक्रम सम्वत १८८० को जस्तै भूकम्प गए कालिमाटी, नख्खु, सूर्यविनायक, ठिमी, लाजिम्पाट र टोखा आसपासको क्षेत्रमा बढी ‘लिक्वीफ्याक्सन’ हुने अर्थात् ती क्षेत्र बढी जोखिमपूर्ण रहेको अनुमान गरिएको छ।
विक्रम सम्वत् १९९०को जस्तै भूकम्प गए चाहिँ रविभवन, कालिमाटी, टेकु, ठमेल र ज्ञानेश्वरसहितका क्षेत्रमा मध्यमदेखि लिएर ठूलो ‘लिक्वीफ्याक्सन’ हुने अनुमान गरिएको छ।
तर दुई वर्ष लगाएर तयार पारिएको उक्त अध्ययन प्रतिवेदनले गत वर्षको भूकम्पको जस्तो परिकल्पना भने गरेको छैन।

-www.bbc.com/nepali

बझाङलाई केन्द्रबिन्दु बनाएर भूकम्पको झड्का

काठमाडौं, वैशाख १८। बझाङलाई केन्द्रबिन्दु बनाएर भूकम्प गएको छ । शनिवार दिउँसो १२ बजेर २८ मिनेटमा बझाङ केन्द्रविन्दु ४ दशमलव २ रेक्टर भूकम्प गएको राष्ट्रिय भूकम्प मापन केन्द्रले जनाएको छ ।

सर्वदलीय बैठकमा प्रम ओलीको तीन प्रस्ताव,मान्लान त प्रतिपक्षीले ?

काठमाडौं,बैशाख १८ । प्रधानमन्त्री केपी शर्मा ओलीको आह्वानमा भएको सर्वदलीय बैठकमा ओलीले संसद अधिवेशन, पुनर्निर्माण र मधेस समस्याका विषयमा राय सुझाव लिएका छन्। शनिबार बिहान सिंहदरबारमा बसेको बैठकमा बजेट अधिवेशनको तयारीका साथै, भूकम्पपछिको पुनःनिर्माण महाअभियानमा दलले परिचालन गर्ने स्वयमंसेवक र समसामयिक विषयमा बैठकमा छलफल गरेका हुन्।

प्रधानमन्त्रीले बोलाएको छलफलमा मधेसकेन्द्रित दलहरु बाहेक संसदमा प्रतिनिधित्व गर्ने अधिकांश दल सहभागी भएका थिए। बैठकमा प्रधानमन्त्रीले जेठ पहिलो हप्तामा स्वयं सेवक परिचालन गरेर पुनर्निर्माणलाई गति दिने, संसद अधिवेशनमा नीति तथा कार्यक्रम र बजेटपूर्वको छलफल सुरु गरिहाल्ने र मधेसमा देखिएको समस्यालाई राष्ट्रिय मुद्दाको रुपमा लिइ मधेसवादी दलहरुसँग वार्ता गर्ने प्रस्ताव गरेका थिए।

पुर्ननिर्माण कार्यका लागि सरकारले हालै १३ सय ४६ प्राविधिकलाई भूकम्प प्रभावित जिल्ला र गाउँ गाउँमा खटाएको छ। उनीहरूको कामलाई अझ प्रभावकारी बनाउन भन्दै प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले आफ्ना स्थानीय कार्यकर्ता परिचालन गर्ने निर्णय गरिसकेको छ । संसद्को बैठक यही वैशाख २१ गतेका लागि आह्वान गरिएको छ।

Friday, April 29, 2016

कक्षा ११ र १२ को परीक्षाको तयारी पूरा

भक्तपुर,बैशाख १८ । उच्च माध्यमिक शिक्षा परिषद् सानोठिमीले यही वैशाख २० गतेदेखि सञ्चालन गर्न लागेको कक्षा १२ को र जेठ २ गतेदेखि सुरु हुने कक्षा ११ को परीक्षाको सम्पूर्ण तयारी पूरा गरेको छ । परिषद्का परीक्षा नियन्त्रक सन्तोष अर्यालले कक्षा १२ को परीक्षामा तीन लाख ४६ हजार ४२७ जना र कक्षा ११ को परीक्षामा तीन लाख ६९ हजार ४२६ जना गरी कुल सात लाख १५ हजार ८५३ जना परीक्षार्थीले परीक्षा दिने भएको जानकारी दिए ।

जसमध्ये सबैभन्दा कम मनाङ जिल्लामा २०० र सबैभन्दा बढी काठमाडौँ जिल्लाबाट एक लाख १४ हजार ३२२ जना परीक्षार्थीले परीक्षा दिने भएका छन् । परीक्षाका लागि नेपालभर कुल ९२१ परीक्षा केन्द्र निर्धारण गरेको जानकारी दिँदै अर्यालले परीक्षाका लागि ९२१ केन्द्राध्यक्ष, दुई हजार ५१२ सहायक केन्द्राध्यक्ष, एक हजार ९२१ पर्यवेक्षक, १३ हजार ४३० जना निरीक्षक, एक हजार ६४१ जना कर्मचारी, दुई हजार ४७६ जना कार्यालय सहयोगी, ११ हजार ५२ जना सुरक्षाकर्मी गरी ३३ हजार ९५३ जना परिचालित हुने बताए ।

परिषद्का उपाध्यक्ष डा चैतन्य शर्माले ३१ वटा अनुगमन टोली बनाएर परीक्षाको अवलोकन गरिने जानकारी दिँदै उनले यस वर्ष परीक्षासँगै अन्य उच्च माध्यमिक विद्यालयको अवस्थाको पनि अवलोकन गरिने बताउए । बिहान ७ बजेदेखि १० बजेसम्म सञ्चालन हुने परीक्षामा विभिन्न प्रकारका अपाङ्गता भएका व्यक्ति, कारागार र बालसुधार गृहमा रहेका परीक्षार्थीलाई पनि परीक्षा दिने व्यवस्था गरेको जानकारी दिए ।

वैद्य माओवादी अन्ततः फुटको संघारमा

काठमाडौं,बैशाख १८ । माउ पार्टीसँग एकता अजेन्डामा मोहन वैद्य नेतृत्वको माओवादी विभाजनको संघारमा देखिएको छ। अध्यक्ष वैद्यलाई छाडेर प्रभावशाली नेता रामबहादुर थापा बादलसहित पुराना नेतापंक्ति एकीकृत माओवादीसँग एकता नजिक पुगेका हुन्।

पुष्पकमल दाहाल प्रचण्ड नेतृत्वको माओवादीसँग पार्टी एकीकरण विषयमा उत्पन्न विवाद समाधान गर्न नसक्दा वैद्य नेतृत्वको नेकवा क्रान्तिकारी माओवादीमा विभाजनको रेखा बाक्लिँदै गएको हो। आजको नागरिक दैनिकमा खबर छ अध्यक्ष वैद्यले जारी केन्द्रीय समिति बैठकमा एमाओवादीसँग सैद्धान्तिक रुपमा एकता गर्नै नसकिने अडान राखेपछि थापाले छुट्टै केन्द्रीय समिति बैठक राखेर पार्टी एकीकरणको निर्णय गराउने योजना बनाएका छन्।

‘कुनै चमत्कार भएन भने पार्टी एमाओवादीसँग् अध्यक्ष वैद्य बिनै एकता हुन सक्ने प्रस्टिँदै गएको छ, नेता लेखनाथ न्यौपानेले भने,‘बादलजीसहित बहुमत सदस्यको एमाओवादीसँग एकता हुन सक्ने देखियो।’ न्यौपानेका अनुसार अध्यक्ष वैद्य केन्द्रीय समिति बैठक आह्वान गरेनन् भने थापा समूहले अलग्गै भेला गरेर एमाओवादीसँग पार्टी एकता निर्णय गर्नेछन्।

जारी केन्द्रीय समिति बैठकमा एकीकरण पक्षधर थापासँग सहमत केन्द्रीय सदस्यको बहुमत देखा परेपछि एकीकरणप्रति अनिच्छुक अध्यक्ष वैद्यले एक महिनाका लागि केन्द्रीय समिति बैठक अचानक स्थगित गरेका थिए। तर, स्थगित उक्त बैठक भने अझै पनि उनले आह्वान गरेका छैनन् । उक्त बैठक आह्वान गर्न दबाब दिए पनि वैद्यले अस्वीकार गरेपछि थापाले अलग्गै बैठक एकीकरण गराउन खोजेका हुन् ।

सरकार कहाँ हरायो ३० अर्ब ?

काठमाडौं,बैशाख १८ । भूकम्प प्रभावित क्षेत्रमाअन्तराष्ट्रिय गैरसरकारी संस्था, गैरसरकारी संस्था तथा अन्य विभिन्न संघ संस्थाले अबौं रुपैया उठाएको पाइएको छ । यी संस्थाहरुले भूकम्पपीडितलाई आपतकालीन राहत उपलव्ध गराउन भन्दै ३० अर्ब रुपैयाभन्दा बढी विभिन्न स्रोतबाट प्राप्त गरेको भएपनि त्यसहनुसार पीडितले राहत नपाएका आजको नागरिक दैनिकमा समाचार छ ।

वैशाख १२ देखि पुस १६ गतेसम्म वियिभन्न आइीएनजिओ, एनजिओ निजी संस्था तथ रेडक्रस लगयतका संघसंस्थाले ३० अर्व रुपैयाँ भन्दा बढी रकम भूकम्पपीडितका नाममा संकलन गरेका हुन् । यी संघसंस्थाले हलसम्म नेपालका भूकम्पपीडितको नाममा कति रकम उठाए र खर्च गरे भन्ने सार्वजनिक समेत गरेका छैनन् । मानवीय मामिला समन्वय गर्ने संयुक्त राष्ट्रसंघीय कार्यालयका अनुसार विभिन्न १ सय २५ भन्दा बढी आइएनजिओ, एनजिओ, निजी संघ संस्था लगायतले ३० अर्व रुपैयाँ बढी रकम संकलन गरेका हुन् ।

बाबु र दाजुबाट बलात्कृत भएपछि भागेर मामाघर पुगेकी बालिका मामावाट पनि बलात्कृत

उदयपुर,बैशाख १८ । उदयपुर जिल्लाको बेल्टार स्थित बसाहा नगरपालिकाकी १३ वर्षीया बालिकालाई आफ्नै बावु छिमेकी दाजु र मामाले बलत्कार गरेको घट्ना सार्वजनिक भएको छ । घट्ना सार्वजनिक भएसँगै प्रहरीले वावु र दाजुलाई पक्राउ गरेको छ भने मामा फरार छन । कक्षा ६ मा अध्ययनरत ती बालिकालाई आफ्नै बाबु, मामा र छिमेकीले पटक पटक वलात्कार गरेको उजुरी परेपछि इलाका प्रहरी कार्यालय बेल्टारल उनका बाबु र छिमेकीलाई बिहीबार पक्राउ गरेको हो।

ती बालिकालाई वावु र दाजुले वलत्कार गरेपछि मामा घर जाँदा मामा पनि बलात्कार गरेको बालिकाले दिएको जाहेरीमा उल्लेख छ । यद्धपी मामा भने पक्राउ परेका छैनन । प्रहरीका अनुसार बालिकाकी आमा बैदेशिक रोजगारीमा गएकी छन । घरमा बाबु छोरी मात्रै बस्दै आएका थिए । । पीडित बालिकाले आफ्ना बाबु, दाई नाता पर्ने छिमेकी र आफ्नै मामाले ६ महिनादेखि डर देखाएर जवरजस्ती गर्ने गरेकोे सँगै पढ्ने साथीलाई भनेकी थिइन्।

साथीकी आमाले स्थानिय संस्थालाई खवर गरेपछि स्थानिय संस्थाले प्रहरीलाई दिएको उजुरीको आधारमा बाबु र छिमेकीलाई पक्राउ गरेको इलाका प्रहरी कार्यालय बेल्टारका प्रहरी निरिक्षक भिमप्रसाद सिलवालले बताउनुभयो।

उहाँले भन्नुभयो ‘मंसिर महिनामा घरमा आमा नभएको अवस्थामा बाबुले रक्सी खाई छोरीलाई जवरजस्ती गरेको, त्यसपछि मामा घरमा जाँदा मामाले नै जवरजस्ती गर्ने गरेको र पछि छिमेकी दाजु पर्नेले पनि डर देखाएर बलात्कार गर्ने गरेको जाहेरी आएको छ।’ आरोपी बाबु र छिमेकी दाईलाई हिरासतमा लिएर अनुसन्धान सुरु गरिएको छ ।

पूर्वराजाको रहस्यमय भारत भ्रमण,शुक्रवार मध्यरातमा नेपाल फर्किए

काठमाडौं,बैशाख २० । भारतको निम्तो मान्न अचानक नयाँ दिल्ली गएका पूर्वराजा ज्ञानेन्द्र शाह शुक्रवार मध्यरातमा नेपाल फर्किएका छन्। बिहीवार चाढे चार बजे अपर्झट भारत गएका पूर्वराजा ज्ञानेन्द्र नेपाल फकिएका हुन्। निजी सचिव सागर तिमल्सिना, निजी अंग रक्षक डीएसपी गगन श्रेष्ठ र शाही अर्दली हस्तबहादुर थापालाई पनि लिएर भारत गएका पूर्वराजा शाहले गोप्य भेटघाट गरेका छन्।

श्रीमतीको उपचारमा भारत गएका पूर्वप्रधानमन्त्री एवं नेपाली कांग्रेसका सभापति शेरवहादुर देउवा नेपाल फर्किए लगत्तै पूर्वराजा शाह भारत गएका हुन्। मधेसबादी दलले २६ बुँदे मागसहित पुनः आन्दोलनमा उत्रिने चेतावनी दिएपछि सो विषयमा छलफल गर्न समेत पूर्वराजा भारत गएको हुन सक्ने आंकलन गरिएको छ।

भारतले नेपालको संविधानलाई पूर्ण समर्थन नगरेको अवस्थामा पूर्वराजा अचानक भारत भ्रमणमा जानु अति महत्व रहेको राजाबादीको विश्लेषण रहेको छ। नेपाल समाचारपत्रमा समाचार छ। राजतन्त्र फर्के पनि आफू राजा नभई १२ वर्षे नाति ह्दयेन्द्रलाइ सेरेमोनियल किङ बनाउनका लागि परेका पूर्वराजाले भारत भ्रमणका क्रममा सो विषय उठान गरेको उच्च स्रोतले जनाएको छ। अति गोप्य राखिएको सो भ्रमणमा हिन्दु राष्ट्रको विषयमा समेत छलफल भएको बुझिएको छ।

प्रमुख तीन दलको सम्पत्ती कसको कति ?

काठमाडौं,बैशाख २० । कांग्रेससँग सात करोड रुपैयाँ बैंक ब्यालेन्स रहेको केन्द्रीय कार्यालय सचिव प्रेम केसीले बताए। क्रियाशील सदस्यताको शुल्क र सांसदबाट यो रकम उठेको उनी बताउँछन्। कांग्रेसले प्रतिसंसाद पाँच हजार लेबी लिन्छ। कांग्रेसका दुई सय ६ सांसद छन्। पाँच लाख क्रियाशील सदस्यताबाट लिने शुल्क पनि कांग्रेसको आम्दानीको स्रोत हो। नयाँ सदस्यबाट दुई सय र पुरानो नवीकरणबाट सय रुपैयाँ शुल्क कांग्रेसले लिँदै आएको छ। १२ औँ महाधिवेशनसम्म तीन लाख १७ हजार सदस्य रहेकोमा यसपटक करिब पाँच लाख क्रियाशील सदस्य पुगेका छन्।

कांग्रेस केन्द्रीय कार्यालय ०६३ देखि ललितपुरको सानेपामा रहेको आफ्नै भवनबाट सञ्चालित छ। ६ रोपनी जग्गामध्ये दुई रोपनीमा ४२ कोठाको चारतले भवन छ। ०६१ मा थालिएको भवन निर्माणको काम अझै नसिकएको कार्यालय सचिव प्रेम केसीले जानकारी दिए। काठमाडौंको रविभवनमा कांग्रेसको नाममा २४ आना जग्गा र दुईतले भवन छ। त्यो जग्गा १५ वर्षअघि चितवनकी पूर्वसांसद मैयादेवी श्रेष्ठले कांग्रेसलाई दान दिएकी थिइन्। नयाँ पत्रिका दैनिकमा समाचार छ।

एमालेसँग दुई अर्बको अचल सम्पत्ति
सरकारको नेतृत्वमा रहेको एमालेसँग दुई अर्ब रुपैयाँबराबरको अचल सम्पत्ति छ। चलनचल्तीको मूल्यअनुसार एमालेको केन्द्रदेखि, अञ्चल, जिल्ला, नगर, क्षेत्र र गाउँ कमिटीसम्मको नाममा एक अर्ब ६३ लाखभन्दा बढीको जग्गा र भवन छ। फर्निचर, कम्प्युटरलगायतका सामग्रीको समेत मूल्य जोड्दा दुई अर्बभन्दा बढी सम्पत्तिको लगत संकलन भएको एमालेले जनाएको छ। सबै सम्पत्ति जनसहयोगबाटै जोडिएको एमालेको दाबी छ।

