Saturday, June 4, 2016

धोका दिएको भन्दै देउवासँग चिढिए खुमबहादुर

काठमाडौं,जेठ २३ । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवासँग नेता खुमबहादुर खड्का चिढिएका छन् । गत फागुनमा सम्पन्न १३ औं महाधिवेशनमा देउवालाई सभापति बनाउन महत्वपूर्ण भूमिका खेलेका खड्का धोका दिएको भन्दै देउवासँग चिढिएका आजको राजधानी दैनिकमा समाचार छ ।

खड्काले देउवाबाट धोका भएको बताएलगत्तै महाधिवेशन अघि भएको भद्र सहमति कार्यान्वयन गर्न ढिलो भएको भन्दै खड्का निकट नेताहरु असन्तुष्ट भएका छन् । कांग्रेसको महाधिवेशनअघि नै देउवा सभापतिमा विजयी भए खड्कालाई उपसभापतिमा मनोनयान गर्ने पस्ट सहमति भएको उनीहरुको भनाइ छ ।

तर, देउवानिकट नेताहरु भने महाधिवेशनपछि खड्कालाई उपसभापति बनाउन परिस्थिति त्यति सहज र अनुकुल नभएको बताउँछन् । त्यसैले खड्कालाई उपसभापतिमा मनोनयन गर्ने सम्भावना कम हुँदै गएको देउवा निकट नेताहरुको भनाइ छ । देउवा निकट नेताहरु परिस्थितिले पूर्वमहामन्त्री विमलेन्द्र निधिलाई उपसभापति मनोनयन गर्नुपर्ने अवस्था सिर्जना हुँदै गएको बताउन थालेका छन् ।

No comments:

Post a Comment

Featured Post

माओवादी केन्द्रका तीन मन्त्रीमा महरालाई अर्थ, दुई नयाँ अनुहार

काठमाडौं,साउन २० । माओवादी केन्द्रका अध्यक्ष तथा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड नेतृत्वको सरकारमा पहिलो चरणमा तीन जना मन्त्री पठाउने भ...

Popular Posts