काठमाडौं,चैत १ । काठमाडौं-उपभोक्तासँग चर्को मूल्य असुलेर पेट्रोल बेचिरहेको विराट पेट्रोलियमले झुटो दलिल अघि सारेर कालोबजारी गरेको पुष्टि हुँदै छ। अन्तःशुल्क नै महँगो परेकाले भाउ चर्किएको दाबी गर्ने विराटले आइतबार एकाएक मूल्य घटाएपछि उसले वितरण गरेको पेट्रोलको गुणस्तरमाथि नै आशंका उब्जिएको छ। अाजको नागरिक दैनिकमा समाचार छ ।
२० प्रतिशतभन्दा नाफा राख्न नपाइने कानुनी सीमा मिचेर प्रतिलिटर १ सय ३० रुपैयाँमा पेट्रोल बेचेको विराटले चौतर्फी आलोचनापछि आइतबार भाउ घटाएर आयल निगमकै सरह ९९ रुपैयाँमा बेच्न थालेको हो । विराटले यु–४ मापदण्डको पेट्रोल बेचेको दाबी गर्दै आएको छ ।
त्रिपुरेश्वरस्थित जयन्ती आयल स्टोरका व्यवस्थापक राजकुमार महर्जनले आइतबारदेखि प्रतिलिटर ९९ रुपैयाँमा बेच्न मिल्ने गरी विराटले पेट्रोल उपलब्ध गराएको बताए । ‘शनिबारसम्म १ सय ३० रुपैयाँमा बेचेका थियौँ,’ उनले नागरिकसँग भने, ‘चार दिन बेचेपछि मूल्य परिवर्तन भयो ।’ माली आयल, कालिमाटी, भ्याली रिकेश आयल स्टोर्स, गैरीगाउँ र जयन्ती आयल स्टोर्स, त्रिपुरेश्वरले निगमकै अनुमतिमा विराटको महँगो पेट्रोल बेच्दै आएका थिए ।
प्रतिलिटर ३९ रुपैयाँ ६० पैसामा खरिद गरेको तेल अन्तःशुल्क, कर, ढुवानी, व्यवस्थापन, प्राविधिक क्षति, वित्तीय शुल्क, डेमरेजलगायत खर्च जोडेर १ सय ३० रुपैयाँमा बेच्दा पनि १३ रुपैयाँ ७ पैसा घाटा भएको विराटको दाबी थियो । निगमले भने ९९ रुपैयाँमा बेच्दा पनि १७ रुपैयाँ नाफा हुने बताउँदै आएको छ ।
भारतबाट पेट्रोल ल्याउँदा प्रतिलिटर १०.३२ पैसा अन्तःशुल्क लाग्ने भए पनि विराटले २४ रुपैयाँ ९४ पैसा बढी देखाएर उपभोक्ता ठगेको खुलेको छ । ‘विराटले भारतमा ३५ रुपैयाँ २८ पैसा अन्तःशुल्क तिरेँ भन्नु झुटो हो,’ निगमका एक निर्देशकले भने, ‘प्रतिलिटर १० रुपैयाँ ३२ पैसा मात्र अन्तःशुल्क लाग्छ तर विराटले ३५ रुपैयाँ २८ पैसा लाग्यो भनेर सबैलाई झुक्यायो ।’
१ लाख ३२ हजार लिटर पेट्रोल ल्याएको विराटले त्यसमध्ये धेरै परिमाण महँगोमा बेचिसकेपछि मूल्य घटाएको छ । यससँगै विराटले ‘असामान्य नाफा’ राखेर असुलेको अतिरिक्त रकम उपभोक्तालाई फिर्ता गर्नुपर्ने आवाज उठ्न थालेको छ । ‘निगमको भन्दा ३१ रुपैयाँ महँगोमा तेल भ¥यौँ,’ जयन्तीमा पेट्रोल भरेका एक उपभोक्ताले भने, ‘हामीसँग असुलेको अतिरिक्त पैसा फिर्ता दिनुपर्छ ।’
Sunday, March 13, 2016
विराटले एकाएक मूल्य घटाएपछि पेट्रोलको गुणस्तरमाथि नै आशंका
Subscribe to:
Post Comments (Atom)
Featured Post
माओवादी केन्द्रका तीन मन्त्रीमा महरालाई अर्थ, दुई नयाँ अनुहार
काठमाडौं,साउन २० । माओवादी केन्द्रका अध्यक्ष तथा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड नेतृत्वको सरकारमा पहिलो चरणमा तीन जना मन्त्री पठाउने भ...
Popular Posts
-
The incredible Nepali musical group Sur Sudha will be visiting the US in August on an “Empower Nepal Tour” sponsored by the Soarway Foundat...
-
काठमाडौं,मंसिर १५ । एमाओवादी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले केन्द्रिय समितिको वैठकमा पार्टीलाई एक नम्बर बनाउने भन्दै राजनितिक प्रतिवेदन ...
-
काठमाडौं,बैशाख २० । भारतको निम्तो मान्न अचानक नयाँ दिल्ली गएका पूर्वराजा ज्ञानेन्द्र शाह शुक्रवार मध्यरातमा नेपाल फर्किएका छन्। बिहीवार चाढे...
No comments:
Post a Comment