एमाओवादी : न बैंक खाता छ, न सम्पत्तिको यकिन
एमाओवादीसँग आफ्नै पार्टीको देशव्यापी चल–अचल सम्पत्ति कति छ भन्ने व्यवस्थित तथ्यांक छैन। केन्द्रीय कार्यालयले त्यस्तो सम्पत्ति विवरण संकलन गर्न पटक–पटक प्रयास गरे पनि नसकिएको केन्द्रीय लेखा आयोगका प्रमुख आयुक्त तथा केन्द्रीय सदस्य डोरप्रसाद उपाध्याय (निर्मलकुमार)ले जानकारी दिए।

एमाओवादी केन्द्रीय कार्यालयले आफ्नै कार्यालयभित्रकै चल–अचल सम्पत्तिको विवरणसमेत राख्न सकेको छैन। हालसालै भने एमाओवादीले त्यस्तो विवरण राख्न सुरु गरेको छ। ‘हामीसँग पार्टी केन्द्रीय कार्यालयभित्रकै फर्निचर, कम्युटरलगायतका सामग्रीको कोडिट रिपोर्ट थिएन, त्यसको सुरुवात अहिले गर्न थालेका छौँ,’ उपाध्यायले भने।

कांग्रेस बरियता: खुमबहादुरले अर्जुन नरसिंह पछि पारे,को-कति औं नम्बरमा (सूची सहित)

काठमाडौं,बैशाख १७ । नेपाली कांग्रेसले पार्टीको पदीय संरचनाको बरियताक्रम सार्वजनिक गरेको छ । शुक्रबार पार्टी केन्द्रीय कार्यालयमा बसेको १३औं महाधिवेशनबाट निर्वाचित कार्यसमिति पहिलो बैठकले बरियताक्रम सार्वजनिक गरेको हो । बरियता अनुसार पार्टी सभापति शेरबहादुर देउवापछि रामचन्द्र पौडेललाई बरिष्ठ नेता बनाइएको छ । चौथोमा निर्वाचित महामन्त्री डा. सशांक कोइराला नाम रहेको छ भने तेस्रो बरियताको उप–सभापतिको टुंगो लागिसकेको छैन ।
१.सभापति शेरबहादुर देउवा
२.रामचन्द्र पौडेललाई
३.उपसभापति
४.महामन्त्री शशांक कोइराला
५.मनोनित महामन्त्री
६.कोषाध्यक्ष सीतादेवी यादव
७.मनोनित सहमहामन्त्री
८.प्रकाशमान सिंह
९.कृष्ण सिटौला
१०.गोपालमान श्रेष्ठ
११.विमलेन्द्र निधि
१२.कुलबहादुर गुरुङ
१३.खुमबहादुर खड्का
१४.चित्रलेखा यादव
१५.पूर्णबहादुर खड्का
१६.रामशरण महत
१७.अर्जुन नरसिंह केसी
१८.बलबहादुर केसी
१९.महेश आचार्य
२०.नरहरि आचार्य
२१.प्रदीप गिरी
२२.बालकृष्ण खाँण
२३.ज्ञानेन्द्रबहादुर कार्की
२४.रमेश रिजाल
२५.नारायण खड्का
२६.मिनेन्द्र रिजाल
२७.प्रकाश शरण महत
२८.फर्मुल्ला मन्सुर
२९.मानवहादुर विश्वकर्मा
३०.सुजाता कोइराल
३१.दिलेन्द्र बडु
३२.एनपी साउद
३३.उमाकान्त चौधरी
३४.भीष्म राज आङदेम्बे
३५.शेखर कोइराला
३६.जीवनबहादुर शाही
३७.आनन्दाप्रसाद ढुंगाना
३८.दीपक गिरी
३९.नविन्द्रराज जोशी
४०.चन्द्र भण्डारी
४१.कमला मन्त
४२.अजय चौरसीया
४३.अम्बिका बस्नेत
४४.धनराज गुरुङ
४५.महेन्द्र यादव
४६.पुस्पा भुषाल
४७.सुरेन्द्रराज पाण्डे
४८.रत्ना शेरचन
४९.शंकर भण्डारी
५०.मीन विश्वकर्मा
५१ गगन थापा
५२.बद्री पाण्डे
५३.जीवन परियार
५४.इश्वरी न्यौपाने
५५.सीता गुरुङ
५६.सुजाता परियार
५७.पार्वता डिसी चौधरी
५८.गोविन्द भट्टराई
५९.गुरुराज घिमिरे
६०.प्रदीप पौडेल
६१.कल्याणकुमार गुरुङ
६२.चीनकाजी श्रेष्ठ
६३.रामकृष्ण यादव
६४.मोहनबहादुर बस्नेत
६५.देवेन्द्रराज कँडेल
६६.हृदयराम थानी
६७.बीरबहादुर बलायर
६८.विश्वप्रकाश शर्मा
६९.डीला सग्रौला
७०.रमेश लेखक
७१.सरिता प्रसाई
७२.बहादुरसिंह लामा तामाङ
७३.लक्ष्मी परियार

‘सुल्तान’मा यस्तो देखियो अनुष्काको ‘रेस्लिङ लुक्स’

एजेन्सी । सलमान खानको ‘सुल्तान’ को फष्र्ट लुक्स रिलिज भएको छ। यसअघि सलमानको मात्र फष्र्ट लुक्स सार्वजनिक भएको सुल्तानमा अनुष्का शर्मा रौद्र रुपमा देखिएकी छिन्। अली अब्बास जफर निर्देशित फिल्म इदमा रिलिज हुने बताइएको छ। यसमा अनुष्का अहिलेसम्मकै फरक भूमिकामा देखिएकी छिन् ।

बिहान ९ बजेदेखि बेलुका ६ बजेभित्र खाना पकाए २ वर्ष जेल

एजेन्सी,बैशाख १७ । बिहार सरकारले आगलागी नियन्त्रणका लागि नयाँ कानुन ल्याएको छ। अब कोही पनि विहारबासीले बिहान ९ बजेदेखि साँझ ६ बजेभित्रमा खाना पकाए २ वर्षको जेल सजाय पाउने भएका छन्।
यसैगरी विहारका सबै ग्रामिण इलाकामा यो समय भित्रमा कुनै पनि धार्मिक कार्यक्रम नगर्न नगराउन सचेत गराएको छ।
विहारका मुख्यमन्त्री नीतीश कुमारले राज्यका ६ जिल्लामा अहिले पनि आगालागीका घटना भइरहेकाले यसको नियन्त्रणका लागि यस्तो निर्णय लिएका हुन्। भारतीय अधिकारीका अनुसार मुख्य मन्त्रीले विस्तृत सर्वेक्षणको आधारमा यस्तो निर्णय लिएका हुन्।

अधिकारीका अनुसार खाना पकाउने समयमा चुलोबाट सल्किएको आगो उडेर घरमा सल्किनाले आगलागी बढेको छ। पछिल्लो दुई सातामा बिहारका ६ जिल्लामा लागेको भीषण आगलागीबाट ६६ जनाको मृत्यु भएको छ। यस्तै १२ सय जवावरले डढेर ज्यान गुमाएका छन्।
setopati.com

बुद्धजयन्ती मनाउन नरेन्द्र मोदी नेपाल आउने!

काठमाडौं,बैशाख १७ । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले आगामी ‘वैशाख पूर्णिमा'( बुद्धजयन्ती) मनाउन नेपाल आउने तयारी गरेका छन् । यसअघि दुई पटक नेपाल भ्रमण गरिसकेका मोदीले तेस्रो पटक नेपाल भ्रमण गर्न लागेका हुन् । मोदीले बुद्धजयन्ती नेपालमै मनाउन चाहेको कोलकातामा आधारित पत्रिका टेलिग्राफले जनाएको छ। मोदीले बिहारका मुख्यमन्त्री नितिश कुमारसँगै लुम्बिनी जान चाहेको भारतीय जनता पार्टी स्रोतलाई उद्धृत गर्दै पत्रिकाले जनाएको हो । तर त्यसको अधिकारिक पुष्टी भने भएको छैन । नेपालका परराष्ट्र अधिकारीहरुले भने मोदीको नेपाल भ्रमणबारे आफूहरुलाई कुनै जानकारी नभएको बताएका छन् ।

Thursday, April 28, 2016

कोलकातालाई हराँउदै मुम्बई अंक तालिकाको तेस्रो स्थानमा उक्लियो

एजेन्सी,बैशाख १७ । इन्डियन प्रिमियर लिग (आइपिएल) क्रिकेटमा मुम्बई इण्डियन्स तेस्रो स्थानमा उक्लिएको छ । गएराति भएको खेलमा कोलकाता नाइट राइडर्सलाई ६ विकेटले पराजित गर्दै मुम्बई तेस्रो स्थानमा उक्लिएको हो । कोलकाता नाइड राइडर्सले दिएको १७५ रनको लक्ष्य मुम्बईले १२ बल बाँकी छँदै मात्र चार विकेट गुमाएर भेट्टायो ।

मुम्बईका लागि कप्तान रोहित शर्मा ६८ र पोलार्डले ५१ रनमा नटआउट रहे। यस्तै रायडुले ३२ र जोस बट्लरले १५ रनको योगदान दिएका थिए। कोलकाताका लागि उमेश यादव र शकिब अल हसनले समान एकरएक तथा सुनिल नारिनेले दुई विकेट लिए ।

यसअघि टस हारेर पहिले व्याटिङ गरेको कोलकाताले निर्धारित २० ओभरमा ५ विकेटको क्षतिमा १ सय ७४ रन बनाएको थियो। कोलकाताका कप्तान गौतम गम्भीरले सर्वाधिक ५९ रन बनाए । यस्तै रोबिन उथप्पाले ३६, आन्द्रे रसेल २२, सूर्यकुमार यादव २१ रन बनाएका थिए। यस्तै क्रिस ल्यान १० र युसुफ पठान १९ रनमा नटआउट रहे। जारी लिगमा ६ खेलमा ४ मा जित र २ मा हार व्यहोर्दै कोलकाता अंक तालिकाको दोस्रो स्थानमा छ । मुम्बई भने ८ खेलमा ४ मा जित निकाल्दै तालिकाको तेस्रो स्थानमा छ ।

एकीकरणमा प्रचण्ड उत्साही, वैद्य हैरान

काठमाडौं,बैशाख १७ । सत्तारुढ एकीकृत नेकपा माओवादीले मोहन वैद्य नेतृत्वको नेकपा क्रान्तिकारी माओवादीसँग एकीकरण गर्ने उदेश्यसहित छलफल सुरु गरेको छ । जारी स्थायी समिति बैठकले वैद्य नेतृत्वको केन्द्रीय समितका बहुमत सदस्य आफ्नो पार्टीसँग एकता गर्न उत्साही भएको संकेत पाएलगत्तै एमाओवादीले एकता प्रक्रियाबारे बुधबारबाट औपचारिक रुपमै छलफल थालेको छ ।

पार्टी विभाजनभएपति अन्य पार्टीसँग एकता उदेश्यसहित एमाओवादीले गम्भीरताकासाथ बहस चलाएको यो पहिलो पटक हो । अन्य माओवादी दलसँग कसरी एकता गर्ने भन्नेबारे छलफल सुरु गरिएको स्थायी समित सदस्य जनार्दन शर्माले बताए । एकता प्रक्रियामा आउने माओवादी शक्तिलाई कसरी समायोजन र सम्मानजनक स्थान दिनेलगायतका विषयमा सैद्धान्तिक छलफल सुर गरिएको उनको भनाइ छ ।

समाजवादी क्रान्तिको तयारीमा जानुपर्ने दाहाल नेतृत्वको एमाओवादीको कार्यदिशा र जनवादी क्रान्ति गर्नुपर्ने जोड गर्ने अध्यक्ष वैद्यबीच अझै पनि सैद्धान्तिक सहमति जुट्न सकेको छैन । आजको नागरिक दैनिकमा खबर छ ।

केन्द्रको दबाब थेग्न नसकेपछि ड्रोन उडाउने सीएनएन हिरो म्यागीलाई छाडियो

काठमाडौं,बैशाख १७ । सुर्खेतको आकाशमा अनुमतिबिना ड्रोन क्यामेरा उडाएपछि पक्राउ परेकी अमेरिकी नागरिक म्यागी डोयनलाई प्रहरीले मध्यरातमा छोडिदिएको छ। बुधवार वीरेन्द्रनगरको आकाशमा ड्रोन क्यामेरा उडाएर सुरक्षाको दृष्टिले संवेदनशील क्षेत्रको फोटो लिएको आरोपमा पक्राउ परेकी उनलाई केन्द्रको दबाब थेग्न नसकेपछि सुर्खेत प्रहरीले मध्यरातमा नै छाडेको हो।

वीरेन्द्रनगरको आकाशमा अनुमतिबिना ड्रोन उडाएपछि प्रहरीले सीएनएन डिरोसमेत रहेकी म्यागी र उनका सहयोगी क्यानडाका नागरिक २५ वर्षीय जेर्मी रेज्मिबललाई बुधवार बेलुका काँक्रेबिहारको जंगलबाट पक्राउ गरेको थियो। अन्नपूर्ण पोस्टमा समाचार छ।

ड्रोन क्यामेरा उडाउँदै गर्दा पक्राउ परेका उनीहरुमध्ये अमेरिकी नागरिक म्यागीलाई मध्यरातमा नै छोडिएको छ। म्यागी सीएनएन हिरो भएइको र उनलाई निन्त्रणमा राखेर कारबाही गदा गलत सन्देश जाने भन्दै प्रहरीले बिहीवार राति नै छोडिदिएको छ।

प्रहरी स्रोतका अनुसार केन्द्रबाट निकै दबाब आएपछि म्यागीलाई राति नै छाड्न सुर्खेत प्रहरी बाध्य भएको थियो।

भूकम्पपीडित भोकै ! भूकम्पपीडितको ७९ लाख किलो चामल गोदाममा

काठमाडौं,बैशाख १७ । भूकम्पलगत्तै घरबारविहीन नेपालीलाई सहयोग पुर्‍याउन मित्रराष्ट्र बंगलादेशले ७८ लाख किलो चामल उपलब्ध गरायो। तर, आपत्का वेला छिमेकीले दिएको चामलसमेत जनतालाई बााड्न नसकेर सरकारले खाद्य संस्थानको तीनवटा गोदाममा थन्क्याइराखेको छ। त्यसैगरी चीनले पनि एक लाख किलो चामल दिएको थियो। त्यो चामल पनि खाद्य संस्थानको काठमाडौंको गोदाममा छ। भूकम्पपीडित भोकै रहादा पनि सरकार चामल कहिले कुहिएला भनेर पर्खिरहेको देखिन्छ। अन्तर्राष्ट्रिय सहयोगको चामल वितरण नगरी राख्दा कुहिएपछि विश्व खाद्य कार्यक्रमले पनि खाल्डो खनेर पुर्दै आएको छ। विश्व खाद्य कार्यक्रमले मंगलबार मात्रै सिन्धुपाल्चोकको इर्खुमा एक लाख ६० हजार किलो कुहिएको चामल खाल्डो खनेर पुरेको थियो।

यसअघि सो संस्थाले सिन्धुपाल्चोककै खाडीचौर र भीमटारमा मात्र होइन काभ्रे, धादिङ र गोरखामा पनि चामल नष्ट गरिसकेको छ। भूकम्पपछि देशभित्र आपूर्तिको सबै व्यवस्था मिलाउने जिम्मा वाणिज्य तथा आपूर्ति मन्त्रालयले लिएको थियो। मन्त्रालयका तत्कालीन एक सहसचिवका अनुसार ढुवानी खर्च विवादले लामो समयसम्म राहतको चामल भन्सार कार्यालयमा नै अड्कियो। सरकारले राहत सामग्रीमा भन्सार छुट दिए पनि ढुवानी खर्च विवाद पछिसम्मै रहेको उनको भनाइ छ।

‘बंगलादेशबाट आएको चामल गोरखा लैजाने तयारी भएको थियो, तर ढुवानी खर्च हिसाब गर्दा त्यतै किनेर बाँड्दा सस्तो पर्ने देखियो,’ ती सहसचिवले भने, ‘ढुवानी भाडाको विवाद लामो समयसम्म चल्यो। हामीले टुंगो लगाउन सकेनौँ, चामल खाद्य संस्थानमा लगेर गोदाममा थन्क्याएका हौँ।’नयाँ पत्रिका दैनिकमा समाचार छ।

अायल निगमका कर्मचारीलार्इ लुगा धुनेदेखि केरा र सख्खरसम्म भत्ता!

