Saturday, June 4, 2016

मधेसी मोर्चाका दुई घटकबीच कुटाकुट

काठमाडौं,जेठ २३ । तराई मधेस लोकतान्त्रिक पार्टीका सांसद जंगीलाल राय र संघीय समाजवादी फोरम नेपालका जिल्ला अध्यक्ष अशोककुमार यादबबीच जग्गाको कम्पाउन्ड लगाउने विषयमा झडप हुँदा चार जना घाइते भएका छन् ।

झडपमा परेर टाउकोमा चोट लागेका राधेश्याम रायलाई हेटौंडास्थित अस्पताल भर्ना गरिएको संघीय समाजवादी फोरलाई उद्धत गर्दै आजको नेपाल समाचारपत्र दैनिकले जनाएको छ । झडपमा परी बृजनन्दन राय, कपिलदेव राय र अजयकुमार यादव घाइते भएका छन् । जंगीलाल राय सर्लाही क्षेत्र नं ५ बाट तमलोपाका निर्वाचित संसाद हुन् । प्रहरीले तमलोपा सांसद रायबाट एक थान बाह्र बोर बन्दुक बरामद गरेको छ ।सांसद जंगीलाल रायले सर्वोच्च अदालतले गरेको फैसलाअनुसार जग्गा छुट्याएर आफ्नो कम्पाउन्ड लगाउने क्रममा झडप भएको बताए ।

No comments:

Post a Comment

Featured Post

माओवादी केन्द्रका तीन मन्त्रीमा महरालाई अर्थ, दुई नयाँ अनुहार

काठमाडौं,साउन २० । माओवादी केन्द्रका अध्यक्ष तथा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड नेतृत्वको सरकारमा पहिलो चरणमा तीन जना मन्त्री पठाउने भ...

Popular Posts