Sunday, March 13, 2016

बंगलादेश विश्वकप क्रिकेटको सुपर टेनमा

एजेन्सी,चैत १ । बंगलादेश विश्वकप ट्वेन्टी ट्वेन्टी क्रिकेट प्रतियोगिताको सुपर टेनमा प्रवेश गरेको छ । समुह ए अन्तर्गतको अन्तिम लिग खेलमा ओमानलाई ५४ रनले हराउँदै बंगलादेशले सुपर टेनमा आफ्नो स्थान पक्का गरेको हो । खेलमा पहिले ब्याटिङ गरेको बंगलादेशले निर्धारित २० ओभरमा २ विकट गुमाएर १ सय ८० रन बनायो ।

बंगलादेशका लागि तमिम ईकबालले १ सय ३ रनको शतकीय पारी खेल्दा शबिर रहमानले ४४ रनको योगदान दिए । जवाफमा १ सय ८१ रनको विशाल लक्ष्य पछ्याएको ओमानले व्याटिङ सुरु गरेपछि वर्षाले दुई पटक खेल अवरुद्ध भयो ।

यसपछि १२ ओभरमा १ सय २० रनको नयाँ चुनौती पाएको ओमानले ९ विकेट गुमाएर ६५ रन मात्रै जोड्न सकेपछि बंगलादेश डि।एल मेथडको आधारमा ५४ रनले विजयी भयो । जीतसँगै बंगलादेशले विश्वकप ट्वेन्टी ट्वेन्टी क्रिकेट प्रतियोगिताको सुपर टेनमा ठाँउ बनाएको छ ।

No comments:

Post a Comment

Featured Post

माओवादी केन्द्रका तीन मन्त्रीमा महरालाई अर्थ, दुई नयाँ अनुहार

काठमाडौं,साउन २० । माओवादी केन्द्रका अध्यक्ष तथा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड नेतृत्वको सरकारमा पहिलो चरणमा तीन जना मन्त्री पठाउने भ...

Popular Posts