काठमाडौं,बैशाख १७ । सार्वजनिक संस्थानले आफ्ना कर्मचारीलाई लुगा धुनेदेखि केरा भत्तासम्म दिने गरेको पाइएको छ। वर्षौंदेखि नोक्सानीमा चल्दै आएको नेपाल आयल निगमले कर्मचारीलाई लुगा धुने र हेटौंडा सिमेन्ट उद्योगले केरा र सख्खर भत्ता दिने गरेको पाइएको हो। अर्थ मन्त्रालयले विभिन्न संस्थानले कर्मचारीलाई दिने गरेको भत्ताको विवरण माग गर्दा यस्तो तथ्य फेला परेको हो। मन्त्रालयका अनुसार लामो समयदेखि नोक्सानीमा सञ्चालन भएर झन्डै ३३ अर्ब रुपैयाँ सञ्चित नोक्सानीमा सञ्चालित नेपाल आयल निगममा कार्यरत कर्मचारीले मासिक रुपमा लुगा धने भत्तासमेत पाउने गरेका छन्।

निगमले आफ्ना कर्मचारीलाई लुगा धुने शीर्षकमा प्रतिमहिना ३ सय ७५ रुपैयाँ भत्ता दिँदै आएको छ। आयल निगमका कर्मचारीले घर मर्मत र संरक्षण भत्ता पनि पाउँदै आएका छन्। निगमले कर्मचारीलाई प्रतिमहिना १ हजार ६ सय २० रुपैयाँ घर मर्मत संरक्षण भत्ता दिने गरेको छ। यस्तै कर्मचारीले पेट्रोलियम पदार्थ जोखिम भत्ताबापत प्रतिमहिना ४ हजार ५ सय रुपैयाँ पनि पाउँदै आएका छन्। राजधानी दैनिकमा समाचार छ।

नयाँ शक्तिमा चन्दा आतंक

काठमाडौं,बैशाख १७ । नयाँ शक्तिले वैशाख महिनाभर चन्दा उठाउने अभियान सुरु गरेको जनाएपनि हालसम्म कोही कसैले पनि उल्लेख्य रुपमा चन्दा नदिएको बताइएको छ । चन्दाका लागि उद्योगी, व्यवासायीलाई पूर्व–सचिव रामेश्वर खनाल र डा. भट्टराईको हस्ताक्षर भएको पत्र पठाइएको छ ।

यस्ता नौटंकीलाई किन दिने चन्दा भन्दै उद्योग वाणिज्य महासंघका एक नेताले बताए । ती उद्योगीकाअनसार चन्दा पत्रमा रकम नै तोकर मागिएको छ , जब की नयाँ शक्तिले केही समय पहिले गरेको पत्रकार सम्मलेनमा कोही कसैलाई पनि जवरजस्ती चन्दा नलिने र लिएको पाइए त्यस्तलाई कारवाही गर्ने जनाएको थियो ।

सो घोषणा विपरित पछिल्लो पटक पूर्व सचिव खनालले उद्योगी एवम् व्यवासायीलाई हामी त एकाध वर्षमा सरकारमा पुगी हाल्छौ, हामीलाई कमजोर ठाने राम्रो हुँदैन भन्दै धम्कीको सैलीमा चन्दा दिन भनेका छन् । आजको जनआह्वान साप्ताहिकमा खबर छ ।

लामो समयदेखि चुपचाप बसेका पूर्वराजा अचानक भारततिर

काठमाडौं,बैशाख १७ । लामो समयदेखि चुपचाप बसेका पूर्वराजा ज्ञानेन्द्र शाह अचान भारत भ्रमणमा गएका छन्। निजी सचिव सागर तिमिल्सिनाका साथमा उनी बिहीवार दिउँसो करिब साढे ४ बजे इन्डियन एयरलाइन्सबाट भारतको नयाँ दिल्ली गएका हुन्। पूर्वराजाले सशस्त्रका निजी अंगरक्षक डीएसपी गगन श्रेष्ठ र शाही अर्दली हस्तबहादुर थापालाई पनि सँगै लगेका छन्। मुलुकमा राजतन्त्र फर्कन सक्ने हल्ला चलिरहेका बेला विशेष कारण देखाउँदै पूर्वराजा अचानक भारत भ्रमणमा जानु अति महत्वपूर्णरुपमा लिइएको छ। उनले भारतमा उच्च राजनीतिक भेटघाट गर्ने सम्भावना रहेको दरबार उच्च स्रोतले जनाएको छ। नेपाल समाचार पत्र दैनिकमा समाचार छ।

यसअघि गएको पुसमा थाइल्याण्ड भ्रमणमा गएका पूर्वराजाले भारतका उच्च राजनीतिज्ञहरुसँग थाइल्याण्डमै भेटघाट गरेका थिए। ‘बिहीबारमात्रै अचानक भारत भ्रमणमा जाने कुरा चल्यो, उच्च स्राेतले भन्यो,‘तबमात्रै तयारी गर्यौं।’करिब एक महिना थाइल्याण्ड बसाइपछि नेपाल फर्किएका पूर्वराजा पछिल्लो समय कुनै भेटघाट गरेका थिएनन्।

‘कार्यक्रममा समेत नगइ निर्मल निवासमा बसिरहेका उनको अचानक भारत भ्रमणले आश्चर्य पारेको छ, उच्च स्रोतले भन्यो।’

यौनकर्मी युवतीको पीडा :प्रहरीले हरेक दिन धम्काएर शारीरिक सम्पर्क गर्न त मिल्दैन नि !’

विर्तामोड, वैशाख १७ । त्यही प्रहरी आएर हामीसँग यौन सम्पर्क गर्छ, त्यही प्रहरीले समाएर लान्छ अनि कुरो मिलेपछि त्यही प्रहरीले छाडिदिन्छ,’ एक युवतीले आफ्नो पीडा टुंग्याउन नपाउँदै अर्कीले भनिन्,‘थाकेका हुन्छौं, गलेका हुन्छौं तर प्रहरीले चाहेको बेलामा उनीहरुको ओछ्यान तताएनौ भने पक्राउ गर्छन्। हामी धेरै प्रहरीबाटै शोषणमा परेका छौं।’

बिर्तामोडस्थित एक होटलमा यौन व्यवसाय गरिरहेकी युवतीले यसरी सामूहिक पीडा सुनाउँदा अनुहारमा निकै पीडा थियो। पेट पाल्न शरीर बेच्न बाध्य भएका उनीहरु प्रहरीबाट थप पीडित बन्नुपरेको व्यथा पोखिरहेका थिए।

इलाका प्रहरी कार्यालय बिर्तामोडका प्रहरीले आफूहरुप्रति यौन हिंसा र जबर्जस्ती गर्ने गरेको व्यथा सुनाउँदै देह व्यापारमा संलग्न चार युवतीले एकै साथ भने,’हामी हाम्रो इज्जत बेचेरै पैसा कमाउँदै छौं, हामीलाई प्रहरीले हरेक दिनजसो धम्काएर शारीरिक सम्पर्क गर्न त मिल्दैन नि?’महाभूकम्पपछि गोर्खामा रहेको अाफ्नो घर भत्काइदिएपछि बिल्लीबाठ बनेपछि परिवार पाल्ना बिमला शिवाकोटी(नाम परिवर्तन)देश व्यापारमा लागेकी थिइन्।

‘इलाका प्रहरी कार्यालय बिर्तामोडका एक प्रहरीले केही दिनअघी रात बिताएर फर्किए। रात बिताए लगत्तै उनीसहित एक टोली होटलमै छापा मार्न अायो,मसहित केहीलार्इ समातेर थुन्यो,केही घन्टापछि छाडिदियो,’उनले भनिनन्,’लगत्तै त्यही प्रहरीले हाकिमलार्इ भनुसुन गरेर छुटाएको भन्दै फेरि हामीसँग अाएर चाहेको बेला सुत्न थाले।’ उनले पटक पटक प्रहरीले चाहेको बेला याैन सम्पर्क गर्न दिनुपर्ने पीडामा रहेको बताइन्। राजधानी दैनिकमा समाचार छ।

यौन प्यास मेट्न नपाएपछि चार जनाको हत्या

सल्यान,बैशाख १६ । सल्यानको राना गाउँमा एकै परिवारका चार जनाको हत्या गरेको आरोपमा प्रहरीले एक जनालाई पक्राउ गरेको छ । यौन सम्बन्ध राख्न नपाएपछि उनिहरुको हत्या गरेको प्रहरी समक्ष बयान दिएका छन् । जिल्ला प्रहरी कार्यालय सल्यानको टोलीले कुकुरको साहायतामा सन्जय भारतीलाई पक्राउ गरेको हो । आफ्नै कोठामा सुतिरहेको अवस्थामा सिता खांण उनको छोरीहरु साढे २ वर्षकी पवित्रा, ११ महिनाकी सविता खांण र खांणको वहिनी शारदा नपा-८ मार्के घर भई साथमै वस्दै आईरहेकी १८ वर्षकी गिता गिरीलाई गाईवस्तु बाध्ने काठको किलोले टाउकोमा प्रहार गरी मारेको अभियोगमा उनलाई पक्राउ गरिएको हो ।

भारतीले प्रहरीलाई दिएको बयानअनुसार मदिराले लठ्ठिएका उनी यौन प्यास मेट्न गाउँ पसेको र त्यही क्रममा चार जनाको हत्या गरेको पाइएको छ । भारतीले सुरुमा करिब २० मिटर तल रहेको एक घरमा बस्ने करिब ६० वर्षीया महिलासँग जर्बजस्ती यौन सम्बध राख्ने प्रयास गरेका थिए । तर प्रतिवाद गरेपछि गाईगोठमा रहेको किलाले आक्रमण गरेर घाइते बनाए । त्यसपछि उनी अर्को घरमा गए, जहाँ सीता खाँडसहित ४ जना महिला९बालबालिका मात्र थिए ।

मदिराले मात्तिएका भारतीले सीता खाँडसँग पनि त्यस्तै व्यवहार गरे । त्यसक्रममा विवाद भयो र भारतीले किलाले आक्रमण गरेर उनको हत्या गरेको प्रहरी अनुसन्धानबाट खुलेको छ । सीताको हत्यापछि उनकी बहिनी गीता गिरीसँग जबरजस्ती यौन सम्बन्ध राख्ने प्रयास गरेको र असफल भएपछि आक्रमण गरेको पाइएको छ । उनले आक्रमणपछि पनि गीतासँग यौनसम्बन्ध राख्ने प्रयास गरेको प्रहरी अनुसन्धानबाट खुलेको छ । उनले दुईजनाको हत्यापछि साढे दुई वर्षिया छोरी पवित्रा र ११ महिनाकी सविता खाँडको पनि हत्या गरेका थिए ।

दीक्षितलाई अदालतमा उपस्थित गराउन अख्तियारलाई सर्वोच्चको आदेश

काठमाडौं,बैशाख १६ । साझा यातायातका अध्यक्ष एवं वरिष्ठ पत्रकार कनककणि दीक्षितलाई अदालतमा उपस्थित गराउन सर्वोच्च अदालतले अख्तियारलाई आदेश दिएको छ । बन्दी प्रत्यक्षीकरण रिटमा सुनुवाइका लागि सोमवार लिखित जवाफ र दीक्षितलाई पनि उपस्थित गराउन कायममुकायम प्रधानन्यायाधीश सुशीला कार्कीको एकल इजलासले अख्तियारलाई निर्देशन दिएको हो। अख्तियारले अकुत सम्पत्ति कमाएको आरोपमा दीक्षितलाई पक्राउ गरेपछि कनकमणि दीक्षितका तर्फबाट उनकी पत्नीले अख्तियार दुरुपयोग अनुसन्धान आयोग, विशेष अदालतलगायतलाई विपक्षी बनाई रिट दायर गरेकी थिइन्।

रिट निवेदकको पक्षमा वरिष्ठ अधिवक्ता शम्भु थापा, हरिहर दाहाल, सतिशकृष्ण खरेल तथा अभिवक्ताहरु टिकाराम भट्टराई, दीनमणि पोखरेल र ओमप्रकाश अर्याल लगायतले बहस गरेका थिए । अकूत सम्पत्ति जोडेको अभियोगमा अख्तियारले यही वैशाख १० गते दीक्षितलाई पक्राउ गरेको थियो ।

जवरजस्ती करणी गरेको अभियोगमा पक्राउ

उदयपुर, बैशाख १६ । जवरजस्ती करणी गरेको अभियोगमा कटारी नगरपालिका–५ खोक्सा बस्ने ६७ बर्षीय तिलक बहादुर पौडेललाई प्रहरीले पक्राउ गरेको छ । पौडेलले विहिबार सोही ठाउँ बस्ने ४३ बर्षीया महिलालाई जवरजस्ती करणी गरेको बताइएको छ । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

नियन्त्रित लागू औषध र नगद सहित पक्राउ

मकवानपुर,बैशाख १६ । काठमाडौं नारायणटार–६ बस्ने ३३ बर्षीय राजु श्रेष्ठलाई प्रहरीले नियन्त्रित लागू औषध डाईजेपाम १९ थान, फेनारगन १८ थान ,नुरफिन २२ थान सहित तथा बारा बरैनिया–२ बस्ने ४२ बर्षीय बलिराम प्रसाद सराफलाई नगद १० लाख रुपैया सहित पक्राउ गरेको छ ।

बीरगंजबाट काठमाडौँतर्फ जाँदै गरेको ना.१ ज ३५०० नम्बरको टाटा सुमो जिपलाई बुधबार रातमाटे चेकपोष्टमा चेकजाँच गर्ने क्रममा उनीहरुको साथबाट उक्त नियन्त्रित लागू औषध र नगद बरामद भएको होे ।

Wednesday, April 27, 2016

४ जनाको हत्या गर्नेलाई ‘भुन्टी’ले समात्यो

सल्यान वैशाख १६ । एकै परिवारको ४ जनाको हत्या गरेको आरोपमा सल्यान प्रहरीले संजय भारतीलाई पक्राउ गरेको छ । हत्यारालाई अनुसन्धानका लागि मध्य पश्चिम क्षेत्रीय प्रहरी कुकुर शाखा कोहलपुरबाट गएको ‘भुन्टी’ नाम गरेको कुकुरले पक्राउ गरेको हो ।

मंगलबार राती छाँयाक्षेत्र गाविस ९ रानागाँउका सिता खाँण, उनका २ जना छोरी र बहिनीको हत्या गरेको आरोपमा भारतीलाई पक्राउ गरिएको हो । आफ्नै कोठामा सुतिरहेको अवस्थामा सिता खांण उनको छोरीहरु साढे २ वर्षकी पवित्रा, ११ महिनाकी सविता खांण र खांणको वहिनी शारदा नपा- ८ मार्के घर भई साथमै वस्दै आईरहेकी १८ वर्षकी गिता गिरीलाई गाईवस्तु बाध्ने काठको किलोले टाउकोमा प्रहार गरी मारेको अभियोगमा उनलाई पक्राउ गरिएको हो । प्रहरीसँगको बयानमा उनले आफूले नै हत्या गरेको स्वीकारेका छन्।

समाज कल्याण परिषदमा जागिर खुल्यो, ४२ जना कर्मचारी माग

काठमाडौं,वैशाख १६ । समाजकल्याण परिषदले बिभिन्न पदमा ४२ जना कर्मचारी माग गरेको छ । बिहीबार गोरखापत्रमा सार्वजानिक सूचना प्रकाशित गरी परिषदले प्रशासन, कानुन र लेखा समूहमा खरिदारदेखि शाखा अधिकृत सरहका कर्मचारी माग गरेको हो । परिषदले शाखा अधिकृत सरहका ११ जना सहायक निर्देशक, १ जना कानुन अधिकृत, नायब सब्बा सरहकासहायक प्रथम र लेखापालमा ४/४ र १ जना टेलिफोन अपरेटर माग गरेको छ । यस्तै खरिदार सरहका १६ जना सहायक द्वितीय, ३ जना सहलेखापाल, प्लम्बर र टेलिफोन अपरेटर १/१ माग गरेको छ ।

सहायक निर्देशकका लागि स्नातक उतीर्ण भएको हुनुपर्नेछ । भने कानुन अधिकृतका लागि कानुनमा स्नातक, सहायक प्रथम र लेखापालका लागि प्लस टु सरह उतीर्ण र सहायक द्वितीयका लागि एसएलसी उत्तीर्ण गरेको हुनुपर्ने विज्ञापनमा उल्लेख छ । दुईजना टेलिफोन अपरेटरमध्ये सहायक प्रथमको लागि प्लस टु उतीर्ण र सहायक द्धितियको लागि एसएलसी उतीर्ण गरेको हुनुपर्ने छ । त्यस्तै प्लम्बरका लागि प्राविधिक एसएलसी पास गरेको वा सिटिइभिटीबाट तह २ को सीप परीक्षण परीक्षा उतीर्ण भएको हुनुपर्नेछ ।

योग्यता पुगेका नेपाली नागरिकले जेठको १६ गतेसम्म दरखास्त दिनुपर्नेछ । अन्तिम दिनको भोलिपल्टदेखि ७ दिनसम्म दोब्बर दस्तुर तिरी दरखास्त बुझाउन सकिनेछ । दरखास्त शुल्क अधिकृत तहको १ हजार, नायब सुब्बा तहकोलाई ४ सय र खरिदार सरहकोलाई ३ सय रुपैयाँ तोकिएको छ ।
-आर्थिक न्युज

पार्टी एकताको लागि एमाओवादी वृहत गृहकार्यमा

काठमाडौं,बैशाख १६ । एमाओवादी पार्टी एकताको लागि एमओवादीमा वृहत गृहकार्यमा जुटेको छ । माओवादीका अध्यक्ष मोहन बैद्य किरण सँग गर्ने भनिएको निर्णायक वार्तामा बैद्य उपस्थित नभएपछि एकताको विषयमा नयाँ रणनिति बनाउन एमाओवादी पार्टीको स्थायी समिति बैठक अहिले बसिरहेको छ ।

