Sunday, March 13, 2016

दोधारा चाँदनी नगरपालिकाको सार्वजनिक सुनवाई सम्पन्न

पप्पु गुरुङ्ग-दोधारा चाँदनी,चैत १ । दोधारा चाँदनी नगरपालिकाको सार्वजनिक सुनवाई कार्यक्रम सम्पन्न भएको छ् । एक कार्यक्रमको बिच दोधारा चाँदनी नगरपालिकाले दोस्रो चौमासिक सार्वजनिक सुनवाईको कार्यक्रम आयोजना गरेको हो । आर्थिक वर्ष २०७२/०७३ का चालु कार्यक्रम र संचालनमा तयारी अवस्थामा रहेका बिभिन्न खाले कार्यक्रमको बारे स्थानीय स्तरमा सुझाव, राय तथा प्रतिकृया संकलनको निम्ती सार्वजनिक सुनवाई कार्यक्रम संचालन गरिएको दोधारा चाँदनी नगरपालिकाका कार्यकारी अधिकृत महेश बहादुर बलले जानकारी दिनुभएको छ् ।

दोधारा चाँदनी नगरपालिकाका कार्यकारी प्रमुख महेश बहादुर बमको सभापतित्वमा संचालितको दोस्रो चौमासिक सार्वजनिक सुनवाईको कार्यक्रममा नेकपा (एमाले) दोधारा चाँदनीका अध्यक्ष किशोर कुमार लिम्बु, एनेकपा ९माओबादी० का प्रतिनिधी कर्ण बहादुर मगर, राप्रपाका केन्द्रीय सदस्य शान्ति माया सुनुवार, राप्रपा नेपाल दोधारा चाँदनीका अध्यक्ष धन बहादुर चन्द, सामुदायिक बिकास नेपालका अध्यक्ष केशव प्रशाद बराल, दोधारा चाँदनी नगरस्तरिय महिला मुल समितिका अध्यक्ष उमा राना, महिला अधिकारकर्मी, दलित, जनजाती लगाएत अगुवाहरुको साझा सहभागित रहेको थियो ।

आर्थिक वर्ष २०७२/०७३ मा भएका तथा संचालनको तयारीमा रहेका जुनसुकै कार्यक्रममा लक्षित बर्ग सम्म पुगे, नपुगेको बारे छलफल गरिएको बताईएको छ् । दोधारा चाँदनी नगरपालिकाको समुन्नत बिकासको निम्ती आगामी दिनहरुमा हुदै आउने यस्ता सार्वजनिक सुवाईमा सबैले आफ्नो अधिकारको बारे बोल्ने तथा सुझाव राख्न पाउने भएको सबैले यस्ता कार्यक्रममा सहभागी भई कार्य सम्पादनमा सहयोग गर्नमा सबैलाई आग्रह गरेको दोधारा चाँदनी नगरपालिकाले जनाएको छ् ।

साबिकको दोधारा गाबिस कार्यालयको सभा कक्षमा संचालन भएको दोस्रो चौमासिक सार्वजनिक सुवाईका संचालक दोधारा चाँदनी नगरपालिकाका प्रतिनिधी रघुनाथ भट्ट रहनुभएको थियो भने स्वागत मन्तब्य दोधारा चाँदनी नगरपालिकाका खरिदार सुर्जकला रोकायाले गर्नुभएको थियो ।

No comments:

Post a Comment

Featured Post

माओवादी केन्द्रका तीन मन्त्रीमा महरालाई अर्थ, दुई नयाँ अनुहार

काठमाडौं,साउन २० । माओवादी केन्द्रका अध्यक्ष तथा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड नेतृत्वको सरकारमा पहिलो चरणमा तीन जना मन्त्री पठाउने भ...

Popular Posts