Wednesday, April 13, 2016

एमाले महाधिवेशनको हिसाव किताब मिलेन

काठमाडौं,बैशाख २ । एमालेले करिब दुई वर्षअघि भएको नवौं महाधिवेशनको आम्दानी खर्चको हिसाव किताव अझै र्फस्योट गर्न सकेको छैन । केन्द्रीय लेखा आयोगका अध्यक्ष डा. पुष्प कँडेलले महाधिवेशनको हिसाव किताब नमिलेको बताएको छ । प्रधानमन्त्री निवास बालुवाटारमा बुधवार बसेको केन्द्रीय कमिटीको बैठकमा कँडेलले भने,’सबै अडिट भइनसकेकाले सवै विवरण पेश गर्न सकिएको छैन ।’

कंँडेलले असार ०७१ मा सम्पन्न नवौं महाधिवेशनमा पाँच करोड सहयोग संकलन गर्ने लक्ष्य राखिएकोमा एक करोड रुपैयाँमात्रै आम्दानी भएको तर खर्च भने चारकरोड रुपैयाँ हाराहारीमा भएको जनाएका छन् । सवै महाधिवेशन तिर लाग्दा अनुमानित रकम उठ्न नसकेको जसले गर्दा महाधिवेशन खर्च घाटा देखिएको कँडेलले बताए । आजको नयाँ पत्रिका देनिकमा समाचार छ ।

No comments:

Post a Comment

Featured Post

माओवादी केन्द्रका तीन मन्त्रीमा महरालाई अर्थ, दुई नयाँ अनुहार

काठमाडौं,साउन २० । माओवादी केन्द्रका अध्यक्ष तथा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड नेतृत्वको सरकारमा पहिलो चरणमा तीन जना मन्त्री पठाउने भ...

Popular Posts