एमाओवादी अध्यक्ष प्रचण्ड निवास लाजिम्पाटमा जारी बैठकमा माओवादी पार्टीहरुको एकीकरण र वर्तमान राजनीतिक विषयहरुमा छलफल भईरहेको एमाओवादी स्रोतले जनाएको छ ।

निर्णायक भनिएको वार्तामा वैद्य नआएपछि प्रचण्ड तनावमा

काठमाडौं,बैशाख १६ । राजनीतिक विकासक्रमसँगै विभाजित माओवादी घटकबीच बुधबार हुने भनिएको निर्णायक एकता वार्तामा नेकपा क्रान्तिकारी माओवादीका अध्यक्ष मोहन वैद्य किरणले अनुपस्थिती जनाएका छन् । एमाओवादी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको पहलमा बुधबार प्रचण्ड, वैद्य माओवादीका महासचिव रामबहादुर थापा बादलबीच त्रिपक्षीय वार्तामा वैद्यले अनुपस्थिती जनाएका हुन् । वैद्यले अनुपस्थिती जनाएपछि वैद्यसहितका माओवादी घटकबीच माओवादी एकता गर्ने प्रचण्डको सपना चकनाचुर भएको छ । प्रचण्डले अधिकतम पहल गरेता पनि वैद्यले त्यसलाई अस्वीकार गरेपछि प्रचण्ड तनावमा परेका आजको कमाण्डर पोष्टमा खबर छ ।

च्याम्पियन्स लिग : बार्यन म्युनिख एथ्लेटिको मड्रिडसँग पराजित

एजेन्सी,बैशाख १६ । च्याम्पियन्स लिग फुटबल अन्तर्गत सेमिफाइनलको पहिलो लेगमा एथ्लेटिको मड्रिड विजयी भएको छ । गएराति एथ्लेटिको मड्रिडको घरेलु मैदानमा भएको पहिलो लेगमा एथ्लेटिको मड्रिडसँग बार्यन म्युनिख १–० गोल अन्तरले पराजित भएको हो। एथ्लेटिकोको जितमा ११ औं मिनेटमा सउल निग्याजले गरेको गोल नै निर्णायक बन्यो ।

दोस्रो हाफमा कुनैपक्षवाट गोल हुन सकेन् र एथ्लेटिको मड्रिड विजयी भयो । दोस्रो लेगमा आउँदो मंगलबार बार्यनको मैदानमा हुने छ । यो खेलको विजेताले च्याम्पियन्स लिगको उपाधिका लागि रियल मड्रिड वा म्यानचेस्टर सिटीसँग आउँदो मे २८ मा खेल्ने छ ।

५ सय कर्मचारी हटाउन अख्तियारको निर्देशन

काठमाडौं,बैशाख १६ । पहुँच र प्रभावका भरमा राजनीतिक नियुक्ति पाएका करिब ५०० कर्मचारी बर्खास्त गर्न अख्तियार दुरुपयोग अनुसन्धान आयोगले सरकारलाई निर्देशन दिएको छ। मापदण्ड र नियमविपरीत शक्तिकेन्द्रको सिफारिसमा विभिन्न मन्त्रालय, विभाग, संस्थान, परियोजना, स्वास्थ्य, इन्जिनियरिङ, बोर्ड, विश्वविद्यालय लगायतमा नियुक्ति पाएका कर्मचारी बर्खास्त गर्न अख्तियारले निर्देशन दिएको हो।
निर्देशन दिनुअघि प्रमुख आयुक्त लोकमानसिंह कार्कीको अध्यक्षतामा आयोगका पदाधिकारी, सचिव तथा सम्बन्धित महाशाखाका अधिकारी सम्मिलित विशेष बैठक बसेको थियो। कारबाहीको सिफारिसमा पर्नेमा सत्तरुढ एमाले, एमाओवादी, राप्रपा नेपाल, मधेसी जनअधिकार फोरम लोकतान्त्रिक, प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेस लगायतका राजनीतिक दलका नेता कार्यकर्ता बढी छन्।

मन्त्रीका स्वकीय सचिव/सल्लाहकार, पशुपति क्षेत्र विकास कोक्ष,लुम्बिनी क्षेत्र विकास कोष,गुम्बा व्यवस्थापन समितिका पदाधिकारी तथा कर्मचारीलगायतलार्इ हटाउन अख्तियारले परिपत्र गरेको छ। अख्तियारले ती कर्मचारी बर्खास्त गर्न निर्देशन दिँदै प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालयलार्इ पत्र पठाएको अायोगका प्रवक्ता कृष्णहरि पुष्करले जानकारी दिए। कारोबार दैनिकमा समाचार छ।

पेट्रोलियम पदार्थको आयात बढ्यो,लाइन घटेन

काठमाडौं,बैशाख १६ । नेपाल आयाल निगमले यो साता भारतबाट पेट्रोलियम पदार्थको आयात साबिकको भन्दा झन्डै दोब्बर गरेको जनाएको छ। निगमले काठमाडौं उपत्यकामा पेट्रोलको आपूर्ति पनि साबिकको भन्दा दोब्बरले नै बढाएको दाबी गरेको छ। तर, निगमले आयात र आपूर्ति दोब्बर पारेको बताए पनि पेट्रोल पम्पमा सर्वसाधारणको लाइन बढिरहेको छ।

आयात साविक भन्दा बढी
भारतबाट दैनिक सरदर १२ लाख लिटर पेट्रोल आयात हुन्छ। तर, बजारमा लाईन बढेका कारण आयल निमगले अहिले दैनिक १४ लाख लिटर आयात पेट्रोल आयात गरिरहेको निगम प्रवक्ता मुकुन्द घिमिरेको दाबी छ। निगमले डिजेल पनि साविक भन्दा बढी आयात गरिरहेको जनाएको छ। ‘सामान्य अवस्थामा डिजेल दैनिक २७ लाख लिटर आयात भइरहेको थियो’ उनले भने, ‘बजारमा अस्वभाविक माग बढेपछि डिजेल पनि दैनिक ३५ लाख लिटर आयात भइरहेको छ।’

दुई दिन आयात प्रभावित हुँदा समस्या
अघिल्लो बुधवार र बिहीवार राक्सौलस्थित इण्डीयन आयल कर्पोरेशन (आईओसी)को डिपोबाट आयात हुन सकेको थिएन। उक्त डिपोमा भएको दुई ओटा भण्डारण टयांकमध्ये एउटामा वार्षिक सरसफाई (एन्यूल क्लिनिङ) चलाईएको थियो।
जसका कारण बुधवार आईओसीले मागभन्दा आधा अर्थात झण्डै ६ लाख लिटर पेट्रोल मात्रै उपलब्ध गराएको थियो। त्यस्तै, डिपोमा पर्याप्त पेट्रोल नभएका कारण बिहीवार भने आईओसीले रक्सौल नाकाबाट कति पनि पेट्रोल उपलब्ध गराएन। दुई दिन आयात प्रभावित हुादा उपत्यकामा पेट्रोलको अभाव देखिएको उनले बताए।

अनावश्यक स्टक राख्न थालियो
सर्वसाधारणले अनावश्यकरुपमा पेट्रोलियम स्टक राख्न थालेको निगम र व्यवासायीको दाबी छ । जसका कारण पेट्रोल पम्पमा बढी लाईन देखिएको उनीहरु बताउँछन्। ‘सर्वसाधारणमा मनोवैज्ञानिक त्रास बढेको छ’ घिमिरेले भने, ‘एक दिन आयातमा प्रभावित हुने वित्तिकै सर्वसाधारणले अनावश्यकरुपमा स्टक राखी हाल्छन्।’

सार्वजनिक विदाका दिन पेट्रोल नदिँदा समस्या
व्यवसायीका अनुसार लगातार दुई दिन सार्वजनिक विदा परेका समयमा सधै पेट्रोलको अभाव हुने गरेको छ। निगमले सार्वजनिक विदाका दिन पेट्रोल विक्री गर्दैन। तर, बजारमा सर्वसाधारणले भने सार्वजिनक विदाका दिन पनि साविककै झै पेट्रोल खरीद गर्छन्। यसले गर्दा बेला बेला पेट्रोलको अभाव देखिने गरेको पेट्रोलियम डिर्स एसोसिएसनका अध्यक्ष लिलेन्द्र प्रधानको भनाई छ। नयाँ पत्रिका दैनिकमा समाचार छ।

जडीबुटी प्रशोधन केन्द्रको जग्गा बेचेर कर्मचारीलाई उपदान

काठमाडौं,बैशाख १६ । भक्तपुरको सीमा क्षेत्र एउटा कम्पनीको नामले स्थापित छ( जडीबुटी । पूर्वनेपाल जाने अधिकांश सवारी साधन रोक्नमात्र नभई बसोबासका लागि पनि उपयुक्त थलो बनेको छ यो । तर, कम्पनीकै कारण यो ठाउँको ख्याति जति चुलिँदैछ, त्यसविपरीत कम्पनीको अधोगति पनि त्यही रफ्तारमा भइरहेको आजको कारोबार दैनिकमा समाचार छ ।

सरकारी स्वामित्वको जडीबुटी उत्पादन तथा प्रशोधन कम्पनी लिमिटेडले वित्तीय अवस्था बिग्रिएपछि जग्गा बेचर कर्मचारीलाई अपदान वितरण गरेको छ । कम्पनीले कोटेश्वरमा रहेको १३ रोपनी १४ आना जग्गा उपत्यका विकास प्राधिकरणलाई ५७ करोड ३२ लाख मा बिक्री गरी कर्मचारीलाई उपदान दिएको छ ।

सरकारी संस्थान र कर्मचारीको काम नगर्ने तर राजनीतिमा लिप्त रहने प्रवृत्तिबाट यो कम्पनी पनि अछुतो छैन । जडीबुटी क्षेत्रमा डाबरजस्ता बहुराष्ट्रिय कमपनी र निजी क्षेत्रको ठूलो लगानी भित्रिरहे पनि सरकारी भएकैले यो कम्पनीको प्रतिस्पर्धात्मक क्षमता दिनहुँ खस्कदो छ ।

आफ्नो पक्षमा फैसला नआएपछि सांसदद्वारा न्यायधीशमाथि दुर्व्यवहार

काठमाडौं,बैशाख १६ । एमालेकी सांसद् नेजमा खातुनले आफूले चाहेजस्तो फैसला नआएपछि जिल्ला अदालत बाराका न्यायाधीश भोजराज शर्मालाई गालीगलोज गर्दै इजलासभित्रै अभद्र व्यवहार गरेकी छिन् । सांसद खातुनका पति एमाले नेता स्वर्गीय महमुद मालमको हत्या मुद्दामा बुधबार न्यायाधीश शर्माले सजायको फैसला गरेपछि सांसद खातुनले न्यायाधीश शर्मालाई गालीगलौज गर्दै अभद्र व्यवहार गरेकी आजको अन्नपूर्णमा समाचार छ ।
न्यायधीश शर्माले मुद्दाको फैसला गरेलगत्तै सांसद खातुन र उनका समर्थकले न्यायाधीश शर्मालाई गालीगलोज गरेका थिए । अभद्र व्यवहार भएपति न्यायाधीश शर्मा इजलास छाडेर चेम्बरभित्र पसेका थिए । खातुनका समर्थकले न्यायाधीश शर्माको चेम्बरको झ्याल ढोका तोडफोड पनि गरेका थिए । हत्याका मुख्य योजनाकार एमालेकै तत्कालीन नेता रामचन्द्र प्यासी भएकाले उनलाई सर्वस्वसहित जन्मकैद फैसला हुनुपर्नेमा न्यायाधीश शर्माले १० वर्ष मात्र सजायको फैसला गरेर अन्याय गरेको आरोप सांसद खातुनको छ ।

भूकम्पपीडित भोकै, एक लाख ६० हजार किलो चामल खाल्डोमा

काठमाडौं,बैशाख १६ । भूकम्पले घर भत्किँदा आठ लाख परिवारको गाँस पनि पुरिएको छ। उनीहरूलाई सहयोग गर्न भन्दै अन्तर्राष्ट्रिय क्षेत्रमा प्रचार गर्दै आएको विश्व खाद्य कार्यक्रमले चामल सद्दे हुन्जेल गोदाममा थन्क्यायो, कुहिएर डल्ला पर्न थालेपछि डोजरले खाल्डो खनेर पुर्न थालेको छ। सिन्धुपाल्चोकको इर्खुमा भूकम्पपीडितले राहतको नाममा समेत चामल पाएका छैनन्। तर, उनीहरूकै अगाडि मंगलबार एक लाख ६० हजार किलो चामल र दाल खाल्डो खनेर पुरियो। यसअघि सिन्धुपाल्चोककै खाडीचौर र भीमटारमा मात्र होइन काभ्रे, धादिङ र गोरखामा पनि चामल नष्ट गरिएको थियो।

विश्व खाद्य कार्यक्रम (डब्लुएफपी)ले भूकम्पपीडितको नाममा ल्याएको चामल गोदाममा थन्क्याउने, सडाउने र खाल्डोमा पुर्ने क्रमलाई निरन्तरता दिएको छ। मंगलबार डोजरले खाल्डो खनेर सिन्धुपाल्चोकको इर्खुमा एक लाख ६० हजार किलो चामल र दाल पुरियो। जबकि वरिपरिका बासिन्दा त्यो चामल कहिले बााडिन्छ भनेर पर्खिरहेका थिए। सिन्धुपाल्चोकमा यसअघि भीमटार र खाडीचौरमा पनि यसैगरी चामल नष्ट गरिएको थियो।

भूकम्पपछि डब्लुएफपीले विभिन्न संघसंस्थामार्फत वितरण गरेको केही चामल गोदाममै कुहिएको भेटिँदै आएको छ। भूकम्पपछि बर्खाको समय भएकाले राहतको चामल कुहिएको डब्लुएफपीले दाबी गर्ने गरेको थियो।

तर, हिउँदका वेला पनि कुहिएको भेटिएपछि सहयोगमै प्रश्न उठेको छ। राहतको चामल पहिलो चरणमा भूकम्प प्रभावित १४ जिल्लामा र पछि डब्लुएफपीको चामल ११ जिल्लामा वितरण भएको थियो।

सिन्धुपाल्चोकका प्रमुख जिल्ला अधिकारी गोकर्णमणि दुवाडीले कुहिएको चामल र दाल भेटिएपछि सार्वजनिक रूपमा नष्ट गर्न निर्देशन दिएको र दाताले नष्ट गरेको बताए। ‘म यहाँ आएपछि पहिलोपटक यस्तो भएको हो,’दुवाडीले भने, ‘हामीले सबैका अगाडि सार्वजनिक गर्न भन्यौँ, उनीहरूले पनि त्यसै गरे।’

जनस्वास्थ्यमा असर गर्ने कुनै पनि काम गर्ने अधिकार दातासँग नभएको गृह मन्त्रालयका प्रवक्ता यादवप्रसाद कोइरालाले बताए। ‘सबैभन्दा ठूलो कुरा मान्छेको स्वास्थ्य हो, त्यसमा खेलवाड गर्ने अधिकार कसैमा रहँदैन,’कोइरालाले भने, ‘कुहिएको चामलको विषयमा हामीले उनीहरूसँग जानकारी लिएका थियौँ। दोहोरियो भने कारबाही हुन्छ भनेका छौँ।’

डब्लुएफपीले भूकम्पपछि असारमा देशका विभिन्न स्थानमा चामल वितरण गरेको थियो। त्यतिवेला गोरखा र धादिङमा पनि कुहिएको चामल भेटिएको थियो । काभ्रेमा पनि कुहिएको चामल नष्ट गरिएको थियो।
डब्लुएफपीले कर्णाली क्षेत्रमा पठाएको खाद्यान्न पनि खान अयोग्य भएको भन्दै वितरणमा रोक लगाइएको थियो। नयाँ पत्रिका दैनिकमा समाचार छ।

Tuesday, April 26, 2016

सशस्त्र प्रहरी प्रमुखमा राई नियुक्त,भारतलाई टक्कर दिने अर्को कडा निर्णय

काठमाडौं,बैशाख १४ । सरकारले सशस्त्र प्रहरी बलको महानिरीक्षकमा दुर्जकुमार राईलाई नै बढुवा गर्ने निर्णय गरेको छ । यो निर्णयसँगै कायममुकायम महानिरीक्षक राई अब महानिरिक्षक हुनुहुने छ । सशस्त्र प्रहरीका प्रमुख कोषराज वन्तविरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोगले भ्रष्टाचारको मुद्दा चलाएपछि राईलाई सरकारले कायममुकायम महानिरीक्षकको जिम्मेवारी दिएको थियो ।
को हुन् राई ?
राईको जन्म २०१८ साल मंसिर १ गते भोजपुरको अन्नपूर्ण गाविस ८ मा भएको हो । प्रहरी निरिक्षकको रुपमा २०४३ सालमा प्रहरी सेवामा प्रवेश गरेका राईले त्रिभुवन विश्वविद्यालयको मानविकी संकायबाट स्नाकोत्तर तहसम्मको अध्ययन गरेका छन् । राई २०५८ सालमा नेपाल प्रहरीबाट सशस्त्र प्रहरीमा स्तान्तरण भएका हुन् । नेपाल प्रहरी र सशस्त्र प्रहरीका विभिन्न तालिम केन्द्रहरुमा प्रमुखको रुपमा समेत कार्य सम्पादन गरेका राईले प्रहरीमा गोर्खा दक्षिणबाहु, संयुक्त राष्ट्रसंघ पदक, विदेशी सेवा पदक, राष्ट्रिय दैवी प्रकोप उद्धार पदक, दुर्गम सेवा पदक लगायत विभिन्न पदक पाएका छन् ।

