Wednesday, April 13, 2016

साढे ५ लाख बालबालिका स्कुलबाहिरै

काठमाडौं,बैशाख २ । सरकारले १२ वर्षदेखि भर्ना अभियान चलाउँदै आएपनि अझै साढे ५ लाख बालबालिका विद्यालयबाहिर छन्। यसवर्ष पनि सरकारले ‘हामी सबैको इच्छा सर्वसुलभ विद्यालय शिक्षा’ भन्ने नारा दिएर बिहीवारदेखि भर्ना अभियान सञ्चालन गर्दैछ। विज्ञहरुका अनुसार हेरक वर्ष तामझामका साथ गरिने सरकारी भर्ना अभियानले सीमान्तकृत र अल्पसंख्यक समुदायका बालबालिकालाई विद्यालयमा तान्न सकेको छैन। शिक्षा विभागका अनुसार आधारभूत तय कक्षा (१–८) सम्म अध्ययन गर्ने उमेर समूहका ५ लाख ५१ हजार ५ सय ४२ बालबालिका विद्यालयबाहिर छन्।

तिनमा प्राथमिक तह अध्ययन गर्ने उमेर समूहका मात्रै १ लाख ६ हजार तीन् सय ७ बालबालिका छन्। विभागका अनुसार सामुदायिक र निजी विद्यालयमा ५ देखि १६ वर्ष उमेरका ६५ लाख ६२ हजार विद्यार्थीहरु विद्यालय तहमा अध्ययनरत छन्। यसमध्ये ६० प्रतिशत बालबालिका दुर्गम भेगका छन्। कान्तिपुर दैनिकमा समाचार छ।

No comments:

Post a Comment

Featured Post

माओवादी केन्द्रका तीन मन्त्रीमा महरालाई अर्थ, दुई नयाँ अनुहार

काठमाडौं,साउन २० । माओवादी केन्द्रका अध्यक्ष तथा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड नेतृत्वको सरकारमा पहिलो चरणमा तीन जना मन्त्री पठाउने भ...

Popular Posts