Saturday, June 11, 2016

इंग्ल्याण्डको निराशाजनक प्रदर्शन, रुससँग बराबरीमा रोकियो

एजेन्सी,जेठ ३० । इंग्ल्याण्डले युरो कप २०१६ मा निराशाजनक सुरुवात गरेको छ । प्रदर्शन गरेको छ । आइतबार विहान भएको खेलमा रसियाले इंग्ल्याण्डलाई १–१ को बराबरीमा रोकेको हो । समूह बी अन्तर्गत रहेका इंग्ल्याण्ड र रुस बीचको खेल इन्जुरी समयमा रुसका भासिली बेरेजुट्स्कीले गोल गरेपछि खेल बराबरीमा सकिएको हो ।

पहिलो हाफमा गोल रहित बराबरी भएको खेलमा ७३ औं मिनेटमा एरिक डिएरले २० यार्डबाट प्रहार गरेको फ्रि–किक गोलमा परिणत भएपछि इंग्ल्याण्डले सुरुवाति अग्रता लिएको थियो ।रुसका भासाली बेरोजोस्कीले खेल सकिन २ मिनेट बाँकी छँदा गोल गरेपछि खेल बराबरीमा सकियो । वायने रुनीले खेलमा राम्रो प्रदर्शन गरे पनि गोल भने गर्न सकेनन् ।
योसहित नवौं पटक युरोकपमा सहभागिता जनाएको इंग्ल्याण्डले अहिलेसम्म सुरुको खेल जितेको छैन । इंग्ल्याण्डले अब बिहीबार वेल्ससँग खेल्ने छन् ।

No comments:

Post a Comment

Featured Post

माओवादी केन्द्रका तीन मन्त्रीमा महरालाई अर्थ, दुई नयाँ अनुहार

काठमाडौं,साउन २० । माओवादी केन्द्रका अध्यक्ष तथा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड नेतृत्वको सरकारमा पहिलो चरणमा तीन जना मन्त्री पठाउने भ...

Popular Posts