स्वदेश तथा विदेशमा सेवा गरेका राईले कम्बोडिया, हाइटीसँगै संयुक्त राष्ट्र संघ अन्तगत डार्फरमा समेत काम गरे । राई विभिन्न समयमा उच्च प्रतिनिधि मण्डलमा रहेर सशस्त्र प्रहरी बलको प्रतिनिधि समेत गरेका छन् । जनआन्दोलन उग्र बन्दै गएको बेला २०६३ बैशाख ७ गते कलंकीमा मनपरी गोली चलाएको उनीमाथि आरोप छ । यसैकारण उनलाई आईजीपी बनाउन नहुन् एक पक्षले आवाज उठाउँदै आएको थिए । यसअघि पनि उनको बढुवा हुँदा विरोध भएको थियो ।

त्यस्तै केपी शर्मा ओली नेतृत्वको सरकारले भारतलाई तीन जना भारतीयको नागरिकता खारेज गरेको छ । किर्तेगरी नेपाली नागरिकता लिएका तीनै जनाको नागरिकता खारेज गरिएको हो । बैठकले भारतीय नागरिक महेन्द्रकुमार मिश्र, सतिश कुमार मिश्र, अनिल कुमार मिश्रको नागरिकता खारेज गरेको सरकारका प्रवक्ता सूचना तथा प्रविधि मन्त्री शेरधन राईले जानकारी दिए । रुपन्देहीबाट नागरिकता लिएका उनीहरुले झुटो विवरण पेस गरेको पाइएपछि स्थानीय प्रशासनले खारेजीका लागि मन्त्रिपरिषदलाई सिफारिस गरेको थियो ।

कृषि विकास बैंकले १५ प्रतिशत वोनस शेयर र ५० प्रतिशत हकप्रद शेयर दिने

काठमाडौं,बैशाख १४ । कृषि विकास बैंकले आफ्ना साधारण शेयरधनीहरुलाई १५ प्रतिशत वोनस शेयर दिने भएको छ । आज बैंकको नवौं वार्षिक साधारण सभाले आर्थिक बर्ष २०७१–७२ को मुनाफाबाट १५ प्रतिशत वोनस शेयर र ५० प्रतिशत हकप्रद शेयर दिने निर्णय गरेको हो । नेपाल सरकारको अग्राधिकार शेयरमा समेत तोकिए वमोजिम ६ प्रतिशत नगद लाभांश दिने प्रस्ताव साधारण सभाबाट स्वीकृत भएको छ ।

साथै वोनस शेयर पश्चात कायम हुने साधारण चुक्ता पूँजीमा २:१ (५०) प्रतिशतले हुने हकप्रद शेयर जारी गर्ने निर्णय भएको छ । साधारण सभाले आर्थिक वर्ष २०७१र७२ को वार्षिक प्रतिवेदन उपर छलफल गरी उक्त वोनस शेयर र नगद लाभांश दिने तथा हकप्रद शेयर जारी गर्ने निर्णय गरेको हो । यो निर्णयबाट करिव २ लाख शेयरधनीहरु लाभान्वित हुने भएका छन् ।

बैंक सञ्चालक समितिका अध्यक्ष प्रमोदकुमार कार्कीले उक्त साधारण सभामा बैंकको आर्थिक वर्ष २०७१/७२ को वासलात, नाफा-नोक्सान हिसाब, नगद प्रवाह विवरण र सोसँंग सम्बन्धित अनुसूचीहरु (पूरक समेत) र चालु आर्थिक वर्ष २०७१/७२ को फागुन मसान्तसम्मको कार्य सम्पादनको संक्षिप्त विवरण र भावी कार्ययोजना समेत प्रस्तुत गरेका थिए ।

संसदको बजेट अधिवेशन आउँदो २१ गते

काठमाडौं,बैशाख १४ । व्यवस्थापिका संसदको बजेट अधिवेशन आउँदो २१ गते बिहान ११ बजे बस्ने भएको छ । सरकारले राष्ट्रपति विद्यादेवी भण्डारीलाई बजेट अधिवेशन बोलाउन सिफारिस गर्ने भएसँगै उत्तः वैठकको निश्चित भएको हो । नयाँ संविधानमा सरकारले जेठ १५ गते भित्र आउँदो आर्थिक वर्षको बजेट ल्याउनु पर्ने व्यवस्था गरेका कारण २१ गते बोलाइने अधिवेशन बजेट अधिवेशनमा रुपमा हुने छ ।

मंगलबार बसेको मन्त्रीपरिषदको बैठक संसद बैठक आह्वान गर्न राष्ट्रपति समक्ष सिफारिस गर्ने निर्णय गरेको हो । यसअघि नै सभामुख ओनसरी घर्तीले संसदको अधिवेशन आह्वान गर्न राष्ट्रपति भण्डारीलाई पत्र पठाउनु भएको थियो ।

Monday, April 25, 2016

बन्ने भो चलचित्र ‘टिनेज’

काठमाडौ । दुई दशकदेखि चलचित्रको नृत्य बिधामा क्रियासिल दिनेश पाख्रिनको निर्देशनमा चलचित्र ‘टिनेज’ बन्ने भएको छ । सोमबार राजधानीमा आयोजित एक कार्यक्रममा चलचित्रको शुभ–मुर्हत भयो ।
चलचित्र बिकाश बोर्डका अध्यक्ष राजकुमार राई प्रमुख अतिथी रहेको कार्यक्रममा बरिष्ठ चलचित्रकर्मी बसुन्धरा भुसालले क्ल्याप पड्काएकी थिइन् भने राष्ट्रिय आवास कम्पनीका महाप्रबन्धक डिबी गुरुङले मुर्हत सटको निर्देशन गरेका थिए । कार्यक्रममा नरेश बिर सिंह, अञ्जली खड्गी, सरोज कुमार शाह, प्रतिक्षा खड्कालगायतले मुर्हत सट दिएका थिए ।

कार्यक्रममा चलचित्र बिकाश बोर्डका अध्यक्ष राजकुमार राइले चलचित्र क्षेत्रको हकहितका खातिर आफुले दिनरात काम गरिरहेको जानकारी गराए । आफ्नो धेरै मिहनतले सेलिब्रेटी कार्डको रुपमा एक प्रक्रिया सुरु भएको बताउँदै उनले घुमाउरो भाषमा कार्डको बिरोध भन्दा पनि सुधार्नु पक्षका बारेमा सुझाव दिन आग्रह गरे । कार्यक्रमम रंगपत्रकार सानुकाजी श्रेष्ठ, बरिष्ठ कलाकार बसुन्धरा भुसाल, समाज सेवी डिबी गुरुङलगायतले चलचित्र राम्रो बनाउन सुझाए ।

स्व.बसन्तजंग रायमाझीको कथा, दिनेश पाख्रीनको पटकथा ÷निर्देशन रहने चलचित्र चिनिमाया वाइवा (पाख्रिन), देविका खड्का, कृष्ण कुरुवाङको लगानीमा निर्माण हुन लागेको हो । चलचित्रमा नरेश बिर सिंह, अञ्जली खड्गी, सरोज कुमार शाह, प्रतिक्षा खड्का, रविन्द्र खड्का, अर्जुन श्रेष्ठ, सरिता राजोपाध्याय, अजय खड्का, उदय सुब्बा, निर्मल लामालगायतको अभिनय रहनेछ । सानुकाजी श्रेष्ठ कार्यकारी निर्माता रहेको चलचित्रमा महेश गोदार, दिक्षा पाख्रिन, सोम लामा, लिगेस भट्टराईको नृत्य, राजु किरातीको द्धन्द्ध रहनेछ ।

पढाई खर्च जुटाउन यौनकर्मी

एजेन्सी । भारतको पश्चिम बङ्गला स्थित एक कलेजमा काननु पढ्दै गरेकी युवती पढाई खर्च जुटाउन यौनकर्मी बन्न बाध्य भएकी छिन् । पुलिसले पक्राउ गरेपछि उनको यो रहस्य बाहिर आएको हो ।
उनले रायपुरका एक व्यक्तिले पढाई पुरा गर्न आर्थिक सहयोग गर्ने बहानामा बोलाएर जबरजस्ती करणी गरि यस्तो बाटोमा धकिलिदिएको रहस्य खुलेको छ । २४ वर्षिया उक्त युवतीले एलएलबी तह ८ अप्रिलमा सकेकी थिइन् । त्यसपछि उनी थप कोर्ष पुरा गर्न चाहान्थिन् । घरको आर्थिक अवस्था मजबुत नभएकाले उनले उक्त कोर्श पढ्न पाएकी थिइनन् । उनले आफ्नो चाहाना परिवार र साथीहरुलाई भनेकी थिइन् । तर उनको समस्या हल भएन ।

त्यसपछि रायपुरका फिरोज चौधरी नाम गरेका एक व्यक्तिले उनलाई सहयोग गर्ने आश्वास दिए । त्यसपछि उनी १५ अप्रिलमा चौधरीको घरमा पुगेको समाचारमा उल्लेख छ । फिरोज चौधरीले सुरुको एक दुई दिन उनीसँग पढाईको कुरा गरे । त्यसपछि सेक्स वर्कर बन्ने अफर गरे । युवतीले सुरुमा इन्कार गरिन् तर फिरोजले धम्काएपछि उनी बन्न बाध्य भइन् । त्यसपछि प्रति ग्राहक पाँच हजार उनको रेट तोकियो । त्यसपछि १७ अप्रिलदेखि २३ सम्म उनले ६ जनासँग यौन सम्बन्ध गरे । जस मध्ये दुई जनाको पैसा फिरोजले लिए । अरु पैसा माग्दा फिरोजले उनलाई धम्काउँन थाले । घर जाने कुरा गर्दा मारिदिने धम्की दिए ।

फिरोजले उक्त युवतीलाई होटल पुनीतको कोठा नम्बर ६०३ मा बन्धक बनाएर जबरजस्ती यौन व्यवसायमा धकेलिलिएकी थिइन् । होटल पुनीतको कोठा नम्बर ६०३ मा सेक्स रेकर्ड चलिरहेको छ भन्ने खबर पाएपछि पुलिसहरु उक्त स्थानमा पुगे । उक्त स्थानमा युवती मात्रै फेला पारे । युवतीका साथ कलेजको परिचय पत्र र केही कानुनका किताव फेला पारे । त्यसपछि युवतीको उद्धार गरिएको समाचारमा उल्लेख छ ।
-www.khabardabali.com

सुदूरपश्चिमका पहाडी जिल्लामा पानीका स्रोत सुक्दै

डोटी । गर्मी याम बढेसँगै सुदूरपश्चिमका पहाडी जिल्लामा पनि पानीका स्रोत सुक्न थालेका छन् । अन्य वर्ष पानी नसुक्ने मुहानमा पनि यस वर्ष पानी सुक्दै जान थालेपछि स्थानीयले पानी भर्न घन्टौँसम्म लाइनमा बस्नुपर्ने बाध्यता रहेको छ ।

डोटीको लडागडा, लामिखाललगायतका गाविसमा पानीका मुहान सुक्दै जान थालेपछि स्थानीय घन्टौँ टाढाबाट पानी ल्याएर गुजारा गर्न बाध्य भएको लामिखाल गाविसका स्थानीय पदम धामीले बताए ।
यस्तै समस्या डोटीको चवरा चौतारा गाविस–८ मा समेत देखा परेको छ । स्थानीय कमल बम भन्छन – ‘पानी लिन घन्टौँ पैदल हिँड्नु पर्दछ ।’ बढ्दो गर्मी यामसँगै खडेरीले डोटीका ग्रामीण भेकका जनता सास्ती भोग्दै आएका छन् । प्रशस्त पानीका मुहान नहुँदा र भएकाको समेत राम्ररी सदुपयोग नहुँदा डोटीका बासिन्दा समस्यामा परेका हुन् ।

डोटीका ग्रामीण भेकमात्रै होइन सदरमुकाम सिलगढी, दीपायलमा समेत यस्तै समस्या देखिएको छ । दीपायलको काखैमा सेती नदी बग्ने भए तापनि बजारमा भने पानीको हाहाकार छ । गर्मी याममा दीपायलमा मिनिरल वाटरको समेत पूर्ति हुन नसकेको सनलाइट होटेल दीपायलका सञ्चालक हर्क बमले बताए ।

‘ पुनःनिर्माणको पहिलो प्राथमिकता निजी घरको निर्माण’-उपप्रधानमन्त्री थापा

वासिङ्टन,बैशाख १४ । उपप्रधानमन्त्री तथा परराष्ट्र मन्त्री कमल थापाले पुनःनिर्माणको पहिलो प्राथमिकता निजी घरको निर्माण त्यसपछि बाटो र पुल अनि स्कुल र स्वास्थ्य चौकी, पर्यटकीय स्थानको हुने बताएका छन्। नेपालमा गएको प्रलयकारी भूकम्पको पहिलो वर्ष वासिङ्टन डिसीस्थित युनाइटेड स्टेट इन्स्टिच्युट अफ पिसले थापासँग एक अन्तक्रिया कार्यक्रमलाई सम्बोधन गर्दै थापाले नेपालले भूकम्पबाट नौ हजार मानिसको जीवन गुमाएको र ६ लाख घरधुरी बस्न नहुने गरी भत्किएको तथा सात अर्ब अमेरिकी डलरको क्षति भएको जानकारी दिए। उपप्रधानमन्त्री थापाले भने,‘हामीले आफन्त र सम्पत्ति गुमाएका छौँ तर आशा गुमाएका छैनौँ। हामी नेपाल पुनःनिर्माण गर्ने योजना पाँच वर्षभित्र पूरा गर्नेछौँ। यसको लागि अन्तर्राष्ट्रिय समुदायको आर्थिक सहयोगको खाँचो रहेको छ।’

उनले पुनःनिर्माणलाई समेत सहयोग पुगोस् भनेर आगामी कात्तिकमा स्थानीय निकायको निर्वाचन गराउन लागेको जानकारी दिए। संविधानका कतिपय विषयमा आफू असहमत भए पनि सहमतिको दस्तावेज भएकाले आत्मसात् गरेको उनको भनाइ छ। अमेरिकाको महत्वपूर्ण ‘थिङ टयाङ्क’को रुपमा लिइने उक्त फोरममा उपप्रधानमन्त्री थापाले संविधान ८२ प्रतिशत जनप्रतिनिधिले अनुमोदन गरेको एक गतिशील दस्तावेज भएकाले यसलाई आवश्यकताअनुसार संशोधन गर्न सकिने अन्तर्राष्ट्रिय समुदायको माझमा बताए।

कार्यक्रममा दक्षिण तथा केन्द्रीय एसियाली मामिला व्युरोकी सहायक मन्त्री निशा देसाई विसवालले भूकम्पको पीडाको प्रत्यक्ष अनुभूति गर्ने अवसर पाएको स्मरण गर्दे नेपालले मबजुत नेपाल बनाउन सक्नेमा आफू विश्वस्त भएको बताए।

काठमाडौंका चार स्थानमा भूकम्प जाँदै गरेको पूर्वसूचना दिने मेसिन जडान

काठमाडौं,बैशाख १४ । नेपाल विज्ञान तथा प्रविधि प्रज्ञा–प्रतिष्ठान (नास्ट) ले काठमाडौं उपत्यकाका चार स्थानमा भूकम्प जानुभन्दा १० देखि २० सेकेन्ड अग्रिम सूचना दिने यन्त्र जडान गरेको छ ।
प्रतिष्ठान परिसर खुमलटार, त्रिवि भूगर्भ केन्द्रीय शिक्षण विभाग कीर्तिपुर, भृकुटी होटल गोदावरी र सौर्य स्कुल सिनामंगलमा अग्रिम सूचना दिने प्रणाली जडान गरिएको हो । सो प्रणाली जडान गरिएको ८० किमीको दूरीमा भूकम्प गए १० देखि २० सेकेन्डअगावै सूचना पाउन सकिन्छ ।

सो यन्त्रले भूकम्प जानुपूर्व भूकम्पको केन्द्रबिन्दुको दूरी र तीव्रताका आधारमा भूकम्पीय तरंग प्राप्त गरी मानिसलाई सचेत गराउने नास्टका प्रविधि प्रमुख डा। सुरेशकुमार ढुंगेलले जानकारी दिए । ‘यो प्रविधि चार स्थानमा स्थापना गर्न चीनको इन्स्टिच्युट अफ केयर लाइफको सहयोगमा अनुदानस्वरूप प्राप्त भएको हो, अन्य स्थानमा राख्न सरकारले आर्थिक सहयोग गरे नास्टले देशका विभिन्न भागमा जडान गर्ने योजना बनाएको छ,’ उनले भने । आजको नयाँ पत्रिका दैनिकमा खबर छ ।

सो प्रविधि जडान गरिएपछि विद्यालयका विद्यार्थी, शिक्षक, कर्मचारी र वरपरका मानिसलाई समेत भूकम्पको अग्रिम जानकारी प्राप्त हुँदा सुरक्षित हुने आशा जागेको सौर्य स्कुलका प्रअ भीमआङ लिम्बूले बताए ।

