Saturday, March 12, 2016

अफगानिस्तान सुपर टेनमा,अबको भिडन्त श्रीलंकासँग

एजेन्सी,फागुन ३० । जिम्बाबेलाई हराउँदै अफगानिस्तान ट्वेन्टी–ट्वेन्टी विश्वकप क्रिकेटको दोस्रो चरण अर्थात सुपर टेनमा पुगेको छ । शनिबार भएको खेलमा जिम्बाबेलाई ५९ रनले हराउँदै अफगानिस्तानले सुपर टेनमा पुगेको हो । अफगानिस्तानले अब सुपर टेनमा आउँदो बिहीबार आफ्नो पहिलो खेल श्रीलंकासँग खेल्ने छ । हारपछि जिम्बाबे भने समूह चरणबाटै घर फर्किएको छ ।

खेलमा टस जितेर पहिले ब्याटिङ गरेको अफगानिस्तानले निर्धारित २० ओभरमा ६ विकेट गुमाएर १ सय ८६ रन बनायो । उसका लागि मोहम्मद नाबीले ५२, सिमुल्लाह सेनवारीले ४३ तथा मोहमद सहजादले ४० रन बनाए । जवाफमा १ सय ८७ रनको लक्ष्य पछ्याएको जिम्बाबेले खेलमा २ बल बाँकी छँदा अल आउट हुनुपुर्व १ सय २७ रन मात्रै जोड्न सक्यो ।

No comments:

Post a Comment

Featured Post

माओवादी केन्द्रका तीन मन्त्रीमा महरालाई अर्थ, दुई नयाँ अनुहार

काठमाडौं,साउन २० । माओवादी केन्द्रका अध्यक्ष तथा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड नेतृत्वको सरकारमा पहिलो चरणमा तीन जना मन्त्री पठाउने भ...

Popular Posts