Sunday, June 12, 2016

रंगशालामा नयाँ शक्तिको सदस्यहरुलाई भट्टराईको सपथ,के छ सपथमा ?

काठमाडौं,जेठ ३० । डा बाबुराम भट्टराई नेतृत्वको नयाँ शक्ति नेपाल पार्टीको घोषणा भएको छ । घोषणा सभामा भट्टराईले नयाँ सदस्यहरुलाई सपथग्रहण गराएका छन्। त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा आइतबार आयोजित एक कार्यक्रममा नयाँ सदस्यहरुलाई सपथग्रहण गराएका छन्।
डा।भट्टराईले लिखित सपथ पढ्दै उपस्थित पार्टीका सदस्यहरुलाई दोहोर्‍याउन लगाएका थिए।
शपथ–ग्रहणको व्यहोरा यस्तो छ

१. म, (……) नयाँ शक्ति नेपालको सदस्य भएकोमा गर्व गर्दछु । यही गर्वका साथ म मेरो देश, शहीदहरु, नेपाली जनता र यसको गौरवशाली इतिहासलाई साक्षी राख्दै निम्न प्रतिज्ञा गर्दछु,
२. म, नेपाली जनताको लोकतन्त्र, संघीयता, समृद्धि, विकास र सामाजिक न्यायको सपनालाई पूरा गर्न वचनवद्ध छु ।
३. म, आफ्नै जीवनकालमा समृद्ध नेपाल निर्माण गर्न सम्भव छ भन्ने विश्वास राख्दछु ।
४. म, सबै नेपाली जनताको समान पहिचान र स्वामित्व सहितको स्वाधीन, समृद्ध, समानुपातिकरसमावेशीरसहभागितामूलक लोकतन्त्र र समुन्नत समाजवाद निर्माणकालागि क्रियाशील रहनेछु ।
५. म, जीनवनभर सुशासन, सदाचार, मानवीय मूल्य र गरिमा बृद्धिकालागि लागिरहनेछु ।
६. म, कहिल्यै सार्वजनिक हितलाई कुण्ठित गर्ने छैन र निजी स्वार्थकालागि राजनीति गर्नेछैन ।
७. म, सधैं श्रमको सम्मान गर्नेछु ।
८. म, जे बोल्छु, त्यही गर्नेछु र सधैं सकारात्मक सोंच राख्नेछु ।
९. म, नयाँ शक्ति नेपाललाई एक वैकल्पिक राजनीतिक पार्टीको रुपमा विकास गर्दै यसको लक्ष्य र उद्देश्य प्राप्त गर्न निरन्तर क्रियाशील रहनेछु ।
१०. नयाँ शक्ति नेपाल, जिन्दावाद !

No comments:

Post a Comment

Featured Post

माओवादी केन्द्रका तीन मन्त्रीमा महरालाई अर्थ, दुई नयाँ अनुहार

काठमाडौं,साउन २० । माओवादी केन्द्रका अध्यक्ष तथा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड नेतृत्वको सरकारमा पहिलो चरणमा तीन जना मन्त्री पठाउने भ...

Popular Posts