टोटनह्याम बराबरीमा रोकिँदा लिसेस्टर सिटी उपाधि नजिक

एजेन्सी,बैशाख १४ । टोटनह्याम बराबरीमा रोकिँदा लिसेस्टर सिटी उपाधि नजिक पुगेको छ । दोस्रो स्थानको टोटनह्याम सोमबार राति भएको खेलमा वेष्ट ब्रोमसँग १–१ को बराबरीमा रोकिएपछि लिसेस्टरको उपाधि जित्ने सम्भावना थप बलियो भएको हो ।

टोटनह्याम बराबरीमा रोकिएसँगै लिसेस्टर सिटीले ७ अंकको अग्रता लिएको छ । लिसेस्टर सिटीले आउँदो आइतबार म्यानचेस्टर युनाइटेडसँग खेल्दैछ । यो खेलमा युनाइटेडलाई हराउन सकेन लिसेस्टरले दुई खेल बाँकी हुँदै उपाधि पक्का गर्ने छ । लिसेस्टरको ७६ तथा टोटनह्यामको ६९ अंक छ ।

युभेन्टसलाई लगातार पाँचौ पटक सिरी ए फुटबलको उपाधि

एजेन्सी,बैशाख १४ । युभेन्टसले लगातार पाँचौं पटक इटालियन सिरी ए फुटबलको उपाधि हात पारेको सोमबार राति भएको खेलमा दोस्रो स्थानमा रहेको नापोली रोमासँग पराजित भएपछि तीन खेल खेल्नु अगाबै युभेन्ट्सले सिरी ए फुटबलको उपाधिमाथि कब्जा जमाएको हो। युभेन्टसले आइतबार राति भएको खेलमा फियोरेन्टिनालाई २–१ ले हराएको थियो । नापोलीले सोमबार राति भएको खेलमा रोमालाई हराउन सकेको भए उसको उपाधि दाबेदारी कायम रहन्थ्यो । तीन खेल बाँकी हुँदा युभेन्टसको ८५ तथा नापोलीको ७३ अंक छ ।

शीर्ष नेता विदेशमा, कार्यबाहकविहीन बन्यो कांग्रेस

काठमाडौं,बैशाख १४ । प्रमुख प्रतिपक्षी कांग्रेसका शीर्ष नेता यतिखेर विदेशमा छन्। संविधान कार्यान्वयन तथा जनजीविकाका मुद्दाहरू सम्बोधनका लागि सशक्त प्रतिपक्षको रूपमा रचनात्मक भूमिका खेल्ने घोषणा गरेका नेताहरू विदेश भ्रमणमै अलमलिएका छन्। सभापति शेरबहादुर देउवा नयाँ दिल्लीमा छन् भने दोस्रो बरियताका नेता रामचन्द्र पौडेल र महामन्त्री शशांक कोइराला अमेरिका पुगेका छन्। कांग्रेस नेता खुमबहादुर खड्का पनि यतिखेर दिल्लीमै छन्।
यता सरकारले बजेट अधिवेशनका लागि २१ वैशाखमा संसद् बोलाउन राष्ट्रपतिलाई पत्राचार गरिसकेको छ। शीर्ष नेताहरू नहुँदा पनि प्रतिपक्षको भूमिका कमजोर नहुने नेता डा. प्रकाशशरण महतले बताए। ‘दुई–चार नेता विदेश जाादैमा पार्टी काम र प्रतिपक्षको सशक्त भूमिकामा केही फरक पर्दैन, अरू नेताहरू हुनुहुन्छ,’ उनले भने। नयाँ पत्रिका दैनिमा समाचार छ।

कोही छैनन् कार्यबाहक
पार्टी सभापति एक हप्तादेखि देशबाहिर हुँदा पनि कांग्रेसमा कसैलाई कार्यबाहकको जिम्मेवारी दिइएको छैन। सभापति देउवा दिल्ली जाादा चार दिनका लागि मात्रै भनेर महामन्त्रीलाई कार्यबाहक दिएनन्। उनको अर्को तर्क पनि थियो– कार्यबाहक पाउने उपसभापति नै छैनन्। सभापति दिल्ली गएको चौथो दिन ९ वैशाखमा महामन्त्री शशांक पनि अमेरिका लागे । कोषाध्यक्ष सीतादेवी यादव पनि काठमाडौं छाडेर गृहजिल्ला सिरहा गएको हप्ता दिन भइसक्यो।

गाेर्खा सैनिक भर्तीमा अब महिला पनि !

काठमाडौं,बैशाख १४ । बेलायतले आफ्नो सेनामा नेपाली महिलालाई पनि भर्ती गर्ने भएको छ। सभामुख ओनसरी घर्तीमगरको अनुरोधमा बेलायतले बेतायती सेनामा नेपाली महिला पनि अब भर्ती गर्ने भएको हो।
यसअघि नेपाली युवकले मात्र बेलायती सेनामा भर्ती हुने अवसर पाउँदै आएका थिए। बेलायत भैमणबाट फर्केपछि आफ्नो कार्यकक्षमा सोमबार पत्रकारहरुसँगको कुराकानीमा सभामुख घर्तीले भनिन्,‘नेपाली महिला पनि बेलायती सेनामा भर्ती हुने भएका छन्।’

बेलायती अधिकारीले सभामुख घर्र्तीसँग बेलायती सेनामा नेपाली महिलालाई भर्ती गर्दा के होला भनी परामर्श गरेका थिए। घर्तीले आफूले बेलायती अधिकारीलाई दिएको जवाफ फर्काइन्,‘नेपाली महिला नेपाली सेना, सशस्त्र प्रहरी र नेपाल प्रहरीमा कार्यरत छन्। तपाईंहरुले पनि आफ्नो सेनामा नेपाली महिलालाई लिन सक्नुहुन्छ।’

बेलायती अधिकारीहरुले आफूहरुको सल्लाहपछि यस विषयमा निर्णय लिने प्रत्युत्तर दिएको घर्तीले बताइन्। अन्नपूर्ण पोस्टमा समाचार छ।

सेनाको हेलिकोप्टर पार्टीको कार्यक्रममा

काठमाडौं,बैशाख १४ । लामो खडेरीले अन्न अभावमा कयौँ नागरिकको चुल्हो नबल्ने अवस्थामा रहेका बेला उपप्रधान तथा रक्षामन्त्रीले भने सेनाको हेलिकोप्टर पार्टीको कार्यक्रममा जान दुरुपयोग गरेका छन् । एमाले उपाध्यक्षसमेत रहेका उपप्रधान एवम् रक्षामन्त्री भीम रावलले अछाम, बाजुरा र डडेलधुरामा चार दिनसम्म आफ्नो पार्टीका साथै विद्यालय, मन्दिर उद्घाटन रअभिभावक भेला जस्ता सामान्य कार्यक्रममा सहभागी हुन सेनाको हेलिकोप्टर प्रयोग गरेका हुन् ।

सेनाको एनए ०५७ हेलिकोप्टर ल्याएर बैशाख ९ गते अछाम आएका रावलले अछाम, डडेलधुरा र बाजुरामा पार्टीको विभिन्न कार्यक्रम उद्घाटन गरे । प्रहरी स्रोतका अनुसार रावल ९ गते अछामको दशपल्ले मावि सोकटको भवन उद्घाटन तथा सोही दिन डडेलधुरामा एमालेको नगर अधिवेशन उद्घाटन कार्यक्रममा सहभागी भएका थिए ।

१० गते विहान अछामकै लुंग्राको सृजनशील विद्यालयको नवनिर्मित भवनको उद्घाटन कार्यक्रम हेलिकोप्टर बस्न नसक्दा एक पटक सदरमुकाम फर्किएर अर्कोपटक मात्र सफल भएको थियो । सोही दिन रावलले एमाले अछामको तेस्रो प्रतिनिधी परिषद् उद्घाटन गरेका थिए । यस्तै रावलले सोही हेलिकोप्टरबाट पुगेर ११ गते बाजुरास्थित नेकपा एमाले बढीमालिकाको नगर अधिवेशन उद्घाटन गरेका थिए ।

मन्त्री रावलले १२ गते अछामकै मार्कु गाविस भवनको उद्घाटन तथा सोही दिन आफ्नै पुख्र्यौली गाउँमा मन्दिर उद्घाटनका साथै जनता क्याम्पस बयलपाटाको अभिभावक भेलाको उद्घाटन कार्यक्रममा सेनाकै हेलिकप्टर प्रयोग गरेर सहभागिता जनाएको प्रहरी स्रोतले जानकारी दिएको छ । आजको अन्नपूर्ण पोष्ट दैनिकमा खबर छ ।

आरजुको उपचार बाहनामा दिल्लीमा दिल जोड्दै देउवा

काठमाडौं,बैशाख १४ । नेपाली कांग्रेसको सभापति र संसदीय दलको नेता जित्नासाथ शेरबहादुर देउवा आरजुको उपचार बाहनामा भारतको नयाँ दिल्लि पुगे । यता ओलीसँग रुष्ट भारतलाई रिझाएर प्रधानमन्त्री बन्ने सवै प्रमाणलाई पुरा गरेका देउवाको भारतसँग त्यति गहिरो सम्बन्ध नभएपनि उनी सम्बन्ध बलियो बनाउनका लागि दिल्ली भ्रमणमा पुगेका हुन् ।

यता नेपाली कांग्रेसको महाधिवेशनको नयाँ नेतृत्व आउनासाथ सरकारमा प्रभाव पर्ने आँकलनको हावा चलिरहेका बेला सभापति देउवाले दिल्लिमा दिल जोड्नुलाई हल्लालाई बल पुगेको रुपमा बुझ्न थालिएको छ । तर, माओवादी युद्धकालमा भारतसँगको आफ्नो सम्बन्ध चिसो बनाएका देउवालाई तत्काल भारतले विश्वास गर्ला र ? भन्नेहरु पनि कम छैनन् । प्रधानमन्त्री भएका बेला देउवाले गोली बेल्जियमसँग किन्ने निर्णय गरेका कारण तत्कालिन राजामार्फत भारतले उनलाई प्रधानमन्त्रीबाट बर्खास्त गराउने रणनीति चालेको थियो । यद्यपि, अहिले ओली सरकारको विकल्पको शक्तिका रुपमा देउवामात्रै पात्र रहेका कारणले नयाँ दिल्लिले उनलाई प्रयोग गर्नसक्ने विश्लेषण गरिएको छ । यता, ओलीसँग चिढिएको नरेन्द्र मोदी सरकार अनि प्रचण्डसँग रिसाएको मोदी प्रशासनको विकल्प देउवा बन्नसक्ने भारतीयहरुले आँकलन गरेका छन् ।

चीन भ्रमण पुग्नासाथ हुने सम्झौताहरुपछि चलिरहेको सरकारको आयु पुरा हुने परम्परा तोड्नका लागि पनि देउवाको दिल्लि भ्रमण भएको दाबी गर्छन्, कांग्रेसीहरु । नेपाल मामिला हेर्ने साउथ व्लकले नेपाली कांग्रेसका नेता गिरीजाप्रसाद कोइराला बाहेक सुशिल कोइराला, रामचन्द्र पौडेल र देउवालाई त्यति विश्वास गरेको छैन । त्यसकारण पनि दिल्लि अहिले वीपी पुत्र शशांक कोइरालाको नेतृत्वमा नेपालमा सरकार बनोस् भन्ने चहान्छ । तर, बहुमत कांग्रेसी र कांग्रेसको विधानले पनि उनलाई सरकार प्रमुख बन्नका लागि पर्याप्त इजाजत दिन नसक्ने भएका कारणले देउवा आफैं प्रधानमन्त्री बन्नका लागि कसिएका छन् । तर, ओली सरकारलाई बोकेको एकीकृत नेकपा माओवादीलाई सत्तामा ल्याएर नखुम्च्याएसम्म केही पनि पुरा हुन नसक्ने विश्लेषण गरेको साउथ व्लकले सकभर कांग्रेसको समर्थनमा एकीकृत नेकपा माओवादीका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको नेतृत्वमा सरकार बनाउनका लागि राजनीतिक समिकरण बनाउन देउवालाई सुझाव दिएको समाचार जनप्रहार साप्ताहिकले लेखेको छ ।

भ्रमणका क्रममा देउवाले भारतीय विदेशमन्त्री सुष्मा स्वराजलगायतका विपक्षी र सत्तारुढ दलका नेताहरुसँग पनि भेट गरी कांग्रेसको नेतृत्वको सरकार बनाउन सक्षम हुनसक्ने भएकाले सघाउनका लागि आग्रह गरेको बताइएको छ ।

जुनियर प्रहरी अधिकृत र जवानको गुनासो,काम गर्ने हामी, जस लिनेचाहिँ हाकिम !

काठमाडौं,बैशाख १४ । ‘काम गर्ने हामी, ज्यानै जोखिममा राखेर रातदिन खट्दै अपराधी समातेर ल्याउने पनि हामी, तर जस पाउने, बढुवा खाने अनि राम्रो ठाँउमा सरुवा पाउनेचाहिँ हाकिमसाव ?’ यो प्रश्न नेपाल प्रहरीका जुनियर अधिकृतका हुन् । प्रहरी प्रधान कार्यालय काठमाडौं उपत्यकाका जुनियर प्रहरी अधिकृत, हवल्दार, तथा जवानहरुकेा पीडा बुझ्न खटाइएको टोलीसँग उनहिरुले यस्तो पीडा पोखेका आजको राजधानी दैनिकमा समाचार छ ।

टूला अपाराधीलाई पक्राउ गर्ने सूचना संकलन गर्ने अपराधीलाई पारिवारिक सामाजिक र आर्थिक अवस्थाको जानकारी लिने काम सबैमा जुनियर प्रहरीकै भूमिका रहेने गरेको यथार्थलाई हाकिमहरुले भुल्ने गरेको यथार्थलाई पनि उनीहरुले राम्रैसँग उजागर गरेका छन् ।

उनीहरुले सोवा सुविधा, आन्दोलनका समयमा भोकै बस्नु पर्ने १२ घण्टा भन्दा बढी समय ड्युटीमा खटिनुपर्ने लगायतको गुनासो पनि पोखेका थिए ।

राखेपले तिर्नै सकेन उधारो, कार्यालयसमेत जान छोडे पदाधिकारी

काठमाडौं,बैशाख १४ । सातौं राष्ट्रिय खेलकुदका लागि जिल्ला छनोट प्रतियोगिता गराउँदा विभिन्न व्यापारीसँग लिएको उधारो तिर्न नसक्दा राष्ट्रिय खेलकुद परिषदका पदाधिकारी बिचल्लीमा परेका छन् । जिल्ला छनोटका क्रममा विभिन्न शीर्षकमा व्यापारीसँग उधारोमा लिएको सामानको पैसा तिर्न नसक्दा देशभरका जिल्ला खेलकुद विकास समितिका पदाधिकारी कार्यालयसमेत जान नसक्ने अवस्था उत्पन्न भएको आजको अन्नपूर्णमा समाचार छ ।

निरन्तर स्थानीय व्यापारीको दबाब झेल्नु परेपछि जिल्लाका पदाधिकारीहरुले आवश्यक रकमका लागि राखेप धाउने क्रम पनि बढेको छ । राखेपले २०७२ फागुन १७ गतेदेखि सातौं राष्ट्रिय खेलकुद आयोजना गर्ने निर्णय गरेको थियो ।

राष्ट्रिय खेलकुदका लागि खेलाडी छनोट गर्न ७५ बटै जिल्लामा जिल्लास्तरीय छनोट प्रतियोगिता आयोजना गरिएको थियो । सम्बन्धीत शीर्षकमा बजेटको अभाव भएपछि राखेपले जिल्ला र क्षेत्रीय खेलकुद विकास समितिहरुलाई पछि सोध भर्ना हुने गरी तत्कालका लागि आफ्नै पहलमा छनोट प्रतियोगिता आयोजना गर्न निर्देशन दिएको थियो ।

‘साइकलप्रेमी’ वातावरणमन्त्रीले हेलिकप्टर चढेको बिल १७ लाख

काठमाडौं,बैशाख १४ । कुनै वेला साइकल चढेर मन्त्रालय ओहोर–दोहोर गरेर चर्चामा आएका जनसंख्या तथा वातावरणमन्त्री विश्वेन्द्र पासवान केही समययता हेलिकोप्टर चढेर जिल्ला भ्रमणमा निस्कन थालेका छन् । पछिल्लो एक सातामा मात्रै उनले पाँचपटक हेलिकोप्टर चार्टर्ड गरेर विभिन्न जिल्लाको भ्रमण गरेका छन् । अहिलेसम्म उनले हेलिकोप्टर चार्टर्ड गरेको भाडा मात्रै १७ लाख पुगेको छ ।

भाडा मिलाउन मन्त्रालयका कर्मचारीलाई दबाब
व्यक्तिगत काममा हेलिकोप्टर चढेर जिल्ला भ्रमणमा गए पनि मन्त्री पासवानले हेलिकप्टर चढेबापतको झन्डै १७ लाख रुपैयाँ मन्त्रालयकै विभिन्न शीर्षकबाट मिलाउन मन्त्रालयका अधिकारीहरूलाई दबाब दिन थालेका छन् । तर, उनीहरूले मन्त्रालयको काममा नभई व्यक्तिगत प्रायोजनका लागि हेलिकोप्टर चढेको भन्दै मन्त्रालयबाट बिल तिर्न नसकिने जनाउ मन्त्री पासवानलाई दिएका छन् ।

