Sunday, June 12, 2016

‘पहिचान देखाउने गरिने शक्ति प्रदर्शन कुनै नौलो होईन’ :प्रवक्ता भुसाल

काठमाडौं,जेठ ३० । नेकपा माओवादी केन्द्रका प्रवक्ता पम्फा भुसालले आफ्नो पार्टीले राष्ट्रिय सरकारको गृहकार्य सुरू गरेको बताएकी छन्। रफत सञ्चार क्लबले आइतबार आयोजना गरेको साक्षतकार कार्यक्रममा भुसालले हाल आफ्ना मन्त्रीहरुलाई सरकारबाट फिर्ता नबोलाउने भन्दै उनले नेकपा माओवादीको नेतृत्वमा राष्ट्रिय सहमतीको सरकार निर्माणमा लागि बिभिन्न दलहरुसँग छलफल सुरू गरिरहेको बताइन्।

बिभिन्न फुटबाट एक जुट भएको माओवादी केन्द्रमा ढिला चाँडै भए पनि किरण, बाबुराम र बिप्लब आउने भन्दै उनले आफ्नो पहिचान देखाउने गरिने शक्ति प्रदर्शन कुनै नौलो नभएको बताइन्। उनले माओवादीलाई चट्क्कै छाडेर जानुको साट्टो माआवादीमै समाहित भएर बाबुराम, बिप्लबले आफ्नो जिम्मेवारी लिएर काम गर्दा सबैको लागि हित हुने बताइन्।
मधेश आन्दोलनका जायज मागलाई सम्बोधन गर्दै उनीहरूलाई समेत राष्ट्रिय सरकारमा सामेल गर्न नेकपा माओवादी केन्द्र सक्षम रहने बताइन्।
नेपालमा प्रत्यक्ष रूपमा बिदेशी हस्तक्षेप रहेको भन्दै सुगौली सन्धी, राजनीतिक, आर्थिक, जलस्रोत, सिमादेखि बिभिन्न क्षेत्रमा हस्तक्षेप भएको सबैका अघि स्पष्ट भएको उनले बताइन्। बिभिन्न देशहरुको हस्तक्षेपका अघि नेपालले नयाँ उपनिबेशको सामना गरिरहेको बताउँदै उनले हालसम्म भारत लगायत अन्य देशको हस्तक्षेप जारी रहेको दाआ गरिन्।
चीन तर्फका नाका बिस्तारका लागि नेपाल सरकारले सम्झौता गरिसकेको र त्यसलाई पूर्णता दिन नेपाल अग्रसर बन्नु पर्ने उनको टिप्पणी छ।

No comments:

Post a Comment

Featured Post

माओवादी केन्द्रका तीन मन्त्रीमा महरालाई अर्थ, दुई नयाँ अनुहार

काठमाडौं,साउन २० । माओवादी केन्द्रका अध्यक्ष तथा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड नेतृत्वको सरकारमा पहिलो चरणमा तीन जना मन्त्री पठाउने भ...

Popular Posts