Saturday, June 4, 2016

अध्यक्षमा अग्रवाल,महासचिवको जिम्मेवारी पारस खड्कालाई

काठमाडौ,जेठ २२ । नेपाली राष्ट्रिय टिमको पूर्व कप्तान पवनकुमार अग्रवाल क्रिकेट खेलाडी संघको अध्यक्षमा चयन भएका छन् । त्रिवि क्रिकेट मैदानको हलमा शनिवार भएको वार्षिक साधारण सभाले अग्रवालको अध्यक्षतामा ११ सदस्यीय कार्य समिति चयन गरेको हो ।

महासचिवको जिम्मेवारी भने वर्तमान नेपाली राष्ट्रिय टोलीका कप्तान पारस खड्काले पाएका छन् । समितिको उपाध्यक्षमा विनोदकुमार दास र सिता रानामगर,सचिवमा अनिलकुमार मण्डर र कोषाध्यक्षमा पृथु बास्कोटा चयन भएका छन् । त्यस्तै सदस्यहरुमा राजु वस्नेत, शक्ति गौचन, ज्ञानेन्द्र मल्ल, निरा राजोपाध्याय र विनोद भण्डारी चयन भएका छन् । नयाँ कार्यसमितिको समितिको कार्यकाल दुई वर्षको हुनेछ ।

कार्यसमिति:
अध्यक्ष – पवनकुमार अग्रवाल
उपाध्यक्ष – विनोदकुमार दास
उपाध्यक्ष – सिता रानामगर
महासचिव – पारस खड्का
सचिव – अनिलकुमार मण्डल
कोषाध्यक्ष – पृथु वास्कोटा
सदस्यहरु :
राजु वस्नेत
शक्तिप्रसाद गौचन
ज्ञानेन्द्र मल्ल
निरा राजोपाध्याय
विनोद भण्डारी

No comments:

Post a Comment

Featured Post

माओवादी केन्द्रका तीन मन्त्रीमा महरालाई अर्थ, दुई नयाँ अनुहार

काठमाडौं,साउन २० । माओवादी केन्द्रका अध्यक्ष तथा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड नेतृत्वको सरकारमा पहिलो चरणमा तीन जना मन्त्री पठाउने भ...

Popular Posts