कुन कुन जिल्ला घुमे ?
मन्त्री पासवानले व्यक्तिगत कामका लागि हेलिकोप्टर चार्टर्ड गरेर सर्लाही, सिरहा, सिन्धुली, रौतहटलगायतका जिल्ला गएको मन्त्रालयका कर्मचारीहरूले बताएका छन् । ती जिल्लामा जाँदा उनले नेपाली सेना र अर्को एक निजी एयरलाइन्सको हेलिकोप्टर प्रयोग गरेको मन्त्रालय स्रोतले जानकारी दिएको छ ।

बिल भुक्तानीका लागि सेनाको ताकेता
नेपाली सेनाले मन्त्री पासवानले चढेको हेलिकोप्टरको भुक्तानी बिल वातावरण मन्त्रालयमा पठाउन उच्च कर्मचारीहरूसँग ‘इन्क्वाइरी’ थालेको छ । तर, मन्त्रालयका अधिकारीहरूले हेलिकोप्टरको प्रयोग मन्त्रालयको कार्यक्रमका लागि नभएको र त्यति धेरै रकमको भुक्तानी गर्न नसक्ने जवाफ सेनालाई दिएका छन् । आजको नयाँ पत्रिका दैनिकमा खबर छ ।

टुटफुटबाट गुज्रेका माओवादीहरुबीचको एकता अन्तिम चरणमा

काठमाडौं,बैशाख १४ । टुटफुटबाट गुज्रेका माओवादीहरुबीच एकीकरणको प्रयास घनिभूत भएको छ । क्रान्तिकारी माओवादी र एमाओवादीबीच वैशाख १५ गते निर्णायक वार्ता हुने एमाओवादी स्रोतले बताएको छ । वार्ताले सकारात्मक निश्कर्ष निकाल्ने पनि सो स्रोतको दावी छ । यो वार्तामा दुवै पार्टीका शीर्ष नेताहरु बस्ने बताइएको छ ।

आजको समयबद्व साप्ताहकिमा खबर छ । दुई वर्षदेखि यी दुई ठूला माओवादीहरुबीच औपचारिक/अनौपचारिक रुपमा एकता वार्ता चल्यो । एमाओवादी र संसद्वादीबीच संविधान जारी गर्नका लागि १६ बुँदे सहमति गर्नुपूर्व एकताको तिथि जुराइरहेका थिए । १६ बुँदे सहमतिपछि राजनीतिक परिस्थिति नयाँ मोडमा पुग्यो । एकथरीले नयाँ संविधानलाई उत्कृष्ट भने र अर्काेथरिले जलाउँदै हिँडे । यसले एकता निकै टाढा पुगेको अनुभूत गरिएको थियो ।

अग्रगामी एजेण्डालाई स्थापित गर्दै क्रान्तिलाई नयाँ ढंगले अगाडि बढाउने भन्दै किरणको नेतृत्वमा रहेको पुनर्गठित ड्यास माओवादीपछि क्रान्तिकारी माओवादीले सिद्धान्तनिष्ठ एकताका लागि सबै माओवादीहरुबीच पहल बढायो ।

संविधान र विद्यमान राज्यसत्ताको सन्दर्भमा एमाओवादीले आफ्नो दृष्टिकोण सच्याएमा एकता गर्न सकिने भन्यो । किरण–वादलले यस्तो एकताको प्रस्ताव एमाओवादीमा लैजादा पार्टीमा धेरैले विरोध गरेका थिए । एमाओवादीको शीर्ष नेतृत्व अब नसच्चिने ठाउँमा पुगेको उनीहरुको मत थियो ।

एमाओवादीले संविधान र राज्यसत्ताको सन्दर्भमा सकारात्मक जवाफ लिखित रुपमा नै पठाएपछि परिस्थिति सकारात्मक दिशामा गयो । जनताले उठाएका कतिपय प्रगतिशील एजेण्डा संविधानमा उल्लेख भए पनि यो सारतः जनताको पक्षमा होइन भन्ने एमाओवादीले पनि मत राख्यो । विद्यमान राज्यसत्ता जनविरोधी हो भन्नेमा ऊ पुगेको छ । समाजवाद र नयाँ जनवादसम्बन्धी कार्यदिशामा स्वस्थ बहसद्वारा निश्कर्षमा जान सकिने भन्नेमा एमाओवादीले वाटो खोलेको छ । यसले एकताका लागि नजिक ल्याइपु¥यायो । क्रान्तिकारी माओवादीका अधिकांश केन्द्रीय सदस्यले वैठकमा एकतालाई सार्थक निश्कर्षमा पु¥याउनुपर्छ भन्दै मिलेर काम गर्न किरण–वादललाई सुझाव दिए । दुई नेताले आन्तरिक र वाह्य एकतालाई सुदृढ गर्न भगीरथ प्रयास गरिरहेका छन् । यो सकारात्मक परिणाम निकाल्ने दिशामा उद्धृत छ ।

क्रान्तिकारी माओवादी र एमाओवादीबीच बहस/छलफल चलिरहँदा दुई पक्षीय÷वहुपक्षीय रुपमा मात्रिका यादव, मणि थापाहरुसँग पनि एकता वार्ता चलिरहेको छ । विप्लव माओवादीमा रहेका एकथरी नेता तथा कार्यकर्ताहरु पनि एकता प्रक्रियामा सामेल भएका छन् ।

पार्टी नाम, नेतृत्वको बारेमा पनि सबै पक्ष खुल्ला नै छ । पार्टीको नयाँ नामको बारेमा सबै पक्षले आआफ्नो प्रस्ताव राखेका छन् । नयाँ नामका बारेमा धेरै माथापच्ची हुने देखिदैंन । रगत र पसिनाले स्थापित भएको नाम नेपाल कम्युनिस्ट पार्टी (माओवादी) नै राख्नु सही रहेको मात्रिका यादवको मत रहेको छ । यादवले विगतको संगठनात्मक सञ्चालनको विधिलाई पनि नयाँ पार्टीमा बदल्नुपर्ने मत राखेका छन् । सैद्धान्तिक सहमति भइसकेको अवस्थामा एकता संयोजन समिति बनाएर तत्काल जाँदा सही हुने यादवको भनाइ रहेको छ ।

मणि थापाको नेतृत्वमा रहेको पार्टीले त एकताका लागि ढिलो गर्नै नहुने र ढिलो हुँदा प्रतिक्रान्तिकारीले खेल्ने मौका पाउने मत राख्दै आएको छ ।

किरणको नेतृत्वमा रहेको क्रान्तिकारी माओवादी र प्रचण्डको नेतृत्वमा रहेको एमाओवादी पार्टीका शीर्ष नेताहरुको वैशाख १५ गतेको वार्ताले एकताको मुख्य प्रक्रिया टुंग्याउने अपेक्षा गरिएको छ । यो प्रक्रियामा मात्रिका, मणिका साथै विप्लव माओवादीको एउटा हिस्सा पनि सामेल हुनेछ ।

अन्तर्राष्ट्रिय एक मईको ऐतिहासिक सन्दर्भ पारेर एकता गर्नुपर्ने एकथरि माओवादीहरुको मत रहेको छ तर एकथरि माओवादीहरु भने एकता आफैं ऐतिहासिक कार्य भएकाले ऐतिहासिक दिन कुर्नु नपर्ने मत राखेका छन् । ‘हतारमा निर्णय गरेर फुर्सदमा पछुताउने भन्दा परिपक्व ढंगले नै यसलाई टुंग्याउनुपर्छ’ क्रान्तिकारी माओवादीका एक सचिवालय सदस्यले बताए ।

ठगी आरोपमा पक्राउ परेका नयाँ शक्तिका नेता पार्टीबाट निलम्बित (विज्ञप्ती सहित)

काठमाडौं,बैशाख १३ । नयाँ शक्ति नेपालले ठगी आरोपमा प्रहरीको हिरासतमा रहेका केन्द्रीय परिषद सदस्य अशोककुमार थापा पार्टीबाट निलम्बित गरेको छ । नयाँ शक्तिका प्रवक्ता खिमलाल देवकोटाले आज एक विज्ञप्ती जारी गर्दै उनलाई निलम्बित गरेको जनाएका छन् । आफ्ना नेता ठगी जस्तो गम्भीर आरोपमा पक्राउ परेकोमा ध्यानाकर्षण भएको जनाउँदै नयाँ शक्तिका प्रवक्ताले जारी गरेको बिज्ञप्तिमा पार्टीको अन्तरिम बिधान अनुसार नै आरोपी थापा स्वतः निलम्बित भएको जनाएका छन् ।

नयाँ शक्तिको बिज्ञप्तिमा भनिएको छ ‘नयाँ शक्ति नेपालका अन्तरिम केन्द्रीय परिषद सदस्य ओखलढुंगाका अशोक थापालाई चिट्ठाको नाममा ठगी गरेको भन्दै प्रहरीले पक्राउ गरेको समाचारप्रति हाम्रो ध्यानाकर्षण भएको छ ।’‘नयाँ शक्ति नेपालको अन्तरिम व्यवस्थापन तथा प्रशासन निर्देशिका, २०७२ अनुसार भ्रष्टाचार एवम् ठगीजस्ता गम्भीर अपराधमा संलग्न भएको आरोपमा प्रहरीले पक्राउ गरी थुनामा राखेमा पार्टी सदस्यलगायत सम्पूर्ण जिम्मेवारीबाट स्वतः निलम्बन हुने र अदालतबाट दोषी ठहर गरी अन्तिम फैसला भएमा पार्टी सदस्यता स्वतः खारेज हुने व्यवस्था भएको स्पष्ट पार्न चाहन्छौं,’ विज्ञप्तिमा स्पष्ट पारिएको छ ।

प्रवक्ता देवकोटाले विज्ञप्तिमा पार्टीको उक्त प्रावधानअनुसार जनमुक्ति सेनाका पूर्व कमाण्डर समेत रहेका नयाँ शक्ति नेपालका अन्तरिम केन्द्रीय परिषद सदस्य अशोक थापा स्वतः निलम्बित गरिएको स्पष्ट पार्नुभएको छ । ‘सुशासन र पारदर्शिता नयाँ शक्तिको मान्यता भएको पुनः स्पष्ट गराउँदै स्वतन्त्र र निष्पक्ष छानबीन गरी सत्यतथ्य बाहिर ल्याउन नयाँ शक्ति नेपालको तर्फबाट आवश्यक सहयोग पुर्याउने प्रतिबद्धता पनि व्यक्त गर्दछौं,’ विज्ञप्तिमा स्पष्ट पारिएको छ ।

ओखलढुङ्गा दियाले गाविस स्थायी घर भएका ३१ वर्षीय अशोककुमार थापालाई बेलायतमा खुलेको ५ लाख पाउण्डको चिठ्ठा परेको भन्दै पोखराकी एक महिलासँग ७ लाख २५ हजार रुपैयाँ ठगी गरी फरार रहेको उजुरीको आधारमा प्रहरीले गत शुक्रबार पक्राउ गरेको थियो ।

अनुदान पाउन योग्य तीन लाख घरधनीको सूची सार्वजनिक,कुन जिल्ला कति घरधनी ?

काठमाडौं,बैशाख १३ । राष्ट्रिय पुनःनिर्माण प्राधिकरणले भूकम्पले पूर्ण रुपमा घर क्षति भएका ११ जिल्लाका ३८३ गाविसमा अनुदान पाउनयोग्य घरधनीको सूची सार्वजनिक गरेको छ । तथ्याङ्क सङ्कलन गरी अनुदान पाउनयोग्य तीन लाख ९६१ घरधनीको सूची भूकम्प गएको एक वर्ष पुगेकै मितिमा सार्वजनिक भएको हो ।

सङ्घीय मामिला तथा स्थानीय विकास मन्त्रालयको केन्द्रीय आयोजना कार्यान्वयन इकाईमार्फत अनुदान पाउनयोग्य घरधनीको नाम सूची सम्बन्धित जिल्ला विकास समितिको कार्यालयमा पठाइएको प्राधिकरणका प्रवक्ता रामप्रसाद थपलियाले जानकारी दिनुभयो ।

उहाँका अनुसार अनुदान पाउनयोग्य घरधनीको सङ्ख्या ओखलढुङ्गा १५ हजार पाँच, सिन्धुली २१ हजार ११४, रामेछाप ३० हजार ५१९, दोलखा ४९ हजार ७५१, सिन्धुपाल्चोक ३५ हजार ३०८, काभे्रपलाञ्चोक ४० हजार २६४, नुवाकोट ३८ हजार २३५, रसुवा पाँच हजार ४१७, धादिङ २३ हजार ४४०, मकवानपुर सात हजार ४१२ र गोरखामा ३४ हजार ४९६ छ ।

तथ्याङ्क सङ्कलनको बाँकी विवरण प्राप्त भएपछि अनुदान सम्झौताका लागि योग्य अन्य घरधनीको सूची पनि क्रमशः सार्वजनिक गर्दै लगिने प्राधिकरणले जनाएको छ । गत वर्ष वैशाख १२ र २९ गतेको भूकम्प एवम् पटक–पटकको परकम्पले करिब आठ लाख घर पूर्ण रुपमा क्षति भएको थियो । अनुदान सम्झौता भएपछि सरकारले तीन किस्तामा क्रमशः रु ५० हजार, रु ८० हजार र रु ७० हजार गरी रु दुई लाख भूकम्पपीडितलाई रकम वितरण गर्नेछ ।

दुर्घटना न्युनिकरणकालागी सडक प्रयोगकर्ताहरुसंग अन्तरक्रिया

ईटहरी, बैशाख १३ । पूर्वक्षेत्रीय ट्राफिक प्रहरी कार्यालय ईटहरीले बढदो सवारी दुर्घटना न्युनिकरणकालागी सडक प्रयोगकर्ता तथा अन्य सरोकारवालाहरुसंग ‘सडक अनुशासन एवं चेतना अभिबृद्धीकालागी आम नागरिकको भूमिका ‘ बिषयमा आइतबार अन्तरक्रिया कार्यक्रम गरेको छ। ईटहरी नगरपालिका वडा नम्बर २६ स्थित नमुना टोल बिकास संस्थाले आयोजना गरेको उक्त अन्तरकृया कार्यक्रमममा हाल संख्यात्मक रुपले बढिरहेको सवारी चाप र जनघनत्वले गर्दा दिन प्रतिदिन भईरहेको सवारी दर्घट्ना न्युनिकरण एवं निराकरण तथा सुरक्षितयात्रा एवं सरल सहज आवागमनकालागी ट्राफिक प्रहरीको मात्र एकल प्रयासबाट पूर्ण सम्भव नरहेकोले सो कार्यमा सरोकारवाला निकाय, संघ,संस्था, स्थानिय व्यक्तित्वहरुको समेत परस्पर समन्वय र सहकार्य जरुरी रहेको बारे सहभागीहरुले जोड दिएका थिए।

कार्यक्रममा क्षेत्रीय ट्राफिक प्रमुख प्रहरी उपरीक्षक पवन कुमार गिरीले ट्राफिक जनशक्ति, सड्क संकेत, ट्राफिक चिन्ह तथा सडक पुर्बाधारहरुको अवस्था, चुनौती र सामाग्रीहरु निर्माण एवं ब्यवस्थापनमा देखिएका कमि कमजोरी र सुधारका लागी गरिनु पर्ने कार्यहरुका बारेमा अवगत गराउनु भएको थियो।
कार्यक्रमको अन्त्यमा ट्राफिक प्रहरीले इटहरी( धरान सडक खण्डमा चल्ने सात सय वटा साना तथा ठुला सवारी साधनहरुमा ट्राफिक सचेतनामुलक पर्चा पम्प्लेट बितरण गरेका थिए भने सय वटा जति सवारी साधनमा चेतनामुलक स्टिकर टाँसेका थिए।

आत्मविश्वासका साथ पुनःनिर्माणलाई तीव्रता दिउँः प्रधानमन्त्री

काठमाडौं,बैशाख १३ । प्रधानमन्त्री केपी शर्मा ओलीले आत्मविश्वासका साथ पुनःनिर्माण अभियानलाई तीव्रता दिन आग्रह गरेका छन् । सम्पदा पुनःनिर्माण अभियानको प्रारम्भका क्रममा आज स्वयम्भूमा आयोजित कार्यक्रममा प्रधानमन्त्री ओलीले विनाशकारी भूकम्प गएको एक वर्ष बितेपनि पुनःनिर्माणले गति लिन नसकेको स्वीकार गर्दै अब तीव्रताका साथ काम हुने बताए।

प्रधानमन्त्री ओलीले भने, ‘‘जनता अप्ठ्यारो र असुविधामा छन्, त्यसैले तीव्रताका साथ पुनःनिर्माण अभियान सञ्चालनका लागि मैले सम्बन्धित निकायलाई निर्देशन दिइसकेकोे छु । पुनःनिर्माण र देश विकास गर्न सक्छौँ भन्ने आत्मविश्वासका साथ हामी सबै जुटौ।’

