Tuesday, June 14, 2016

रसियालाई एक लाख ५० हजार युरो जरिवाना,हिंसा मच्चाउनेलाई देशनिकाला

एजेन्सी,जेठ ३२ । रुसी फुटबल संघलाई एक लाख ५० हजार युरो जरिवाना लगाइएको छ। फ्रान्समा जारी युरोकप अन्तगर्त समर्थकले गरेको हिंसात्मक व्यवहारका कारण जरिवानामा परेको छ । युरोपियन फुटबलको सर्वोच्च निकाय युइएफएले कारबाही गरेको हो। फेरि पनि समर्थकले पुरानै व्यवहार दोहोर्‍याए युरो प्रतियोगिताबाटै निलम्बन गर्ने उसले चेतावनी दिएको छ। रुसका समर्थकलाई रंगभेद गरेको आरोप प्रमाणित भएको छ । रुसलाई युइएफएको यस निर्णय बिरुद्ध अपील गर्ने अधिकार छ ।

मार्सेलीमा भएको खेलमा इंग्ल्याण्डसाग १-१ गोलको बराबरी भएपछि रुसी समर्थकले रंगशालाभित्रै हिंसात्मक आक्रमण गरेका थिए । युरोकपका क्रममा इंग्लयाण्ड र रसियाबीचको खेलपछि रंगशाला वरपर वितण्डा मच्चाउने रुसी समर्थकलाई फ्रान्सले देश निकाला गर्ने भएको छ । फ्रान्सेली प्रहरीले १५० जनाको ‘पूर्ण प्रशिक्षित रुसी गुण्डा’को समूहलाई मार्सेलीमा भएको इंग्लयाण्ड र रसियाबीचको खेलमा १-१ को बराबरी भएपछि भएको हिंसात्मक झडपमा दोषि ठहर्‍याएको बिबिसीले जनाएको छ ।

No comments:

Post a Comment

Featured Post

माओवादी केन्द्रका तीन मन्त्रीमा महरालाई अर्थ, दुई नयाँ अनुहार

काठमाडौं,साउन २० । माओवादी केन्द्रका अध्यक्ष तथा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड नेतृत्वको सरकारमा पहिलो चरणमा तीन जना मन्त्री पठाउने भ...

Popular Posts