Monday, June 13, 2016

कांग्रेसलाई सत्ताको भन्दा व्यवस्थाको चिन्ता छ :पौडेल

चितवन,जेठ ३२ । नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले कांग्रेसलाई सत्ताको भन्दा व्यवस्थाको चिन्ता रहेको बताएका छन् । प्रेस युनियन चितवनले आज आयोजना गरेको पत्रकार सम्मेलनमा नेता पौडेलले कांग्रेसले हटाउँछु भन्दैमा ओली सरकार नहट्ने बताउदै कांग्रेसलाई सरकारमा जान हतार नभएको बताए ।

लामो समयदेखि स्थिर सरकार हुन नसकेका कारण अब संविधान कार्यान्वयन गर्दै स्थिर सरकार निर्माण गर्नेतर्फ कांग्रेस लाग्ने बताए । उनले संविधान कार्यान्वयन गर्न सरकारमा जानुपर्छ भन्ने छैन भन्दै उनले भने “कानुन संसद्ले बनाउने हो, कांग्रेस संसदमा छ, त्यहीँ बसेर कानुन निर्माण गर्दै संविधान कार्यान्वयनमा लाग्छौँ ।”

उनले केपी ओली नेतृत्वको सरकार रहन्छ रहँदैन भन्ने कुरा सरकारमा रहेका घटकको कुरा भएको बताउँदै भने, “कांग्रेसले हटाउँछु भनेर हट्ने र राख्छु भनेर रहने होइन, त्यो घटकमा जबसम्म तालमेल रहन्छ तबसम्म केपी ओली नेतृत्वको सरकार रहन्छ ।”

No comments:

Post a Comment

Featured Post

माओवादी केन्द्रका तीन मन्त्रीमा महरालाई अर्थ, दुई नयाँ अनुहार

काठमाडौं,साउन २० । माओवादी केन्द्रका अध्यक्ष तथा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड नेतृत्वको सरकारमा पहिलो चरणमा तीन जना मन्त्री पठाउने भ...

Popular Posts