उनले आठ लाख निजी घर भत्केको अवस्थामा सरकारले रकम दिए पनि तत्काल नयाँ घर बन्न नसक्ने भएकाले सामूहिक टहरा निर्माणको पनि योजना राखिएको बताए। प्रधानमन्त्री ओलीले कानुन तर्जुमाको ढिलाइले काममा तीव्रता नआएको उल्लेख गर्दै आइतबार १० भन्दा बढी जिल्लामा पुनः निर्माण सुरु भएकाले अब ढिलो नहुने विश्वास दिलाए।

प्रधानमन्त्री ओलीले ऐतिहासिक कला, धर्म, संस्कृति हाम्रा आस्थाको धरोहरलाई बचाउन लगातार काम गर्न पनि आग्रह गरे।

पुरातत्व विभागका महानिर्देशक भेषनारायण दाहालले स्वयम्भू क्षेत्रको पुनःनिर्माणका लागि रु एक करोड ७१ लाखको लागत अनुमान गरिएको जानकारी दिए। त्यहाँका पाँच सम्पदा, २४ पुजारीका घर पुनःनिर्माणका लागि सो बजेट अनुमान गरिएको हो । प्रताप मल्लले बनाएको अनन्तपुर, देवधर्म महाबिहार, टाँसीगोर्मा महाचैत्यलगायत सम्पदा क्षतिग्रस्त भएका थिए ।

स्वयम्भू व्यवस्थापन तथा संरक्षण महासमितिका अध्यक्ष सर्वज्ञरत्न तुलाधरले सरकारले सम्पदा पुनःनिर्माणलाई प्राथमिकता दिनुपर्ने बताए। विनाशकारी भूकम्पको प्रथम वार्षिकीका अवसरमा सरकारले काठमाडौं उपत्यकाका चार महत्वपूर्ण सम्पदास्थलमा प्रमुख दलका शीर्ष नेताको उपस्थितिमा पुनःनिर्माण कार्यको थाली गर्ने कार्यक्रम तय गरेको थियो ।
-सेतोपाटी

Sunday, April 24, 2016

लिसेस्टर सिटी उपाधि नजिक,फेरि ८ अंकको अग्रता

एजेन्सी,बैशाख १३ । इंग्लिस प्रिमियर लिगको शीर्ष स्थानको लिसेस्टर सिटी उपाधि नजिक पुगेको छ । आइतबार राति भएको खेलमा स्वान्सी सिटीलाई ४–० ले हराउदै ८ अंकको अग्रता निकाल्दै उपाधि नजिक पुगेको हो । लिसेस्टर सिटीले खेलको १० औं मिनेटमा रियाद महरेजले गोलबाट सुरुवाती अग्रता लिएको थियो । खेलको ३० औं मिनेटमा लियोनार्डो युलोएले गोल गर्दै लिसेस्टर सिटीको अग्रता दोब्बर पारे।

पहिलो हाफमा २–० को अग्रता लिएको लिसेस्टर सिटीले दोस्रो हाफमा थप दुई गोल गर्यो। ६० औं मिनेटमा युलोएले व्यक्तिगत दोस्रो तथा ८५ औं मिनेटमा मार्क अलब्रिङटनले गोल गरेपछि लिसेस्टर ४–० ले विजयी भयो । जितपछि लिगका तीन खेल बाँकी हुँदा लिसेस्टरको ७६ अंक भएको छ । एक खेल कम खेलेको टोटनह्यामको ६८ अंक छ । ३५ खेलबाट ४० अंक जोडेको स्वान्सी १५ औं स्थानमा छ ।

राप्रपाको कार्यालयमा महिलाको ब्यागबाट कण्डम झरेपछि…

काठमाडौं,बैशाख १३ । पार्टी अध्यक्ष लोकेन्द्रबहादुर चन्दले छोरा जयन्तलाई मन्त्री बनाएपछि राप्रपा केन्द्रीय कार्यालयका कर्मचारीमा निक्कै खुशी छाएको छ । सानो पार्टी भएका कारण यस अघि एउटै मात्र मन्त्री पाउँदै आएकोमा गत सातादेखि पार्टी अध्यक्ष चन्दका छोरा जयन्त थपिएका छन् । जयन्त मन्त्री भएको अवसरमा गत बुधबार पार्टी कार्यालयमा सामान्य जमघट भएको थियो । दिउसो करिब साढे तीन बजेतिर केन्द्रीय कार्यालयका मुख्य सचिव हरि घिमिरेले एक महिला कर्मचारीलाई निमन्त्रण कार्ड ल्याउन निर्देशन दिए । उनले आफ्नो ब्यागबाट ब्यागबाट निमन्त्रण कार्ड निकाल्दै गर्दा तीनवटा अर्कै चीज भूईमा खस्यो । उनले लाजले रातोपिरो हुदै हतारहतार ती चिज ब्यागमा राखिन् ।

ब्यागको अर्को खल्तीबाट दुईवटा निमन्त्रणा कार्ड झिक्दै गर्दा फेरि त्यस्तै एउटा चिज भुइमा खस्यो । उनी फेरि रातोपिरो भइन् । त्यो घटनालाई नियाल्दै गरेका अर्का एक कर्मचारीले ती चिजलाई आफ्नो मोबाइलको क्यामेरामा कैद गर्न भ्याए । उनको क्यामेरामा हेर्दा ती चिज परिवार नियोजनका अस्थायी साधन कण्डमजस्ता देखिन्छन् । पुरुषले प्रयोग गर्ने साधन महिला कर्मचारीको ब्यागमा फेला पर्नुलाई पार्टीभित्र आश्चर्य मानिएको छ । आजको तरुण साप्ताहिकमा खबर छ ।

कहाँ खर्च भयो दाताको ४० अर्ब ? ऋण बढ्यो, अनुदान घट्यो

काठमाडौं,बैशाख १३ । दातृनिकाय तथा आइएनजिओले आफूखुसी खर्च गर्ने क्रम बढेको छ । गत आर्थिक वर्षमा प्राप्त वैदेशिक सहायतामध्ये ३५ प्रतिशत अर्थात् करिब ४० अर्ब रुपैयाँ एनजिओ–आइएनजिओले आफूखुसी खर्च गरेका छन् । अघिल्लो वर्ष विभिन्न दातृनिकायले उपलब्ध गराएको सहायतामध्ये ३० अर्ब यसरी नै खर्च गरेका थिए । दाताको एक खर्ब १३ करोड मध्ये ७० अर्ब बजेट प्रणालीमार्फत खर्च भएको छ । आजको नयाँ पत्रिका दैनिकमा खबर छ ।

ऋण बढ्यो, अनुदान घट्यो

अर्थ मन्त्रालयको प्रतिवेदनअनुसार दातृनिकायले उपलब्ध गराएको ऋणको अनुपात पनि बढेको छ । गत वर्ष उनीहरूले उपलब्ध गराएको सहायतामध्ये १८ प्रतिशत मात्रै ऋण थियो । यस वर्ष ऋणको अनुपात बढेर २४ प्रतिशत पुगेको छ । यस वर्ष सरकारले २५ करोड डलर ऋण लिएको छ । गत वर्ष कुल सहायताको ६६ प्रतिशत अनुदान प्राप्त भएकोमा यस वर्ष अनुदान घटेर ५८ प्रतिशतमा झरेको छ । सरकारले ५९ करोड डलर अनुदान प्राप्त गरेको छ ।

बहुपक्षीयमा विश्व बैंक द्विपक्षीयमा बेलायत अगाडि

सबैभन्दा धेरै सहयोग गर्ने बहुपक्षीय निकायमा विश्व बैंक समूह छ । उसले नेपालमा १८ करोड ८१ लाख डलर सहयोग गरेको छ । विश्व बैंकपछि एसियाली विकास बैंक दोस्रो स्थानमा छ । उसले १४ करोड ७८ लाख डलर नेपालमा खर्च गरेको प्रतिवेदनमा उल्लेख छ । द्विपक्षीय निकायमा धेरै सहायता उपलब्ध गराउनेमा बेलायत रहेको छ । बेलायतबाट १६ करोड ८० लाख डलर सहायता नेपालमा प्राप्त भएको छ । यस्तै, अमेरिकी विकास कार्यक्रमबाट नेपालमा १३ करोड २३ लाख डलर सहायता प्राप्त भएको प्रतिवेदनमा जनाइएको छ ।

एनजिओमध्ये सेभ द चिल्ड्रेन अगाडि

नेपालमा कार्यरत झन्डै तीन सय गैरसरकारी संस्थामध्ये सबैभन्दा धेरै रकम सेभ द चिल्ड्रेनले खर्च गरेको छ । उसले दुई करोड ९० लाख डलर खर्च गरेको छ । गैरसरकारी संस्थाहरूले दातृनिकायबाट उपलब्ध रकम विभिन्न क्षेत्रमा खर्च गरेका छन् । उनीहरूले स्वास्थ्य, शिक्षा, सरसफाइलगायतका क्षेत्रमा बजेट खर्च गर्दै आएका छन् । दोस्रोमा वल्र्ड भिजन छ । उसले एक करोड २३ लाख डलर नेपालको विभिन्न क्षेत्रमा खर्चंदै आएको छ । गैरसरकारी संस्थाले सञ्चालन गरेका कार्यक्रममध्ये काठमाडौंमा सबैभन्दा धेरै ३१ वटा छन् । यस्तै, सिन्धुपाल्चोकमा २४, बर्दिया र ललितपुरमा १८–१८ तथा बाँकेमा १७ वटा कार्यक्रम सञ्चालित छन् । गैरसरकारी संस्थाको कार्यक्रम मनाङबाहेक देशका ७४ जिल्लामा सञ्चालित रहेको प्रतिवेदनमा उल्लेख छ ।

मध्यमाञ्चलमा सबैभन्दा धेरै खर्च

गत आर्थिक वर्षमा प्राप्त सहायतामध्ये मध्यमाञ्चल विकास क्षेत्रमा सबैभन्दा धेरै खर्च भएको छ । मध्यमाञ्चलमा २६ करोड २४ लाख डलर खर्च भएको उल्लेख छ । यस्तै, पूर्वाञ्चल विकास क्षेत्रमा १२ करोड, मध्यपश्चिमाञ्चलमा १० करोड, सुदूरपश्चिमाञ्चलमा ९६ लाख तथा पश्चिमाञ्चल विकास क्षेत्रमा ९५ लाख डलर खर्च भएको छ ।

स्वास्थ्य क्षेत्रमा सबैभन्दा धेरै सहायता

प्रतिवेदनअनुसार सबैभन्दा धेरै बजेट सहायता स्वास्थ्य क्षेत्रमा आएको छ । स्वास्थ्यमा १७ करोड ७७ लाख अमेरिकी डलर खर्च भएको छ । यो रकम कुल सहायताको १७.४१ प्रतिशत हो । यस्तै, दोस्रो स्थानमा स्थानीय विकास छ । स्थानीय विकासमा १२.२३ प्रतिशत सहायता खर्च भएको छ । गत वर्ष शिक्षा क्षेत्रमा सबैभन्दा धेरै सहायता खर्च भएको थियो । यस वर्ष शिक्षा क्षेत्र तेस्रो स्थानमा छ । शिक्षामा ११.१३ प्रतिशत अर्थात् ११ करोड ३६ लाख डलर खर्च भएको प्रतिवेदनमा उल्लेख छ ।

युनिसेफद्वारा आफूखुसी दुई अर्ब खर्च
गैरसरकारी संस्था तथा दातृनिकायले बजेट बाहिरबाट ६९ वटा कार्यक्रममा खर्च गरेका छन् । बजेट बाहिरबाट सबैभन्दा धेरै खर्च गर्नेमा राष्ट्रसंघीय बाल कोष ९युनिसेफ० छ । युनिसेफले एक करोड ७० लाख डलर अर्थात् करिब दुई अर्ब रुपैयाँ आफूखुसी खर्च गरेको छ । उसका ११ मध्ये पाँचवटा कार्यक्रम बजेट बाहिरका छन् ।

अर्थ मन्त्रालयले सार्वजनिक गरेको विकास साझेदार प्रतिवेदन २०१४र०१५ अनुसार राष्ट्रसंघीय महिला विकास कार्यक्रम (युएन वुमन) ले नेपालमा सञ्चालन गरेका ३० वटै कार्यक्रममा बजेट बाहिरका हुन् । उसले आठ लाख डलर अर्थात १० करोड रुपैयाँभन्दा धेरै यसरी खर्च गरेको छ । नेपालमा नर्वे, डेनमार्क, फिनल्यान्डलगायतका देशबाट प्राप्त सहयोग पनि बजेट बाहिरबाट खर्च भएको छ । राष्ट्रसंघीय खाद्य तथा कृषि कार्यक्रम ९एफएओ०, अन्तर्राष्ट्रिय श्रम संगठन ९आइएलओ०, जापान अन्तर्राष्ट्रिय सहायता संस्था ९जाइका०बाट प्राप्त सहयोग पनि बजेट प्रणालीभन्दा बाहिरबाट नै खर्च भएको छ ।

किन हुन्छ बजेट बाहिरबाट खर्च ?

बजेट प्रणालीबाट खर्च गर्नुपर्दा गैरसरकारी संस्थाहरू सरकारीसरह कानुनी बन्धनमा बस्नुपर्छ । उनीहरूले गर्ने ठेक्कापट्टा तथा खर्च सबै सरकारी नियमअनुसार नै हुन्छ । तर, बजेट बाहिरबाट खर्च गर्दा उनीहरू आफैँले मनलागे जसरी खर्च गर्न पाउँछन् ।

देउवाको दिल्ली भेटघाटले काठमाडौंमा तरंग

काठमाडौं,बैशाख १३ । कांग्रेस सभापति तथा पूर्व प्रधानमन्त्री शेरबहादुर देउवा यतिखेर दिल्लीमा छन् । उनी दिल्ली पुग्नासाथ नेपाली राजनीतिमा अज्ञात आशंकाहरु बढ्दो छ । एक जना नेता दिल्ली जानु खासै ठूलो कुरा होइन होला । तर, देउवाको दिल्ली भ्रमण अनेक कारणले अनौठो देखिएको छ । मुख्य कुरा उनले भारतीय गुप्तचार संस्था रअका प्रमुख राजिन्दर खन्नासँग भेटेका छन् ।

देउवाको दिल्ली भ्रमण विगतजस्तो सामान्य मात्र रहेन । उनले जे जस्तो भेटघाट गरेका छन् त्यसले अनेक संकेत दिएको छ । दिल्ली नेपालमा के चाहन्छ भन्ने एकसरो संकेत यो भ्रमणका क्रममा मिलेको जानकारहरु बताउँछन् । नेपालमा नाकाबन्दी लगाइँदा भारतको सत्ता र विपक्षका पार्टीहरु विभाजित भएका थिए । भारतको राज्यसभामा नेपाल सम्बन्धमा बेग्लै बैठक आयोजना गरेर सत्तापक्ष र विपक्षले जुहारी खेलेका थिए । अहिले विपक्षले नेपाल मामिलामा सत्तापक्षको आलोचना गरेको सुनिंदैन । बरु नेपालबारे उनीहरुले मिलेर खेल्न थालेको संकेत मिलेको छ । उच्च स्रोतका अनुसार रअका प्रमुखसँग देउवाले भेट गर्नुलाई अनौठो मानिएको छ । कुनै देशका उच्च नेता अर्को देशमा जाँदा त्यहाँका गुप्तचर प्रमुखसँग भेट्नु अस्वभाविक मानिन्छ । तर, के कुरा भयो खुलाइएको छैन । नेपालमा वेटिङ प्रधानमन्त्रीका रुपमा रहेका देउवाले यसरी भेट्नु आपत्तिजनक भएको जानकारहरु बताउँछन् ।

देउवाको हिन्दु अतिवादी संस्था राष्ट्रिय स्वयंसेवक संघ (आरआरएस)का नेता राममाधव सिंहलाई भेट्नुलाई झन् अनौठो र अर्थपूर्ण मानिएको छ । यो संघलाई पार्टी बिजेपीभन्दा पनि शक्तिशाली मानिन्छ । किनकी यसैले भाजपा चलाउने हैसियत राख्ने चर्चा गरिन्छ । भाजपालाई हिन्दुत्वको विषयमा यसैले गाइड गर्छन । यस अघि पनि देउवा दिल्ली जाँदा हिन्दु राज्यको पक्षमा उभिन भनिएको थियो । फेरि पनि यही भन्न खोजिएको चर्चा गरिन्छ । देउवा पक्षकै नेता खुमबहादुर खड्का हिन्दु राष्ट्रको अभियानमा छन् । अर्का महामन्त्री शशांक कोइरालाले पनि हिन्दु राष्ट्रको पक्षमा वकालत गरिरहेका छन् । त्ससैले सरकार परिवर्तन र हिन्दुको विषयमा देउवाको सक्रियतालाई महत्वको साथ हेरिएको आजको साँघु साप्ताहिकमा खबर छ ।

Featured Post

माओवादी केन्द्रका तीन मन्त्रीमा महरालाई अर्थ, दुई नयाँ अनुहार

काठमाडौं,साउन २० । माओवादी केन्द्रका अध्यक्ष तथा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड नेतृत्वको सरकारमा पहिलो चरणमा तीन जना मन्त्री पठाउने भ...

Popular Posts