Wednesday, April 13, 2016

सुराकीका नाममा गृहमन्त्रीद्धारा आधा करोड झ्वाम

काठमाडौं,बैशाख २ । सुराकी खर्चको नाममा गृहमन्त्री र गृहसचिवले अपारदर्शी रुपमा ठुलो धन राशी खर्च गर्ने गरेको पाइएको छ । महालेखा परिक्षकको ५३ औं प्रतिवेदनले त्यस्तो औंल्याएको हो । प्रतिवेदनअनुसार आर्थिक वर्ष ०७१/७२ मा राष्ट्रिय अनुसन्धान विभागका ७५ जिल्ला तथा ५ क्षेत्रीय कार्यालयले एक वर्षमा सुराकी खर्च वापत २५ लाख रुपैयाँ बजेट पाएका थिए ।

तर, तत्कालिन गृहमन्त्री वामदेव गौतम एक्लैले झण्डै दोब्बर रकम खर्च गरेका छन् । आजको नयाँ पत्रिका दैनिकमा खबर छ – गृहमन्त्री गौतम मात्र होइनन्, तत्कालिन गृहसचिव सूर्य सिलवालले पनि धेरै खर्च गरेको प्रतिवेदनमा उल्लेख छ ।

No comments:

Post a Comment

Featured Post

माओवादी केन्द्रका तीन मन्त्रीमा महरालाई अर्थ, दुई नयाँ अनुहार

काठमाडौं,साउन २० । माओवादी केन्द्रका अध्यक्ष तथा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड नेतृत्वको सरकारमा पहिलो चरणमा तीन जना मन्त्री पठाउने भ...

Popular Posts