Tuesday, June 14, 2016

बिबिएस प्रथम वर्षको परीक्षाफल प्रकाशित  

काठमाडौं,जेठ ३२ । त्रिभुवन विश्वविद्यालय परीक्षा नियन्त्रण कार्यालय बल्खुद्वारा २०७२ मा सञ्चालित व्यवस्थापन सङ्कायतर्फ चारवर्षे स्नातक तह (बिबिएस) प्रथम वर्षको परीक्षाफल आज प्रकाशन गरिएको छ । असोज तथा मंसिर र पुसमा सञ्चालित सो परीक्षाको नतिजा http://ift.tt/1tgcQoK, http://ift.tt/1tgcQoM, www.edusanjal.com, www.tu.ntc.net.np मा हेर्न सकिनेछ।

यस्तै त्रिवि सङ्गठन तथा शैक्षिक प्रशासनसम्बन्धी नियम २०५० अनुसार परीक्षाको मर्यादा विपरीत काम गर्ने आठ परीक्षार्थीलाई दुई वर्षसम्मका लागि त्रिविका कुनै पनि परीक्षामा सामेल हुन नपाउने गरी निष्काशन गरिएको छ। निष्काशनमा पर्नेमा ७०१५०४०८, ७०१९०२५९, ७०३९०२८०, ७२६२००४३, ७२७८०२७७, ७३९६००९५, ७७५४००७३ र ७०८४६०००९ नम्बर भएका परीक्षार्थी रहेका छन्।

No comments:

Post a Comment

Featured Post

माओवादी केन्द्रका तीन मन्त्रीमा महरालाई अर्थ, दुई नयाँ अनुहार

काठमाडौं,साउन २० । माओवादी केन्द्रका अध्यक्ष तथा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड नेतृत्वको सरकारमा पहिलो चरणमा तीन जना मन्त्री पठाउने भ...

Popular Posts