काठमाडौं,जेठ २४ । बरिष्ठ संगीतकार अम्बर गुरुङको स्वास्थ्य अवस्था जटिल बनेको छ । गुरूङलार्इ ग्राण्डी अस्पतालमा भेन्टिलेटरमा राखिएको छ। अस्पतालमा रहेका अमरका जेठा छोरा किशोर गुरूङ्का अनुसार अमर गुरूङ्को अवस्था अत्यन्त चिन्ताजनक रहेको जानकारी दिएका छन्।
महीनादिन अघिमात्र भारतमा उपचारपछि फर्कनुभएका गुरुङ रोगले च्यापेपछि हप्तादिन अघि अस्पताल भर्ना हुनुभएको हो । अन्ननलीमा समस्या, श्वासप्रश्वासमा जटिलता, मधुमेह तथा उच्च रक्तचाप लगायत समस्याले ग्रसित गुरुङ राष्ट्रिय गानका सङ्गीतकार समेत हुनुहुन्छ ।
No comments:
Post a Comment